content
stringlengths
20
64.1k
युरिक एसिडको दुखाइबाट तत्काल छुट्कारा पाउन यसो गर्नुहोस् काठमाडौं । पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिरहेको छ । यरिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् । के हो त युरिक एसिड ? । युरिक एसिड रगतमा पाईने एक प्रकारको पदार्थ हो । या भनौं हामीले खाने खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट ...
भौतिक पूर्वाधार मन्त्री यादवद्वारा लामोसाँघु जिरी सडकखण्डको निरीक्षण काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ । टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्त...
आगलागीको घटनाप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेलले दमौलीमा भएको आगलागीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आईतबार साँझ तनहुँको दमौली आइपुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्...
भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्स...
आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुग्नुभएका मन्त्री...
बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो । तर, फरार रहँदै आएका उनलाई आइ...
युद्ध अपराध के हो ? रूसमाथि किन अनुसन्धान गरिँदैछ ? लण्डन (बीबीसी) । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइ...
१ करोड डलर टाउकोको मूल्य तोकिएका तालिबान नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक काठमाडौं। अफगानिस्तानका अन्तरिम गृहमन्त्री र तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । पाकिस्तानी अखबार डनका अनुसार हक्कानी उक सरकारी कार्यक्रममा सहभागी भए र उनका केही तस्वीरहरु पनि सार्वजनिक भए...
प्रेस चौतारीको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन काठमाडौं । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्ष...
मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु जनकपुरधाम ।आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो...
सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छः गृहमन्त्री खाँण रुपन्देही । बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भने “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा...
पुटिनको चेतावनी- थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस् काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । यो टिप्पणी त्यतिबेला आएको ह...
लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन पारित काठमाडौं । सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । समितिले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले तयार गरिएको मस...
राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह काभ्रे। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमिति...
गृहमन्त्री खाँणसँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित...
राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व स...
कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको पर्खाइमा बागलुङ । दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड बजेट अभावमा कालोपत्र  रोकिएको छ । बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । करि...
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ । ‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी र...
युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे) पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले  युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर  ...
एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संस...
वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु, गाउँपालिकामा शोक बिदा तनहुँ । देवघाट गाउँपालिका–३ का तनहुँका वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज ...
चितुवाको छालासहित तीन पक्राउ बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ...
मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्क...
प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्ने आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरे िछिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकि हुन् । मन्त्रिपर...
उपत्यकामा एकैदिन १३ सय ९६ जना चालकमाथि कारवाही काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाहीग गरेको छ । शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा...
विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ स...
कांग्रेस-एमाले नेताहरुबीच बालकोटमा छलफल सुरु काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता हुँदैछ । वार्ता अघि एमाले र कांग्रेसका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीक...
चितवनमा नयाँ प्रजातिको ‘सल्ने बगेडी’ चरा फेला चितवन  । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो । नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो प...
दुई अनलाइन कालोसूचीमा, विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी काठमाडौं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा रा...
गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियोः प्रदीप ज्ञवाली काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् । शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा...
फेरि बालकोट पुगे देउवा काठमाडौं । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । उनी पार्टी उपसभापति पूर्ण बहाद...
अभिनेत्री रश्मिका मन्डन्नाको फेसन र स्टाइलमा फ्यान फिदा एजेन्सी। आफ्नो उत्कृष्ट अभिनय र ग्ल्यामरस स्टाइलका लागि परिचित अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ। फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्। यी सुन्दर अ...
सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु काठमाडौं काठमाडौं को पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग ...
हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिश दिँदाशुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै हराएका वा नष्ट भएका मतदाता परिचय पुनः बनाउने प्रयोजनका लागि नि:शुल्क सिफार...
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि, नेपालको बिजुली बिक्रीका लागि प्रस्ताव काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका ...
अमेरिका र चीनलाई परराष्ट्रको जवाफ– कुन सहायता चाहिन्छ भन्ने निर्णय सार्वभौम संसदले मात्रै गर्छ काठमाडौं । नेपाललाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्...
एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा प...
अमेरिका र चीन द्वन्द्वकाे छिटा नेपालमा पर्नु दुर्भाग्यपूर्ण छ : पूर्वअर्थमन्त्री काेइराला काठमाडौँ। पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एमसीसी विकास परियोजना रहेको बताएका छन् । डिसीनेपालको द ब्रिज टकलाई अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,’एमसीसी भन्नेलाई हाइलाइट गरियो मेरो लागि यो एमसीसी होइन मेरो ...
शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घ...
प्रेस स्वतन्त्रता संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न सरकार दृढ छः सञ्चारमन्त्री कार्की काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् मनेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद...
‘ विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषणमा राससको भूमिका प्रशंसनीय ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राससको भूमिका प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस...
राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय...
गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दि...
कालिकोटमा १८ हजार मतदाता थपिए कालिकोट। कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा ...
बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने, शुक्रबारदेखि परीक्षण उडान सुरु काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन ...
प्रेस चौतारी रासस शाखाले पत्रकारलाई सम्मान गर्ने काठमाडौं । प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाले यस वर्षको सम्मान र पुरस्कार घोषणा गरेको छ । सो शाखाले ‘प्रेस चौतारी रासस सम्मान’ राससका पूर्वनायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली तथा ‘प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार’ रासस केन्द्रीय कार्यालयका फ...
योजना आयोगका उपाध्यक्ष पौडेल र संयुक्त अधिराज्यका राजदूत निकोलाबीच छलफल काठमाडौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ । उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी...
गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल काठमाडौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका ने...
रोकिएको काम तीव्र गतिमा अघि बढाउँछुः कार्यवहाक सदस्यसचिव थापा काठमाडौं . राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । ‘अहिलेको टड्क...
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो जाजरकोट। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् । विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको...
श्रीमतीलाई तह लगाउनका लागि तीन दिन श्रीमतीसँग नसुत्न मन्त्रीको सुझाव ! क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्...
प्रदेश-१ ले कहिले नाम पाउँछ ? झापा । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले संसद्को आउँदो अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउने प्रयास गर्ने आश्वासन दिए । समाजवादी प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नामांकनका लागि प्रयत्न गर्ने प्रतिबद्धता गरे । चार वर्षमा तीन मुख्यमन्त्री फेरिँदा पनि राख्न नसकेको प...
कांग्रेस कैलाली अधिवेशन : कोइराला पक्ष छुट्टै टीमको तयारीमा जुट्यो धनगढी । नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ । संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको ...
राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग काठमाडौं । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्स...
शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक य...
३५ करोडको युरेनियमसहित ८ जना पक्राउ काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धु...
निजगढ विमानस्थल चाँडै निर्माण हुन्छः अध्यक्ष नेपाल बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बनाउने भनिएक...
मधेश प्रदेश सरकारको ४ वर्षः संघीय सरकारका कारण भएन काम ! जनकपुरधाम । मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले प्रदेश सरकारले योजना अनुसारको काम गर्न नसकेको मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गर...
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–...
त्रिविमा डेढ सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्याल...
पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न पर्यटन मन्त्रीको निर्देशन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन । सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सर...
उड्डयन प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री हाजिर नगरी फर्किए काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन । बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुगेका क्षेत्रीले हाजिर नगरी फर्किएको प्राधिकरणले जनाएको ...
राजनीतिक अस्थिरताको असर कूटनीतिमा, नेपालका ३३ दूतावास तथा नियोगमध्ये २० नेतृत्वविहीन काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढ्दा त्यसको प्रत्यक्ष असर कूटनीतिमा परेको छ । जसको कारण विदेशमा रहेका नेपालको ३३ वटा नियोग तथा दूतावासमध्ये २० वटा लामो समयदेखि नेतृत्वविहीन बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको ने...
ओमिक्रोन हो वा सामान्य रुघाखोकी कसरी थाहा पाउने ? काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले यति बेला सबै जनालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा कसैलाई सामान्य रुघाखोकी सिजनल इन्फ्लुन्जा लाग्दा पनि त्रसित बन्नु पर्ने अवस्था आएको छ । कतिपय व्यक्तिले भने ओमिक्रोलाई सामान्य रुघाखोकीको रुपमा लिने गरेको देखिएको छ ।...
न्यायालयमा देखिएको बेथिति हटाउन महाभियोग: प्रचण्ड जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ताहरु मात्रै होइन...
केपी ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी द...
३० तस्वीरमा इशान किशनकी गर्लफ्रेण्ड, सबैभन्दा महंगोमा बिकेपछि दिइन् यस्तो प्रतिक्रिया काठमाडौं। आइपिएल २०२२ को लिलामीको पहिलो दिन इशान किशन सबेभन्दा महंगोमा बिक्री भए । इशानलाई मुम्बइ इण्डियन्सले १५.२५ करोड रुपैयाँ मूल्यमा अनुबन्ध गरेको छ । यससँगै इशान आइपिएल लिलामीको इतिहासमा दोस्रो महंगा भारतीय खेलाडी बनेका छन् । २ क...
भूमि आयोगद्वारा सुर्खेतका पाँच स्थानीय तहमा सेवा केन्द्र स्थापना सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेतले पहिलो चरणमा यहाँका पाँच स्थानीय तहसँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरेको छ । आयोगले ती स्थानीय तहमा सेवा कार्यालय स्थापना गर्दै जग्गाको विवरण सङ्कलन थालेको हो । आयोगको जिल्ला कार्यालयका अनुसार पहिलो चरणमा भे...
पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि कांग्रेसको सिफारिस दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कां...
दुई भारतीय नागरिक हतियारसहित पक्राउ बाँके। चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जि...
अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैनः उपमहासचिव गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन । प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अ...
आइतबार देखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै काठमाडौ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिए...
नेपालबाट हङकङ उडानमा प्रतिबन्ध काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत...
गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सा...
सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी काठमाडाैं। अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए...
पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’को संज्ञा काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग...
मिसाइलका लागि उत्तर कोरियाले अरबौं डलर कहाँबाट ल्याउँछ ? रिपोर्टमा आश्चर्यजनक खुलासा काठमाडौं। उत्तर कोरिया ती सीमित देशहरुमध्ये एक हो जसको बारेमा अन्य देशका नागरिकहरुलाई कमै मात्र थाहा छ । किम जोंग उनको शासन रहेको यो देशका सीमा दशकौंदेखि सील छन् । इन्टरनेट जस्तो चीजको यो जमिनमा नामनिशान छैन । यो देशमा न कुनै बाहिरी जा...
भारततर्फ तस्करी गर्न लागेको केराउसहित भारतीय नागरिक पक्राउ काठमाडौं। कपिलवस्तुबाट तस्करी हुन लागेको केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपालबाट भारततर्फ लैजादै गरेको ठुलो परिमाणमा केराउसहित भारतको सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई पक्राउ गरेको हो । कपिलवस्तुको मर्यादपुर प्...
भ्यालेन्टाइन विकमा पेटिएमको भिडियो भाइरल, युजरहरुले भने ‘मेरा मातापिताले त कुट्छन्’ काठमाडौं। फेब्रुअरी महिनामा आउने भ्यालेन्टाइन विक हरेक जोडठीको लागि खास महत्वको हुन्छ । यस्तोमा डिजिटल पेमेन्ट कम्पनी पेटिएमले आफ्नो एउटा विज्ञापन रिलिज गरेको छ । यो भिडियो सामाजिक संजालमा तीब्र रुपमा भाइरल भइरहेको छ । भिडियोलाई लाखौंले...
बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते बुटवल। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्त...
आजको मौसम : हल्का वर्षाको सम्भावना काठमाडौँ। हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रात...
१ हजार ७१४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा परीक्षण गर्दा १ हजार ७१४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार २२५ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा ...
पूर्वी लद्दाखमा भारतसँग खोसेको जमिनमा चीनले पुल बनाउँदै काठमाडौं। पूर्वी लद्दाखको पेगोंग तालमा चीनले पुल बनाउँदैछ । यो क्षेत्र चीनले भारतसँग खोसेको र यहाँ पुल बनाउन लागेको भारतको केन्द्र सरकारले शुक्रबार आफ्नो संसद बैठकमा बताएको छ । भारतका विदेश राज्यमन्त्री भी मुरलीधरणले संसदमा लिखित जवाफ दिँदै भनेका छन् ‘चीनको तर्फबा...
संसद्मा समिति प्रणाली पुस्तक सार्वजनिकः ससदीय समितिका सभापतिका अनुभव र अनुभूति काठमाडौं । संसद्मा समिति प्रणाली (राष्ट्रियसभा विशेष) पुस्तकमा राष्ट्रियसभाका समितिमा चार वर्ष नेतृत्व गरेका सभापति र सभाको समावेशी स्वरूप प्रतिविम्बित हुनेगरी छनोट गरिएका अन्य सदस्यका दृष्टिकोणलाई एकीकृत गरिएको छ । संसद्का समिति प्रणालीको अ...
मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ मोरङ । मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र ...
सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म काठमाडौं। सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो । ५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदाल...
एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः माधव नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले...
अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा...
साउदी अरेबियाको रेष्टुरेण्टमा पुगेपछि मानिसहरु आत्तिएर चिच्याउँछन्, हेर्नुहोस् तस्वीरहरु काठमाडौं। साउदी अरेबियामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ भूत, प्रेत, जोम्बी र डरलाग्दो आजाजको बीचमा ग्राहकहरुले खाना खान्छन् । मानिसहरुको खानाको टेबलनजिकै मानव कंकाल र नक्कली रगत हुन्छन् । रेष्टुरेण्टमा ग्राहकहरुको साथमा कुर्सीमा मा...
अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट काठमाडौं ।सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवार...
जेठ ४ को निर्वाचन मितिबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको ...
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो । खति...
नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने नेपालगञ्ज। आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो। साउन २...
बर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल (भिडियो) काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको बर्तमान सत्ता गठबन्धन...
भारतले अमेरिकासँग किन निहुँ खोज्दैछ ? काठमाडौं। भारतले सोमबार युक्रेन संकटका विषयमा तत्काल तनाव कम गर्न भनेको छ । भारतले यो मामिलामा सबै देशहरुको उचित सुरक्षा हितलाई पनि रेखांकित गरेको छ । संयुत्तः राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमाथि रुसको सम्भावित आक्रमणका विषयमा चर्चा हुनु पर्ने वा नपर्ने भन्ने विषयमा मतदान भएको...
बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही काठमाडौँ। नियामक निकाय बिमा समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको हो। कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पन...
मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ । अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुत...
लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगा...