content
stringlengths
20
64.1k
बंगलादेशी प्रधानमन्त्रीको व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग ! काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन...
ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्। स्थानीयवासीको अव...
सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडाैं। कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ। गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ ...
हत्या आरोपमा पक्राउ झापा । जिल्लाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन्। आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रब...
लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण काठमाडौं। लामखुट्टेले टोकेर मानिसको रगत चुसेको त हामीले देखेकै छौं । तर, लामखुट्टेले मानिसको रगत किन पिउँछ भन्नेबारे वैज्ञानिक रुपमा अहिलेसम्म कुनै तथ्य पत्ता लागेको थिएन । अहिले भने वैज्ञानिकहरुले यसको पछाडिको कारण खोजेका छन् । वैज्ञानिकहरुले यसको कारण खोज्ने क...
सीतापाइलामा युवतीमाथि एसिड प्रहार काठमाडौं। काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी दिए। प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको...
स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ। सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम...
मास्क प्रयोग नगर्नेबाट रु एक लाख राजश्व कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९– को स...
अपहरण भयो भनि नाटक, केटीसँग होटलबाट पक्राउ काठमाडौं। अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहे...
सर्पकाे टाेकाइबाट १ जनाकाे मृत्यु महोत्तरी । जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए। अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई बुधबार बिहान उप...
अमेरिका र चीनको द्वन्द्वमा टिकटक किन फस्यो ? बीबीसी । भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ। तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ। अमेरिका र अस्ट्रेलिया यो एपलाई प्र...
पहिरोले पुरिएर काठमाडौंमा १ जनाको मृत्यु काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर १ जनाको ज्यान गएको छ। गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुुसार, ‘आठ जना मध्ये मृ...
चीनका विषयमा नाटकीय रुपमा फेरियो ट्रम्पको बोली काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली नाटकीय रुपमा फेरिएको छ । विगत केही महिनायता चीनको चर्को आलोचना गर्दै आएका ट्रम्पले अचानक बोली फेरेर भारत र चीनको भलाइ र शान्ति कायम गर्नको लागि आफू जेसुकै गर्न तयार रहेको बताएका हुन् । उनले आफूले भारत र चीन दुवै देशका जनता...
ब्रिटिस आर्मी हुँ भन्दै महिला साथी बनाएर ठगी गर्ने पक्राउ काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीइ प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक सनकोशी गाउँपालिका–८, घर भएका दिपक मोक्तान भनिने ३३ वर्षिया दिपक ...
शाही र कार्की एआईजी पदमा बढुवा सिफारिस काठमाडौं। नयाव महानिरीक्षक (डीआईजी)हरु निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैले...
बिग बास लिगको खेल तालिका सार्वजनिक काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बुधवार देशकै प्रमुख टि २० प्रतियोगिता बिग बास लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बीबीएलको पहिलो खेल एडिलेड स्ट्राइकर र मेलबोर्न रेनेगेड्स बीच एडिलेड ओभलमा ३ डिसेम्बर हुनेछ। प्रतियोगतामा कुल ६१ खेलहरु हुनेछन । बीबीएलको फाइनल अर्को वर्ष फ...
बाढी–पहिरोबाट ३० लाख मानिस प्रभावित हुनसक्ने अनुमान काठमाडौं। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ३० लाख मानिसहरु प्रभावित हुनसक्ने आकलन गरिएको छ। मनुसन शुरु भएपछि गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययन अनुसार ३० लाख मानिसहरु प्रभावित हुनसक्ने जनाएको हो। सरकारको अध्ययन...
लकडाउनमा घरभाडा छुट गर्ने घरधनी सम्मानित बन्दाबन्दी अवधिको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीलाई आज बुटवलमा बिशेष सम्मान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको बन्दाबन्दी समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो । बुटवल । लकडाउन अवधिभर व्यापारव्यवसाय ठप्प भएकाले भाडामा रह...
राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको प्रष्टिकरण काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम जन्मभूमिबारे दिएको अभिव्यक्तिले विवादको रुप लिन थालेपछि परराष्ट्रमन्त्रालयले यो विषयमा प्रष्टिकरण दिएको छ। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको टिप्पणी कुनै राज...
युवकको बगेर मृत्यु काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५, बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
यूकेमा २००० वर्षअघि ‘हत्या गरिएका’ एक मानिसको कङ्काल फेला बीबीसी । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्। झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थ...
सार्वजनिक यातायात सञ्चालनः गाडी सडकमा ल्याउने वातावरण बनाइदिन व्यवसायीको माग काठमाडौं। कोरोना महामारीका कारण देशभर लकडाउन गरिएपछि चैत ११ गतेबाट बन्द भएको सार्वजनिक यातायात सुचारु गर्ने विषयमा आइतबार यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबीच छलफल भएको छ। आइतबार मन्त्रालयमा भएको छलफलमा ...
रुपन्देहीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। सो दुर्घटनामा गम्भ...
नेपालमा भारतीय न्यूज च्यानल प्रकरण : भारतमै भारतीय सञ्चारमाध्यमको विरोध काठमाडौं। नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत सरकारले त्यसको प्रतिवाद गर्यो। तर, केही भारतीय सञ्चार माध्यमहरु भने नेपाल सरकार र नेपालका प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार अभिय...
धनुषा र सर्लाही हुँदै फेरि सलह नेपाल आउन सक्ने प्रक्षेपण काठमाडौं। विनाषक किरा सलह फेरि नेपाल आउन सक्ने प्रक्षेपण गरिएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यानेन्ट सेन्टरले धनुषा, सर्लाही र सर्लाहीबाट सलह नेपाल आउने सक्ने सम्भावना रहेको जनाएको छ। सेन्टरले शनिबार...
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन गर्ने तयारी रुपन्देही । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता ...
ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिए वाशिङ्टन डिसी (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्। वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको ह...
बैंकिङ कसुरमा फरार २ व्यक्तिलाई प्रहरीद्वारा पक्राउ काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम...
सार्वजनिक यातायात संचालन नगर्ने व्यवसायीकाे चेतावनी काठमाडौं। बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाए। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न द...
धेरैले चाहन्छन् ‘यस्तो घरबेटी मेरो पनि होस्’ काठमाडौं। ‘यो बैंकले पनि कति फोन गरेको? रकम भए त आफैं गएर खुरुखुरु किस्ता बुझाउँथे नि! आखिर बुझाउनै पर्ने रकम हो।’ सतुंगलका एक कपडा व्यापारी आफ्नै पसलमा निकै चिन्तित भएर दुखेसो पोख्दै थिए। ‘डेरावालाई पनि जबरजस्ती गर्ने कुरा आएन,’ करुणा देखाउँदै घरमा बस्नेप्रति भन्दै थिए, ‘क...
नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द काठमाडौं। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्। बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टि...
भारतीय सञ्चारमाध्यमप्रति नेपाली नेताहरु आक्रामक काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि विचलित भएका भारतीय सञ्चारमाध्यमहरुले नेपालबारे तथ्यहीन, आधारहीन र काल्पानिक विषयमा समाचार बनाउँदै देश र देशका प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय सञ्चार माध्यमको विरोध भएको छ। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद, का...
ओखलढुङ्गामा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सोलुखुम्बुस्थित सोलुखोला ...
बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो, केही व्यक्ति सम्पर्कविहीन मेलम्ची। गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु-याएकोे छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। अविरल वर्षाका...
फेरि सलह नेपाल आउने जोखिम, एक्शन प्लान बनाउँदै प्लान्ट क्वारेन्टिन सेन्टर काठमाडौं। विनाशक किरा सलह फेरि नेपाल आउने जोखिम बढेको छ। विगतमा प्रवेश गरेको सलह एकप्तासम्म सक्रिय रहेर मरेपछि राहत महसुस गरेका नेपाली किसानका लागि फेरि यस्तो खबर आएको हो। सलहबारे अनुसन्धान र प्रतिकार्य गरिरहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय...
कोरोना समुदायमा छैन् तर फैलिन सक्छः डा. वासुदेव पाण्डे काठमाडौं । सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् । स्...
ट्रमा सेन्टरले विभेद गरेको भन्दै आन्दोलित उम्मेद्वारद्वारा अख्तियारमा उजुरी काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका परीक्षार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। मंगलबार उनीहरुले ट्रमा सेन्टरले आफूहरुमाथि विभेद गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन्। राष्ट्...
गङ्गटेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु नुवाकाेट । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट...
सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्...
भारतीय मिडियामा नेपालविरुद्ध प्रोपोगाण्डाः स्थापना नै नभएको सुरक्षा चौकी हटाएको हल्ला काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपालविरुद्ध हुँदै नभएको कुरा भयो भनेर हल्ला फैलाइरहेका छन्। यसैक्रममा भारतको अंग्रेजी भासाको पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा अर्को प्रोपोगाण्डा स...
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ कास्की । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दाम...
भारतीयको अवरोधपछि हुलाकी राजमार्ग निर्माणको काम रोकियो काठमाडौं। भारतीय पक्षको अवरोधपछि कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा पर्ने हुलाकी राजमार्गको निर्माण रोकिएको छ। बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने पुचईमा नेपालले राजमार्गको काम गरिरहेको बेला भारतीय पक्षले दशगजा क्षेत्रमा सडक बनाइएको भन्दै अवरोध गरेको थियो। कञ्च...
प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्रीसँग सेनापति थापाको नियमति भेट भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘नियमित भेट हो अरु राजनीतिक छ...
जवरजस्ती करणीको आरोपमा आश्रम सञ्चालक पक्राउ काठमाडौं । पशुपति आश्रमका सञ्चालक जगदीश वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेलले पक्राउ गरेको छ।जवरजस्ती करणी उद्योगमा उनी पक्राउ परेका हुन् । प्रहरी परिसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीका अनुसार वैद्यको मुद्धा महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेकोले उनलाई कालीमाटी पठ...
प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ। सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्ष...
अकवरे चोकमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, ५ घाइते तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्। आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँद...
हावाको दिशा परिवर्तन हुँदा नेपाल आउनै लागेको सलहको झुण्ड भारतमा तितरवितर काठमाडौं। विगत केही दिनदेखि नेपालमा विनाशक किरा सलहले बालीनालीमा क्षति गरिरहेको छ। देशका विभिन्न ५२ जिल्लाम देखिएको सलह शुक्रबार दुई जिल्लामामात्र सक्रिय रहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्याने...
विपद् बुलेटिन : बीस घटना, तीनको मृत्यु काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् । पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक/एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यव...
तीन दिनदेखि हराएकी बालिका मृत भेटिइन् काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन्। वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि शुक्रबार आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहर...
चट्याङ्ग लागेर वृद्धको मृत्यु सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको आज मृत्यु भएको छ । खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहनुभएका मुखियाका अनुसार खेतमा हलो जोतिरह...
श्रम स्वीकृति खुला, साउन सातसम्म अन्तर्राष्ट्रिय सीमा बन्द काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रव...
सेनाका दुई उच्च अधिकृत बर्खास्त काठमाडौं। नेपाली सेनाका दुईजना उच्च अधिकृत बर्खास्तीमा परेका छन्। सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो। बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो। सैनिक आचारणमा बस्न नसकेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सेनाको ...
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन काठमडाौं। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा उनको निधन भएको हो। ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन्।
लकडाउनपछि विश्वका विभिन्न देशबाट साढे ११ हजार नेपाली नागरिक स्वदेश फर्किए काठमाडौँ। विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रोजगारी गुमाएका झण्डै साढे ११ हजार नेपालीलाई सरकारले उद्धार गरेको छ। सरकारले जेठ २३ गते (जुन ५ तारिख) का दिनबाट सुरु गरेको उद्धार कार्यक्रम अन्तर्गत आइतबारसम्म ११ हजार ५५० जना नेपाली स्व...
मन्त्रालयको अध्ययन गलत सावित, नेपाल प्रवेश गर्‍यो सलह काठमाडौं। सरकारले नेपालमा नआउने भनी दावी गरेको सलह नेपाल प्रवेश गरेको छ। शनिबार नेपालका तराईका जिल्लाहरुमा सलह देखिएको छ। फट्यांग्राकै एक प्रजाति सलहले बालीनाली नष्ट पारिदिने गर्छ । भारतको राजस्थान र झरखण्डमा सलहले उधुम मच्चाएपछि सलह नेपालमा पनि आउन सक्ने चर्चाकाबीच...
कोरोना अपडेट : थपिए ५५४ संक्रमित काठमाडौं। कोरोना भाइरस कोभिड १९ का नेपालमा थप ५५४ जना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० महिला र ४३४ पुरुष गरी ५५४ संक्रमित थपिका छन्। स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले देशका ७७ वटै जिल्लामा संक्रमित फेला परेको जानकारी दिए। कोरोनाबाट हालसम्म २८...
बुटवलमा सवारी दुर्घटना, दुई जनाको मृत्यु बुटवल । बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीना...
दैनिक एक करोड २५ लाखसम्म कारोवार हुने ‘फूल व्यपार’, अहिले शून्य जस्तै काठमाडौँ । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ। विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता क...
सुदूरपश्चिममा थप २२१ सङ्क्रमित धनगढी। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल...
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु महोत्तरी । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ । गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो । मृतकको शव परीक्षणका...
बादलुको घुम्टोमुनि जोमसोम बजार हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्बिर : निरज थकाली/रासस
सप्तरीको कल्याणपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
न्यौपानेद्वारा एक लाखको अक्षयकोष स्थापना दाङ। मावि हापुर विजौरी दाङका पूर्वविद्यार्थी ओमप्रकाश न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। धौलु वंशज अनुसन्धान सुधार विकास समितिबाट संचालन हुनेगरी आफ्ना माता पिताको सम्झनामा उनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष कृषि विकास बैंक घोराहीमा र...
गलत आचरण गरेको आरोपमा दुई प्रहरी नियन्त्रणमा काठमाडौं । महानगरीय अपराध महाशाखाले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी ऐन र नियमावली विपरित कार्य गरेको आरापमा दुई प्रहरीलाई नियन्त्रणम लिइ अनुसन्धान शुरु गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौं...
पाेखराका होटलमा चिकित्सक राखेकाे भन्दै स्थानीयवासीको विरोध पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि...
भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु काठमाडौँ । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ। सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँद...
पाकिस्तानमा अलपत्र ७२ नेपाली हिमालय एअरलाइन्सको उडानबाट काठमाडौं पुगे काठमाडौं। दक्षिण एशियाली मुलुक पाकिस्तानमा अलपत्र परेका ७२ जना नेपाली सोमबार हिमालय एअरलाइन्सको चार्टर्ड उडानबाट काठमाडौं आएका छन्। नेपाली राजदूताबास इस्लामाबादको समन्वयमा हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट पाकिस्तानमा अलपत्र नेपाली सेनाका सहायक रथ...
null
भारत-चीन तनावले नेपालमा सुरक्षा प्रभाव पार्ने सेनाको निश्कर्ष, आवश्यक रणनीति बनाउँदै सेना काठमाडौं। नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाली सेनाले यसपटक विना सन्दर्भ पृतनापतिहरुको सम्मेलन गरेर सबै क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा कालापानी पुगेर आए लगत्तै पृतनापति...
बालिका बिक्री गर्ने दुई पक्राउ काठमाडौं । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भ...
लागु औषधसहित ५ जना पक्राउ काठमाडौं । प्रहरीले लागु औषधसहित ५ जना पक्राउ गरेको छ। लागु औषध ओसार–पसार विरुद्ध चलाएको अप्रेसनको क्रममा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा असार ५ गते राति ११ः३० बजे भरतपुर महानगरपालिका वडानं २ बिक्रम मार्ग सडकबाट ना ४ प ४४३९ नम्बरको बोलेरोबाट लागु औषध बरामद गरेको ...
निजी विद्यालयको मनलाग्दी, अभिभावकसँग मागे शुल्क काठमाडौं। गएको चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउनका कारण विद्यालय बन्द तथा नयाँ भर्ना नभए पनि निजी विद्यालयले भने भर्ना शुल्क र अन्य शुल्क बुझाउन अभिभावकहरुसँग अपील गरेका छन्। निजी विद्यालयहरुका दुबै संगठन प्याब्सन र एनप्याब्सनले आइतबार सँयुक्त अपील जारी गर्दै अभिभावकहर...
नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन्। मन्त्री ज...
ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम जलविरे । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन । रा...
संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिबाट विधेयक पारित भएसँगै नेपालको संविधान संशोधन भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा सरकारको निशान छापम...
अमेरिकाबाट नेपाल जाने उडान समयमा हेरफेर वासिंगटन डिसी । अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली दुतावासले जरुरी अवस्था आई नेपाल फर्किनुपर्ने नेपालीहरुका लागि पूर्वनिर्धारित उडान तालिकामा हेरफेर गरेको छ । दूतावासका तर्फबाट जुन १७ तारिक बुधबार एक सूचना प्रकाशित गर्दै टर्किस एयरलाइन्सले जुन २३ तारिकमा न्यूयोर्कको जेएफके एयरपो...
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि बागलुङ । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ। यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ। सङ्घले दूधको मूल्यवृद...
द्वन्द्वको थलो बन्दै दैलेखका क्वारेन्टिन दुल्लु । कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा ल्याएका क्वारेन्टिन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा यहाँका क्वारेन्टिन अहिले सङ्क्रमणको उच...
छुट्टा छुट्टै ठाँउमा भएको दुर्घटनामा दुईको मृत्यु काठमाडौं । मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी प...
जिप दुृर्घटनमा १ काे मृत्यु ७ जना घाइते काठमाडौं । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा शनिबार जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो ब...
त्रिशूल प्रहार गरी हत्या तुलसीपुर । दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ । आज बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।
कोरोना महामारीसँगै कृषिमा युवाको आकर्षण बढ्दो नुवाकोट। कोरोना भाइरस संक्रमण महामारी सुरु भएपछि अहिले अधिकांश मानिस गाउँ घरमा छन्। लकडाउनका कारण गाउँमै थुनिएका मानिस यतिबेला कृषि पेशामा संलग्न हुन थालेका छन्। अहिले खेती गर्ने सिजन पनि भएकाले गाउँ भित्रिएका मानिसहरु खेतीपातीमा व्यस्त हुन थालेका छन्। असार लाग्ने समयमा खेत...
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध : मन्त्री अर्याल काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले भूमि बैंकको स्थापना, सुकुम्वासी समस्या समाधान आयोगको पूर्णता भूउपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्तदुरुस्त राख्न सरकारको ध्यानार्कषण गरेका छन् । समितिका सभापति प...
भारतीय सीमाबाट उद्धार गरिएका करिब ४० यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो काठमाडौँ । भारतीय सीमा क्षेत्रबाट करिब ४० जनालाई उद्धार गरेर क्वारेन्टिन जाँदै गएको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई सीमानाबाट उद्धार गरेर कालिकोट जाँदै गरेको टिप्पर बुधबार बिहानद र्दुटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जना...
कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु काठमाडौं । महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको...
क्वारेन्टिनका सरसामानसहित ४० जना फरार महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन्। भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन...
रंगभेदविरोधी आन्दोलनको समर्थनमा सक्रिय हुन न्याकको आग्रह वासिंगटन डिसी । अमेरिकामा जारी रंगभेद विरोधी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर्स’ प्रति ऐक्यबद्धता जनाउंदै भर्जिनियामा रहेको नेपालीहरुको संस्था नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक)ले सो आन्दोलनमा सहभागिता जनाउन नेपाली समुदायमा आह्वान गरेको छ । न्याकका तर्फबाट सोमबा...
सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी भक्तपुर । कोभिड–१९ नियन्त्रणमा सडकदेखि विभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी ब्यारेक बनाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नेपालमा दिनानुदिन बढ्दै गएपछि प्रहरी पनि उच्च जोखिममा रहेकाले सामाजिक ए...
बागलुङमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक बलेवा । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ। शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक ...
कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पत...
सिटी एक्सप्रेसले गर्‍यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उ...
६८ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ३ हजार नजिक काकोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् । आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई ह...
वडा अध्यक्षले राहत लिन गएकी महिलालाई गाली गरेपछि… काठमाडौं। वडा अध्यक्षले महिलालाई गालि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राहतका लागि आएका स्थानीय महिलालाई गाली गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। भिडियोमा भिनिए अनुसार ती महिलाले पनि वडा ...
विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया सुरु, खाडीलगायत मुलुकबाट करिव ४० हजार फर्किने अनुमान काठमाडौं। कोरोना संक्रमणका कारण स्वदेश फर्किन असमर्थ विदेशमा नेपालीलाई सरकारले आजबाट स्वदेश फर्काउँदै छ। आज शुक्रबार म्यानमार र युएईबाट दुई झण्डै साढे दुई सय नेपाली स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट दुई सयभन्...
महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ। बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ। मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपच...
तनहुँका कोरोना सङ्क्रमितको उपचार जिपी केन्द्रमा गरिने दमौली । काेरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना...
घर–घरमा राखियो तुलसीको दल काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष असार १७ गते बुधबार त...
बाँके दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्...
विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ संयुक्त राष्ट्रसंघ । विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिक...
गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स...