content
stringlengths
20
64.1k
हेटौँडामा जिपको ठक्करबाट बालकको मृत्यु मकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भ...
महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ महोत्तरी। राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा सर्लाह...
विश्व दूरसञ्चार र सूचना समाज दिवस आज काठमाडौं। विश्व दूरसञ्चार र सूचना समाज दिवस अर्थात् विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम ...
जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु काठमाडौं। जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो। जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज त...
आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै काठमाडाैं। आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। विश्वभर विभिन्न चेतनामूलक कार्य...
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएक...
मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षक अर्यालको निर्देशन काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन्। मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्वतयारी...
तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज किमाथाङ्का। सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति...
गैंडाको खागसहित तीन जना पक्राउ काठमाडौं । ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर स्टिलटावर च...
साढे तीन महिना देखि बेपत्ता महिलाको शव फेला नुवाकोट । नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ । गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका–२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका–१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव ...
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरि...
गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा ४ जना घाइते चितवन। गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्दिा चार जना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन्। उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट...
सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, विद्यार्थीको चाप बढ्यो उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँचरछ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्य...
चट्याङ लागेर एकै परिवारका चार घाइते दैलेख। दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालल...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन् बुटवल । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन,...
रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने ३४ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्। उनलाई काठमाडौं अपराध अन...
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका-५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन्। गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन्। अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिकर...
आजको मौसमः मुलुकका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ...
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणाल...
भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको काठमाडौं। पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन्। कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ। मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपमासमा ऐतिहासिक घ...
नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनक...
धनगढीबाट स्रोत नखुलेको ९ लाख भारुसहित दुई युवक पक्राउ धनगढी । धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार)सहित दुई युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो...
दशगजा खाली गराउन नेपाल-भारतका सीमावर्ती प्रशासकहरू सहमत झापा। भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दश...
रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार...
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने सिन्धुपाल्चोक। मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ। मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी ...
महिलालाई अश्लिल तस्बिर पठाएको आरोपमा एक जना पक्राउ काठमाडौं । महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्‍जा पुतलीबजार नगरपालिका–३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो...
मिडियाको सकारात्मक खबरदारी आवश्यकः सञ्चारमन्त्री शर्मा देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन्। दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अव...
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ मनहरी। काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएक...
नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई किन पक्राउ नगरेको भन्दै काठमाडौँमा प्रदर्शन काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई किन पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ। काठमाडौँमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाह...
सबैभन्दा धेरै पटक सगरमाथा चढेको कामिरिता शेर्पाको रेकर्ड पासाङ दावा शेर्पाले बराबरी गरे काठमाडौं। नेपालका पासाङ दावा शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्। आइतबार २६ औं पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै दोस्रो व्यक्ति बनेका छन्। ४६ वर्षीय पासाङ दावा शेर्पाले आइतबार स्थानीय समय अनुसार बिहा...
तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई कारबाही काठमाडौँ।  नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ। निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछ...
उदयपुर सिमेन्ट उद्योगको विजुली काटियो, ३६ करोड बुझाउन बाँकी उदयपुर। उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ। विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो। विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ। नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९...
सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ...
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु त्रिवेणी। (नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्य...
पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते चितवन। पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा  ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो। खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनील...
डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति अमेरिका। अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ। अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका ...
आजको मौसमः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका ...
हतियारसहित भारतीय युवक पक्राउ जलेश्वर। महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नाय...
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया रान...
जेठ १० गतेभित्र आगामी वर्षको कार्यक्रम पेस गर्न कामपाको निर्देशन काठमाडौैं। काठमाडौैं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आज विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने ग...
भक्तपुरस्थित चुनदेवीको फर्निचर कारखानामा भीषण आगलागी भक्तपुर। भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक ...
टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार एमाले सचिवसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका छन्। फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरे...
नक्कली मह बनाएर बेच्ने गिरोह पक्राउ लुम्बिनी। बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्प...
क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरुको भनाई काठमाडौं। नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ । आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहक...
हिरासतमा राख्न चार दिनको म्याद थप, आठ-नौ दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाइने काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ। ...
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ उदयपुर। जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका  सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरे...
चितुवाको आक्रमणबाट धनकुटामा तीन जना घाइते धरान। धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा र...
आफ्नै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन्। टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्र...
पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको ...
अंग्रेजी माध्यममा अध्यापन थालेपछि सामुदायिक विद्यालयमा निजीका विद्यार्थी आकर्षित बागलुङ। बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्य...
यार्सा संकलकमाथि चट्याङ, तीन जना घाइते दार्चुला। दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन्। यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन्। उनीहरुको अहिले उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्ष...
पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीक र पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धानको अन्तिम चरणमा सुरक्षा सल्लाहकार इन्द्रजीत राईको बयानको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरीले आ...
null
६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा हेटौडा। हेटौडाबाट ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नि...
वीरगञ्जबाट भन्सार छलीको ७४ बोरा चामल बरामद वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ। विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो। उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको ...
गर्मी बढेसँगै वन डढेलो र आगलागीका घटना बढ्दै काठमाडौँ। आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्। प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले...
