content stringlengths 20 64.1k ⌀ |
|---|
पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोहरु मेरो भ्वाइस र मेरो डान्स युनिभर्स अमेरिकाबाट शुरु न्यूयोर्क । विश्वभरका नेपाली गायन र नृत्यका प्रतिभाहरुको प्रतिष्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट विधिवत शुरु भएको छ।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फ... |
मेरिल्याण्डका गभर्नरको सपथमा गाउँदै छिन् परिजिता वासिंगटन डिसी। नेपाली मूलकी अमेरिकी गायिका परिजिता बास्तोलाले मेरिल्याण्ड राज्यका गभर्नरको सपथ ग्रहण कार्यक्रममा गाउन पाउने भएकी छिन्। बाँस्तोलाले गभर्नरको सपथ ग्रहणको भव्य सार्वजानिक समारोहमा अमेरिकाको राष्ट्रिय गान गाउने भएकी हुन्। अमेरिकाको राष्ट्रिय गान “स्टार स्पेङ्... |
राजदूत खत्रीको वेवास्ताप्रति टेक्सासका नेपाली संघसंस्था रुष्ट, लापरवाहीप्रति खेद प्रकट वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले वेवास्ता गरेको भन्दै अमेरिकाको टेक्सासमा कार्यरत ५ वटा नेपाली संघसंस्थाले एक विज्ञप्ति जारी गरी नेपालीहरुलाई अनावश्यक दुख र झण्झट दिने काम गरेकोमा खेद प्रकट गरेका ... |
राजदूतावास नै कालो सूचीमा परेको भन्ने कुरा के हो ? हाम्रो दूताबासले अमेरिकाको बिभिन्न स्टेटहरूमा बसोबास गर्ने नेपालीहरूको सुबिधाका लागि सहयोग पुगोस भनेर पास्पोर्ट नबीकरण, एनआरएन कार्ड र अधिकृत वारेसनामा समेतको सेवा उपलब्ध गराउने जानकारी गराएको थियो सबै नेपाली खुसी नै थिए।
तर ह्युष्टनमा सेवावापत अमेरिकाबासी नेपालीबाट उठ... |
समाजसेवी दिकपाल केसीको निर्माणमा ‘थोत्रो चोली’ गीतको भिडियो सार्वजनिक अमेरिका। राज सिग्देलको मार्मिक गीत ‘थोत्रो चोली ‘गीतको भिडियो सार्वजनिक गरिएको छ। हरि बस्ताकोटीको रचना, अच्युत घिमिरेको बाचन र गायक राज सिग्देलको सुमधुर स्वर सुनेपछि याे गीत तयार भएकाे हाे।
धेरै एकल आमाहरू र उनीहरूको सन्ततीको माझमा पुर्याउनका लागि ... |
कुमारको सम्झनामा अमेरिकामा रक्तदान (तस्वीरहरु सहित) न्यूयोर्क। स्वर्गीय कुमार भट्टराईको सम्झानामा अमेरिकाको न्यू ह्याम्सायरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
न्यू ह्याम्सायरस्थित नेपालीहरुको नेतृत्वमा रहेको एभरेष्ट सेन्टेन्नियल लायन्स क्लब डिक्टिक्ट ४४ एचको आयोजनामा जनवरी ७ शनिबार भएको सो रक्तदानमा ३३ जनाले रक्तदान ग... |
अमेरिकाको कोलोराडोमा आफ्नै पसलमा गोली हानी एक नेपालीको हत्या कोलोराडो। अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।
कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बस... |
नेजाका अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट काठमाडौं। नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,... |
टेक्सास लुट काण्ड : छानविन समिति गठन, सेवाग्राहीको काम रोकियो वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् ।
दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत... |
अमेरिकाको टेक्सासमा लुटियो नेपाली दूतावासको पैसा, लापरवाही कसकाे? वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाको टेक्सासमा अमेरिकास्थित नेपाली दूतावासको २ लाख डलर लगभग रकम आर्थत २ करोड ६५ लाख नेपाली बराबरको रकम लुटिएको छ। लुटपाटका परेको रकमबारे दूतावासले टेक्सासको प्रहरी र डिप्लोमेटिक सेक्युरिटी डिभिजन ह्युस्टनलाई जानकारी दिएक... |
पशुपतिनाथ फाउण्डेशन यूएसएको अध्यक्षमा रामेश्वर भण्डारी लस एन्जलस । लस एन्जेलस अबस्थित श्री पशुपतिनाथ फाउण्डेशन यूएसए को डिसेम्बर १८ गते सम्पन्न वार्षिक साधारण सभाले रामेश्वर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नयाँ बिधान अनुसार अर्को दुई बर्षमा स्वत अध्यक्ष हुनेगरी प्रेसिडेन्ट एलेक्टमा विम... |
अमेरिकी सैन्य अखडामा काम गर्ने नेपालीहरु ठगिएको अमेरिकी विश्वविद्यालयको रिपोर्ट वासिंगटन डिसी। अफगानिस्तनका अमेरिकी सैनिक कार्यालयहरुमा काम गर्दा मारिएका वा घाइते भएका अधिकांश नेपालीले कुनै क्षतिपूर्ति नपाएको एउटा रिपोर्ट अमेरिकी विश्वविद्यालयले सार्वजानिक भएको छ।
अमेरिकाको ब्राउन युनिभर्सिटीको वाट्सन इन्टिच्युटले कष्ट... |
आफ्ना उपाध्यक्ष तथा राखेपका पूर्व सदस्य सचिव सिंहप्रति हिमानी ट्रष्ट अमेरिकाको श्रद्धाञ्जली काठमाडौँ । हिमानी ट्रष्ट अमेरिकाका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधनको १३ औं दिनमा हिमानी ट्रष्ट अमेरिकाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक... |
अमेरिकामा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवासायीको भूमिका विषयमा अन्तक्रिया अमेरिका। नेपाली उत्पादन,, मौलिक परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवसायीको भूमिका विषयमा अमेरिकास्थित महावाणिज्यदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका... |
परिजिताको अमेरिकी भ्वाइसको फाइनलमा पुग्ने यात्रा रोकियो वासिंगटन डिसी । अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको सेमिफाइनलबाट नेपाली मूलकी किशोरी परिजिता बास्तोला वाहिरिएकी छिन् । किशोर उमेरमै उनले अमेरिकाको अति उच्च प्रतिस्पर्धा हुने द भ्वाइसको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
नेपालको झापाबाट अमेरिका बसाइ सरेका ... |
अमेरिकाको द भ्वाइसमा टप टेनमा पुगिन् परिजिता वासिंगटन डिसी। नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गरेकी छिन्।
उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार अमेरिकी समयअनुसार सांझ गरिएको थियो। उनले टप टेनभित्र पुग्नका लागि मंगलबार साँझ आ... |
युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ ।
मिडिया क्षेत्रमा लामो अनुभव भएका उनको अन्तर्राष्ट्रिय स्तर... |
अमेरिकामा चिनियाँ पुलिस अफिस ? एफबीआई भन्छ- चिन्ताको विषय वासिंटन डिसी । झट्ट सुन्दा साह्रै नै अत्यारिलो कुरा हो यो । अमेरिकाका ठूला केही शहरहरुमा चीन सरकारका प्रहरीहरुले कार्यालय नै खोलेर काम गरिरहेका छन् भन्ने कुरा सहजै पत्याउन गाह्रो पर्छ । तर, यो विषयले अमेरिकाको संसदमा हिजो निकै चर्चा पाएको छ।
अमेरिकी गुप्तचर संस्... |
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रद्वारा वार्षिक देउसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)ले आफ्नो वार्षिक देउसी-भैलो कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनईसीसीले मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन र संरक्षण गर्नका लागि देउसी-भैलो ... |
विश्व रङ्गमञ्चमा नेपाल चिनाउन चाहने परिजिताको अर्को जादुमयी प्रस्तुति वासिंगटन डिसी। अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइस मा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले आई विल नेभर लभ एगन बोलको गीत गाएर फेरि एकपल्ट हलिउडमा धुम मच्चाएकी छिन्। यो चर्चित गीतकी ओरिजिनल गायिका लेडी गागा हुन्।
परिजिताको प्रस्तुतिमा चारैजना जजहरु... |
अमेरिकामा नेपाली मूलका आइत गुरुङ पत्नी हत्यामा दोषी ठहर न्यूयोर्क। मासु काट्ने हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोप लागेका नेपाली आइत गुरुङलाई न्यायालयले दोषी ठहर गरेको छ। उनलाई फर्ष्ट डिग्री मर्डर र सेकेन्ड डिग्री मर्डर दुबैमा दोषी प्रमाणित गरी सजाय सुनाइएको हो।
श्रीमती योगेश्वरी खड्का गुरुङको हत्या गरेपछि उनल... |
अमेरिकाकी सबैभन्दा वृद्ध व्यक्तिले ११५ औं जन्मदिन मनाइन् काठमाडौं । संयुक्त राज्य अमेरिकामा सबैभन्दा वृद्ध जीवित व्यक्ति बेसी हेन्ड्रिक्सले आफ्नो जीवनको अर्को १ वर्ष पार गरेकी छिन् । सीएनएनका अनुसार अनुसार हेन्ड्रिक्स नोभेम्बर ७ मा ११५ वर्षकी भइन् । हेन्ड्रिक्सको जन्म १९०७ मा भएको थियो। उनको जीवनकालले २१ राष्ट्रपति, दु... |
अमेरिकामा परिजितासँग मेयर बालेनकाे वार्तालाप (भिडियोसहित) वासिंगटन डिसी। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाको द भ्वाइस रियालिटी शो मा भोटिङ राउण्डमा पुगिसकेकी नेपाली मूलकी परिजिता बाँस्तोलालाई जुममार्फट भेट गरी सफलताको शुभकामना दिएका छन्। उनले अमेरिकी समयअनुसार नोभेम्बर १० तारिक साँझ परिजितासँग कुरा गरेका... |
ग्राहक र कर्मचारीलाई नियन्त्रणमा लिएर अमेरिकामा लुटेराहरुले यसरी लुटे नेपालीको सुन पसल र ग्रोसरी (भिडियोसहित) वासिंगटन डिसी। साँझ ६ बजेर ३२-३३ मिनेट यस्तै समय भएको हुनुपर्छ। ७ जना बन्दुकधारीहरु एकैपल्ट ह्वारार्र पसलभित्र पसे। पसलभित्र ग्राहक पनि थिए र हामी पनि थियौं। अरु दिनको झैं व्यापारको काम भइरहेकै थियो। ती सातजना ... |
अमेरिकाको भर्जिनियास्थित हर्नडन नगर परिषद सदस्यमा ढकाल निर्वाचित वासिंगटन डिसी । अमेरिकाको राजधानी नजिकको राज्य भर्जिनियाको एउटा शहर हर्नडनमा नेपाली मूलका प्रदीप ढकाल नगर परिषद् सदस्य निर्वाचित भएका छन् । नोभेम्बर ८ मंगलबार भएको सो निर्वाचनको राति अवेर आएको परिणाम अनुसार उनले ३३५० मत प्राप्त गरेका छन् ।
नेपालमा हुंदा झ... |
अमेरिकामा अर्को इतिहास, न्यूयोर्कको सांसदमा सराहना निर्वाचित न्यूयोर्क । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिएको न्यूयोर्क राज्यसभामा इतिहासमै पहिलोपल्ट नेपाली मूलको निर्वाचित प्रतिनिधित्व भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी नेपाली मूलकी सराहना श्रेष्ठले विपक्षीलाई भारी मतले पराजित गर्दै राज्य सांसद नि... |
अमेरिकी नागरिक बनेको ३ वर्षमै सराहना श्रेष्ठ चुनाब जितेर अमेरिकाकी सांसद बनिन् काठमाडौं। ३ वर्षअघि सन् २०१९ मा अमेरिकी नागरिक बनेकी नेपाली मूलकी सराहना श्रेष्ठ अमेरिकाकी सांसद बनेकी छिन् । उनले अमेरिकाको न्यूयोर्क विधानसभाका लागि १०३ औं एसेम्बली डिस्ट्रिक्टबाट जित हात पार्दै सांसद बनेकी हुन् ।
डेमोक्रेटिक पार्टीकी श्रे... |
अमेरिकामा इतिहास रच्दै ह्यारी भण्डारी राज्य-सांसद पदमा पुन: निर्वाचित बाल्टिमोर। नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यसभाको सदस्य(डेलिगेट) पदमा पुन विजयी भएका छन्। नोभेम्बर ८ तारिकमा भएको निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार भएका थिए।
भर्खरै सम्पन्न मत गणना मा मेरिल्याण्ड राज्यको डिष्ट्रिक... |
अमेरिकामा आज चुनाव, दुई दलबीच तीब्र प्रतिष्पर्धा वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकामा आज मध्यावधि चुनाव हुँदै छ। यो चुनावले केन्द्रीय संसदमा डेमोक्र्याट वा रिपब्लिकन कुन दलको बहुमत हुने हो भन्ने निर्क्योल गर्ने भएकाले दुबै दलका लागि आजको चुनाव अत्यन्तै महत्वपूर्ण बनेको छ।
हाउस अफ रिप्रिजेन्टेटिमका सबै ४३५ सिट र सिनेट... |
समता सिनेटको न्यूयोर्क कार्यक्रममा कुटाकुट (भिडियोसहित) न्यूयोर्क। समता ग्लोबल सिनेटले न्यूयोर्कमा गरेको एउटा सांगितिक कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएको छ।
नेपालबाट बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य प्रमुख अतिथिका रुपमा सहभागी भएको सो कार्यक्रममा एकजना युवा निकै पिटिएका पनि छन्।
गायिकासँग नृत्य गर्न... |
विदेश बस्ने एमालेहरुले आफ्नो नेता छाने, अध्यक्षमा अमेरिकाबाट थापा काठमाडौं। विदेश बस्ने नेपालीहरुका लागि नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाबाट सञ्जय थापा छानिएका छन्। थापा अमेरिकाको न्यूयोर्क निवासी हुन्।
शनिवार र आइतवार दुई दिनसम्म जारी रहेको सो अधिवेशनले सर्वसम्मत... |
समता विद्यालयको सहयोगार्थ महजोडीको सहभागितामा अमेरिकामा कार्यक्रम वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष... |
विश्वको सबैभन्दा ठूलो लट्रीको मूल्यले आकाश छोयो, विजेताले अढाइ खर्ब रुपैयाँ जित्ने काठमाडौं । विश्वको सबैभन्दा ठूलो लट्रीले सोमबार रेकर्ड तोड्ने भएको छ । यो लट्रीको पुरस्कार अहिलेसम्म प्रस्ताव गरिएकोमध्ये सबैभन्दा धेरै छ ।
यो लट्रीको प्रथम पुरस्कार विजेताले १.९ बिलियन डलरको ज्याकपट जित्न सक्नेछन् । अमेरिकाको स्थानीय सम... |
अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूत मेलबर्न । अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूतमा नियुक्त भएका छन् ।
आर्थरलाई बुद्धको जन्मस्थलका बिषयमा रहेको विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विश्वव्यापी अभिया... |
विश्वको सबैभन्दा ठूलो लट्रीको नतिजा आज आउँदै, विजेताले २ खर्ब रुपैयाँ जित्ने काठमाडौं । विश्वको सबैभन्दा ठूलो लट्री आज खुल्दैछ । यो लट्रीको पुरस्कार अहिलेसम्म प्रस्ताव गरिएकोमध्ये सबैभन्दा धेरै छ । यो लट्रीलो प्रथम पुरस्कार विजेताले १.६ बिलियन डलरको ज्याकपट जित्न सक्नेछन् । अमेरिकाको स्थानीय समयअनुसार शनिबार राती पावरब... |
अमेरिकाको डेनभरमा सुरसुधाको ‘हिलिङ थ्रु म्युजिक कन्सर्ट’ काठमाडौं । अमेरिकाको डेनभर शहरमा सुरसुधाको हिलिङ थ्रु म्युजिक कन्सर्ट हुने भएको छ । डेनभर शहरमा नेपालको नेपालको चिर-परिचित सांगितिक समुह सुरसुधाको ‘हिलिंग थ्रु म्युजिक’ कन्सर्ट आयोजना हुने लागेको हो ।
करिब एक बर्षको अथक प्रयास पछि अमेरिकाको विभिन्न शहरहरुमा सांगि... |
