content
stringlengths 20
64.1k
⌀ |
|---|
गैरआवासीय नेपाली नागरिकता विधेयक सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिबीच भएको भेटघाटमा संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा छलफल भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज (मंगलबार) प्रधानमन्त्री देउवासँग भेटघाट गरी सो सम्बन्धमा छलफल भएको हो ।
भेटघाट कार्यक्रममा अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । उनले पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत आग्रह गरेका थिए ।
सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
सो क्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती रहेको थियो ।
भेटमा एनआरएनएका अध्यक्ष पन्तलगायतका प्रतिनिधिहरुले प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।
|
ग्लोबल एनआरएन सिंगिङमा छानिए उत्कृष्ट २५ प्रतिस्पर्धी काठमाडौं । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनोट भएका छन् । उक्त आइडलको पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका हुन् । जसमा ५ जना महिला र २० जना पुरूष रहेका छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’ मा २५ जना पुगेका हुन् । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनोट भएका थिए ।
२५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अष्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अष्ट्रेलिया) छन् ।
त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । डिजिटल अडिसनमा ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।
एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनएको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।
एनआरएनए आइसिसीका पूर्वअध्यक्ष भवन भट्टले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा सार्थक बनाउन पनि यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताए । उनले सबै प्रतियोगीहरूलाई शुभकामना दिँदै ग्लोबल एनआरएन सिंगिङ आइडलले नेपाली संगीतलाई देश बाहिरबाट पनि अघि बढाउन सकिने आधार प्रस्तुत भएको बताएका छन् ।
यसैगरी, गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली प्रतिभाहरूको खोजीका लागि नै यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
|
एनआरएनए एनसीसी डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) डेनमार्कको छैठौं अधिवेशनबाट शैलेन्द्र अधिकारी (शैलु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सन २०२१–२०२३ को कार्यकालको लागि शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा २ उम्मेदवारलाई पछि पार्दै अधिकारीले १ सय ८० मत प्राप्त गरेका हुन् ।
प्रतिस्पर्धी शिव कार्कीले १ सय ४२ र दिपकराज रिजालले ८७ मत प्राप्त गरे । एनआरएनए डेनमार्कमा जम्मा ४ सय ६३ मतदातामध्ये ४ सय ९ मत खसेको थियो । अधिकारी निवर्तमान महासचिव हुन् भने रिजाल उपाध्यक्ष । कार्की एनआरएनए डेनमार्कमा पूर्व महासचिव हुन् । अधिकारी र रिजाल जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मञ्च नजिकका हुन् । कार्यसमितिमा अधिकारी समूहका बहुमत विजयी भएका छन् ।
आइसीसी सदस्यमा अशोक शर्मा पहिला नै निर्विरोध विजयी भएका छन् । शशी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि शर्मा विजयी भएका थिए । शर्मा एनआरएनए डेनमार्कका पूर्व कोषाध्यक्ष र पार्टी बस नेपालका सञ्चालक हुन् ।
त्यसैगरी, उपाध्यक्षहरूमा राधाकृष्ण सापकोटा र सुनिल विराजी यादव विजयी भएका छन् । महासचिवमा निवर्तमान सचिव महेशसिंह खत्री, सचिवमा शालिक राम शर्मा, कोषाध्यक्षमा मोहन केसी निर्वाचित भएका छन् ।
सदस्यहरुमा सदस्यहरू प्रदिप कुमार पाण्डे, भुवन खड्का, केशव निधी पन्त, नरेन्द्र बहादुर पौडेल, नारायण गौडेल विजयी भएका छन् । निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले विद्युतिय मतदान भएको डेढघण्टामा मत परिणाम सार्वजनिक गरेका थिए । आइतबार साँझ सपथ ग्रहण कार्यक्रम रहेको जनाइएको छ ।
|
एनआरएनए एनसीसी यूकेमा प्रेम गाहामगरको प्यानल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । अनलाइन मतदानमार्फत उनले अध्यक्षका अरू दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई हराएका हुन् ।
यहि अगष्ट ३ मा सम्पन्न अनलाइन निर्वाचनको नतिजा रोकेर ४ दिनपछि सार्जवनिक गरिएको हो । निर्वाचन समितिले शुक्रबार राति पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो । जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४५ सय ७४ मत पाएका छन् भने श्रेष्ठले २१ सय ९१ र प्रधानले २१ सय ४८ मत प्राप्त गरेका छन् ।
समितिका अनुसार अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको हो । निर्वाचन समितिका अनुसार एनसीसी यूकेको २ उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल विजयी भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरूङ विजयी भइन् ।
नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कँडेल विजयी भए भने एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्की निर्वाचित भए ।
एनआरएनए यूके महासचिवमा खुशी लिम्बू विजयी भइन् । २ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र बशादुर आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा विजयी भए । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।
कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।
घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भण्डारी अध्यक्षमा विजयी भएका छन् । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।
त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भण्डारी विजयी भएका छन् । स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।
सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो । यसपटक झन्डै साढे ११ हजार मतदातामाझ बेलायती कम्पनी च्वाइस भोटिङले ‘डिजिटल भोटिङ’ गराएको थियो ।
|
एनआरएनए एनसीसीका ६० देशमा नयाँ नेतृत्व चयन काठमाडौं । हाल धमाधम गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन भइराखेको छ । संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म एनसीसीमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ ।
निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ देशमा अनलाईनमार्फत र ७ देशमा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको उनले बताए ।
आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १०औँ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको छ । यहि अगष्ट १५ सम्म प्रतिनिधिहरुको नामावली केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ ।
हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समयदेखि निष्क्रिय रहेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्यसमिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको छ ।
शर्माका अनुसार यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यस्तै, डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, पोर्चुगलमा ८ अगष्ट र स्लोभानियामा १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।
राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन विवरण :
१ अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
२ अमेरिकाज् क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
अनलाइन : चिली र अमेरिका
भौतिक : क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः लेसोथो, लिविया, मालावी, दक्षिण सुडान
३ एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन : चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया
४ यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः ब्राजिल
५ मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
अनलाइन : बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन
६ ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन : अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्ः भानुआटु
|
एनआरएनए एनसीसी जाम्बियाको अध्यक्षमा बस्नेत निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जाम्बियाको अध्यक्षमा पोषणराज बस्नेत सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतको अध्यक्षतामा दुई वर्षे नयाँ कार्यसमिति चयन भएको हो ।
यस्तै उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर र कोषाध्यक्षमा दीपक सिंह निर्वाचित भएका छन् ।
त्यसैगरी, युवा संयोजकमा विवेक प्रताप सिंह र महिला संयोजकमा दीपा भण्डारीलाई जिम्मेवारी दिइएको छ । निर्वाचित सदस्यमा मनिषा मुल्मी, रवीलाल पाण्डे, नीम बलायर, हेमाङ्ग लामा र ईश्वर भुषाल रहेका छन् ।
|
एनआरएनए एनसीसी चेक रिपब्लिकको अध्यक्षमा पन्थी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् । आगामी २०२१–२०२३ को छैँठौ कार्यसमति आपसी सहमति पश्चात अगष्ट १ का दिन सर्वसम्मत रुपमा चयन गरिएको हो ।
नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह क्षेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा, युवा उपाध्यक्षमा रेम्बो जिसि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल, सचिवमा गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी चयन भएका छन् ।
त्यसैगरी, कोषाध्यक्ष सुजन तिम्सिना, सहकोषाध्यक्षमा नविन न्यौपाने, युवासंयोजकमा सुजन देबकोटा, युवा सहसंयोजकमा दिल बहादुर बल तथा महिला संयोजकमा पवित्रा थापामगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा भेशमराज पराजुली, सुशिल सुबेदी, केशव राज धिताल, दिनेश भण्डारी, बासु पन्त र बिशाल फुयाल चयन भएका छन् ।
|
एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । आइतबार सम्पन्न निर्वाचनमा खनालले प्रतिस्पर्धी मिन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पारेकी हुन् ।
खनाले २ सय ४८ मत प्राप्त गर्दा श्रेष्ठले २ सय १० मत मात्र प्राप्त गरे । पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ । २०१३ मा कार्यसमिति सदस्य भएर एनआरएनमा क्रियासिल भएकी खनालले २०१५ देखि २०१७ सम्म महिला संयोजक र २०१७ देखि २०२१ सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् । खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन् ।
निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भण्डारी र एकबहादुर मल्लबीच २ सय २५ मतको बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मतसहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका छन् ।
सचिवमा दुई सय ५२ मतका साथ कमल विक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए भने सदस्यहरुमा सुमित्रा थापा, सुजिता सिटौला भट्टराई, मान बहादुर सेन्चुरी, राजेन्द्र बाबु श्रेष्ठ, लक्ष्मण मल्ल निर्वाचित भएका छन् ।
मत परिणामः—
|
एनआरएनए एनसीसी नर्वेको अध्यक्षमा शाही निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १ सय ८ मतले पराजित गरेका हुन् ।
शाहीले २ सय ९३ मत पाउँदा बस्नेतले १ सय ८५ मत ल्याए । सचिवमा विजयी काफ्ले निर्वाचित भएका छन् । काफ्लेले प्रतिद्वन्द्वी अशिम लम्साललाई ४ भोटले हराउँदै विजयी बने । नर्वेमा अध्यक्ष र सचिवबाहेक सबै पदाधिकारी यसअघि नै निर्विरोध चुनिएका थिए ।
समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् । यस्तै महासचिवमा विष्णु गौतम रहेका छन् । यसैगरी युवा संयोजकमा विक्रम बस्नेत र महिला संयोजकमा प्रवीणा मुनाकर्मी निर्विरोध चुनिएका छन् ।
निर्वाचित सदस्यमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना रहेका छन् भने आइसीसी सदस्यमा राजु आर्याल निर्विरोध निर्वाचित भएका छन् ।
|
एनआरएनए एनसीसी नाइजेरियाको अध्यक्षमा वीरेन्द्र गुप्ता चयन काठमाडौं । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्र गुप्ता सर्वसम्मतिले चयन भएका छन् । समितिको लेगोसमा सम्पन्न आठौं वार्षिक साधारणसभाले गुप्ताको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन् । महासचिवमा सोमेश अर्याल, सचिवमा सञ्जय थापा र टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ, युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।
कार्य समितिको सदस्यहरूमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना), राजु धिताल (साङ्गो वटा), कृष्ण थापा(भिआई), सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुषाल (कानो), खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर (लेगोस) चयन भएका छन् ।
आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिएका छन् । समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् । समितिको संरक्षकहरूमा हिक्मत थापा, संजीव क्षेत्री र बिदुर घिमिरे छन् ।
|
एनआरएनए एनसीसी दक्षिण अफ्रिकाको अध्यक्षमा पुनःडा.भट्टराई काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा.पुष्पराज भट्टराई सर्वसम्मत रुपमा पुनःअध्यक्षमा निर्वाचित भएका छन् । उनी दुई वर्षे कार्यकालको लागि चुनिएका हुन् ।
त्यसैगरि महासचिव डा.अभय कार्की, कोषाध्यक्ष डा.दिनेश केसी र सदस्यहरुमा डा.मधु पाण्डे केसी र कल्पना गैरै चयन भएका छन् । अन्य रिक्त पद पछि चयन गरिने जनाइएको छ ।
|
एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा तिवारीको प्यानल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छन् । दुई वर्षे कार्यकालको लागि तिवारीसँग समन्वय गर्ने पूरै टिम विजयी भएको हो ।
तिवारीले १ सय ९० मत ल्याएकी थइन् भने उनकी प्रतिद्वन्दी राजेश्वरी थापाले १ सय २५ मत ल्याएकी थिइन् । उपाध्यक्षमा अनिता भुजेल, कुमार अधिकारी, सचिवमा रोशन घिसिङ्ग, सहसचिवमा सरिता नेपाल विजयी भएका छन् ।
आइसीसी सदस्यमा बिकास कार्की बिजयी भएका छन् । बाँकी पद यस पूर्व नै निर्विरोध भएको थियो ।
|
एनआरएनए एनसीसी अष्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ८५ सय ८३ मतसहित गुरुङ आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा गुरूङसँग डा.ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका थिए । गुरुङले ८ हजार ५ सय ८३ मत प्राप्त गर्दै अत्याधिक मतले विजयी भएका हुन् भने प्रतिस्पर्धी डा.रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । तटस्थमा ७ सय ४४ मत परेको थियो ।
अध्यक्षमा निर्वाचित भएपश्चात आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएका छन् । उनी न्यू साउथ वेल्स राज्यका पूर्व संयोजक समेत हुन् ।
सन् २०२१–२३ को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारि, सचिवमा सन्ध्या शाह, संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी, नारि निकुञ्ज संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा अशोक उप्रेती, रामजी बस्नेत, राजु गिरी, दामोदर अधिकारी, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, बिशाल पोखरेल, विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल, अनुप थापा निर्वाचित भएका छन् ।
त्यस्तै, आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, प्रवेश राज घिमिरे विजयी भएका छन् ।
त्यस्तै, राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन् । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, न्यू साउथ वेल्समा देव गुरुङ, नर्थन टेरिटोरीमा बिष्णु चापागाईं, क्विन्सल्याण्डमा बिनोद भक्त आचार्य, साउथर्न अस्ट्रेलियामा रेनुका लामा, तास्मानियामा राकेस शाक्य, भिक्टोरियामा राम हरि खड्का र वेस्टर्न अस्ट्रेलियामा दिपक बस्नेत संयोजकका रुपमा निर्वाचित भएका छन् ।
नेपाली विद्यार्थीहरुमा सर्वाधिक चासोको बिषय बनेको न्यूसाउथ वेल्स राज्यको युवा संयोजक पदमा बिक्रम दाहाल बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी कलाम खड्का भन्दा ६ सय ८८ मत बढी पाएर उनी बिजयी भएका हुन् भने कसैलाई पनि छान्दिन भन्नेमा १ हजार २५ मत परेको थियो ।
|
एनआरएनए एनसीसी चीनको अध्यक्षमा अग्रवाल निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीनको रोहित अग्रवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । विगात २ दशकदेखि चीनको दक्षिणी सहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी अग्रवाल २०२१–२०२३ कार्यकालको लागि निर्वाचित भएका हुन् ।
अग्रवाल कहिल्यै पनि विवादमा नतानिएका एक स्वच्छ छबिका व्यक्तिको रुपमा परिचित छन् । उनले कार्यसमितिको सदस्यको रुपमा प्रवेश गरेर दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल संरक्षकमा काम गरेर संस्थामा राम्रो अनुभव बटुलेका व्यक्ति हुन् ।
विजयी भएपछी अग्रवालले सबैसँग सहकार्य गरेर अगाडी बढ़ने बताए । अग्रवालसँगै नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल शर्मा चौलागाई र बिष्णु प्रसाद डुमरु, महासचिवमा यादव अर्याल, सचिवमा राजकुमार खरेल, विष्णुहरि भण्डारी र सहकोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी, सदस्यहरुमा प्रदिप नेपाल, तुलसी न्यौपाने, प्रदिप सिङ्ह, सुरज शर्मा, यादब दाहाल, प्रेम प्रसाद सुबेदी, नवराज तिमल्सिना, दिपक अग्रवाल र युवराज थापा विजयी भएका छन् । आगामी कार्यकालको लागी आईसिसि सदस्यमा प्रदिप न्यौपाने, महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यमा बलराम तामाङ र महिला संयोजकमा पुन्यवति सुवेदी कोईराला निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागी वर्तमान महासचिव यमबहादुर क्षत्री (ओम) र संरक्षक रोहित कुमार अग्रवाल अध्यक्ष पदको लागी चुनाबी मैदानमा उत्रिएका थिए भने महासचिवमा यादव अर्याल र बिजय श्रेष्ठ चुनावी मैदानमा थिए । दुवै पदमा भारी मतले रोहित अग्रवाल र यादव अर्यालले बिजयी हासिल गरेका छन ।
रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए भने महासचिव पदमा यादव अर्यालले १२७ भोट ल्याउदा अर्का उम्मेदवारले जम्मा ४३ भोट ल्याएका थिए । उपाध्यक्षमा रोहित पक्षकै निर्मल चौलागाई र बिष्णु डुमरुले बिजय हासिल गरेका हुन् ।
|
एनआरएनए/एनसीसी बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी काठमाडौं । दक्षिणी अफ्रिकी भुपेरिवेष्ठित मुलुक बोत्स्वानामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी)को अध्यक्षमा शान्ती भण्डारी चयन भएकी छन् । सम्पन्न वार्षिक साधारणसभाले भण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी, तुलसी कामी अन्तर्राष्ट्रिय परिषद्को सदस्यमा चुनिएकी छन् । सर्वसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् । साधारणसभाको अनुगमनकर्ता पूर्व अध्यक्ष डा.बिपी यादव थिए भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गरेका थिए ।
२० लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । त्यहाँको आम्दानीको मुख्य श्रोत खनिज, खानी, पशुपालन र पर्यटन हो ।
|
एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी बर्लिन, साउन १६ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन्।
पन्तले ८ सय २८ प्राप्त गरे भने राईले ५ सय ७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पन्त आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको दावी गर्दै आइरहेका छन्। उनी निवर्तमान कार्यसमितिको उपाध्यक्ष समेत हुन्। उपविजेता राई पनि एनआरएनए जर्मनीको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।
राईलाई नेपाली जनसम्पर्क समिति जर्मनीको संस्थापन पक्ष, नेपाली एकता मञ्चको पनि संस्थापन पक्ष, माओवादी निकट प्रवासी संगठन, विभिन्न जनजाती संघ संस्था र केही महिला अधिकारकर्मी लगायतको समर्थन रहेको भनिएको थियो । पन्तलाई भने काग्रेस र एमालेको संगठनका संस्थापन इतरका एनआरएनहरुको समर्थन थियो।
दुई खुल्ला उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो । जसमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन्। यसअघि महासचिव रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७ सय ५१ मत र यसअघि सचिव रहेकी त्रिपाठीले ५ सय ८४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन्।
महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई प्रतिष्पर्धी राजन देवी गौतमलाई १ सय ५८ मतान्तरले हराउँदै ७ सय ३२ मतका साथ विजयी भएकी छिन्। महासचिव पदमा राजेश सुनार ७ सय ७५ मतका साथ विजयी भएका छन्। उनी संस्थामा यसअघिका २ कार्यकाल सचिव रहेका थिए।
सुनारका प्रतिद्धन्दी सिजन दाहालले भने ५ सय ९९ मत प्राप्त गर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भएका छन्। दाहाल नेपाली काग्रेस निकट जनसम्पर्क समितिका प्रवक्ता समेत हुन्। एनआरएनमा ३ बर्षे अनुभव पनि नभएका उनी एकैपटक स्थानीय समन्वय परिषदको सचिवबाट राष्ट्रिय समन्वय परिषदको महासचिव पदको आकांक्षी देखिएका थिए।
सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी भएका छन्। उनीहरुले क्रमशः ९ सय ३६ मत र ५ सय ३१ मत प्राप्त गरेका छन्। दुई सचिव पदका लागि भएको निर्वाचनमा ३ जनाको उम्मेदवारी परेको थियो। यस्तै एक अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९ सय ४३ मतका साथ शंकर डाँगी विजयी भएका छन्।
उनले आफ्ना प्रतिष्पर्धी विनोद अधिकारीलाई ५ सय ७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसीसीको यात्रा तय गरेका हुन्। कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सास्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन्।
एक हजार ५ सय ९५ पंजीकृत सदस्यहरू रहेको जर्मनीमा एक हजार ४ सय ३३ जनाले विद्युतिय प्रणाली मार्फत मतदान गरेका थिए। कुल मतदातामध्ये ८९ दशमलब ८४ प्रतिशतले मतदानमा भाग लिएका थिए।
शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो। स्पेनको सो कम्पनीले ३ लाख २६ हजार भन्दा बढि विद्युतिय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनिले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो। परिणामलाइ डिसी नेपालकाे फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेकाे थियाे।
एनआरएनए जर्मनीमा कसले कति मतका साथ विजय हासिल गरे, सम्पूर्ण मतपरिणाम ।
कुल मतदाता – १५९५
मतदानमा सहभागी – १४३३
अनुपस्थित – १६२
आइसीसी पद
शंकर डाँगी – ९४३ – विजयी
विनोद अधिकारी – ३६९
खालि भोट – १२१
अध्यक्ष
मिलनराज पन्त – ८२८ – विजयी
निनम्मा राई – ५७१
खालि भोट – ३४
खुल्ला उपाध्यक्ष ( २ पद )
लोकमणी ढकाल – ७५१ – विजयी
मेनका त्रिपाठी – ५८४ – विजयी
अर्जुन ओली – २९२
शिवकला गुरुगं – २७४
तुलसी श्रेष्ठ – २७४
होम शर्मा – १५६
खालि भोट – ४५
महिला उपाध्यक्ष
करुणा तुलाधर राई – ७३२ – विजयी
राजनदेवी गौतम – ५७४
खालि भोट – १२७
महासचिव
राजेश सुनार – ७७५ – विजयी
सिजन दाहाल – ५९९
खालि भोट –५९
सचिव ( २ पद )
निमा राजभण्डारी अर्याल – ९३६ – विजयी
सुजन बर्तौला – ५३१ – विजयी
युवराज अधिकारी – ५११
खालि भोट – ९८
हामवर्गबाट केन्द्रिय सदस्य ( २ पद )
मिरा कार्की – २३१ – विजयी
प्रशान्त पोखरेल – १५५ – विजयी
सञ्जय महर्जन – ५५
खालि भोट – १८
( एलसीसी कुल मतदाता संख्या – ४४१
मतदानमा सहभागी –३०३ )
निर्विरोध निर्वाचित
कोषाध्यक्ष – भरत कुमार चलाउने
युवा संयोजक – सुदिप सापकोटा
सास्कृतिक संयोजक – लक्ष्मण जोशी
भाषा तथा बालबालिका संयोजक – मिरा पौडेल
महिला संयोजक – सोनी तुलाचन
|
युगान्डामा मृत्यु भएका खड्गीको परिवारलाई एनआरएनए अफ्रिकाद्वारा सहयोग काठमाडौं । गत आसार २९ गते कोरोना संक्रमण भई युगान्डाको कम्पालामा निधन भएका तनहुँ, भानुभक्त नगरपालिका सिमपानीका ४७ बर्षीय हिराबहादुर खडगीको परिवारलाई एनआरएनए अफ्रिकाले आर्थिक सहयोग पठाएको छ । एनआरएनए अफ्रिकाले नेपालमा रहेका मृतक खड्गीको परिवारलाई सहयोगस्वरुप तीन लाख १० हजार रुपैयाँ पठाएको हो ।
एनआरएए अफ्रिकाको राहत कोषको तर्फबाट आज(शुक्रबार) एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले उक्त नगद सहयोग हस्तान्तरण गरेका हुन् । कार्कीले तनहुँ, भानुभक्त– ६, सिम्पानीस्थित उनको घरमा गइ उनकी श्रीमती शुशिलामाया खड्कीसहितको परिवारलाई भेटेर रकम हस्तान्तरण गरेका थिए ।
अफ्रिकामा रहेका नेपालीहरु मिलेर उक्त सहयोग रकम जुटाएका हुन् । एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले कोष र सहयोगीहरुलाई धन्यवाद दिंदै उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहल गरिराखेको बताए ।
अफ्रिकामा कोभिडले मृत्य हुने खड्गी छैठौं नेपाली हुन् । एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघि पनि अफ्रिकामा कोरोनाले मृत्यु भएकाको परिवारलाई सहयोग गर्दै आएको छ ।
साथै, कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई खानपिन र औषधी उपचारमा सहयोग, नेपाल फिर्तीको व्यवस्था लगायतका कार्य अफ्रिकाका नेपालीहरुबाट सहयोग जुटाएर गर्दै आएको कोषका संयोजक हिक्मत थापाले बताए । उनले सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यावाद दिएका छन् ।
त्यसैगरी, दाताहरुको सहयोगमा अफ्रिकाका एनआरएनहरुले केही महिना अघि नेपालका १४ दुर्गम जिल्लाका ३५ वटा अस्पताल र स्वास्थ्य केन्द्रहरुमा करिब ६० लाख बराबरको अक्सिजन सिलिन्डरहरु सहयोग गरेको थियो ।
|
एनआरएनए चीनमा चुनावी सरगर्मी बढ्यो, क्षेत्रीको प्यानल तिब्र प्रचारप्रसारमा काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको चुनावी सरगर्मी बढेको छ। अन्तिम समयसम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रक्रियामा गइसकेको छ।
चुनाव नै हुने भएपछि नेतृत्व लिन आकांक्षीहरु प्यानल नै बनाएर मैदानमा उत्रिएका छन्। यसरी अध्यक्षको उम्मेदवारी दिने मध्ये बुटवल निवासी एम बहादुर क्षेत्री (ओम) पनि एक हुन्। उनी दशकौंदेखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी हुन्। उनले एनआरएनए चीनको विभिन्न समयमा कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, महासचिवसमेत भएर काम गरिसकेका छन्।
उनको टिमबाट उपाध्यक्षमा निवर्तमान सचिव मुकेश श्रेष्ठ उम्मेदवार छन् भने महासचिवमा विजय कुमार श्रेष्ठ उम्मेदवार बनेका छन्। यस्तै दुईजना सचिवका लागि विष्णुहरी भण्डारी र मुकुन्द ढकाल उम्मेदवार बनेका छन्।
यस्तै क्षेत्रीको टिमबाट सहकोषाध्यक्षमा सुरज न्यौपाने, कपिलवस्तु घर भएका मिर्जा राशिद युवा संयोजक पदको उम्मेदवार बनेका छन्। यस्तै सोही टिमबाट नविन किशोर दहाल, नवराज तिमल्सिना, तुलसी न्यौपाने, प्रदिप नेपाल, सन्तोष भट्टराई र प्रदिप सिंह सदस्य पदको उम्मेदवार बनेका छन्।
सोही टिमबाट महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यक्षमा बलराम तामाङ, महिला संयोजकमा पुन्यवति कोइराला निर्विरोध निर्वाचित भइसकेको जानकारी निवर्तमान कार्यसमितिका एकजना सदस्यले जानकारी दिए।
|
एनआरएनए/एनसीसी जापानको अध्यक्षमा पौडेल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । आज(शुक्रबार) भएको निर्वाचनमा पौडेलले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।
कूल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कूल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नबिन नउरे विजयी भएका छन् । उनले ३ हजार ९ सय ९३ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा राम थापा (अनिल), राजकुमार अधिकारी, राम कृष्ण श्रेष्ठ र महेश कुमार कटवाल महिला उपाध्यक्षतर्फ संगिता अधिकारी निर्वाचित भएका छन् ।
महासचिवमा सिद्वार्थ श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश लामा निर्वाचित भएका छन् । त्यसैगरी, निर्वाचित कार्यसमिति सदस्यहरुमा राजु भण्डारी(सुनिल), चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, भिमसेन राय, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै र दिलिप कंडेल रहेका छन् ।
आइसीसी सदस्यमा दिपक कार्की, श्रवण कुमार सत्याल, रोविन शेरचन, लक्ष्मण बानिया, सुपेन्द्र घिसिंग, र नरबहादुर थापा निर्वाचित भएका छन् ।
अनलाइनमार्फत गरिएको मतदानमा कूल २९ पदका लागि ५९ जनाको उम्मेदवारी परेको थियो ।
|
एनआरएनए इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध काठमाडाैं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध निर्वाचित भएका छन्। जुलाई २५ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले कंडेलेको नेतृत्वमा २०२१–०२३ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु, महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती, कोषाध्यक्षमा दीर्घामाया मगर, महिला संयोजकमा बिना मगराती, युवा संयोजकमा श्याम खरेल र सदस्यमा सिरज कार्कि छन्।त्यस्तै परिषद्ले संघको आइसीसी सदस्यका लागि राजन चापागाईँलाई चयन गरेको छ।
