content
stringlengths
20
64.1k
थप १३ सय २५ जनामा कोरोना पुष्टि,९ सय ६६ डिस्चार्ज, १० जनाको मृत्यु काठमाडौं । आइतबार देशभर एक हजार ३२५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३२५ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको...
बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल काठमाडौं। विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। बुर्ज खलिफामा नेपाली समयअनुसरा रातीको १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो। अबुधावीस्थित नेपाली दूतावासको ...
‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’ इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताएका छन् । शनिबार साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको...
दुर्घटनामा इञ्जिनीयरको मृत्यु मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछ...
संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्र...
नेपाल र पाकिस्तानबीच आपसी हितका नयाँ क्षेत्र पहिल्याउन उपप्रमको आग्रह काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिएका छन्। नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग...
दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रि...
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बन...
असोज ५ बाट आन्तरिक उडान तथा, लामो दुरीको यातायत सञ्चालनमा गरिने कामठाडौं। गएको चैत ११ मा देश व्यापी लकडाउनपछि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात आगामी असोज ५ बाट सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड बनाएर आन्तरिक उडान तथा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय ग...
राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियोसहितको एक गीत युट्युबमार्फत सार्वजनिक भएपछि पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत, काठमाडौंले गायक ग्लाल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै प...
सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू काठमाडौं। मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अ...
नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ५० वर्ष भन्दा माथि उमेर समूहका धेरै काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण सबैभन्दा बढी मृत्यु हुनेमा ५० बर्ष भन्दा माथिका उमेर समूहका नागरिक रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ। जसमध्ये ५० बर्ष भन्दा बढी उमेर समुहको संख्या २३० जना...
काठामाडौंको फोहोर संकलन हुने टेकुको अवस्था के छ? काठमाडौं। काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शुन्य भएको छ। ‘बर्षायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो।’, ...
सरकारले घटायाे पिसीआर परीक्षणको शुल्क, अब मात्र दुई हजार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार त...
गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप कास्की। गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशको पछिल्लो अपडेटमा थप २९ ...
बाह्रविसे पहिरोको स्थगलगत निरिक्षण गर्दै सभामुख सापकोटा (फोटो फिचर) काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको स्थलगत रिपोर्टको लागि बाह्रविसे पुगेका छन्। आइतबार विहान गएको पहिरोमा परि ३० घर पुरिएका छन्। भने २७ जना बेपत्ता छन्। हालसम्म ५ जनाको शव भेटिएको बताइएको छ।
सिन्धुपाल्चोक पहिराे अपडेट : ४ जनाको शव भेटियो, २७ जना बेपत्ता काठमाडौं। सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटिएको छ। बाह्रविसे नगरपालिका ७ मा गएको पहिरोमा पनि अहिलेसम्म २७ जना बेपत्ता भएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार केही शवहरुको शरिको अंग देखिएले शव भेटिने क्रम जारी...
सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ काठमाडौं। वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो । नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आ...
बीमाको पैसा पाउन महिलाले रेटिन आफ्नै हात, तर… बीबीसी । स्लोभेनियाकी एकजना महिलालाई नियतवश आफ्नो हात रेटेर बीमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ। राजधानी लुब्लियानास्थित अदालतले २२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बीमा नीति खरिद गरेको पाइएको थियो। उनले हाँगा छिमल्ने क्रमम...
सांस्कृतिक स्थल खुला गर्न माग काठमाडाैं । विश्व हिन्दू महासंघले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी ग...
टिपरले ठक्कर दिँदा प्राइम टाइम्स टेलिभिजनका पत्रकार गौतमको निधन काठमाडौं। प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घ...
किर्ते गर्ने पक्राउ काठमाडौं। विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ...
भक्तपुरमा एकै घरका तीनजनाको हत्या भएको प्रहरीको आशंका काठमाडौं। भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला परेको महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन्। उनले डिसी नेपालस...
अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ। महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। ...
‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन्। ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार ...
म्यागङ गाउँपालिकाले कुहिएको औषधि वितरण गरेको भन्दै विरोध विदुर । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् । गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आ...
आयुर्वेद विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्रीले भनेः कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग गरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गरेका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयु...
दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको आर्थिक सहयोग काठमाडौं। दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एकसाता गोफण्ड मार्फत संकलन गरिएको ३ लाख ५७ हजार एक सय ६७ रुपैया मंगलबार उनकी छोरी सुस्मीता बानियाँलाई हस्तान...
दरबार हाइस्कूलको भवन हस्तान्तरण काठमाडाैं। चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन मंगलबार हस्तान्तरण भएको छ। गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो। मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय...
केही दिन वर्षाको क्रम बढ्ने : बाढी/पहिरोको सम्भावना काठमाडाैं। आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसमविद् शान्ति...
बाघको आक्रमणबाट एकको मृत्यु चितवन। पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घ...
न्याय सम्पादनमा ध्यान दिन आग्रह काठमाडौं। विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अदालतले सोमबार १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने ...
दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड काठमाडौं। युवा अधिकारकर्मीले कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तिमा गम्भीर प्रभाव पारेको र त्यसको समाधानका लागि आफूहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने औँल्याएका छन् । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र उनीहरुले खेलिरहेको भूमिकालाई अनुभव साटा...
ललितपुर महानगरका मेयरको हत्या गर्ने धम्की दिएका शाक्य पक्राउ काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धम्की दिएको आरोपमा संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्या स...
जयतु संस्कृतम्का शाखा बेलायत र अष्ट्रेलियामा काठमाडौं। जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको आज जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अ...
जाजरकोटमा गिद्ध गणना जाजरकाेट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए। गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो। जि...
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती म...
एयरलाइन्स कम्पनीको लापरवाहीले ६५७ यात्रु होटल क्वारेन्टाइनमा काठमाडौं। विदेशबाट स्वदेश फर्किन चाहने नागरिकले आफूलाई कोरोना भाइरस नेगेटिभ भएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने प्रोटोकल छ। पीसीआर नेगेटिभ भएको रिपोर्ट साथमा नभए स्वदेश फर्किन नपाउने सरकारी नियम छ। विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आएमा उ...
कामपामा कोरोना : २ हजार सात सय संक्रमित, १९ जनाको मृत्यु काठमाडौं। बिहीबार काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ। वडा ८ र २९ मा १००/१०० जना, २८ जना १२० जना, २०, २१, २३ र २४ मा गरी १२० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ। भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २...
करेन्ट लागेर मृत्यु नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए। कावासोती...
वर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै नगरपालिका मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका आफ्ना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानीय तहले सडक मर्मत कार्य शुरु गरेको छ। जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोडने ग्रामिण स...
फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभ...
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो। शनिबारको खेलअघि जमैका र सेन्ट किट्स...
बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेक...
सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलल...
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौँ। काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ। रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ ...
चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ। स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनीको...
एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक काठमाडौं। चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेक...
स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु रुपन्देही । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट मणिग्रामतर्फ जाँदै ...
विदेशमा पनि नेपाल प्रहरीको पराक्रमः सुडानमा बहादुरी देखाउँदै (फोटोफिचर) काठमाडौं । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी जवानहरु । तस्वीरः नेपाल प्रहरी फर्मड पुलिस युनिट सुडान
आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ खाँदबारी । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्...
एपीएफद्वारा अवैध सामान बरामद काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट शुक्रबार एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आ...
लिदी पहिरामा पुरिएका ३० जनाको शव फेला, ९ अझै बेपत्ता सिन्धुपाल्चोक। गएको शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बिहीबार थप पाँचको शव फेला परेको छ । बिहीबार तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्...
लिदी पहिरोः थप ३ शव फेला काभ्रे । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जा...
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह काठमाडौं। सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कल...
सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा समाचार कम प्रकाशित काठमाडौं। नेपालका पत्रपत्रिकाले अझैपनि बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयलाई कम प्राथमिकता दिएको पाइएको छ। राइट हेयर राइट नाउ को सहयोगमा युवालयले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपालका १० वटा दैनिक पत्रिकामा प्रकाशित समाचारक...
नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर असर देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकार...
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखरा। पोखराको पस्याङ्मा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त...
भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी ...
गृहमन्त्रीको स्कर्टिङ गर्ने गाडीले ठक्कर दिँदा २ महिला घाइते काठमाडौं। प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिँदा २ जना महिला घाइते भएका छन्। गृहमन्त्रीलाई स्कर्टिङ गर्न जान लागेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए। गौतमले भने, ...
अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ काठमाडाैं। प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर...
नेपाली सेनाका सहायक रथी राणा बर्खास्त काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।...
यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून लन्डन। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून...
बेपत्ता बालकको शव फेला काठमाडौं । झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ। गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव शुक्रबार बिहान फेला परेको हो। शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको क...
मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या काठमाडाैं। काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे। उ...
रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए । पिसिआर परी...
पहिरामा बेपत्ता व्यक्तिको शव फेला टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। पहिर...
ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो। अभियुक्त उदास र ट...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भए...
प्रेम र विवाहको नाटक गरेर फरार भएका युवा पक्राउ धादिङ । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ (राज सेन्चुरी)लाई पक्राउ गरेको छ। काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे। नाम, थर ढाँटेर प्रेम विवाह गरेका ...
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो...
करेन्ट लागेर मृत्यु सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राज...
जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र...
सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट पक्राउ काठमाडौं। काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो। शव फेला परेको दोस्रो दिन प्रहरी संदिग्ध युवतीलाई चितवनको ठाँडीबाट पक्राउ गरिएको प्रहरी उच...
र्‍याली अफ होपः विश्व नेताहरूले भने ‘मानवता बचाउन विश्व एक जुट हुनुपर्छ’ सियोल। आइतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्‍याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका छन्। टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेक...
घुस लिएको अभियोगमा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारील...
माडीका मेयर भन्छन् : भारतको अयोध्यापछि नेपालको अयोध्यामा पनि मन्दिर बनाउने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामचन्द्रको जन्म मूभि नेपालमै रहेको बताएपछि नेपालमा रामको जन्म भूमिलाई लिएर बहस चलिरहेकै बेला रामको जन्म भूमि मानिएको भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यस भयो। भारतीय प्रधानमन्त्र...
अवैध कपडा बरामद कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र...
सामूहिक बलात्कारका फररा आरोपी पक्राउ नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारप...
लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोद...
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन्। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्द...
उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंमा ५७ जना र ललितपुर...
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन्। मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२...
भारतबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाल आएका सोनार पक्राउ काठमाडौं। कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टो...
मोटरसाइकलको ठक्करबाट मृत्यु बुटवल । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्र...
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कमला प्रहरी फन्दामा काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनका गर्दीका बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रह...
गाँजासहित युवा पक्राउ मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्ष...
नक्कली दुई प्रहरी पक्राउ दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्। नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा क...
खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०...
कुटपिट गरेर बाबुको हत्यापछि अपराध लुकाउन शव आर्यघाट पुर्‍याएपछि… काठमाडौं। शनिबार पशुपति आर्यघाटमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको शव जलाउने अन्तिम तयारी चलिरहेको थियो। कोरोना महामारीका कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए। शव चितामा चढाउने तयारी भइरहेकै ब...
सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । “विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि ...
ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु नेपालगञ्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापा...
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध पछि झडप काठमाडौं। पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा झडप भएको छ। गएराति संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो। पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्...
हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय हङकङ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ । हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्ष...
खाडी जाने लोभमा दलालको विश्वास गर्दा भारतमा अलपत्र काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहा...
पाँच सय तालिबानी जेलमुक्त काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो प...
उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज काठमाडौंमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै...
गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया सरकार क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका का...
बीस दिनपछि मृतकको पहिचान खुल्यो काठमाडौं। सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको छ। असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाईते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट...