content stringlengths 20 64.1k ⌀ |
|---|
हजारौँ विद्यार्थीद्वारा लेबनानका सडकमा प्रदर्शन बेरुत (रासस/एएफपी) । चार हप्ता अघिदेखि आन्दोलनमय भएको लेबनानमा बिहीबार हजारौ विद्यार्थीहरूले सडकमा प्रदर्शन गरेका छन् ।
सरकार विरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।
सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृती विसंगतीको अन्त्य, भ... |
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ मोरङ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका ११ बस्ने २८ वर्षीय भरत मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
२०७४ भदौ २० गतेको फैसलाले १ महिना कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही महानगरपालिक... |
दाबी भुक्तानीमा विलम्ब नगर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरेका छन् ।
नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्... |
प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ ।
प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय प्रदेशसभाको बैठकले झण्डै एक वर्षअघि नै गरिसकेको छ ।
मुख्यमन्त्री... |
पोषणसम्बन्धी छैटौँ विश्व सम्मेलन जापानमा हुने काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि अगामी छैटौँ विश्व सम्मेलन जापानको टोकियो शहरमा आयोजना हुने भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ यहाँ शुरु भएको पाँचौँ विश्व सम्मेलनको समापनका अवसरमा आज आयोजित कार्यक्रममा सन् २०२० मा सो सम्मेलन टोकियोमा हु... |
भारतीय नक्सा विवाद : मुगुमा पनि विरोध प्रर्दशन मुगु । भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ ।
मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढ... |
आलम प्रकरण : थुनछेक बहस शुक्रबार रौतहट । पूर्व मन्त्री नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि हुने भएको छ।
२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।
पीडितको पक्षबाट प... |
विदेशबाट सञ्चालित २ दर्जनबढी कलेज खारेज गर्ने सरकारको तयारी काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्... |
हतियारसहित बल्खुबाट ३ जना पक्राउ काठमाडौं । हतियारसहित काठमाडौंमा ३ जना पक्राउ परेका छन् ।
बिहीबार प्रहरीले बल्खु एरियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका १४ बल्खुका ३५ वर्षीय देवेन्द
भण्डारी, कीर्तिपुर नगरपालिका ६ चोभारका ५० वर्षीय सुमन खड्का र काठमाडाैँ महानगरपालिका १४ बल्खुक... |
‘सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ’ काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आव... |
कात्तिक नाचको आज सातौं दिन : देवी नृत्य मञ्चन हुने काठमाडौं । जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ।
पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ ।
आज उषाहरण लीलामा आधारित नाच मञ्चन ... |
नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ ।
यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन (पिएआईए) मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक व... |
उपनिर्वाचन २०७६ः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी पौवादुङ्मा गाउँपालिका, च्याङ्ग्रेमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनको काम बुधबारदेखि सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निमित्त क... |
जनगायक जीवन शर्माका छोराको उपचारका लागि आर्थिक सहयोग काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् ।
प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माको छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो ।
घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि... |
कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छन् ।
सहकारी विभाग काठमाडौँद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक... |
चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष काठमाडौं । प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ ।
दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक का... |
गाउँमा मन्दिर निर्माण गर्न प्रवासमा आर्थिक संकलन समिति गठन भारत । मन्दिर निर्माणका लागि प्रवासी नेपालीहरुले आर्थिक सहयोग संकलन गर्न समिति गठन गरेकाे छ ।
अछामको चौरपाटी गाउँपालिका ३ गगुडामा रहेको स्वरस्वती मन्दिर निर्माणका लागि गगुडा गाउँका युवाहरुले भारतमा आर्थिक संकलन समिति गठन गरेका हुन् ।
मन्दिर निर्माण कार्यका लाग... |
धार्मिक गुरुहरु प्रहरी कार्यालयमा मुगु । जिल्लाको चारै स्थानीय तहका बस्तीमा बालविवाहको संख्यामा बृद्धि हुन थालेपछि बालविवाह न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले हिन्दु र लामा समुदायका धार्मिक गुरुहरुलाई सचेतना गराउन लागेको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाका चारै स्थानीयतहका धामी, झाँक्री, बाहुन पुरोहित, ज्योतिष, ... |
रारा : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य दिपायल । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई मानिन्छ । स्वर्गको एक टुक्राको रुपले चिनिने रारा वास्तवमा अति सुन्दर एवं रमणीय छ । सबैभन्दा ठूलो ताल हो ।
५ किलोमिटर फैलिएको राराको चौडाई ३ किलोमिटर छ । गहिराइ १६७ मिटरको रारा वरिपरि घुम्न ५ घण्टा समय लाग्छ । विश्व ... |
ललितपुर महानगरद्धारा सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सु... |
नेपाली महिला भलिवल टोलीको विदाई काठमाडौं । बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिवल टीमको विदाई गरिएको छ ।
नेपाल भलिबल संघले बुधबार सो खेल प्रतियोगितामा भाग लिन जान लागेका १२ सदस्यीय टीमलाई विदाई गरेको हो । विदाई समारोहमा राष्ट्रिय खेलक... |
मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताएका छन्।
पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानक... |
नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना काठमाडौं । इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ ।
नेपालका लागि इन्डोनेशियाका राजदुत रीना सेमार्नोले इन्डोनिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक... |
नेपालका जेलभित्र ‘निरङ्कुशतन्त्र’ जस्तै ‘अर्को सत्ता’ रहेको गृहमन्त्रीको टिप्पणी काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन्... |
एक वर्षभित्र २ अर्ब रुपैयाँ बचत गर्ने वायुसेवा निगमको दाबी काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्षभित्र २ अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन् ।
बुधबार काठमाडौंमा पत्रक... |
स्वीस सरकारद्वारा नेपाललाई २१० करोड अनुदान दिने काठमाडौं । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ।
अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव ... |
सरकार समृद्धितर्फ उन्मुख छ : नेता पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकार समृद्धि ल्याउन लागिपरेको बताएका छन् ।
ओखलढुङ्गाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुखसमेत रहेका पौडेलले वर्तमान सरकार विगतका अधुरा योजन... |
गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते गुलरिया । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकरा... |
अर्घाखाँची कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो, घाईतेको उपचार हुँदै अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार मध्यान्ह सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु ... |
भरतपुरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाईते भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृ... |
‘भूतपूर्व गोर्खा सैनिक कडा न्यायिक सङ्घर्षमा अघि बढाउनुपर्छ’ काठमाडौँ । भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् ।
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भ... |
१३ करोड राजश्व छली: चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध मुद्दा काठमाडौँ । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ।
राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु... |
पोर्चुगलको राजधानी लिसबनमा वेब सम्मेलन–२०१९ सुरू लिसबन (रासस/सिन्ह्वा) । विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ ।
सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनब... |
चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन्।
मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरेका हुन्।
निरन्तरको आर्थिक विकास... |
कास्की क्षेत्र नं २ बाट तीन महिला भिड्दै देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ ।
भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको... |
विद्यालयमा पानी, शौचालय र सफाइका लागि ‘तारा पद्धति’ काठमाडौं । के तपाईं वरिपरिको विद्यालयमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको छ? त्यस विद्यालयमा शुद्ध पिउने पानी र हरियाली वातावरण छ? छ भने त्यस्तो विद्यालयका शिक्षक र विद्यार्थीलाई बधाई दिएर उनीहरुको अशल कामको प्रशंसा गर्न स... |
सिकार गर्ने क्रममा एक जनाको मृत्यु लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो।
गुरुङ भिरबाट लडेर घाइते भएका थिए। उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।
भिरमौरीको मह... |
बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु पक्राउ काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ।
बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ कर... |
५ नम्बर प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न रुपन्देही । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्र... |
फुटसल प्रतियोगिता कप सैनिकको पोल्टामा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले हात पारेको छ ।
आज रोम्बस नेशनल सेकेन्डरी स्कूल र सैनिक आवासीय महाविद्यालयबीच भएको खेलमा २–७ गोलको अन्तरमा सैनिक आवासीय माहाविद्यालयले जीत हासिल गरेको एन्फा भ... |
उपनिर्वाचनको तयारी तीव्र, मनोनयनपत्र दर्ता बिहीबारदेखि काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म म... |
लुम्बिनी प्रादेशिक अस्पताल परिसरका ७८ सटर भत्काइने रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि सटर भत्काइने भएको छ । प्रादेशिक अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा रुपान्तरण गर्न मङ्सिर महिनापछि अस्पतालको उत्तरपूर्वका सटर भत्काउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
प्रदेशकै सुविधासम्पन... |
गोरखा भूकम्पपछि ५३५ परकम्प गोरखा । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बता... |
एकैदिन ६ हजारबढीले अवलोकन गरे नारायणी महोत्सवमा चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेविका बाल प्रतिष्ठानक... |
राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट... |
नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ।
कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो।
समझदारीक... |
चर्चित सांगितिक व्याण्ड एडीको कन्सर्ट कीर्तिपुरमा हुने काठमाडौं । चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगितिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ ।
मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो ।
कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित ज... |
२२ वर्षपछि प्रकाउ परे धादिङका चन्द्रबहादुर धादिङ । धादिङमा २२ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका ३ स्थित बस्ने पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने उद्याेकमा सोही ठाउँका ३ जनाले कुटपिट गरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो।
स्थानीय चन्द्र बहादुर तामाङ‚ मैत... |
ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने काठमाडौं । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम... |
सुकुटे बस दुर्घटनाः अझै ५ जना घाइते अस्पतालमै काठमडाौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो।
सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पता... |
सिआइबीको टोली ग्राहक बनेर जाँदा… काठमाडौँ । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो ।
कारोवारी पक... |
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ ।
तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्र... |
कीर्ते नागरिकता बनाइदिने पक्राउ वालिङ । झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन ... |
पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।
सम्मेलनलाई भिडियो सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन्।
राष्ट्रपति भण्डारीले नेपालल... |
कात्तिक नाचको चौथो दिन : बाथः प्याखँ अर्थात् सती जाने परम्परा ललितपुर । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ ।
पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ स... |
पेस्तोल र गोली सहित मोरङबाट एकजना पक्राउ मोरङ । कटहरी गाउँपालिका १ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका २ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही खोला नजिकको खुल्ला मैदान... |
५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू रुपन्देही । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ।
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद क... |
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ ।
पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाड... |
नेपाल र नर्वेबीच परामर्श संयन्त्र स्थापना काठमाडौं । नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्व... |
चितवनमा सहकारीको गैरकानुनी रुपमा शाखा, बचतकर्ताको रकम जोखिममा चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ ।
सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शार... |
‘सेन्टी भाइरस’को पहिलो पोस्टर सार्वजनिक, यस्ता देखिए धुर्मुस काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुमुर्स र सुन्तली मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ... |
