content
stringlengths
20
64.1k
गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा बारा। बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले  १ लाख रुपैया जरिवाना तिराएको छ। निजगढ काठमाडौँ द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनिय...
भारतीय पत्रकारको नेपालमा दादागिरी, महासंघ ‘बेखबर’ काठमाडौं। सप्तकोसी पुलबाट शुक्रबार मालबाहक ट्रक खसेको विषयमा रिपोर्टिङ गर्न आएका भारतीय पत्रकारले नेपाली पत्रकार तथा प्रहरी कर्मचारीमाथि गरेको दुर्वव्यहारको घटनामा पत्रकार महासंघ बेखबर देखिएको छ। सप्तकोसी नदीमा खसेको ट्रकको विषयमा नेपाली भूमिमा प्रवेश गरेका भारतीय पत्रक...
१५ भाद्रदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने काठमाडौँ। इलेक्ट्रिक भेइकल म्यानुफ्‌याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल (EVMIAN), मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ।...
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै थोरै भू-भागहरुमा हल्कादेखि...
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी...
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९र८० मा सम...
जबरजस्ती करणीको आरोपमा दाङबाट एक जना पक्राउ दाङ ।  दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् । रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आइतबार रात...
बर्जर रंगोत्सवको विजेताहरुको घोषणा काठमाडौं। बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरको विजेताहरुको घोषणा गरिएको हो। बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारह...
null
काठमाडौंमा अपराधिक घटनामा बृद्धि काठमाडाैं। आर्थिक बर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो। २०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७९/८० मा...
एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ काठमाडौं । प्रहरीले लर्ड अफ ड्रिंक्स) एलओडी क्लवका म्यानेजर र अर्की एक महिला कर्मचारीलाई पक्राउ गरेको छ। बालिकालाई क्लबमा प्रवेश दिएको विषयमा अनुसन्धानको लागि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले क्लवमा म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने महिला कर्मचारी ...
हिमालय एअरलाइन्सद्वारा नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण काठमाडौँ। हिमालय एअरलाइन्स् प्रा. लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ। एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामद...
‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सात प्रदेशका २१ जिल्लामा सञ्चालन काठमाडौँ। सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट सञ्चालनमा आएको छ। सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्...
बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ काठमाडौँ। बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहारीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ५ जनालाई प्र...
बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ काठमाडौँ। बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो। बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन्। गत १० माघमा रुपन्दे...
साउनकाे साेमबार, पशुपतिनाथमा घुइँचाे(फाेटाेफिचर) काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वती...
आज सार्वजनिक बिदा कर्णाली। कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ। कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्...
सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै काठमाडौं। सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ। सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थि...
आजको मौसम : मुलुकका अधिकांश भागमा पानी पर्ने काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका बाहेकका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज द...
null
शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका का...
वीर अस्पतालमा भोलिदेखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने काठमाडौं। वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय भोलिदेखि कार्यान्वयनमा आउन ल...
भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा...
अवैध हतियारसहित एकजना पक्राउ स्याङ्जा । भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले  भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै १७ वर्षीया छोरीलाई घ...
पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू-माफियाको कब्जामाः जफर अन्सारी काठमाडौं। राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र ह...
सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो किमाथांका। सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो। आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्...
अवैध रूपमा विदेश लैजान लागेको सुन तथा डाईमन्डसहित ५५ वर्षीया महिला पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको सुन तथा डाईमन्डसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मा रहेकी छन्। बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ धादिङ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जना पक्राउ गरेको छ। निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको हो। ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्या...
आजभोलि रोपाइँमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ कैलाली। विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मपर्म) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै क...
जीप दुर्घटना अपडेट : थप एकको मृत्यु पर्वत। जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला...
श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन (फोटो फिचर) काठमाडौं। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, आफूसँगै तीन जनालाई रोजगारी पोखरा। जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्। पोखरा महानगरपालिका-१५ वन क...
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता झापा। झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान-प्रदानसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल...
गाउँमा पुरुष नहुँदा महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच तनहुँ। भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नह...
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरीको जनशक्ति तयारी अवस्थामा काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । मनसुनजन्य विपदको सामाना गर्न सबै प्रदेशमा आफ्नो जनशक्तिलाई तयारी हालतमा राखेको हो। उपकरण अन्तर्गत डोज...
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा प...
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली र...
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु दार्चुला । नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् । घर नजिकै मेलामा घाँस क...
राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछः परराष्ट्रमन्त्री साउद पाटन। परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन्। नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्...
अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’ गण्डकी। ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् । विदेशी काठ एवम् ...
रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार टीकापुर, ३० असार । कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ। शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धा...
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही काठमाडौं। आर्थिक वर्ष २०७९\८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लि...
घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर यादव दोषी ठहर वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, श...
कुकुरको टोकाइबाट डोटीमा पाँच जना घाइते डोटी । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पत...
पिथौरागढमा नेपाल–भारत समन्वय बैठक सम्पन्न, के-के भयो छलफल ? बैतडी । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । ...
नेपालबाट भारततर्फ ३ हजार किलो टमाटर तस्करी गरिएको मामिला के हो ? काठमाडौं । भारतमा पछिल्ला केही दिनयता टमाटरको मूल्य आकाशिएको छ । टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुगेको छ । यसैबीच उत्तर प्रदेशको महाराजगञ्जसँग जोडिएको नेपाल सीमानाबाट टमाटर तस्करीको खबर आएको छ । भन्सार विभागले करिब तीन हजार ६० केजी टमाटर भरिएको दुई प...
आजको मौसमः चार प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर सामान्यदेखि पूर्ण...
यस्ता छन् टेलिकमको समर अफर काठमाडौं। नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले...
काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न काठमाडौं। काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न भएको छ । नियमित वर्षाका कारण सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । ढल जाम हुँदा ठमेलका सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । जाम भएको ढल निकासका लगि काठमाडौं महानगरको...
भायानेटकी सीईओ सेवा पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित काठमाडौं। भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित गरिएको छ। ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन्। सो प...
नगरपालिकाकै कर्मचारीको साथमा लागूऔषध काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास नगरपालिका– १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय ...
सांसदहरुलाई पूर्व सुरक्षाकर्मीहरुको चेतावनीः सस्तो लोकप्रियताका लागि सेनाको विरुद्धमा नबोल्नुस् काठमाडौं। नेपाली सेनाको संख्या घटाउने विषयमा पछिल्लो समय राजनीति वृत्त र सदनमासमेत बहस सुरु भएको छ । संघीय संसद्का दुवै सदनमा खर्च कटौतिका लागि सेनाको संख्या घटाउन पर्ने आवज उठिरहेको छ । सेनाको संख्या कटौतिको विषयमा भएका बहस...
संरक्षणको अभावमा खण्डहर बन्यो आदिकवि भानुभक्तको घर तनहुँ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गर...
अवैध सुनसहित २९ वर्षीय व्यक्ति पक्राउ मोरङ। विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई  प्रहरीले पक्राउ गरेको छ। सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेल...
कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ काठमाडौँ। कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार...
२१० औं भानु जयन्तीः भाषिक एकतामा भानुभक्तको महत्वपूर्ण योगदान पोखरा। भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पुर्‍याएको योगदानको चर्चा गरिएको छ । नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गरेको योगदान अविष्मरणीय भएको ...
सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ। ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंक...
स्रोत नखुलेको २० लाखसहित २० वर्षीय युवक पक्राउ जानकी। नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी ...
‘काँडे भ्याकुर’ पाइने सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने गण्डकी। सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ। तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ क...
पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध ढोरपाटन। अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो। वर्षा हुँदाबित्तिकै माथिद...
धारिलो हतियार प्रयोग गरी ३५ वर्षीय पुरुषको हत्या रौतहट। रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ। देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्र...
बाजेको कुटाइबाट नातीको मृत्यु बैतडी। बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज...
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान...
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लग...
null
सिटी एक्सप्रेस १७औँ वर्षमा प्रवेश, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ बसन्त पार गरेर १७ औ वर्षमा प्रवेश गरेको छ । यही १७ औ बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु ने...
अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो घोराही । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको...
आगामी आर्थिक वर्षमा थप नौ सय मेगावाट बिजुली थप हुन्छः ऊर्जामन्त्री बस्नेत काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय...
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता काठमाडौं। मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् । सरकारले पूर...
सीता दाहालः चितवनकी छोरी, बुहारी र आमा चितवन। बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उनका उर्जाशील धेरै समय पनि चितवनै बित्यो...
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ । राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्...
नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चा...
सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, सबैभन्दा बढी कैलालीमा कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सब...
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका तुलाधर पक्राउ काठमाडाैं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार जाहेरवाला ...
सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ उदयपुर। सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी  गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसहित ७ जनालाई प्र...
तनहुँका किसान पशुपालनमा आकर्षितः मासु,अण्डा र दूधमा आत्मनिर्भर तनहुँ। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डाम...
पानीको मूल फुटेन, रोपाइँ भएन म्याग्दी। असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा म्याग्दीमा अझै रोपाइँ हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा जिल्लामा ४८ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो। विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर...
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु रेसुंगा। गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्। ...
बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै गल्याङ। कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो। सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिव...
आजको मौसमः मुलुकका अधिकांश स्थानमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्...
करेन्ट लागेर त्रियुगाका एक जनाको मृत्यु उदयपुर । सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ । बुधबार दिउँसो २:३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउनेक्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको ज्यान गएको हो । सडकको बिजुलीको पोलमा काम गर...
बेटिङ केसमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्न अदालतको आदेश काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर तथा कलाकारहरुलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपालीसहितका कलाकारलाई जनही ...
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ सुर्खेत। सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गो...
श्रमिकको न्यूनतम ज्याला न्यायोचित बनाउन माग काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ। नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाए...
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र चितवन। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ । आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो । विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद ...
आर्थिक करिडोरको कार्यालय मधेशमा किसानहरुको भरोसा बन्दै महोत्तरी। ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९र८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए । कार्यालयले बजार स...
प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना, छानबिन समिति गठन सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका-८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात...
ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ। राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्...
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुर...
राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टिको गरिएको छ । बुधबार अपरान्ह पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थीव शरीरमा उपप...
प्रधानमन्त्रीपत्नी सीतालाई सैनिक सलामी काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। सीताको आजै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। प्रधानमन्त्रीको पत्नीको हैसियतले सरकारले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे अनुसार उनको सम्मानका लागि सैनि...
नारायणघाट–बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत प्रगति त्रिवेणी। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ। पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ। यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रम...
प्रहरी कर्मचारीलाई हातपात गरेको आराेपमा एकजना पक्राउ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच ...
वीरगंजबाट अन्दाजी १५ केजी चरेशसहित दुई व्यक्ति पक्राउ पर्सा। वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझी रहेका छन्। वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईल...
सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति लगियो काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। उनको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडाम...
अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ काठमाडौँ। अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनी रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेक...
null
त्रिविबाट सम्बन्धन लिएर नवीकरण नगरेका क्याम्पसलाई कारबाही गरिने काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया...
काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर) काठमाडौँ। साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरेको छ। ‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन्। सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो। ...
सीता दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा (तस्वीरसहित) काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्र...