content
stringlengths
20
64.1k
नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छः माधव नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् । राजधानीमा आज आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एक...
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग...
अल जवाहिरीको लाश खै ? अमेरिकाले मृत्युको पुष्टी कसरी गर्‍यो ? काठमाडौं । गत वर्ष अराजकताको अवस्थामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गरेपछि राष्ट्रपति जो बाइडेनले तालिबान शासित अफगानिस्तानलाई आतंकवादीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने वाचा गरेका थिए। जब बाइडेनले यो भने उनको नियत स्पष्ट थियो कि दशकौंदेखि आतंक...
सरकारी शिक्षक कागती खेतीमा रमाउँदा… तुलसीपुर। दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ। शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्ति...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन चितवन। नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविध...
धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा भक्तपुर । स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, ...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँ...
उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने काठमाडौँ। एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि (बिहीबार)देखि पुनःव्यवस्थापन हुने भएको छ। सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोह...
फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु काठमाडौं । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको...
इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अ...
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी काठमाडौं। विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो । उजुरीकर्ताले उच्च सरकारी ...
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्यो गृहकार्य काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थ...
अब दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैनः सहरी विकासमन्त्री चौधरी काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्...
चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियोः महासचिव पोखरेल सुर्खेत । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी...
दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित आम्सटर्डम । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए । उक्त ह्व...
‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वाताव...
धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर {फोटो फिचर} काठमाडौं । गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ । मनकामना मन्दिर, गोरखा जिल...
दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । प्राप...
कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदैन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष...
डिसी नेपालले मनायो १५ औँ वार्षिक उत्सव {भिडियोसहित } काठमाडौं। डिसी नेपाल प्रा.लिले १५ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनिय छवी बनाउँदै आएको डिसीले आज भव्यताका साथ १५ औँ वार्षिक उत्सव मनाएको हो। सो अवसरमा संस्थामा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरे...
चरनबाट घर लैजाँदै बाख्रा वेनी। म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीमा चरन क्षेत्रवाट बाख्रालाई घर लैजाँदै गरेका स्थानीय कृषक ।
श्रीलंका कसरी विनाशको हदसम्म पुग्यो, अवस्थाको जिम्मेवार परिस्थिति वा सरकार ? काठमाडौं । छिमेकी राष्ट्र श्रीलंकामा सिंगो व्यवस्था ध्वस्त भएपछि जनताले विद्रोह गरेका छन् । राष्ट्रपति-प्रधानमन्त्रीको घर हजारौं जनताको कब्जामा छ । ठूला नेता घटनास्थलबाट बेपत्ता छन् र देशमा यस्तो अराजकताको अवस्था छ कि अब के हुन्छ भन्ने न जनताल...
बहिनी बस चलाउने, दिदी भाडा उठाउनेः छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन् बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उ...
सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने काठमाडौं । नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भ...
गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई ...
घरमा बेम्बो प्लान्ट रोप्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् माटो काठमाडौं । गुड लक प्लान्ट भनेर चिनिने बेम्बो प्लान्टलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ। यही कारणले गर्दा मानिसहरू यसलाई घरमा राख्न रुचाउँछन्। बजारमा सजिलै पाइने भए पनि यसलाई जोगाइ राख्न भने सजिलो छैन । वास्तवमा, यो रोप्नको लागि माटोलाई राम्ररी तयार गर्...
तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः वर्षमान पुन काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समि...
आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद(ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एसएलआरको गोली लागेर सुरक्षाकर्मीको मृत्यु काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित दूतावासको परिसरभित्र गोली चलेको हो । गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको स्रोतल...
फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर) निरन्तरको झरिका कारण बर्खायाममा फुल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूल फूलहरुले सधैँ सुन्दर देखिन्छन् ।
अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ...
१४ वर्षीय किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालक यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धानक...
त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन  हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् । बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु ...
सप्तकोसीमा पानीको बहाव बढ्यो राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्...
उपत्यकाको प्रदूषित खानेपानीले हैजा काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा...
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायौँः उपसभापति खड्का सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन् । सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् । ‘हामीलाई जनताले ल...
डिसी नेपालले ‘Happy Group’ संग बिताएको ‘पहिलो प्रहर’ {फोटो फिचर} काठमाडौं । भनिन्छ जो धेरै हाँस्छ उ धेरै बाँच्छ । यस्तै स्वस्थ्य बाँच्नका लागि भक्तपुरको ‘Happy Group’ ले शारिरिक मानसिक थकानबाट मुक्तिको उपाय खोज्दै प्रत्येक शनिबार भक्तपुर वरपरका विभिन्न स्थलहरुमा हिडेर यात्रा (हाइकिङ) गर्ने गरेको छ । यहीँ हाइकिङको यो पट...
निर्वाचन गर्न कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको विकल्पसहित प्रस्ताव काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र ...
राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ: विरोध खतिवडा काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बज...
काठमाडौं महानगरले ल्यायो चालू आर्थिक वर्षभन्दा करिब ७ अर्ब धेरै बजेट काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् । महानग...
वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त काठमाडौं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थाय...
रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश काठमाडौ। कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ । प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो । बंगबन्धु बंगलादेश–नेपाल अन्तर...
नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो । असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित ...
सामाजिक संजालमा भाइरल यी व्यक्ति को हुन् ? जसलाई मानिसहरूले अमिताभ बच्चन भनिरहेका छन् ? काठमाडौं । एक अफगान शरणार्थीको केही वर्ष पुरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर विश्व प्रसिद्ध फोटोग्राफर स्टिभ म्याककरीले आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेका छन् । यो तस्बिर सार्वजनिक हुनेबित्तिकै इन्टरनेटमा...
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको...
सुत्केरी गराउँदा डाक्टरले बच्चाको घाँटी छिनाइदिए, टाउको गर्भमै छोडेर शरीर मात्र बाहिर निकाले काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकीय लापरवाहीको गम्भीर घटना बाहिर आएको छ । प्रदेशको एक ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले सुत्केरी गराउने क्रममा बच्चाको टाउको काटेर गर्भमै छोडिदिएका छन् । त्यसपछि ३२ वर्षीया हिन...
१ किलो चियापत्तीको मूल्य डेढ लाख रूपैयाँ, असमको सुनौलो चियाले बनायो रेकर्ड काठमाडौं । उत्तरपूर्वी भारतको आसाम राज्य चिया खेतीका लागि प्रसिद्ध छ। असममा एकभन्दा बढी किसिमका चिया खेती गरिन्छ र विश्वभरका क्रेताहरूले महँगो मूल्य तिरेर किन्छन्। भर्खरै भएको लिलामीमा असमको एक किसिमको चियाले नयाँ कीर्तिमान कायम गरेको छ । यस लिल...
फ्लोरल बिकिनीमा उषा उप्रेतीले गरिन् गर्मीलाई च्यालेन्ज, १३ तस्वीरहरु काठमाडौं । टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्...
अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोग...
साराको बोल्ड पहिरन, जसका कारण कार्तिक आर्यनले मन थाम्न सकेनन् (१२ तस्वीरहरू) काठमाडौं । बलिउड इन्डस्ट्रीका धेरै यस्ता स्टार छन् जसले छोटो समयमै मानिसको मनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । यी केही स्टारमा सारा अली खानको नाम पनि आउँछ । त्यसैले पनि उनी हरेक दिन हेडलाइन्सको हिस्सा बन्ने गर्छिन् । सारा हालै मुम्बईको एक का...
निउरो खोज्न जाँदा बेपत्ता भएकी युवती बाघले खाइरहेको अवस्थामा फेला काठमाडौं। चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले बेपत्ता बनाएको थियो। उनलाई खोज्...
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो । घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायि...
पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका...
के नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका ? काठमाडौं। अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ। पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ। पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका ...
सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’ काठमाडौं। पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर धारावाहिक रुपमा निर्माण गरिने जानकारी प्राप्त भएको छ । यस शृङ्खलाका परिकल्...
भारतकी यी हट मोडललाई देख्दा तपाईं पनि चकित पर्न सक्नुहुन्छ काठमाडौं । विश्वभर भर्चुअल इन्फ्लुएन्सरको बढ्दो संख्याको बीचमा एक भारतीय इन्फ्लुएन्सरले पनि यस क्षेत्रमा प्रवेश गरेकी छिन्। देशको पहिलो भर्चुअल इन्फ्लुएन्सरका रूपमा परिचित कायराले इन्स्टाग्राममा १ लाख फलोअर्स पूरा गर्न लागेकी छिन् । जहाँ उनको तस्बिर र रिललाई मा...
शरीरमा यी ७ चिन्ह भएका महिलाहरु हुन्छन् धेरै भाग्यशाली ! काठमाडौँ। जीवनको हरेक मोडमा भाग्यके साथ दियोस् भन्ने सबैको चाहना हुन्छ । महिला र पुरुष दुवैको शरीरमा केही यस्तो चिन्ह हुन्छ जसलाई भाग्यशाली हुने संकेत मानिन्छ । भौतिक र संरचनात्मक संरचनाको आधारमा शुभ चिन्हको बारेमा पनि जानौं- १. खुट्टामा कोठी – समुद्र शास्त्रका अ...
मुक्तिनाथ मन्दिरको भेटी अब बैंक खातामा बलेवा। हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ। प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो। नेपाल राष्ट्र बैँक पोखरा कार...
सिद्धूको हत्याको बदला लिन दाउद इब्राहिमका सहयोगीसहित ७ ग्याङ एकजुट, नगद पुरस्कार घोषणा काठमाडौं । कुख्यात ग्याङ्स्टर भूपी राणा पनि पञ्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा जोडिएका छन् । राणाले सिद्धु मुसेवालाको हत्याको बदला लिने बताएका छन् । हत्याराको जानकारी दिनेलाई ५ लाख पुरस्कार दिने पनि राणाले घोषणा गरेका छन् । ...
बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने काठमाडौं । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै उक्त स...
नेपालको अर्थतन्त्र धरासायी हुन सक्छः कमल थापा हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् । बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घ...
विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार, हेर्नुहोस् तस्बिरमा काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान पौडे १० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दु...
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती क...
सांसदले सभामुखलाई ताला चाबी बुझाए! काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिप...
युक्रेन-रुस युद्धका यी मुटु कमाउने तस्विरहरूको लागि जिम्मेवार को हो ? काठमाडौं । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लड...
ताइवानमा आक्रमण गर्ने चीनको योजनाले सनसनी, अमेरिकाले सेना पठाउने काठमाडौं । ताइवानमा आक्रमण गर्ने चिनियाँ सेनाको योजना रहेको अडियो लीक भएपछि यसले सनसनी मच्चाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चीनले ताइवानमाथि पनि आक्रमण गर्न सक्ने आशंका अमेरिकाले पटकपटक व्यक्त गरेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले...
दिपक पासवानको हत्याको आरोपित दुई जना पक्राउ बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बर...
अमेरिका, अस्ट्रेलिया, भारत र जापानको ‘क्वाड’ सम्मेलन ठिक अगाडि चीनको ठूलो भविष्यवाणी काठमाडौं । जापानको राजधानी टोकियोमा हुने क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार जापान पुगेका छन् । उनी बाहेक यस संस्थाका अन्य तीन देश अमेरिका, अष्ट्रेलिया र जापानका राष्ट्र प्रमुखहरु पनि बैठकमा सहभागी हुन...
एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ। मे बीस शुक्रबार  वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा ...
कामपा-२७ मा कांग्रेसका खड्गी विजयी काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन्  । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्। खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरे...
रुसले युक्रेनको मारिउपोललाई पूर्ण रूपमा कब्जा गर्यो काठमाडौं । रुसले महिनौंको लडाइँपछि युक्रेनको तटीय सहर मारियुपोल कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि रूसी अधिकारीहरूले मारियुपोल कब्जाको लागि अन्तिम युद्ध शहरको अजोभस्टल स्टिल प्लान्टमा चलिरहेको बताए। महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमाथिक...
कविलासी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी सर्लाही । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेव...
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी चितवन। रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन्...
खजाना खोजिरहेको टोलीले भेट्टायो ४ हजार किलो सुन, यसको मूल्य ३० अर्ब रूपैयाँ काठमाडौं । खजानाको खोजीमा जुटेको एक टोलीले हिटलरको समयको ठूलो खजाना फेला पारेको दाबी गरेको छ । खोज टोलीका अनुसार हिटलरको अर्धसैनिक बलले वेश्यालयको रूपमा प्रयोग गरेको दरबारमुनि लुटिएको सुन र बहुमूल्य वस्तुहरूको भण्डार फेला परेको छ। एउटा खजाना खो...
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो काठमाडौं । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ...
काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा काठमाडौं।ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।काठमाण्डौ उपत्यका...
स्याङ्जाको वालिङमा जीप दुर्घटना, मानवीय क्षति भएकाे आशंका काठमाडौं। स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। सिक्रेदेखि वालिङतर्फ आउँदै गरेक...
कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान? काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्...
अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदे...
दक्षिण कोरियाको नयाँ सरकार र उत्तर कोरियाली शासक किम जोङ उनबीच टकरावको डर काठमाडौं । कोरियाली प्रायद्वीपको बदलिएको अवस्थामा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो हतियारलाई नयाँ धार दिन थालेका छन् । उनको कट्टर प्रतिद्वन्द्वी देश दक्षिण कोरियामा कडा कदम चाल्ने वाचा गरेका युन सुक-योलले मंगलबार पदभार ग्रहण गर्दैछन्। दुई द...
राजस्थान रोयल्सलाई झट्का, पत्नीले सन्तान जन्माउने मिति आएपछि हेटमायर घर फर्के काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा राजस्थान रोयल्सले सातौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै राजस्थानको टोली प्लेअफको दौडमा पुगेको छ तर शीर्ष ४ मा पुग...
मोटरसाइकल दुर्घटनामा ३० वर्षीय युवकको मृत्यु रोल्पा। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेका छन्। रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपल...
मौसम : चट्याङसहित वर्षा हुने सम्भावना काठमाडौं । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली...
महाधिवेशन प्रतिनिधी कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका ह...
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टोली काठमाडौं । वैशाखमा ३० गतेमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा ट...
अनुगमन टोली परिचालन: आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज गर्ने काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचार...
निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने लमजुङ। लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला...
१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सय भन्दा बढी खेलाडी मिचिगन, अमेरिका । अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ। च्याम्पियनसिप मे १३ र १४ तारिकमा अमेरिकाको मिचिगन राज्यमा हुदै छ। च्याम्प...
इंगेजमेन्ट भइसकेका आफ्ना प्रेमीलाई जेल हाल्ने महिला सई काठमाडौं । असम प्रहरीकी एक महिला सब इन्स्पेक्टरले आफ्नै हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छन् । नौगाउँ प्रहरी चौकीमा कार्यरत सब-इन्स्पेक्टर जुनमोनी राभाले ओएनजीसीमा कथित जनसम्पर्क अधिकारी भएको दाबी गर्ने उनको मंगेतर राणा पोगाग विरुद्ध एफआईआर दर्ता ग...
प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो । गठबन्धनले ...
‘धाकड’को ट्रेलरअघि कंगनाको ‘धाकड’ फोटोसुट काठमाडौं । कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाले ट्रेलर रिलिज हुनुअघि नै आफ्ना केही ग्ल्यामरस तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । कंगना रनौतको यो एक्सन फिल्ममा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी लगायत धेरै उत्कृष्ट कलाकारहरु देखिनेछन् ।...
मिथुन चक्रवर्ती अस्पताल भर्ना काठमाडौं । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् । अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहे...
आर्कटिक क्षेत्र कसको नियन्त्रणमा छ, यहाँबाट तेल र ग्यासको दोहनमा किन यत्रो विवाद ? काठमाडौं । विश्वभर प्राकृतिक स्रोत र वैकल्पिक ऊर्जा स्रोतहरूको लागि व्यापक खोजी भइरहेको छ। धेरै देशहरूले ऊर्जा सङ्कटको सामना गरिरहेकाले पछिल्ला महिनाहरूमा यो खोज तीव्र भएको छ। यस खोजमा आर्कटिक क्षेत्र एउटा यस्तो क्षेत्र हो जसमा धेरै देशक...
२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प, विद्युतको प्राथमिकता घरायसी प्रायोजनलाई भैरहवा । विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडस...
लोसपाको हेराइमा जसपा माओवादीको भाई काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई नेकपा (माओवादी केन्द्र)को भाई पार्टी भएको बताएको छ ।लोसपाले शुक्रबार स्थानीय निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणामपत्रमा उक्त कुरा उल्लेख गरेको छ । ‘संविधान सभालाई निर्णायक मोडमा पुर्य...
कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस...
केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छःगगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् । ...
नेपाली राजदूत अधिकारीले प्रस्तुत गरे इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय र...
काठमाडौँ महानगरपालिकाको १६२ पदमा ८५९ जनाको उम्मेदवारी काठमाडौँ। प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ। स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा उम्मेद्वारी दर्ता भएको हा । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदक...
ताइवानलाई युक्रेनसँग तुलना गरिएपछि चीन आक्रोशित काठमाडौं । जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेले अप्रिल १२ मा अमेरिकी अखबार लस एन्जलस टाइम्समा युक्रेन र ताइवानको तुलना गर्दै लेख लेखेका थिए । लेखमा उनले अमेरिकाले यदि आवश्यक भएमा ताइवानलाई सहयोग गर्न खडा हुनेछ भन्ने स्पष्ट पार्नु पर्ने बताएका थिए । यस लेखको जवाफमा चिनि...