मिस्टर एण्ड मिस स्टारको उपाधि भावना र श्रवणलाई चितवन । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् ।
त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, क... |
बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ ।
बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन) मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर... |
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ ।
डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजी... |
३ किलोग्राम चरेससहित एकजना पक्राउ काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरे... |
सहकारीको ४३ करोड रुपैयाँ हिनामिना गर्ने ४ जना कारागार चलान राँझा । सहकारीको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।
जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रब... |
म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै (नामावली सहित) बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर... |
उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा ... |
बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्ध लामा पक्राउ काठमाडौं । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन्।
प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज ... |
म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्।
दुई जनाको सनाखत हुन नसकेको प्रहर... |
कञ्चनपुरमा गहुँखेतीका लागि डिएपी मल अभाव कञ्चनपुर । धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कञ्चनपुरमा भने मलखादको अभाव भएको छ।
अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन ।
कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ। “युरिया मात्र... |
कैलाली दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो कैलाली । कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक ... |
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १६ पुग्यो, ४७ घाइते, ५ को सनाखत काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ।
दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्... |
महिला आयोगमा पदाधिकारी नियुक्तिको माग काठमाडौं । राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नहुँदा कामकाज प्रभावित भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन्।
सङ्कल्प नामक संस्थाद्वारा आयोजित आयोगका पदाधिकारी गठन बारेको छलफलमा महिला अधिकारकर्मीले पदाधिकारी नियुक्ति नहुँदा नीति तथा कार्यक्रममा प्रभाव परेको भन्दै... |
१३औं संस्करणकाे इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने काठमाडौँ। १३औं संस्करणको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने भएकाे छ । ज्योति एभरेष्ट तेक्वान्दाेकाे आयोजनामा सन् २०२० मे १ र २ तारिखमा इस्टर्न मिचिगन युनिभर्सिटीमा उक्त प्रतियाेगिता हुने... |
नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार आइतबार लाइभ कन्सर्ट भएकाले... |
भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी सोमबार र मंगलबार काठमाडौं । यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोल... |
लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक दम्पती पक्राउ काठमाडौं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले ... |
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ स... |
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा नियुक्त काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बास्कोटालाई नियुक्त गरिएको छ।
आइबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रह... |
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्ने काठमाडौँ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि... |
सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, काँग्रेसद्वारा शोक व्यक्त मेलम्चि। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए... |
बर्दियामा लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ।
बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश ... |
एमसीसी विरुद्ध युवा टिमले बलिङ गर्ने काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर... |
वनभोज खाएर फर्किएको बस दुर्घटना, तीन जना घाइते सुर्खेत। सुर्खेको कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो ।
दुर्घटनामा न... |
नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार पक्राउ गुलरिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको ... |
धुलिखेलवमा टिपर दुर्घटना, घटनास्थलमा नै चालकको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल... |
दुर्घटनामा विदेशी पर्यटकको मृत्यु दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी ... |
चितवनको सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री भरतपुर । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो।
तीन... |
ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।
धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हि... |
दुर्घटनामा एकको मृत्यु, दुई घाइते पोखरा । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बँेसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्... |
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ।
बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।
चौताराब... |
बञ्चरो प्रहार गरी छिमेकीको हत्या कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।
स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जान... |
एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ ।
यस्तै राष्ट्रिय टिमसँग एक ... |
नेयमार विना पिएसजीको लगातार जित एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो ।
पहिलो हाफमै ४ गोल गरेको पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल ... |
सरकार विकास र समृद्धितर्फ निरन्तर अगाडि बढ्दैछः अध्यक्ष प्रचण्ड काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् ।
आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरे... |
नगदसहित छ जुवाडे पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा ... |
श्रीमानको हत्याको आरोपमा महिला पक्राउ राजापुर। श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको... |
९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु काठमाडौं । राजधानीमा ९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । वल्र्ड विथ एंगर (डब्लुडब्लुए), ग्लोबल पीस फाउन्डेशन (जीपीएफ) नेपाल र समृद्धि कलेज, लोकन्थलीले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको शुक्रबार उद्घाटन गरिएको छ ।
दुई दिन संचालनमा आउने उक्त सम्मेलनमा इक्... |
उपनिर्वाचनका लागि जारी गरिएको आचारसंहिता आजदेखि लागू काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा आएको छ।
शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.