निर्बाचन संयोजक मनोजकुमार कार्कीका अनुसार उम्मेदवारी नामावाली दर्ता गर्ने समयअवधिसम्म पदहरुमा दोहोरो उम्मेदवारी नपरेकाले सबै उम्मेदवारहरु निर्विरोध भएको बताइएको छ।
|
कस्तो एनआरएनए चाहिएको हो हामीलाई ? हामी प्रवाशी नेपालीहरुको साझा संस्था एनआरएनए एउटा प्रवल सम्भावना बोकेको गौरवशाली संस्था बन्न सक्छ। विश्व मानचित्रमा पछि परेको हाम्रो जस्तो राष्ट्र नेपालका लागि समेत यो कोशे ढुंगा सावित हुन सक्छ।
तर त्यस भन्दा पहिले त प्रवाशीहरुको सही प्रतिनिधि संस्थाको रुपमा यसले आफूलाई उभ्याउन सक्नु पर्यो। नेपाल सरकार र नेपालको संविधानले समेत मान्यता प्रदान गरेको, एउटा इतिहास बनाई सकेको विश्वभर विस्तारित एक मात्र संस्था एनआरएनएलाई आजका दिनमा हामी कोही पनि सचेत र जिम्मेवार नागरिकले नजरअन्दाज गर्नैं सक्दैनौं। म यो लेख लेखिरहदा सर्व प्रथम त यस संस्थाका परिकल्पनाकार, संस्थापक र तमाम इमान्दार नेता कार्यकर्ताहरु प्रति नमन गर्न चाहन्छु।
जतिसुकै समस्याहरु भए पनि र कमी कमजोरीहरु भए पनि अग्रजहरुका योगदानहरुको उचित सम्मान गर्न सक्नु पर्छ जसले इमान्दार मनले यसमा आफ्नो योगदान गरे। वास्तवमा संस्था जन्माउनु र हुर्काउनु भनेको माता पिताकै बराबरको त्याग तपस्या रहेको हुन्छ, जसको अपमान हुनैं सक्दैन। नेतृत्वले पनि स्वस्थ आलोचनाहरु सुन्नु पर्छ। समस्याहरुबाट भाग्न खोज्ने हैन, सामना गर्न सक्नु पर्छ।
अहिले पनि एनआरएनएको ठूलो समस्या भनेको यसको नकारात्मक चर्चा हो। केही ब्यक्तिहरुका दोषका कारण या सिस्टममैं भएका कमजोरीका कारण तमाम एनआरएनए अभियन्ताहरु र सामाजिक अभियन्ताहरुले दोष खानु पर्ने तथा सिंगो प्रवाशी नेपाली समाजले लज्जित हुनु पर्ने कुराले मलाई ज्यादै दुःख लाग्छ। यस्तो हुनुमा नेतृत्व मात्र दोषी छैन।
यसमा २ वटा कारणहरु हुन सक्छन्, एक हामीमा रहेको नकारात्मक कुरा प्रतिको आकर्षण र पुर्वाग्रही दृष्टिकोण। किनकी सकारात्मक कुराहरु भन्दा नकारात्मक कुराले हामी सबैको ध्यान तानिरहेको हुन्छ र जाजनीतिक रुपमा विभाजित र पुर्वाग्रही दिमागले अर्को भनिएको पक्षको राम्रो भन्ने केही देख्नै मान्दैन। यो एकलकाटे संस्कारबाट मुक्त हुन जरुरी छ।
अर्को मुख्य कुरा एनआरएनए जस्तो ठूलो संगठनको उद्देश्य, कार्य क्षेत्र र संगठनात्मक संरचना कस्तो हुनु पथ्र्यो भन्ने विषयमा गम्भिर त्रुटीहरु छन्। जव कुनैं मेशिनरी ठिक ढंगले बनाइएकै छैन भने त्यसबाट ठिक परिणामको अपेक्षा गर्नै सकिन्न।
त्यसैले मैले माथि उल्लेख गरेको नेतृत्वलाई मात्रै दोष दिएर हुन्न, यसमा संरचनात्मक रुपमै सुधार नगर्ने हो भने त्यहाँ जो गएर पनि तात्विक फरक हुन सक्दैन। मेरो १५ वर्षको प्रवाश अनुभव र नेपालदेखिको सामाजिक कामहरुको अनुभवले यही भन्छ।
एनआरएनए अमेरिकाका बारेमा अति धेरै नकारात्मकता छ, निराशा छ। निराश म पनि हुन्छु कहिले काहीँ। किनभने सधैंभरी प्रवाशमा सामाजिक काममै दौडिरहेको हुन्छु तर आमा समान संस्था एनआरएनएका बारेमा नानाथरी नकारात्मक कुराहरु सुन्नु परिरहेको हुन्छ तर आफू त्यसमा केही गर्न सकिन्न। धेरै समस्याहरु देखिन्छन् तर मुकदर्शक हुन बााध्य हुनु परेको छ।
न यसबाट पूर्ण रुपमा टाढा हुन सकिन्छ न भित्रै पसेर समाधान गर्न सकिन्छ। मलाई लाग्छ यो पिडा मेरो मात्र नभएर म जस्ता हजाराैं प्रवाशी सामाजिक कार्यकर्ताहरुको हो। एनआरएनएका समस्याहरु के छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मलाई लागेका धारणाहरु राख्न चाहन्छु।
अहिले पनि एनआरएनएको ठूलो समस्या भनेको यसको नकारात्मक चर्चा हो। केही ब्यक्तिहरुका दोषका कारण या सिस्टममैं भएका कमजोरीका कारण तमाम एनआरएनए अभियन्ताहरु र सामाजिक अभियन्ताहरुले दोष खानु पर्ने तथा सिंगो प्रवाशी नेपाली समाजले लज्जित हुनु पर्ने कुराले मलाई ज्यादै दुःख लाग्छ। यस्तो हुनुमा नेतृत्व मात्र दोषी छैन।
यसलाई धनीमानीहरुको या भातृ संगठनका कार्यकर्ताहरुको क्लव जस्तो बनाउने कि सामाजिक कार्यकर्ता या समाजसेवीहरुले नेतृत्व गरेको आम प्रवाशीहरुको गौरवमय संस्था बनाउने? मुख्य प्रश्न यो हो। हामी दोश्रो अप्सनमा जाने हो भने त्यसका लागि संगठनको संरचनात्मक रुपमै ठूलो परिवर्तन गर्नु पर्ने छ।
एउटा सामाजिक संस्थाको गरिमा तव रहन्छ जव यसको नेतृत्वको विकाश कडा परिश्रम र योगदानबाट स्थानीय तहदेखि नैं सफल नेतृत्व गरेर क्रमश विकाश भएको होस्। साँच्चिकै सबैले महशुस गर्न सक्ने गरी काम र योगदान गरेका ब्यक्तिहरुले नृतृत्व गरेको होस्। अहिले एनआरएनएमा नेतृत्व गर्नेहरुको आधार समाजसेवा मात्र हुन सकेको छैन, यद्यपि यो सबैमा लागू नहोला।
अहिलेको एनआरएनए भनेको मुलत नेपालको गुट उपगुटको फोहरी राजनीतिलाई तिनको भातृ संगठनहरु मार्फत कब्जा गर्ने या भागवण्डा गर्ने खेल खेल्ने र लड्ने ठाउँ बनाइएको छ भन्दा यो आरोप मात्र हुँदैन, दुनियाँले स्विकारेको यथार्थ हो। गत शाल काठमाडौं सम्मेलनदेखि बेलायत र न्युयोर्क एजिएम (दशौं साधारण सभा), बेल्जियम, जापान आदि ठाउँमा भएका हातापाईका घटनाहरु त यसैका स्वभाविक परिणामहरु मत्र हुन्।
यो कुरा बुझिसकेका हामीलाई यी कुनै नौला घटना हैनन्, हुँदै आइरहेका छन् र भैरहने छन् जवसम्म संगठनलाई संरचात्मक रुपमै आमल परिवर्तन गरिँदैन। छानविन गरेर दोशीलाई कार्वाह गर्नु पर्यो भन्ने आवाज पनि सुनिन्छ तर तर धेर जसो आवाज उठाउनेहरु यसैका मतियारहरु हुन्छन्।
कार्वाही कस कसलाई मात्रै गर्ने, के गर्ने अनि कसले गर्ने? यो कुरा जरामा रोग लागेको छ पातको उपचार भने जस्तै अब्यवहारिक छ। नेपालको राजनीतिको धङधङ्गी बोकेका भातृ संगठनका मान्छेहरुले एनआरएनएलाई लोक हसाउने मजाक बनाइ राखेका छन्।
सामाजिक कामको उद्देश्य भैदिएको भए यस्तो सधैंभरीको कुस्ताकुस्ती हुने थिएन, सालिनता हुने थियो, अनुशासन हुने थियो र छलफल सामाजिक मुद्दामा मात्र हुने थियो।
एनआरएनको नेता हुन धेरै पैसा कमाउनु पर्दैन, भातृ संगठनको नेता या कृपा पनि हुनु पर्दैन, मात्र सामाजिक सेवाको पवित्र भावना लिएर काम गरिरहनु पर्दछ भन्ने कुरा स्थापित गर्न सिस्टममै महत्वपूर्ण सुधार गर्नु पर्ने छ। तसर्थ मैंले भन्न खोजेको ब्यक्तिलाई दोष दिनु भन्दा पनि सिस्टममै आमुल परिवर्तन गर्नु पर्छ।
देखौटी रुपमा जे भए पनि एनआरएनए छलफलहरु भाषण कसलाई गर्न दिने, कसलाई निमन्त्रणा गर्ने, आसन ग्रहण कसलाई, अगाडि पछाडि पार्ने, एअरपोर्टमा अतिथिलाई को लिन जाने, खादा माला लाउने र फोटो खिचाउने, सम्मान गर्ने, मनोनित कसलाई गर्ने जस्ता विषयमा घम्साघम्सी छलफलहरु हुन्छन् तर बास्तविक समाजका समस्याहरुका र राम्रो संगठन निर्माण गर्ने विषयमा विरलै छलफलहरु हुन्छन्।
एउटा स्यानो स्थानीय संस्था यदि सकृय छ भने त्यहाँ के हुँदैन? सामुदायिक भवन, मन्दिर, ब्यवस्थित सम्पर्क कार्यालय, नियमित बैठक र योजनाहरु, नियमित विभिन्न कार्यक्रम र गतिविधिहरु, विधान अनुसार संगठन संचालन र सामुदायलाई आवश्यक सहयोग।
यहाँ काम गर्ने कार्यकर्ताहरु बास्तविक समाजसेवीहरु हुन् जसलाई न ब्यक्तिगत प्रचार चाहिन्छ न मान सम्मानको पगरी न खादा माला। एनआरएनएको एउटा कार्यालय भवन भाडामा समेत अहिले सम्म नहुनु अमेरिका जस्तो देशमा लाज मर्नु कुरा हो।
कतिपयको धन्दा खेतीपाती नैं एनआरएनएको चुनाव मात्रै हुन्छ। केहीको झुण्ड बनायो, आफैं या कसैको लगानीमा सदस्यता बनायो, उसको भोट हाल्ने एक्सेस आफैंसित राख्यो, अनि ठेकेदारी र दलाली गर्यो। पहिला च्याप्टरमा उठेको भए यस पटक एनसिसि, अर्को पटक आइसिसिमा उठिगो।
जिते पनि केही नगर्यो, हारे पनि अर्को पटक त्यो भन्दा माथि उठिगो। यसरी संस्थागत हितलाई लात मारेर संस्थाको गरिमाको धज्जी उडाउने, फर्जी मतको खेती गरेर बाली कब्जा गर्ने, पेन ड्राइभ, हार्ड ड्राइभ, ह्याकर, खरिद विक्री, जगेडा मत, कम्प्युटर सिस्टमबाटै घोटाला, गुण्डागर्दी जस्ता कुराहरुको अव अन्त्य हुनै पर्छ। हामी अगाडि बढे यो सम्भव छ। किनकी जनताको आवज भन्दा बलियो शक्ति केही पनि छैन या यसले गर्न नसक्ने केही पनि छैन भन्ने मेरो दृढ बिश्वाश छ।
संस्थाको उद्देश्यः
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा मलाई त्यति चित बुझ्दैन। यो स्थापित कुरा हो भनिरहनुकोे केही अर्थ छैन। ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई ‘नेपालीका लागि एनआरएनए’ भन्दा राम्रो हुन्छ। नेपालीको अर्थ हुन्छ स्वदेश तथा विदेशमा बस्ने सबै नेपाली। यस संस्थाका २ वटा मूल उद्देश्यहरु हुनपर्छ।
प्रबासी नेपालीहरुका समस्याहरुको समाधानका लागि सारथी बन्ने र तिनका हक अधिकारहरुका लागि काम गर्ने पहिलो उद्देश्य र देश्रो उद्देश्य मातृभूमीको विकाश र प्रगतिमा साथ दिने र आपतकालिन घडीमा सहयोगी बन्ने। यत्ति हो मूल उद्देश्य।
कर्म भूमी या प्रवाशी नेपालीका लागि काम गर्ने नैं पहिलो उद्देश्य हुनु पर्दछ किनकी यो संस्था यिनीहरुका लागि बनेको यिनीहरुको संस्था हो र आफू बलियो नभई अर्थात मजवुत संगठन बिना मातृभूमीका लागि धेरै सहयोग पुर्याउन सकिन्न। एनआरएनएका मुख्य कामहरु सही नेतृत्व विकाश, नेतृत्व तालिम, सहजिकरण, समन्वय, प्रचार तथा लविंग, आवश्यक खवरदारी, तयारी र ठूला योजनाहरु हुन्।
संगठनात्मक संरचनाः
चुनाव अति भयो, मनोनित अति भयो र यसैले बिकृति ल्यायो। सामाजिक काम गर्ने संस्थामा किन स्ववियूको जस्तो या राजनीतिक दलहरु बिचको जस्तो चुनाव? केको प्रतिस्पर्धा? यसलाई समाधान गर्न संगठनात्मक संरचनामा आमुल परिवर्तन गर्नु पर्ने छ।
काम गरेर नेतृत्वको रुपमा सहज विकाश हुने ब्यवस्था, स्वस्थ प्रतिस्पर्धा, गुणस्तरीय र अनुशासित नेतृत्व अनिवार्य शर्त हो। नेपालको राजनीति यहाँ ल्याएर गुट उपगुट बनाएर र अनेकखाले तिकडम गरेर नेतृत्व हत्याउने, गुट बलियो बनाउने नाममा झरपात सबैलाई विना कामका टास्क फोर्शमा मनोनित गर्ने कुराले के यो उद्देश्य सम्भव छ? यस्तो चक्र तयार पारिएको छ कि ठाउँ ठाउँमा चुनाव जिताई दिने र मनोनितमा पारिदिने छोटे ठेकदारहरु जन्मिएका हुन्छन्।
यो दुस्चक्र नै बिकृतिको मुल कारण हो। बिधानले भन्छ, एनआरएनए जस्तो बिशुद्ध सामाजिक संस्था राजनीतिक रंगबाट पूर्ण मुक्त हुनु पर्छ तर ब्यवहारमा छलफल नेपालका राजनीतिक गुटहरु देखि लिएर प्रबाशका तिनका प्रतिनिधिहरु एनआरएनए कसरी कब्जा गर्ने भन्ने बारेमा योजना बनाउछन् (उदाहरणः भखरै नेपाली कांग्रेस पार्टीले आफ्नो भातृ संगठन जनसम्पर्क समितिलाई खुल्ले आम चिठी काटेको छ), अनेक शक्ति समूहहरुसँत चुनावी तालमेल गर्छन्, सौदावाजी गर्छन, खरिद बिक्री गर्छन, धाँदली गर्छन, कोही बधाई बधाई भन्छन् र कोही धाँदली भो भन्दै मुद्धा मामलामा जान्छन्।
सदस्यताः
१८ बर्ष उमेर पुगेका सबै नेपाली मुलका नेपाली भाषीहरु (नेपाल, भुटान, भारत, बर्मा जहाँबाट आएका भए पनि) एनआरएनएका सदस्य हुन् भन्ने मान्यता राख्नु पर्दछ र सबैलाई अत्यन्त सहज ढंगले सदस्यता लिन प्रेरित गर्न सक्ने ब्यवस्था गर्नु पर्दछ।
यसका लागि आइसिसिको निशुल्क सदस्यता योजना स्वागतयोग्य छ। निशुल्क सदस्यता मार्फत धेरै भन्दा धेरैलाई रजिष्टर गराउनु पर्दछ जसले भोटका ब्यापारीहरुको यहीनेर बाता बसिहाल्छ। बास्तवमा सदस्यता दुई किसिमको बनाउनु पर्दछ एउटा निशुल्क साधारण सदस्यता र अर्को शशुल्क आजिवन बिशिष्ट सदस्यता।
यसमा नेतृत्व गर्न चाहने या उम्मेदवार बन्न चाहनेले यो सशुल्क सदस्यता अनिवार्य लिनु पर्नेछ। अर्को कुरा निशुल्क सदस्यता लिनेलाई पनि सदस्यता रजिष्ट्रेशन गर्दा ऐच्छिक रुपमा चन्दा दिने अप्सन राखेमा संस्था संचालनमा पर्याप्त रकम संकलन हुनेछ यदि संस्थाले मानिसहरुको मन जित्ने गरी काम कारोबार गर्न सकेको छ भने।
संस्थागत सदस्यताः
स्थानीय संघ संस्थाहरु नैं समुदायका लागि काम गर्ने मुख्य संस्थाहरु हुन् जसले मर्दा पर्दा या दुखमा सुखमा आड भरोसा दिइराखेका हुन्छन्। यसर्थमा स्थानीय समुदायका लागि त एनआरएनएको भन्दा बढी महत्व र भूमिका स्थानीय संघ संस्थाको हुन्छ।
त्यसो भए एनआरएनएको औचित्य के? किन चाहियो यो संस्था? यो गतिलो प्रश्नको पनि जवाफ नदिई एआरएनए अघि बढ्न सक्दैन। एनआरएनए स्थानीय संघसंस्थाहरुको प्रतिस्पर्धी संगठन हैन बरु यो छाता संगठन हो, उएटै उद्देश्य बोकेको स्थानीय संस्थाका लागि सहयोगी संगठन हो। अझ यसो भनौं स्थानीय सघ संगठनहरु र सम्पूर्ण सामाजिक अभियन्ता समाजसेवीहरु नैं एनआरएनका आधार हुन्।
यिनीहरु नैं एनआरएनका गौरव हुन् र नेतृत्वका श्रोत पनि हुनु पर्ने थियो। विभिन्न संघ संस्था मार्फत या ब्यक्तिगत रुपमा समुदाय र नेपालका लागि महत्वपूर्ण सहयोग, योगदान गरिरहेका र गर्न सक्ने औकात भएका सयौं हजारौं मानिसहरु छन् प्रवाशमा जसले सिंगै आप्रवाशीको प्रतिष्ठा माथि उठाउन सक्ने थिए, एनआरएनएलाई सफल नेतृत्व दिन सक्ने थिए, तर तिनलाई यसै ओझेलमा पारिएको छ।
तिनका योगदानहरुलाई ओझेलमा पारेको छ यो एनआरएनए भन्ने संस्थाले, अरु धेरै योगदान गर्न सक्ने सम्भावनालाई तुहाउने काम गरेको छ यसले। एनआरएनए भन्ने वित्तिकै जसुकैले अपनत्व महशुस गर्ने वातावरण तयार गर्नु पर्दछ। यसका लागि हरेकले गरेका सामाजिक कामहरुको मुल्यांकन, प्रोत्साहन र आवश्यक सहयोग एनआरएनएले गर्नु पर्दछ।
स्थानीय कामलाई नैं एनआरएनको मूख्य आधार बनाइनु पर्दछ र अहिले भैरहेको एनआरएनएको स्थानीय संस्थाहरुरुसितको अन्तरबिरोधलाई अन्त्य गर्नु पर्दछ। यसका लागि स्थानीय संघ संस्थाहरुलाई नैं निश्चित मापदण्ड तोकी संस्थागत सदस्यता प्रदान गर्नु पर्दछ। यो काम गर्दा के कुरा ख्याल गर्नु पर्दछ भने निश्चित क्षेत्र ओगटेको स्थानीय सामुदायिक संगठन एउटै मात्र हुने मान्यता बनाई उक्त क्षेत्रमा एउटैलाई मात्र संस्थागत मान्यता दिनु पर्नेछ।
स्थानीय कामलाई नै एनआरएनको मूख्य आधार बनाइनु पर्दछ। एनआरएनको माथिल्लो नेतृत्व विकाशको आधार यही स्थानीय कामबाट खारिएर आएकाहरुलाई बनाउनु पर्दछ। जसरी आइसिसिको मातहतमा एनसीसी हुन्छ त्यसैगरी एनसिसिको मातहतमा स्टेट च्याप्टरहरु र स्टेट च्याप्टरको मातहतमा स्थानीय संस्थालाई राखिनु पर्दछ। यसरी एनआरएनएलाई संगठनहरुको पनि संगठन महाँसंघ या छाता संगठन बनाउनु पर्दछ।
निर्वाचन प्रकृया या संगठन निर्माण प्रकृयाः
एउटा केन्द्रीय सदस्य (बोर्ड अफ डाइरेक्टर) का लागि यति ठूलो देशै भरी भोट मागेर हिड्नु पर्ने बेतुकको चुनावी शैली छ एनआरएनएमा। एउटा अस्टिनको मान्छे उम्मेदवार भयो भने उसलाई न्युयोर्क या क्यालिफोर्नियाँको मतदाताले के आधारमा र किन भोट हाल्ने? उ कस्तो मान्छे हो भन्ने कुरो त यही स्थानीयलाई मात्रै थाहा हुने कुरा हो नि, टेक्ससभरी समेत थाहा पाउन सम्भव छैन।
जे जे झुटो बायोडाटा बनाएर गफ हानेर हिडे पनि भो। यही त मुख्य कारण हो चुनाव जित्न राजनीति र पैसोको खेलमा फस्नु पर्ने। जसले राजनीतिक दाउपेच मिलाउन सक्छ र धेरै भन्दा धेरै पैसो खर्च गरेर प्रोपोगाण्डा गर्न सक्छ, उसैले चुनाव जित्छ। धेरै भन्दा धेरैसित रिचआउट गर्न सक्नु पर्याे। यति दुख र खर्च वास्तविक सामाजिक काममा लगाउन पाए कति उपलब्धी हुने थियो?
बिचरा एनआरएनएको अहिले सम्म एउटा सम्पर्क कार्यालय समेत छैन। बरु स्थानीय संस्थाका धेरै ठाउँमा आफ्ना भवन या सामुदायिक केन्द्रहरु छन्। एनआरएनका अधिकांश ढर्राहरु उपलब्धीबिहीन र खर्चालु छन्। खर्चालु भेला, गोष्ठि, समेनार, प्लेन र होटलको भ्याकेसन मनाए जस्तो खर्चहरु, आशन, रासन र भाषणले समाजलाई चाही के उपलब्धी दिएको छ?
उधाहरणको लागि अस्टिनमा गरिएको बहु प्रचारित हेल्प डेस्कको के छ अहिले उपादेयता? त्यसले कुनै माखो मारे जस्तो मलाई लाग्दैन। त्यो भन्दा त हामी यहाँ स्थानीय रुपमा हरेक दिन केही न केही समुदायको हेल्प गरिरहेका हुन्छौं।
वास्तविक समाजसेवीले त आफ्नो फोटा र फ्लायर, ब्यक्ति प्रचार पनि धेरै गर्न चाहँदैन। उ राजनीतिक दल, क्षेत्रीयता जस्ता साम्प्रदायिक कुराहरु भन्दा माथि उठेर एउटा मानव या नेपाली भैसकेको हुन्छ। मान्छे भैसकेको हुन्छ।
उसलाई अनावश्यक स्यावाशी, बधाई, खादा माला, मंच, आशनग्रहण आदिको जरुरतै पर्दैन। तसर्थ निर्वाचन प्रकृयालाई सहज सरल र कम खर्चिलो बनाउनैं पर्ने हुन्छ। यसले धनीमानी र खास इन्टरेष्ट ग्रुपको चलखेल गर्ने क्लवलाई बास्तविक समाजसेवीहरुले नेतृत्व गरेको सबैको सामाजिक संस्थामा रुपान्तरित गर्नेछ।
(क) एनआरएनए आईसिसिको मातहतमा एनसीसी, एनसीसीको मातहतमा स्टेट च्याप्टर र स्टेट च्याप्टरको मातहतमा स्थानीय सामुदायिक संगठन। हरेकको कार्य क्षेत्र प्रष्ट रुपमा तोक्ने, स्पष्ट गर्ने जुन अहिले हुन नसक्दा एक अर्का समितिहरुबीच अन्तरद्वन्द्पहरु भैरहेका छन्। यस्तो संयन्त्र तयार गर्ने जसले ठ्याक ठ्याक आफ्नो काम राम्रोसित गरोस्।
(ख) नेतृत्व विकाश तलबाट माथि हुनुपर्दछ। समितिहरु स्याना छरिता र कामयावी हुनु पर्दछ। स्थानीय तहमा काम गरेर खारिएका, सबैले रुचाएका, मानेका अनुभवी मानिसहरुलाई एनआरएनएको नेतृत्वमा विकाश गर्दै जानु पर्दछ। नत्र उनीहरुको जाने ठाउँ कहाँ हो त? के जिन्दगीभरी स्थानीय रुपमा घोटिइरहने अनि तिनको मुल्यांकन नहुने? केही न कामका मानिसहरुबाट उसले अपमानित हुनु पर्ने?
अहिलेको ब्यवस्थाले एनआरएनको नेता हुन स्थानीय तहमा सिन्को पनि भाँच्न पर्दैन, कसैलाई सहयोग र योगदान गर्न पर्दैन, जनतालाई रिजाउन पर्दैन। माथिका भनिएका मानिसहरुसित सिक्वेन्स मिलाउन सके भैगो। त्यसैले एनआरएनएका ठूलठूला भनिएका कतिपय नेताहरुलाई या त पल्लो घरकाले पनि चिन्दैन या परिवारलाई नैं थाहा हुँदैन या त स्थानीय रुपमा बदनाम हुन्छ या स्थानीय संस्थाको सदस्य पदका लागि समेत योग्य हुन्न। ल हेर्नुस् त स्थानीय संस्थामा पदाधिकारीका लागि नपत्याइएको मानिस एनआरएनएको नेता भए पछि?
तब भन्नुस् यसरी कसरी बढ्छ संस्थाको गरिमा? स्थानीय तहमा काम र नेतृत्व गरेर नयाँ नेतृत्व स्थापित भैसकेकाहरुको अनुभवहरु र जोश जाँगरलाई एनआरएनएले भरपुर सदुपयोग गर्नु पर्छ। स्थानीय रुपमा सिनियर ब्यक्तित्वहरु एनआरएनको नेतृत्वमा भए भने नैं तिनलाई थाहा हुने हो समुदायका समस्या र नेतृत्व। अनि एनआरएनएको काम प्रभावकारी नभएर सुखै छैन। नेतृ्त्वको कक्षा क्रमश चढ्दै जानु पर्छ नत्र त एसएलसी फेल भएकाहरुले डाक्टरको सर्टिफिकेट खरिद गरेर मान्छेको जीवनमा खेलवाड गरे जस्तो भैगो नि। शिक्षक आफैंलाई क ख आएन भने के हुन्छ?
(ग) मनोनितः मनोनित गर्ने कुरा पुर्णत समाप्त गरि दिए हुन्छ यो बिकृतिको बिउ। मनोनित तिनैं आफ्नो गुटलाई चुनाव जिताउन चाहिने नचाहिने काम गर्नेहरुलाई गरिन्छ। संगठनका लागि हैन, सामाजिक एकताका लागि पनि हैन तर आफ्नो गुट बलियो बनाउने उद्देश्यमा प्रयोग गरिन्छ या अर्को चुनावको तयारी अहिलेबाटै सुरु हुन्छ।
बरु गर्नु त के पर्दथ्यो भने प्रतिद्वन्दीको रुपमा चुनाव हारेकाहरुलाई र समाजका अगुवाहरुलाई समेट्नका लागि हुनु पर्दथ्यो मनोनितको ब्यवस्था। बरु मनोनित गर्नु भन्दा संस्थागत प्रतिनिधित्व गराउनु राम्रो हुन्छ। त्यस्तै प्रबक्ता बाहिरबाट नियुक्त गर्ने प्रचलन बन्द गर्नुपर्छ ।
प्रवक्ता नै चाहिएको छैन। उसले गर्ने काम चुनाव जितेका मान्छेले गर्दा हुदैन? केन्द्रीय सदस्यलाई बोर्ड अफ डाइरेक्टर भनेर ठूलो मान्छे भइदैन, सबैले बुझ्ने भाषा प्रयोग गरे हुन्छ। आफ्नो गुट बलियो बनाउनका लागि अनावश्यक टास्क फोर्स र पदहरु सिर्जना गर्ने हैन, क्वालिटीयुक्त, योग्य र कामयावी स्याना छरिता समितिहरु बनाउनु पर्दछ।
(घ) स्टेट च्याप्टरः स्टेट च्याप्टरहरुको चुनाव गर्ने नैं हैन, बन्द गर्नु पर्छ यो समाज विभाजित गर्ने बेतुकको खेल। स्टेट च्याप्टर बनाउने उद्देश्य भनेको उक्त क्षेत्रका सबै सामाजिक संघ संगठनहरु र सामाजिक ब्यक्तित्वहरुलाई समन्वय गर्ने, तिनका काम कार्वाहीहरुमा सहयोग पुर्याउने र समस्याहरु भए समाधान गर्ने अनि एनआरएनएका सदस्यता लगायतका कार्यक्रमहरुलाई तल जनस्तर सम्म लागु गर्ने हुन्।
यसका लागि केन्द्रीय समितिका सम्वन्धित क्षेत्रका मानिसहरु र अन्य अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरु राखेर एउटा निश्चित विधि पूर्वक गठन गर्ने हो राज्य च्याप्टर।
(ड.) केन्द्रीय समिति या एनसिसिको चुनाव अधिवेशन प्रतिनिधिहरुबाट हुनेछ प्रत्यक्ष भेलामा। प्रतिनिधिहरु तोकिएको कोटामा स्थानीय रुपमैं प्रजातान्त्रिक ढंगले या चुनाव गरेर छानिएर आउने छन् र केन्द्रीय समिति या एनसिसिका पदाधिकारीहरु स्वत प्रतिनिधि हुनेछन्।
निश्कर्षः
एनआरएनएलाई कुनै स्वार्थी गुटको इगोको लडाई गर्ने थलो बनाईरहन अव दिनु हुन्न। यसको लागि हामी सचेत समुदायले अव त केही पहल गर्नै पर्ने भएको छ। सिधा औंलाले घिउ नआउने भए पछि सधैंभरी रमिते बनेर बस्नु भन्दा सामुहिक पहलबाट निर्णायक परिवर्तन ल्याउन सकिन्छ भन्ने दृढ बिश्वस्त हुँदै अगाडि आउन म सबैलाई आग्रह गर्न चाहन्छु।
यदि अझैै पनि यो फोहरी खेलमा सामेल भएर केही राम्रो गर्न सकिन्छ भन्ने भ्रममा हुनु हुन्छ भने पनि भ्रम मुक्त हुनुहोस्। नेपालको कांग्रेस कम्निष्टको झगडा प्रवाशमा ल्याउने संस्था त हुनु भन्दा नहुनु नै अति उत्तम हुन्छ।
|
कोष्टारिकामा पहिलोपल्ट नेपाली संगठित, एनआरएनएको अध्यक्षमा डा. खगेन्द्र वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको कोष्टारिकामा पनि संगठन विस्तार भएको छ । डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा पहिलोपल्ट सो मुलुकमा नेपालीहरु संगठित भएका हुन्।
जुलाई २६ मा भर्चुअल माध्यमबाट एक भेलाको आयोजना गरी कोष्टारिकामा भएका नेपालीहरुले संघको पहिलो साधारण सभा गरेका थिए । अमेरिकाज् क्षेत्रमा दुई देशहरु अमेरिका र क्यानडामा मात्र गैरआवासीय नेपाली संघ सक्रिय रहेको अवस्थामा अब कोष्टारिका पनि थप भएको छ ।
यो क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले गैरआवासीय नेपाली संघलाई नेपालीहरु बसेका यो क्षेत्रका विभिन्न मुलुकहरुमा पुर्याउने प्रयास स्वरुप कोष्टारिकामा नयां समिति बनाउन सफल भएको डिसी नेपाललाई बताए। उनले अमेरिकाज् क्षेत्रका अरु केही देशमा पनि नेपालीहरुलाई संघमा संगठित गराउने प्रयास जारी रहेको बताए।
दक्षिण अमेरिकी मुलुक कोष्टारिकाको निर्विरोधरुपमा नव गठित एनआरएनएको उपाध्यक्षमा डा.ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं, र कोषध्यक्षमा समान्ता मोक्तान लामा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा भुवन चापागाईं, डा.किलर्नी चापागाईं, राजेश चपागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन भएका छन् । साधारण सभाले अन्तर्राष्टिय समन्वय परिषद्(आईसीसी)को सदस्यमा संजीव लामालाई पनि निर्विरोध चयन गरेको छ।
|
एनआरएनए एनसीसी स्पेनको अध्यक्षमा डुम्रे चयन काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) स्पेनको अध्यक्षमा शालीकराम डुम्रे चयन भएका छन् । यदि जुलाई २६ मा भएको निर्वाचनबाट अध्यक्ष डुम्रेसहितको उनको पूरै प्यानल भारी मतले बिजयी भएको हो ।
त्यसैगरी, उपाध्यक्षमा सनु राउत, कृष्णराम रानाभाट, उपाध्यक्ष (क्षेत्र)मा रोशन पाठक, उपाध्यक्ष (महिला)मा सृजना लामिछाने, महासचिवमा विदुर गौतम, सचिवमा नारायण भट्टराई (एनके), अरूण घिमिरे, सचिव (म्याड्रिड क्षेत्र)मा सुन्दरी लामा, सचिव (ग्रान कानारिया क्षेत्र)मा दिप श्रेष्ठ, सचिव–(पाईस भास्को क्षेत्र)मा दिपेन्द्र अर्याल विजयी भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री, सहकोषाध्यक्षमा शिब प्रसाद पौडेल, युवा संयोजकमा मनुश जंग खड्का, महिला संयोजकमा देवी कुमारी भण्डारी, सदस्यहरुमा ईमा सापकोटा भट्ट, जमुना देवी शर्मा, प्रकाश पुरी, कमल पराजुली, दिल बहादुर थापा र आइसीसी सदस्यमा दिनेश गिरि, प्रकाश तिमल्सिना चयन भएका छन् ।
|
अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी वासिंटन डिसी। सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन्।
एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीकी म्यानेजिङ्ग डाइरेन्टर क्याथरिन ब्राण्ड भन्छिन्– ‘प्रविधिका क्षेत्रमा विध्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजन सहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गर्छाैं। र सगुन एउटा प्रविधिको क्षेत्रमा ‘डिस्रप्सन’को सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेको छौं।’
एक्जेम्प्लर कम्पनीसँगको साझेदारीका विषयमा थप प्रष्ट पार्न गरिएको अनुरोधमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, ‘भारतमा अनुसन्धान र प्रोडक्ट डिभलेपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवशाय बृद्धिका लागि टिम तयार गरी शुरुका दिनदेखि सगुनले काम गरिरहेको छ।
अमेरिकामा टिम तयार गर्ने पूर्व योजना अन्तर्गत सगुनलाई अन्तराष्ट्रिय बजारमा सहज प्रतिष्पर्धा गर्नसक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकन कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको हो।’
यसै सम्वन्धमा थप प्रष्ट पार्दै संस्थापक गिरी भन्छन्, ‘एक्जेम्प्लर कम्पनीसँगको साझेदारी सगुनको एउटा रणनीतिक विस्तार हो जसबाट सगुनले कानूनी सेवा, व्यवस्थापन, तेश्रो पक्षीय साझेदारी लगायत पूँजी बृद्धिका क्षेत्रहरुमा अन्तराष्ट्रिय स्तरको सहयोग प्राप्त गर्नेछ। यसर्थ एक्जेम्प्लर कम्पनीसँगको साझेदारीलाई सगुनले आफ्नो विस्तारित टिमको रुपमा लिएको छ।’
एक्जेम्प्लर कम्पनीको वेबसाइटमा उपलब्ध जानकारी ( https://exemplarcompanies.com) अनुसार सगुनसँग सम्वन्धित यस कम्पनीका टिम मेम्बरहरु क्रिप्टो करेन्सी, सामाजिक सञ्जाल, इकमर्स लगायतका क्षेत्रहरुमा १५ देखि २५ वर्षसम्मको अनुभव प्राप्त गरेका छन् जसले हार्भड युनिभर्सिटी, एल ए युनिभर्सिटी, थन्डरबर्ड युनिभर्सिटी लगायत अमेरिकाका उच्चस्तरका विश्वविद्यालयहरुबाट उच्च तहको अध्ययन पूरा गरेका छन्।
यी टिम मेम्बरहरुसँग, सगुन जस्तै कम्पनीहरुका लागि १.६ बिलियन अमेरिकी डलरसम्मको पूजीँ सङकलन गरेको अनुभव छ। साथै एक्जेम्प्लर कम्पनीका कार्यालयहरु सिलिकन भ्याली, न्युयोर्क, बोस्टन लगायत अमेरिकाका १० वटा मुख्य शहरहरुमा रहेका छन्। एक्जेम्प्लर एलएलसीले जारी गरेको प्रेस विज्ञप्तीमा आधारित समाचार पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला :
https://finance.yahoo.com/news/social-commerce-platform-sagoon-engages-110000305.html
|
एनआरएनए एनसीसी निर्वाचनमा हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी)को हालसम्म २३ देशहरुमा नयाँ कार्यसमिति चयन भइसकेको छ । पछिल्लो अपडेट अनुसार २० वटा देशमा सर्वसम्मत र तीन वटा देशमा निर्वाचनको माध्यमबाट हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन भएको हो ।
आज(आइतबार) नयाँ नेतृत्व चयनका लागि थाइल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीमा निर्वाचन भइरहेको छ । सर्वसम्मत हुन नसकेका धेरै देशको निर्वाचन यही जुलाई ३१ तारखका दिन तोकिएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यही जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गर्न सबै एनसीसीहरुलाई निर्देशन दिए बमाजिम एनसीसीहरु निर्वाचनमा केन्द्रित भइराखेका छन् ।
हालसम्म सर्वसम्मतीले नेतृत्व चयन भएका देशहरुमा एनआरएनए स्वीडेनमा राजकुमार पाठक, एनआरएनए फिनल्याण्डमा शेखर आयार्च, एनआरएनए इजरायलमा गणेश गिरी, एनआरएनए युगान्डामा बिनोद थापा, एनआरएनए आयरल्याण्डमा बिनोद कार्की, एनआरएनए कुवेतमा राणाध्वज लामा, एनआरएनए टर्कीमा उज्जल कुमार घिसिङ, एनआरएनए सेल्सेल्समा मनोज विक, एनआरएनए कंगोमा अमृत क्षेत्री, एनआरएनए इटलीमा छविलाल कँडेल, एनआरएनए हङकङमा गोकर्ण ढकाल, एनआरएनए केन्यामा कृष्ण प्रसाद गैरे रहेका छन् ।
त्यसैगरी, एनआरएनए मलेसिया विनोद कुमार थापा, एनआरएनए कोरियामा दिपक पुन, एनआरएनए म्यानमारमा देवेन्द्र नौलखा, एनआरएनए घानामा रोशन श्रेष्ठ, एनआरएनए लक्जेम्वर्गमा हरि खत्री, एनआरएनए स्वीटजरल्याण्डमा एल्मर लामा, एनआरएनए कतारमा मोहम्मत मुक्तदा मुसलमान, एनआरएनए ओमानमा विकल झा रहेका छन् ।
त्यस्तै, निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुनेमा एनआरएनए अमेरिकामा बुद्धि सागर सुवेदी, एनआरएनए पोल्याण्डमा जीवन केसी र एनआरएनए बहराइनमा लक्ष्मी गिरी रहेका छन् ।
|
एनआरएनए हङकङको नवनिर्वाचित कार्यसमितिद्वारा सपथ काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) हङकङको आगामी कार्यकाल(२०२१–२०२३)को नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो ।
सो अवसरमा वर्तमान अध्यक्ष टिका गुरुङ(राधिका)लाई पनि सम्मानका साथ बिदाई गरिएको थियो । एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको थियो ।