‘प्रवासमा रहेका नेपालीले परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउन सल्लाह दिनुपर्छ’ काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गदै डिसी नेपालले नेपालको चुनावमा प्रवासको मत कार्यक्रम ल्याएको छ । दर्शकहरु माझ निकै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) र कविन्द्र सिटौलाले संयुक्... |
सेक्रेमेण्टाेमा फरक तरिकाले सम्पन्न भयो नेपाली साहित्यिक कार्यक्रम अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो शहरमा पृथक शैलीमा रचना वाचन गरेर मनाइएको छ।
तिहारको लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा कुनै सभापति राखिएको थिएन, न त खादा... |
एनईसीसीले अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठ पर्व (फोटोफिचर) मेरिल्यान्ड । अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरूमा मात्र मनाइँदै आएको छठ पर्व यस वर्षदेखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा मनाइएको छ ।
छठ पर्व मनाउने क्रममा अमेरिकाको मेरील्यान्डस्थित पशुप... |
अमेरिकाको मिसिगनमा दशैं तिहार जमघट (फोटो फिचर) अमेरिकाको मिसिगनमा नेपालीहरुको बृहत जमघट-दशैं तिहारका लागि आयोजित जमघटमा रमाए नेपालीहरु। नेप्लिज एसोसिएशन अफ मिसिगनले सो कार्यक्रम आयोजना गरेको थियो।
तस्वीरहरु सौजन्य: बाबु सेढाईं/सुशील पंगेनी
|
राष्ट्रिय कलाकारको सहभागितामा लवकमा दशैं तिहार उत्सव टेक्सास। अमेरिकाको टेक्सासमा चर्चित कलाकारको सहभागितामा दशैं तिहास उत्सव मनाइएको छ। चर्चित गायक दिपेश के भट्टराईले चर्चित गीत गाएर सुरु भएको कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा गायक भट्टराई आउने थाहा पाएपछि दर्शक उत्साहित बनेका थिए। ‘निश्छल छ त... |
न्याय रोएपछि… (भिडियाे) काठमाडौं। तीस वर्षे पञ्चायती व्यवस्थाको कालरात्री, जनताका आवाज दबाउन उद्यत राज्य सत्ता, नेपालबाहेकका दक्षिण एसियाली मुलुकमा प्रजातन्त्रको लहर।
मुलुकमा जनताले शासन गर्न पाउने व्यवस्थाका लागि हजारौंको बलिदानी, महान राजनेता नजरबन्दमा। तर जनतामा भरिँदो उकुसमुकुस चुलिँदो अवस्थामा पुगेपछि अन्ततः २०४६ ... |
कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित काठमाडौँ। कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित भएको छ। उनको कवितमा देशप्रेम, राष्ट्रभक्त नेपालीहरूको बारेमा र २०४६ (१९९०) सालको जनआन्दोलका विविध पक्षहरुलाई समेटिएको छ। कवितामा कवि सिटौलाले देशप्रति निकै नै चिन्तत बनेको पाइएको छ।
कविताक... |
अमेरिकामा नेपाली संस्थाका प्रमुखहरुको तिहारमा शुभकामना, रमाइलो खेल (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरु संगठित भएका विभिन्न संस्थाका प्रमुखहरुले आआफ्नो संस्थाका कामहरु सहित नेपालीहरुको महान चाड दीपावलीका उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका छन्। यो कार्यक्रममा नेपाली मूलका निर्व... |
परिजिता बास्तोलाले जितिन द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्ड काठमाडौं । १७ वर्षको उमेरमा पारिजिता बाँस्तोलाले आफ्नो मखमली स्वरले ‘द भ्वाइस’ को प्रशिक्षक मात्र नभएर शोका दर्शकको पनि मन जित्न सफल भइन् ।
ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् । र, मंगलबार ब्याटल्स ... |
मह जोडीले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने वासिंगटन डिसी। नेपालका बरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले नोभेम्बरको पहिलो सातादेखि अमेरिकाका विभिन्न शहरहरुमा ‘समता’ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने भएका छन्।
समता ग्लोबल सिनेटको आयोजनामा हुने कार्यक्रमहरुमा समताका सिनेटरहरुलाई सम्मानसहित मह ... |
हिमानी ट्रष्टको न्यूयोर्कमा भाँडभैलो (हेर्नुहोस् तस्वीर र कागजातहरु) न्यूयोर्क। पूर्वयुवराज्ञी हिमानी शाहका नाममा खुलेको हिमानी ट्रष्ट, न्यूयोर्कमा भाँडभैलो र भद्रगोल भएको छ। फाउण्डेसनका न्यूयोर्क प्रमुख जोगरत्न खड्गीलाई अपदस्त गरी प्रशासन निर्देशक डा.शंकर विसुन्केले आफैं प्रमुख भई कमिटी गठन गरेको घोषणा गरेपछि खड्गीले... |
सुदुरपश्चिमले जित्यो अमेरिकाको भलिबल, महिलातर्फ बीवाईएससी विजयी न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपालीभाषीहरुको सबैभन्दा ठूलो भलिबल प्रतिष्पर्धा इन्ट्रा कप भलिबलमा सुदुर पश्चिम नेपाली समाज, टेक्सासको टीम पुरुषतर्फ प्रथम भएको छ ।
अमेरिकी समयअनुसार, आइतबार साँझ (नेपालमा सोमबार बिहान) सम्पन्न भएको फाइनल खेलमा ... |
अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा (तस्बिरहरु) न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ... |
अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु न्यूयोर्क। अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ। अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन्। अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभा... |
ह्यारिसवर्गमा दीपावली नाइट हुने पेन्सिलभेनिया। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा बस्ने नेपालीभाषीहरुले तिहार चाडको उपलक्ष्यमा दीपावली नाइट नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रम यही अक्टोबर १५का दिन दिउँसो १ बजेदेखि ६ बजेसम्म हुने छ। स्थानीय समाजसेवी नेत्र आचार्यले दिएको जानकारीअनुसार, ... |
अमेरिकामा ‘कलिवुड नाइट’ सफलतापूर्वक सम्पन्न, सहयोगीहरुप्रति आयोजकको आभार भर्जिनिया । अमेरिकामा नेपाली लोक नृत्यको प्रवद्र्धन गर्दै आइरहेको केसी डान्स सेन्टरले सन् २०१७ देखि नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो श्रृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको म... |
एकताको सन्देश दिएर ओहायोमा नेपालीहरुले मनाए दशैं ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भेला भएका सयौं नेपालीहरुले आपसका शुभकामना आदान प्रदान गर्दै नेपालीहरुको महान चाड दशैं मनाएका छन् ।
सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) को आयोजनामा सम्पन्न दशैं विशेष कार्यक्रममा कोलम्बस र आसपास शहरमा विभिन्न पेशा व्यवसाय ... |
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोज... |
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोज... |
नेपालको गौरव बढाएको भन्दै अमेरिकी विश्वविद्यालयमा डा.जोशीको प्रसंसा र सम्मान (भिडियाेसहित) वासिंगटन डिसी। ‘उनकै योगदानका कारण केही नेपाली विद्यार्थीहरुले डक्टरल डिग्री हासिल गरी अनुसन्धान र विकासका क्षेत्रका अमेरिकाको नासा र ब्रिस्टोल मायर्सजस्ता प्रतिष्ठित कम्पनीहरु कार्यरत रहेका छन्। उनीहरुमध्ये केही अन्तरिक्षको अनुस... |
नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी ‘द भोइस’मा मचाइन् तहल्का (भिडियोसहित) काठमाडौँ। नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकामा भइरहेको ‘द भोइस’को ब्लाइण्ड अडिसनमा तहल्का मचाएकी छन्। १७ वर्षकी बास्तोलाले ‘द भोइस’को ब्लाइण्ड अडिसनमा आफ्नो स्वरको सुमधुर जादु चलाएकी छिन्। उनी ‘द भोइस’मा पर्फोमन्स दिने पहिलो नेपाली किशोर... |
ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी ओहायो। अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ। त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन्।
इन्ट्रा नेशनल वेलफेयर ... |
ओहायो इन्ट्रा कप फुटबल-एफसी युनाइटेड फाइनलमा ओहायो। अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ।
प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्से... |
अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु ओहायो। अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ। ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ... |
दसैं तिहारकाे अवसरमा कलिउड नाइट कार्यक्रम हुँदै वाशिंटन डिसी। विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा केसी डान्स सेन्टरले आउँदो सेप्टेम्बर २४, तदनुसार आश्विन ८ गते शनिबारका दिन ‘कलिउड नाइट २०२२’ कार्यक्रम गर्ने भएको छ। “तपाईंहरुको उपस्थिति हाम्रो हौसला” नाराका साथ यो विशुद्ध मनोरञ्जानात्मक संस्कृतिक कार्यक्रम आयोजना गर... |
अमेरिकाले आगामी ५ बर्षमा नेपाललाई १ खर्व ९३ अर्व रुपैयाँ सहयोग गर्ने वासिंगटन डिसी। नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले आगामी ५ बर्षमा अमेरिकाले नेपालको विकासका लागि १ दशमलव ५ विलियन अमेरिकी (१ खर्ब ९३ अर्व नेरु लगभग) डलर खर्च गर्ने बताएका छन्।
नेपालको राष्ट्रिय दिवसका दिन सेप्टेम्बर १९ मा वासिंगटन डिसीस... |
अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देख... |
