content
stringlengths
20
64.1k
सञ्चार क्षेत्रको भूमिका अझै सशक्त बनाउन सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै पौडेल...
भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना भाइरस संक्रमण नयाँदिल्ली। भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। जसमध्ये ८६ लाख ७९ हज...
काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाले गति लिँदै (फोटो फिचर) काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्गले निर्माणमा गति लिएको छ । यो सँगै आयोजना समय सिमा भित्रै निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । यो आयोजनाको नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार आ.ब.०७...
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिटेक पुरस्कार २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो ...
बाबुराम भट्टराईदम्पती कोरोनामुक्त काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । भट्टराईले कोरोनामुक्त भएको जानकारी ट्विटरमार्फत दिएका छन्। ‘एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त ...
बाजुरामा तास खेलिरहेका ५ जना ११ हजार नगद सहित पक्राउ बाजुरा । बाजुरामा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । बडिमालीका नगरपालिका ६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवाल समेत ५ जनालाई नगद ११ हजार १ सय ८५ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराब...
किम जोंग उनका भतिजा अमेरिकी गुप्तचर एजेन्टको नियन्त्रणमा काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनका भतिजा किम हान सोल बेपत्ता भएका छन् । उनलाई अमेरिकाको जासुसी एजेन्सी सीआइएले ‘प्रोटेक्टिभ कस्टडी’मा राखेको बताइएको छ । किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । ...
नाम्लो र थाप्लोको भरमा टिकेको जीवन नुवाकोट। ‘त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु…’ बद्री पंगेनीले धेरै वर्ष पहिला यो गीत गाएका थिए। उनले गितमा ‘अझै नी लोकतन्त्र आको छैन है, जनताले भने झैं भाको छैन है’ पनि भनेका छन्। बद्री पंगेनीले भनेझै लोकतन्त्रको आभास नुवाकोटकी मन्जु ओझाले गरेकी छैनन्। उनलाई अझै पनि लोकतन्त्र आएको छै...
गण्डकीमा १०९ र सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयल...
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजय...
अमेरिकामा कोरोनाको ३० मिनेटमै नतिजा दिने नयाँ विधिलाई अनुमति वासिङ्टन(एपी) । अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन्। निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ...
आज मंसिर १ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आव वि.सं.२०७७ साल मंसिर १ गते, सोमबार । सन् २०२० नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । प्रतिपदा बिहान ०९ बजेर १२ मिनेट उप्रान्त द्वितीया तिथि। चन्द्रमा बृश्चिक राशिमा । काठमाडौंम...
देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु देउखुरी। दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको...
भरुवा बन्दुक र कालिज सहित ५ जना पक्राउ म्याग्दी । बेनी नगरपालिका ४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिज सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेनी नगरपालिका ४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय ...
मजदुर समाजको यूएई शाखा गठन अबुधाबी। मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्यसहित स्थापना भएको नेपाली मजदुर एकता समाजको यूएई शाखा गठन गरिएको छ। मलेशिया, माल्दिभ्स, भारत, नेपाल गरी ४ वटा देशमा शाखा समिति निर्माण गरिसकेको नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखा समितिको रूपमा युएईमा समिति गठन गरेको हो। लक डाउन को समय...
फेक आईडीबाट बालिकाहरूलाई अश्लिल तस्वीर पठाउने व्यक्ति पक्राउ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अखिलले बालि...
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो । ...
चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष पक्राउ काठमाडौं। चेक बाउन्स प्रकरणमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। सुन्दर यातायातका सञ्चालकहरुको उजुरीका आधारमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ। बस ल्याउँछु भनेर व्यक्ति...
बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाब जित्दा साउदी अरेबिया किन डराइरहेछ ? काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको जीतले विश्वका कैयौं देश उत्साहित भएका छन् भने कैयौं देश असहज पनि भएका छन् । केही देशले बाइडेनलाई जीतको बधाइ समेत दिएका छैनन् । साउदी अरेबियाले पनि बाइडेनलाई बधाइ दिन २४ घण्टाभन्दा ढिलाइ गर्यो । साउदी अर...
राजधानीकै स्थानीय तह दिँदैनन् सूचना काठमाडाैं । राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ। ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम सा...
युवतीलाई १० वर्षसम्म यौन शोषण गरेपछि लेबनान पुर्‍याएर बेचियो काठमाडौं। एक बालिकालाई काठाडमौंका गौतम लामाले नेपालदेखि लेबनानसम्म यौन शोषण गरेको खुलेको छ। ती बालिका अहिले २३ वर्षकी भइसकेकी छन्। ती बालिकालाई काठमाडौंदेखि लेबनानसम्म १० वर्षदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर महालक्ष...
देशभर ३५हजार ४१९ सक्रिय संक्रमित, कहाँ कति ? (तथ्यांकसहित) काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । योसँगै सक्रिय संक्रमित ३५ हजार ४१९ जना रहेका छन् । यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः ...
नेकपा विवाद : ओलीलाई भेट्न सचिवालयका पाँच सदस्य बालुवाटरमा काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष ५ नेता प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका छन्। शुक्रबार पार्टी कार्यालय धुम्बारहीमा छलपफल गरेका सचिवालयका ५ सदस्य प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय स...
श्रीमतीमाथि तातो तेल खन्याएपछि… धादिङ। धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड...
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण ...
ट्रम्पका छोराले भारतको नक्सा बदलिदिएको भन्दै भारतमा मोदी र ट्रम्पको विरोध काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जति जयजयकार गरे पनि अमेरिकी राष्टपति डोनल्ड टम्प र उनको समूहले भारतको नक्सा नै फेरबदल गरिदिएको भन्दै सामाजिक सञ्जाल तातेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले विश...
ढकाल समूहको उम्मेदवारी दर्ता काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताएका छन् । आफ्नो समूहका सद...
एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ काठमाडौँ । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ पर्न...
चीनले नेपाली सीमा मिचेको समाचारहरु फेक हुन् : चीन काठमाडौं। चीनले नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचार तथा रिपोर्टहरु फेक भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चीनले नेपाली भूमि मिचेको प्रतिवेदनहरु गलत भएको बताएको चिनियाँ सरकारी समाचार माध्यम ...
श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्रीको जोड काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब÷सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्...
जलविद्युत पत्रकार समाज गठन कास्की । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारको भेलाले ‘जलविद्युत पत्रकार समाज’ गठन गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आज भएको भेलाले भरत कोइराला(कास्की)को अध्यक्षतामा १३ सदस्यीय समाजको गठन गरेको हो । समाजको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्...
दुर्घटनामा घाइते महिलाको मृत्यु झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् र उनको विराटनगरस्थ...
ज्वारे पूर्णिमामा धामी नाच हुँदै सिमकोट । कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ । कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा...
एनआरएन मलेसियाले आर्थिक समस्या रहेका श्रमिकलाई काठमाडौंबाट घरसम्म जान सहयोग गर्दै काठमाडौं । एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ । एनआरएन मलेसियाले यसअघि पनि अप्ठ्यारो परेका श्रमिकलाई सहयोग गर्दै आएको थिया्े । मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई ...
देहरादून घटनाप्रति सरकार गम्भीर छः परराष्ट्र मन्त्रालय काठमाडौँ । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली वि...
हत्या अभियोगमा चार जना पक्राउ वालिङ । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।...
फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ? बीबीसी । सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्। मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहर...
पशुपतिका भण्डारी साइबर क्राइममा पक्राउ काठमाडौं। पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ। भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभ...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुले पनि, आएनन् पर्यटक कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन्। विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ। विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफा...
बाँझो जग्गामा मिश्रित खेती, मनग्गे आम्दानी म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ। एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी) लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन्। बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गा...
सनराइजर्स हैदराबाट र दिल्ली क्यापिटल्सबीचको रोमाञ्चक खेल हेर्नुस् तस्वीरमा दुबई। आईपीएलको १३ औं सीजनमा मंगलबार सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा फेल गरिदिएको छ। पहिला हैदराबादका कप्तान तथा बर्थडे ब्वाई डेविड वार्नर र उनका साथी खेलाडी ऋद्धिमान साहाले निकै राम्रो व्याटिङ गर्...
तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा बेइजिङ । तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको लागि सञ्चारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर २० तारिखसम्म खुला रहनेछ। महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख...
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक ढाका(एजेन्सी) । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा सक्रीय...
जो जहाँ जहाँ छाैँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प...
अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए काबुल । अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ । उक्त आयोगले तखार क्षेत्रमा अफ...
महाराष्ट्रका पूर्व मुख्यमन्त्री फडणवीसलाई कोभिड–१९ सङ्क्रमण नयाँ दिल्ली (एजेन्सी) । भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो न...
क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने योजना रहेको अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा जानकारी क्यानबेरा । अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । मोरिसनले शुक्रबार केन्द्र...
सुनसरीका एसपीविरुद्ध उजुरी, एसपीकै नेतृत्वमा छानवीन काठमाडौं । प्रदेश १ प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाविरुद्ध आर्थिक अनियमिता गरेको आरोपमा अर्का समकक्षी एसपीकै नेतृत्वमा छानवीन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश १ प्रहरीलाई छानबिन गर्न निर्दैशन दिएपछि ए...
राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेका छन । विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्याप...
सैनिक मञ्चमा फूलपाती बढाइँ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएका छन। समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन । सो अवसरमा सेनाले फूलपा...
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ ४ः२५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली टेलिभिजनमा प्रशारण हुने सम्बोधन प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सरकारले कोरोनाको परीक्षण र उपचार नगर्ने नि...
शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँ...
श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी केही सञ्चार गृहले विगतमा उपलब्ध ग...
बाइडेनलाई भोट दिन ओबामाको आह्वान वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अव बिदा गर्नु पर्नेमा जोड दिए । पूर्व राष्ट्रपति ओबामाले बुधबार ...
महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गरेका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ...
बालगृहबाट उद्धार गरिएका बालबालिकाको परिवार पुनर्मिलन काठमाडौँ । उज्ज्वल भविष्यको आशा गर्दै बालगृहमा अनावश्यक परिवार बिछोडको शिकार भएका हुम्ला जिल्लाका चार बालबालिकालाई मङ्गलबार परिवार पुनर्मिलन गराइएको छ । हुम्ला जिल्लाका प्रमुमख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाही र सिमीकोट गाउँपा...
रासायनिक मल आउने क्रम जारी वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो...
राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माणको निर्णयबाट पछि नहट्न आग्रह काठमाडौं। नागरिक क्षेत्रका अगुवा तथा बुद्धिजीवीले नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा निर्माणको निर्णयबाट पछि नहट्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ती अगुवाले आज संयुक्त हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानकर्षणपत्र पठाएर गौरवमय इ...
संकटकाल र कर्फ्यू लाग्ने सूचना गलत : गृह मन्त्रालय काठमाडौं। सरकारले संकटकाल र कर्फ्यू नलगाइने बताएको छ। गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै संकटकाल र कर्फ्यू लाग्ने भनी फैलिएको सूचना गलत, भ्रामक, तथ्यहीन र आधारहीन भएको बताएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण सूचना फैलिएको विषयमा ...
‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार कोरोना परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई अत्यन्तै गैह्र जिम्मेवार ब्यवहार भएको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचा...
हाँस्यकलाकार शिवहरि पौड्याललाई मातृशोक काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौड्याललाई मातृशोक परेको छ । पौड्यालकी आमाको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । आमाको निधन भएको कलाकार पौड्यालले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् –...
कालो बादलभित्र चाँदीको घेरा कसरी संक्रमित हुन पुगियो थाहा छैन। ज्वरो आएपछि चेकअप गर्न जाँदा पोजेटिभ देखायो। यही मेरालागि पोजेटिभ देखाएको प्रमाण हो। सरकारसँग पनि पोजेटिभ भएको प्रमाण छ। नेगेटिभ भएको प्रमाण छैन। मैले झण्डै २० दिनको होम आइसोलेसनपछि यो अनुभव लेखिरहँदा सम्ममा मलाइ नेपाल सरकारको तर्फबाट टेलिफोन आएको छैन। सरका...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मू...
‘पैसा नहुनेहरूले काेराेनाका कारण ज्यान गुमाउनुकाे विकल्प छैन’ आफूले अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरु अपनाएकै थिएँ। सबै भन्दा पहिला मेरो गाडी चलाउने मित्रमा आयो। उहाँबाट म मा स-यो। र मबाट पुरै परिवारमा स-यो। आफूले मात्र सजगता अपनाएर नहुने रहे छ। राज्यव्यवस्था नै उदासिन भयो भने जनताले दुःख पाउँछन्। यो रोग हो। रोग नलाग्न...
बैंकिङ कसुर मुद्दामा फरार पक्राउ काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गर...
सडेको अवस्थामा मृत गैँडा भेटियो, चालु आर्थिक वर्षमा मात्र ९ वटा गैँडा मरे नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउ...
नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु नेपालगञ्ज। कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ। हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ। यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएकोे नागरिक...
दुई भारतीयले बनाए नेपाली नागरिकता कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् । बालजीले नेपाल...
डिसी नेपाल समाचार प्रभाव : बल्ल फर्किए यूएईका अलपत्र परेका नेपाली, ठूलो सकस पार भयो यूएई। बिगत ७ महिनादेखि यूएईमा अलपत्र नेपालीहरु आज नेपाल फर्केका छन् । नेपाल एअरलाइन्सको उडानमार्फत आइतबार बिहान यूएईको समयअनुसार ३ बजेर ५५ मिनेटमा यूएईबाट हिडेका उनीहरु आइतबार नेपाली समय विहान ९ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय ...
दुर्घटनामा १ काे मृत्यु १ जना घाइते काठमाडाैं । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो । भक्तपुर ...
मासु तथा खाद्यान्न पसल अनुगमन भक्तपुर । भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसल अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिए...
टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध इस्लामावाद। सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो। “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि ट...
एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिदै आफ्ना साथीभाइ, परिवार तथाआफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्नपनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो...
प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई कोरोना पुष्टि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरो...
काठमाडौँ महानगरपालिकामा करिब दश हजार सङ्क्रमित काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी स...
४१ एम्बुलेन्स र ६ वटा बस भारतले दियो उपहार काठमाडौं। भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरिएको छ। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारतले ती उपहार दिएको हो। सदाझैं एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरत...
वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान भोजपुर । पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागत...
नगरपालिकाले नमूना बस्ती बनाउँदै लहान । वर्षौँदेखि घरबारविहीन आठ दलित परिवारलाई सिरहाको धनगढीमाई नगरपालिकाले सुविधा सम्पन्न बनाइदिएको छ । तराई मधेस समृद्धि विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर १२ का आठ दलित परिवारलाई सुविधा सम्पन्न पक्की घर बनाइदिएको हो । वर्षौँदेखि घरबारविहीन कष्टकर जीवन बिताइरहेका विपन्न मुसह...
साढे सात केजी अफिमसहित दुई पक्राउ कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो । प्रहरीले चन्द्रौट...
औषधि व्यवस्था लिमिटेडद्धारा उत्पादित स्यनिटाइजरको माग बढ्दो कामाडौँ । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्याठनिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैन...
‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक काठमाडौँ । विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गरेका छन् । बाथ–मुटु रोगीका विक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् । नेपाल हृदय रोग निवारण प्रत...
भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अ...
बोक्सीको आरोप लगाउन पाँचजना पुर्पक्षका लागि जेल चलान चरिकोट। बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पिक्राउ परेका पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनाला...
भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छः प्रदेश प्रमुख शेरचन गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभाको उद्घाटन गर्दै उनले जनताको बलबाट प्राप्त अधिकार र व्यवस्थाको रक्षाका लागि मुलुकमा ...
दशैँका लागि सहुलियत मूल्य पसल सञ्चालन हुने, तिन जिल्लाबाट २ हजार खसीबोका ल्याइने काठमाडौँ । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन...
नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आजदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी ह...
हत्या गरेर ३४ वर्षसम्म लुकेर बस्दा… सिन्धुपाल्चोक। आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए । फुर्पाले बाटो ढुकी ...
गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील काठमाडौँ । बिगत १४ दिनदेखि चिकित्साशिक्षा क्षेत्र सुधारकालागि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुले सरकारसँग अपील गरेका छन्। भदौं २९ मा जुम्लाबाट १९ औं अनशनथालेका डा. केसीको स्वास्थ्यअवस्था दिनप्रतिदिन कमजोर भएको र कुनै पनिदिन परिस्थिति...
‘बस त चले, यात्रु चढेनन्’ महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन...
अत्यधिक इन्टरनेट प्रयोग हुने चीनमा किन मानिसहरू हतपत इमेल चलाउँदैनन् लु-है लिहङ, बेइजिङ (बीबीसी)। सन् २००८ मा म दक्षिणी चीनमा पर्ने याङ्सो सहरको एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिएँ। पढाइ सकिएपछि मेरा विद्यार्थीहरूले सम्पर्कमा रहनका लागि एमएसएन मेसिन्जर स्तै चिनियाँ एप क्यूक्यू डाउनलोड गर्न भने। मैले उनीहरूला...
सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छांगरुमा बस्ने दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी...
गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याएको छ । टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो । कुश्म...
तत्काल विद्यालय नखोल्नुः शिक्षामन्त्री काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ वि...
‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’ काठमाडौं । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय...
जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दू...
गाँजासहित तीनजना पक्राउ मकवानपुर । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँ...
नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न काठमाडौं। नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न भएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमले सोमबार ट्वीट गर्दै प्राथामिक भौगोलिक सर्वे सम्पन्न भएको जनाएको छ। चिनियाँ प्राविधिकहरुले सर्वे सम्बन्धि जानकारी दिएको बताइएको छ। तर, उनीहरुले के भने भन्ने विषयमा केही खुलाइएको छैन। Prelim...
खुर्पा प्रहार गरी ससुराको हत्या नवलपरासी । जिल्लाको (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्...
अफ्ताब आलम मुद्दामा सर्वोच्चले कैफियत फाइल माग्यो काठमाडौं। ईँटा भट्टामा हालेर मान्छे मारेको अभियोगमा थुनामा रहेका तत्कालीन सांसद मोहम्मद अफ्ताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत फाइल मगाउने आदेश गरेको छ। जिल्ला र उच्च अदालाको आदेशमा थुनामा रहेका आलमबारे जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्च इजलासले गरेको फैसलाक...