content stringlengths 20 64.1k ⌀ |
|---|
सर्लाही र पर्सामा आगलागी हुँदा ६ लाख बराबरको क्षति काठमाडौं । सर्लाही र पर्सामा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १ बस्ने किरण घिमिरेको घरको भान्सा कोठामा बुधबार बिहान करेण्ट सर्ट भई आगलागी हुँदा फ्रिज, सोफा, वासिङ्ग मेशिन, टेलिभिजन लगायतका समान जलेर करिब ३ लाख ९४ हजार रुपैयाँ ... |
दोलखामा बसले किचेर एक बृद्धाको मृत्यु दोलखा । भिमेश्वर नगरपालिका ८ चरंगेखोलास्थित सडकमा बा.३ ख २९९७ नम्बरको बसले किच्दा बैतेश्वर गाउँपालिका २ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
बस रोकी राखेको अवस्थामा अचानक पछाडि गुड्न जाँदा बसमा सवारमध्ये उनको भाग्ने क्रममा बसले किचेर मृत्यु भ... |
उपनिर्वाचन २०७६ : दाङमा एक्लो महिला उम्मेदवार राससदाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ ।
केही समय पहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।
सो क्षेत्र तुलसीपुर बजारद... |
स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ।
वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए ।
वालिङ... |
वडा सदस्यलाई साइकल वितरण सप्तरी । विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ।
जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताए ।
गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उनले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको ... |
इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चाँसो व्यक्त जेनेभा (रासस/एएफपी) । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चाँसो व्यक्त गरेको छ ।
पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय... |
मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ ।
इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने बताइएको छ ... |
समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उनले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको ... |
मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक व... |
नेकपा सचिवालय बैठक बुधबार बिहान ९ बजे बस्दै काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको ... |
महागढीमाई नगरपालिकामा १० दिनसम्म विद्यालय बन्द हुने कलैया । महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले... |
मतदातालाई कम्बल वितरण गरेको भन्दै काँग्रेसको आपत्ति कास्की । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेस कास्कीले आज विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन... |
नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताएका छन् ।
उनले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताए ।
प्रदेश सरकारअन्तर्गत ... |
अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रा... |
दिगो र सुरक्षित संरचना समयमै बनाऊँ : उपराष्ट्रपति पुन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताएका छन् ।
इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ)ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील पूर्वाधार’ विषयको अन्तर्राष्ट्रिय सम्... |
कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन तथा विकास हुन नसक्नुमा पूर्वाधार मुख्य बाधक भएको औँल्याइएको छ ।
कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको अध्यक्षतामा आज बसेको बैठकमा समितिका सदस्यहरुले यहाँको... |
सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर छैन् : डा. महत काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्। यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना ग... |
लागुऔषध मुद्दाका फरार प्रतिवादी २ महिला पक्राउ धादिङ । धादिङमा लागुऔषध मुद्दाका फरार प्रतिवादी २ जना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अदालतबाट १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएकी ५० वर्षीया सरिता भन्न... |
शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा ... |
बझाङको पौवागढीमा केन्द्र बनाएर गयाे शक्तिशाली भूकम्प काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ ।
मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । |
‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’ विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् ।
राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँद... |
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सम्हाले कार्यभार काठमाडौं । प्रधानमन्त्री केपी शर्माका प्रेस सल्लाहकार सूर्य थापाले कार्यभार सम्हालेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार दिउँसो पत्रकारहरु भेला पारेर कार्यभार सम्हालेका हुन् । त्यस अवसरमा उनले प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने सबै सूचनामा पत... |
विश्व बैंकको आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने काठमाडौं । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनम... |
वर्षेनी बालअधिकार हननका घटना बढ्दै, हराए २३ सय ३० बालबालिका काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जन... |
निर्मला हत्याकाण्ड : पत्रकार भण्डारी १ घण्टा जेल बसेर छुटे काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको ‘तुच्छ सजाय’ अन्तर्गत कारगार पठाएको छ ।
मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना सहित एक घण्टा कारागार पठाएको हो । पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म क... |
छुट्टाछुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला काठमाडौं । मंगलबार देशका विभिन्न ठाउँमा ४ जना मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका ८ गोलखडास्थित भिरमा सल्यान कपुरकोट गाउँपालिका १ उनबाङ बस्ने २२ वर्षीय गोपाल राना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपाल... |
सागका लागि राष्ट्रिय टिमको तयारी पूरा काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखी २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐ... |
नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवापुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडी... |
भ्रमण वर्ष २०२० को स्टिकर टाँस्न सबै सवारी साधनलाई अनुरोध काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अ... |
सेनाका जवान मृत्यु प्रकरण : ढकाललाई पाँच दिन हिरासतमा राखिने चितवन। नेपाली सेनाका एक जवानको मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले सोमबार पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।
... |
गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार दमक । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।
बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्र... |
८४ पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन् ।
चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्ष... |
धौलागिरि हिमालको आधार शिविरमा सूचना केन्द्र म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ।
धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना के... |
करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार सुर्खेत । यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ ।
स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी ... |
५८ केजी अवैध लागूऔषध चरेश र नगद सहित ५ जना पक्राउ बर्दिया । गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम (पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुक... |
एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ : मन्त्री मगर कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छन् ।
कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र ... |
अमेरिकी, दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित बैंकक (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् ।
उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी ... |
मोरक्कोमा ५.३ म्याग्नीच्युडको भूकम्प राबात (रासस/सिन्ह्वा) । उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।
मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो... |
सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु बेरुत (रासस/एएफपी) । सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षि... |
चीनले पनि नेपालको भूमि मिचेको छ, हतारमा विज्ञप्ति निकालेर गलत गर्याे : झा राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाए ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘चीनले हतारमा विज्ञप्ति निकाल... |
नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन : डा. भण्डारी काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘देश भनेको सबैको साझा हो ।
देशप्रति जनता ईमानदारिता छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरक... |
चोरी मुद्दाका फरार कैदी ३४ वर्षपछि पक्राउ धादिङ । चोरी मुद्दाका एक जना फरार कैदी ३४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत साविकको धुँवाकोट गाविस ५ का ६९ वर्षीय राम बहादुर भन्ने सुब्बा वस्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्दामा जिल्ला अदालत धादिङले २०४१ जे... |
भवितव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ धादिङ । भवितव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दिपेश मिजारलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
सम्मानित धादिङ जिल्ला अदालतबाट... |
भारतीय नयाँ नक्साको विरोधमा नेविसंघ आन्दोलित काठमाडौं । लिपुलेक, कालापानीलगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवर... |
भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ : नेता पाण्डे काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने त... |
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने तयारीमा दिगो विकास समिति काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ ।
समितिको आईतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडाैं तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्... |
नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ ।
‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो ।
पदयात्... |
उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्ने गरी सो उपनिर्वाचनमा पार्ट... |
देशलाई समृद्ध बनाउन नेकपाबाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार... |
व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन काठमाडौँ । सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ ।
कर प्रणालीलाई समय सापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्न सक्ने गरी प्रविधिमैत्री बनाउन लागि परेको सरकारले जनाएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक... |
ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ।
नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सु... |
भीमफेदी कारागारबाट कैदी फरार हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।
कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा... |
रोशीमा स्कुटर दुर्घटनामा परी युवतीको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्ट... |
तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानी : कार्यवाहक मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताएका छन् ।
तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उनले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुव... |
पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्ने उल्लेख गरे ।
सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारल... |
भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उनले... |
उपनिर्वाचन २०७६ : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ ।
निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामाव... |
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी तनहुँ । तनहुँ जिल्लामा सञ्चालनमा रहेका १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सङ्कलन गरेको आर्थिक गणनाअनुसार जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजार ६८६ ले रोजगारी पाएका हुन् । त्यसमध्ये पुरुष... |
असल समाज निर्माणका लागि आशावादी रहन नेता नेपालको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने पनि स्पष्ट पारे । उनले साहित्यकारहरुलाई स... |
सागमा कम्तिमा ५० स्वर्ण जित्ने नेपालकाे लक्ष्य काठमाडौं । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ ।
१३ औं साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो ।
राष्ट्रिय खेलकु... |
कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उनले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर ... |
अरनिको राजमार्गमा तेल ट्याङ्कर दुर्घटना, चालक र सहचालकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपर... |
भरतपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित... |
बसको ठक्करबाट एक जनाको मृत्यु जनकपुर । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नंको मोटरसाइकल... |
अफगानिस्तानमा चार जिल्ला स्तरीय प्रहरी अधिकृत मारिए अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् ।
तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘तखार प्रान्तमा पर्ने व... |
क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु सान्ता क्लारिटा (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् ।
साथीहरुमाथि पेस्तोल ... |
स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ ।
आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम... |
आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखा परीक्षण : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी एवं जिम्मेवार बनाउनुपर्ने बताए ।
महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन बुझ्दै उनले आ... |
शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं : नेता नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपर... |
कैलालीमा इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु कैलाली । ‘गन्तव्य एजुकेशन फाउण्डेसन कैलाली’को आयोजनामा यहाँ गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर माध्यमिक विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पहिलो दिन आज सात खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुल... |
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपाका नेता सूर्य थापा नियुक्त काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने नि... |
मेगा बैंकबाट ११.७५ प्रतिशत नगद लाभांश पारित काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ सम्म... |
हिन्दू अधिराज्य स्थापना गर्न मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह काठमाडौं । नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन् । सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुन... |
मेलम्चीपछि सिस्नेरी आयोजनाको काम पनि सुरु गर्छौं : मन्त्री मगर मकवानपुर (सिस्नेरी) । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्था... |
नेकपा र काँग्रेसका नेता बलात्कार आरोपमा जेल चलान काठमाडौं । बलात्कार आरोपमा नेकपा र काँग्रेसका दुई युवा नेताहरु जेल चलान भएका छन्। नेकपा निकट युवा संघका नेता दाङका सन्देश शर्मा पोखरेल र काँग्रेस निकट विद्यार्थी संगठनका नेता नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई जिल्ला अदालत ललितपुरले शुक्रबार पूर्पक्षका लागि जेल चलान गरेको ह... |
स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् ।
बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।
उनला... |
सीमा विवादको समाधान गर्न प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छ : नारायणकाजी श्रेष्ठ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् ।
प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भा... |
उपनिर्वाचनमा आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
नेपाली काँग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वा... |
एभिसी भलिबल प्रतियोगितामा उपाधि विजेता महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।
बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टो... |
काँग्रेसको एजेन्डा ‘निःशुल्क शिक्षा र स्वास्थ्य’ बन्नुपर्छ : नेता महर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काङ्ग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प... |
अवैध जुवातासविरुद्ध नेपाल प्रहरीको कारबाही तीब्र काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्नेहरुविरुद्ध कारबाहीको दायरा बढाएको छ । देशका विभिन्न स्थानमा नेपाल प्रहरीले अनुसन्धान गर्दै दोषीलाई कडा कारबाही गर्ने अप्रेसन नै चलाएको छ ।
२०७६ सालको तिहार संघारमै आइसकेको थियो । काठमाडौं महानगरपालिका ३ महाराजगंज पिपलमार्ग बस्ने ३०... |
पत्रकार शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको... |
नागरिकता कसुरका आरोपी धरौटीमा रिहा वालिङ । झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् ।
स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय च... |
समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् ।
नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु काठमाडौं । प्युठान, सल्यान, सप्तरी र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्युठान, स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरस्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको बलेरो गाडी सडकदेखि अन्दाजी ३ सय मिटर... |
घुस लिएको आरोपमा यातायात कार्यालयका शाखा अधिकृतसहित ४ जना पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनी... |
उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाई काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट... |
सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए नैरोबी (रासस/सिन्ह्वा) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ ।
सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीय... |
लुम्बिनीमा त्रिपिटक वाचन शुरु काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ ।
त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप ... |
सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन : जम्मकट्टेल काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्न नहुने बताएका छन् ।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी... |
सत्तारुढ नेकपा भविष्यमा उठ्नै नसक्ने गरी पतन हुने डा. भट्टराईको दावी काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरी उठ्नै नसक्ने गरी पतन हुने दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, वै... |
स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् ।
आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन ... |
चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ ।
त... |
शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’ काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ ।
शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो । सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गर... |
नयाँ खरिद गरेका ‘वाटर क्यानोन’को परीक्षण (फाेटाेफिचर) काठमाडौं । नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरे ।
उक्त अवसरमा ‘वाटर क... |
एक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभि... |
चन्दननाथ नगरपालिकाले संकलन गर्यो ४ महिनामा १६ लाख राजश्व जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।
नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए ।
कृषि समूह नवीकरणबाट दुई हजार ५००... |
प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका... |
कूटनीतिक संवादबाट मिचिएको भूमि फिर्ता गर्न माग काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ ।
सङ्गठनले आज विज्ञप्ति जारी भौगोलिक ... |
कोहलपुरबाट हराएका चार बालकको उद्धार बाँके । एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ ।
गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.