content
stringlengths
20
64.1k
गैरआवासीय नेपाली नागरिकता विधेयक सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिबीच भएको भेटघाटमा संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा छलफल भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज (मंगलबार) प्रधानमन्...
ग्लोबल एनआरएन सिंगिङमा छानिए उत्कृष्ट २५ प्रतिस्पर्धी काठमाडौं । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनोट भएका छन् । उक्त आइडलको पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका हुन् । जसमा ५ जना महिला र २० जना पुरूष रह...
एनआरएनए एनसीसी डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) डेनमार्कको छैठौं अधिवेशनबाट शैलेन्द्र अधिकारी (शैलु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सन २०२१–२०२३ को कार्यकालको लागि शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा २ उम्मेदवारलाई ...
एनआरएनए एनसीसी यूकेमा प्रेम गाहामगरको प्यानल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । अनलाइन मतदानमार्फत उनले अध्यक्षका अरू दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई हराएका हुन् । यहि अगष्ट ३ मा सम्पन्न अनलाइन निर्वाचनको नतिजा ...
एनआरएनए एनसीसीका ६० देशमा नयाँ नेतृत्व चयन काठमाडौं । हाल धमाधम गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन भइराखेको छ । संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म एनसीसीमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रि...
एनआरएनए एनसीसी जाम्बियाको अध्यक्षमा बस्नेत निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जाम्बियाको अध्यक्षमा पोषणराज बस्नेत सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतको अध्यक्षतामा दुई वर्षे नयाँ कार्यसमिति चयन भएको हो । यस्तै उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर ...
एनआरएनए एनसीसी चेक रिपब्लिकको अध्यक्षमा पन्थी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् । आगामी २०२१–२०२३ को छैँठौ कार्यसमति आपसी सहमति पश्चात अगष्ट १ का दिन सर्वसम्मत रुपमा चयन गरिएको हो । नयाँ कार्यसमितिको अन्य पदाधिक...
एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । आइतबार सम्पन्न निर्वाचनमा खनालले प्रतिस्पर्धी मिन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पारेकी हुन् । खनाले २ सय ४८ मत प्राप्त गर्दा श्रेष्ठले २ सय १० मत मात्र प्राप्त गरे । पहिल...
एनआरएनए एनसीसी नर्वेको अध्यक्षमा शाही निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १ सय ८ मतले पराजित गरेका हुन् । शाहीले २ सय ९३ मत पाउँदा बस्नेतले १ सय ८५ मत ल्याए । सचिवमा विजयी काफ्ले...
एनआरएनए एनसीसी नाइजेरियाको अध्यक्षमा वीरेन्द्र गुप्ता चयन काठमाडौं । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्र गुप्ता सर्वसम्मतिले चयन भएका छन् । समितिको लेगोसमा सम्पन्न आठौं वार्षिक साधारणसभाले गुप्ताको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अभिषेक मा...
एनआरएनए एनसीसी दक्षिण अफ्रिकाको अध्यक्षमा पुनःडा.भट्टराई काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा.पुष्पराज भट्टराई सर्वसम्मत रुपमा पुनःअध्यक्षमा निर्वाचित भएका छन् । उनी दुई वर्षे कार्यकालको लागि चुनिएका हुन् । त्यसैगरि महासचिव डा.अभय कार्की, कोषाध्यक्ष डा.दिनेश केसी र सदस्यह...
एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा तिवारीको प्यानल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छन् । दुई वर्षे कार्यकालको लागि तिवारीसँग समन्वय गर्ने पूरै टिम विजयी भएको हो । तिवारीले १ सय ९० मत ल्याएकी थइन् भने उनकी प्रतिद्वन्दी राजेश्वर...
एनआरएनए एनसीसी अष्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ८५ सय ८३ मतसहित गुरुङ आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा गुरू...
एनआरएनए एनसीसी चीनको अध्यक्षमा अग्रवाल निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीनको रोहित अग्रवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । विगात २ दशकदेखि चीनको दक्षिणी सहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी अग्रवाल २०२१–२०२३ कार्यकालको लागि निर्वाचित भएका हु...
एनआरएनए/एनसीसी बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी काठमाडौं । दक्षिणी अफ्रिकी भुपेरिवेष्ठित मुलुक बोत्स्वानामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी)को अध्यक्षमा शान्ती भण्डारी चयन भएकी छन् । सम्पन्न वार्षिक साधारणसभाले भण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । त्यसैगरी, तुलसी कामी अन्तर्राष्...
एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी बर्लिन, साउन १६ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन्। पन्तले ८ सय २८ प्राप्त गरे भने राईले ५ सय ७१ मत प्राप्त गरेको निर्...
युगान्डामा मृत्यु भएका खड्गीको परिवारलाई एनआरएनए अफ्रिकाद्वारा सहयोग काठमाडौं । गत आसार २९ गते कोरोना संक्रमण भई युगान्डाको कम्पालामा निधन भएका तनहुँ, भानुभक्त नगरपालिका सिमपानीका ४७ बर्षीय हिराबहादुर खडगीको परिवारलाई एनआरएनए अफ्रिकाले आर्थिक सहयोग पठाएको छ । एनआरएनए अफ्रिकाले नेपालमा रहेका मृतक खड्गीको परिवारलाई सहयोग...
एनआरएनए चीनमा चुनावी सरगर्मी बढ्यो, क्षेत्रीको प्यानल तिब्र प्रचारप्रसारमा काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको चुनावी सरगर्मी बढेको छ। अन्तिम समयसम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रक्रियामा गइसकेको छ। चुनाव नै हुने भएपछि नेतृत्व लिन आकांक्षीहरु प्यानल नै बनाएर मैदानमा उत्रिएका छन्। यसरी अध्यक्ष...
एनआरएनए/एनसीसी जापानको अध्यक्षमा पौडेल विजयी काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । आज(शुक्रबार) भएको निर्वाचनमा पौडेलले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । कूल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कूल ७ हजार ७ सय ५७ मत खसे...
एनआरएनए इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध काठमाडाैं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध निर्वाचित भएका छन्। जुलाई २५ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले कंडेलेको नेतृत्वमा २०२१–०२३ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा भ...
कस्तो एनआरएनए चाहिएको हो हामीलाई ? हामी प्रवाशी नेपालीहरुको साझा संस्था एनआरएनए एउटा प्रवल सम्भावना बोकेको गौरवशाली संस्था बन्न सक्छ। विश्व मानचित्रमा पछि परेको हाम्रो जस्तो राष्ट्र नेपालका लागि समेत यो कोशे ढुंगा सावित हुन सक्छ। तर त्यस भन्दा पहिले त प्रवाशीहरुको सही प्रतिनिधि संस्थाको रुपमा यसले आफूलाई उभ्याउन सक्नु ...
कोष्टारिकामा पहिलोपल्ट नेपाली संगठित, एनआरएनएको अध्यक्षमा डा. खगेन्द्र वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको कोष्टारिकामा पनि संगठन विस्तार भएको छ । डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा पहिलोपल्ट सो मुलुकमा नेपालीहरु संगठित भएका हुन्। जुलाई २६ मा भर्चुअल माध्यमबाट एक भेलाको आयोजना गरी कोष्टारिकामा भएका नेपालीहरुले स...
एनआरएनए एनसीसी स्पेनको अध्यक्षमा डुम्रे चयन काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) स्पेनको अध्यक्षमा शालीकराम डुम्रे चयन भएका छन् । यदि जुलाई २६ मा भएको निर्वाचनबाट अध्यक्ष डुम्रेसहितको उनको पूरै प्यानल भारी मतले बिजयी भएको हो । त्यसैगरी, उपाध्यक्षमा सनु राउत, कृष्णराम रानाभाट, उपाध्यक...
अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी वासिंटन डिसी। सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन्। एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीकी म्यानेजिङ...
एनआरएनए एनसीसी निर्वाचनमा हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी)को हालसम्म २३ देशहरुमा नयाँ कार्यसमिति चयन भइसकेको छ । पछिल्लो अपडेट अनुसार २० वटा देशमा सर्वसम्मत र तीन वटा देशमा निर्वाचनको माध्यमबाट हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन भएको हो । आज(आइत...
एनआरएनए हङकङको नवनिर्वाचित कार्यसमितिद्वारा सपथ काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) हङकङको आगामी कार्यकाल(२०२१–२०२३)को नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो । सो अवसरमा वर्तमान अध्यक्ष टिका गुरुङ(राधिक...
एनआरएनए फिनल्याण्डमा आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन काठमाडौं । गैरआवासीय नेपाली संघ/राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) फिनल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न संघको सातौं अधिवेशनले शेखर आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा शैल...
एनआरएनए बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ/अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी भारी मतसहित निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न संघको निर्वाचनमा गिरीले १२ सय ६५ मत खसेकोमा ९ सय ५६ मत ल्याएर विजयी भएकी हुन् । गिरीका प्रतिद्वन्द्वी...
एनआरएनए जर्मनीको अधिवेशनः दलका उम्मेदवार छायाँमा फ्रयांकफ्रर्ट (जर्मनी)। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जर्मनीको अधिवेशन आइतबार हुँदैछ। अधिवेशनसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने भएकाले चुनावी सरगर्मी बढेको छ। अधिवेशन आइतबार भए पनि चुनाव भने आगामी ३१ जुलाई शनिबार सम्पन्न गरिने निर्वाचन आयोगले जनाएक...
एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो । संघको उपाध्यक्ष र आइ...
एनआरएनए एनसीसी कंगोको महाअधिवेशन सम्पन्न, अध्यक्षमा पुनःक्षेत्री काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कंगोको दोस्रो महाधिवेसन सम्पन्न भएर २०२१–२०२३ कार्यकालका लागि नेतृत्वसमेत चयन भएको छ । आइतबार नेपाली होटल शिवसागर सम्पन्न भएको संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि स...
अमेरिकामा नेपाली बैज्ञानिकहरुको सम्मेलन, उत्कृष्ट शोधपत्रहरु प्रस्तुत वासिंगटन डिसी। अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौथो बैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता बैज्ञानिक डा. योकीम फ्रान्क को आतिथ्यमा सम्पन्न भएको छ। तिन दिने ऊक्त सम्मेलन शुत्रवार जु...
एनआरएनए केन्याको अध्यक्षमा कृष्ण गैरे निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्याको १८ जुलाईमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद गैरेलाई निर्विरोध निर्वाचित गरेको छ । आइतबार राजधानी नैरोबीस्थित माया रेस्टुरेस्टमा सम्पन्न संघ...
एनआरएनए एनसीसी हङकङको अध्यक्षमा ढकाल निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध हुने भएको हो । आइतबार निर्वाचन समितिले सार्वजानिक...
एनआरएनए एनसीसी कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएर नयाँ रेकर्ड बनेको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको निर्विरोध भएर नयाँ रेकर्ड बनेको हो । साथ...
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा काठमाडाै। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना गर्ने निर्णय गरेकोे छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठ...
इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क रोम। गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशन जुलाई २५ मा इटालीको पार्मा सहरमा हुँदैछ। संघले शनिवार संघमा उम्मेदवारी दिन इच्छुक इटालीबासी नेपालीहरुलाई उम्मेदवार हुने पदका लागि लाग्ने शुल्कसहितको सूचना जारी गरेको छ। संघले आफ्नो फेसबुकमा एउटा सूचना जारि गरेको हो। गैर आवासीय...
एनआरएनए स्वीडेनको अध्यक्षमा पाठक निर्विरोध काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्वीडेनको नयाँ अध्यक्षमा राजकुमार पाठक (ओमशन) निर्विरोध चयन भएका छन् । संघको आगामी २०२१–०२३ कार्यकालका लागि पाठकले निर्विरोध नेतृत्वको जिम्मेवारी पाएका हुन् । निर्वाचन समिति संयोजक बद्री शर्माका अनुसार म...
एनआरएनए/एनसीसी म्यानमारको अध्यक्षमा नौलखा चयन काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरेको हो । अधिवेशनले सागर घिमिरेलाई आइसीस...
साउदीमा कोरोनाबाट १२ नेपालीको मृत्यु, विदेशमा ४ सय ४७ पुग्यो मृतकको संख्या काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण विदेशमा गत चार सातामा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो । संघले संकलन गरेको...
एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन भएका छन् । यहि जुलाई ९ मा संघका अध्यक्ष कुमार पन्तले यसबारे जानकारी दिंदै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरेको ब...
एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हात हालाहाल, पुरानो नक्साको प्रयोग न्यूयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ। उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले फरक फ...
एनआरएन एनसीसी अमेरिकाको १० औं बार्षिक साधारण सभालाई प्रश्न एनआरएन अमेरिका २०२१ –२३ पदाधिकारीका लागि केन्द्र र राज्य निकायहरुको चुनाव पूर्व नै सदस्यता दर्ता र नवीकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढि सदस्यहरु संगठित भए। आफू पनि स्वतःस्फुर्त रुपमा सदस्य बनाउन लागिपरेकोले खुशी...
एनआरएन जापानद्वारा ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग काठमाडौं । ‘मातृभूमिका लागी कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले करिब ५४ लाख बराबरको कोरोनाविरुद्ध स्वास्थ्य सामाग्री र खाद्यान्नलगायत सहयोग गरेको छ । नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सहयोगको निम्ति नेपाली दूतावास जापान...
डेलिगेट निर्वाचन रोक्न एनसीसी अमेरिकालाई केन्द्रको निर्देशन(पत्रसहित) वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले केन्द्रीय महाधिवेशनमा पठाउनुपर्ने ४५ जना डेलिगेटको निर्वाचन स्थगित गर्न संघका केन्द्रीय अध्यक्ष तथा महासचिवले संयुक्त निर्देशन दिएका छन्। संघको अमेरिकाका अध्यक्ष सुनील साहलाई जुन २७ तारिक एक नि...
‘एनआरएन द सिङ्गर’को गरियो उद्घाटन काठमाडौं । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को उद्घाटन भव्य रुपमा गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार ...
एनआरएनए जापानद्वारा हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग कठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान तोचिगि क्षेत्रीय समितिले हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । समितिले हेलम्बु गाउँपालिकालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो । समितिका संयोजक मन्दीप क्षेत्रीका अनुसार हेलम्बुको राहत तथा पुनःस्थाप...
एनआरएन यूकेद्वारा पत्रकार महासंघ यूकेका नवनिर्वाचित कार्यसमितिलाई सम्मान काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार साँझ एनआरएनए यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको...
एनआरएनए अमेरिकामा अर्को किचलो, एनसीसी र निर्वाचन आयोगबीच विवाद वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)  अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई तत्काल कुनै पनि निर्वाचनका कामलाई स्थगित गर्न आदेश दिएका छन्। उनले निमित्त प्रमुख निर्वाचन आयुक्त एटर्नी बासु फुलारालाई एक अति जरुरी इमेल लेख्दै ...
एनआरएनए अफ्रिकाद्वारा मुगु अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले विकट हिमाली जिल्ला मुगुको अस्पताललाई १० थान अक्सिजनसहितका सिलिन्डर सहयोग गरेको छ । उक्त सिलिन्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका एमडी डाक्टर कविर पौडेललाई मंगलबार ह...
एनआरएनए जर्मनीः २५ जुलाइमा अधिवेशन, ५ हप्तामा जम्मा १ सय ७५ सदस्य ! जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीले सातौं अधिवेशन २५ जुलाईमा गर्ने निर्णय गरेको छ। अधिवेशन आह्वानसँगै गत मे ६ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदनको लागि खुल्ला गरेको एनआरएन जर्मनीले यो ५ हप्ताको अवधिमा जम्मा ३ सय ४० जनाको मात्र सदस्यता आवेदन प्...
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्य...
‘एनआरएनए द सिङ्गर’ मा भाग लिन आह्वान काठमाडौं । विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएनए द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरिएको छ । यही जुन २१ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न लागेको ‘एनआरएनए द सिङ्गर’ कार्यक्रममा विश्वभरि छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरिएको ह...
एनआरएनएले यसै वर्षदेखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुरु गर्ने जर्मनी । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरुको प्रकाशित नेपाली वाङमयको श्रीबृद्धिका लागि एक उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको नामाकरण नेपाली कलाकार अर...
विदेशमा कोरोनाबाट थप १३ नेपालीको निधन, मृतकको संख्या ४ सय ३५ काठमाडौं । कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ गरी १३ जना नेपालीको निधन भएको हो । संघल...
जनसम्पर्क समितिद्वारा पत्रकारमाथि अपमानजनक व्यवहार, इञ्जाको गम्भीर आपत्ति पेरिस । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले समाचारको विषयलाई लिएर पत्रकारमाथि गरेको अपमानजनक व्यवहारप्रति इञ्जा युरोपले गम्भीर आपत्ति जनाएको छ । इञ्जा युरोपका महासचिव समेत रहेका जर्मनी निवासी पत्रकार दीपक धितालले ...
एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित करिब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल आइपुगेको कोरियन एयर ११२ यात्रुसहि...
एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु बर्लिन। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको सातौं अधिवेशन आगामी २५ जुलाईमा हुने भएको छ। आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न ५ सदस्यीय निर्वाचन आयोग पनि गठन भएको छ। पूर्व अध्यक्ष हरेन्द्र वनेम प्रमुख आयुक्त रहने गरी अर्का पूर्व अध्यक...
एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी र बरिष्ठ उपाध्यक्षमा पन्थ विजयी वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को आज सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई २१८ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्। विजयी सुवेदीले ५ हजार ६ सय १८ मत प्राप...
एनआरएनए न्युजिल्याण्डले शनिवार सगरमाथा दिवस मनाउने काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युजिल्याण्डले सगरमाथा आरोहणको स्मृतिमा ‘एभरेष्ट डे २०२१’ मनाउने भएको छ । ६८ वर्ष अघि सर एड्मण्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथामा पाइला टेकेको दिन मे २९ मा एनआरएनए न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने भएको हो । न्यु...
जर्मनीमा मनाइयो बुद्ध जयन्ती जर्मनी । जर्मनीकाे  बायरोयथमा रहेका नेपालीहरुको आयोजनामा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि ल्याइएको नियमका कारण धेरै सहभागी हुन नसके पनि शान्तिका अग्रदुत भगवान गौतम बुद्धका उपदेशहरु संसारभर फैलाउँदै नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले...
एनआरएनएद्वारा अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण सरकारले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु अत्यावश्यक कामकाजका लागि नेपाल आउन ...
कोरोनाले विदेशमा दुई सातामा ४१ नेपालको मृत्यु, हालसम्म ४२३ को मृत्यु काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८ , फ्रान्समा १, माल्दिम्समा १ , बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी ४१...
नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकाको अधिवेशन रोक्न माग काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा त...
अमेरिकामा मनाइयो भानुजयन्ती वासिङ्टन डिसी। अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्‍याएको योगदान र...
नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया अमेरिका। उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ । उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चचारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका ...
अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन वासिंगट डिसी। अमेरिकाको पहिलो हिन्दू-अमेरिकी सम्मेलन शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो। सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई ...
जेन ट्राभल्ससँग सस्तोमा अमेरिकाबाट नेपाल यात्रा गर्नुहोस् जेन ट्राभल्स वाशिङ्टन डिसी २०२-५५२-१५०८ zentravels.com वाशिङ्टन डिसी । यो गर्मीमा भाडा निकै महँगो भएको छ । यदि तपाइँ दशैं र तिहारको लागि नेपाल भ्रमण गर्ने योजनामा ​​हुनुहुन्छ भने, कृपया तपाइँको टिकटहरू अहिले नै खरिद गर्नुहोस्। धेरैजसो सहरहरूको भाडा ११०० अमेरिकी ...
लस एन्जलसमा महापुराणको आयोजना गरिँदै क्यालिफोर्निया। क्यालिफोर्नियाको लस एन्जलसमा आउने महिना जुलाइमा शिव महापुराण लगाइने भएको छ। श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए को अगुवाइमा सम्पूर्ण संघसंस्था तथा नेपालीभाषीहरुको सहयोग र सहभागितामा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा जुलाई ९ देखि १५ सम्म लस एन्जलस का...
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक वासिंटन डीसी। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ। नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्...
गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट काठमाडौं। गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नाग...
खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ काठमाडौं। स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ। स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो। कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ। यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-...
नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक वासिङ्गटन डीसी । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ। नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्व...
नेपाली कला संस्कृति त्याग्न नसकेको एक सपना काठमाडौं। भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिक...
डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति अमेरिका। अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ। अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका ...
भर्जिनियाको फेयरफ्याक्समा गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट ब्याण्डको एकसाथ प्रस्तुती हुँदै भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको तन्दुरी नाइट्स चमेनागृहमा प्रसिद्ध गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट सङ्गीत मण्डली (ब्याण्ड)को प्रस्तुती हुने भएको छ। कोरोना महामार...
यस वर्ष अमेरिकादेखि नेपालसम्म सस्तो यात्रा कसरी गर्ने? वाशिङ्टन डिसी। यस वर्ष विशेषगरी गर्मीमा नेपाल जाने भाडा निकै उच्च छ। अमेरिकामा हाई स्कूल बन्द हुँदा धेरै परिवारहरू जून १० पछि केही समय बाहिर जान रुचाउँछन्। कतार एअरलाईनसले वासिङ्गटन डिसीबाट २६०० डलरभन्दा बढी, डालस र ह्युस्टन टेक्सस बाट ३२०० डलरभन्दा बढी भाडा लिइरहे...
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ काठमाडौं। ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका १२० र नृत्यका १२० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्र...
अमेरिकामा राजनीतिक सफलता पछ्याउँदै नेपालका ह्यारी वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन्। आफ्नो भूगोलब...
अनेसास जोर्जिया च्याप्टरको नयाँ कार्यसमिति गठन अमेरिका।  २०२३-२५ कार्यकालको निम्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जोर्जिया च्याप्टरको निर्वाचन भर्खरै सम्पन्न भएको छ। नवगठित कार्यसमितिका सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्। निर्वाचित सबै पदाधिकारीहरुलाई आज एक विशेष समारोहमा निर्वाचन समितिका प्रमु...
मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै काठमाडौं। मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्...
अमेरिकामा पनि घट्यो घरजग्गाको कारोबार न्युर्योक । अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो । अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्...
देवकोटाले सबैलाई नचाए अमेरिका। इन्ल्यान्ड एम्पाएर नेप्लीज वेल फेयर सोसाइटीको सेल्भेन पार्कमा भएको सासंकृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। लोक दोहोरी गायक कृष्ण देवकोटाले आफ्ना चर्चित गीत गाउदा सबै नाचेर साथ दिएका थिए। वाणिज्यदूत रिसी ढकालको मुख्य अतिथी एनआरएन क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, सल्ला...
नेपाली गीत अन्तर्राष्ट्रियकरण हुँदै अमेरिका।  सुनिता बस्नेत थापाको शब्द, सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको एरेन्ज र सविना जोशी साहको स्वरमा “नरुनु प्रिय” नामक गीत हालै सार्नजनिक भएको छ। साहित्यकार सुनिता बस्नेत थापा र “महसुस” नामक एकल एल्वब करिव १०/१२ बर्ष पहिले नै नेपाली संगीत क्षेत्रमा अर्पण गरिसकेकि मधुर स्वरकी...
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति पौडेल काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताक...
उम्मेदवारी फिर्ता लिने सूचना !! अनेसास जर्जिया च्याप्टरको २०२३-२५ कार्यकालको निम्ति हुन गैरहेको निर्वाचनमा विभिन्न पदहरुमा आवेदन दिने म्याद भित्र पर्न आएका निवेदकहरुको नामावली निम्न बमोजिम रहेको छ। आफ्नो स्वेच्छाले दरखास्त फिर्ता लिन चाहानुहुने उमेदवारहरुले यही April 16 आइतबार रातको १२:०० बजे पूर्वीय समय भित्र आवेदन फि...
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको होः केपी ओली भक्तपुर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन्। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटमा अन्तरक्रियाका...
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनलवेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका मार्फत नेपाल आएका नेपाली मूलका कलाकारलाई विशेष सम्मान गरेको...
विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गरेका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टरको निर्वाचन सम्बन्धि जरुरी सूचना ! आदरणीय महानुभावहरु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टरको विधान बमोजिम नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी नवनिर्वाचित कार्य समितिको सपथ एवं पद हस्तान्तरण गर्ने गरी यस निर्वाचन समितीलाई जिम्मेवारी प्र...
अमेरिकामा केसी डान्स सेन्टरको पाँचौं वार्षिकोत्सव सम्पन्न अमेरिका। अमेरिकाको स्प्रिंगफिल्ड, भर्जिनियामा रहेको केसी डान्स सेन्टरको पाँचौ वार्षिकोत्सव कार्यक्रम संम्पन्न भएको छ। वरिष्ठ साहित्यकार कृष्ण धारावासीले शनिबार पानसमा बत्ती बालेर पाँचौ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका हुन्। उनले वार्षिकोत्सव उद्घाटन गर्दै ...
टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन अमेरिका। टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ। टेक्...
शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ, होलीमा नयाँ आयाम जिलोङ। दिदी-बहिनी समाज जिलोङ युनिटले शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ गरेर फागु पूर्णिमालाई नयाँँ रुप दिएको छ। लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शंख तीन पटक फुकेपछि फागु पूर्णिमाको शुभारंम्भ गरिएको थियो। त्यस अघि नेपाल सर...
अमेरिकामा नेपालीले मनाए होली अमेरिका। संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन्। नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो। नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्...
साहित्य समाजको दर्पण हो : डा. गोविन्दसिंह रावत विदेशमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्ने नाम हो डा. गोविन्दसिंह रावत। हाल क्यानडामा रहेका डा. सिंह नेपालमा प्राध्यापनसँगै रेडियो नेपालको दिन प्रतिदिन कार्यक्रम संचालक र सर्वनाम नाट्य संस्थाका संस्थापक थिए। डा. रावत हाल क्यानडामा नेपाली हिन्दी उर्दु र बंगाली भाष...
अमेरिकाको एलएलएल ट्राभलको नेपालमा पनि शाखा काठमाडौं। अमेरिका र नेपालका युवा व्यवसायीहरुले शुरु गरेको एलएलएल ट्राभल एजेन्सीको शाखा नेपालमा पनि खोलिएको छ। विश्वभरको यात्रामा नेपालीलगायतका यात्रुहरुलाई सर्वसुलभ टिकटसहितका सेवा उपलब्ध गराउने उद्देश्यले खोलिएको सो ट्राभल एजेन्सीको नेपाल शाखा कार्यालय गैरआवासीय नेपाली संघका ...
बिदा मनाउन मेक्सिको गएका यी नेपालीभाषीमाथि यस्तो बज्रपात कोलम्बस। मानिसलाई विपत् कसरी आइलाग्छ भन्ने कुराको कुनै पत्तो हुँदैन। खुसी खुसी विदा मनाइरहेका बेला अमेरिकाको कोलम्बस, ओहायो निवासी बालकृष्ण न्यौपानेलाई अकस्मात् आइलागेको काहालीलाग्दो विपतले ओहायो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदाय शोकमग्न भएका छन्...
अनेसासको मेरिल्याण्ड च्याप्टर पुर्नगठन वाशिङ्गटन डिसी। अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्। समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ। यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाही...
मेरी मायाकाे भिडियाे सार्वजनिक काठमाडौं। गोपालय not for profit Foundationले सन् ७० दशकमा गोपाल योञ्जनले लेखेकाे तथा संगीत भरेकाे ‘मेरी माया’ पूर्ण रेकर्डिङ भएको छ। मेरी माया गीतमा भेट्न सकिने मायाको अर्थ आज झन् सान्दर्भिक भएको हुनाले पूर्ण रेकर्डिङ गरी अहिलेको पुस्ता सामु ल्याएको हो। मेरी माया यस पटक फिमेल भर्जनमा रेकर...
टेक्सास लुट काण्ड: बल्ल राहत पाए अमेरिकावासी नेपालीले वासिंगटन डिसी। चरम लापरवाहीका कारण अमेरिकाको टेक्सासमा सर्वसाधारण नेपाली सेवाग्राहीबाट संकलन गरेको नेपाली राजदूतावासको पैसा लुटिएपछि अलपत्र पारिएका सर्वसाधारणले राहत पाउने भएका छन्। परराष्ट्रमन्त्री विमला राई पौडेलले सेवाग्राहीहरुको सेवा रोक्न नहुने र लुटिएको रकम ने...