अमेरिकाको भर्जिनियामा दशैं तिहार भव्य कार्यक्रम हुने काठमाडौं। अमेरिकाको भर्जिनियामा अर्को साताको आइतबार दशैं तिहारको अवसरमा भव्य कार्यक्रम हुने भएको छ । सेप्टेम्बर २५ आइतबारका दिन दशैं तिहार फेस्ट र दशैं नाइट कार्यक्रम हुने भएको हो ।
अनेस्ट रियल स्टेटको प्रस्तुतीमा हुने यो कार्यक्रममा स्थानीय समयअनुसार बिहान ११ बजेदेख... |
नेपाली चेली सराहना श्रेष्ठलाई जिताउन विशेष अन्तरक्रिया कार्यक्रम अमेरिका। आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुन गइरहेको एसेम्बली जेनेरल चुनाबमा उम्मेदवारी घोषणा गरेकी नेपाली चेली सराहना श्रेष्ठसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
ड्रम संगठनको भगिनी इकाई ज्याक्सन हाईटमा स्... |
नेपालीभाषीलाई अमेरिकामा राष्ट्रिय अवार्ड ओहायो, अमेरिका। नेपाली भाषी तारा दाहालले अमेरिकाको ओहायो राज्यबाट इम्युनाइजेजन च्याम्पियन अवार्ड हात पारेका छन्।
एसोसियसन अफ इम्युनाइजेन मेनेजर (एआइएम) र सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले संयुक्त अधिराज्य अमेरिकाभरिबाट २८ जनालाई यो अवार्ड प्रदान गरेको थियो, जस... |
अमेरिकामा नेपालीभाषीका लागि ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने ओहायो। अमेरिकामा रहेका नेपालीभाषीहरु बीच परोपकारी काम गरिरहेको इन्ट्रा नेशनल सपोर्ट एण्ड वेलफेयर फाउण्डेशनले अमेरिकाभर रहेका नेपालीभाषी युवायुवतीका भलिबल टिमका बीच प्रतिष्पर्धा गराउने भएको छ ।
नेपालीभाषी समुदायका प्रतिष्पर्धी टीममात्र समावेश गरिने ... |
चलचित्र परिवारको अमेरिकामा प्रिमियर केन्टकी /अमेरिका। नेपाली चलचित्रका निर्देशक सुमन दाहालले अमेरिकामै रहेर निर्देशन गरेकोे नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ।
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहरमा २८ अगष्टमा एक समारोहका बीच प्रदर्शन गरियो। अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा छायाँकन... |
राधा माताको ‘मेरो अन्तरंग अनुभूति’ प्रकाशित काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएकी राधा क्षेत्री (राधा माता) ले आफ्ना अन्तरंग भावनाहरु समेटेर कविता संग्रह प्रकाशित गरेकी छन्।
विगत लामो समयदेखि धार्मिक प्रवचन गर्दै आफूलाई प्राप्त इश्वरीय ज्ञान इच्छुकहरुलाई बाँड्दै आएकी माताले मृत्युबोध, काल र आत्माका ... |
ओहायोमा तीज कार्यक्रम, छमछमी नाचे नेपाली महिला (भिडियो सहित) ओहायो। गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१ का दिन एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषीहरूको उले... |
संस्कृति अधिकारीको ‘रमाइलो तीज’ सार्वजनिक काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिएसँगै तीजका गीत सार्वजनिक हुने क्रम सुरु भएको छ।
यसै मेसोमा संस्कृति अधिकारीको स्वर रहेको ‘रमाइलो तीज’ नामक गीत सार्वजनिक भएको छ। अमेरिकामा बसोबास गर्दै आएकी अधिकारीको स्वर रहेको गीतमा संगीत जानुका पौडेलले दिएकी छन् भने एरेन्ज पुष्कर स... |
अमेरिकामा एक नेपालीभाषी व्यवसायीको भावुक भाषण, शिविरमा स्वास्थ्य चौकी बनाउने घोषणा ओहायो। अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस शहरको एउटा विशाल सभाहलमा भेला भएका सयौं मानिसहरुको भीडमा एकजना नेपाली भाषी युवाले आफ्नो पहिचानका बारेमा भावुक भाषण गरे।
उनले नेपाली भाषा, संस्कृति र पहिचानका लागि देशै गुमाउनु परेको कुरा सुनाउँदै... |
मेरो भ्वाइस कपका विजेता प्रविण र डान्स कपकी बिजेता रेनुका घोषित ओहायो। अमेरिकामा सम्पन्न मेरो भ्वाइस कप सिजन २ को विजेता प्रविण बर्देवा भएका छन् भने मेरो डान्स कप सिजन ४ को विजेता रेनुका राई घोषित भएकी छन्।
अगष्ट १३ तारिक शनिवार साँझ अमेरिकाको ओहायोस्थित सभाहलमा इन्ट्रा फाउण्डेसनद्वारा आयोजित एक भव्य कार्यक्रममा यी दु... |
अमेरिकाको ओहायोमा ‘नेपाली सेलिब्रेटी’ को भव्य जमघट, इन्ट्राको कार्यक्रम कोलम्बस, अमेरिका। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली कलाकारहरुको भव्य जमघट देखिएको छ। परोपकारी संस्था इन्ट्रा फाउण्डेसनद्वारा आयोजित दुईटा रियालिटी शो को फाइनलको अवसरमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने तथा नेपालबाट पनि... |
नर्थ क्यारोलिना च्याप्टरको सचेतनामुलक अन्तरक्रिया काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा आयोजित ‘आत्महत्या न्यूनिकरण र मानसिक स्वास्थ्य’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए नर्थ क्यारोलिना च्याप्टरद्वारा अगष्ट ६ शनिवार आयोजित उक्त कार्यक्रम प्रभावकारी रु... |
लवकमा एनआरएनए टेक्सास च्याप्टरको “स्पेलिङ बी” प्रतियोगिता लवक,अमेरिका।अमेरिकाका मूलधारका विद्यालयहरूले सन्चालन गर्ने स्पेलिङ वी नामक प्रतियोगितालाई नेपाली समुदायले आफ्नो सामुदायिक गतिविधिमा समेट्न थालेको छ।
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरले आयोजना गरेको उक्त प्रतियोगिताअन्तर्गत लवक नेपाली समुदायमा रहेका बालबालिकाहरू... |
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र... |
अमेरिकामा भेला भए नेपाली चलचित्रका निर्देशक, निर्माता र कलाकार अमेरिका। अमेरिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
जहाँ अमेरिकाको विभिन्न राज्यहरुमा छरिएर रहेका झण्डै ५ दर्जन नेपाली च... |
अमेरिकामा नेपाली बैज्ञानिकहरुको गोष्ठी, प्रसिद्ध भौतिकशास्त्री सफिको प्रस्तुति अमेरिका। नेपाली भौतिकशास्त्री बैज्ञानिकहरुको विशेष गोष्ठी अमेरिकाको भर्जिनियास्थित डोमिनिअन विश्वविद्यालयमा हालै सम्पन्न भएको छ। नेपाली फिजिसिस्ट इन अमेरिका(एन्पा) को आयोजनामा जुलाई १५-१७ मा सम्पन्न सो कन्फरेन्समा ६४ जना शोधकर्ताहरुले विभिन्... |
चर्चित पप गायक सविन राईको सांस्कृति कार्यक्रम भर्जिनियामा हुँदै अमेरिका। चर्चित पप गायक सविन राई तथा फेरो (म्युजिक ब्याण्ड) सांगीतिक कार्यक्रम भर्जिनियामा हुने भएको छ।
चर्चित गायक राइ र फेरो व्याण्डले अमेरिकाको भर्जिनियामा अगस्त १२ मा प्रस्तुती दिने आयोजक एभरेष्ट लायन्स फ्रेण्डशिप एसोसियनले जानकारी दिएको छ।
आयोजकका तर... |
अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात नियतिले ठगेपछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवनयापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागेपछि सुःखद कथा मात्र हैन कहाली लाग्दो कहानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर।
ठिकै थि... |
सुदूरपश्चिम र बानालाई उपाधि काठमाडौं । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।
फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१... |
विश्वकीर्तिमानी खेलाडी उज्वल ठकुरीलाई विश्व च्याम्पियन करातेमा कास्य पदक काठमाडौं । ९ पटक करातेमा विश्वकीर्तिमान राखिसकेका खेलाडी उज्वल ठकुरीले विश्व कराते च्याम्पियनसिप २०२२ मा कास्य पदक हात पारेका छन् ।
गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा सञ्चालन भएको विश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले सम... |
अमेरिकामा तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न अमेरिका(उत्तरी क्यारोलिना) । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्याले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना ... |
अमेरिकी एनआरएनएमा कांग्रेसी रमिता यतिबेला अमेरिकाका दुई ठूला शहरहरु नर्थ क्यारोलिना र टेक्सासमा अमेरिकाभरका नेपालीहरुमध्ये एनआरएनएमा लागेकाहरुको ठूलो जमघट चलेको छ।
यी जमघटहरुको नेतृत्व नेपालमा नेपाली कांग्रेसको राजनीति गरेर आएका व्यक्तिहरुले नै गरिरहेका छन्। फरक के छ भने उनीहरु यहाँ एउटै संस्थाभित्र बस्न अटाउन सकेका छै... |
नेपाली मूलकी सराहना श्रेष्ठले न्यूयोर्क विधानसभामा १३ कार्यकाल सांसद रहेका काहिललाई हराइन् काठमाडौं । अमेरिकाको राजनीतिमा नवआगन्तुक भनिएकी नेपाली मूलकी सरहाना श्रेष्ठले करियर विधानसभा सदस्य केभिन काहिललाई १०३ औं राज्य विधानसभा जिल्लाको लागहि पार्टी लाइनकोआन्तरिक चुनावमा हराएकी छिन् ।
श्रेष्ठको जितको अर्थ सन् १९९९ पछि प... |
अमेरिकाको बाल्टिमोरमा साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट हुँदै बाल्टिमोर । साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट अमेरिकाको बाल्टिमोरमा हुने भएको छ। बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना)को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरिल्यान्ड तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्... |
मेरिल्याण्डमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना मेरिल्याण्ड। प्रोस्टेट क्यान्सरसँग लड्ने मुल उद्देश्यसहित अमेरिकाको मेरिल्याण्ड राज्यमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना गरिएको छ।
सो संस्था भुवन कुमारी बस्नेत र स्वर्गीय उपेन्द्र बस्नेतको नामबाट नामाकरण गरिएको ब्यहोरा सॅस्थाकी अ... |
प्रवासी नेपाली मञ्च अमेरिका : कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन काठमाडौं। प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको बोस्टनमा सम्पन्न अधिवेशन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख राजन भट्टराईको आथित्यमा सम्पन्न भएको हो। अधिवेशनमा न्युयोर्क निवासी कृष्ण... |
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि सुरु हुँदै वासिङ्गटन डीसी । अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२ यहि जुन महिनाको २३ (२६ सम्म भौतिक रुपमा र अनलाइन (भर्चुअल)बाट हुने भएको छ।
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र ... |
प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन शुरु काठमाडौं । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजदेखि शुरु भएका अधिवेशन १९ तारिक सम्म बोस्टनमा भइरहेको छ ।
मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृ... |
टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई ... |
गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरको बनभोज अमेरिका। गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस स्थित बल्याकलिक उड्स पार्कमा जुन ५,२०२२ एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्था... |
किवानिजको विश्वसम्मेलनमा नेपाललाई उत्कृष्ट सम्मान वासिंगटन डिसी । अमेरिकाको इण्डियानामा जारी रहेको किवानिज इन्टरनेशनलको विश्व सम्मेलनमा नेपाललाई उत्कृष्ट अवार्ड दिइएको छ।
विश्वका वालवालिकाका लागि कार्यरत स्वयंसेवीहरुको विश्वव्यापी संस्था किवानिज् इन्टरनेशनलको मुख्यालय अमेरिकाको इण्डियानामा जारी सम्मेलनका क्रममा बुधवार ... |
अमेरिकाको ओकल्याण्डमा नेपाली युवालाई निर्घात कुटपिट गरेर लुटियो काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवालाई निर्घात कुटपित गरी लुटपाट गरिएको छ । उनले आफूमाथि भएको आक्रमण र लुटिएको आफ्नो कथा साझा गरेका छन् ।
सागर तामाङले गत शनिबार राति ११ बजे ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट ड... |
नेपाली युवा अनुभव गिरी अमेरिकी स्वप्नद्रष्टामा अब्बल छानिए वाशिंटन डिसी। आप्रवासीहरुका लागि त्यति सहज नभए पनि अमेरिका संसारका धेरै मुलुकका मानिसका लागि सपनाको देश हो। धेरै देशका युवाहरु उच्च अध्ययन गर्न अमेरिकाको सपना देख्छन्। सपना देख्ने सवैका सपना पूरा हुँदैनन्। थोरैले सपना पूरा गर्छन्।
अमेरिकामा त्यस्तो सपना पूरा गर... |
न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस काठमाडौं । अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा यूएस नेपाल कलाइम्बर्स एसोसिएसन (इन्क यूएसए)ले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ ।
मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर... |
न्यूयोर्क सरकारद्वारा आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस घोषणा काठमाडौं। अमेरिकाको न्यूयोर्क सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई मान्यता दिएको छ । सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला परेको दिन मे ९ लाई नेपालले यसअघि नै अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा घोषणा गरिसकेको छ ।
मंगलबार न्यूयोर्कको अल्बानीमा ... |
एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ।
मे बीस शुक्रबार वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा ... |
अमेरिकामा लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरुको नेतृत्व काठमाडौं। अमेरिकामा लायन्स क्लब इन्टरनेशनलको बिभिन्न राज्यहरुको केही लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरु पनि अग्रस्थानमा आएका छन्।
क्यालिफोर्निया राज्यको डिष्ट्रिक्ट ३C-४ मा राजेन थापा पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर भएपछि अरु नेपालीहरु पनि उत्साहका साथ डिष्ट्रिक्ट स्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.