content
stringlengths
20
64.1k
नदी किनारका सुकुम्बासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिको निर्देशन काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका ससुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधर...
४५ हजार घुससहित एक इन्जिनियर पक्राउ काठमाडौं । ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो। रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ ...
अब सवारी चालक अनुमतिपत्रको आवेदन र नवीकरण राजश्व अनलाइनबाटै काठमाडौं। सवारी चालक अनुमतिपत्रको अनलाईन भुक्तानी सहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ। बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन् । नया...
प्लाष्टिकका भाँडाको प्रयोगले हराउँदै परम्परागत दुनाटपरी लमजुङ। मौलिक रैथाने परम्परागतका दुनाटपरीको प्रयोग हुन छाडेसँगै लमजुङमा दुनाटपरी लोप हुन थालेको छ । बजारमा प्लास्टिकका थाल र पिलेटको प्रयोग बढ्न थालेकाले परम्परागतका दुनाटपरीको प्रयोग हट्दै गएको हो । प्लास्टिकबाट बनेका थालरपिलेट प्रयोग गर्न सजिलो हुने, नयाँ पुस्ताम...
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा काठमाडौँ। काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी ...
श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ सप्तरी। आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचा...
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैप...
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। काठमाडौं र झापाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ भत्केक...
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते झापा। गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास...
स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य काठमाडौँ। स्प्यारो एसएमएस, नेपालको अग्रणी SMS सेवा प्रदायक हो, २०७९/८० को SEE नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्यको घोषणा गर्न पाउँदा गर्व छ। यस सेवाले विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई उनीहरूको SEE नतिजाहरू छिटो र सजिलै...
पानीबिना छटपटाएका किसानलाई असारे झरीले राहत महोत्तरी। पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका अजिज राइनले भने, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद...
दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ कञ्चनपुर। कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जना...
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप काठमाडौं। पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ। नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्। सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उ...
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बद...
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौं महानगरको निर्देशन काठमाडौं। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ । महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश ...
१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई  गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी स...
सरकारले छ लाख १५ हजार परिवारलाई गर्‍यो गरिब परिचयपत्र वितरण काठमाडौं। सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, श...
सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित पाल्पा। अविरल बर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ। मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन्। पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प...
निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते गोरखा। गोरखामा निर्माणाधीन धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ। भने, अन्य तीनजना घाइते भएका छन्। गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अ...
‘आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक’ काठमाडाैं। चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो। आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्था...
प्रधानमन्त्रीले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलता...
वर्षाले निथ्रुक्क रूझेकाे काठमाडाैं (फाेटाेफिचर) काठमाडाैं। मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडाैं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका के...
तिनाउ नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह बुटवल। लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ। सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो, स्टिलको जग राखियाे काठमाडौँ। संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गर्न सुरु गरिएको छ। हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ । सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै...
पहिरा खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध पर्वत। धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो। भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेर सडक पुरिएको हो। अवर...
आजको मौसमः मनसुनी वायुकाे प्रभाव रहने, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, गण्ड...
भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’ काठमाडौं। भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध...
बारले अदालती कामलाई असर नपर्ने गरी विरोध गर्ने काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ। बारको आन्दोलनका कारण आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी भएन...
वर्षायाममा खाद्यान्न अभाव नहुने काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका ...
रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत रूपन्देही । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । हरिजनले बालिकालाई शुक्रबार बिहान जबरजस...
थपिए २९५ नर्स, वीरमा २४५ र ५० जना लाई अन्य अस्पतालमा पदस्थापन काठमाडौं। लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोकसेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर ...
ठमेलको एलओडी क्लव गएकी १५ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा कोइराला पक्राउ काठमाडौं । काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । दुई साता अघि ठमेलस्थित एलओडी क्लब पुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन...
प्रिय पत्रकार! के यो कविता अखबारमा छापिन्छ? बेलहिया (रुपन्देही)। प्रिय पत्रकार ! म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमिल भाकाहरु संस्कार, सस्कृति र वेषभूषाहरु । र, कोरेको छु भूँइ मान्छेहरुको आवज, दियो कुरी बसेका आखाँहरुको आशा थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले ...
ललिता निवास प्रकरण : थप दुई पक्राउ काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्ज...
ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायी बीचको विवाद चर्कदै (भिडियोसहित) ललितपुर। ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटन...
एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक...
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ काठमाडौं। काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्‍याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन्। दुई साता अघि ठमेलस्थित एलओडी क्लबपुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। स्थायी घर पोखरा भएका तर ललित...
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र काठमाडौँ। पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ। काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गरेका थिए। पुलको शिलन्यास गरिएपनि ...
नझुक्किनुस्, यी काठमाडौं कै सडक हुन् (तस्वीरसहित) काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि बालेन शाहले काठमाडौं महानगरपालिकाको मुहार फेर्दै लगेका छन्। काठमाडौं सडकमा फुटपाथ हटाएका मेयर बालेनले यतिबेला महानगरभित्रका विभिन्न सडकमा गमलामा फूल रोपेरा सजाएका छन्। काठमाडौंका व्यस्त देखिने सडक किनारामा म...
नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन काठमाडाैं। पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्याल...
आजको मौसमः मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो द...
नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्छः श्रममन्त्री भण्डारी काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमम...
वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं। मौरिसस पठाइदिन्छु भन्‍दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका ६ स्थाई घर भई हाल काठमाडौंको वडा नं १६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् । उनले मौरिसस पठाइदि...
सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने बारको घोषणा काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही अस...
मुग्लिनको पहिरोमा अलपत्र यात्रुलाई खाजा र पानी वितरण मुग्लिन। पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स...
काठमाडौं महानगरले १६ हजार पाँच सय अनधिकृत संरचना हटायो काठमाडौं। काठमाडौं महानगरपालिकाले गत भदौ ७ गतेदेखि हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाएको छ । कामपाले अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम गत भदौ ७ गतेदेखि सुरु गरेको हो । यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफि...
विमानस्थल भन्सार कार्यालयको प्रष्ट्रिकरण- विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिइएको छ काठमाडौं। कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार ...
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु काठमाडौं। पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् । देश एवं विदेशबाट आउने भक...
चितुवा मृत फेला खलङ्गा। दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ । स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी...
नारायणगढ-मुग्लिन सडक सुचारु काठमाडौं। अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडकको पहिारो हटेपछि तीन बजेदेखि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सोही स्थ...
नौ हजार पाँच सय ९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धा...
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ काठमाडौँ। काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई  प्रहरीले पक्राउ गरेको हो। पौडेलको घरमा जुवातास खे...
मुग्लिन-नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल तनहुँ। विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले तनहुँ...
मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द गलकोट। ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि क...
मापदण्डका नाममा सरकारले घाँटी निमोठेको क्रसर व्यवसायीहरुको आरोप महोत्तरी। क्रसर व्यवसायीहरुले सरकारले हेर्ने गलत दृष्टिकोण कै समस्या वनिरहेको गुनासो गरेका छन । नेपाल क्रसर तथा खानि उधोग व्यवसायी संघ मधेश प्रदेशको प्रादेशिक कार्यालय बर्दिबासमा आयोजना भएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले सवैभन्दा बढी कर तिर्ने क्रसर व्यव...
नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने चितवन। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरामा विद्यु...
आजको मौसमः मनसुनी वायुकाे प्रभाव जारी, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको ...
नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु धनगढी ।  कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका   लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदिमा डुबेर मृत्यु भएको हो। उनलाई नदिबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ । उनलाई उपचारका ल...
लामिटारमा भेटिएको अजिङ्गर निकुञ्जमा छाडियो मनहरि । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ । अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जा...
सिरहामा लागु औषधसहित तीन जना पक्राउ सिरहा । सिरहामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सिरहा नगरपालिका– ७ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०।९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई प...
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित काठमाडौं। संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी)...
दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ तुलसीपुर। दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घ...
सर्पबाट बच्न मन्त्रालयको आग्रह, सर्पले टोकीहाले के गर्ने? काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन्। राति हिँड्नुपरे टर्च...
आरन पेसा सङ्कटमा खलङ्गा । शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् । लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा ब...
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान झापा। कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् । पालिकाले माछापालक किसानलाई एउ...
अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध रामपुर। अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्। सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहि...
पहिराले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ। जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पांगेर र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्याल...
सुनिन छाड्यो असारे भाका अन्नपूर्ण (कास्की)। ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखब...
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै वि...
आजको मौसमः देशैभरी पानी पर्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया ...
खोलामा पौडी खेल्ने क्रममा डुबेर दोलखामा युवकको मृत्यु दोलखा । दोलखाको त्रिवेणीघाट नजिकैको चर्नावती खोलामा पौडने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । भिमेश्वोर वडा नम्बर ६ का रोशन श्रेष्ठको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । अन्दाजी १९ वर्षका उनी साथीहरूसँग दिउँसो १ बजेति...
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजम...
लापसे गर्ने चार सवारी चालक पक्राउ काठमाडौं । लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् ।  भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१–००६ ख १८ ०२ नम्बरको टिपर चालक ...
जबरजस्ती करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष धामी कारागार चलान दार्चुला । करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अध्यक्ष धामीमाथि गाउँकै एक...
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ काठमाडौं। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्...
करेन्ट लागेर मजदुरको मृत्यु सुरुंगा। झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन्। आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको ...
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त ओखलढुंगा। विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको...
पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ बाँके। कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जनालाई प्रहारीले पक्राउ गरेको छ।  प्रहरीले  ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित तीन जनालाई पक्राउ गरेको ह...
शंखमुलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ काठमाडौँ। शंखमुलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई...
असार १५ को पहिचान : दही र चिउरा भक्तपुर। भक्तपुरमा दही कान्छाले परिचत जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ। आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि दही बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो। त्यसो त आज मात्...
सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने काठमाडौँ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ। विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो। अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन ल...
नयाँ राहदानी लिनेको संख्या महिनैपिच्छे बढ्दै काठमाडौँ। पछिल्लो समय नयाँ राहदानी लिनेहरूको संख्या बढ्दै गइरहेको छ। राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए। यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्। एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको ह...
निरन्तर वर्षाले मालढुंगा–बेनी सडक अवरुद्ध पर्वत। निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिबाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो। निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउ...
पहिरोले काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथ अवरुद्ध मकवानपुर। काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ। मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन...
राष्ट्रिय धान दिवस : दही च्यूरा खाएर रोपाइँ गरिँदै काठमाडौं। ‘आज धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै...
आजको मौसमः मुलुकभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो...
यौन दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मूल पुजारी निलम्वित रामपुर (पाल्पा)। यौनजन्य दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्वन गरिएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित यस मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार (अभद्र) गरेको ...
झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ झापा। झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ । नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन् । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन)जाँच सुरु...
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ धनगढी ।  कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन् । रानालाई शंका लागी चेकजाँच गर्दा उनको  साथबाट २९० मिलिग्राम लागूऔषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको ...
४२ घरधुरीलाई सोलार सहयोग सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकून भन्नका लागि सो...
रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न तीन जना पक्राउ लुम्बिनी । रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा सं...
बाजुरामा जीप दुर्घटना हुदा सात जना घाइते धनगढी ।  बाजुरामा जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका ...
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन्। जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार ...
गुणस्तरीय उपचारको पहुँच सुनिश्चित गर्न सबैको दायित्व आवश्यकः मन्त्री बस्नेत काभ्रे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वार...
यातायात व्यवसायी तथा चालकहरुको प्रदर्शन, यस्ता छन् मागहरु काठमाडौं । पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन् । ...
सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन (फोटोफिचर) काठमाडौं। विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन्। काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। रातो प्...
घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर) काठमाडौँ। इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ। आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्। ...
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै काठमाडौं। आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। वैदिक शास्त्रहरूम...
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती...
ऊन उत्पादन र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच हस्ताक्षर काठमाडौं। ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदानमा...