content stringlengths 20 64.1k ⌀ |
|---|
सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज जुम्ला । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।
बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो ... |
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।
काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा... |
धनुषामा एक ट्रक अवैध मदिरा बरामद धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ ।
निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक... |
रवि लामिछानेमा राजनेता बन्ने क्षमता छः अभिनेता रमेश उप्रेती काठमाडौं । अभिनेता रमेश उप्रेतीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका उप्रेतीले रवीमा राजनेता बन्न सक्ने क्षमता रहेको दाबी गरेका थिए ।
उनले वर्षौ देखि देशले र... |
चितवन पुगेर दिपाश्रीले भनिन्– रवि दाई तपाई ढुक्क भएहुन्छ काठमाडौं । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेकी निरौलाले आफु रविको फ्यान भएको भन्दै घण्टीमा भोट हाल्न आह्वान गरेकी हुन् ।
उन... |
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने काठमाडौं । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे म तबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुन... |
मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन मिल्दैनः निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानक... |
अमेरिकी पत्रकार जब काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अनुप बोहरा नजिक पुगे {भिडियोसहित} काठमाडौं । काठमाडौं २ का स्वतन्त्र उम्मेद्वार अनुप बोहरा क्रस खुकुरी चुनाव चिन्ह प्रतिअन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेको छ । झट्ट हेर्दा बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प... |
निर्वाचनका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन्
उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दू... |
आइपिएलमा खेलाडी रिटेनको समय सकियो, कुन-कुन खेलाडी रिटेन भए र कुन-कुन निकालिए ? काठमाडौं । आइपिएल २०२३ का लागि खेलाडीहरूको रिटेन्सन लिस्ट आइसकेको छ। सबैभन्दा ठूलो खबर सनराइजर्स हैदरावाद क्याम्पबाट आएको छ । जसले आफ्ना कप्तान केन विलियमसनलाई रिलिज गरेको छ। यससँगै पञ्जाब किंग्सले पनि गत सिजनका कप्तान मयंक अग्रवाललाई हटाउन ... |
प्रदीप खड्काले दीपक बोहरालाई मागे भोट भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपाका उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।
‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्... |
अछाममा भूकम्पको धक्का अछाम । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जना... |
धादिङमा नौ जनाले मात्रै बुझाए हतियार धादिङ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित ... |
‘८४ सञ्चार माध्यमद्वारा आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण’ काठमाडौँ । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गत... |
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको को... |
वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई... |
दाङ १ः मेटमणीलाई शान्ताको चुनौती, शान्तालाई गंगाको डर काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका तिनवटै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुँदै छ । अझ दाङ जिल्लाको राप्ती उपत्यकासँग जोडिएको क्षेत्र नम्बर १ को चुनावी दौड हेर्न लायकको छ ।
यस क्षेत्रमा तिन पूर्व एमाले फरक–... |
गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धिः प्रचण्ड लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको... |
ग्लोबल आइएमई र बैंक अफ काठमाडौं बीच मर्जर समझदारीमा हस्ताक्षर, मुलुककै ठूलो बैंक बन्दै काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटे... |
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने काठमाडौं । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पो... |
किन एलन मस्कले ट्विटर प्रयोगकर्ताहरूसँग माफी मागे? काठमाडौं । आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’ यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए ।
यस... |
दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार÷प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
झडपमा ... |
उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालद्वारा युनिट कमाण्डरहरुलाई निर्देशन काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
भर... |
निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भे... |
दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेः पूर्व राजदुत उपाध्याय काठमाडौं । पूर्व राजदुत दीपकुमार उपाध्यायले नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरूले समानुपातिक प्रणालीलाई आसेपासेको भर्ति केन्द्र बनाएको भन्दै ... |
विमानस्थलको सुरक्षासहित आठ सय स्थानमा सेना खटियो, १ सय ४३ टोली तयारी अवस्थामा काठमाडौं । सेनाले एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको ... |
थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।
नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा ... |
काठमाडौं–३ः एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा, चालिसेलाई गठबन्धनकै डर काठमाडौं । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस... |
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने ... |
आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्।
चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभाल... |
सर्वोच्च अदालतद्वारा ‘नो नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको ... |
मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग... |
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गर्योः बार एसोसिएसन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।
गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्... |
टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको फाइनलको यात्रा तह गरेको हो ।
टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इं... |
राजेन्द्र लिङ्देनको चुनावी अभियानका लागि नेपाल आउँदै मनिषा कोइराला काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् ।
‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ... |
टी–२० विश्वकपः भारतले इंग्ल्यान्डलाई दियो १ सय ६९ रनको चुनौती काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३... |
सुदूर पश्चिममा मध्यराति शक्तिशाली भूकम्पको धक्का काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज मध्यराति शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २ बजेर १२ बजे शुरु भई केही सेकेन्डसम्म गएको सो भूकम्पले सुदूरपश्चिमका अधिका... |
‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने काठमाडौं । ‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने भएको छ ।
चीनको ग्वाङझाउ एयरपोर्टबाट ‘चाइना साउथर्न एयरलाइन्स’ले उडान भर्ने एयरलाइन्स कम्पनीले जनाएको छ ।
मंसिर १३ गतेदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ल्याण्ड गर्ने जनाइएको छ । |
सागर ढकालको भिडियो भाइरल भएपछि ७७ वटै जिल्लामा निर्वाचन आयोगको यस्तो निर्देशन काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमन... |
निर्वाचनमा किन आकर्षित भयो नयाँ पुस्ता ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् ।
निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थ... |
चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता काठमाडौँ। चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ। चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो।
अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहा... |
बझाङमा ढुङ्गा लागेर घाइते महिला वडा सदस्यको हेलिकोप्टरमार्फत उद्धार धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम... |
भोली चन्द्रग्रहण लाग्दै, के गर्ने के नगर्ने ? काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई ... |
कांग्रेसका उम्मेदवार प्रदीप पौडलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि सोमबार प्रतिबद्धता पत्र सार्वजनिक ग... |
जनकपुरमा बोलेरो दुर्घटनाः नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार... |
मङ्गलबार चन्द्रग्रहण लाग्दै, यि राशिलाई हुनसक्छ घातक काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह र... |
बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु धनगढी । बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका... |
फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि ... |
स्वतन्त्र उम्मेदवार भन्दै धमाधम रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत काठमाडौं । निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट ... |
थ्रिडी कमिक् बुक सार्वजनिक काठमाडौं । शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो ।
वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियश... |
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ... |
त्रिशुलीमा बस खस्यो, २० जना घाइते काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइते... |
जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण काठमाडौं । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार... |
देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ: स्वतन्त्र उम्मेदवार खड्का भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई स... |
तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन काठमाडौं । निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो ।
आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको मा... |
अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका(८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो ।
भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उ... |
मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न प्रशासनको रोक सुर्खेत । आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिन... |
लामिछानेविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा, लामिछानेतर्फको बहस सकियो काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प... |
थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे ... |
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुझाँयो प्रतिवेदन काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ ।
समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआ... |
शववाहनमा आइन् बेहुली, लाशहरूको बीचमा बिहे गरिन् ! काठमाडौं । एक जोडीले विवाहको लागि यस्तो ठाउँ रोजे, जुन देखेर पाहुनाहरु पनि छक्क परे । दम्पतीले आफ्नो जीवनको सबैभन्दा विशेष पल यस्तो ठाउँमा मनाउने निर्णय गरे जहाँ मानिसहरू सामान्यतया शोकमा पुग्छन्। दम्पतीले अन्तिम संस्कार स्थलमै बिहे गरेका थिए ।
मामला अमेरिकाको हो। क्याल... |
जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार काठमाडौँ। आम नागरिकमा बिमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ। आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थाल... |
सेयर बजार ७.३२ अंकले बढ्यो काठमाडौँ। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ७.३२ अंकले बढेर १ हजार ९३८.३० विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४६ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार ... |
तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन मकवानपुर । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अ... |
प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको ... |
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो ‘इम्बोस्ड नम्बर प्लेट’ काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ ।
सरकार... |
निर्वाचनको १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर... |
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ।
डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्... |
प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’ काठमाडाैं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थल... |
बथानबाट एक्लिएको छावाको उद्धार चितवन । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई आज मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।
वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्... |
…त्यसपछि सन्दीपले मेरो फोन खोसे काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो।
लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला... |
“मैले कहाँ जाने भन्दा सन्दीपले ‘लेट्स सी’ भनेर भित्री बाटो हुँदै नगरकोट पुर्याए” काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो।
लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्त... |
जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाउन सरकारलाई सुझाव काठमाडौं । जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाई अघि बढ्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । जलवायु परिवर्तन अहिलेको वैश्विकरूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने विज्ञको ... |
माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ? काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहोर्याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाच... |
यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत: विश्व बैंक काठमाडाैं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिप... |
उनी उदास भएपछि गीत गाएर सहज महसुस बनाउने प्रयास गरेको थिएः सन्दीप लामिछाने काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सन्दिपको बयान पेश गरेको छ ।
बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दा... |
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै काठमाडाैं । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल... |
चुनावी कार्यक्रममै बेहोस भए शशांक कोइराला काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।
कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिए... |
जनकपुर पुगेर आरजुले भनिन्- गठबन्धनको जीत सुनिश्चित छ महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी ... |
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा रुरु जलबिद्युत परियोजन र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।
रुरु जलबिद्युत को सेयर भाउ ७६ र... |
कांग्रेस महामन्त्री गगन थापालाई आयोगले पुनः सोध्यो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझैँ पनि त्यस्तो ... |
लमजुङमा हतियार बुझाउन अटेरी लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् ।
असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएक... |
धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्भाव र्याली निकाल्ने महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्भाव ¥याली निकाल्ने तयारी गरेका हुन् ।
शुक्रब... |
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु बारा । बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।
जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । ... |
एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो ।
एक दशकअघिबाट कार्य... |
रोकिएन पटका आतंक, के गर्दै छ प्रहरी ? भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो ।
लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पु... |
नेपाली बजारमा विदेशी फलफूलको प्रभाव बढ्दै काठमाडौं । यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।
क... |
नेपालका उत्कृष्ट मार्गहरूमा साइकल यात्रा गर्न असाध्यै सोख छः अमेरिकी राजदूत थम्प्सन काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालका केही उत्कृष्ट मार्गहरूमा घुम्न जान उत्सुक रहेको बताएका छन् ।
गत हप्ता मात्र नेपाल आइपुगेका राजदूत थम्प्सनले सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दै यस्त... |
बालबालिकाले बालगृहमै लगाए भाइटीका दमौली। तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।
बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् ।
आफन्त गुमा... |
बिहिबार तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत कति बजे ? काठमाडाैं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भोली दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भोली भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठा... |
‘नो नट एगेन’ भन्नेलाई कारबाही गर्ने आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।
आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने च... |
“नो नट एगेन” भन्दै निश्चल बस्नेतले आयोगलाई दिए फेसबक बन्द गरेर देखाउन चुनौती काठमाडौं। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।
उनले आयोगलाई आफ्नो फेसबुक बन्द गरेर देखाउन चुनौती दिएका हुन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनीक सुचना निकाल्दै फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको थियो ... |
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छः प्रधानमन्त्री देउवा भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रत... |
ऋषि सुनककी पत्नी अक्षता मूर्ति को हुन्? बीबीसी। बेलायतकाे सत्तामा ऋषि सुनकको उदयले भारतको समेत ध्यानाकर्षण गरेको छ जसको कारण उनी पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री हुनु मात्र भने होइन। उनकी श्रीमती अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन्। देशका सबैभन्दा प्रसिद्ध व्यवसायीहरूमध्ये एक उनी भारतको बिल गेट्सक... |
तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा गलकोट– बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएका छन् ।
दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याएका ह... |
इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट इरान– इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन (ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनले अभिव्यक्ति स्वतन्त्र... |
उम्मेदवारले कति ठाँउमा खोल्न पाउछन् सम्पर्क कार्यालय ? यस्तो छ आयोगको निर्देशन काठमाडौं– निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।
निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीत... |
नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयबाट सूर्यग्रहण अवलोकन गर्न पाइने काठमाडौं– कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ ।
सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भ... |
तीन सातापछि खुल्यो कर्णाली राजमार्ग जुम्ला । १९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ... |
काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी काठमाडौं- काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.