content
stringlengths
20
64.1k
अमेरिकामा नेपालीमूलको सांसद भएर मैले के गरें? जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी, अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि महान हुन्छन्। यो वाणी हो, भगवान श्रीरामको। हामी यही वाणी सुन्दै पढ्दै हुर्के–बढेका हौं। नेपाल हाम्रो मातृभूमि हो। हाम्रालागि नेपाल स्वर्ग भन्दापनि महान छ। आमा र मातृभूमि साटिने कुरा पनि है...
एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ। संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो। ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रति...
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका।   नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो। नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमम...
एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप लण्डन। गैरआवासीय नेपाली संघको आइतबार र सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नि...
परदेश पुगेका १७ इञ्जिनियरहरुको ‘आंगन छाडेपछि’ प्रकाशित काठमाडौं । इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ सार्वजनिक भएको छ । शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो । विशेष कारण वा विदेशिनुपर्ने स...
एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ। एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो। कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गर...
एनआरएनएकाे निर्वाचन तेस्राे पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तेस्राे पटक स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो। विवाद समाधानका लागि चा...
एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त जर्मनी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित आइतवार सो पदमा नियुक्ति गरिएको हो। काभ्रे ब...
एनआरएनए महाधिवेशनः मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप...
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर ग...
कुर्दिस्तान प्रवासी नेपाली समाजको अध्यक्षमा विनोद श्रेष्ठ निर्विरोध चयन इराक। इराकको कुर्दिस्तानमा बसोवास गर्दै आएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले आफ्नो नयां नेतृत्व चयन गरेको छ। सो संस्थाको हिजो सम्पन चौथो साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको छ। कार्य...
एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग लण्डन। गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्ताे माग गरेका हुन् । गैरआवासी...
एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्...
एनआरएनएको निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयका पत्र कार्यान्वयन नगर्नु : उच्च अदालत काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनबाट एनआरएनएको आसन्न निर्वाचन र १०औं महाधिवेशन सम्बन्धी परराष्ट्र ...
सरकारविरुद्धको मुद्दामा एनआरएनएभित्रै विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको संघकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । संघका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरि...
सरकारविरुद्ध एनआरएनए अदालतमा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै...
‘प्रधानमन्त्रीले कार्यकर्तालाई बोलाएर म अर्को एनआरएनए दर्ता गरिदिन्छु भन्नु भएको रहेछ’ प्रधानमन्त्री देउवामाथि एनआरएनएका अध्यक्ष पन्तको चर्को आलोचना काठमाडाैं।   पछिल्लो केही महिनादेखि गैरआवासीय नेपाली संघ(एनआरएनए)मा विवाद चलिरहेको छ। एनआरएनएले चुनावको समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार परराष्ट्र मन्त्रालयले चुन...
कुर्दिस्तानको नेपाली समाज चौथो बार्षिकोत्सव मनाउंदै कुर्दिस्तान, इराक । इराकको कुर्दिस्तानमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले चौथो बार्षिकोत्सब मनाउने भएको छ । विभिन्न पेशा, व्यवसाय एवं रोजगारीका सिलसिलामा इराकको कुर्दिस्तान, सुलेमानी पुगेका नेपालीहरुले आपसी हितका लागि गठ...
एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघला्रई निर्देश...
एनआरएनएको स्थगित १०औँ महाधिवेशन डिसेम्बरमा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित भएको १०औँ महाधिवेशन आगामी डिसेम्बरमा हुने तय भएको छ । एनआरएनएद्वारा जारी विज्ञप्तिका अनुसार १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने छ भने संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि गरिने निर्वाचन...
एनआरएनए युकेका महासचिव लिम्बु ग्लोबल युथ लिडरशीप अवार्डबाट सम्मानित काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए), युकेका महासचिव खुशी लिम्बुले यस बर्षको ग्लोबल युथ लिडरशीप अवार्ड पाएका छन् । उनी ग्लोबल युथ पार्लियामेण्टद्वारा विश्वस्तरीय खुल्ला प्रतियोगिताको अधारमा प्रदान गरिने एक गरिमामय पुरस्कारबाट सम्मानित भएका हुन् । ए...
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको र...
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो। ‘बहादुर’ उपहार दिइँ...
अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा दीवालीको शुभकामना वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले हिन्दूहरुको महान चाड दिपावलीको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति जो वाइडेनको आधिकारिक ट्वीटरमार्फट वाइट हाउसले शुभकामना सन्देश जारी गरेको छ भने सोही सन्देशलाई वाइडेनले आफ्नो निजी ट्वीटर ह्याण्डलमा पनि शेयर गर्द...
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्। गत २४  सेप्टेम...
राजदूत नियुक्ति लगायतका मागसहित एनआरएनए जापानले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा बसोबास गर्दै आईरहेका र जापान जान प्रतिक्षामा रहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै नेपाल सरकारका पराराष्ट्रमन्त्री डा.नारायण खडकालाई ज्ञापन–पत्र बुझाएको छ । एनआरएनए जाप...
अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ। टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली...
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं ।  अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ। अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको...
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा म...
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् । ‘एनआरएनएलाई वैदेश...
संरक्षक परिषद्लाई गुहार्दै सकियो विश्व भेला वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले एनआरएनएको संरक्षक परिषद्लाई हाल प्रकट भएका विवाद मिलाउन आग्रह गर्ने निर्णय गरेको छ। एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा संसारभरका ४२ देशका अध्यक्ष र अन्य केही दे...
‘आईसिसीलाई चुनौती होइन, निकासका लागि एनसीसी विश्व भेला बोलाइएको हो’ अमेरिका।गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्याेल चिर्न एनसीसी अध्यक्षहरुको विश्व भेला गर्न लागेको आयोजकले जनाएकाे छ। भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक निकासका लागि उपयोगी पहल थाल्न उनीह...
मलेसियामा अवैध तरिकाले बसेका कामदारलाई वैधानिक हुन समय थप क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ। विगत लामो समयदेखि विभि...
काठमाडौं एयरपोर्टमा गैरआवासीय नेपालीमाथि हुने दुर्व्यवहारको भत्र्सना, असोज २७ को घटनाको छानविन गर्न माग वासिंगटन डिसी। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैरआवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न गैरआवासीय नेपाली संघका नेता राजन त्रिपाठीले माग गरे...
एनआरएनएको विश्व भेला नरोकिने, परराष्ट्रमन्त्री अतिथि वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ। अन्तर्राष्ट्रिय सम्मेलन...
अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा नेपाली मूलका हमाल निर्वाचित मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको केन्द्रीय राजनीतिमा सहभागिता जनाउने केहीमध्ये नवनिर्वाचित केन्द्रीय सदस्य हमाल पनि एक...
अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ। यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै हप्ताको शुक्रबार अक्टोबर २२ बाट शुरु गरिन ल...
एनआरएनए संरक्षक परिषदको कार्यकाल समाप्त लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ। गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६ को १६ धारा अनुसार संरक्षक परिषदको कार्यकाल दुई वर्षका लागि हुने प्रष्ट व्यवस्था अनुरुप संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा रहेको सो परिषदको म्...
एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ। गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जान...
एनआरएनए महासचिव डा. शर्मालाई कोरोना संक्रमण लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ। बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो। कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख...
युवा पत्रकार शाहीको कुवेतमा देहान्त काठमाडौं । युवा पत्रकार एवं समाजसेवी माधव शाहीको अल्पआयुमै दुःखद निधन भएको छ। दशैंको नवमीका दिन अकस्मात उनको निधन भएको हो। डिसी नेपालका पूर्व कुवेत सम्वाददाता र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका वर्तमान उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार, पत्रकार महासंघ...
बेलायतमा नेपालीले मनाए दसैँ लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन्। पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रत...
अमेरिकाको बाल्टिमोर काउण्टी र नर्थ क्यारोलिना सरकारबाट हिन्दू सम्पदा महिना घोषणा(घोषणा पत्रसहित) वासिंगटन डिसी। नेपाली र हिन्दूहरुको बसाेबास भएका अमेरिकाका र विभिन्न राज्य र शहरले हिन्दूहरुका चाडबाडको महिनामा शुभकामना दिंदै हिन्दू सम्पदा महिना घोषणा गर्न थालेका छन्। अमेरिकामा नेपालीहरुको ठूलो बस्ती रहेको मेरिल्याण्ड रा...
विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद् दिन माग लण्डन । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताए।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे। ...
एनआरएनए दिवसः संस्थालाई राजनीतिभन्दा माथि राख्न सुझाव काठमाडौं । प्रवासी नेपालीहरुको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिभन्दा माथि राखेर व्यावसायिक ढङ्गले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) का अवसरमा संस्थाको बालुवाटारस्थि...
एनआरएनएको निर्वाचन र महाधिवेशन ६ महिनाका लागि स्थगित, सरकारको निर्देशन अस्वीकार गर्ने निर्णय काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आईसीसीको अन्तराष्ट्रिय महाधिवेशन र चुनाव छ महिनाका लागि स्थगित भएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बैठकले तत्कालका लागि अधिवेशन र चुनाव स्थगित गर्ने निर्...
एनआरएनएका चार मुख्य गैरकानूनी काम, सच्याएरमात्र चुनाव गर्न सरकारको निर्देशन वासिंगटन डिसी । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,आईसीसी) का चार मुख्य गैरकानूनी नियम र विधानविपरीतका काम भएको भन्दै तिनीहरुलाई सच्याएरमात्र आगामी नेतृत्व चयन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका ...
इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा  नष्ट भएका हुन्। आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उ...
एनआरएनए आईसीसी निर्वाचन : सम्पत्तिको अधिकार र नागरिकता कुल आचार्यका प्रतिबद्धता काठमाडौं। गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालमा नेपाली नागरिकता कायम राखी आफ्नो सम्पत्तिको अधिकार स्थापित गर्ने आफ्नो मुल एजेण्डा सार्वजानिक गरेका छन्। यसका सा...
एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा. केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् । रसियामा बसोबा...
कांग्रेसले एनआरएनको चुनावमा समन्वय गर्न ८ नेतालाई दियो जिम्मेवारी काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औँ महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी सुम्पेको छ । कांग्रेस केन्द्रीय कार्यालयले युरोप क्षेत्र, एशिया क्षेत्र, अमेरिका क्षेत्...
एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा काठमाडौैँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए। नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको न...
एनआरएनएको अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसी) को आसन्न निर्वाचनको अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारीको घोषणा गरेकी छन् । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समे...
एनआरएनए सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १०औं महाधिवेशनका लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपाने एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन् । हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पूरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ ...
२८बुँदे लन्डन घोषणापत्र जारी, विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न (घोषणापत्रसहित) काठमाडौं । २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन गत आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाए...
एनआरएनएको आसन्न चुनाव विधान विपरीत हुन लागेको आरोप काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुले एनआरएनको आसन्न निर्वाचन विधानविपरीत हुन लागेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसिसीको पूर्वसचिव...
‘एनआरएन द सिङ्गर’ नोभेम्बरदेखि प्रसारण हुने काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने भएको हो । प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हु...
एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न मन्त्रालय गएको हो: आचार्य काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमिताका बारेमा परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कुल आचार्यले बताएका छन् । उनले एनआरएनएलाई ...
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ। बेलायती यातायातमन्त्री ग...
एनआरएनएको केन्द्रीय उपाध्यक्षमा गुरुङको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि व्यवसायी यमकुमार गुरुङ ‘त्रिलोक’ले केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । गुरुङले ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा ग...
राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्। डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व...
अनियमितता छानविन नहुञ्जेलसम्म एनआरएनएको निर्वाचन रोक्न नेपाल सरकारको निर्देशन (पत्रसहित) काठमाडौं । नेपाल सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे छानविन गर...
एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्। अध...
टेक्सासकी नेपाली व्यवसायी यमुनाले सगुनमा ५ लाख डलर लगानी गरिन् अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने नेपाली व्यवसायी यमुना भट्टराईले नेपालीहरूले शुरू गरेको इकमर्श कम्पनी सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छिन्। सगुनमा गरेको लगानीबारे सोधिएको प्रश्नको जवाफ दिंदै भट्टराईले भनिन्,‘मैले एउटा स्...
एनआरएनए युरोप उप संयोजकमा पत्रकार सुवेदीको उम्मेदवारी घोषणा जर्मनी  । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सक्रिय पत्रकार सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मा घर भइ बर्षौदेदी अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युर...
एनआरएनए कोषाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि एनआरएनए अभियानका अगुवा अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा आफूले आर्जन ...
एनआरएनए जापानको अधिवेशनमा परराष्ट्र मन्त्रालयको चासो, पाँच दिनभित्र जवाफ दिन पत्र काटियो (पत्रसहित) काठमाडाैं। गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो राखेको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ। १७ भदौम...
आईसीसीको कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेद्वारी घोषणा वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा अमेरिकाबाट राजन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन्। हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकसमेत रहेका त्रिपाठीले हालसम्म हासिल गरेको अनुभव, ज्ञान र सिपलाई गैरआवासीय...
एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः सिम्खडा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा युरोपका प्रवासी पत्रकारहरुसँगको एक कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि ...
एनआरएनए एनसीसी जापानको निर्वाचनबारे परराष्ट्रले माग्यो स्पष्टिकरण काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा स्पष्टिकरण मागेको छ । परराष्ट्र मन्त्रालयले चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीको अधिवेशन तोकिएको समयभ...
एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन्। नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ। वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन्। यसैगरी रामप्रता...
समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञ...
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा भट्टराईको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय उप संयोजक पदमा हरिप्रसाद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि सो पदमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष भट्टराईल...
एनआरएनए महिला सचिवमा अष्ट्रेलियाबाट भोमा लिम्बुको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चयन हुने नयाँ कार्यसमितिका लागि महिला सचिव पदमा अष्ट्रेलियाबाट भोमा लिम्बुले उम्मेदवारी दिने घोषणा गरेकी छन् । वर्तमान कार्यसमितिमा महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी लिम्बुले सन् २०२१–२०२३ ...
अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित) काठमाडौं। अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति...
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा जोन अर्यालको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिका लागि मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्याल (जोन)ले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा रहेक...
एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको ...
अरु चुनाव प्रचारमा राजन कामको प्रचारमा : देशको सीमा भारतले मिच्दा अमेरिकामा आवाज उठाएकोमा गर्व छ : राजन वाशिंटन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा विश्वभरका एनआरएन नेताहरु भोट माग्न जुटिरहेका बेला अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी भने आफूलाई भोट माग्नुभन्दा पनि आ...
एनआरएनएको युवा उपाध्यक्षमा नेदरल्याण्डबाट हिमाल गुरुङको उम्मेदवारी काठमाडौं। ‘युवा एवं दोस्रो पुस्तामा अबको एनआरएनए’ भन्ने मूल नाराका साथ हिमाल गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए/आइसीसी )को आसन्न निर्वाचनको युवा समिति उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेदरल्याण्डमा विभिन्न व्यव...
आईसीसीको भण्डाफोर गर्ने भन्दै अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीको चेतावनी काठमाडौं। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) को निर्वाचन सम्मुखमा रहेको बेला आईसीसी सचिवालयका नेता र धेरै सदस्य हुने तीन देशका राष्ट्रिय समन्वय परिषद्(एनसीसी) का बीच चर्को द्वन्द उत्पन्न भएको छ। अमेरिका, बेलायत र अष्...
डेलिगेटको अर्को चुनाव नगर्ने भन्दै एनआरएन अमेरिकाले आईसीसीलाई पत्र पठायो वासिंगटन डिसी । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिकाले डेलिगेट निर्वाचन पुन गरिरहनु नपर्ने र नगर्ने भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) लाई पत्र पठाएको छ। अगष्ट २८ तारिकमा आईसीसी पठाएको पत्रमा यसअघि नै सबै प्रक्रियाहरु पूरा गरेर एनआरएनए अम...
एनआरएनए सचिव र सहकोषाध्यक्षमा जापानबाट क्रमशः गुरुङ र श्रेष्ठको उम्मेदवारी काठमाडौं । जापानमा व्यवसाय गर्दै आएका ओम गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने भएका छन् भने सहकोषाध्यक्ष पदका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द)ले उम्मेदवारी दिने घोषणा गरे...
एनआरएनएको युवा संयोजकमा क्यानडाबाट विमलाको उम्मेदवारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिको युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सन् २०१३ देखि एनआरएनएको अभियानमा जोडिएकी सापकोटाले सन् २०२१–२०२३ को कार्यसमितिको लागि...
७ बुँदे प्रतिवद्धतासहित एनआरएनएको उपाध्यक्षमा आरके शर्माको उम्मेदवारी काठमाडौं । मध्यपूर्वका प्रभावशाली व्यक्तित्व तथा एनआरएनएका वर्तमान सचिव आरके (राजेन्द्र कुमार) शर्माले आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सचिवको जिम...
एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय महासचिव पदका लागि अमेरिकामा बसोबास गर्दै आएका चिकित्सा क्षेत्रमा संलग्न डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । १०औँ महाधिवेशनमार्फत चुनिने एनआरएनए २०२१–२०२३ को कार्यकालका लागि उनले महासचिव पदमा उम्मेवारी घोषणा...
एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी? काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ। त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समित...
एनआरएनएको सहयोगमा कुवेतमा अलपत्र द्रौपतीको शव आइपुग्यो नेपाल काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो । मोरङ जिल्ला, बुढी ...
एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन् । पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डे...
परराष्ट्रद्वारा एनआरएनएको १०औँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन काठमाडौं । सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने एन...
जहाज चार्टर्डमार्फत काबुलबाट नेपालीको उद्धार गर्ने तयारीमा एनआरएनए काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज चार्टर्डमार्फत अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्धार गर्ने जनाएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा.बद्री केसीका अनुसार सोमबारको सचिवालय बैठकमा काबुलबाट न...
एनआरएनएद्वारा विदेशिएका श्रमिकको अवस्था सुधारसम्बन्धी स्वेतपत्र जारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली श्रमिकको अवस्थालाई सुधार गर्ने उद्देश्यले स्वेतपत्र सार्वजनिक गरेको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा एनआरएनए अध्यक्ष कुमार पन्त, संघको वैदेशिक रोजगार तथा कल्य...
एनआरएनए प्रतिनिधि चयनका लागि जर्मनीमा चुनाव जर्मनी। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी महाअधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जर्मनीले निर्वाचन शुरु गरेको छ। १५ सय ९५ प्रमाणित सदस्य भएको जर्मनीको तर्फबाट १ सय १५ जना प्रतिनिधि छनौट हुन पाउनेछन्। आइसीसीको मापदण्ड अनुसार हजार जना सदस्यसम्म प्रति १०...
एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तले गरे विद्रोह, डेलिगेट निर्वाचन अवैधानिक वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आयोगका एकजना आयुक्तले नै निर्वाचन आयोग व्यक्तिगत पक्षपातमा लागेको आरोप लगाउँदै जारी कार्यविरुद्ध बिद्रोह गरेका छन् । उनले आज गरिने भनेको डेलिगेट निर्वाचनमा विधि र प्रक्रियाविना नै...
एनआरएनएद्वारा नेपाल भित्र्याइने १० अर्ब लगानीमा सहजीकरणका लागि आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा एनआरएन डेभलपमेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्बको लगानीका लागि सहज वातावरण निर्माण गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा गएको ए...
एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन र महासचिवमा राजकुमार विजयी लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा भिमसेन थापा चुनिएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आईसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन्, उनी नेपाल पत्...
एनआरएनए अमेरिकामा षड्यन्त्रपूर्ण चलखेल न्यूयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा प्रतिनिधि पठाउन घिनलाग्दो चलखेल गरेको छ । अमेरिकाबासी एनआरएनए अमेरिकाका सदस्यहरुबाट निर्वाचन गरी छान्नु पर्ने ४७ जना प्रतिनिधिहरुका लागि उम्मेद्वार सार्वजानिकरुपमा आह्वान गर्नुपर्नेमा गुपचुपरुपमा...
एनआरएनएद्वारा भूपूगोर्खा आन्दोलनप्रति बेलायत प्रहरी दमनको भत्र्सना काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले ग...
एनआरएनए पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी ७ सय ९४ मतका साथ विजयी भएका छन् । अधिकारीका प्रतिस्पर्धी सोमफुरि शेर्पा र अशोक गुरुङले क्रमशः१ सय ५० र २३ मत ल्याएका थिए । त्यसैगरी, निर्वाचन समितिले बुधबार साँझ सा...
टिपिएसबारे एनआरएनए अमेरिकाले राजदूतलाई गलत तथ्य लेख्यो वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई लेखेको अमेरिकी अध्यागमनसँग सम्बन्धित एउटा पत्रमा गलत तथ्य उल्लेख गरेपछि अमेरिकामा एनआरएनएको गलत तथ्यलाई वेवास्ता गर्न आह्वान गरेको छ। अमेरिकामा कार्यरत मानवअधिक...
एनआरएनए एनसीसी यूकेको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूकेको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । गत शुक्रबार निर्वाचित भएको नयाँ कार्यसमितिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका हुन् । मत परिणामअनुसार एनआरएनए एनसीसी यूकेको अध्यक्षमा प्रेम गाहा मगर नि...