content stringlengths 20 64.1k ⌀ |
|---|
युद्ध रोक्नका लागि पुटिनलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिव आफैं रूस जाँदै काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी अप्रिल २६ मा मस्कोको भ्रमण गर्नेछन्। यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन... |
विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी आजको अन्तरक्रियामा उनले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताए... |
धनगढी उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा विवेकशीलकी ओझा काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ ।
इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ(संस्थाको संस्थापक रहेको अनुभव छ।
उनले महिला सशक्... |
पहिलो पटक अवलोकनका लागि चिम्पाञ्जी काठमाडौं । नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ। जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले)ना म गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो।
यो एक... |
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी चितवन । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्... |
अमेरिकी संसदीय टोली आज काठमाडौं आउँदै काठमाडौं । अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छ ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरुले नेपालको भ्रमण गर्न लागेका हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड... |
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्ट... |
युक्रेनको मारिऊपोल सहर छिटै रूसको नियन्त्रणमा पुग्न सक्ने, अवस्था डरलाग्दो किभ (बीबीसी) । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण आइरहेका छन्।
मारिऊपोललाई लिएर रुससँग निःशर्त “विशेष चरणको वार्ता गर्न” आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बता... |
चुनावका बेला गलत समाचारबाट बच्नुपर्छः अध्यक्ष बस्नेत काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका छन् । उनले भने, “यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई ... |
नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।
‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयो... |
साउदी अरेबियाको रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयर)ले वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे मह... |
प्रधानसेनापतिले दिए निर्वाचन एकीकृत सुरक्षा योजना अक्षरस पालना गर्न निर्देशन
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्थानीय तह निर्वाचन-२०७९’मा नेपाली सेना परिचालन सम्बन्धि निर्देशन दिएका छन् ।
आगामी वैशाख ३० गते हुने ‘स्थानीय तह निर्वाचन-२०७९’स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल ... |
नदीम अंजुमले इमरान खानलाई गालामा चोट लाग्ने गरी थप्पड किन हाने ? काठमाडौं । ९ र १० अप्रिलको मध्यरातमा पाकिस्तानमा इमरान खानको सरकार पतन भयो। सबै नाटक भयो। केहि कुरा बाहिर आयो भने, त्यहाँ भएका कुरा दबाउन असफल प्रयास गरियो। केही रिपोर्टहरू दावी गरिए अनुसार ९ अप्रिलको रात बानिगालामा इमरानको घरको आँगनमा हेलिकप्टर अवतरण भएक... |
सबै नागरिकमा खानेपानीको सहज पहुँच पुर्याउन आवश्यक छः मन्त्री चौधरी काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै वर्ग, क्षेत्रका नागरिकमा खानेपानीको सहज पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् ।
खानेपानी मन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमासम्वन्धी परामर्श कार्य... |
सिके राउत र नेपाल सरकारबीच वार्ता काठमाडौं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।
किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ।
जनमत पार्टीले पनि व... |
आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार... |
निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाले दिए निवेदन
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लािग ६५ वटा संस्थाले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।
‘सो अवधिभित्र... |
डा. बरालकाे नेपाल गीत(भिडियोसहित) काठमाडौं । युवा वैज्ञानिक तथा गीतकार डा. स्वप्निल बरालको गीत रचना, महेश खड्काको सङ्गीत र रजीना रिमालको स्वरमा ‘राम्रो नेपाल’ गीत सार्वजनिक भएको छ । रामजी लामिछानेले निर्देशन गरेको भिडियोमा प्रियना आचार्यको अभिनय रहेको छ ।
अमेरिकाको युनिभर्सिटी अफ डेलावेर बाट भौतिक शास्त्रमा विद्यावारि... |
प्रहरीका चार जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित) काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार जनालाई एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
|
एमाले नेताहरुको आरोप: देउवा सरकारका १० महिनामा न नयाँ कामको शुभारम्भ भयो, न त शिलन्यास नै ! काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन्।
अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको प... |
कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ ।
कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशी... |
सरकारले लगानीको सुरक्षा गर्छः गृहमन्त्री खाँण काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन् ।नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज आइतबार काठमाडाैंमा उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्... |
सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छः मन्त्री यादव काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकि छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौँ राष्ट्रिय महाधिवेशनकाे राजधानीमा उद्घाटन कार्यक्रममा मन्... |
नागरिकता नपाएरै गयो तीन पुस्ता
दाङ । नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ ।
दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भुजले... |
आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण छ: माधव नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताएका छन् ।
पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समा... |
प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्ः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।
शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओ... |
अटेरी उम्मेदवारले सार्वजनिक गरे घोषणापत्रः भन्छन्- उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ पोखरा । पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दाबी पेस गरेका छन् । उनीहरूले शनिबार एक कार्यक्रमका बीच पोखराको घोषणापत्र सार्वजनिक गरे । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्... |
राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचनाः अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन्। अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक ... |
युक्रेनमाथि आक्रमणको बिरोधमा डा केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने काठमाडौं । डा. गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरे... |
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो । |
हरित अभियानमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम मुलुक रहेकाले स्वच्छ र हरित वातावरणको सिर्जना र प्रवद्र्धनमा आवश्यक योगदान गर्न आह्वानसमेत गरेको छ ।
मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल वाय... |
गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त होः प्रधानमन्त्री देउवा पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प... |
लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ ।
स्वास्थ्यमा समस्या आएपछि ... |
सर्लाहीको मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।
गोली लागेर गम्भीर ... |
वालुवाटारमा गठबन्धनको बैठक जारी काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे।
स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो। १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय ... |
चुनावी तालमेलकाे माेडालिटी तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर... |
तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा काठमाडौं। प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ।
आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो। तर, हेर्न ... |
भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई नछाड्ने चितवन कांग्रेसको निर्णय चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ ।
पार्टी कार्यालय कमलनगरमा आज (आइतबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने ... |
सैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताए ।
राजदल गण... |
देश चिनाउने माध्यम खेलकुद होः मन्त्री आले बारा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन् । आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक ... |
राष्ट्रपति भण्डारीबाट घोडेजात्रा अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका ... |
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमाः मन्त्री चौधरी काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । आज हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर... |
मतपत्रको परीक्षण छपाइ सुरु काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ ।
मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिन... |
गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छः मन्त्री बडू काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थानुसार न... |
निर्वाचन आयोगबाट राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगले १७ बुँदै निर्देशन दिएको हो ।
आयोगले भनेको छ, ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रण... |
नेपाल प्रहरी र सशस्त्रमा पेन्सन १६ वर्षमा झार्न प्रस्ताव काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ ।
प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्थाका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन् ।... |
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ ।
बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ... |
स्थानीय निर्वाचनः उम्मेदवारले मनोनयन पत्रसहित १८ बुँदे मापदण्ड पालना गर्दैै स्वघोषणापत्र बुझाउनु पर्ने काठमाडौं । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयनपत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै... |
गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन: ओली भक्तपुर । एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् ।
गठनबन्धन गरे पन... |
२४औँ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार घोषणा काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । क्लबले यही चैत १७ गते काठमाडौँमा आयोजना गर्ने विशेष समारोहका बीच ती पुरस्कार वितरण गर्ने जनाएको छ ।
यस वर्षको कृष्णप्रसाद... |
प्रचण्डलाई भेट्न एनआरएनए नवनिर्वाचित पदाधिकारी खुमलटारमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।
भेटका अवस... |
देशको अर्थतन्त्र संकटतर्फः केपी ओली बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ ।
एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ... |
श्रीलङ्कामा परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्... |
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्ः अध्यक्ष ओली चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन्।
कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे । नेपाली ... |
‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’ ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताएका छन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पहिलो पटक अधिकार सम्पन्न भएको ... |
भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण काठमाडौं । एमालेले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध ज... |
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
‘अध्य... |
‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैनः अध्यक्ष नेपाल गुल्मी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।
केपीले पार्टी निर्माणमा योगद... |
एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।
केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम... |
शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त ... |
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, म्यानेजर जोशी एक लाख धरौटीमा रिहा काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल शाह)लाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई ... |
पल शाह प्रकरणः थुनछेक बहस सकियो, आदेश आजै आउने तनहुँ । नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जा... |
चुनावमा होमिएका राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्।
चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देश... |
विवेकशील साझाको मिलन पाण्डेपक्ष बिभिन्न दलसँग गठबन्धन गर्दै अघि बढ्ने काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
रवीन्द्र मिश्र पक्षले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको, तथा पार्टीको विधान संशोधन गरेको निर्णयविरुद्ध... |
सात दिनभित्र बक्यौता रकम तिर्न एयरलाइन्सलाई प्राधिकरणको अल्टिमेटम काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ... |
यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण काठमाडौं । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा आयोजित कार्यक्रममा व्यस्त बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै तनहुँ जाँदैछन् ।
नुवाकोट, रामेछाप, दोलखा र काभ्रेमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका देउवा १० चैत... |
भिक्षुलाई साढे ६ करोडको चिठ्ठा पर्यो, हजारौं मानिसलाई लाइन लगाएर सबै पैसा बाँड्दैछन् काठमाडौं। थाइल्याण्डका एक जना बौद्ध भिक्षुलाई १८ मिलियन भाट (६ करोड ५८ लाख रुपैयाँ) बराबरको लट्री पर्यो । त्यसपछि उनले आफूले जितेको पैसा मानिसहरुलाई बाँड्न सुरु गरे । यी भिक्षुले आफूले जितेको पैसा स्थानीय मानिसहरु, अन्य मन्दिरहरु र वि... |
माथिल्लो तामाकोसीले पैदा गरेको आत्मविश्वासः स्वदेशी लगानीमा सम्भव छ ठूला परियोजना काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्व... |
कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्व दिन्छः कांग्रेस प्रवक्ता डा.महत नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हास... |
कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित) काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
जेठ १६, १७ र १८... |
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने काठमाडौं । स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ । शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो ।
शिक्षक सेवा आयो... |
कतारको प्रदर्शनी मेलामा नेपाली अलैंची ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाको प्रदर्शनीमा राखिएको छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो ।
दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरप... |
युक्रेनमा ज्यान गुमाउने रूसी सैनिकका परिवार के भन्छन् ? स्टीभ रोजेन्बर्ग, मस्को (बीबीसी) । एलेक्सेन्ड्रा तथा एन्टोनिना गिर्जाघरमा एउटा शवपेटिका छ। रुसको राष्ट्रिय झण्डाले बेरएको उक्त पेटिकामाथि एउटा टोपी र एउटा तस्बिर छन्।
मिखाइल ओर्चिकोभ मोटर राइफल ब्रिगेडका सहकमान्डर थिए। युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा उनको मृ... |
युक्रेनमा रूसी सेना कमजोर हुँदै, खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव काठमाडौं । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ।
“युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ।
सैनिक... |
लमजुङमा पर्यटकले एकआपसमा रङ दलेर मनाए होली लमजुङ । लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् ।
फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताईन् । उनले भनीन् आफुले दुई तीन व... |
पर्यटन प्रवद्र्धनका लागि मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्छः मन्त्री आले काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृ... |
नेपालबाट विद्युत निर्यातका लागि भारतसँग संवाद भइरहेको छः मन्त्री भुसाल काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकि छिन्। उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपा... |
जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छः मन्त्री रेग्मी काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ ।
जलवायु परिवर्त... |
स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ ।
यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीत... |
संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ सच्याउन माग काठमाडौ । नेपालको सञ्चार क्षेत्रका जानकारहरुले हालैको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै त्यसलाई सच्याउन माग गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन ट... |
किर्ते बिल बनाई अनियमितता गर्ने चार कर्मचारी निलम्बित ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा औषधीको किर्ते बिल बनाएर अनियमितता गरेको विषय बाहिरिएसँगै चार जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदासम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चार जना कर्मचारीलाई निलम्बन गरिएको हो ।
अस्पताल... |
कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति (विज्ञप्तिसहित) दाङ। माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन्। तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउ... |
एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँः मन्त्री गहतराज
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहत... |
एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्यो पुस्तक काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।
अमेरि... |
राप्रपाले गठन गर्यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।
परिषद् घोषणा सभालाई सम्बोधन गर्दै राप... |
आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो । |
नेपाली बजारमा पेट्रोलको मूल्य ह्वात्तै घट्ने संकेत, रुससँग सस्तोमा तेल किन्न भारत तयार काठमाडौं। युक्रेनमा आक्रमणका कारण युरोपेली संघले रुसबाट तेल र ग्यास आयातमा कटौती गर्ने निर्णय गरेको छ । बेलायतले पनि यो वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा पाउने फैसला गरेको छ । अमेरिकाले पनि रुसबाट आयात गरिने तेल र ग्यासमा प्रतिबन... |
अब केवलकार चढेर सराङकोटबाट ‘सनराइज’ हेर्न सकिने पोखरा। पाेखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा अाउनले भएकाे छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो। पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आ... |
उत्कृष्ट १० तस्वीरलाई रु १०\१० हजार नगद प्रदान गरिने काठमाडौं । साँस्कृतिक संस्थानले देशका मौलिक वेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं साँस्कृतिक महत्वका विभिन्न तस्वीर समेटेर ‘साँस्कृतिक तस्वीर पुस्तक’ प्रकाशन गर्न लागेको छ ।
संस्थान स्थापनाको स्वर्ण महोत्सव (असार ५) का अवसर... |
नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेः मोहन वैद्य काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ ।
२५-२९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी... |
साउदी अरबका राजकुमार भोलि नेपाल आउने
काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री भोलि नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैस... |
रूसका १२ हजार सैनिक मारिए किभ (बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन... |
ऐतिहासिक नेपाल-जापान सम्बन्धः नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि ज... |
प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गरेका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मान... |
पर्यटन मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आज शुक्रबार मन्त्रालयमा... |
नेपाल बारको अध्यक्षमा आठ जनाको उम्मेदवारी काठमाडौं। नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता... |
के चीनले रूसलाई सहयोग गर्न सक्छ ? मस्को (बीबीसी) । रुसले युक्रेनमा आक्रमण गरेपछि उसलाई एक्लो पार्न अमेरिका, ईयू र ब्रिटेनले जस्तै प्रतिबन्धहरू लागु गर्नका निम्ति अस्ट्रेलियाले चीनलाई आग्रह गरेको छ।
प्रधानमन्त्री स्कट मरिसनले रुसबाट थप गहुँ किन्न चीनले गरेको हालैको सम्झौताको आलोचना गरेका छन्।
उनले त्यसले रुसलाई “आर्थिक ... |
क्यासिनोले बुझाए रु ८७ करोड रोयल्टी काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जान... |
पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छः नेविसंघ महामन्त्री उर्मिला थपलिया नेपाली कांग्रेसको भ्रातृसंघ नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री उर्मिला थपलिया एक दिन मात्रै तामझामको साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुभन्दा पनि समाजलाई महिला हिंसामुक्त बनाउने बाटोमा लाग्नुपर्ने बताउँछिन् । महि... |
यही हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्रीय सदस्यहरू (नामसहित) काठमाडौं। माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.