संघको कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा कविता गुरुङ, युवा संयोजकमा असिम राई छन् ।
त्यस्तै, सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बु र सुरश कलाल थापा चयन भएका छन् भने आइसीसी सदस्यमा किसन राई निर्विरोध भएका हुन् ।
|
एनआरएनए फिनल्याण्डमा आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन काठमाडौं । गैरआवासीय नेपाली संघ/राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) फिनल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न संघको सातौं अधिवेशनले शेखर आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल, सुनील सुवाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लभ उपाध्याय र कोषाध्यक्षमा सच्चिन्द्र रिमाल निर्वाचित भएका छन् । युवा संयोजकमा हरि जंग शाही र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन् ।
त्यसैगरी निर्वाचित कार्यसमिति सदस्यहरुमा विनीत श्रेष्ठ, बिनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कँडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमीत्रा रिजाल रहेका छन् । आइसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन् ।
|
एनआरएनए बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ/अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी भारी मतसहित निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न संघको निर्वाचनमा गिरीले १२ सय ६५ मत खसेकोमा ९ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।
गिरीका प्रतिद्वन्द्वी रहेका सुवास केसीले ३ सय ९ मत प्राप्त गरेका थिए । त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ र उपाध्यक्षहरुमा तिर्थ भण्डारी, युवराज प्याकुरेल र महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा विरेन्द्र बुढाथोकी र कोषाध्यक्षमा भावना आचार्य निर्वाचित भएका छन् । त्यस्तै समितिको सहकोषाध्यक्षमा दीप विक्रम राना, युवा संयोजकमा सन्त कुमार न्यौपाने तथा सदस्यहरुमा तिलक बहादुर कार्की, दीपक बहादुर दर्जी, शुसीला क्षेत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलामसिंह लामा र सूर्य भण्डारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
बहराइनबाट संघको आइसीसी सदस्यका लागि दिनेश बहादुर बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् । राजकु्मार बस्नेत संयोजक, छविलाल विक र झहरमान थेवे सदस्य रहेको निर्वाचन समितिले संघका केही पदमा निर्वाचन प्रक्रियाद्धारा तथा केही पदहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
|
एनआरएनए जर्मनीको अधिवेशनः दलका उम्मेदवार छायाँमा फ्रयांकफ्रर्ट (जर्मनी)। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जर्मनीको अधिवेशन आइतबार हुँदैछ। अधिवेशनसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने भएकाले चुनावी सरगर्मी बढेको छ। अधिवेशन आइतबार भए पनि चुनाव भने आगामी ३१ जुलाई शनिबार सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ।
पूर्व अध्यक्ष एवं आइसीसी सदस्य हरेन्द्र वनेम प्रमुख आयुक्त रहेको निर्वाचन आयोगले २६ जुलाईसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। तर सहमति गर्न भन्दै रामप्रताप थापा सल्लाहकार र दिल गुरुगंको संयोजकत्वमा एक आयोग गठन गरिएको छ। उम्मेदवारी दर्ता गराएका, सम्भावित उम्मेदवार, चर्चाका उम्मेदवारहरुलाई शनिबार साँझ एक होटलमा सहमतिको लागि भन्दै बोलाए पनि उम्मेदवारको परिचय बाहेक केहि प्रगति हुन सकेन। सहमतिको नाममा बोलाए पनि कतिपय उम्मेदवारहरु आएनन् भने जुन उदेश्यले भेला बोलाइएको थियो, त्यसको चुरो कुरोमा पनि नपुगि भोलिपल्टलाई थाति राखेर उपस्थित भएकाहरु राति १२ बजे आफ्नो गन्तब्यमा लागेका थिए।
दुइ हजार १ सय १ जना सदस्यको प्रारम्भिक नामावली निकालेको निर्वाचन आयोगले अनलाइन प्रणालीमार्फत मतदान गर्ने व्यवस्था मिलाउने जनाएको छ। नयाँ कार्यसमितिको अध्यक्षका लागि मिलन पन्त, निनम्मा राई, शंकर डाँगी र डा. यज्ञ अधिकारी गरी चार जना उम्मेदवारहरु चर्चाको मैदानमा छन्। यी चारैजना उम्मेदवारहरु बर्तमान कार्यसमितिका उपाध्यक्षहरु हुन्। पन्त भने दुइपटक उपाध्यक्ष भइसकेका अध्यक्षका उम्मेदवार हुन्।
त्यसैगरी बर्तमान महासचिव लोकमणी ढकाललाई पनि अध्यक्ष पदका लागि दावेदारको रुपमा हेरिएको भए पनि उनले भने यसपाली उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। तर आफ्नो नाममा सर्वसम्मत हुने अवस्था आएको खण्डमा अध्यक्षका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ। यद्यपी आफू निर्वाचको पक्षमा रहेको भए पनि सहमतिको विपक्षमा भने नभएको ढकालको भनाइ छ। सहमतिको नाममा जम्बो टोली बनाएर संस्थामा काम गरेकालाई महत्व नदिने गरेकाले ढकाल सहमति भन्दा निर्वाचनको पक्षमा देखिन्छन्।
दुई कार्यकाल उपाध्यक्ष रहेका पन्त आफू अध्यक्षको बलियो उम्मेदवार रहेको दावी गर्छन्। अहिले अन्य उम्मेदवारहरुलाई अध्यक्ष छोड्न सक्ने परिस्थिति नरहेको बताउँदै सहमति भए आफ्नो नाउँमा नत्र चुनावमा जानुपर्ने उनको धारणा छ। एनआरएनए कुनै पनि राजनीतिक पार्टिको मातृ संगठन नभई समस्त गैर आवासीय नेपालीको संस्था भएकाले आफू कुनै एक राजनीतिक दलको तर्फबाट भन्दा पनि सबै दलका भातृ संगठन, नेपाली संघ सस्था, समाजको साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। जर्मनी निवासी आइसीसी अध्यक्ष कुमार पन्त, बर्तमान एनसीसी अध्यक्ष हरि न्यौपाने अध्यक्ष पदमा पन्तको उम्मेदवारीप्रति सकारात्मक रहेको बुझिन्छ। उनी कुनै पनि राजनीतिक दलसंग सम्बन्धित नरहेको तर बामपन्थी धार नजिक रहेको बताउँछन।
यस्तै वर्तमान अर्का उपाध्यक्ष निनम्मा राई आफू ठूला नेताको आशिर्वाद लिएर भन्दा पनि जनस्तरमा भिजेर नेतृत्वमा जाने पक्षमा रहेको बताउँदै आएकी छिन्। प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति, विभिन्न नेपाली संघसंगठन, महिला एनआरएनए अभियन्ताहरु आफ्नो पक्षमा भएको उनको जिकिर छ। सहमतिको नाममा कुनै बाध्यकारी परिस्थिति बनाएर थन्क्याउन खोजे मान्य नहुने र निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ छ। आफू एमाले र कांग्रेस दुबै पार्टीको साझा व्यक्ति भएकोले दुबै तर्फको राजनीतिक भोट र जर्मनीमा रहेको विभिन्न जातीय संस्थाहरुको पनि समर्थन रहने भएकाले जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। उनलाई नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, जनसम्पर्क समितिका र एनसीसी निवर्तमान अध्यक्ष बिजय मोक्तान लगायतको समर्थन देखिन्छ।
काँग्रेसले आफ्नो संगठनको इज्जत जोगाउन भन्दै जनसम्पर्क समितिको तर्फबाट उपसभापति शंकर डाँगीलाई एनआरएनएको अध्यक्ष पदमा उम्मेदवार उठाएको बताएको छ। तर त्यसको लागि डाँगीलाई न कुनै आधिकारीक निर्णय त, न कुनै स्पष्ट समर्थन रहेको छ।
डाँगीलाई जनसम्पर्क समितिको सभापतिको लागि तयारीमा रहेको बेला षडयन्त्रका साथ न त समिति, न त एनआरएनए हुने गरी अफ्ठेरो बाटोमा ठेलेको केहि कांग्रेसजनको बुझाई छ। नियमअनुसार जनसम्पर्क समितिको सभापतिको लागि विदेशी पासपोर्ट लिएकाले नपाउने भएकाले अहिले डाँगीलाई एनआरएनमा उठाउनुपरेको अर्काथरी कांग्रेसको राय छ।
शंकर डाँगीलाई उम्मेदवार पनि भन्ने तर आफ्नो सर्कलमा रहेकालाई कुनै जानकारी पनि नदिने, मतदान तथा समर्थनका लागि आग्रह र निर्देशन पनि नदिएकाले जनसम्पर्क समितिको सभापति शिखर खड्का पनि भित्रि रुपमा डाँगीको पक्षमा देखिएका छैनन्।
संगठन भित्र खड्काले सबैलाई रुष्ट बनाएकाले डाँगी लगायत मध्यमार्गी नेताहरुले सधैं संयम भएर अघि बढ्न आग्रह गर्ने गरेको तर सोही विषयमा खड्का आफूमाथि प्रहार भएको भन्दै डाँगी लगायत केही काँग्रेसीहरुको राजनीतिक जीवनमा तगारो बन्दै आएका छन्।
आलोचना र आफ्नो विरोध भएको सुन्न नसक्ने, पार्टिमा हार्डलाइनर बाहेक अरुका पक्षमा भएका कुरा सुन्ने मन नपराउने स्वभाव भएका खड्काका कारण जर्मनीको नेपाली समूदाय उनीबाट आजित छ।
उनलाई जनसम्पर्क समितिको सभापतिबाट बहिगर्मन गराउने पक्षमा प्रजातान्त्रिक विचार बोकेका सफ्ट लाइनर काँग्रेस सबै एक मत देखिएका छन्। उनकै कारण जर्मनीका काँग्रेस कार्यकर्तामा पनि विभाजन आएकाले एक ढिक्का काँग्रेस बनाउन भन्दै डाँगीलाई सभापतिको उम्मेदवारको रुपमा हेरिएको हो। तर विधानको कारणले गर्दा डाँगीलाई समस्या पर्ने भएपछि उनलाई न त संगठन न त एनआरएनए हुने गरी पाखा लगाउने दाउमा खड्का छन्। तर अहिले एनआरएन चुनावमा भने गुरु, मोक्तान र खड्काको स्वार्थ मिलेको देखिन्छ। यद्यपी खड्का राईको पक्षमा खुलेका भने छैनन। डाँगीलाई नै मेरो समर्थन रहन्छ भन्दै हिड्ने गरेका छन्।
शंकर डाँगी भने आफू एनआरएनको अध्यक्षका लागि उम्मेदवार दिने तयारीमा रहेका बेला सहमतिको नाउँमा उनिहरुले भनेको व्यक्तिलाई समर्थन गर्ने पक्षमा देखिदैनन्। डाँगीले गुरुङ, मोक्तान लगायतको विपक्षी उम्मेदवारको पक्षमा बरु समर्थन गर्ने मनशाय बनाएको उनी निकट केहि एनआरएनकर्मीहरुको बुझाई छ। तर राईलाई छोडेर उनीहरुको स्वार्थ पूर्ति हुने गरी सहमतिमा जाने पक्षमा डाँगी देखिदैनन्। अध्यक्षमा उठ्नु र राईलाई समर्थन गर्नु समान समान भएकाले डाँगी बरु आइसीसी या उपाध्यक्ष पदमा उम्मेदवारी दिने गरी मनस्थिति फेरवदल गर्न सक्ने परिस्थितिमा पनि रहेका छन्। गुरुङ र मोक्तान पक्षले राईलाई अध्यक्ष बनाएर बर्तमान एनआरएनए कोषाध्यक्ष दीपक लामालाई आइसीसीमा पठाउने तयारी गर्दै गर्दा डाँगी भने मिलन पन्तको लाइनबाट आइसीसी हुने सम्भावना पनि छ।
उता एमालेको प्रवासी एकता मञ्चले आफ्नो उम्मेदवारको रुपमा डा. यज्ञ अधिकारीलाई अध्यक्षमा उठाएको छ। एमाले होकी भनिएकी निनम्मा राईले आधिकारिक एमाले हुँ भनेर नआएको र काँग्रेसको एक पक्षले हाम्रो उम्मेदवार भनेर लबिंग गरेकाले प्रवासी नेपाली एकता मञ्चलाई संगठनको इज्जतको लागि हतारमा डा. अधिकारीलाई उम्मेदवार बनाउनुपरेको बाध्यकारी परिस्थिति बुझिन्छ।
स्वार्थको लागि मात्र आफू एमाले हो, वामपन्थी हो भनेर आउने नत्र अघिपछि पार्टी राजनीतिमा हामीलाई चासो छैन, हामी स्वतन्त्र हौं भनेर हिड्ने भएकाले खलम्खुल्ला अहिले पन्त र राई प्रवासी नेपाली एकता मञ्चको संस्थागत प्राथमिकतामा परेनन्। निनम्मा राईको पारिवारिक पृष्ठभूमी एमाले हो तर जर्मनीमा काँग्रेससँग निकट रहेका आरोप लाग्ने गरेको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र एमाले नेता पारुहागं राईको पारिवारिक सदस्य रहेकी निनम्माको जर्मनीमा भने कट्टर काँग्रेसहरु दिपक लामा, विजय मोक्तान ज्वाईं नाता पर्छन। तर उनी भने पारिवारिक पृष्ठभूमि मेरो एमाले हो जर्मनीमा मेरा प्रायः आफन्त र साथीभाई काँग्रेस छन्, त्यसैले म दुबैको हो भन्दै स्पष्टीकरण दिने गरेकी छिन्।
डा अधिकारी भने सधैं मिलेमतोमा टिका लगाउने परिपाटीको अन्त्य गर्न पनि आफु सहमतिको नाममा कसैलाई छोड्न नसक्ने बताउँछन्। संस्थामा पढेलेखेका विज्ञहरु आएनन् पनि भन्ने अनि उम्मेदवारी दिने बेला सहमतिको नाममा पाखा लगाउने हर्कतहरु मान्य नहुने उनको भनाइ छ। एमाले, काग्रेस, अन्य राजनीतिक दल, संस्थालाई माया गर्नेहरु र संस्थामा एकेडेमिक व्यक्ति हुनुपर्छ भन्नेहरु आफ्नो पक्षमा भएकाले जित्नेमा ढुक्क रहेको उनि बताउँछन्।
तर एमालेको संस्थापन पक्षका नेता, मुख्यमन्त्रीको दिदी निनम्मा राई उम्मेदवार भएकाले एमाले जर्मनी नेतृत्वलाई राईको पक्षमा लाग्नुपर्ने दवाव रहेको पनि देखिन्छ। प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चन्द्रकान्त आचार्य केहि महिना पहिले नेपाल गएका बेला पारुहागं राई, शेरधन राईसँग कुराकानी गरेर फर्केकाले आचार्यको नदेखिने सहयोग राईलाई हुने कतिपयको बुझाई छ। पार्टिको नेता एबं मुख्यमन्त्रिको दिदीलाई जिताउनु एमालेको दायित्व हो भनेर एमालेजनहरु राईको पक्षमा हुनु स्वभाविक रहेको केहिको बुझाई छ। पारुहागं राइले आचार्य जर्मनी फर्कदै गर्दा एअरपोर्टमा छोड्न आएको दृष्टान्त पनि यो चुनावमा एउटा गफको विषय बनेको छ।
यसरी भित्रि रुपमा एमाले जर्मनीका केहि नेता राईको पक्षमा लागेको र आफ्नो उम्मेदवार भनेर डा. अधिकारीलाई पनि उठाएकाले चुनावनै हुने अवस्था आए अधिकारीले पनि राईलाई छोड्न सक्ने र आइसीसी या उपाध्यक्षमा रहने अवस्था आउन सक्ने बुझिन्छ ।
अहिले यो चुनावमा एमाले काग्रेसका उम्मेदवारहरु क्रमशः अधिकारी र डाँगी छायाँमा परेका छन्। आफु दुबैको हो भन्ने राई र म सबैको हो भन्ने पन्त मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन्।
एमाले र कांग्रेसका भातृसंगठनहरुले अध्यक्ष, उपाध्यक्ष, महासचिव पदमा उम्मेदवारहरु तय गरेपनि घोषणा गर्न सकेको छैनन्। एकल रुपमा उम्मेदवारहरु उठाएका छन तर प्यानल बनाएर जान सक्ने परिस्थितीमा न त उम्मेदवारहरु तयार छन्, न त संगठनले पहलकदमी लिन सकेको छ।
दुई जना खुल्ला उपाध्यक्षहरुमा लोकमणी ढकाल, मेनका त्रिपाठी, अर्जुन ओली, तुलसिमान श्रेष्ठ, शिवकला गुरुगं सानु, राजकुमार खड्का लगायतको नाम चर्चामा रहेको छ। सोमबारसम्म उम्मेदवारी दिने समय रहेकाले संख्या घटबढ हुन सक्नेछ। महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई, राजनदेवी गौतम, सुनिता थापा लगायतको उम्मेदवारी रहन सक्ने देखिएको छ।
कार्यकारी पद महासचिवमा दुई पटक सचिव रहेका राजेश सुनार र एक कार्यकाल एलसीसीको सचिवको अनुभव बटुलेका सिजन दाहाल प्रतिष्पर्धामा रहेका छन्। सुनारलाई एमाले निकटको रुपमा हेरिन्छ भने दाहाल काग्रेसको जनसम्पर्क समितिका प्रवक्ता समेत हुन्।
आइतबार हुने अधिवेशन पछि फेरी पनि सहमतिको लागि प्रयास गर्ने सहमति आयोगका अध्यक्ष दिल गुरुगंको भनाइ छ। निर्वाचनले समाज विगार्छ, नेपाली समुदायमा विभाजन आउन नदिन सहमतिको विकल्प नभएकाले जसरी पनि सहमति गराउने पक्षमा रहेको उनि बताउँछन् । यद्यपी सहमतिको नाममा जर्वजस्ती भन्ने नहुने भएकाले यदि निर्वाचन हुने भएमा कसरी गर्ने भन्ने विषयमा व्यापक बहस हुनुपर्ने उनको राय छ।
प्रवीधिको क्षेत्रमा उच्च दर्जामा रहेको जर्मनीमा अनलाइन भोटिगं राम्रो सम्भावना र प्रयोग हुने भन्दै यसपटक अनलाईन मार्फत सदस्यले मत दिएर आफ्ना एनआरएनए नेता छान्न पाउने बताएकाले धेरै सदस्यको आवेदन परेको देखिन्छ। तर यतिबेला आएर अनलाईन भोटिगंमा कतिपयले विश्वास भर्न सक्ने आधार नभएको बताउँदै प्रत्यक्ष मतदान हुनुपर्ने धारणा पनि अघि सार्न थालेका छन्। निर्वाचन आयुक्त एवं आइटी विज्ञ डा. नवराज रोस्याराले भोटिंग एप विकास गरेकोमा कतिपयले विश्वास गर्ने आधार के हो ? भन्दै परिक्षण र गोपनीयता साथै धाँधली नहुने स्पष्ट आधारमा प्रश्न उठाएका छन्।
भोटिंग अनलाइननै गर्ने तर एक जर्मन या विश्वालीको कम्पनी चयन गरेर अघि बढ्नुपर्नेमा भने धेरै सहमत रहेका छन्।
|
एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो ।
संघको उपाध्यक्ष र आइसीसी सदस्यबाहेक सबै पद निर्विरोध चयन भएको छ । महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरि तथा सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन भएका छन् ।
आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा पनि सहमतिको प्रसास भैरहेको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले जनाएका छन् । नयाँ नेतृत्व छनौटका लागि जुलाई २५, तारिखका दिन अधिवेशन सम्पन्न गर्ने जनाइएको छ । मलेसियामा हाल ५२ सय ५९ जना पन्जीकृत सदस्यहरु रहेका छन ।
|
एनआरएनए एनसीसी कंगोको महाअधिवेशन सम्पन्न, अध्यक्षमा पुनःक्षेत्री काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कंगोको दोस्रो महाधिवेसन सम्पन्न भएर २०२१–२०२३ कार्यकालका लागि नेतृत्वसमेत चयन भएको छ । आइतबार नेपाली होटल शिवसागर सम्पन्न भएको संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि सिंगो कार्यसमिति नै सर्वसहमतिमा चयन गरेको हो ।
नयाँ समितिमा नेतृत्वको जिम्मेवारी पुनःढक बहादुर क्षेत्री (अमृत क्षेत्री)लाई दिइएको छ । दुई वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेका क्षेत्रीलाई पुनःनिर्विरोध अध्यक्षको जिम्मेवारी दिइएको हो ।
त्यस्तै नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा खड्ग बहादुर भुजेल, कोषाध्यक्षमा रामबहादुर खत्री र सहकोषाध्यक्षमा सञ्जय हमाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी अधिवेशनले ओमनारायण अधिकारीलाई संयोजक, विक्रम कुमार पाण्डेलाई युवा संयोजक र खुस्बु मेहेतालाई महिला संयोजकको जिम्मेवारी दिएको छ । निर्वाचित कार्यसमिति सदस्यहरुमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत मोहन विष्ट, शुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहेका छन् ।
यस्तै विष्णु प्रसाद भण्डारीले आइसीसी सदस्य र आशिष परियारले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
|
अमेरिकामा नेपाली बैज्ञानिकहरुको सम्मेलन, उत्कृष्ट शोधपत्रहरु प्रस्तुत वासिंगटन डिसी। अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौथो बैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता बैज्ञानिक डा. योकीम फ्रान्क को आतिथ्यमा सम्पन्न भएको छ।
तिन दिने ऊक्त सम्मेलन शुत्रवार जुलाई १६ मा सुरु भएको थियो र अन्तिम दिनमा संस्थाको चौथो वार्षिक साधारणसभा गरी जुलाई १८ मा सम्पन्न भएको छ।
संस्थाका कार्यकारी सदस्य डा. नबिन मालाकारको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलनमा अमेरिका, नेपाल, जापान, यु. के, क्यानाडा र भारतबाट जम्मा ११७ वटा बैज्ञानिक अनुसन्धान शोधपत्रहरु प्रस्तुत गरिएका थिए भने ३०० भन्दा बढी सहभागी भएका थिए।
नियमित अनुसन्धान पत्रहरु बाहेक अनुसन्धानमा सहकार्यको महत्व विषयमा र नेपालको अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरुको सहयोगको (भूमिका) विषयमा पनि छलफल भएको थियो।
कोभिड – १९ को महामारीले गर्दा यसबर्षका सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधि वेभ एक्समार्फत गरिएको थियो। सम्मेलनमा प्रस्तुत भएका शोधपत्रहरु मध्ये छानिएका शोधपत्रहरु नेपाल भौतिक बिज्ञान समाजको बिशेष संस्करणमा प्रकाशित गरिनेछन्।
सम्मेलनमा विभिन्न बिश्वबिद्यालयका प्राध्यापकहरु, बिद्यार्थीहरु र विभिन्न अनुसन्धान प्रयोगशाला तथा उद्योगहरुमा कार्यरत बैज्ञानिकहरु सहभागी भएका थिए। सम्मेलनका सबै दिनहरुमा उत्साहप्रद उपस्थिति रहेको थियो र उत्कृष्ट अनुसन्धान पत्रहरु प्रस्तुत गरिएका थिए।
सम्मेलनको पहिलो दिन रसायन शास्त्रमा नोबेल पुरस्कार विजेता कोलम्बिया विश्वविद्यालय, न्यूयोर्क, संयुक्त राज्य अमेरिकाका प्रोफेसर तथा वैज्ञानिक डा. योकीम फ्रान्क विशिष्ट बक्ताको रुफमा क्रायो–इलेक्ट्रोन माइत्रोस्कोपीको विकास जसले मानव आँखामा नदेखिने वस्तुहरूको सफल दृश्यमा निर्माणमा गरेको योगदानको बारेमा मन्तव्य दिएका थिए।
त्यस्तै सम्मेलनको दोस्रो दिन लुजिआना स्टेट युनिवर्सिटी, ब्याटन रूज, अमेरिकाका प्रोफेसर डा. बिजय कार्कीले आफ्नै अनुभवमा आधारित रहेर अन्तर विषयको अनुसन्धानको बारेमा नेपालीहरु माझ आफ्नो प्रेरणात्मक बिचार रखेका थिए।
सम्मेलनको दोस्रो दिन फ्रंक्लिन पेअर्स बिश्वबिध्यालय, अमेरिकाका प्रोफेसर डा. रुद्र अर्यालको संयोजनमा नेपालमा अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरूको संलग्नतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सामुहिक छलफल भयो।
छलफलमा नास्ट कुलपति डा.सुनीलबाबु श्रेष्ठ, नीति अनुसन्धान संस्थानका कार्यकारी अध्यक्ष डा. बिष्णुराज उप्रेती र त्रिभुवन विश्वविद्यालय विज्ञान र प्रविधि संस्थानका डीन डा. बिनिल अर्यालले नेपालमा अनुसन्धान अबसर र सीमितताको बारेमा चर्चा गरे।
सोही कार्यक्रममा संस्थाका अध्यक्ष डा.जगन देवकोटाले एन्पाले अमेरिकी भौतिकशास्त्रीहरु लगायत संसारका धेरै भौतिक शास्त्रीहरुको समूहसँग सम्बन्ध बढाउंदै लगेको बारेमा जानकारी दिएका थिए।
एन्पा अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था हो र यसले आफ्नो स्थापना देखि नै प्रत्येक वर्ष बैज्ञानिक सम्मेलन गर्दै आएको छ । यस वर्षको सम्मेलनमा नेपालका दुइ संस्थाहरु–नेपाल भौतिक बिज्ञान समाज र पोखरास्थित फिजिक्स रिसर्च इनिसियेटिव सह–आयोजकको रुपमा रहेको थियो ।
एन्पाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न गोष्ठीहरु, नियमित रुपमा कम्प्युटर प्रोग्रामिङ्ग कक्षाहरु, मासिक रुपमा विभिन्न खोजमुलक सोधपत्र प्रस्तुत गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यसैगरी संस्थाको बार्षिक साधारणसभा पनि जुलाई १८ मा सम्पन्न गरियो, जसमा वर्षभरि गरिएका सम्पूर्ण कार्यक्रमहरु र अहिलेसम्मको आर्थिक विवरण पेश गरिएको थियो।
|
एनआरएनए केन्याको अध्यक्षमा कृष्ण गैरे निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्याको १८ जुलाईमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद गैरेलाई निर्विरोध निर्वाचित गरेको छ । आइतबार राजधानी नैरोबीस्थित माया रेस्टुरेस्टमा सम्पन्न संघको पाँचौ महाधिवेशनले गैरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
महाधिबेशनले उपाध्यक्षमा सिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मी (भरत), सचिवमा सुरेश मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी र सदस्यहरुमा बिष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ, लक्ष्मण गैरे निर्विरोध चयन भएका छन् । त्यसैगरी संघको आईसिसि सदस्यमा टिका धिताल चयन भएका छन् ।
अधिवेशनमा केन्याका लागि नेपालका अवैतानिक महावाणिज्यदूत जिम्मी अस्कर प्रमुख अतिथि थिए । सिवलाल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशन समारोहको सञ्चालन टिका धितालले गरेका थिए ।
कार्यक्रममा संघका पूर्व आइसीसी सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष तथा केन्द्रिय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको पनि आतिथ्यता थियो ।
|
एनआरएनए एनसीसी हङकङको अध्यक्षमा ढकाल निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध हुने भएको हो ।
आइतबार निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा कुनै पदमा दोहोरो उम्मेदवारी परेको छैन् । नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई उपाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्मा पाएका छन् । सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन् । नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन् ।
सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बु र सुरेश कलाल थापा निर्वाचित भएका छन् । हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् ।
नयाँ कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ । संघको अधिवेशन २५ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ कार्यसमितिले सपथ खानेछन् ।
|
एनआरएनए एनसीसी कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएर नयाँ रेकर्ड बनेको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको निर्विरोध भएर नयाँ रेकर्ड बनेको हो ।
साथै, एनआरएनए एनसीसी कतारको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण सम्पन्न भएको छ । २०२१–२०२३ सम्मको कार्यकालको लागि यहि जुलाई १६ मा नवौं महाधिवेशन सम्पन्न भएको थियो ।
सपथ कार्यक्रममा प्रमुख अतिथि नेपाली दूताबास कतारका राजदूत डा.नारदनाथ भारद्वाज रहेका थिए भने विशेष अतिथिहरुमा आईसीसी अध्यक्ष कुमार पन्त, आईसीसी सचिव आरके शर्मा, आईसीसी प्रवक्ता डीबी क्षेत्री, मध्यपूर्व संयोजक प्रविन गुरुङ, मध्यपूर्व सह–संयोजकहरु मनोज कुमार श्रेष्ठ गोर्खाली, राजेन्द्र आर्याल, मध्यपूर्व युवा संयोजक राज रेग्मी रहेका थिए ।
त्यस्तै, आईसीसी सल्लाहकार टीबी कार्की, आईसीसी संस्थापक सदस्यहरु तथा मानार्थ परिषद सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी कतारका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले एनआरएनए एनसीसीको कतारको यो सभ्यता हेर्न मध्यपूर्व र कतारलाई हेर्नुपर्ने बताए । यहाँबाट संस्कार सिक्नुपर्ने भन्दै एनसिसी कतारले विश्वलाई सन्देश दिएको बताए ।
निर्विरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) र तेज कटुवाल रहेका छन् । अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह, कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।
त्यसैगरी, नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्बिरोध निर्बाचित भएका छन् । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन् ।
एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका हुन् ।
मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपालि मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समालगायत कतारका ९० प्रतिशतभन्दा बढी संघ–संस्थाहरुले समर्थन गरेका थिए ।
|
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा काठमाडाै। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना गर्ने निर्णय गरेकोे छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।
यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो। यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।
बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाएको छ। रासस
|
इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क रोम। गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशन जुलाई २५ मा इटालीको पार्मा सहरमा हुँदैछ। संघले शनिवार संघमा उम्मेदवारी दिन इच्छुक इटालीबासी नेपालीहरुलाई उम्मेदवार हुने पदका लागि लाग्ने शुल्कसहितको सूचना जारी गरेको छ। संघले आफ्नो फेसबुकमा एउटा सूचना जारि गरेको हो।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटाली निर्वाचन संयोजक मनोज कुमार कार्कीद्वारा हस्ताक्षरित सो सूचनामा तोकिएको शुल्क इटालीमा सामान्य तलब खाने नेपालीहरुका लागि संस्थामा उम्मेदवारी दिन नपाउने जस्तै हो।
इटालीमा करिब १५ सयको हाराहारीमा नेपालीहरु बस्दै आएका छन्। समान्यतया नेपालीहरुको मासिक तलब १२ सय युरो देखि १४ सय युरोको हाराहारीमा हुने गर्दछ। घरको भाडा महँगो हुने ,ग्यास, बिजुली, इन्टरनेट र सार्वजनिक यातायातमै हुने खर्चकै कारण नेपालीहरुले महिनामा कम बचत गर्ने गर्छन्। यो सबैमा लागु नहुने भए पनि सामान्यतया धेरै नेपालीहरुको अवस्था यहि नै रहेको छ।
गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशनका लागि तोकिएको शुल्कले इटालीमा बसोबास गर्दै आएका नेपालीहरुलाई संस्थामा जोडिने चाहाने नयाँ सदस्यहरुको बाटो बन्द गरेको छ। जसले गर्दा समितिमा नयाँ सदस्य भन्दा पनि पुरानै सदस्यहरु नै दोहोरिने प्रकिया जारी रहेको छ।
इटालीका नेपाली बिधार्थीहरु पनि छन् तर अधिवेशनका लागि तोकिएको चर्को शुल्कले संस्थामा जोडिन बिधार्थीहरुको पनि बाटो बन्द गराएको छ।
सूचना अनुसार आइसीसी सदस्यका लागि तोकिएको सुल्क १ हजार यूरो छ, जुन नेपाली रुपैयाँ लगभग एक लाख ४१ हजार हुन आउँछ।
यस्तै अध्यक्ष पदका लागि ८ सय यूरो छ, जुन नेपाली लगभग एक लाख १३ हजार हो। उपाध्यक्ष पदका लागि ६ सय यूरो (लगभग ८४ हजार ६ सय रुपैयाँ) तोकिएको छ।
महासचिब पदका लागि ५ सय युरो (लगभग ७० हजार ५ सय रुपैयाँ), सचिव पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), कोषाध्यक्ष पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), युवा प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), महिला प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), र कार्य समिति सदस्य पदका लागि १ सय ५० युरो (लगभग २१ हजार १ सय ५० रुपैयाँ) शुल्क तोकिएको छ।
अधिवेशनमा उल्लेखित पदहरुको संख्याभन्दा बढीको उम्मदवारी परेमा निर्वाचन हुने सूचनामा उल्लेख छ।
सामान्य पद संख्याका लागि निर्वाचन भएमा सदस्यता सुल्क बाट मात्रै ५ हजार ५ सय ५० युरो उठ्नेछ जुन नेपाली लगभग ७ लाख ८३ हजार रुपैयाँ हुन आउँछ।
|
एनआरएनए स्वीडेनको अध्यक्षमा पाठक निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्वीडेनको नयाँ अध्यक्षमा राजकुमार पाठक (ओमशन) निर्विरोध चयन भएका छन् । संघको आगामी २०२१–०२३ कार्यकालका लागि पाठकले निर्विरोध नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
निर्वाचन समिति संयोजक बद्री शर्माका अनुसार मनोनयन दर्ताका क्रममा दोहोरो उम्मेदवारी नपरेपछि सबै पद सर्वसम्मत भएको हो । वर्तमान कार्यसमितिमा महासचिव रहेका पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
त्यस्तै, निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ आइसीसी सदस्यमा चुनिएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा प्रविण श्रेष्ठ निर्वाचित भएका छन् ।
राजेन्द्र तामाङले युवा संयोजक र जानुका एण्डर्सनले महिला संयोजकको जिम्मेवारी पाएका छन् । निर्विरोध निर्वाचित कार्यसमिति सदस्यहरुमा पुनम राई, रमा श्रेष्ठ, नरेश भण्डारी, राजन महर्जन र विवेक केसी रहेका छन् । एक सदस्यको पद भने रिक्त राखिएको छ, जुन नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।
सबै उम्मेदवारहरुको विजयको औपचारिक घोषणा भने आउँदो २४ जुलाई अर्थात् महाधिवेशनका दिन गरिने संयोजक शर्माले बताए । स्वीडेनमा २३४ जनाले एनआरएनएको सदस्यता लिएका छन् ।
|
एनआरएनए/एनसीसी म्यानमारको अध्यक्षमा नौलखा चयन काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।
अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल चयन भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन भएका छन् ।
अधिवेशनले डा.बिना सापकोटाको संयोजकत्वमा महिला विभाग समेत गठन गरेको छ । उक्त विभागको महासचिवमा तारा रिजाल र सचिवमा डा.सोनिया पोख्रेल चयन भएका छन् ।
|
साउदीमा कोरोनाबाट १२ नेपालीको मृत्यु, विदेशमा ४ सय ४७ पुग्यो मृतकको संख्या काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण विदेशमा गत चार सातामा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार शनिबार साँझ (१० जुलाई)सम्म विदेशमा ९५ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
एनआरएनएले कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।
|
एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन भएका छन् । यहि जुलाई ९ मा संघका अध्यक्ष कुमार पन्तले यसबारे जानकारी दिंदै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरेको बताएका हुन् ।
अध्यक्ष पन्तका अनुसार प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनयन गर्ने छन् । एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने एउटा गहन निकाय हो । यसमा एनआरएनए नीति प्रतिष्ठान कार्यान्वयनको एउटा पाटो थियो भने अर्को पक्ष एनआरएनए फाउण्डेशनको गठन थियो । फाउण्डेशन अमेरिका या सिंगापुरमा दर्ता गर्नुपर्ने सोच थियो ।
खासगरी पूर्व अध्यक्ष(२०१५)को एनआरएनए भिजन २०२० एण्ड बियोण्ड को सपना भनेको यूनाइटेड नेशन अफ एनआरएनएस थियो । यसमा कार्यान्वयन गर्ने एउटा निकाय एनआरएनए नीति प्रतिष्ठान थियो । यस्तो एनआरएनए नीति प्रतिष्ठान एनसीसीमा समेत जानुपर्ने कुरा थियो ।
अहिले सोचका स्वयं व्यक्ति पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नै एनआरएनए नीति प्रतिष्ठानको अध्यक्ष भएका छन् । उनलाई अध्यक्ष पन्तले बधाई ज्ञापन गरेका छन् ।
|
एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हात हालाहाल, पुरानो नक्साको प्रयोग न्यूयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ।
उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले फरक फरक उद्घोषण गरेपछि चारैतिरबाट पक्ष र विपक्षमा ठूलो हुल मञ्चमा प्रवेश गरेको थियो।
कार्यक्रम समापनमा सन्दर्भमा उद्घोषक पशुपति पाण्डेले धन्यवाद ज्ञापन गर्न भनी बीरआर लामालाई मञ्चमा बोलाएका थिए। उनले धन्यवाद ज्ञापन गर्दा गर्दै आफैं उद्घोषण गर्दै निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाएका थिए।
उनले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका बराल मञ्चमा पुगे। उनले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसे र अहिले शपथ ग्रहण नहुने उद्घोष गरिदिए।
त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो। र, मञ्चमै ठेला ठेल भएको थियो। यो क्रम १५ मिनेटभन्दा बढी भएको देखियो। त्यसपछि मञ्चबाटै कसैले सेक्युरिटी सेक्युरिटी भनेर बोलायो। दुई ठूलो ज्यान गरेका विदेशी सेक्युरिटी गार्डहरु मञ्चमा गए र भटाभट ठेल्न थाले।
उनीहरुले मञ्च खाली गर्न चाहे पनि सकेनन्। त्यसपछि सुनील साह र पशुपति पाण्डेलाई लिएर उनीहरु बाहिर गए। त्यसपछि सहभागी महिलाहरु मञ्चमा गई माइक समातेर सबैलाई मञ्च खाली गर्न आग्रह गरे। विस्तारै मानिसहरु मञ्च छोड्न थाले। पुन सेक्युरिटी गार्डहरु मञ्चमा देखिए अनि फेरि शपथ ग्रहण शुरु गर्न विजयीहरुलाई निर्वाचन समितिका बरालले आह्वान गरे।
त्यसपछि हो हल्लाका बीचमा शपथ ग्रहण गरियो । शपथ ग्रहण गरेर पनि लामोसमय हलमा हो हल्ला चलिरहेको थियो। बन्द सत्र नहुंदैको यो दृश्यले एनआरएनए अमेरिकाभित्रको गुटगत विवाद छताछुल्ल भएको छ।
ठेलमठेलको अवस्था आएपछि क्षेत्रीय संयोजक त्रिपाठीले कार्यक्रमको खाका तयार गर्दा नै नेतृत्वले गल्ती गरेको र त्यसको मार साधारणसभाले भोग्नु नपरोस् भन्दै अव विवादमा अल्झिनु उपयुक्त नभएकाले नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराएर अघि बढ्न कार्यक्रम आयोजकहरुलाई दवाव दिएका थिए। र मञ्चमा उपस्थित भएर शपथ ग्रहण गर्ने नयां समितिलाई बधाइ दिंदै आईसीसीको तर्फबाट औपचारिकता दिएका थिए।
ज्ञानसिप मातृभूमिका लागि प्रयोग गरौं , राजदूत खतिवडा
संघको साधारणसभाको उद्घाटन गर्दै अमेरिकामा सिकेको ज्ञान, सीप आफ्नो मातृभूमि नेपालको उत्थानका लागि प्रयोग गर्न अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आग्रह गरे।
नेपाल र अमेरिकाबीच आर्थिक र राजनीतिक सम्बन्धमात्र होइन जनता जनताबीच सम्बन्ध छ भन्दै राजदूत खतिवडाले ७० बर्षअघिदेखि अमेरिकाले स्वयंसेवीहरु पठाएर नेपालका गाउँगाउँका जनतलाई विभिन्न काममा सहयोग गरेको उदाहरणका रुपमा लिएर अमेरिकाबासी नेपालीहरुले पनि आफ्नो मातृभूमिका लागि यहाँ सिकेको सीप र ज्ञान प्रयोग गर्न हिच्किचाउन नहुने जिकिर गरेका थिए।
उनले नेपाली मुलुक अमेरिकीहरुले अमेरिकाको निर्वाचनमा ठाउँ ठाउँमा सफलता हासिल गरेको कुराप्रति खुसी व्यक्त गरे र विजयीहरुलाई बधाइसमेत ज्ञापन गरेका थिए । उनले गैरआवासीय नेपालीहरुको विवरण तयार गर्न आह्वान गरे।
उद्घाटन कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्षहरु बद्रि केसी, सोनम लामा, रविना थापा, सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदी, उमा कार्की, खगेन्द्र जिसी, मेरिल्याण्ड विधानसभाका डेलिगेट ह्यारी भण्डारी, आनन्द विष्ट, विश्व बराल, यादव पण्डित, कृष्ण लामिछाने, तिलक केसी,प्रभु थापा, टेक गुरुंग,लोक चेम्जोंग, प्रेम श्रेष्ठलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
नेपालको पुरानै नक्साको प्रयोग
कार्यक्रमका सन्दर्भमा नेपालको नक्सा पटक पटक देखाइएको थियो। यसरी देखाइएको नक्सा नेपालको नयाँ नक्सा थिएन। लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नक्सा त्यहाँ प्रस्तुत गरिएको थियो।
पूर्वमन्त्रीसमेत भइसकेका राजदूत खतिवडाको उपस्थितिमा भएको सो कार्यक्रममा नेपालको आधिकारिक नक्सा नभई पुरानो नक्सा प्रयोग गरिनुले एनआरएनएको साधारणसभामा उपस्थितहरुलाई आश्चर्यमा पारेको थियो।
ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापाले नेपालको नक्साको गलत प्रयोग गर्दा नेपालीहरुको अपमान भएको र त्यो सैह्य नभएको भन्दै मञ्चबाटै विरोध गरेका थिए। मञ्चमा प्रस्तुत भएको गीत र नृत्यका सन्दर्भमा मञ्चमा रहेको स्क्रीनमा नेपालको नक्सा प्रयोग भएको थियो।
मञ्चमै प्रश्न उठेपछि संघका महासचिव पशुपति पाण्डेले पुरानो नक्सा प्रयोग गल्ती भएको बताए । उनले डिजेले दृश्य देखाउंदा गल्ती भएको बताएर उम्किएका थिए ।
च्याप्टर नाइटमा च्याप्टर नै असन्तुष्ट
गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद्(एनआरएन एनसीसी) को दशौं साधारण सभाको पूर्वसन्ध्यामा च्याप्टर नाइट सम्पन्न भएको थियो। न्यूयोर्क च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा एनआरएन अमेरिकाका लागि आफ्नै भवन निर्माण गर्न इच्छुकहरुसंग डोनेशन आह्वान गरिएको थियो।
कार्यक्रममा नवनिर्वाचित एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले २० हजार डलर दिने घोषणा गरेका थिए भने आईसीसीका उपाध्यक्ष सोनाम लामाले ११ हजार डलर, एनसीसीका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले १० हजार, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले ५ हजार, आईसीसी उपाध्यक्ष रविना थापाले ५ हजार रकम दिने घोषणा गरेका थिए।
कार्यक्रम च्याप्टर्स नाइट भनिएपछि अमेरिकाका २९ राज्यका च्याप्टरहरुलाई वास्ता नगरिएको भन्दै सहभागी च्याप्टर अध्यक्षहरुले असन्तुष्टि प्रकट गरे। कार्यक्रम समापन लगत्तै नवनिर्वाचित च्याप्टर अध्यक्षहरुले सोही हलमा भेला गर्दै च्याप्टर्स नाइट भनेर च्याप्टरहरुकै सहभागिताको वेवास्ता गरिएकोमा विरोध प्रकट गरेका थिए।
नवनिर्वाचित च्याप्टर अध्यक्षहरु कोलोराडोका आरसी पन्त, विस्कन्सिनका दीपक थापा, नेब्रास्काका बिमल अधिकारी, मिनिसोटाका विवेक झाले डिसी नेपालसँग कुरा गर्दै संस्थाका मेरुदण्ड भन्दै च्याप्टरहरुलाई बेवास्ता गरिएको बताए ।
|
एनआरएन एनसीसी अमेरिकाको १० औं बार्षिक साधारण सभालाई प्रश्न एनआरएन अमेरिका २०२१ –२३ पदाधिकारीका लागि केन्द्र र राज्य निकायहरुको चुनाव पूर्व नै सदस्यता दर्ता र नवीकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढि सदस्यहरु संगठित भए। आफू पनि स्वतःस्फुर्त रुपमा सदस्य बनाउन लागिपरेकोले खुशी र गर्व लाग्छ।
तर चुनाव हुँदैगर्दा ५ अध्यक्ष्यका प्रत्याशी मध्ये एक प्रत्याशी चाही आफूले चुनावमा अधक्ष्य पदका प्रत्याशी हुन शुल्क बुझाएको तर एनआरएनले आफूलाई चुनावमा भाग लिन बन्देज लगाएको र तिरेको २ हजार डलर फिर्ता पनि नगरेको खबर सुन्नमा आयो। तर एनआरएन भित्र कसैको पुच्छर नसमाएको र कुनै पदमा नबस्ने कुनै स्वतन्त्र, निष्पक्ष निकाय नहुँदा सदस्यले आफूलाई परेको अन्याय बिरुद्ध अदालतमा मुद्दा दायर गरेको बुझियो। घरपरिवारमा बादबिवाद, मनमुटाव हुन्छ। तर त्यसलाई समाधान गर्ने उपाय गर्नु भएको छैन भने बलियाले निर्धालाई शारीरिक र मानशिक चोट पुर्याउन सक्छ। अनि निर्धोले न्याय खोज्दै हिड्नु कुनै अपराध हुँदैन।
उदाहरणका लागि हालसालै नेपालमा संचारकर्मी रुपा सुनारले आफूलाई जातीय विभेद गरि मानशिक पीडा दिएकोमा कानुनी उपचारमा गइन्। राष्ट्रपतिले गैरसंबैधानिक कार्य गरि १४६ को समूहलाई प्रधानमन्त्रि नियुक्त नगरेको भनि अदालातमा मुद्दा दायर गरे। के अब रुपा सुनारलाई कतै कोठा भाडामा नदिने हो त ? झलनाथ वा माधव नेपाललाई प्रधानमन्त्री वा एमालेको अध्यक्ष पदमा चुनाव लड्न नदिने हो त ? त्यसो हो भने प्रजातान्त्रिक, गणतान्त्रिक मुलुक भन्नु भएन।
सदियौंदेखि दासत्व र सामन्ती प्रथाबाट जन्मे हुर्केका नेपालीहरु अमेरिका आएर अमेरिकन हुन् वा बेलायत गैर बेलायती हुन्, अनि जति डिग्री लिउन, शुट लगाउन् वा गाडी चढुन्। तर तिनका दिमागबाट मौका पायो कि अरुलाई दमन गर्ने र आफ्नो हैकम कायम राख्ने प्रयास गरि हाल्छन्। यस्तै मौका अहिले विद्यमान एनआरएन एनसीसी अमेरिकाको बिधानले सृजना गरेको छ। बर्तमान विधानको धारा ११०सी ले अधक्ष्यको पदमा प्रत्याशी हुन रोक लगएको छ। यसले भन्छ, ‘एनआरएन एनसीसी बिरुद्ध कानुनी कारवाहीको पक्षधरले चुनाव हुँदैगर्दा अध्यक्ष पदमा चुनावमा भाग लिन नपाउने।’ कति हास्यास्पद १ कि त एनआर एनले भन्न सक्नु पर्यो संस्था बिरुद्ध कानुनी कारवाहीका पक्षधरले संस्थाको चुनावमा तलदेखि माथिसम्म कुनै पनि पदमा भाग लिन नपाउने।
नत्र यो अध्यक्ष पदलाई मात्र तोकेर बन्देज गर्नु त नियतबस सक्षम र काबिल व्यक्तित्वलाई नेतृत्वमा आउँन नदिने गुटको षडयन्त्र भएन र ? फेरि कुनै अन्यायमा परेको सदस्यले संस्थाका बिरुद्ध मुद्दा हालेको त पक्कै हुँदैन। किन कि उ आफै चुनाव लडेर संस्थालाई सबल नेतृत्व दिन्छु भनेर चुनावको माध्यमबाट संस्थामा आउँन खोजेको हुन्छ। त्यसैले त्यस्ता मुद्दा भनेको संस्थामा तानाशाही भएर, आफूलाई मन नपर्नासाथ अरुलाई दबाउने र आफू हैकम जमाउने पदाधिकारी बिरुद्धको मुद्दा हुन्छ। त्यसकारण मुद्दा संस्था बिरुद्धको हो कि पदाधिकारी बिरुद्धको हो त्यो निक्र्योल नगरी कुनै सक्षम व्यक्तित्वलाई चुनावमा बन्देज गर्नु नितान्त गलत र अप्रजातान्त्रिक र मानवअधिकार बिरुद्ध हुन्छ। अमेरिका जस्तो प्रजातान्त्रिक देशमा बसेर यस्तो अप्रजातान्त्रिक बिधान बोकेर एनआरएन अमेरिका चल्नु के सुहाउला त ?
चालु एनआरएन १० औं बार्षिक साधारण सभाको विज्ञ सदस्य महानुभावहरुले यसलाई गहिरो छलफल र मनन गरि (१) विधानका यस्ता बुँदाहरु हटाउलान त ? अझै राम्रो पाइला टेकेर हिँड्न नसकेको संस्थाले मुद्दा मामलालाई हटाउन संस्था भित्रै (२) समस्या समाधान समुह गठन गर्लान त ? साथै (३) न्याय माग्न स्वतन्त्र न्यायिक संस्थामा जान बिना रोकटोक स्वतन्त्रता देलान त ?
चालु एनआरएन एनसीसी अमेरिकाको १० औ बार्षिक ( जुलाई ३–४) साधारण सभामा भाग लिन सदस्यहरुलाई जानकारी गराइयो। तर धेरैभन्दा धेरै सदस्यहरुले उपस्थित नहुन भन्ने नियत बोकी हवाईजहाजबाट आउनेहरुलाइ एयरपोर्टबाट सुगम तरिकाले नजिकैको तारे होटलमा पुग्न सुबिधा हुने गरि तारे होटेल रोजियो।
न्युयोर्कमा नेपालीहरुको बाक्लो बस्ति रहेको एनआरएन सदस्यहरुको सुबिधा हेरिएन। २० डलर तिरी सदस्य बनेकाहरुले १०० डलर रजिष्ट्रेशन शुल्क तिरी सभामा भाग लिनुपर्ने भयो। संस्थामा फण्डरेज कार्य प्रभावकारी देखिएको छैन। अनि ‘आम्दानी अठनी खर्च रुपैयाँ’ ठूलो तारे होटलमा महँगो खर्च गर्नु कति बुद्धीमानी ? के यसले संस्थामा सवल नेतृत्वको कमि छ भन्ने देखाउँदैन ?
अनि सभामा भाग लिन सदस्यहरुलाई न कार्य प्रगतिको जानकारी छ, न आर्थिक बिवरण उपलब्ध गरिएको छ। अनि कुन आधारमा, के छलफल गर्ने ?
के सभामा हाई, हल्लो मात्र भन्ने हो ? कि गीत गाएर नाच्ने ? यसबाट नेतृत्व सक्षमतामा प्रश्न उठदैन र ? यो संस्थाको आर्थिक बर्ष के हो भन्नेसम्म यसले आईआरएसमा बुझाएको ९९० रिपोर्टमा देखिँदैन। अनि २ लाख ५४ हजार ९३० डलर २०१९ मा कँहा र के कार्यक्रममा खर्च गरेको भनि देखाएको छैन। के कार्यक्रम गरेको र कसले के कति लाभ पाए ? संस्थाको के कस्तो हित भयो ? कतै कुनै रिपोर्टमा उल्लेख छैन। जुलाई २०२१ मा सभा गर्दा २०२० को रिपोर्ट नै नल्याएर सभा गर्दा के बिषयमा सभा गर्ने ?
यी सबै गतिबिधिबाट के एनआरएनमा सबल र सक्षम नेतृव र पदाधिकारी आवश्यक छ भन्ने स्पष्ट छ। विज्ञ सदस्य साथीहरुले यी सबै बिषयमा गहन छलफल गरि संस्थालाई अग्रगामी र प्रगतिशील बनाउनु हुनेछ भन्ने धेरैले आशा गरेको बुझिएको छ।
बिष्णु सिंह (बैजु) (आजीवन सदस्य)
|
एनआरएन जापानद्वारा ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग काठमाडौं । ‘मातृभूमिका लागी कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले करिब ५४ लाख बराबरको कोरोनाविरुद्ध स्वास्थ्य सामाग्री र खाद्यान्नलगायत सहयोग गरेको छ ।
नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सहयोगको निम्ति नेपाली दूतावास जापानको संरक्षकत्व र एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टको संयोजकत्वमा ‘मातृभूमिका लागी कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’को गठन भएको थियो ।
उक्त समितिको यही जुन २१ मा अन्तिम बैठक बसि विभिन्न निर्णय गर्नुका साथै समितिबाट आह्वान गरिएको सहयोग अभियान पनि बन्द भएको छ । समितिका संयोजक भट्टको अध्यक्षतामा बसेको बैठकले समितिको तर्फबाट अपिल गरिएको सहयोग क्रममा प्राप्त रकमको सम्पूर्ण विवरणसहित विभिन्न स्थान र शीर्षकमा सहयोग गर्ने निर्णय गरेको छ ।
समितिका सदस्य सचिव जनक विक्रम शाहीका अनुसार ५३ लाख ६७ हजार २ सय ११ येन संकलन भएको थियो भने सोही बराबरको रकमको सहयोग सामाग्री नेपाल पठाइएको हो ।
उक्त सहयोग रकमबाट बाल चिकित्सा आईसीयूको निर्माण विरगन्जको नारायणी अस्पतालमा गर्नको लागि आवश्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रिय सदस्य सुरेश गिरीलाई दिइएको छ ।
संयोजक भट्ट अन्तर्राष्ट्रिय सदस्य रहेका टोकियो सिन्तोसिन रोटरी क्लबबाट प्राप्त एम्बुलेन्स धानिङ्ग जिल्लाको धुनिवेशी नरपालिकालाई उपलब्ध गराउने र उक्त एम्बुलेन्स राजमार्गमा दुर्घटना भएका स्थानहरुको लागि प्रयोग गरिने छ । यसको निम्ति धादिङ्ग समाज जापानका अध्यक्ष दिनेश लोहनीलाई जिम्मा दिइएको छ ।
त्यस्तै, ७ हजार थान वाई–कनेक्टर सबै जिल्ला अस्पताललाई वितरण गरिने छ । ७ हजार वाई–कनेक्टरले ७ हजार थान सिलिन्डर बराबरको काम गर्ने छ । नेपालमा अक्सिजन सिलिन्डरको कमी भएको अवस्थामा उक्त कनेक्टरले एउटै सिलिन्डरबाट २ ओटा बिरामीलाई अक्सिजन दिन सकिने छ ।
साथै बाँकी रकम एनआरएनए एसिया प्यासिफिकको अक्सिजन प्लान्टमा सहयोग गर्ने समितिले निर्णय गरेको छ । स्वास्थ्य सामाग्री एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष महेश कुमार श्रेष्ठलाई समितिका संयोजक भट्टले एनआरएनए जापानको कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
केहि रकम एनआरएनए एसिया प्यासिफिकको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरिने जनाइएको छ । जापानबाट खरिद गरी पठाउने स्वास्थ्य सामाग्री संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठलाई समितिका संयोजक भवन भट्टले एनआरएनए जापानको कार्यालयमा हस्तान्तरण गरिसकेका छन् । उक्त सामाग्रीको व्यवस्थापन तथा वितरण एनआरएनए आइसीसीको सचिवालयले गर्ने छ ।
कोरोना महामारीमा सहयोगको निम्ति नेपाल सरकारको अनुरोध अनुसार दूतावासको प्रमुख संरक्षकत्वमा, भवन भट्ट संयोजक, एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया प्यासिफिक उप संयोजक पारसमणि पोटेल, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र महासचिव, समितिको सदस्य सचिव साथै समितिको सदस्यामा जापानस्थित अनआरएनए आइसीसीका निवर्तमान तथा पूर्व पदाधिकारी तथा सदस्य, एनसीसी जापानका पूर्व अध्यक्ष, पत्रकार महासंघ, विभिन्न राजनीतिक दलका भातृ संस्था प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहेका थिए ।
समितिले जापानबाट वाई–कनेक्टर, अक्सिमाइजर र अक्सिमिटर भने जापानबाट खरिद गरी पठाएको छ भने अन्य सामाग्रीको लागि भने रकम पठाएको छ ।
अन्त्यमा समितिले उक्त अभियानलाई बन्द गर्दै सहयोग गर्ने सम्पूर्ण महानुभाव, संघ संस्था, दूतावास आदि सम्पूर्णलाई अप्ठ्यारो परिस्थितमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।
|
डेलिगेट निर्वाचन रोक्न एनसीसी अमेरिकालाई केन्द्रको निर्देशन(पत्रसहित) वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले केन्द्रीय महाधिवेशनमा पठाउनुपर्ने ४५ जना डेलिगेटको निर्वाचन स्थगित गर्न संघका केन्द्रीय अध्यक्ष तथा महासचिवले संयुक्त निर्देशन दिएका छन्।
संघको अमेरिकाका अध्यक्ष सुनील साहलाई जुन २७ तारिक एक निर्देशन पत्र पठाउंदै डेलिगेट निर्वाचनबारे अमेरिकामा विवाद भएकोले तत्कालका लागि निर्वाचनका सबै प्रक्रिया रोक्न निर्देशन दिइएको छ।
केन्द्रीय अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले संयुक्तरुपमा जारी गरेको निर्देशनमा पत्रमा डेलिगेट निर्वाचनबारे विवाद भएको कुरा एनसीसी अमेरिकाले केन्द्रलाई जानकारी दिएको पनि उल्लेख गरएको छ। पत्रमा डेलिगेट निर्वाचनका सन्दर्भमा एनसीसी र एनसीसीको निर्वाचन समितिबीच असमझदारी भएकोले निर्वाचन हाललाई स्थगित गर्न निर्देशन दिइएको उल्लेख छ।
(हेर्नुहोस् पत्र)
शुरुमा एनएनएन एनसीसीले ४५ जना डेलिगेटको निर्वाचन जुलाई २ भन्दा अगावै गर्न एनसीसीको निर्वाचन समितिलाई निर्देशन जारी गरेको थियो। तर, विविध कारण देखाई सो अवधिमा निर्वाचन गर्न नसकिने जानकारी निर्वाचन समितिले दिएपछि फेरि एनसीसीको आपतकालीन बैठक बसी जुलाई २ भन्दा अगाडि नै निर्वाचन सम्पन्न गर्न फेरि निर्देशन जारी गर्यो।
यस्तो निर्देशन प्राप्त भएपछि निर्वाचन समितिले ४५ जनाको नभई जम्मा १८ जनाको मात्र निर्वाचन गर्ने र बांकी २९ जना डेलिगेट अमेरिकाका २९ वटा राज्य च्याप्टरबाट लिने आफू खुसी निर्णय गरिदियो।
अमेरिकाको नेपाली समुदायमा चर्को राजनीति गर्दै आएका र केन्द्रको निर्वाचनमा उम्मेद्वार बन्ने तयारीमा लागेका डा. केशब पौडेल र व्यवसायी गौरी जोशीको प्रतिष्पर्धाका कारण कस्का बढी भोटर पठाउने भन्ने विवादमा निर्वाचन समितिले डा. पौडेल पक्षको एजेण्डाअनुसार आफूखुसी निर्वाचन कार्यक्रम प्रकाशित गरिदियो।
एनसीसीका अध्यक्ष साहले यस्तो निर्वाचन कानुन सम्मत नहुनेभन्दै निर्वाचन रोक्न निर्देृशन पत्र निर्वाचन समितिलाई पठाए पनि समितिले उनको निर्देशन अस्वीकार गर्दै निर्वाचनको प्रक्रिया शुरु गर्यो। जसअनुसार, १८ सिट तोकेकोमा ३० जनाले उम्मेद्वारी पनि दिए। उता, निर्वाचन समितिलाई काम रोक्न आदेश जारी गरेलगत्तै एनसीसी अमेरिकाले छुट्टै निर्वाचन समिति डा.राजन पन्तको नेतृत्वमा बनायो र पन्तको समितिले पनि निर्वाचनको कार्यतालिका प्रकाशित गरिदियो।
अमेरिकामा नेपाली समुदायलाई विभाजित पार्ने राजनीतिक खेलमा संलग्नहरुका कारण विवादित भएपछि केन्द्रले हस्तक्षेप गरी निर्वाचन रोक्न निर्देशन जारी गरेको हो। तर, यो आदेशलाई निर्वाचन समितिले स्वीकार गरे नगरेको स्पष्ट भइसकेको छैन।
|
‘एनआरएन द सिङ्गर’को गरियो उद्घाटन काठमाडौं । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को उद्घाटन भव्य रुपमा गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले सो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । संस्कृति तथा सम्पदा उप–समितिका संयोजक गोविन्द प्रसाद गौतमले कार्यक्रम सफल बनाउनका लागि देश विदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताए ।
प्रि अडिसनपछि नेपाली टेलिभिजनबाट पनि उक्त कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुने जनाइएको छ । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इंटा थप्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् । उद्घाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ ।
१५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै भाग लिन पाउने उक्त प्रतियोगितामा प्रथम हुनेले १५ लाख, द्वितीय हुनेले ७ लाख र तृतीय हुनेले चार लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
|
एनआरएनए जापानद्वारा हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग कठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान तोचिगि क्षेत्रीय समितिले हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । समितिले हेलम्बु गाउँपालिकालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो ।
समितिका संयोजक मन्दीप क्षेत्रीका अनुसार हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले सो रकम जम्मा गरेका हुन् । यही असार १ को बाढीले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ ।
समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने चार सयभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
|
एनआरएन यूकेद्वारा पत्रकार महासंघ यूकेका नवनिर्वाचित कार्यसमितिलाई सम्मान काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार साँझ एनआरएनए यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको पाँचौं कार्यसमितिलाई बधाई, स्वागत तथा सम्मान गरेको हो ।
कोरोना संक्रमणका कारण कानुनी नियमको पालना गर्दै सिमित व्यक्तिहरुबीच उक्त कार्यक्रम संचालन गरिएको थियो । त्यस अवसरमा संस्थाका तर्फबाट अध्यक्ष पुनम गुरुङले एफएनजे यूकेका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।
उनले एनआरएनए यूके र एफएनजे यूकेबीच विगतदेखि हुंदै आएको निकट सहकार्य र पारस्परिक सहयोग नयाँ कार्यसमितिको पालामा थप उचाईमा पुग्ने बताएकी थिइन् । राज्यकै चौथो अंगका रुपमा लिइने पत्रकारिता स्वच्छ, निष्पक्ष र समाजका लागि मार्गदर्शक हुनुपर्ने भन्दै उनले बेलायतको नेपाली पत्रकारितालाई अझै बढी परिपक्व, सन्तुलित र जिम्मेवार बनाउनेतर्फ पहल गर्न एफएनजे यूकेलाई सुझाव दिइन् ।
पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित अध्यक्ष ध्रुवराज अर्यालले आफू नेतृत्वको कार्यसमितिलाई एनआरएनए यूकेबाट प्राप्त सम्मान र हौसलाका लागि आभार प्रकट गर्दै बेलायतस्थित नेपाली पत्रकार र नेपाली मिडिया दुवैको स्तरोन्नति आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका थिए । साथै, उनले त्यहाँको नेपाली पत्रकारिताको विकासमा अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए ।
एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनादेखि कोभिड महामारीको बेलामा सञ्चालित स्वास्थ्य संवादसम्म आउँदा एनआरएनए यूके र एफएनजे यूकेबीच घनिष्ठ सम्बन्ध र सहकार्य हुंदै आएको स्मरण गर्दै उनले बेलायतको नेपाली पत्रकारितालाई दिगो र व्यवसायिक बनाउने दिशामा अब दुवै संस्थाको संयुक्त पहल जरुरी रहेको बताए ।
कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठ लगायतले बेलायतस्थित नेपाली पत्रकार एवम् मिडियाहरुले समुदायका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विकासका लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहने बताएका थिए कार्यक्रमका संचालक एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले महासंघको नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ, सदस्यद्वय गोमा राना र नरेन्द्र नेम्वाङले पनि आ–आफ्नो अनुभवहरु सुनाउँदै बेलायतको नेपाली पत्रकारिता विकासका लागि पत्रकार महासंघ, एनआरएनए र सिंगो समुदायबीच सहकार्यको आवश्यकता रहेको औंल्याएका थिए ।
सो अवसरमा क्रियाशिल पत्रकार एवम् सामाजिक अभियन्ता बाचस्पति रेग्मीले पनि बेलायतमा पत्रकारिता गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, गोर्खा मिडियाका निर्देशक पत्रकार मिलन तमु, पत्रकार महासंघ यूकेका सदस्य जीवन सेन एवम् एनआरएनए यूकेका कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, हेम गुरुङ र धनबहादुर सार्की लगायतको सहभागिता थियो ।
|
एनआरएनए अमेरिकामा अर्को किचलो, एनसीसी र निर्वाचन आयोगबीच विवाद वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई तत्काल कुनै पनि निर्वाचनका कामलाई स्थगित गर्न आदेश दिएका छन्।
उनले निमित्त प्रमुख निर्वाचन आयुक्त एटर्नी बासु फुलारालाई एक अति जरुरी इमेल लेख्दै यस्तो आदेश दिएका हुन्। एनआरएनए अमेरिकाको कार्यसमितिको निर्णयको हवाला दिँदै साहले पठाएको यस्तो आदेशलाई निमित्त प्रमुख निर्वाचन आयुक्त फुलाराले भने पूरै बेवास्ता गरिदिएका छन्।
साहको पत्रको जवाफ इमेलमार्फत नै दिँदै फुलाराले निर्वाचनको कार्यतालिका नै सार्वजानिक गरिदिएका छन्। उनले जुन २५ मा यस्तो कार्यतालिका सार्वजानिक गर्दै जुलाई १ मा डेलिगेटका १८ सिटमा निर्वाचन सम्पन्न हुने जानकारी एनसीसी अमेरिकालाई दिएका छन्।
यतिमात्र होइन जम्मा ४५ सिटमा डेलिगेटको चुनाव हुनुपर्नेमा फुलाराले २९ सिट एनआरएनएका स्थानीय च्याप्टर अर्थात् राज्यसमितिबाट सिधै छनौट गर्ने र बाँकी १८ सिटमा मात्र निर्वाचन गर्ने निर्णय पनि गरिदिएका छन्।
त्यसमा पनि उनले एनसीसी बोर्डको निर्णय विना नै कुन कुन क्षेत्रबाट कति कति संख्यामा डेलिगेट निर्वाचित गर्ने भन्ने निर्णय पनि आफैं गरिदिएका छन्।
निर्वाचन आयोगले गैरकानूनी काम गरेको भन्दै आइसीसीका लागि डेलिगेट पठाउन आइसीसी र एनसीसीको विधानबमोजिम निर्वाचनको काम गरी डेलिगेट निर्वाचित गर्न एनसीसीले डा.राजन पन्तको अध्यक्षतामा छुट्टै समिति बनाएको छ।
एनसीसीको विधानबमोजिम गठन भएको यो समितिले पनि निर्वाचनको काम थालेपछि निर्वाचन आयोगले आफूखुसी गर्ने निर्वाचनको बैधानिकता कस्तो हुने हो र दुबैतिर छानिएका व्यक्तिहरुको अवस्था के हुने हो भन्ने प्रश्न उठेको छ।
यसैबीच गत निर्वाचनमा अध्यक्षका प्रत्यासीमध्येका एक कृष्ण लामिछानेले एक सार्वजानिक सन्देश प्रकाशित गर्दै निर्वाचन आयोगको कदम विधानविपरीत भएकाले बहस्किार गर्न आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘डेलिगेट चयनको यो विद्यानसंवत विधिलाई नाघेर निर्वाचन समितिले १८ जना डेलिगेटका लागि मात्र निर्वाचन गराउन प्रकृया अघि वढाएका प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको हो। हामी एनआरएनए एनसीसीका सवै सदश्यलाई निर्वाचन आयोगले गर्न लागेको निर्वाचन विधान अनुसार नभएकाले भाग नलिन अनुरोध गर्छौं। उक्त प्रकिृयामा सहभागि नभई वहिस्कार गर्न पनि हाम्रो अनुरोध छ।’
यसैबीच निर्वाचन सम्पन्न गर्नका लागि एनसीसी बोर्डले गठन गरेको समितिकाका संयोजक डा. पन्तले एक विज्ञप्ति जारी गर्दै आफूहरुले निर्वाचनको प्रक्रिया शुरु गरिसकेको बताएका छन्।