आज बृहत खोप अभियान, देशैभरी खोप लगाइँदै काठमाडौं। आज बृहत खोप अभियान। खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिक...
null
भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु धनगढी । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्प...
विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ । शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्...
चक्कु प्रहार गरेर लमजुङमा एक जनाको हत्या बेंसीसहर । लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका–८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् । शुक्रबार राति करिब १०ः३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघा...
वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर ...
स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान भैरहवा ।  सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ । सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुम...
धवलागिरी हिमालमा बेपत्ता पर्यटक मजदुरको शव सात महिनापछि भेटियो म्याग्दी। धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा...
सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो लमजुङ। लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि रास्ट्रिय  ग्रिडमा ...
ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी काठमाडौं । देशकै प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन्। ‘हाम्रो ठमेल सफा ठमेल’ ...
खडेरीको असर जंगली निगुरोमा पनि बेलबारी (मोरङ)। विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्। मोरङको उत्तरी भेगको जंगलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ। यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्...
आजको मौसमः चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने काठमाडौं। हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसोː कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदू...
ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता टेलिभिजनले आज आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका ढिलास...
null
मिटरब्याज प्रकरणः बाराबाट ५३० उजुरी, पीडकले अटेर गरे सम्पत्ति जफत गर्ने आयोगको चेतावनी बारा। अनुचित लनदेन (मिटरब्याज) जाँचबुझ आयोगले शुक्रबार बारामा सुझाव संकलन गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोग सदस्यहरु उत्तमराज सुवेदी, गणेशबाबु अर्यालको उपस्थिीतिमा कलैयामा सर्वपक्ष भेलाको आयोजना गरी जिल्लामा मिटरब्या...
भरुवा बन्दुक र लागूऔषधसहित सुर्खेतबाट ६ जना पक्राउ काठमाडौं । सुर्खेतबाट प्रहरीले भरुवा बन्दुकसहित तीन जना र लागूऔषधसहित तीन जना गरी ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्टबाट सादा ...
बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहरेमा मदन राईलाई हुन सक्छ तीन वर्षसम्म कैद काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्का) संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार...
लिवियाका लागि नयाँ शान्ति सेना टोली प्रस्थान काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थाप...
लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । कञ्चनपुर, बाँके र माेरङबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपलिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९१ मिलिग्राम, नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र मोबाइल ३ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सो...
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ काठमाडौं। कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिए...
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ कैलाली। धनगढीबाट जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको अधारनमा वडा प्रहरी कार्यालय ध...
सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २० वर्षीय युवक पक्राउ काठमाडौँ। सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन्। निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लाग...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु काठमाडौँ। काठमाडौँ र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। काठमाडौँको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासांग लोप्चन तामाङको मृत्यु भएको हो। टिप्परको...
आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु बिराटनगर। घरायासी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो...
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु, सात जना घाइते रोल्पा। रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति...
प्रेस काउन्सिलमा जागिर खुल्यो काठमाडौं। नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो। आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ। जसअनुसार अधिकृत (प्रशासन) छौठौ ख...
कस्ताे छ आजको मौसम? काठमाडौं। हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भाग...
दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो जानकी । दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो । तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो १२ः३० बजे नेपाली सेनाको स्काइ ट्रकबाट ...
लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट बिहीबार ३ ग्राम खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ३२ हजार नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार सालघारी बस्ने कमलेश गिरी र प...
सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने एक जना पक्राउ काठमाडौं । सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपर...
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्दै काठमाडौं। नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । यसका लागि वैशाख २६ मा बसे...
मुकेशलाई शहीद घोषणा गर्छौंः मन्त्री मोदी काभ्रेपलाञ्चोक । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्। बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा ...
स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छः उद्योग मन्त्री रिजाल महोत्तरी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन्। आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन...
काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको नमुना संयुक्त राष्ट्र संघ वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN २०२३) संयुक्त राष्ट्र संघको एउटा नमुना महासभा हो, जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र ...
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। आगलागी हुनास...
ऋषि जल उद्योगकाे प्रशोधित पानीको बोतलमा लेउ भेटियो सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ।  गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो। तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्...
विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यतामा दुर्गमका विद्यार्थी कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन्। गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छन्। अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि म...
कालीगण्डकी करिडोरको प्रसारण लाइन असारभित्र नबने ३०० मेगावाट विद्युत खेर जाने सम्भावना काठमाडौं। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी ...
एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न काठमाडौँ। एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को सफलतापूर्वक आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो । एसियन पेन्ट्सले ...
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते बिराटनगर। छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९...
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक ...
क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी काठमाडौं। क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापको...
आगलागीका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो काठमाडौं । दैलेख जिल्लाको राकम इलाकामा भएको आगलागीको घटनामा परी घाइते भएका स्थानीयवासीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । नेपाल प्रहरी र स्थानीय व्यक्तिले उद्धार गरेपछि घाइतेलाई त्यहाँबाट उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको नेपाली सेन...
परीक्षा हलबाट निश्कासित गरेपछि चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या चितवन । चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहर...