content stringlengths 20 64.1k ⌀ |
|---|
सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा आज भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसिपक... |
बालिका बलात्कार गरेको आरोपमा आठ वर्ष कैद किमाथाङ्का । शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैस... |
बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई आज... |
टिप्पर पल्टिँदा चालककाे घटनास्थलमै मृत्यु काठमाडाैं । काठमाडाैंको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ।
गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा टिप्पर पल्टिएकाे प्रहरीले जनाएकाे छ। मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा १ जनाकाे घटन... |
ढोरपाटन शिकार आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण गलकोट । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ। आरक्षणमा नेपाली सेनाको उपस्थितिपछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन। ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएक... |
ओली नेतृत्वको सरकार हटाउन म्याण्डेट दिएका छौँ – रामचन्द्र पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको राजनीतिक संकट अन्त्यका लागि ओली नेतृत्वको सरकार हटाउनै पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।
उ... |
आगलागीबाट १२ लाख ६० हजारको क्षति भक्तपुर । भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भ... |
ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने काठमाडौं । सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ ।
‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का स... |
आफूहरुसँग हतियार नभएको विप्लव समूहको प्रष्ट्रिकरण काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफूहरुसँग हतियार नभएको बताएका छन्। सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु एकीकृत जनक्रान्ति... |
प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन्। उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन ... |
महिला, किशोरीलाई आत्मसुरक्षा तालीम नेपालगञ्ज । महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ। एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो।
तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ ... |
ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले भने – प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा बिहीबार पठाएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।
भट्टराईले एक विज्ञप्ति जारी गरि दलको विधान बमोज... |
कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । बेलौरी नगरपालिका ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो ।
बिहिबार साँझ चार जना तस्कर आइर... |
गुरु रिम्पोछेको जन्मदिनमा छेच्यु पूजा (फोटोफिचर) हेलम्बु। गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरेको छ। ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।
गत शनिबार हेलम्बु गा.पा.२ सेर्माथाङको साङ्ग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाको आँगनमा... |
नाइजेरियामा बन्दुकधारीले सात जना गाउँलेको हत्या गरे अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् ।
कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या... |
सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु लाहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर ... |
कीर्तिपुरमा गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दियो काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ ।
कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरिय प्रहरी वृत कीर्तिपुरका डिएसपीले जानकारी दिएका छन्। गाडी ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् ।
यसबारे... |
हुम्लामा ब्रोइलरकाे मासु रोक हुम्ला । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए।
सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट ह... |
सुनकाे मूल्य घट्याे काठमाडाैं। साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। मंगलबार एकै दिन एक हजार १ सय रुपैयाँले उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।
बुधबार ३ सय घटेको सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सु... |
पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण म्याग्दी । जिल्लाकाे मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको ... |
तोलामा रु ८०० ले बढ्यो सुनको मूल्य काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन ... |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे १२ बजेसम्म मात्रै खुल्ने काठमाडौं। मार्च २८ (चैत १५) देखि नेपालको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ। विमानस्थल सञ्चालन घटाएर १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए।
हाल विमानस्थल प्... |
ग्रीनलाइफको आइपीयोमा १० लाखको हात रित्तो, दुई जना भए डबल लक्की काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ।
कम्पनीको आइपीयो... |
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थिय... |
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थि... |
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ! बाग्लुङ। गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ। ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्। लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यह... |
इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्कारूपमा’ लियो : युरोपेली शक्ति राष्ट्रहरू पेरिस । सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कुटनीतिक ‘अवसरलाई हल्कारूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् ।
इरानले सम्झौताको अन्तिम उल्लङ्घन ... |
वैज्ञानिक वन कार्यविधि खारेजीको निर्णय फिर्ता लिन माग काठमाडौं। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले विसं २०७१ देखि लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।
नेफेजले सरकारको उक्त निर्णयअघि नै कार्यविधि वा पद्धति आफैमा खराब नहुने र कार्यान्वयनमा देखिने जटिलतालाई त्य... |
लक्ष्मी र श्री स्टिलले घटाए आफूखुशी बढाएको डण्डीको मूल्य काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार/चार मूल्य घटाएका हुन् ।
लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मू... |
राष्ट्रिय योजना आयोगले अघि सार्याे दीर्घकालीन सोच काठमाडौं। राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले २०७९ मा अतिकम विक... |
निःशुल्क शिक्षालाई कार्यान्वयन जोड काठमाडौं। राष्ट्रियसभाका सांसदले संविधानमा व्यवस्था गरिएको दलित समुदायको शिक्षासम्बन्धी व्यवस्थालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । कानूनी सहायता तथा अनुसन्धान केन्द्र र ग्रासहुड डेभलभमेन्ट फाउण्डेशनद्वारा आइतबार काठमाडौंमा आयोजित ‘शिक्षामा दलित समुदायको पहुँच ... |
शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै सुरुङ्गा । अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार... |
राष्ट्रिय अनुसन्धानका गुप्तचर थापाका हत्या आरोपी पक्राउ काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरका हत्या आरोपी पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका–१८ का २७ वर्षीय थापा मगरको हत्यामा माघ २ मा खेतमा शव भेटिएको थियो।
उनको हत्या आरोपमा बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय... |
विभोर होटलमा एक युवकको मृत्यु काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा एक युवकको ज्यान गएको छ। युवतीसहित सोमबार बिहान विभोर होटल पुगेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको हो।
युवतीसहित सोमबार बिहान होटल पुगेका उनले होटलमै आफूलाई असजिलो महशुस भएको र छाति दुखे... |
कोरोनाविरुद्धको लडाईँः १४ गतेबाट खोप अभियान काठमाडौं। कोरोना महामारीविरुद्धको लडाईँमा नेपालमा पनि खोप अभियान शुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत मन्त्री त्रिपाठीले खोप अभ... |
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ। सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्या... |
यसरी पाइन्छ आम्दानी अनुसारको घर कर्जा काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि ऋण लिनुअघि यस्तो कर्जाको नीतिगत व्यवस्थाबारे सामान्य जानकारी राख्नु जरुरी छ ।
घर कर्जा प्रदान ... |
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदे... |
दुई दम्पत्तिको शंकास्पद मृत्यु : प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? काठमाडौं। एक हप्ता अघि काठमाडौको टोखामा उमेश केसी र सुदिक्षा केसी मृत अवस्थामा फेला परे। उनीहरु दम्पत्ति थिए। उनीहरुको मृत्युको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो विषयमा अनुसन्धान गर्यो। ती दुवै निकायले उमेश र ... |
‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’ लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएक... |
खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह बीबीसी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए।
त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी ... |
व्यावसायिकरुपमा माछापालन फस्टाउँदै दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ।
उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही... |
पीएम कप क्रिकेटः आर्मीद्वारा गण्डकीलाई २८८ रनको लक्ष्य काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ ।
सुस्त सुरुवात गरेक... |
क्यापिटल भवन हिंसा : आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँ बीबीसी । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई)ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ।
अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्... |
मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित क्वालालम्पुर । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।
मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेस... |
पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः डा महत काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता प... |
जंगीअड्डामा नेपाली सेनाले मनायो पृथ्वीजयन्ती काठाडमौं । नेपाली सेनाले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको हो।
मुख्यालयभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माल्यार्पण गरेका थिए। स... |
काठमाडाैंकाे टोखामा दम्पतीको शव भेटियो, अनुसन्धान भइरहेको प्रहरीको भनाई काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन। शुक्रबार राति सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्। केही समयअघि मात्रै अमेरिकाबाट आएका उनीहरु टोखाको कोलनीमा बस्दै आएका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौं... |
होबार्ट पराजित, सन्दीपको किफायती बलिङ एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो ।
सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा... |
एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ ।
माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क... |
भारतमा देखियो बर्ड फ्लू, हजारौँ पन्छी मारिँदै बीबीसी । भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए।
भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।
‘उ... |
एउटा बालिका बलात्कार घटना जसले कोरियाको कानुनी कमजोरीलाई उजागर गरिदियो बीबीसी । एक बालिकालाई क्रूर तरिकाले बलात्कार गरेको आरोप लागेका व्यक्तिको सजाय कम र रिहाइको घटनालाई लिएर दक्षिण कोरियाको न्यायिक प्रणालीबारे नयाँ बहस सुरु भएको छ।
बाह्र वर्षअघि ११ डिसेम्बर बिहान राजधानी सोलबाट दक्षिण-पश्चिम अन्सानमा एकजना आठ वर्षीया ... |
असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ जेनेभा । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् ।
बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यात... |
कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्... |
एअरपोर्टमा भेटिएको पेस्तोलको गोली नेपाल प्रहरीकै काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला पर्यो। विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० ... |
टोखाबाट चरिबाघको छालासहित एक जना पक्राउ काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक ग... |
बागलुङमा तङ्ग्रिदै पर्यटन बाग्लुङ। कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन्। बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ। धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन्।
... |
जलेश्वर पुगेर प्रभु साहले भने, ‘प्रचण्डलाई जनतामाथि विश्वास छैन’ जलेश्वर । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघ... |
महिलाकाे नौ महिनादेखि ओडारकै बास, खाेज्न काेही आएनन् कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ। सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पुर्याएको हुन सक्छ। त्यही पात्रको परिचय भने न... |
फरार दुई प्रतिवादी पक्राउ कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजा... |
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै काठमाडौंं। एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ। महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस स... |
भारतमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस, ६ जना संक्रमित काठमाडौं। बेलयातबाट आएका ६ जनाको स्वांब संकलन गर्दा भारतमा नयाँ स्वरुपको कोरोनाका फेला परेकाे छ। भारतीय संचार माध्यामका अनुसार अहिलेसम्म नयाँ स्ट्रेनकाे काेराेना भाइरसबाट ६ जना संक्रमित भएकाे पुष्टि भएकाे छ।भारतका विभिन्न शरहमा बेलायतबाट आएकाहरूकाे परीक्षणा ग... |
कमिशन घटेको दिन सेयर बजारमा देखिएन उत्साह, नेप्से ४० अंकले घट्यो काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झण्डै ४० अकंले घटेको छ। आइतबार नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा बन्द भएको छ।
आइतबार कारोबार भएका सबै समूहको सेयर ओरालो लागेको छ। २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता स... |
कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सले नागरिकता दिने बीबीसी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ।
आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि न... |
आइतबार सुनको मूल्य स्थिर काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार स्थिर रहँदै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेक... |
गुल्मीमा ६७ हजार राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तम्घास । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाक... |
कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने नेपालको तयारी काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्।
उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भ... |
आज पुष ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७७ साल पुष ११ गते, शनिबार । सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । द्वादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मिनेट र सूर्यास्त बेलुकी ५ः१४... |
कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मातृशोक काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले आज एक शोक विज्ञप्... |
भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु काठमाडौं। भक्तपुरमा भैसि बोकेको ट्रक अनियन्त्रित भई पल्टीदा चाकको मृत्यु भएको छ। भक्तपुरको जगातीमा भएको दुर्घटनामा चालक विरगञ्जका कैमोदिन अन्सारीको मृत्यु भएको हाे।
विरगञ्ज महानगरपालिका वर्ष ३० का कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानका... |
प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक, महासचिवमा पाण्डेकाे नाम प्रस्ताव काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गर्ने बताइएको छ।
पाण्डेको नाम केही बेरमा बस्ने केन्द्रीय कार्य कमिटीको बैठकले अन... |
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला... |
झापामा लागुऔषधसहित तीन पक्राउ झापा। जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरब... |
टी टेन लीगमा नेपालका तीन क्रिकेटर अनुबन्धित, तर सन्दीपलाई कसैले किनेन काठमाडौं। युएईको आबुधावीमा हुने टी १० क्रिकेट लीगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएकोमा तीनजना खेलाडीमात्र विक्री भएका छन्। नाम दर्ता गराएका मध्ये पाँच खेलाडी ड्राफ्टमा परेका थिए।
फास्टबलर सोमपाल कामी, अर्का बलर करण केसी र ... |
प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवादका कारण मंगलबार अलग-अलग बैठक बसे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बबरमहलमा आफू वैधानिक हौं भन्दै अलग अ... |
बालअधिकार महासन्धिको ३१ वर्ष पुगेको अवसरमा दक्षिण एशियाली बाल सम्मेलन काठमाडौं। बालअधिकार सम्बन्धी महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा मंगलबार बाल सहभागिता सम्मेलन आयोजना गरिएको छ। साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशियास्तरीय बालसहभागीता सम्वन्धी सम... |
नेपालको सगरमाथामा नेपाली सर्भेयर नै पहिलो पाइला पर्न सफल भएँः खिमलाल गौतम (अन्तर्वार्ता) पोखरा । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधि... |
हुण्डीको रकमसहित एक जना पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्या... |
बादललाई फकाउन सक्रिय प्रचण्ड, आजै फेरि भेटेर फर्के काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई फकाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड- नेपाल समूहको अलग अलग केन्द्रीय कमिटीका छलफल भइरहेका बेला प्रचण्डले मन्त्री क्वाटर पुगेर बादललाई फकाइरहेको स्... |
चितवनमा घुमौँ सौराहा अभियान संचालन चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो।
क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ... |
ब्रिटेनमा देखियो कोरोनाको नयाँ प्रकार, अध्ययन गर्दै डब्ल्यूएचओ बीबीसी । ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा नयाँ भेरीअन्टबारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ। ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ।
नया... |
नेदरल्याण्ड सरकारले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगायो काठमाडौं। नेदरल्याण्ड सरकारले बेलायतबाट हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस भेटिएपछि नेदरल्याण्डले यस्तो गरेको हो । बेलायतका केही भागमा तेस्रो पटक लकडाउन लागू गराउने स्थिति ल्याएको यो नयाँ स्ट्रेनको कम्तीमा एक केस आफ्नो देशमा प... |
नेकपा विवादः शीर्ष नेताहरू दैनिक छलफलमा काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिए... |
अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति काठमाडौं। अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ। फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो।
अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ। अमेरिकाले मोर्डनाको २० करोड ... |
४९४ फरार प्रतिवादी पक्राउ कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ।
प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत... |
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी काठमाडाैं। आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्... |
पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उनको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ ।
“पशुपतिमा नित्य दर... |
सात दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको चेतावनी काठमाडौं । स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको सयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत ज... |
भारतीय नोट दुई लाखसहित भारतीय नागरिक पक्राउ काठमाडाैं । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्... |
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार नयाँ दिल्ली । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् ।आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् ।
सरकारले ठूलो उपल... |
अष्ट्रेलियाले दियो भारतलाई १ सय ८७ रनको लक्ष्य काठमाडौं। तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको छ।
सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अ... |
श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो ।
इन्डिपेन्डेन्टको रिपोर्टअनुसा... |
भाङ र सिस्नोको परिकारले चम्किएका सन्तोष (भिडियोसहित) जर्मनी। नेपाली युवा सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल यूके २०२० को सेमिफाइनलमा पुगेका छन्। इन्डियन खानामा २० बर्ष भन्दा लामो अनुभव सम्हालेर पोख्त भएका उनी नेपाली खानालाई विश्व बजारमा चिनाउनु पर्छ भन्दै नेपाली खानाकोे प्रवद्र्धन गर्ने उद्देश्यले अहिले प्रतियोगिता... |
६ वर्षपछि बलात्कार अभियुक्त पक्राउ पाँचथर। नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभ... |
null |
यस वर्षको हिउँदमा गैँडा गणना हुने चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ ।
नेपालमा गँंैडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स... |
सिमाका भन्सारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहीरहने सम्झौता काठमाडौँ । नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा रहीरहने भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौ र प्रभु बैंकको समन्वयमा सीमाका विभिन्न ७ वटा भन्सार कार्यालय... |
सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’ काठमाडौं। सरकारले ३ सय ९ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरेको छ।
स्वास्थ्य सेवा स्थानीय स्तरसम्म पुर्याउने उद्येश्यका साथ गत जेठमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पत... |
कृषि विकास बैंकको ह्याकिङ प्रकरणका आरोपीत पक्राउ काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर (ह्याकिङ) गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
कृषि विकास बैंक मूख्य कार्यालय तथा शा... |
ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने पक्राउ काठमाडौं। पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई जनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई काठमाडौं ल्याएको हो।
पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज ६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा र विकेश २१ बस्ने ३५ व... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.