उनले भनेका छन्, ‘हामीले आई सी सी र एन सी सी को बिघान अनुसार प्रक्रिया अगाडि बढाई सकेको याहाहरू समक्ष जानकारी गराउदै भोलि आईतबारबाट डेलिगट्सका लागि नोमिनेशन खोली जुलाई १ भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी एन सी सी , रिजनल कमिटी आर. सीमार्फत आई सी सी लाई बुझाईने छ।’ उनले फुलाराको आयोगले गर्ने निर्वाचनको बैधानिकता नभएको जिकिर पनि गरेका छन्।
भर्खरै राष्ट्रिय समन्वय समितिको निर्वाचन सकिएको एनआरएनए अमेरिकाको निर्वाचन आयोग र राष्ट्रिय कार्यसमितिका बीच डेलिगेट निर्वाचन प्रकरणले किचलो उत्पन्न भएको छ । एउटाले अबैध काम गर्न लागेको भन्दै अर्कोले पनि अबैध कार्य थप्न थालेपछि यो किचलोले अमेरिकाको राजनीतिप्रति चासो राख्ने नेपाली समुदायलाई निकै प्रभावित पारेको छ ।
डिसी नेपाललाई प्राप्त विवरणअनुसार, निर्वाचन आयोगमा निमित्त प्रमुख भएका एटर्नी बासु फुलाराले आफू खुसी कार्यतालिका बनाई अन्तर्राष्ट्रिय समन्वय समितिमा डेलिगेट पठाउने निर्वाचन तालिका तयार गरेपछि किचलो थप बढेको हो। यो किचलोका पछाडि अमेरिकामा नेपालीहरुमाझ विभाजनकारी राजनीति गर्दै आएका डा.केशब पौडेलको समूह र व्यापारी गौरी जोशीको समूहका बीचको प्रतिष्पर्धा मुख्य कारक हो।
फुलाराले पौडेलको योजनाअनुसार, केन्द्रमा प्रतिनिधित्व गराउन खोजेका हुन् । तर, एनसीसीको निर्वाचनमा पराजित भएको हालका अध्यक्ष सुनील साहको समूहले पौडेलको योजनामा साथ दिएन ।
समाचारअनुसार फुलाराले एनआरएनए अमेरिकाको विधानको मर्मअनुसार, भन्दै २९ वटा च्याप्टरबाट २९ जना डेलिगेट तय हुने र बाँकी १८ पदमा मात्र निर्वाचन गर्ने भनेपछि आईसीसीको विधान र निर्देशनविपरीत भएको भन्दै एनसीसीले तत्काल निर्वाचनको काम रोक्न आदेश दिएको हो।
अध्यक्ष सुनील साहले लेखेको इमेलमा निर्वाचन कमिटीले प्रस्ताव गरेको चुनाव प्रक्रियामा मतभेत भएकाले तत्कालका लागि चुनावको प्रक्रिया अघि नबढाउन भनिएको छ। निर्वाचन आयोगले एनसीसी बोर्डको निर्णय विना नै १८ पदमा त्यो पनि आफूखुसी क्षेत्र तोकेर निर्वाचन गर्ने घोषणा गर्नु र सो घोषणालाई एनआरएनएको कुनै पनि नियाम उल्लेख नै नगरी रोक्न आदेश दिनु गैरकानूनी काममाथि गैरकानुनी आदेश दिने काम भएको देखिएको हो।
यसअघि ४५ सिटमै निर्वाचन गर्ने र त्यो पनि जुलाई २ भित्रै सम्पन्न हुनुपर्ने गरी एनसीसीको बोर्ड बैठकले निर्णय गरी निर्वाचन आयोगलाई काम शुरु गर्न पत्र लेखेको थियो । तर, निर्वाचन आयोगले शुरुमा जुलाई २ भन्दा अघि विभिन्न कारणले निर्वाचन गराउन नसक्ने र जुलाई ३ र ४ तारिक न्यूयोर्कमा हुन लागेको साधारण सभापछि मात्र गर्न उपयुक्त हुने जानकारी बोर्डलाई पठायो।
त्यसपछि फेरि बोर्डले २ अघि नै निर्वाचन गर्न निर्देश गरेपछि निर्वाचन ४५ सिटमै नगर्ने जम्मा १८ सिटमा मात्रै गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरेको थियो। २९ यसअघि प्रचलन नगरिएको लोकल च्याप्टरहरुलाई २९ सिट विभाजित गरिदिनुमा डा पौडेलसमूहका धेरैले लोकल च्याप्टरमा अध्यक्ष जितेका र उनीहरु नै डेलिगेट बनाएर केन्द्रमा मतदान गराउन लैजाने योजनाले यो नयाँ लफडा झिकिएको बताइएको छ।
पौडेल केन्द्रमा महासचिव पदमा उम्मेद्वारी दिने तयारीमा छन्। अघिल्लो चुनावमा उनी अमेरिकाबाटै मत कम भएर पराजित भएका थिए । उनको प्रतिष्पर्धा टेक्सासका व्यापारी गौरी जोशी उम्मेद्वार बन्ने तयारीमा भएको र यी दुईको अस्वस्थ प्रतिष्पर्धा बढेकाले अमेरिकाको एनआरएनले थप किचलोमा पर्दै गएको छ।
उता, निर्वाचनका क्रममा यति धेरै किचलो भएको बेला प्रमुख निर्वाचन आयुक्त विश्व बराल भने विदामा बसेको बताइएको छ।
|
एनआरएनए अफ्रिकाद्वारा मुगु अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले विकट हिमाली जिल्ला मुगुको अस्पताललाई १० थान अक्सिजनसहितका सिलिन्डर सहयोग गरेको छ । उक्त सिलिन्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका एमडी डाक्टर कविर पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
सुविधासम्पन्न ठाउँहरूमा विकल्प हुने भए पनि दुर्गम जिल्लाहरूमा कसैले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर एनआरएन अफ्रिकाले नेपालमा तत्काल अक्सिजन सहयोग अभियानअन्तर्गत मुगु जिल्ला अस्पताललाई सहयोग गरेको अध्यक्ष मल्लले बताए ।
भैरहवाबाट पठाइएका उक्त सिलिन्डरहरू मुगुसम्म पुर्याउने संयोजन पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, अछाम पत्रकार महासंघका संस्थापक अध्यक्ष वेदप्रसाद तिमिल्सेना र एनआरएन अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले गरेका थिए ।
अभियानअन्तर्गत बोत्स्वाना अध्यक्ष पदम भण्डारी, कंगो अध्यक्ष अमृत क्षेत्री, मोजाम्बिक अध्यक्ष शारदा पौडेल राय, एनआरएनए समन्वय समितिहरू र सदस्यहरूले अक्सिजन सिलिन्डर खरिदका लागि सहयोग गरेका हुन् ।
जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेपछि सक्रिय बिरामीहरूलाई जिल्लामा अक्सिजन अभाव नहोस् भनेर सहयोगका लागि एनआरएनए अन्तर्राष्ट्रिय समितिका पूर्वकोषाध्यक्ष तथा विश्वको एघारौँ धनी नाइजेरियाको डांगोटे ग्रुपका खाद्य सेक्टरका महाप्रबन्धक हिक्मत थापासँग पत्रकार नृपेन्द्रबहादुर मल्ल र धरानका कृष्णप्रसाद कोइरालाले सम्पर्क गरेपछि थापाले हिमाली जिल्ला मुगुमा अक्सिजनसहितका सिलिन्डर पठाउन सहयोग जुटाएका थिए ।
भैरहवाबाट नेपालगन्जसम्म अछाम पत्रकार महासंघका संस्थापक अध्यक्ष वेदप्रसाद तिमिल्सेना र नेपालगन्जबाट मुगुसम्म छायानाथ बचत तथा ऋण सहकारी संस्था मुगुले ढुवानीमा सहयोग गरेका थिए ।
|
एनआरएनए जर्मनीः २५ जुलाइमा अधिवेशन, ५ हप्तामा जम्मा १ सय ७५ सदस्य ! जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीले सातौं अधिवेशन २५ जुलाईमा गर्ने निर्णय गरेको छ। अधिवेशन आह्वानसँगै गत मे ६ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदनको लागि खुल्ला गरेको एनआरएन जर्मनीले यो ५ हप्ताको अवधिमा जम्मा ३ सय ४० जनाको मात्र सदस्यता आवेदन प्राप्त भएको जनाएको छ।
सदस्यता आवेदन खुलेपछि अहिलेसम्म ३ सय ३५ जना सदस्य अनलाइन प्रणालीमा दर्ता भैसकेको त्यसमध्ये १ सय ७५ जना प्रमाणिकरण ( १५ जुन १८ः०० बजे, जर्मनी ) पूरा भएको महासचिव लोकमणि ढकालले बताए।
बाँकीको कागजात अपुग र प्रक्रिया पूरा नभएकाले प्रमाणीकरण नभएको तर सम्वन्धित स्थानीय समन्वय समिति एलसीसीहरु र सिस्टम मार्फत इमेल तथा फोन मार्फत ती आवेदकहरु समक्ष पुगेर छुटफुट कागजात पुरा गर्न आग्रह गर्ने काम जारी रहेको उनले बताए ।
जर्मनीमा साढे १२ हजार गैर आवासीय नेपाली छन् भने गत अधिवेशनमा २ हजार भन्दा बढी सदस्य रहेका थिए। गत अधिवेशनबाट २ जना आइसीसी सदस्यमा गएमा थिए। प्रति हजार सदस्य बराबर एक आएसीसी सदस्य पाइन्छ।
यद्यपि सो बेला कागजमा उम्मेदवारले आफ्ना क्षेत्रका नेपालीहरुको नाम चढाएर, आफैं सदस्यता शुल्क तिरिदिएर २ हजार बढी सदस्य बनाउँदै २ जना आइसीसीमा गएका हुन्।
सो विषयमा जर्मनीमा अझैपनि विवाद कायमै छ। तर यसपाली डिजिटल एमआइएस प्रणालीबाट सदस्यता बन्नुपर्ने हुँदा संख्यामा कमी आएको छ भने एनआरएनए राजनीतिप्रति धेरै नयाँ पुस्ता सकारात्मक नदेखिनाले पनि सदस्यता बढाउन कठिन भइरहेको बुझ्न सकिन्छ।
सदस्यताको आवेदन दिन संघको केन्द्रले प्रयोगमा ल्याएको अनलाइन प्रणाली मेम्बरसीप इन्फरमेशन सिष्टम (एमआइएस) प्रयोग गर्नुपर्ने हुन्छ। www.members.nrna.org वा एनड्रोइड, आइफोन जस्ता उपकरणमा स्मार्ट एनआरएनए Smart NRNA नामक एप्स डाउन लोड गरी संघको सदस्य बन्न सकिने ढकालले जानकारी दिए। पञ्जीकृत सदस्यताको लागि २५ जुनसम्म आवेदन दिन सकिनेछ । सदस्यको अन्तिम नामावली ५ जुलाईसम्म प्रकाशन गरिनेछ।
जर्मनीमा सातवटा एलसीसीहरु छन, ती मध्ये एउटाको अधिवेशन सम्पन्न भैसकेको छ भने बाँकी एलसीसीहरुको पनि धमाधम अधिवेशन मिति सार्वजनिक भएका छन् । एलसीसीहरुलाई जुलाई ११ सम्मको समयसीमा दिदैं अधिवेशन सम्पन्न गरिसक्न एनसीसीले निर्देशन दिएको छ।
कोरोना महामारीको तेश्रो चरण पार गरेको जर्मनीमा अधिंकाश प्रान्तीय सरकारले खुल्ला आकाशमुनि ५ सय जनासम्म भेट्न पाइने नियम बनाएको छ। जुन अन्त्यसम्ममा यदि नियम परिवर्तन भएर ठुलो संख्यामा भेटघाट गर्न मिल्ने परिस्थिति भएमा प्रत्यक्ष सहभागी भएर नै अधिवेशन गरिने कार्यसमितिले निर्णय गरेको उनले बताए । नत्र अनलाइन बैठकमार्फत अधिवेशन र नयाँ नेतृत्व चयन गर्ने परिस्थिति रहने ढकालको भनाइ छ।
एनआरएन जर्मनीको नयाँ नेतृत्वका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ। बर्तमान अध्यक्ष हरि न्यौपाने, उपाध्यक्षद्धय मिलन पन्त र निनम्मा राई त्यसैगरी वर्तमान आइसीसी सदस्य टंक लम्सालको नाम अध्यक्षका लागि चर्चामा आएका नाम हुन् । यद्यपि आफ्नो नाममा सहमति जुटेको खण्डमा मात्र पुनः अध्यक्षतामा दोहोरिने अध्यक्ष न्यौपानेको चाहना छ।
त्यसैगरी पूर्व महासचिव समेत रहेका आइसीसी सदस्य लम्साल पनि न्यौपानेझैं आफ्नो नाममा सहमति भए अध्यक्षमा आउने नत्र राजनीतिक पार्टीहरुको खिचातानीमा रहेको एनआरएनए चुनावमा नहोमिने मनशायमा छन्।
५८ लाख सहयोग रकम जुट्यो
कोरोना महामारी विरुद्धको लडाईमा एनआरएनए जर्मनीको पहलमा पहिलो चरणमा करिब १२ लाख र दोश्रो चरणमा ४६ लाख रुपैंयाँ सहयोग उठेको छ। जर्मनीमा रहेका नेपाली संघसंस्था र नेपालीहरुले गरेको सो सहयोगबाट पहिलो चरणमा जर्मनीका कम आय भएका नेपाली समुदायका व्यक्तिहरुलाई खाद्यान्न सहयोगका लागि नगर कुपन प्रदान गरिएको थियो।
दोश्रो चरणमा उठेको रकमले ३० ओटा अक्सिजन मेसिन नेपालमा पठाइएको अध्यक्ष हरि न्यौपानेले जानकारी दिए । बाँकी रहेको र अब उठ्ने पैसाले नेपालमा अक्सिजन प्लाण्ट निर्माणमा सहयोग गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।
|
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।
आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ। राईसँगै वर्तमान कार्यसमितिका उपाध्यक्ष दिनेशकुमार गिरी र कार्यसमितिका सदस्य शालिकराम डुम्रेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै आएका छन्।
नेपालको पुर्वी धरानमा जन्मेका राई विगत २४ वर्षदेखि स्पेनको राजधानी म्याड्रीडमा बस्दै आएका छन्। संघको ईतिहासमा नै बार्सिलोना बाहिरबाट एनआरएनए स्पेनको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको यो पहिलो पटक हो। राई एनआरएनए क्षेत्रीय समिति म्याड्रीडका पूर्व अध्यक्षसमेत हुन्।
आफ्नो उमेरद्वारी कुनै निश्चित एक विचार समुह वा क्षेत्रको मात्रै नभएर पुरै स्पेनबासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने राईले बताए। क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघमा सवै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराकासाथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गरेको छु। यस मञ्चबाट फेरी एकपटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि आह्ववान गर्दछु।’
उम्मेद्वारी घोषणाको क्रममा राईले स्पेनिश समुदायसँग आफ्नो राम्रो घुलमिल तथा कामको अनुभव समेत रहेको बताए। ‘करिव ८ वर्षसम्म म स्पेनिस मजदुर संगठन (युजिटी) प्रतिष्ठानमार्फत अध्यक्ष भएर कामदारको पक्षमा केही सेवा गर्ने अबसर समेत पाएको थिए। जसले गर्दा यहाँका केहि नितिनियमहरू नजिकबाट सिक्ने मौका पाएको छु।’ राईले भने।
स्पेनिस भाषामा समेत आफ्नो दख्खल रहेको बताउँदै उनले स्पेनको नेपाली समुदायलाई स्पेनिस समुदायसँग अझ बढी घुलमिल गराउने कार्यक्रमहरु ल्याउने प्रतिबद्वता व्यक्त गरेका छन्। उनले स्पेनिस भाषामा सबै तहको अध्ययन पुरा गरेर यहाँको चर्चित पत्रिका एलपाइसको लागि भाषा अनुवादकको रुपमा काम गरेको अनुभव आफूसँग रहेको बताएका छन्।
‘समाज र समुदायमा विश्वास गर्ने भएकोले ब्यक्तिभन्दा ठुलो समुदाय हो भन्ने लाग्दछ। विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही सिमित ब्यक्तिलाई भएपनि नोक्सान समुदायलाई हुन्छ भन्ने मान्यता राख्दछु । जस्तोसुकै परिस्थितीमा पनि ब्यक्तिलाई होईन समुदायलाई जिताउनु पर्छ भन्ने मेरो धारणा स्पष्ट छ।’ राईले भने।
यसैबीच एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आईतबार सम्पन्न पाँचौ अधिवेशनले मेघनाथ ढकालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।
|
‘एनआरएनए द सिङ्गर’ मा भाग लिन आह्वान काठमाडौं । विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएनए द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरिएको छ । यही जुन २१ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न लागेको ‘एनआरएनए द सिङ्गर’ कार्यक्रममा विश्वभरि छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले एनआरएनएको साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’मा बोल्दै विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन अनुरोध गरेका छन् । वरिष्ठ संगीतकार तथा प्रतियोगिताका निर्णायक बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे । सो क्रममा उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भएपनि आफूसँग भएको कला भने ‘कालजयी’ हुने पनि बताए ।
‘नेपाली भाषी कलाकारहरुको पहिचान’ प्रवासमा रहेका नेपाली भाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए ।
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता डिजिटल अडिसनमा गरिने छ । प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउने छन् ।
गौतमका अनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ ।
अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुनेछ र नेपाली टेलिभिजनहरूबाट पनि प्रसारण हुनेछ । यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ ।
प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।
|
एनआरएनएले यसै वर्षदेखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुरु गर्ने जर्मनी । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरुको प्रकाशित नेपाली वाङमयको श्रीबृद्धिका लागि एक उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा “अरनिको पुरस्कार” राखिएको छ ।
हालै सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको बैठकले उत्कृष्ठ पुस्तकलाई दुई लाख रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
समितिले बिक्रम सम्बत २०७७ भरि प्रकाशित नेपाली वाङमयका गैरआवासीय नेपाली भाषी लेखकहरूबाट प्रकाशित पुस्तकहरुको संकलन यही जुलाई मसान्त, २०२१ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र संघको अन्तर् राष्ट्रिय सचिवालय काठमाडौंमध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिने छ।
उक्त पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन वा एनआरएनए डेका दिन प्रदान गरिने छ । अक्षय कोष संचालन गर्न बनेको बिनियम अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पुर्व कोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा छन् । सदस्यहरुमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त छन् । सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष जीवा लामिछाने छन् ।
पुरस्कार तयारी समितिले पुरस्कार संचालनका लागि पचास लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइसकेको तयारी समितिका अर्थ संयोजक इश्वर भट्टले बताएका छन् ।
त्यसैगरी अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपुर्ण ब्याक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने समितिले जनाएको छ ।
प्रवन्ध समितिले मुल्यांकनका निम्ति बिशिष्ट साहित्यकारहरु रहेको छुट्टै समिति बनाउन सक्ने छ । पुरस्कार सेप्टेम्बर महिनासम्म घोषणा गरिने छ ।
पुरस्कार दाबीकालागि लेखक स्वयं, प्रकाशक, संघ संस्था वा लेखकका शुभेच्छुकहरुले लेखकको स्वीकृतिमा तलका तीन ठेगाना मध्ये कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ (बिक्रम सम्बत २०७७ चैत्र मसान्तर) सम्ममा छापिएको पुस्तकको तीन प्रति पठाउनु पर्नेछ ।
पुस्तक पठाउने ठेगाना
(क ) Dadi Sakota
17 Rue Françis Perrin
91190 Gif-Sur-Yvette ,
France
(ख ) Maheshwar Pant
1646 Main St, Walpole MA 02081, USA
(ग ) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सचिवालय,
सुवर्ण शमशेर मार्ग,
बालुवाटार , काठमाडौं ।
|
विदेशमा कोरोनाबाट थप १३ नेपालीको निधन, मृतकको संख्या ४ सय ३५ काठमाडौं । कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ गरी १३ जना नेपालीको निधन भएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोरोनाका कारण ज्यान गइसकेको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।
हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् । संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।
डा.सागर पौडेल (भारत), डा.नितेश शर्मा (मध्यपूर्व), डा.बोधराज सुवेदी (युरोप), डा.रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।
समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ । यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ । तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन ।
यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् । यसर्थ तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको जोखिम अत्याधिक देखिएको र स्वास्थ्य विज्ञहरुले पनि नेपालमा तेस्रो र चौथो लहरको चेतावनी दिइरहेका छन् । नेपालमा ८ दशमलव ८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसर्थ पनि बालबालिकाको स्वास्थ्य संकट बढ्दो छ ।
यस अवस्थामा सम्पूर्ण अभिभावकहरुलाई आफू संक्रमणबाट बच्न हरसम्भव स्वास्थ्य सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।
|
जनसम्पर्क समितिद्वारा पत्रकारमाथि अपमानजनक व्यवहार, इञ्जाको गम्भीर आपत्ति पेरिस । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले समाचारको विषयलाई लिएर पत्रकारमाथि गरेको अपमानजनक व्यवहारप्रति इञ्जा युरोपले गम्भीर आपत्ति जनाएको छ ।
इञ्जा युरोपका महासचिव समेत रहेका जर्मनी निवासी पत्रकार दीपक धितालले डिसीनेपाल अनलाइनमा “एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु” शीर्षकको समाचारलाई लिएर जनसम्पर्क समिति जर्मनीले निकृष्ट शब्द प्रयोग गर्दै गालीगलौज तथा धम्कीपूर्ण विज्ञप्ति निकालेकोमा गम्भीर ध्यानाकर्षण भएको इञ्जा अध्यक्ष ददि सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“ गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनीलगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डिसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धितालमाथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेसजस्तो पार्टीका भातृ संगठनका लागि पक्कै शोभनीय विषय होइन । ” विज्ञप्तिमा भनिएको छ, “सामान्यतया प्रकाशित एवं प्रसारित समाचारप्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिति जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो । उल्लेखित समाचारमा कहीं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन । तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिति जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ । ”
इञ्जा युरोपले विभिन्न देशका जनसम्पर्क समितिहरु, नेपाली काग्रेस केन्द्रिय कार्यालय, नेपाली कांग्रेस विदेश विभाग, नेपाली दुतावास, बर्लिन जर्मनीलाई वोधार्थ पठाउँदै पत्रकारप्रति राखिएको दुर्भावको र यस कार्यमा उत्रनेहरुको यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनी माफी माग्न आग्रहसमेत गरेको छ ।
|
एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित करिब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल आइपुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौं आएको थियो ।
उक्त विमानमा एक लाख मास्क, तीन सय पिपिई सेट, दुई सय ४० बोतल स्यानिटाइजर, पाँच सय थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।
नेपाली दूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल ल्याएको हो ।
महासचिव सुवेदीका अनुसार सङ्कलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्फत जुन ५ मा नेपाल आइसकेको छ ।
कोरियास्थित नेपाली दूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ ।
एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग सङ्कलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । रासस
|
एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु बर्लिन। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको सातौं अधिवेशन आगामी २५ जुलाईमा हुने भएको छ। आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न ५ सदस्यीय निर्वाचन आयोग पनि गठन भएको छ। पूर्व अध्यक्ष हरेन्द्र वनेम प्रमुख आयुक्त रहने गरी अर्का पूर्व अध्यक्ष डा. नवराज रोस्यारा, आईसीसी सदस्य प्रेम पोमु, कमला दाहाल र शरण केसी आयुक्त रहेको निर्वाचन आयोग कार्यसमितिले सर्वसम्मत रुपमा पारित गरेकोे महासचिव लोकमणी ढकालले जानकारी दिए।
नयाँ नेतृत्वका लागि सतहमा देखिने गरी ४ जनाको नाम चर्चामा आएको छ। वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय मिलन पन्त र निनम्मा राई, आईसीसी सदस्य टंक लम्साल र वर्तमान अध्यक्ष हरि न्यौपानेको नाम आगामी कार्यकालको अध्यक्षका लागि सर्वाधिक चर्चामा रहेका नाम हुन्।
दुईदुई पटक उपाध्यक्ष भैसकेको, जर्मनीका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग राम्रो सम्बन्ध रहेको कारण नेपालमा सहयोग भित्र्याउन, संस्थाका लागि आर्थिक, नैतिक, सामाजिक सहयोग गर्न सदैव तयार र पद्धती अवलम्बन गरेर अघि बढ्ने पक्षको वकालतकर्ता रहेकाले आफू बलियो दावेदार रहेको पन्तको दावी छ।
स्थानीय स्तरमा नेपाली समुदायसँग सक्दो सम्पर्कमा रहने प्रयास जारी रहेको, कोरोनाका कारण त्यति सहज नभएको भन्दै सदस्यता लिन सबैलाई आग्रह गरेका छन्। संघको नेतृत्वमा राजनीतिक संस्थाहरुको गन्ध आउन नहुने भन्दै उनले आफू फरक ढंगले स्वतन्त्र रुपमा अघि बढ्ने बताए। स्वतन्त्र रुपमा रहेका आममतदाता र एनआरएन एक साझा र स्वतन्त्र संस्था भएको देख्न चाहनेले आफूलाई नेतृत्वमा लैजाने उनको विश्वास छ।
वर्तमान अर्का उपाध्यक्ष निनम्मा राई आफू ठूला कुरा र आश्वासन बाँड्न नजान्ने भएकाले स्थानीय स्तरमा रहेका नेपालीहरुलाई छुने खालका साना तर महत्वपूर्ण एजेण्डाहरु आफूसँग रहेको बताउँछिन्। आफू ठूला नेताको आशिर्वाद लिएर भन्दा पनि जनस्तरमा भिजेर नेतृत्वमा जाने पक्षमा रहेको उनको भनाइ छ। प्रत्येक जर्मनीवासी नेपालीहरुले एनआरएनएलाई आफ्नो संस्था हो भनेर आभास दिलाउने गरी काम गर्ने बताउँदै प्रत्येक क्षेत्रका नेपालीसँग सम्पर्कमा रहेकाले उनीहरुको इच्छा पनि महिला नेतृत्व देख्ने चाहना आफूले पाएको भन्दै राई पछि हट्ने परिस्थिता देखिन्नन्। प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति, विभिन्न नेपाली संघसंगठन, महिला एनआरएनए अभियन्ताहरु, विद्यार्थी वर्गहरु आफ्नो पक्षमा भएकाले र आफू संस्थाका लागि समय, सहयोग, परोपकारी अभियानमा संलग्न हुन कुनै बाधा नभएकाले पनि नेतृत्वमा आफ्नो स्थान सुरक्षित रहेको उनको दावी छ। साथै सहमतिको नाममा कुनै बाध्यकारी परिस्थिति बनाएर थन्क्याउन खोजे आफूलाई मान्य नहुने र निर्वाचन नै हुने गरी लाग्न सबैलाई आग्रह गर्दै उनले सदस्यता लिनको लागि सबै समक्ष आग्रह गरिन्।
अर्का प्रत्यासी एवं वर्तमान आईसीसी सदस्य टंक लम्साल एनआरएनए सुधार अभियान अघि बढाउन र संस्थामा सहि र सक्षम नेतृत्व भएमामात्र परिवर्तन सम्भव हुने भएकाले आफू आईसीसीमा रहे पनि समयको मागअनुसार पछि हटेर अध्यक्षमा आउनुपर्ने परिस्थिति आएको बताउँछन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एनआरएन जर्मनीले महत्वपूर्ण स्थान ओगट्न सक्ने भए पनि नेतृत्वले जति काम गर्नुपर्ने थियो, त्यो हुन नसकेकाले अब आफैं एकपटक नेतृत्वमा आएर कायापलट गर्ने इच्छा व्यक्त गरे। वौद्धिक, विद्यार्थी, एकेडेमिक लेभलका मान्छेहरुको एनआरएनप्रति त्यति मोह नभएको आफूले पाएको र त्यो परिस्थिति तोडेर सबैजना अट्ने र सबैले अपनत्व महसुस गर्न सक्ने एनआरएन बनाउने अभियानमा आफू बलियो प्रतिष्पर्धी भएको लम्सालको दावी छ।
वर्तमान अध्यक्ष हरि न्यौपाने आफू कोरोना कालीन अध्यक्ष भएको बताउँदै चाहे जसरी काम गर्ने वातावरण बन्न नसके पनि मिले र सकेसम्म एनआरएनए गतिविधि अघि बढाउने क्रममै रहेको बताउँछन्। कतिपय साथिहरु र स्थानीय समन्वय समितिहरुले फेरि कार्यकाल दोहोर्याउन गरेको आग्रहलाई आफूले सकारात्मक लिएको बताउँछन्। जर्मनीका रहेको सातवटा एलसीसीहरु मध्ये बहुमत एलसीसीका नेतृत्व पंक्तिले कोरोनाका कारण गतिविधि हुन नसकेका, काम गर्ने कमिटी र नेतृत्व रहेको भए पनि चाहे जति मौका नपाएको, अहिले जारी राखेका काम पनि अत्यन्तै प्रभावकारी भएको भन्दै कार्यसमितिनै दोहोरिदाँ कोरोना कालमा नयाँ र राम्रो सन्देश जाने बताउँदै आफूलाई यहि कार्यसमितिले नयाँ कार्यकाल पनि हाँक्नुपर्छ भन्ने पक्षमा आग्रह आएकाले आफू त्यो अवस्थामा पनि तयार रहेको न्यौपानेको भनाइ छ।
अहिले चर्चामा रहेका र सम्भावित अन्य सबै उम्मेदवारहरुले हरि न्यौपानेको नेतृत्व दोहोरिने परिस्थिति आएमा आफ्नो सम्पूर्ण समर्थन न्यौपानेको पक्षमा रहने बताएका छन्।
एनआरएनए एक परोपकारी, गैर राजनीतिक संस्था भनिए पनि नेतृत्व चयनमा राजनीतिक दलका भातृ संगठनहरुको ठूलो हालिमुहाली रहने गरेको छ। एमाले निकट प्रवासी नेपाली एकता मञ्च, काँग्रेस निकट जनसम्पर्क समिति, विभिन्न जातीय संघसंगठनको विशेष भूमिका रहने गरेको छ। वर्तमान उपाध्यक्ष शंकर डाँगीलाई जनसम्पर्क समितिको तर्फबाट एनआरएनमा अध्यक्ष उम्मेदवार बन्न आग्रह गरे पनि डाँगीको इच्छा भने जनसम्पर्क समितिको सभापतिमा छ। जर्मनीमा जनसम्पर्क समितिको गिरेको गरिमा र साख पुनर्जीवित गर्न र सबै प्रजातान्त्रिक धारलाई काँग्रेसको छाता मुनि ल्याउनको लागि बर्तमान सभापति शिखर खड्काको बहिगर्मन आवश्यक रहेको नेताहरु बताउँछन्। काँग्रेस समर्थक शरण केसीको त खड्कासँग बोलचाल समेत छैन। त्यसैगरी टंक लम्साल, रामजिवी पन्थहरु खड्काले काँग्रेस समर्थक पनि भड्काएको भन्दै उनीसँग नजिक हुन चाहँदैनन्। प्रजातान्त्रिक विचारधारा बोकेका र काँग्रेसलाई मायाँ गर्नेहरुको जमात फुट र अराजक शैली अवलम्बन गरेर फेरि पनि नेतृत्व हत्याउने प्रयासमा रहेका खड्कालाई प्रतिस्थापन गर्न चाहन्छ। शालिन र कुशल नेतृत्व आउनुपर्ने मागका कारण असल काँग्रेसीहरु डाँगीको नेतृत्वमा जनसम्पर्क समिति अघि बढ्नुपर्ने पक्षमा रहेको देखिन्छन्।
तर खड्का भने डाँगीलाई एनआरएन अध्यक्षको उम्मेदवार बनाएर जनसम्पर्क समितिको नेतृत्व फेरि दोहोर्याउँदै कब्जा गर्ने पक्षमा देखिन्छन्। पार्टी राजनीतिलाई शुद्धिकरण गरेर अघि बढ्न आवश्यक देखिएकाले एनआरएनभन्दा जनसम्पर्क समिति प्राथमिकतामा राखेको डाँगीको भनाइ छ। डाँगी भन्छन्, “एनआरएन अध्यक्ष उम्मेदवार हुनु गौरवको विषय हो तर के र कुन कारणले मलाई त्यो प्रस्ताव गरिँदैछ भन्ने मुल कुरा हो, त्यो मैले राम्रोसँग बुझेको छु, बुझेकै कारण म जनसम्पर्क समितिकै सभापतिको पक्षमा छु।“
अहिले परिस्थिति हेर्दा सहमतिमा एनआरएन अध्यक्ष पाइहाल्ने अवस्था पनि नदेखेको र चुनाव हुँदा अर्को पक्ष बलियो देखिएकाले डाँगी तत्काल एनआरएनको नेतृत्वमा जान हिचकिचाएको देखिन्छ। सफल र सक्षम एनआरएन बनाउन आफूमा अझै नेतृत्व विकासको क्षमता बढाएर एक कार्यकाल जनसम्पर्क समितिमा लाग्ने र एनआरएनमा उपाध्यक्षमै दोहोरिएर आउँदो ८ औं अधिवेशनमा बलियो एनआरएन अध्यक्षको दावेदार भएर उदाउने उनको तयारी देखिन्छ।
जनसम्पर्क समितिको बैठकमा वर्तमान महासचिव लोकमणी ढकालको पनि नाम अध्यक्षको दावेदारको रुपमा चर्चामा ल्याइएको छ। पार्टीले आफ्नो उम्मेदवारी दिदैं उपस्थिती जनाउनुपर्ने परिस्थिति आएमा पछि नहट्न ढकाललाई निर्देशन समेत दिइसकिएको छ। ढकाल काँग्रेसका क्रियाशील सदस्य हुन्। महासचिवको कुशल भूमिका निभाएका कारण अध्यक्षको एक बलियो दावेदार हुन सक्नेबारे उनको चर्चा चल्न थालेको हो। यद्यपी डिसी नेपालसँगको कुराकानीका क्रममा आफू अध्यक्षको दावेदार नरहेको र अहिले चर्चामा आएका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्नुपर्ने पक्षमा रहेको ढकालले बताए। पार्टीले उम्मेदवार बनाए पनि जितिहाल्ने परिस्थिति कम रहेका कारण ढकाल रक्षात्मक बाटो रोज्दै बरु आईसीसी सदस्यमा आफ्नो दावी प्रस्तुत गर्ने पक्षमा छन्।
शिखर खड्काकै कारण जनसम्पर्क समिति छोडेको र पार्टी राजनीतिमा निष्क्रिय रहने घोषणा गरेका टंक लम्साल पनि उम्मेदवारको रुपमा अघि सरेपछि काँगें्रसीजनहरु लम्साललाई साथ दिएर सबैको समर्थन जुटाउन लाग्नुपर्ने पक्षमा देखिन थालेका छन्। जनसम्पर्क समितिको बैठकमा लम्सालले एनआरएनमा आउने भित्री तयारी गरिरहेको विषयले बहस पाएपछि एकाथरी काँग्रेसीजनहरु यो मौकालाई क्यास गरेर लम्साललाई आधिकारिक उम्मेदवार बनाउन सकिएमा जित निश्चित हुने भन्दै हौसिएका छन्।
यसरी जनसम्पर्क समितिबाट लम्साल, डाँगी र ढकाललाई अध्यक्षमा उठाउन नसकिए निनम्मा राईलाई समर्थन गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा एनआरएन जर्मनी र जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुग,ं जनसम्पर्क समितिका पूर्व सभापती एवं एनआरएन पूर्व अध्यक्ष विजय मोक्तान, सदस्य दिपक लामा, विनय गुरुगंहरु रहेका छन्। निनम्मा राईको पारिवारिक पृष्ठभूमी एमाले हो तर जर्मनीमा काँग्रेससँग निकट रहेका कारण उनलाई कतिपय ठाउँमा सजिलो त कतिपय ठाउँमा अप्ठेरो पर्ने गरेको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र एमाले नेता पारुहागं राईको पारिवारिक सदस्य रहेकी निनम्माको जर्मनीमा भने कट्ट्र काँग्रेसहरु दिपक लामा, विजय मोक्तान ज्वाईं नाता पर्ने भएकाले उनी काँग्रेस निकट हो भन्नेहरु पनि छन्। तर उनी आफ ैंभने पारिवारिक पृष्ठभूमि मेरो एमाले हो जर्मनीमा मेरा प्रायः आफन्त र साथीभाई काँग्रेस छन्, त्यसैले म दुबैको हो भन्दै स्पष्टीकरण दिने गरेकी छिन्।
उता प्रवासी नेपाली एकता मञ्चले पनि एनआरएनको अधिवेशन मिति तोकिएसँगै अध्यक्ष नेपालमा रहे पनि बारम्बार जुम बैठक राखिरहेको छ। एनआरएनएको चुनावी समिति गठन भैसकेपछि पार्टीको तर्फबाट उम्मेदवार उठाउनुपर्ने परिस्थिति आए को हो त ? उम्मेदवार भनेर बहस सुरु भएको छ। अहिलेका उम्मेदवारमा एमाले पृष्ठभूमिकी राई र एमाले होइन तर वामपन्थी विचारधारा बोक्छु भन्ने मिलन पन्त मध्ये एकलाई समर्थन गरेर जाने कि भन्ने विषयमा पनि छलफल भएको छ। तर मञ्चको बैठकमा दुवै खुलस्त हुन नसक्ने, एमाले पनि हो भन्न नसक्नेहरुलाई किन समर्थन गर्ने भन्दै संगठित र सक्रिय कार्यकर्ता नै एनआरएनको नेतृत्वमा ल्याउनुपर्छ भन्ने बहस चर्को रुपमा उठ्न थालेको छ। अहिलेका यी चर्चामा आएका उम्मेदवारहरु मध्ये जसले आफू एमाले रहेको र प्रवासी नेपाली एकता मञ्चको तर्फबाट आधिकारिक उम्मेदवार हुँदै एनआरएनको नेतृत्व गर्छु भनेर लिखित रुपमा आउँछन् उसैको पक्षमा संगठन उभिने मञ्चले जनाएको छ।
राईले आधिकारिक एमाले हुँ भनेर भन्ने अवस्था तत्काल देखिएको छैन। किनकी काँग्रेस निकट जनसम्पर्क समितिको बैठकमा दिल गुरुगंले उनी काँग्रेसको सदस्यको रुपमा आधिकारिक तवरले प्रवेश गराएर उम्मेदवार बनाउने लविगं शुरु गराएका छन्। उता उनी काँग्रेसको आधिकारिक उम्मेदवार हो भनेर आएमा एमाले पक्षले पनि आफ्नो उम्मेदवार उठाउने तय गरेर अघि बढ्ने जनाएको छ। त्यसमा लिखित रुपमा एमाले हुँ र मञ्चको तर्फबाट उम्मेदवार हुन्छु भनेर आएमा पन्त पनि हुन सक्ने नत्र वर्तमा नएनआरएन उपाध्यक्ष डा यज्ञ अधिकारी सम्भावित अध्यक्षको उम्मेदवार हुन सक्ने देखिएको छ। स्वार्थको लागि मात्र आफू एमाले हो, वामपन्थी हो भनेर आउने नत्र अघिपछि पार्टी राजनीतिमा हामीलाई चासो छैन, हामी स्वतन्त्र हौं भनेर हिड्ने भएकाले अहिलेका दुवै पन्त र राई प्रवासी नेपाली एकता मञ्चको प्राथमिकतामा परेको देखिदैंन। त्यसकारणले यदि पार्टीले उम्मेदवार तय नै गर्नुपर्ने परिस्थिति आएमा बर्तमान अध्यक्ष हरि न्यौपानेलाई दोहोर्याउन आग्रह गर्ने नत्र डा. अधिकारीलाई अघि सार्ने पक्षमा मञ्चको भित्री तयारी छ। तर राईले दुवै पक्षको आधिकारिकता नलिई अघि बढेमा काँग्रेसको एक बलियो मोक्तान पक्षले पनि उनैलाई समर्थन गर्ने र नेपालबाट प्रवासी नेपाली एकता मञ्चलाई राईको पक्षमा सहयोग गर्न दवाव आउने आँकलन गर्न सकिन्छ। यदि परिस्थिति बदलिएर निनम्मा राईलाई पछि हट्न बाध्य बनाउने खेल भएमा उपाध्यक्ष राधा किरण सिग्देल अध्यक्षको रुपमा आफ्नो दावी रहने बताउँछिन्। महिला नेतृत्व आउनुपर्छ भन्दै राईको पक्षमा खुलेर लागेकी सिग्देल परिस्थितिले अर्को बाटो लिएमा आफू पनि अध्यक्षको लागि निवार्चन लड्ने बताउँछिन्।
यसैगरी अर्को महत्वपूर्ण र कार्यकारी पद महासचिवम ाभने अहिलेसम्म बर्तमान सचिव राजेश सुनारको दावेदारी देखिन्छ। अब्बल र कुशल नेतृत्व क्षमता भएकाले सचिवपदमा झैं महासचिवमा पनि उनको प्रतिष्पर्धी उम्मेदवार नहुने एनआरएन कार्यसमिति भित्रकै अधिकांश पदाधिकारी र सदस्यहरुको बुझाई छ। यद्यपी कसैले बार्गेनिगंको लागि उम्मेदवारी दिए पनि सुनारको विकल्पन भएको ती पदाधिकारीहरुको भनाइ छ। बर्तमान प्रवक्ता दिनेश गौतम पनि महासचिवको बलियो दावेदारको रुपमा आउने चर्चा चलेकै बेला सुनारले इच्छा देखाएकाले उनको पक्षमा समर्थन गर्ने आपसी सहमतिभएको बुझिएको छ।
गतआइतबार बसेको एनआरएन एनसीसी र एलसीसीहरुको संयुक्त बैठकबाट निर्वाचन आयोग बनेको आधिकारिक निर्णयसँगै जर्मनीमा एनआरएनको नयाँ नेतृत्वको चर्चा एकाएक चुलिएको हो। निर्वाचन आयोगलाई आवश्यक तयारी सुरु गर्न आग्रह गर्दै बैठकले सदस्यता बनाउन सबै एलसीसी र सदस्यहरुलाई आग्रह गरेको छ। निर्वाचन आयोगमा सवल र सक्षम आयुक्तहरु रहेको बताउँदै निर्वाचन हुने गरी तयारी थाल्न सदस्यहरुले आग्रह गरेका छन्। यद्यपी नेपाली काँग्रेस निकट जनसम्पर्क समितिले भने निर्वाचन आयोगमा रहेका आयुक्तहरुका कारण असन्तुष्टि जनाएको छ। संगठन भित्रको आन्तरिक राजनीतिले निर्वाचन आयोगमा जनसम्पर्क समिति खेल्न खोजेको देखिन्छ। अहिले गठित निर्वाचन आयोगका प्रमुख आयुक्त एवं काँग्रेस समर्थक हरेन्द्र वनेमले २०१७— १९ को कार्यकालका लागि एनआरएनको चुनाव हुँदै गर्दा जनसम्पर्क समितिको तर्फबाट उम्मेदवार रहेका विजय मोक्तानलाई सहयोग नगरी विपक्षी उम्मेदवार डा. नवराज रोस्यारा पक्षमा लागेको भन्दै जनसम्पर्क समितिको बैठकमा दिल गुरुगं, मोक्तानलगायतले वनेम र रोस्यारा नै आयुक्त रहेको निर्वाचन आयोग बनेकोले आपत्ति जनाएका हुन्। सभापति शिखर खड्कासँग बोलचाल नै बन्द गरेका शरण केसी पनि आयुक्त रहेका कारण खड्का खेमाकाले पनि निर्वाचन आयोगको विरोध गरेका छन्।
|
एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी र बरिष्ठ उपाध्यक्षमा पन्थ विजयी वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को आज सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई २१८ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्।
विजयी सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरे । २० हजार एकसय ३८ मतदाता भएको संघको मे २९ र ३० तारिकमा सम्पन्न निर्वाचनमा १५ हजार ७ सय ६८ मत खसेको थियो।
संघको बरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी भए। उनले आफ्ना प्रतिष्पर्धी बीआर लामालाई १२ सय ८७ मतले पराजित गरे। पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गरे भने प्रतिष्पर्धी लामाले ५ हजार ५सय ६३ मत प्राप्त गरेका छन्। विजयी पन्थ पपुलर मत ल्याउनेमध्येका एक हुन्। उनी लामिछाने समूहबाट निर्वाचनमा भाग लिएका थिए।
त्यसैगरी उपाध्यक्ष विजयी हुनेहरुमा सुमन थापा, गोपेन्द्र भट्टराई, विकास उप्रेती र डिलु पराजुली छन्। महासचिववमा अन्जनकुमार चौंलागाईं विजयी भएका छन्। उनले ६ हजार ३ सय १२ मत प्राप्त गरे। महिला उपाध्यक्षमा दीक्षा बस्नेत विजयी भइन्। उनले ८ हजार २ सय ४५ मत प्राप्त गरिन्।
सचिवमा अनुप खनाल विजयी भए भने महिला सचिवमा सुनिता सापकोटा कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा अग्निप्रसाद ढकाल, युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला सयोजकमा सुन्दरी गुरुङले जित हात पारेका छन्।
आफूलाई बरबाद पारेको सुनिताको आरोप
गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद्को महिला संयोजक पदमा उम्मेद्वार बनेकी भर्जिनिया निवासी सुनिता खत्रीले नव निर्वाचित अध्यक्ष बुद्धि सुवेदी र अघिल्लो कार्यकालका अध्यक्ष केशव पौडेलको नाम नै लेखेर आफूलाई बरबाद पारेको आरोप लगाएकी छिन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफूलाई बरबाद पार्ने बुद्धि सुवेदी र केशब पौडेललाई पनि धन्यवाद दिएकी छिन्। उनले यसको विस्तृत विवरण खुलाएकी छैनन्। सामाजिक सञ्जालमा खत्रीले अमेरिकामा आफू आवद्ध भएका सबै सामाजिक संघ संस्थाबाट आधिकारिकरुपले नै अवकास लिएको कुरा उल्लेख गरेकी छन्। निर्वाचन परिणाम अनुसार, महिला संयोजकमा सुन्दरी गुरुङले जीत हात पारेकी छिन्।
|
एनआरएनए न्युजिल्याण्डले शनिवार सगरमाथा दिवस मनाउने काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युजिल्याण्डले सगरमाथा आरोहणको स्मृतिमा ‘एभरेष्ट डे २०२१’ मनाउने भएको छ । ६८ वर्ष अघि सर एड्मण्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथामा पाइला टेकेको दिन मे २९ मा एनआरएनए न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने भएको हो ।
न्युजिल्याण्डका हिलारी र नेपालका शेर्पाले संयुक्त रुपमा २९ मे १९५३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । यही दिनको स्मृतिमा एनआरएनए न्युजिल्याण्डले अकल्याण्डमा विशेष कार्यक्रम गरेर सगरमाथा दिवस मनाउन लागेको संघका अध्यक्ष लाल केसीले बताए ।
अध्यक्ष केसीका अनुसार माउन्ट रसकिलमा मध्यान्ह १२ बजेबाट सुरु हुने सोे कार्यक्रममा न्युजिल्याण्ड सरकारका प्रतिनिधिहरु, एड्मण्ड हिलारीकी श्रीमती जुनु हिलारी, छोरा पिटर हिलारी, सगरमाथा आरोहीहरु मार्क एङ्गल्स, आङ काजी शेर्पा, एनआरएनएका पूर्व अध्यक्ष शेष घले, उपाध्यक्ष मन केसी, ओसीनिया रिजनल कोअर्डिनेटर होम पाण्डेलगायतको उपस्थिति रहने छ ।
नेपाली दूतावास क्यानबेरा, न्युजिल्याण्डस्थित नेपाली महाबाणिज्यदूतको कार्यालयहरु, हिमालयन ट्रस्ट र न्युजिल्याण्डमा रहेका नेपाली समुदायिक संस्थाहरु र क्लबहरुको आयोजनामा सो कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक राज महर्जनले जनाए ।
त्यस्तै, न्युजिल्याण्डमा सरकारको तर्फबाट आगामी ९ जुनमा संसद भवनमा एभरेष्ट डे कार्यक्रम आयोजना हुँदैछ ।
|
जर्मनीमा मनाइयो बुद्ध जयन्ती जर्मनी । जर्मनीकाे बायरोयथमा रहेका नेपालीहरुको आयोजनामा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि ल्याइएको नियमका कारण धेरै सहभागी हुन नसके पनि शान्तिका अग्रदुत भगवान गौतम बुद्धका उपदेशहरु संसारभर फैलाउँदै नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक लिलाराज कार्कीले बताए ।
कार्यक्रममा गैर अवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष डा. यज्ञ अधिकारीले ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको उपदेश संसारभर फैलाउन संस्था र आफ्नो अहम भुमिका हुने बताए । वर्तमान अवस्थामा विश्वमा शान्तिको सन्देश प्रवाह गर्न आवश्यक भएको र कोरोना महामारीले ल्याएको संकटका कारण विचलित भएको समाजलाई पुनः सामान्य अवस्थामा फर्काउन पनि आत्मशान्तिको आवश्यकता रहको डा. अधिकारीको भनाइ थियो ।
कार्यक्रम कार्की, अधिकारी सहित दिनेश प्रधान, डा. मणी श्रेष्ठ, पूर्णलक्ष्मी श्रेष्ठ कार्की, कल्पना अधिकारी, विमला दाहाल, सुनिल केसी, गोपाल गुप्ता, मनोज यादव, सुशिला यादव, प्रशान्त कार्की, सोमाया अधिकारी, सुमानी अधिकारी, समाहिका यादव, मलिना कार्की लगायतको उपस्थिति रहेको थियो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन यस्ता खाले कार्यक्रमले प्रवासमा विशेष भुमिका निर्वाह गर्ने आयोजक कार्कीको विश्वास छ । आगामी दिनमा पनि शान्तिका अग्रदुत गौतम बुद्धका सन्देश फैलाउन आफुहरु लागिपर्ने कार्यक्रमका सहभागीहरुको भनाई थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’, तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।
|
एनआरएनएद्वारा अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण सरकारले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।
विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु अत्यावश्यक कामकाजका लागि नेपाल आउन र नेपालबाट विदेश जान नपाएकाहरुलाई समस्या भएका कारण संघले यस्तो आग्रह गरेको हो ।
संघका प्रवक्ता डिबी क्षत्रीद्वारा जारी विज्ञप्तिका अनुसार स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर अन्तर्राष्ट्रिय उडानलाई खुल्ला गर्न भनिएको छ ।
पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएको र नेपालीहरु भने समस्यामा परेको गुनासो सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध संघले विज्ञप्तीमार्फत गरेको छ ।
यसैगरी, विदेशबाट नेपाल फर्कँदा नेपाली दूताबासहरूबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन पनि संघले सरकारसँग अनुरोध गरेको छ ।
यात्रासम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधिलगायत अन्य प्रोटोकल कडाइका साथ पालना गर्न पनि संघले सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई अनुरोध गरेको छ ।
|
कोरोनाले विदेशमा दुई सातामा ४१ नेपालको मृत्यु, हालसम्म ४२३ को मृत्यु काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८ , फ्रान्समा १, माल्दिम्समा १ , बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी ४१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।
समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । एनआरएनएले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।
संघले डा.संजिव सापकोटाको संयोजकत्वमा डा.सागर पौडेल (भारत), डा.नितेश शर्मा (मध्यपूर्व), डा.बोधराज सुवेदी (युरोप), डा.रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।
|
नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकाको अधिवेशन रोक्न माग काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।
एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् । एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले विज्ञप्ती निकाली हाललाई अधिवेशन स्थगित गर्नुपर्ने माग गरेका हुन् ।
विज्ञप्ति प्रकाशित गर्नेमा महेन्द्र सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का रहेका छन् । उनीहरुले विज्ञप्तीमार्फत पछि उपयुक्त समयमा अधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउनमा खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहेका नेपाली युवा महेन्द्र सुवेदीले जनाएका छन् ।
नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामा मात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले सुनाए ।
एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ । रासस
|
अमेरिकामा मनाइयो भानुजयन्ती वासिङ्टन डिसी। अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्याएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरेका थिए।
उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए ।
कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे । उनले भने, “हामीलाई आर्थिक स्वतन्त्रताका लागि विदेशी भूमिमा पुर्याए पनि भानुभक्तको योगदान र उहाँले गर्नुभएको भाषागत स्वतन्त्रताको योगदानलाई दुई सय वर्षपछि पनि हामीले सम्झिरहेका छौँ ।”
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए ।
यसैबीच अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्नुहुने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ । दुई हजार डलर राशिको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिएका छन्।
यस्तै डायस्पोरा पुरस्कार महेश्वर पन्तद्वारा लिखित ‘बौलाहाको डायरी’लाई, निबन्ध पुरस्कार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’, कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’ र गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’लाई प्रदान गरिएको छ । यी पुरस्कार होमनाथ सुवेदी, डा श्याम कार्की, इन्दिरा कार्की, पदम विश्वकर्मा, डिल्लीराम तिम्सिना र सीता शर्माले स्थापना गरेका हुन्।
यसैगरी सर्वोत्कृष्ट काव्य पुरस्कार सिन्धु पौडेलको ‘मृत सागरको उचाइ’, डा गोविन्द आचार्यको ‘दङ्गी उर्वशी’, निर्मोही व्यासको ‘आवारा बादल’, कथाकार महेश पौडेलको ‘अपिरिचित अनुहार’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही एक हजार डलर रहेको छ ।
|
नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया अमेरिका। उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ ।
उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चचारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका पत्रकार संघ (नेज) ले जुलाई ९, २०२३ मा आयोजना गरेको “उत्तर अमेरिकामा सञ्चालित सञ्चारमाध्यमको अवस्था, सम्भावना र चुनौती” विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले लक्षित वर्गका लागि सूचना सम्प्रेषणमा प्रभावकारी भूमिका निभाएका सञ्चारमाध्यमहरूको व्यावसायिक विकासको सवाल भने चिन्ताको विषय रहेको धारणा राखे।
समुदायमा रहेर पत्रकारिता गरिरहँदा र समुदायसँग केन्द्रित सञ्चारमाध्यम सञ्चालन गरिरहँदा व्यावसायिक विकासविना यसको निरन्तरताको विषय अहम् चुनौतीको रूपमा रहेको सहभागीहरूको भनाइ थियो ।
नेपाली भाषाको विस्तार,डायस्पोरामा हुर्कंदो नेपाली पुस्तालाई नेपाली भाषासँग जोड्न, संस्कृति प्रवर्धन र समुदायलाई एकताबद्व बनाउने दिशामा नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूले भूमिका खेल्दै आए पनि अपेक्षाकृत रूपमा गुणात्मक विकास हुन नसकेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरे।
नेजाले सञ्चारमाध्यमको व्यावसायिक विकास तथा समयसापेक्ष रूपमा प्रविधियुक्त पत्रकारितामा अभ्यस्त बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित कार्यक्रम गर्न सहभागीहरूको सुझाव थियो।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, उपाध्यक्ष सुजन पण्डितको स्वागत मन्तव्य र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाली पोष्ट डट कमका प्रधान सम्पादक गिरीश पोखरेल, संघका पूर्वअध्यक्ष तथा एभरेष्ट टाइम्स न्युजका प्रधान सम्पादक आङछिरिङ शेर्पा, नेजाका पूर्वअध्यक्ष एवं ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहाल, नेजाका पूर्वअध्यक्ष एवं रियल खबर डट कमका प्रधान सम्पादक भोला आचार्यको सहभागिता रहेको थियो ।
यसैगरी, बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका विशेष संवाददाता अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइन डट कमका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक बिजय घिमिरे, खसोखास डट कमका सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सल्लाहकार सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी, सम्पादक ओम आचार्य, विश्व न्युज डट कमका निर्देशक योगेश आदी सहभागी थिए।
यस्तै, अन्तरक्रियामा नेजाका सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजहरू रोशन अधिकारी, सुपेन्द्र बस्नेत, शंकर थापा, सिर्जना काफ्ले, गोकर्ण लामिछाने, कार्यसमिति सदस्य ईश्वरी न्यौपाने, नेजाका सदस्यहरू सन्तोषी अधिकारी, गोपाल गर्तौला, सञ्चारकर्मी लक्ष्मी क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।
|
अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन वासिंगट डिसी। अमेरिकाको पहिलो हिन्दू-अमेरिकी सम्मेलन शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो।
सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको थियो।
प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं।’
यस हिन्दु सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाई छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौं,’ उनले भने ।
हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्य समितिले आयोजना गरेको हो। यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोस्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।
|
जेन ट्राभल्ससँग सस्तोमा अमेरिकाबाट नेपाल यात्रा गर्नुहोस् जेन ट्राभल्स वाशिङ्टन डिसी २०२-५५२-१५०८ zentravels.com
वाशिङ्टन डिसी । यो गर्मीमा भाडा निकै महँगो भएको छ । यदि तपाइँ दशैं र तिहारको लागि नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने, कृपया तपाइँको टिकटहरू अहिले नै खरिद गर्नुहोस्। धेरैजसो सहरहरूको भाडा ११०० अमेरिकी डलरदेखि र १६७५ डलरसम्म (करसहित) को बीचमा हुनेछ।
यी मूल्यहरू आगामी दिनहरूमा बढ्ने अपेक्षा गरिएको छ र हामी तपाईंलाई सकेसम्म चाँडो आफ्नो सिट सुरक्षित गर्न प्रोत्साहन गर्छौं। न्यूनतम भाडा सुरक्षित गर्न लचिलोपन आवश्यक हुनेछ ।
नेपालको स्वास्थ्य मन्त्रालय र सूचना मन्त्रालयको जुन २, २०२३ को आधिकारिक वक्तव्यअनुसार अब अमेरिकी आगन्तुकहरूलाई नेपाल भ्रमण गर्न पीसीआर परीक्षण आवश्यक छैन। (मितिहरू जाँच गर्न आवश्यक छ)।
भाडा न्यूयोर्कबाट सस्तो र डलास, ह्युस्टन र मध्य राज्यहरूबाट महँगो छ। प्रत्येक एयरलाइन्सको छुट्टै भाडा छ र हामी हाम्रो कुराकानीको क्रममा तपाईंलाई सल्लाह दिनेछौं।
यहाँ दशैं र तिहारको सबैभन्दा महत्त्वपूर्ण मितिहरू सहितको क्यालेन्डर छ।
|
लस एन्जलसमा महापुराणको आयोजना गरिँदै क्यालिफोर्निया। क्यालिफोर्नियाको लस एन्जलसमा आउने महिना जुलाइमा शिव महापुराण लगाइने भएको छ।
श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए को अगुवाइमा सम्पूर्ण संघसंस्था तथा नेपालीभाषीहरुको सहयोग र सहभागितामा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा जुलाई ९ देखि १५ सम्म लस एन्जलस काउन्टी अन्तर्गत नरवाक शहरमा रहेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा “लस एन्जलस आध्यात्मिक महोत्सव तथा शिव महापुराण २०२३” आयोजना गर्न लागिएको हो।
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर संयुक्त राज्य अमेरिकामै नेपाली समुदायद्वारा निर्मित धार्मिक स्थल हो जहाँ हरेकजसो नेपाली चाडपर्वहरू धुमधामका साथ मनाइँदै आइएको छ।
नियमित पुजाआजाका अतिरिक्त विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानको केन्द्रका रूपमा स्थापित यो मन्दिरमा हुँदै आइरहेका विशेष कार्यक्रमहरूमा सयौंको संख्यामा नेपाली समुदायको जमघट हुने गरेको छ। नयाँ पुस्तामा नेपाली बोलचाल र लेखनको अभ्यासका लागि मन्दिरमा हरेक आइतबार नेपाली पाठशाला पनि सञ्चालन हुँदै आइरहेको छ।
क्यालिफोर्नियामा नेपाली संस्कार र संस्कृतिको प्रवर्धन, निरन्तरता र विस्तारको उद्देष्यका साथ स्थापित यो मन्दिरमा नेपाली समुदायको पहलमा विभिन्न कार्यक्रमहरु हुँदै आइरहेका छन्।
यस्ता कार्यक्रममा हुने व्यापक जनसहभागिताका कारण यो क्षेत्रमा सामुदायिक भवनको अत्यन्त आवश्यकता देखिएको भन्दै श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए, यसको तयारीका लागि जुटिरहेको छ।
यसै सिलसिलामा सामुदायिक भवन निर्माणार्थ महापुराणको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष रामेश्वर भण्डारीले जानकारी दिए।
यो विशेष धार्मिक अनुष्ठानको तयारीमा तिव्रता दिदै संस्थाका निबर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा महापुराण मूल समारोह समिति तथा कार्यक्रमलाई सफल बनाउन समाजसेवी वेद भक्त जोशी तथा नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल रहेको सल्लाहकार समिति सहित विभिन्न समितिहरू बनाइएको फाउण्डेसनका सचिव डिल्ली (सिद्धार्थ) सिलवालले बताए।
नेपाली संस्कृतिको जगेर्ना, प्रबर्धन र विस्तारका लागि सामुदायिक भवनको सपना साकार बनाउन लागी परिरहेको मन्दिर व्यवस्थापन समितिले महापुराणमा सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई र बिशेष गरि क्यालिफोर्निया निवासी सम्पूर्ण समुदाय सदस्यहरूमा हार्दिक निमन्त्रणा दिएको छ।
|
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक वासिंटन डीसी। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ।
नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्रहरू महोत्सवमा प्रदर्शन हुने जनाइएको छ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन्।
वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ।
आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ।
त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।
स्थापना कालदेखि सहकार्यरत ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुबर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। यस वर्षका निर्णायक मण्डलको नाम केही दिनमा सार्वजनिक गरिने जनाइएको छ।
महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ।
“कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं,” महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन्।
महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो। म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ।
|
गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट काठमाडौं। गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन्।
अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन्। गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
यो विधेयक पास भएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन्।
सभापति विष्टले विधेयक प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको साथै विदेशमा बस्ने नेपालीको हक, अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको बताएका छन्। नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको विष्टले उल्लेख गरेका छन्।
‘भूगोलमा जहाँ रहे पनि सबैभन्दा पहिले हामी नेपाली हौं। हाम्रो हक, अधिकारको सुनिश्चितता गर्ने पहिलो जिम्मेवारी नेपाल सरकारको हो। यसका लागि विश्वभर छरिएर रहेका आम नेपाली जनसम्पर्क समितिका सदस्य र गैर आवासीय नेपाली संघले निरन्तर आवाज उठाउँदै आएको जगजाहेर नै छ। हाम्रो निरन्तरको सामूहिक अनुरोध र संगठित आवाजलाई आज हाम्रो मातृभूमिको सरकारले सुनेको छ। यसका लागि हामी हाम्रो मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र संसदमा रहेका माननीयज्यू सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैगरी यस विधेयकका पक्षमा उभिने सबै राजनीतिक दलका नेता र प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका माननीयप्रति पनि विष्टले आभार व्यक्त गरेका छन्।
‘विधेयकलाई प्रमाणीकरणका लागि पहलकदमी लिने वर्तमान नेपाली कांग्रेससहितको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र सिंगो मन्त्रीपरिषद्लाई विशेष धन्यवाद दिन चाहन्छौं। साथै प्रमाणीकरण भैसकेको यो विधेयकलाई अब तत्काल कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउनेलगायतका अन्य सरोकारका काम नेपाल सरकारबाट तत्काल सुरु हुनेछ भन्ने अपेक्षासहित प्रक्रिया अघि बढाउन अनुरोध समेत गर्दछौं। यसका साथै हामी विदेशमा रहेका आफ्ना नेपाली नागरिकलाई मताधिकार दिने बारे सर्वोच्च अदालतले गरेको निर्णय तत्काल कार्यान्वयन गर्दै अधिकारको सुनिश्चितता गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
|
खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ काठमाडौं। स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ। स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो।
कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ। यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गरेका छन्।
साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ। स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गरेका छन्।
बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किएका छन्। कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गरेका छन् यस कृतिमा।
यस कृतिको सम्पादन रमेश दाहालले गरेका हुन् हो भने प्रकाशक उषा दाहाल छिन्। ३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ।
दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन्।
|
नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक वासिङ्गटन डीसी । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ। नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्रहरू महोत्सवमा प्रदर्शन हुने जनाइएको छ ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन् । वासिङ्टन डिसी महानगर क्षेत्रमा स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।
आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।
स्थापना कालदेखि सहकार्यरत ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । यस वर्षका निर्णायक मण्डलको नाम केहि दिनमा सार्वजनिक गरिने जनाइएको छ। महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । मेरिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
“कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं,” महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन् ।
महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । मेरिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।
|
नेपाली कला संस्कृति त्याग्न नसकेको एक सपना काठमाडौं। भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो ।
आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक बन्ने चाहनाले छोडेन ।
आफ्नो चाहनालाई सपनाकै रुपमा लिए र निरन्तर अघि बढे । सायद त्यही मेहनतको प्रतिफल यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उनीहरु प्रतिस्पर्धामा छन् ।
पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर पनि नेपाली कला र संस्कृति नछोडेका उनीहरु यतिखेर काठमाडौँमा जारी सो प्रतियोगिताका सहभागी छन् । नेपाली गीतसङ्गीत र नृत्यलाई आफ्नो सपना बनाएका उनीहरु अहिले खुसी छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा अडिसनदेखि पछिल्लो समयसम्मको यात्रा तय गर्दा सपना झैँ लागेको छ, राजेश सुब्बालाई । उनी गायनसँगै गितार बजाउन खप्पिस छन् ।
“पहिलो पटक साथीहरूसँग मिलेर मजदुरी गरेर गितार किनेको थिएँ । शिविरमा हुँदासमेत समय निकालेर नै साधना गर्ने गरेको थिएँ । आर्थिक अभावले धेरै सपना बाहिर निस्किन पाएका थिएनन्”, सुब्बाले भने । उनी अमेरिकामा भएको अडिसनमार्फत छानिएर नेपाल आएका हुन् ।
यो यात्राको त उनले कल्पनासमेत गरेका थिएनन् । शिविरमा छँदा गायनमा धेरै रहर भए पनि परिचय अभावले उनलाई अगाडि बढ्न दिएको थिएन ।
“मसँग राष्ट्रियता थिएन । त्यसैले गर्दा शिविर बाहिर हुने गतिविधिमा सहजै सहभागी हुने अवसर मिल्दैनथ्यो । तर पनि आफ्नो सपनालाई निरन्तरता दिएँ”, उनले भने । अमेरिकामा आफ्नै व्यावसाय गरिरहेका सुब्बाले दैनिक केही घण्टा सङ्गीत साधनालाई छुट्याएका छन्। जतिसुकै काम गरेर फर्किए पनि उनको त्यो दैनिकी नै बनिसकेको छ ।
शिविरमा रहँदा सुब्बाभन्दा केही सहज थियो तारा तिवारीलाई । “आर्थिक अभाव नभएको होइन । तर रहर त्याग्नुपर्ने अवस्था पनि थिएन । मैले जिल्लासम्म पुगेर साङ्गीतिक कार्यक्रममा सहभागिता जनाएको छु”, तिवारीले भने। उनी पनि सुब्बा झैँ गायनमा सुखदुःखको यात्रा गर्दै अहिले ‘रियालिटी शो’सम्म आइपुगेका छन्।
उनीहरूभन्दा उमेरमा पाको छन् जीवन गुरुङ । बाल्यकालदेखि क्यासेट सुनेर गुनगुनाउन थालेका गुरुङ त्यही क्रममा गायनसँग नजिकिए । रेडियो र क्यासेटमा गीत सुनेर आफ्नो गुनगुनाउने कलालाई गायनमा बदले । गुरुङ अहिले पनि प्रतिस्पर्धामा छन्। “गायनसँग रहरमै भए पनि धेरै वर्षसम्म सम्बन्ध जोडिएको छ । त्यही सम्बन्धले अमेरिकाबाट नेपाल ल्यायो”, गुरुङले भने।
गुरुङ झैँ बाल्यकालमा पनि गीत सङ्गीतमै हुर्किने वातावरण पाए टेक दूतराजले पनि । शिविरमा रहँदा आर्थिक अभावका कारण गीत सुन्नसमेत सङ्घर्ष गर्नुपथ्र्यो । नयाँ ठाउँ भएकाले सहजै शिविर बाहिर जाने अवस्था थिएन ।
“एउटा क्यासेट पाएपछि त्यहीँ गीत सुनेर बारम्बार गाउने गर्थेँ । अरू साथी पनि यस्तै गर्थे । पछिपछि सेवासुविधा थपिए । गायनको कक्षासमेत हुन्थ्यो तर आर्थिक अभावका कारण काममा जानु पथ्र्यो”, दूतराजले भने ।
मन मगरलाई भने बेलाबेलामा सङ्गीत छाड्ने विचार आउने गथ्र्यो । किनकी आफ्नो सपनालाई साकार पार्ने कुनै उपाय उनीसँग थिएन । शिविरको जीवनमा परिधिले सपना खुम्च्याउँदै थियो ।
“शिविरमा पाइने खाद्यान्नले नपुग्दा मजदुरी गर्थेँ । त्यो समयमा गायनलाई अगाडि बढाउने कुनै उपाय नै थिएन । अमेरिका पुगेपछि पनि दैनिकीले सहजता दिएन । सुरुआती समय घुलमिलमै गयो । तर रहर त कहाँ दबिएर बस्छ र ?”, मगरले भने, “यो यात्रा हाम्रो एउटा आँट पनि हो । हामीले दैनिकीलाई छाडेर आफ्नो सपना पूरा गर्न नेपाल आएका छौँ । यो हाम्रा लागि कर्मले जुराएको अवसर हो ।”
मगरले अन्तिम समयमा अडिसन दिएका थिए । उन्नाइस घन्टाको यात्रा तय गरेर अडिसन दिन पुगेपछि आफ्नो सपनासँग उनी झनै नजिकिए । “तीन दिन बाँकी हुँदा मात्र मैले पाउने छुट्टी माग गरेर अडिसनमा आफैँ यात्रा तय गरेर सहभागी भएँ । मभित्र गायनको महत्व कस्तो रहेछ भन्ने त्यो यात्राले पनि जानकार गरायो, “ मगरले भने ।
मगर झैँ प्रतियोगितामा अहिले बाँकी रहेका पाँच (शिविरमा रहेर अमेरिका पुगेका) छन् । उनीहरु ‘मेरो भ्वाइस युनिभर्स’ सम्म आइपुग्नुको श्रेय परिवारलाई नै दिन्छन् । हिजो रहरलाई छुट्याएर गरेको सङ्घर्षकै फल आज जीवन सोचेजस्तो भएको छ । त्यही कारण अहिले परिवारको साथ लिएर रहरको यात्रामा छन् यी युवा ।
शिविरमा रहँदा उनले बाहिरसमेत साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर पाए। अन्यले नपाएको अवसर पाउनुमा अग्रजकै राम्रो काम रहेको तिवारीले बताए ।
“हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाल्नुभयो । शिक्षा, सङ्गीतलगायतका विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्ताले सहजता पाएका थियौँ”, तिवारीले भने ।
नेपालबाट राष्ट्रियता नभएकै कारण अमेरिकामा पुनर्वासका लागि पुगेका पाँच जनाको परिचय छ । तर उनीहरु खुसी भने छैनन् । “हामीले थाहा नपाई अमेरिका पुगेका थियौँ । पहिला पुग्नेले केही समस्या पनि झेल्नुभयो । भाषाको समस्यादेखि आफ्नो भन्ने कोही थिएनन । तर पछि राम्रो भयो”, मगरले भने। सुब्बालाई भने ‘म नेपाली हुँ’ भन्दा गौरव लाग्छ । उनले आफूलाई यसरी नै परिचित गराउँछन्। तर, नेपाल रहँदा यो अधिकार उनले पाएका थिएनन् ।
“हामी नेपाली बोल्छौँ । आफूलाई परिचित गराउछौँ । हाम्रो मनमा त्यही भाव छचल्किएको छ”, सुब्बाले भने, “अहिले हाम्रो बच्चालाई हामीले सक्दो नेपाली कला र संस्कृतिसँग नजिक ल्याउने प्रयासमा हुन्छौँ । घरमा नेपाली नै बोल्छौँ ।” केहीले त घरमा नेपाली भाषामा मात्र कुरा गर्ने नियम झैँ बनाएका छन्। नेपालीत्व नयाँ पुस्तामा पनि उस्तै होस् भन्ने उनीहरूको चाहना छ ।
“नेपाली बोल्न गाह्रो नै छ, नयाँलाई । उनीहरु अमेरिकामै जन्मिए र हुर्किंदै छन् । यद्यपि हामीले सक्दो मेहनत गरेर सिकाउने र बुझाउने गरेका छौँ”, दूतराजले भने । उनी र गुरुङले नेपाली पढाउनेसँगै गीतसङ्गीतसँग बालबालिकाको सामीप्यता बढाउने गतिविधिसमेत गर्छन् । गायन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका यी पाँचकै ठूलो सपना छैन । आफ्नो रहरको उडान भरेका सबै प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुन पाउँदा नै खुसी छन् ।
“हामीले निकै दुःखको समयमा पनि गायन छाडेनौँ । त्यसकै प्रतिफल आज यहाँ छौँ । सफलता वा असफलताभन्दा पनि हामी सबै यो क्षणलाई उत्सवका रुपमा लिइरहेका छौँ”, गुरुङले भने।
गीत सङ्गीतको कुनै औपचारिक शिक्षा नलिएका पाँचै जनाले सुन्दै, सिक्दै प्रतियोगितासम्म आइपुगेका हुन्। आउँदो समयमा उनीहरूले गीत सङ्गीतमा कुन स्थान हासिल गर्छन् भन्ने कुनै चिन्ता छैन । तर, गीत सङ्गीत भने आफूबाट कहिले टाढा नहुने उनीहरु बताउँछन् ।
नेपालबाट अमेरिका जाँदा होस् या अहिले फर्किंदा सामान्य बनेर आएका पाँच जनाको अगाडि अहिले गायक पनि थपिएको छ । आगामी दिनमा उनीहरुलाई सम्बोधन गर्दा त्यो जोडिन्छ । अभावमा समेत आफ्नो सपनालाई त्याग्न नसकेका यी पाँच जनाले प्रतियोगीका रुपमा जित्ने वा हार्नेभन्दा पनि पाइरहेको परिचय र बाँचिरहेको सपनामा रमाइरहेका छन् ।
उनीहरुका हिजोका दिन के भए उनीहरुले भोगेका छन् । उनीहरु शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छाअनुसार नभए पनि अमेरिका पुनर्वास हुनुपर्यो । तर यसपटक भने उनीहरु आफ्नो इच्छा र चाहना बोकेर नेपाल आएका छन् ।
अभाव र परिधिमा रहेर बाँचेको जीवनमा अहिले उनीहरु आफ्नो सपनाको उडान भरिरहेका छन् । यसमा नेपालमा आयोजना भएका रियालिटी शोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।
गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।
गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाहरुको अब अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका उनीहरु अब दौड जित्ने बाटो तय गर्दैछन् ।
नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।
सन् १९९० को दशकको सुरुमै भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । ‘एक भाषा, एक संस्कृति’ नीतिका नाममा जोङ्खा भाषा लाद्न सुरु गरेपछि नेपाली भाषा र संस्कृतिमा प्रतिबन्धित लगाइयो ।
नेपाली भाषाका पुस्तक र सांस्कृतिक वेषभुषा जलाइयो । उक्त नीतिको विरोधमा भुटानको दक्षिणी भागमा बहुसङ्ख्यामा बस्ने नेपाली भाषीले शान्तिपूर्ण आन्दोलन गरे । फलस्वरुप उनीहरु देश निकालामा परे ।
यसरी लखेटिएका नेपाली भाषी भुटानी नागरिकलाई भारतले शरण नदिएपछि नेपाल आउनुपर्यो । नेपालमा शरणार्थी शिविरमा आफ्ना अभिभावकसँगै हुर्किएका यी युवा जसले शिविरदेखि अमेरिकासम्म नै नेपाली भाषा र संस्कृतिलाई त्याग्नु त परै जाओस सपनाका रुपमा लिए, अहिले खुसीसाथ नेपाली गायन र नृत्यमा उत्रिएका छन् ।
भेषराज कार्की\रासस
|
डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति अमेरिका। अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ।
अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका लागि सो छात्रवृत्ति दिइन्छ।
डा. गुप्तासँगै लेखक तथा अभियन्ता सरिता परियार, नेपाल सरकारका उपसचिव शिशिर लामिछाने, नेशनल फरेन्सिक अफिसका वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत रस्मिता सुवाल यो छात्रवृत्ति पाएका छन्।
डा. सञ्जीव गुप्ताले सामुदायिक अस्पताल स्थापना गरेर नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। डा. गुप्ता भक्तिवेदान्त हस्पिटलको सिईओ पनि हुन्।
यो छात्रवृत्ति जित्नेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालय मा अध्ययन गर्न पाउनुका छन् साथै उनीहरुलाई व्ज्ञ भिजामा अमेरिका पठाइनेछ। उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर, नेपाली रुपैयाँ १ करोड तीस लाख प्रतिवर्ष पाउनेछन्।
जुन अमेरिकाका औषध श्रमिक व्यक्तिहरूको तुलनामा झण्डै दोब्बर हो। सन् २०२३, फलमा मास्टर्स डिग्रीको लागि उक्त छात्रवृत्ति नेपालबाट क्रमस डा. सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवालले पाएका हुन्।
|
भर्जिनियाको फेयरफ्याक्समा गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट ब्याण्डको एकसाथ प्रस्तुती हुँदै भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको तन्दुरी नाइट्स चमेनागृहमा प्रसिद्ध गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट सङ्गीत मण्डली (ब्याण्ड)को प्रस्तुती हुने भएको छ।
कोरोना महामारीपछि गायिका गुरुङ तथा सङ्गीत मण्डलीहरुले भर्जिनियामा एकसाथ बिशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रम आगामी मे १९ का दिन शुक्रबार हुने भएको छ।
कार्यक्रम ठिक ७ बजे सुरु हुने बताईएको छ। टिकट दर केवल २० डलर अगाडी खरिद गर्दा पाइने छ भने कार्यक्रम स्थलमा २५ डलर मा खरिद गर्नुपर्ने आयोजकले जानकारी दिए।
आयोजकले यस क्षेत्रमा बसोबास गर्ने र सङ्गीतप्रति रुचि राख्ने सबै नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दै सबैलाई चुलो निम्तो दिएका छन्।
कार्यक्रमको ठेगाना 10312 willard way ,fairfax va 22030 रहेको छ भने कार्यक्रम तन्दुरी नाइट्समा हुनेछ।
|
यस वर्ष अमेरिकादेखि नेपालसम्म सस्तो यात्रा कसरी गर्ने? वाशिङ्टन डिसी। यस वर्ष विशेषगरी गर्मीमा नेपाल जाने भाडा निकै उच्च छ। अमेरिकामा हाई स्कूल बन्द हुँदा धेरै परिवारहरू जून १० पछि केही समय बाहिर जान रुचाउँछन्।
कतार एअरलाईनसले वासिङ्गटन डिसीबाट २६०० डलरभन्दा बढी, डालस र ह्युस्टन टेक्सस बाट ३२०० डलरभन्दा बढी भाडा लिइरहेको छ र भाडा यति धेरै बढेको छ कि यात्रुहरुले गर्मीमा नेपाल उडान नगर्ने निर्णय गरेका छन्।
सस्तोमा नेपाल उडान कसरी गर्ने भन्ने बारे यहाँ केही सुझावहरू छन्।
अमेरिकाबाट मे ३१ भन्दा अगाडि वा सेप्टेम्बर १ पछि अमेरिकाबाट बाहिर जानुहोस्। तपाईंले उच्चतम बिक्री अवधि बेवास्ता (Avoid) गर्दा भाडा धेरै कम हुन्छ।
न्यूयोर्क राज्य वरपर पेन्सिलभेनिया, डेलावेयर, न्यू इङ्गल्याण्ड राज्यहरूका मानिसहरूका लागि कुवेत एयरवेजमा उडान भर्नुहोस् । यदि तपाईं मे अघि वा अगस्ट पछि बाहिर जानुहुन्छ भने भाडा लगभग १२०० डलर हुनेछ।
यदि तपाइँ जुन र जुलाईमा उडान भर्नुहुन्छ भने भाडा १४०० डलर र १८०० डलर को बीच हुनेछ। यति हुँदाहुँदै पनि एस्लाई सहजनै ठान्नु पर्छ। तपाईले आफूलाई जेएफके एअरपोर्टमा छोड्न परिवारको एक सदस्यको सहयोग लिन सक्नुहुन्छ।
यदि तपाइँ दशैं वा तिहारको समयमा नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने, यो वर्ष सीमित उपलब्धता भएकाले तपाइँलाई तपाइँको टिकटहरू अहिले नै खरिद गर्न सुझाव दिन्छौं।
तपाईले जेन ट्राभल्सलाई 202-552-1508 मा सम्पर्क गर्न सक्नुहुन्छ वा zentravels.com मा सीधै बुक गर्न सक्नुहुन्छ।
|
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ काठमाडौं। ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका १२० र नृत्यका १२० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् ।
नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण हुने टेलिभिजनका महाप्रबन्धक फूलमान बलले जानकारी दिए ।
“टेलिभिजनले दुवै ‘सो’ मा मिडिया पार्टनरका रूपमा सहकार्य गरेको छ । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई विश्वमा रहेका बढीभन्दा बढी नेपालीसम्म पुर्याउनु हाम्रो उदेश्य हो”, महाप्रबन्धक बलले भने, “यो कार्यक्रमले विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । यसका विजेताले आकर्षक राशिको पुरस्कार त पाउँछन् नै त्योभन्दा पनि सोमार्फत संस्कृति प्रवर्द्धनमा गरिएको प्रयास उल्लेखनीय छ ।”
त्यसैगरी, नृत्यसँग सम्बन्धित ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण हुनेछ । दुवै सोहरू तीस–तीस एपिसोडको हुने समेत उनले जानकारी दिए ।
यी कार्यक्रमको महत्वलाई बुझेर नेपाल टेलिभिजनले ‘प्राइम’ समयमै प्रसारणको व्यवस्था गरेको र दुवै कार्यक्रम एक घन्टा दश मिनेटको हुने महाप्रबन्धक बलले जानकारी दिए ।
नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।
गायन रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, शिप परियार, पुस्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् ।
यसैगरी, नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई छन् ।
यी कार्यक्रमको प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन् । नेपालमा आयोजना भएका रियालिटी सोमध्ये यी सोमा अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।
गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।
संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच गत महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् । ती प्रतिभाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतले भेटेर शुभकामना दिएका छन्।
|
अमेरिकामा राजनीतिक सफलता पछ्याउँदै नेपालका ह्यारी वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन्।
आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी ।
अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन्। अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।
केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन्। कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ ।
अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ ।
अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन्। उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन्। उनी सफलता पछ्याउँदै अघि बढेका छन्।
भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रचेका छन्। आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएका थिए ।
ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ ।
पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गरेका थिए। यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन्।
संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत हुन् ।
संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो ।
बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो ।”
हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा गए र पारित गराउन सफल भए । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भने, “दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।”
चार दशकदेखि अमेरिकामा बस्दै आएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गरेका डा श्याम कार्कीले खुसी हुँदै भने, “डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गर्नुभएको पुष्टि भएको छ ।”मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहेका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको कार्कीको भनाइ छ।
साहित्यकार तीर्थ पाण्डेयले भने, “यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।”
खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन्। साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आफ्नो बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् ।
भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित भएका छन्। उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन्। विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ ।
सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गरेका थिए । सामाजिक अभियन्ता अर्जुन हमाल भन्छन्, “आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उहाँ मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुग्नुभयो । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।”
अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ ।
कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आएका छन्।
अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उनको कार्यालयले गर्दै आएको छ ।
भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको संघसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन्। यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् ।
भर्जिनियामा बस्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्छन्, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गर्नुभएको छ।” उनले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाउनु भएको बराइलीले टिप्पणी गरे ।
मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्छन्, “ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।”
अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिएका थिए। मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उनको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् ।
भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पु¥याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन्।
उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए। आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनी बताउँछन्।रासस
|
अनेसास जोर्जिया च्याप्टरको नयाँ कार्यसमिति गठन अमेरिका। २०२३-२५ कार्यकालको निम्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जोर्जिया च्याप्टरको निर्वाचन भर्खरै सम्पन्न भएको छ।
नवगठित कार्यसमितिका सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्।
निर्वाचित सबै पदाधिकारीहरुलाई आज एक विशेष समारोहमा निर्वाचन समितिका प्रमुख आयुक्त राजा घलेले पदीय प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना समेत दिए।
नवनिर्वाचित पदाधिकारीहरुको नामावली यसप्रकार छ।
अध्यक्ष (President): मीरा कोइराला
वरिष्ठ उपाध्यक्ष (Executive VP): डा. तुलसी आचार्य
उपाध्यक्ष (Vice President): नमिता घिमिरे
महासचिव (General Secretary): बिष्णु पगेनी
सचिव (Secretary): डा. तिर्थ तिम्सिना
कोषाध्यक्ष (Treasurer): डा. ध्रुब बन्जाडे
सदस्यहरु (Members):
• राजेश सिजापति
• मुना आचार्य
• बिपिन महतो
• कमला बिस्ट
• अविनाश फूएल
• सुष्मा घिमिरे सिग्देल
• सीता अधिकारी
• अनिता भण्डारी तिमिल्सिना
नवनिर्बाचित अधक्ष मिरा कोइरालाले नया कार्यभार सम्हाल्न पाउदा खुशी ब्यक्त गर्दै आफ्नो काँधमा नयाँ र गहन सामाजिक जिम्मेवारी आएको जनाउँदै यसलाई समाजको हितमा काम गरी हाम्रो कार्यकालमा केही ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन्।
कार्यक्रम संचालन निर्वाचन आयुक्त जनक बरालले गरेका थिए भने अर्का निर्वाचन आयुक्त डा. विश्व अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
नव निर्वाचित कार्यसमितिको प्रथम बैठकले ५ सदसीय सल्लाहकार पनि नियुक्त गरेकाे छ।
१ राजा घले
२ प्रो डा राम चन्द्र बराल
३ जनक बराल
४ बिमल रेग्मी र
५ अनिल कोइराला
|
मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै काठमाडौं। मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो । सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।
सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैरआवासीय नेपालीहरुको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपूर्ण सवालहरुमा छलफल हुने जानकारी दिए । उनले भने, ‘सम्रग नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरुको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छौं ।’
‘सम्मेलनमा नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
संयोजक पोखरेलले एनआरएनएबीच वृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।
त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौं । उपलब्धीमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढि केन्द्रीत छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हीतका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’
साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ ।
|
अमेरिकामा पनि घट्यो घरजग्गाको कारोबार न्युर्योक । अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो ।
अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो ।
अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको बिषयलाई चिन्ताको रुपमा लिईएको छ । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशाष्त्रीहरुले जनाएका छन ।
‘संसारलाई झै अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड–१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात जिविकोपार्जनका लागि मात्रै पैसा कमाईरहेका छन भने झै अवस्था देखा परेको छ, जसको परिणाम स्वरुप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशाष्त्री निक जोन्सनले भने ।
विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ । एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०।९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो ।
तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा पनि अहिले घर जग्गाको कारोबार घटेर अर्थतन्त्रमा नकारात्मक असर गरेको भन्दै कित्ताकाट खुल्ला गरिएको छ ।
|
देवकोटाले सबैलाई नचाए अमेरिका। इन्ल्यान्ड एम्पाएर नेप्लीज वेल फेयर सोसाइटीको सेल्भेन पार्कमा भएको सासंकृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। लोक दोहोरी गायक कृष्ण देवकोटाले आफ्ना चर्चित गीत गाउदा सबै नाचेर साथ दिएका थिए।
वाणिज्यदूत रिसी ढकालको मुख्य अतिथी एनआरएन क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, सल्लाहाकार रामचन्द्र लामिछाने विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष सुशील चौगाइँको अध्यक्षतामा भएको थियो।
वालवालिका र स्थानीय कलाकारले थप रोचक बनाएका थिए। अध्यक्ष सुशील चौगाइँ र संचारकर्मी मिलन न्यौपानेको समेत बिशेष प्रस्तुती रहेको थियो। कार्यक्रममा पाँच सयजनाको उपस्थिति रहेको थियो।
|
नेपाली गीत अन्तर्राष्ट्रियकरण हुँदै अमेरिका। सुनिता बस्नेत थापाको शब्द, सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको एरेन्ज र सविना जोशी साहको स्वरमा “नरुनु प्रिय” नामक गीत हालै सार्नजनिक भएको छ।
साहित्यकार सुनिता बस्नेत थापा र “महसुस” नामक एकल एल्वब करिव १०/१२ बर्ष पहिले नै नेपाली संगीत क्षेत्रमा अर्पण गरिसकेकि मधुर स्वरकी धनी गायिका सविना जोशी प्रवाशमा रहेर पनि गीति कोसेली नेपाली सांगीतिक भण्डारमा भर्ने काम गरेका छन्।
नयाँ वर्ष २०८० को पावन अवसरमा संगीतकार एवं प्राज्ञ सुनिल मास्केको Gmajor नामक YouTube channel बाट सो गीत सार्वजनिक गरिएको हो।
यो गीत डालास टेक्ससको स्टुडियोमा अन्तर्राष्ट्रिय व्यक्तित्व Aaron Wolpin ले रेकर्ड गरेका थिए।
नेपाली गीत आफ्नो स्टुडियोमा रेकर्ड गर्न पाउँदा आफू अन्तर्राष्ट्रिय रुपमा सांगीतिक टिमसँग संलग्न हुन पाएकोमा गीतका रेकर्डिस्ट एरन वल्पिनले हर्ष ब्यक्त गरेका थिए। त्यसैले पनि यो गीत विशेष गीत बनेको छ।
भिडियो निर्देशक युवराज वाइवाको निर्देशनमा मोडलहरु उषा उप्रेती र विनोद न्यौपानेले अभिनय गरेका छन्।
संगीत गुरु मनराज नकर्मीसँगको संगीत अध्यय, साथै उनकै संगीतमा चर्चित गीतकार बुद्धवीर लामा, दुर्गालाल श्रेष्ठ, रत्न शमशेर थापा, हेमन्त विवश, केशवराज राजभण्डारी, उषा भट्ट जस्ता प्रतिस्ठित गीतकारहरुको शब्दलाई आफ्नो स्वर दिइसकेकी गायिका सविना जोशी साहको यो गीत गीतियात्राको पुनरागमन रहेको छ भने देवेन्द्र साहकोले व्यवस्पथापन गरेका छन्।
|
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति पौडेल काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्।
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे।
उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए। उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे।
राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे। नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो।
नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु। यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु।’
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।
फाउन्डेसनमार्फत् आफूहरुले संसारभरिका नेपाली जातिबीच सांस्कृतिक एकताको महाभियान सुरु गरेको र सो अभियानलाई राष्ट्रपतिबाट प्राप्त भएको हौसलाले अझ गम्भीर भएर लाग्न मद्दत पुगेको विश्वास लिएको भन्दै अध्यक्ष अधिकारीले संसारभरका नेपालीबीच विभेद नगरी राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए।
फाउण्डेशनले आफ्रिका बाहेकका विश्वका छ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरु प्रारम्भिक छनोट गरी काठमाडौँ ल्याएको छ। ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ।
गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै समूह नृत्य प्रतियोगिता पनि रहेको छ। नेपालमा आयोजना गरिएको यस्तो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो।
|
उम्मेदवारी फिर्ता लिने सूचना !! अनेसास जर्जिया च्याप्टरको २०२३-२५ कार्यकालको निम्ति हुन गैरहेको निर्वाचनमा विभिन्न पदहरुमा आवेदन दिने म्याद भित्र पर्न आएका निवेदकहरुको नामावली निम्न बमोजिम रहेको छ।
आफ्नो स्वेच्छाले दरखास्त फिर्ता लिन चाहानुहुने उमेदवारहरुले यही April 16 आइतबार रातको १२:०० बजे पूर्वीय समय भित्र आवेदन फिर्ता लिन सक्नुहुनेछ। त्यसपछि अन्तिम उमेद्वारको नामावली प्रकाशित गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं।
अध्यक्ष (President) -मीरा कोइराला
बरिस्ठ उपाध्यक्ष (Senior Vice- President)-डा. तुलसी आचार्य
उपाध्यक्ष ( Vice- President)-नमिता घिमिरे
महासचिव (General Secretary) -बिष्णु पगेनी
सचिव (Secretary) -डा तिर्थ तिम्सिना
कोषाध्यक्ष (Treasurer)-डा ध्रुब बन्जाडे
सदस्य (Members) –
राजेश सिजापति
मुना आचार्य
बिपिन महतो
गीता सापकोटा
कमला बिस्ट
अविनाश फूएल
सुष्मा घिमिरे सिग्देल
सीता अधिकारी
अनिता भण्डारी तिमिल्सिना
भवदीय,
१ राजा घले-प्रमुख निर्वाचन आयुक्त ( ४०४-४४७-८२७२ ) RajaGhale@aol.com
२ डा विश्व अधिकारी-निर्वाचन आयुक्त ( २०२-८१२-९५४९ -bishwaa@gmail.com
३ जनक बराल-निर्वाचन आयुक्त ( ७७०-९९०-०८९७ ) jrbaral@gmail.com
निर्वाचन समिति २०२३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टर
Email: inlsga@aol.com
|
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको होः केपी ओली भक्तपुर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन्।
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटमा अन्तरक्रियाका क्रममा उनले भने, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो।”
उनले भने, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि। ती नृत्यको इतिहास कति पुरानो छ? यो सत्ययुगकै कुरा होइन? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ।”
एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राखे। उनले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गरे।
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो।
गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्।
ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उनीसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए। उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए। पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए।
नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।
त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्य ओमराज गुरुङले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।
|
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनलवेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका मार्फत नेपाल आएका नेपाली मूलका कलाकारलाई विशेष सम्मान गरेको छ।
आइतबार काठमाडौंस्थित संघको सचिवालयमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका २ सय जना कलाकारलाई सम्मान गरिएको हो।
इन्ट्रा‐नेशनलवेल फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मूलका २ सय ४० प्रतिष्पर्धी छन्।
कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्दै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेको प्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गरे।
दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको अध्यक्ष केसीले बताए।
उनले भने, “हामी सबै नेपाली जो जहाँ भएपनि सबैले नेपाललाई आमा भन्न पाउनुपर्छ, अझ दोस्रो पुस्ताले आफ्नो पुर्खाको भूमिलाई बिर्सनु हुन्न भनेर हामीले तपाईहरुलाई नेपालसँग जोड्न चाहेको छौँ, तपाई सबै जना अब नेपाली माटोसँग जोडिनुपर्छ।”
संसारभरिबाट आउने नेपालीले मातृभूमि र पितृभूमि सम्झेर देशको समृद्धिमा जोडिनुपर्ने अध्यक्ष केसीको भनाई थियो। हरेक गैरआवासीय नेपालीलाई नागरिकताको सुनिश्चिताका लागि आफू प्रतिबद्ध रहेको उनको भनाई थियो।
कार्यक्रममा संघका उपाध्यक्ष डिबी क्षेत्रीले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न गैरआवासीय नेपालीले गरिरहेको पहलको जानकारी गराउँदै संघले फाउण्डेशनसँग सहकार्य गर्दै नेपाली भाषी र नेपाली मुलका सबैलाई नेपालसँग जोड्ने महान अभियान सुरु भएको बताए।
यस्तै, इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारा सहितको नेपाली जातिय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गरे।
थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उनले आग्रह गरे।
सचिव गोविन्द प्रसाद गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका उपाध्यक्ष दुर्गा आचार्य लगायत नेपालमा रहेका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो।
\
|
विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गरेका छन्।
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका आयोजकसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो आग्रह गरेका हुन्।
प्रधानमन्त्री दाहालले नेपाली जातिको भाषा, संस्कृति र कलाको संरक्षण र सम्बर्द्धनका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सरकारले गर्नुपर्ने यस्ता कार्य स्वयंसेवी रुपमा सम्पन्न गर्न लागेकामा आयोजक संस्थालाई धन्यवाद दिए।
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारका ५० भन्दा बढी देशबाट छानिएका नेपाली कलाकार हाल काठमाडौँ आएका छन्। प्रधानमन्त्री दाहालले संसारमा रहेका नेपाली नागरिकलाई यसरी कला र संस्कृतिका लागि एक ठाउँमा जम्मा पार्ने कार्यको प्रशंसा पनि गरे।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा बोर्ड सदस्यद्वय केबि कार्की र ओम गुरुङसहितको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरेका थिए।
नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको हो।
फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए।
त्यस अवसरमा अध्यक्ष अधिकारीले आफ्नो मातृभूमिमा आउँदा पनि विदेशी नागरिकजस्तो भएर आउनुपर्ने अवस्थाको अन्त्य गर्न तथा सबै देशमा रहेका गैरआवासीय नेपालीहरूलाई समान मान्यता दिन यससम्बन्धी कानुनमा आवश्यक संशोधन गर्न आग्रह गरेका थिए।
सो प्रतियोगिताको ‘साइटलेस अडिसन’ काठमाडौंमा सुरु भएको छ। उक्त प्रतियोगिताको गायन र नृत्यमा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन्।
|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टरको निर्वाचन सम्बन्धि जरुरी सूचना ! आदरणीय महानुभावहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टरको विधान बमोजिम नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी नवनिर्वाचित कार्य समितिको सपथ एवं पद हस्तान्तरण गर्ने गरी यस निर्वाचन समितीलाई जिम्मेवारी प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछौं । अनेसास जोर्जिया च्याप्टरको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित तरीकाले तोकिएको समयमै सम्पन्न गर्ने बिश्वाश दिलाउन चाहन्छौँ ।
अनेसास जोर्जिया च्याप्टरको निर्वाचन आचार संहिता र नियमवाली २०२३
उम्मेद्वारी दर्ता गर्ने, फिर्ता लिने र दावी विरोध गर्ने सम्बन्धमा:
१) इच्छुक ब्यक्तिहरुले inlsga@aol.com मा ईमेल पठाई उम्मेद्वारी दर्ता गर्नुपर्नेछ । यो बाहेक अरु माध्यमबाट पठाइएको उम्मेद्वारी मान्य हुने छैन । समूहमा ईमेल पठाई दर्ता गरिएको उम्मेद्वारी र तेस्रो ब्यक्तिले दर्ता गरिदिएको उम्मेद्वारी मान्य हुने छैन । प्रत्येक उम्मेद्वारले आफ्नै आधिकारिक ईमेलबाट उम्मेद्वारी दर्ता गर्नुपर्नेछ ।
२) उम्मेद्वारहरुले निर्वाचन समितिले तोकेको दिनको राती ११:५९ बजे भित्रमा आफ्नो उम्मेद्बारी दर्ता गरिसक्नुपर्नेछ ।
३) एउटा ब्यक्तिले एउटा पदको लागि मात्र उम्मेद्वारी दिन पाउने छ ।
४) निर्वाचन समितिले तोकेको मितिमा उम्मेद्वारहरुको पहिलो नामावली प्रकाशन गर्नेछ ।
५) नामावली प्रकाशन भएपछी तोकिएको मिति भित्र कुनै उम्मेद्वारले आफ्नो उम्मेद्बारी माथि लेखिएको ईमेलद्वारा लिखित रुपमा फिर्ता लिनसक्नेछ ।
६)उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन भएपछि उम्मेद्वारहरुको उम्मेद्बारीमा दावी बिरोध परेमा निर्वाचन समितिले छानवीन गरी निर्णय गर्नेछ ।
७) परेका दावी बिरोधहरुको छानविन पछि निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
८) यदी एउटै पदमा एक भन्दा बढी उम्मेद्वार परेको खण्डमा निर्वाचन समितिले ईमेलको माध्यमबाट मतदान हुनेगरी चुनाव गर्नेछ ।
९) मतदान हुने भएमा सो सम्बन्धी बिस्तृत बिवरण निर्वाचन समितिले पछि जानकारी गराउने छ ।
अध्यक्षको उम्मेद्बारी पदको लागि लगातार दुई पटकसम्म अध्यक्ष भइसकेको ब्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेद्वार दर्ता गर्न पाउने छैन ।
निर्वाचन समितीले उम्मेद्बारी हुन पाउने नपाउने कुराको छानबिन गरी अन्तिम निर्णय गर्नेछ ।
निर्वाचन कार्यबिधि:
१) निर्वाचन समितिले सुचना प्रकाशित गरी तोकेको मितिमा निर्वाचन सम्पन्न हुनेछ ।
२) अनेसासको बिधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्यहरूको पदहरूमा चुनाव हुनेछ ।
३) निवार्चन समितले योग्यता प्रमाणित गरी नाम प्रकाशित भएका उम्मेद्वारहरूविच मात्र निर्वाचन गर्नेछ ।
४) सामान्य बहुमतबाट उम्मेद्वारहरू बिजेता घोषणा हुनेछन । यदि बराबरी मत भएमा निर्वाचन समितिको निगरानीमा गोला प्रथाबाट बिजेता चुनिने छ ।
५) चुनाव भएकै दिनमा निर्वाचन समितिबाट बिजयी उम्मेद्वारहरूको घोषणा हुने छ ।
ङ) निर्वाचन कार्यतालिका:
१ उम्मेद्वारी पेश गर्ने अन्तिम मिति : अप्रिल ९,२०२३
२ उम्मेद्वारी फिर्ता लिने : अप्रिल १६, २०२३
३ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन: अप्रिल २३, २०२३
८) निर्वाचन: आइतबार अप्रिल ३० ,२०२३
९) कुनै पदमा एक भन्दा बढी उम्मेदवार भई मतदानद्वारा निर्वाचन हुने भएमा सो सम्बन्धि बिस्तृत विवरण पछि सार्वजनिक गरिनेछ ।
भवदीय,
१ राजा घले-प्रमुख निर्वाचन आयुक्त ( ४०४-४४७-८२७२ ) RajaGhale@aol.com
२ डा विश्व अधिकारी-निर्वाचन आयुक्त ( २०२-८१२-९५४९ -bishwaa@gmail.com
३ जनक बराल-निर्वाचन आयुक्त ( ७७०-९९०-०८९७ ) jrbaral@gmail.com
निर्वाचन समिति २०२३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टर
Email: inlsga@aol.com
|
अमेरिकामा केसी डान्स सेन्टरको पाँचौं वार्षिकोत्सव सम्पन्न अमेरिका। अमेरिकाको स्प्रिंगफिल्ड, भर्जिनियामा रहेको केसी डान्स सेन्टरको पाँचौ वार्षिकोत्सव कार्यक्रम संम्पन्न भएको छ। वरिष्ठ साहित्यकार कृष्ण धारावासीले शनिबार पानसमा बत्ती बालेर पाँचौ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका हुन्।
उनले वार्षिकोत्सव उद्घाटन गर्दै डान्स सेन्टरमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई सिर्जनात्मक क्षमताको विककासका लागि ज्ञावद्र्धक विषयहरु राखेका थिए । सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट प्रवीन केसी र कलाकार सारंगा श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा केसी डान्स सेन्टरले नेपाली समुदाय र केसी डान्स सेन्टरको हर क्रियाकलापमा बिशेष योगदान पुर्याएका यमन श्रेष्ठ र दिपक शर्मालाई ट्रफी, प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । यस्तै सम्झना पराजुली खतिवडालाई प्रमाणपत्र र खादा ओढाई कार्यक्रमका प्रमुख अतिथि धारावासीले सम्मान गरेका थिए ।
कार्यक्रममा बसन्त श्रेष्ठ , खिलेन्द्र न्यौपाने , डेविड कोईराला, मेदिनी अधिकारी, गोविन्द गिरी “प्रेरणा“, ददी ढुंगाना, श्याम बजिमाया, बिष्णु खरेल, बासु सत्याल, राम मिश्र, अभिनेत्री सारंगा श्रेष्ठ र मोडल रीमा केसी वलगायतको कार्यक्रममा उपस्थित भएर डान्स सेन्टरमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको हौसला बढाईदिएका थिए ।
डान्स सेन्टरका दोश्रो ब्याचचका प्रशिक्षणार्थीहरु रीया श्रेष्ठ, आयूषा ढकाल र रोमा भण्डारीको उपस्थितिले सबैलाई हौसला प्रदान गरेको उक्त कार्यक्रममा प्रशिक्षणरत बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
पाचौ वार्षिकोत्सवको अवसरमा डान्स सेन्टरले प्रत्येक बर्ष मनाउँदै आएको विशुद्व मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम “कलिवुड नाईट २०२३” को घोषणा गरेको छ।
|
टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन अमेरिका। टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ।
टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए। पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा उनी पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए।
|
शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ, होलीमा नयाँ आयाम जिलोङ। दिदी-बहिनी समाज जिलोङ युनिटले शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ गरेर फागु पूर्णिमालाई नयाँँ रुप दिएको छ। लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शंख तीन पटक फुकेपछि फागु पूर्णिमाको शुभारंम्भ गरिएको थियो।
त्यस अघि नेपाल सरकार खानेपानी मन्त्रालय, ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फनडबोर्ड) का पूर्व कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले अहंकार र पापाचारले उन्मत्त दैत्यराज हिरन्यकशिपुले भगवानभक्त प्रल्हादलाई परम शत्रु देख्न थाल्नाले उनलाई मार्ने योजनानुरुप उनकी बहिनी होलिकाले अग्निको तापले नछुने बरदान पाएकी कारण हिरन्यकशिपुलाई साथ दिँदै बालक प्रल्हादलाई लिएर अग्निकुन्डमा प्रबेश गर्दा पाप बृत्तिकी प्रतिक होलिकाको शरीर दहन भएको तर बालक प्रल्हाद सकुशल रहेको खुशीयाली साट्न होली पर्व मनाउने चलन चलेको प्रसंग उल्लेख गरे।
फागु पूर्णिमाको शुभारंम्भ गरिनु अघि ६ बर्षिया इभा क्षेत्रीले “आँखामा गाजल” गीतमा नेपाली भेषभुषामा सुन्दर नृत्य प्रदर्शन गरेपश्चात बिगतका कार्यक्रममा बिजयी बनेका बालबालिकाहरुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा ग्रेटर नेपाली समाजका अध्यक्ष डा सन्तोष पाण्डे, दिदी-बहिनी समाज जिलोङ युनिटका संयोजक रेनु लम्साल लगायत संपूर्ण पदाधिकारीहरुको उपस्थिति थियो।
कृति उप्रेती सुवेदीले सन्चालन गरेको सयजनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको लागि आबस्यक फलफूल Oz Fruits and Vegetables Market Geelong ले उपलब्ध गराएको थियो भने खानाको नि:शुल्क बन्दोबस्त निम्तो क्याटरिङ्गको तर्फबाट अन्जली अर्याल र भुवन न्यौपानेले गरेका थिए।
|
अमेरिकामा नेपालीले मनाए होली
अमेरिका। संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन्।
नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो।
नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले उल्लेख गरेका छन्।
प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सँधै कटिबद्ध रहिरहने पोखरेलको भनाई छ।
यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठॉउहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन्।
|
साहित्य समाजको दर्पण हो : डा. गोविन्दसिंह रावत विदेशमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्ने नाम हो डा. गोविन्दसिंह रावत। हाल क्यानडामा रहेका डा. सिंह नेपालमा प्राध्यापनसँगै रेडियो नेपालको दिन प्रतिदिन कार्यक्रम संचालक र सर्वनाम नाट्य संस्थाका संस्थापक थिए।
डा. रावत हाल क्यानडामा नेपाली हिन्दी उर्दु र बंगाली भाषाका द्विभाषे र अनुवादका रूपमा कार्यरत छन्। विश्व रंगमञ्चमा सडक नाटक विषयमा विद्यावारिधी गरेका र हालसम्म सातवटा पुस्तक प्रकाशित गरेका नेपाली भाषा तथा साहित्यलाई माया गर्ने बरिष्ठ साहित्यकार डा गोविन्दसिंह राउतसँग डिसी नेपालका लागि सर्वज्ञ वाग्लेले गरेको कुराकानीको संपादित अंश :
डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा
आजकल अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ?
अध्ययन र लेखननै रुचि भएपछि कहीँ न केही पढ्ने र लेख्ने काम भइनै रहन्छ। तर हिजोआज यो फेसबुक भन्ने यन्त्रले गुलामनै बनाइ दिएको छ। जसले गर्दा पढ्ने र लेख्ने काममा पनि असर पर्ने गर्छ। आफ्नो व्यवसाय पनि लेख्ने (अनुवादक) नै भएकोले लेख्ने काम सधै चलिरहन्छ।
तर साहित्य लेखनको कुरा गर्नु पर्दा मनभित्र आएका अभिव्यक्तिलाई नलेखेसम्म लेखनको प्रश्रव पीडाले पिरोली रहन्छ। यसरी समय समयमा लेख्दै आएका छु। हाल म अपराध कथा संग्रह प्रकाशन गर्ने कार्यसँगै केही पुस्तकहरुको समीक्षाका लागि अध्ययन गर्दैछु।
तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ?
साहित्य भनेको समाजको दर्पण हो। जीवन भनेको हाम्रो भोगाई हो भने दर्शनले हाम्रो जीवन जगतलाई हेर्ने सोच र अवधारणालाई जनाउँछ। हाम्रो जीवनको भोगाइलाई हामीले अनुभव गरेर त्यसमा आफ्नो विचार वा अवधारणा राख्ने गर्छौं। त्यही मानवीय जीवनका अवधारणहरुलाई हामी साहित्यमा पोख्ने गर्दछौं। साहित्यले हामीलाई जीवनमा सही मार्ग समात्ने सोच र विचार दिन्छ।
समाजलाई सही दिशा तर्फ डोर्याउने दृष्टिकोण दिन्छ। जीवन र जगतलाई विवेक दिन्छ। साहित्य नै जीवनको कलात्कम अभिव्यक्ति हो। साहित्य समाजको चनाखो आँखा हो। समाजमा देखापरेका तीतामीठा घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य हो।
हिजोको साहित्यले हामीलाई त्यसबेलाको इतिहास, मानिसको जीवनशैली र आचरणका बारेमा जानकारी दिएको हुन्छ भने आजको साहित्यले भोलिको समाजलाई वर्तमानको अवस्था र जीवनशैलीका बारेमा जानकारी दिने छ। त्यसैले हामी वरपरका समाजलाई साहित्यमा ल्याएर जीवन दर्शनको व्याख्या गर्ने गर्छौं।
तपाईंको साहित्यमा यति धेरै लगाव किन भयो?
साहित्यले समाजसँग सम्बन्ध जोड्दै जान्छ। साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पुर्याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ।
समुदायसँग नजिकिँदै जान पाइन्छ। यही भएर म साहित्यमा लागेको जस्तो लाग्छ। अनि आफूले देखेका भोगेका र अनुभव गरेका कुराहरुलाई समेटेर लेखेपछि आत्म सन्तुष्टि पाइन्छ। जीवनको सन्तुष्टि साहित्यमा पाउने भएकोले म साहित्यमा लागेको हुँ।
अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नु हुन्छ?
मैले २००२ मा क्यानडा आएपछिका दिनहरुदेखि नै अनेसासलाई हेर्दै, सहभागी बन्दै आइरहेको छु। सन् १९९० मा अमेरिकामा नेपालबाहिरका नेपाली साहित्यको संरक्षण र संवर्द्धनका लागि स्थापना भएको संस्था हो। अझ भनौं त्यसबेला अमेरिकाका नेपाली साहित्यकारहरुको लागि स्थापना भएको संस्था हो।
प्रारम्भमा नेपालबाहिरका साहित्यकारहरुको लागि भनेर स्थापना भएको संस्था अनेसासले नेपाललाई पनि जोडेर च्याप्टर विस्तार गर्दै नेपालका लेखक साहित्यकारहरुलाई सय डलरमा सदस्य बनाएर अमेरिका बोलाउने माध्यम बन्न गयो।
नेपालमा अनेसासको सदस्य बन्नु भनेको अमेरिका जाने मौका खोज्नु भन्ने बुझिन्छ। अनि नेपालबाहिरका नयाँ लेखकहरुका लागि अनेसास साहित्य कर्म गर्दै संस्थामा रमाउने माध्यम भन्ने बुझिन्छ।
यसरी नै अनेसासको विस्तार हुँदै गयो। आज यसको सदस्य संख्यामा विश्वका अरु मुलुकभन्दा बढी सदस्य नेपालमा छन्। तर संस्थाले अहिलेसम्म आफ्नो लागि स्थायी कार्यालय बनाउन सकेको छैन।
अर्को कुरा सन् २००९ सम्म अनेसासले नेपालबाहिरको नेपाली साहित्यलाई आप्रवासी साहित्य भन्दै आएकोमा २०११ को पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनदेखि अचानक डायस्पोरा साहित्य भनिन थाल्यो।
डायस्पोराका नामबाट पुस्तक र संग्रह प्रकाशित हुन थाल्यो। यसको शाखा बढ्दै गएको छ तर आप्रवासको साहित्यको संरक्षण र संवर्द्धनका लागि यसबाट हुनु पर्ने काम झनझन कम हुँदै गएको छ।
एउटै व्यक्तिलाई ट्रस्टी र कार्यकारिणी समितिमा राखिएको छ। हाम्रो मान्छेलाई समेट्ने क्रममा राम्रो मान्छे छुट्दै गइरहेका छन्। अझ एकपटक पदमा बसेर माथिसम्म पुगेपछि हराउँदै सेलाउँदै गएको देखेको छु।
अनेसास नेपाली साहित्यको संवर्द्धन गर्न स्थापना भएको संस्था हो। यसको नाममा नै अन्तर्राष्ट्रिय जोडिएकोले यसले नेपालबाहिरको नेपाली साहित्यलाई जोड्ने र कृति अध्ययन अनुसन्धान काममा लगाउनु पर्छ।
अनेसासले पनि एनआरएन जस्तै नेपालमा यसको सचिवालय खोलेर नेपालबाहिरका साहित्यकारहरुलाई मात्र समेटेर संस्था चलाउनु पर्छ। अनि साहित्य कर्म गर्नेलाई मात्रै यसको सदस्य बनाउनु पर्छ।
सुरूका दिनमा साहित्यमा लाग्न कसरी प्रेरणा आयो?
मेरो साहित्यप्रति रुचि कसरी भयो भन्नेमा म अनभिज्ञ नै छु। मेरा दिदीहरु हिन्दी उपन्यासहरु पढ्ने र मलाई सुनाउने अनि कुनै कुनै उपन्यास जबरजस्ती पढ्न लगाउने बानीले गर्दा पनि शायद साहित्यिक रक्तसंचार ममा हुन थालेको होला। दिदीहरुले विशेष गरेर प्रेमचन्द, कुशवाकान्त, गुल्सन नन्दा, बाजपेयी आदिका उपन्यासहरु पढ्ने गर्नु हुन्थ्यो।
यसका अतिरिक्त स्कुलमा पढाइएका हिन्दी साहित्य र म बसेको टोलमा बंगाली भाषीहरुको बाहुल्यता अनि उनीहरुको रबिन्द्र साहित्यप्रतिको लगाव र कुनै समुदायको कार्यक्रममा बंगाली कविता र छोटो गल्प (छोटो कथा) वाचन गर्ने परम्पराले पनि मलाई साहित्यप्रति घचेटेको हुनुपर्छ। अझ टोलमा हुने छोटो गल्प भन्ने कार्यक्रममा आफैंले त्यतिनै खेर कथा बनाएर सुनाउने पनि गरेको थिए।
(प्रस्तुतकर्ता सर्वज्ञ वाग्ले अनेसासका वरिष्ठ उपाध्यक्ष हुन्)
|
अमेरिकाको एलएलएल ट्राभलको नेपालमा पनि शाखा काठमाडौं। अमेरिका र नेपालका युवा व्यवसायीहरुले शुरु गरेको एलएलएल ट्राभल एजेन्सीको शाखा नेपालमा पनि खोलिएको छ।
विश्वभरको यात्रामा नेपालीलगायतका यात्रुहरुलाई सर्वसुलभ टिकटसहितका सेवा उपलब्ध गराउने उद्देश्यले खोलिएको सो ट्राभल एजेन्सीको नेपाल शाखा कार्यालय गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एक समारोहबीच मार्च ६ मा काठमाडौंमा उद्घाटन गरे।
अमेरिकामा व्यवसाय गरिरहेका युवा व्यवसायी एलडी बास्तोलालगायतको सक्रियतामा अन्तर्राष्ट्रियस्तरको यो ट्राभल एजेन्सी शुरु भएको हो। यस्को मुख्य कार्यालय अमेरिकाको ओहायोमा छ।
काठमाडौंमा यसको कार्यालय सुकेधारामा राखिएको र मार्च ६ देखि नै टिकेटिङ्ग सेवा शुरु गरिएको सो एजेन्सीका प्रबक्ता केशब आचार्यले डिसी नेपाललाई बताए।
यो कम्पनीको नेपाल लगायत अमेरिका, अष्ट्रेलिया, सिंगापुरलगायतका देशहरुबाट सेवा दिने जनाइएको छ। घरमै बसेर पनि सो कम्पनीको वेभसाइटमार्फट हवाइजहासको टिकट काट्न सकिने कम्पनीले जनाएको छ।
|
बिदा मनाउन मेक्सिको गएका यी नेपालीभाषीमाथि यस्तो बज्रपात कोलम्बस। मानिसलाई विपत् कसरी आइलाग्छ भन्ने कुराको कुनै पत्तो हुँदैन। खुसी खुसी विदा मनाइरहेका बेला अमेरिकाको कोलम्बस, ओहायो निवासी बालकृष्ण न्यौपानेलाई अकस्मात् आइलागेको काहालीलाग्दो विपतले ओहायो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदाय शोकमग्न भएका छन्।
बिदा मनाउन दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेको न्यौपानेका परिवार जस्तो गएको थियो त्यस्तै सकुशल फर्किन सकेन। मनभरि पीडा बोकेर बालकृष्ण र उनका ३ बर्षीय कान्छा छोरामात्र सकुशल घर फर्किन सके।
घटनाविवरण अनुसार, दुबै एउटै कम्पनीमा काम गर्ने बालकृष्ण र उनकी पत्नी रुकादेवी न्यौपाने आफ्ना दुई छोराहरु आरभ र अर्पणलाई समेत लिएर विदा मनाउनका लागि मेक्सिकोको काबो सेन्ट लुकास भन्ने पर्यटकीय क्षेत्रमा फेब्रुअरी १९ मा गएका थिए।
समुद्र तटको सो क्षेत्रमा फेब्रुअरी २४ सम्म समय यो परिवारका लागि हासीखुसी बितेको थियो। तर, फेब्रुअरी २४ को साँझ सोच्दै नसोचेको बज्रपात यसरी भोग्नु परेको कि थाहा पाउने आफन्तजन र अमेरिकाबासी नेपालीभाषी समुदाय नै शोकमा डुब्न पुग्यो।
दिनभरको घुमाइपछि न्यौपानेको परिवार आफू बसेको होटलमा पालमारामा साँझ फर्कियो। डिनर खानुभन्दा पहिला तातो पानीको पोखरी ज्याकुजीमा बस्न गए। यत्तिकैमा सानो छोरालाई वाथरुम जान मन लाग्यो।
पत्नी रुकु र ठूलो छोरालाई त्यही छाडेर बालकृष्ण सानो छोरालाई लिएर गए। बाथरुमपछि सानो छोरालाई केही खानासमेत किनेर फर्किँदा केही समय लाग्यो। बालकृष्ण फर्कँदा ज्याकुजीमा श्रीमती र ठूलो छोरा थिएनन्।
बरु ज्याकुजीको नजिकै रहेको स्वीमिङ पुलमा दुई जनाको शव तैरिरहेको थियो। र, दुबैलाई पानीबाट निकाल्ने प्रयासमा मानिस थिए। प्यारामेडिक्स र एम्बुलेन्स आएका थिए। हेर्दा आफ्नै श्रीमती र छोरा परेपछि बालकृष्ण बज्रपात पर्याे।
दुबैलाई अस्पताल त लगियो र मृत घोषणा गरियो। बालकृष्णमाथि परेको यो पीडाको जानकारी पाएपछि केही आफन्तहरु भोलिपल्टै मेक्सिको गए। मृतकहरुको पोष्टमार्टम र अन्य प्रक्रिया पूरा गर्नु पर्ने भयो।
अमेरिकामा कम्पनीमा काम गरेर परिवार चलाइरहेका न्यौपानेलाई अकस्मात आइलागेको यो अपतमा आर्थिक आपत पनि थपियो। शबलाई अमेरिकासम्म लैजानु पर्ने हुन्थ्यो।
प्रक्रियाको शुरुदेखि शब अमेरिकासम्म लैजानलाई नै धेरै रकम खर्च गर्नु पर्ने अवस्था आयो। यस्तो अवस्थामा गो फण्ड खोलेर त्यसमार्फत सहयोग जुटाउने काम आफन्तहरुले गरिरहेका छन्।
(सहयाेग गर्नका लागि हार्दिक श्रद्धान्जली लेखेकाे लिंकमा क्लिक गर्नस्)।
हार्दिक श्रद्धांजलि
बालकृष्णका भाइ नाताका नारायण न्यौपानेले दिएको जानकारीअनुसार, मेक्सिकोबाट शब ल्याएर शनिवार मार्च ४ का दिन कोलम्बसमा अन्तिम संस्कार गरिएको छ। बालकृष्णमाथि परेको बज्रपातप्रति सहानुभूति देखाउने र समबेदना व्यक्त गर्नेहरुको ठूलो भीड अन्तिम संस्कारका दिन पनि देखिएको थियो।
|
अनेसासको मेरिल्याण्ड च्याप्टर पुर्नगठन वाशिङ्गटन डिसी। अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्।
समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ। यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ।
समितिको पहिलो बैठकले डा श्याम कार्की, डा हयारी भण्डारी, गौतम दाहाल, डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ।
निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताए।
कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाललगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरे।
यसै बीच अनेसासको पाँचौ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ। उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्र्धन पूजाले दिएका छन्।
|
मेरी मायाकाे भिडियाे सार्वजनिक काठमाडौं। गोपालय not for profit Foundationले सन् ७० दशकमा गोपाल योञ्जनले लेखेकाे तथा संगीत भरेकाे ‘मेरी माया’ पूर्ण रेकर्डिङ भएको छ। मेरी माया गीतमा भेट्न सकिने मायाको अर्थ आज झन् सान्दर्भिक भएको हुनाले पूर्ण रेकर्डिङ गरी अहिलेको पुस्ता सामु ल्याएको हो।
मेरी माया यस पटक फिमेल भर्जनमा रेकर्डिङ भएको छ। यस गीतमा गोपाल योञ्जनकी नातिनी नवश्रीको स्वर रहेको छ भने भिडियोमा उनकै अभिनय रहेको छ।
ओरीजिनल संगीतलाई ध्यानमा राखेर संगीतको परिकल्पना श्रीमती रेन्छिन योञ्जनले गरेकी छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन्।
पुस्ता नयाँ, सोच नौलो, बुझाइ बेग्लै, प्रविधि अलग भएपनि मायाको अर्थको खोजीमा हरेकले आफूलाई हराएरहेको र पाइरहेकै हुन्छ भन्ने कन्सेप्टमा मेरी मायाको छायांकन गरिएको छ। तीन भिन्न दशकहरु (६०, ८० र अहिल) मा कथावस्तु बगेको छ र सम्पूर्ण छायांकन अमेरिकामा गरिएकाे छ।
भिडियाे
|
टेक्सास लुट काण्ड: बल्ल राहत पाए अमेरिकावासी नेपालीले वासिंगटन डिसी। चरम लापरवाहीका कारण अमेरिकाको टेक्सासमा सर्वसाधारण नेपाली सेवाग्राहीबाट संकलन गरेको नेपाली राजदूतावासको पैसा लुटिएपछि अलपत्र पारिएका सर्वसाधारणले राहत पाउने भएका छन्।
परराष्ट्रमन्त्री विमला राई पौडेलले सेवाग्राहीहरुको सेवा रोक्न नहुने र लुटिएको रकम नेपाल सरकार व्यहोर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेर पारित गरेपछि सेवाग्राहीहरुले राहत पाउने भएका हुन्।
मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले सेवाग्राहीहरुको काम नरोक्ने गरी दूतावासलाई निर्देशन दिने निर्णय गरेको थियो। अमेरिकास्थित नेपाली दूतावासले फेब्रुअरी ९ तारिकमा जारी गरेको सूचनाअनुसार, टेक्सास सेवा शिविरमा शुल्क बुझाउने सवै सेवाग्राहीहरुको काम शुरु भइसकेको छ।
सो सूचनाका अनुसार, टेक्सासमा रकम बुझाउने ९ सय ३६ सेवाग्राहीमध्ये ४ सय ३८ जनाले भने आफूले दूतावासमा तिरेको मनिअर्डर वा क्यासियर चेक रद्द गरी अर्को रकम पठाएको र उनीहरुको काम यसअघि नै शुरु भएको उल्लेख गरेको छ।
मनिअर्डर वा क्यासियर चेक रद्द गर्न नसकेका वा नमिलेका बाँकी सेवाग्राहीहरुको रकम नेपाल सरकारले नै तिरिदिने भएपछि पासपोर्ट नवीकरण गर्ने, एनआरएनए कार्ड बनाउनेजस्ता सेवाको प्रक्रिया शुरु गरिएको छ।
दूतावासका अनुसार बाँकी सेवाग्राहीको रकम नेपाल सरकारले तिरिदिने निर्णय गरेको भए पनि अझै पनि लुटमा परेको मनिअर्डर वा क्यासियर चेक रद्द गर्न सकिने अवस्था छ भने रद्द गरेर त्यसको प्रमाण र अर्को मनिअर्डर बनाएर दूतावासका नाममा पठाउन भनिएको छ।
यदि लुटमा परेको आफ्नो मनिअर्डर वा क्यासियर चेक कसैले साटेर रकम लगेको थाहा पाए त्यसबारेको विवरण पनि दूतावासलाई दिन भनिएको छ।
डिसेम्बरको १५ देखि २० तारिकसम्म टेक्सासका विभिन्न शहरहरुको नेपाली दूतावासले घुम्ती शिविर खडा गरी कन्सुलर सेवा दिएको थियो।
यो क्रममा ९ सय ३६ अमेरिकाबासी नेपालीबाट झण्डै पौने तीन करोड नेपाली रुपैयाँ संकलन भएको थियो। तर, सो सबै रकम दूतावासका कर्मचारीहरुले आफू सवार गाडीमै छाडी खाना खान रेष्टुरेण्ट छिरेको बेला लुटेराले गाडीको पछाडिपट्टिको शिशा फोरी लुटेको थियो।
रकम राखिएको व्यागमात्र लुटिएपछि यो प्रकरण झन् रहस्यमय बनेको थियो। यसबारे ह्युस्टन टेक्सासको प्रहरीले छानवीन गरिरहेको छ र दूतावासले पनि चार्ज डि एफियर कुमार खरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
खरेल समितिले के के पत्ता लगायो हालसम्म दूतावासले सार्वजानिक गरेको छैन। त्यत्रो रकम संकलन गरेर त्यसको जतनका सावधानी नअपनाई लापरवाही गरेको भन्दै टेक्सासका स्थानीय नेपाली संघसंस्थाहरुले दूतावासविरुद्ध नै आक्रोश व्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.