content stringlengths 20 64.1k ⌀ |
|---|
कोरोनाको कहरः नीलबाराही नाच राति मात्र सञ्चालन भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।
दैवी शक्तिमा विश्वास रा... |
रूकुम पूर्वकाे आठ हजार हेक्टरमा सिँचाइ सुविधा रुकुम (पूर्व) । जिल्लामा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ। आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ।... |
आक्रमणमा परी नाइजरमा ३७ जना मारिए नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन् ।
बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त र... |
इटहरीका गाउँ गाउँमा कालोपत्रे सडक (फोटोफिचर) इटहरी । इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगर भएपछिका जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अर... |
नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् पद तथा गोपनियताको सपथ काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।
निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको न... |
साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
नेपा... |
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भए... |
कर्णालीमा लागुऔषध र मदिरा समस्या कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन्।
भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाए। यो दुव्र्यसनीले य... |
कांग्रेस महाधिवेशन मंसिरसम्म गर्न संस्थापन पक्षको अडान काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शनिबार पूनः बस्नेगरी सकिएको छ । शुक्रबार बसकाे बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच छलफल भएको छ । यसअघि सार्वजनिक कार्यतालिकाअनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन कार्... |
राप्रपा अध्यक्ष थापाको कृतिः ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आय... |
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ को धा... |
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी... |
उपत्यकाभित्र निषेधाज्ञामा कडाई, राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्... |
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत... |
बेनीमा आगलागी, दुई पसलमा क्षति गलेश्वर। म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा ... |
एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदाै ८ सम्म आवेदन दिन मिल्ने काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय १५ दिन थप भएको छ। कोरोना महामारीको कारण देखाउँदै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको ... |
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।
यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षा... |
संवैधानिक परिषद सम्बन्धी रिटमा सर्वोच्चलाई प्रधानन्यायाधीश राणाको जवाफः नियुक्ति सिफारिस संविधानसम्मत काठमाडौं। गत मंसिरको अन्तिममा तत्कालिन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि बसेको संवैधानिक परिषदको बैठकले गरेका नियुक्ति सिफारिसमा सहभागी रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सो... |
जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।
उनले पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी ... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौं। साताको पहिलो दिन आइतवार सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ५ स... |
वार कि पार भनिएको माधव समूहको बैठकले किन गरेन ठोस निर्णय ? काठकमडौं। निर्णायक भनिएको नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटि बैठक दुई दिन चलेर शुक्रबार सकिएको छ। बुद्धनगरको एक पार्टी प्यालेसमा सम्पन्न बैठक दुई दिन चलेर निष्कर्षविहीन हुँदै सकिएको छ। वार कि पारको रुपमा हेरिएको बैठकले ठोस निर्णय निकाल्न सकेन। पार्टी... |
आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७८ साल साउन २२ गते, शुक्रबार । सन् २०२१ अगस्त ६ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। त्रयाेदशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,... |
राजस्व छली गरेको अभियोगमा मुद्दा काठमाडौं । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा... |
लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ। यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २... |
२३ लाख ५० हजार जरिवाना भएपछि फरार श्रेष्ठ पक्राउ काठमाडौं । नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालि... |
सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुप... |
साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलकाे बैठक काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमासरकारका प्राथमिकतालाई अन्तिम रूप दिनेबारे पनि छलफल भइरहेको जनाइएको छ।
कार्यदलमा कांग्रेस महामन्त्री पूर... |
मौज्दात सकिएपछि महानगरको खोप अभियान स्थगित काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।
कुँवरले सूचना जारी गर्दै १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उ... |
अदुवाखेतीबाट आम्दानी बढ्दै सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।
कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमा... |
३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ काठमाडौं। प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।
मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त ... |
मिडिया एक्सन नेपालको प्रतिवेदन सार्वजनिक काठमाडौं। मिडिया एक्सन नेपालले ‘नेपालमा मिडियाः पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरण’ विषयक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर–सरकारी निकाय र सञ्चारगृहहर... |
इजरायल राेजगारी : ‘हिब्रु भाषा त आउँछ, तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु’ काठमाडौं। वैदेशिक रोजगार विभागमा बुधबार भेटिएकी सप्तरीकी इन्दिरा दाहाल इजरायल रोजगारीबारे बुझ्न त्यहाँ पुगेकी रहेछिन्। उनले पहिलादेखि नै इजरायल जान इच्छुक भएकाले चार वर्ष अगाडि धेरै मेहनत गरेर हिब्रु भाषा पढेकी रहेछिन्। किन आउनु... |
श्रीलंकाविरुद्ध भारतको लज्जास्पद ब्याटिङ काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टी२० खेल खेलिरहेको भारतले लज्जास्पद ब्याटिङ गरेको छ । कोलम्बोमा जारी खेलमा भारतले श्रीलंकालाई मात्र ८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनायो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक... |
धार्मिक ग्रन्थकै नाममा ठगी, दुईजना पक्राउ काठमाडौं। बहुमूल्य धार्मिक ग्रन्थ भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्न खोज्ने सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र द... |
ऊर्जामन्त्रीसँग उद्यमीको गुनासोः सजिलै काम गर्ने वातावरण कहिले बन्छ ? काठमाडौं । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई... |
प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण काठमाडौं । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना व... |
श्रमिकको ज्याला वृद्धि, न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टा काठमाडौँ । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७/७८ मा श्रमिकले प... |
सडक पहिराेले बगाएपछि मोटरेबल पुल प्रयोगविहीन म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ। करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ।
शिखदेखि स्वाँत, किन्दु जोड्ने ... |
नक्कली कागजात बनाएर विदेश जान खोजेपछि… काठमाडौं। नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी ... |
नेपाली कांग्रेस महाधिवेशन अनिश्चय ! काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा स... |
मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा राजविराज। अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ। अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ।
नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्... |
धनगढीकाे पहिलो रक्तसञ्चार सेवा केन्द्र हस्तान्तरण काठमाडौं। अमेरिकी मिशन अन्र्तगतको डिफेन्स टिम र युएसएआइडी नेपालले धनगढीमा नवनिर्मित रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्डको सहयोगमा निर्मित सुदुर–पश्चिम प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई मंगलबार हस्तान्तरण गरिएको हो।
यो धनगढीकै पहिलो... |
तीन हजार विन्दु नजिक नेप्से, करिब १४ अंकले बढेको बजारमा पौने १२ अर्बको कारोबार काठमाडौं। साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। सोमबार नेप्से १३.९७ अंकले वृद्धि भई २९९४.९८ विन्दुमा बन्द भएको छ।
करिब एक महिना रेकर्ड बे्रेक गर्दै अलटाईम हाई रेकर्ड बनाएको नेप्से पुन ः तीन हजार... |
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, प्रधानमन्त्री देउवालाई मत दिने सांसदमाथि कारवाहीकाे संभावना काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठ... |
‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’ वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत... |
एमाले स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा देउवा सरकारले लिने विश्वासकाे मत र अन्य समसामयिक विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन्। एमाल... |
प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्। समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्।
घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्प... |
दराजको महाबचत बजारः ‘म्याक बुक प्रो १३’ र ‘आई फोन १२’ जित्ने मौका काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले ‘महाबचत बजार’ सुरु हुने घोषणा गरेको छ। ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्ने उद्देश्यका साथ दराजले उक्त अभियान घोषणा गरेको हो ।
अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनल... |
नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन्।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता ब... |
अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् । जुलाई १० र ११ मा बाल्टिमोर शहरमा सम्पन्न फुटबलमा आठवटा युवा ट... |
एक करोडभन्दा धेरैको चेक बाउन्स भएपछि लामा पक्राउ काठमाडौं। काभ्रेका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ गरेको हो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका लामा चेक बाउन्सको ठगीमा परेका हुन्।
लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट विहीबार पक... |
मन्त्रिपरिषद बैठक जारी, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछिको यो दोसो बैठक हो।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वो... |
प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रि... |
गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् ।
त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आजै सपथ गराउ... |
काठेखोला गाउँपालिकाद्वारा २८० किलोको नगरा निर्माण बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ। गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ। कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ।
अक्षयकोषका... |
महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत डाेटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।
महिनावारी भएका बेला छाउ बार्ने परम्प... |
कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा टिकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेप... |
सर्वोच्चको फैसलाविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेको छ
युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका एमाले नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी समेत गरेका छन् ।
संस... |
शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान डाेटी । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा इन्टरनेट स... |
आठ सय लिटर घरेलु मदिरा नष्ट अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्... |
मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावन... |
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु मंगलबारे । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भ... |
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी वृ... |
ठगी गर्ने म्यान पावरमाथि सरकारको निगरानी आवश्यक काठमाडौ। वैदेशिक रोजगार विभागले गत वर्षको मंसिर ८ गतेदेखि चैत ३० गतेसम्म ५ महिनाको अवधिमा केही कन्सल्टेन्सीसहित ५७ वटा म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो। ठगीलगायत अवैधानिक क्रियाकलाप गरेकाले विभागले अनुगमन गरी कारवाहीको दायरामा ती म्यानपावरलाई ल्याएको थियो।
कारव... |
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ईलाम। ईलाम नगरपालिका(१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या ... |
ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परिया... |
एमाले कार्यदलको बैठक जारी काठमाडौं। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। एमाले कार्यदलको बैठक बिहान १०:३० बजेदेखि सुरु भएको हाे।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन ... |
कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद भएको छ। कपनको सिमलटारस्थित एक घरबाट उनीह... |
पहिरामा परी सात घर भत्किए, लाखौँको क्षति वाग्मती । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ ब... |
निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलम... |
आइपीयो खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीयो) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन्। आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जन... |
आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह काठमाडौं । बुधबार साँझबाट परिरहेको पानी आइतबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गर्ने दैनिक बुलेटिनमा आगामी आइतबारसम्म वर्षा भारी रहने जनाएको छ।
२४ घण्टामा पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, ल... |
बाढी पहिराले रोकियो गाउँसभा मनाङ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।
मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै ... |
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने काठमाडाैं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार... |
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका छन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन... |
क्वाटरफाइनलमा पुग्ने पहिलो टोलि बन्यो डेनमार्क, वेल्स ४ – ० ले पराजित काठमाडौं। युईएफए युरो २०२० फुटबलमा वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा वेल्सलाई ४ – ० गोल अन्रले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो।
... |
चितुवाको छालासहित २ जना पक्राउ काठमाडौं। प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्... |
निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्र... |
बाग्मती प्रदेश सरकारको बजेट विनियोजनको विवरण माग हेटौंडा। वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्... |
५२ हजार बढी सक्रिय संक्रमित, ३७ जिल्लामा ५०० भन्दा बढी काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १६ हजार ९१३ नमूना परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १२ ... |
प्रविधिमैत्री बन्दै बाँकेका किसान राँझा । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ।
यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक... |
एक खेल अगावै अर्जेन्टिना क्वाटरफाइनलमा ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दावेदार अर्जेन्टिना दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना समूह चरणको एक खेल अगावै क्यावटर फाइनलमा प्रवे... |
राससको महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धनकुटाका राईलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
हालको सहिदभूमि गाउँपालिका तथा साबिक छिन्ताङ गाउँ विका... |
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ ।
दोलखाको बिगु गाउँपाल... |
निषेधाज्ञालाई खुकुलो गर्दा पुराना गल्ती नदोहोरिउन् काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमितहरु थपिने संख्या घट्न थालेको छ। काठमाडौं उपत्यका लगायत केही जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निषेधाज्ञाको पछिल्लो समयवधि सकिन २ दिन बाँकी छ।
कोरोनाको पहिलो लहरका बेला पनि दशैं तिहारमा निषेधाज्ञा खोलिएको थि... |
कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवर... |
अब निर्माण क्षेत्र र उद्योग खुला काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनप... |
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भे... |
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्य... |
समस्यामा रहेका चेपाङ समुदायलाई कोयोनद्वारा राहत वितरण काठमाडौं। कोयोनले महामारीका कारण समस्यामा रहेका धादिङ जिल्लाका १८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्नसहित राहत वितरण गरेको छ। जिल्लाको रोराङ गाउँपालिका वडा नं. २ को आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा वसोवास गर्ने चेपाङ समुदायलाइ कोयोनले र... |
कोपा अमेरिकामा ब्राजिलको सानदार जित काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले प्रतियोगिताको सुखद सुरुवात गरेको हो।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन माकविन्होस, नेयमा... |
एरिक्सनको अवस्था स्थिर, डाक्टरले भने ‘मृत्यु भइसकेको थियो’ काठमाडौं। डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौरान शनिबार राति २९ वर्षिया मिडफिल्डर एरिक्सन गम्भिर घाइते भएका थिए।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको ४२ औं मि... |
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ! काठमाडौँ। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।
विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भ... |
दैलेख अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग सुर्खेत । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।
आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलबार स्वास्थ्य सेवा कार्... |
नेपाल ओमान सम्बन्धबारे छलफल काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गरेकी छन् ।
सो अवसरमा उनीहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भ... |
ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, कसैले पनि प्रयोग गर्न भने नपाउने काठमाडौं। जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओल... |
नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सात... |
किन पटक पटक स्थगित भैरहेको छ एमालेको स्थायी कमिटी बैठक? काठमाण्डौ। आज बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजमात्र हैन यो साता यसअघि पनि एमाले स्थायी कमिटी बैठक बोलाउने र स्थगित हुने गरेको थियो। बैठक बोलाउने तर स्थगित गर्ने काम किन भइरहेको छ? के भइरहेको हो अहिले एमालेभित्र? के एमालेमा नेपा... |
सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै स... |
बङ्गलादेशले भारतसँगको सीमाना जुन १४ सम्म बन्द गर्ने ढाका । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.