content stringlengths 20 64.1k ⌀ |
|---|
मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।
दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानक... |
पोखराका आमा मादल बजाउन सिक्दै, ६५ जनालाई १० दिने तालिम पोखरा। ‘आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन…’
जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ अब पोखरा–९ का आमाहरुले छोराको बिहेमा रत्यौली र तिहारमा देउसी खेल्दा आफै मादल बजाउन सक्ने भएका छन् ।
वडा कार्यालयले यहाँका २५ महिला समूहका ६५ जनालाई १० दिने मादल बज... |
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला मुगु। हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलन ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।
मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परे... |
नेपालगञ्जमा गर्मीबाट बालबालिका बिरामी पर्न थाले नेपालगञ्ज । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् ।
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।
उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बाल... |
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी नवलपुर। सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् ।
बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु... |
तनहुँमा कृषकलाई मौरीसहितको घार तनहुँ। कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ। आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो।
आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदान... |
महिलाको नाममा भू–स्वामित्व बढ्दै रसुवा। मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।
महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट द... |
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश धादिङ। धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ।
विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी ... |
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।
काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।
सख्त घाइते उनको बनेपास्थित शिर म... |
तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ ढाेरपाटन। बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो। बाढीले सयौँ परिवार घरबारविहीन बनायो। बाढीमा परेका १५ जना अझै बेपत्ता छन्। तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ।
पानी पर्यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन्। उनी... |
लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो ललितपुर । गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।
पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकाल... |
कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश विराटनगर । कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८/७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो ।
यसैबीच विशेषस समयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको ना... |
कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनाका विषयमा अनुसन्धान भइरहेको र दुई... |
वैदेशिक रोजागारीबाट फर्केकाको पुनःस्थापनामा ध्यान दिन रिटर्नी फेडेरेसनको आग्रह काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको ला... |
मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठ) काठमाडौं। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभ... |
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।
सिटिइभिटी का दुई निर्देशक र अधिकृत... |
मध्यपहाडी राजमार्ग: सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै गलकोट। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर स... |
मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी सर्लाही। सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलंगवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन्।
अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात् जिल्लाभरबाट एक हजार नौ सय २० वटा उ... |
म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु खोटाङ। म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ।
३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका–बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ १९ गतेदेखि... |
टीकापुरका बासिन्दालाई बढी पीडा बाढीकै भजनी। कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए। वर्षायाम सुरु हुनै लाग्दा उनीलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए।
“बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ। यसले ... |
अत्याधिक गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द दमौली। अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो।
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहे... |
null |
प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला दमौली । तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरपालिका–६ का अछामीला... |
सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण: मुख्यमन्त्री कार्की मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रि... |
जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताएका छन् ।
ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्य... |
पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने काठमाडौं । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ । यहाँ... |
भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुश... |
‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्ड... |
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म दमौली। गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा तनहुँमा ट्रमा अस्पताल स्थापना गर... |
पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान गण्डकी। तालैतालको सहर हो पोखरा। यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन्। सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास। बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला।
पोखरामा... |
फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु खोटाङ। खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो।
ठेक्काको म्याद नाघेको वर्षदिनभन्दा बढी सम... |
बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन् म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो।
लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सु... |
जग्गा कित्ताकाट खुला जलेश्वर। जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ।
जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू-उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिए।
भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको ... |
शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु कालिकोट। कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो।
जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन्। घाइते सहकारीको प्... |
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान पाल्पा। पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतब... |
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु दमाैली। पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ। सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे ब... |
शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत लुम्बिनी। रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पु¥याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सि... |
आफ्नै घरमा आगो लगाउने पक्राउ सुदूरपश्चिम। जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ ।
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जन... |
सुदूरपश्चिम प्रदेशसभाः आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित ... |
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा कञ्चनपुर । विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगाम... |
महामारीले गोरु मर्दा किसानको रुवाबासी खोटाङ। गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए ।
तर, चलनसिंको गोरु २२ वैसाखमा छिमेकी सुवास राईको बारी जोत्नेक्रममा मरेपछि उनले बाँझो मारिसकेको बारीमा आफैँले ... |
छेडागाड नगरपालिकाको खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण जाजरकोट। १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरु सोही खर्च लुकाउन पुनः अर्काे फण्डा गरेका छन् । प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगबहादुर ... |
भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण सर्लाही। सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल)मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ। उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए।
उनका अ... |
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा, स्थानीयवासी खुसी गण्डकी। जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ।
नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपा... |
घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल चितवन। व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सकेसम्म छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ । देशमा चरम आर्थिक मन्दिका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको भन्दै संघले भाडा नबढाउन अपिल गरेको हो ।
संघले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाले... |
वन पैदावार संकलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली जानकी : बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन्। सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन्।
शम्शेरगञ्ज सव डिभिजन... |
झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना दमाैली। तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ। समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर... |
गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ : मुख्यमन्त्री पाण्डे गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उनले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा ... |
अनुदानको मल एग्रोभेटलाई बेचिएको भेटिएपछि प्रहरी नियन्त्रणमा पाल्पा । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
सहकारीले स्... |
भेरी करिडोरको १६ किलोमिटर पिच अन्तिम चरणमा हेमन्त केसी
सुर्खेत । भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको पिच अन्तिम चरणमा पुगेको छ । १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पुरा हुने यति बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए ।
भ्याटसहित १९ करोड रुपैयाँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको पासागाड –रिम्ना स... |
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ ।
उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमल... |
इच्छाकामना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै जलविरे झरना भरतपुर । चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक... |
सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान वालिङ। स्याङ्जाको पुतलीबजार-१४ सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ।
जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौं कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो। सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइ... |
आज प्रचण्डले बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने मुम्बई। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौथो दिनको बिहान पुरै ब्यस्त रहने छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने भएका हुन । सो क्रममा उनले ... |
आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०र८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताएका छन् । सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आज पोखरामा सञ्चारकर्मीसँगको छलफलमा उनले साधन स्रोत सिमित भएकाले धे... |
साढे दुई दशकसम्म सडक कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित ढोरपाटन । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोँडाबाँधे सडक अहिलेसम्म कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित भएका छन् । पटक–पटक म्याद थप गर्दासमेत लोकमार्गको २५ किलोमिटर सडक कालोपत्र नभएपछि स्थानीयवासी चरणबद्ध रूप... |
प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ न... |
बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम पारित मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । उक्त नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझ... |
कूल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्न अस्पताललाई मन्त्री बस्नेतको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शैय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कू... |
तनहुँमा ड्रागन खेती तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने ग... |
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती मनाङ। विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन्। विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन्।
यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ। मनाङको मेरुदण... |
नरैनापुरका अग्निपीडित भन्छन्- ओत लाग्ने छाना भएन नेपालगञ्ज। बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका–५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताइन्।
“खुला आकाशमुनि न... |
खडेरी र तापक्रम बढेसंगै सुक्न थाले ट्युबवेल, समस्यामा स्थानीय उदयपुर। त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ।
जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै ... |
विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता काठमाडौं। काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन्।
उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमिय... |
सुनकाेसी नदीमा सरकारी जीप खस्याे, तीन जना बेपत्ता काठमाडौं। मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन्। मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका-७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका ... |
कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिनै समस्या भोजपुर। भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् ।
षडानन्द नगरपालिकाको वड... |
अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बंगुर मरे, किसान चिन्तित गलकोट। अमेरिकन स्वाइन फिवरका कारण धमाधम बंगुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम बंगुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन्।
बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण... |
मध्यपहाडी राजमार्गको मापदण्डमा बनेन जयरामघाट-हलेसी सडक खोटाङ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत खोटाङको जयरामघाट-हलेसी (३५ किलोमिटर) सडक खण्डलाई मध्यपहाडीको मापदण्डअनुसार फराकिलो बनाइएको छैन । मध्यपहाडी राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्डअनुसार चौडा गर्न ढिलाइ गरिएको हो... |
ठेकेदार सम्पर्कविहीन हुँदा राजस्व कार्यालय दमौलीको भवन अधुरै तनहुँ। निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् ।
संघीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्यो... |
अत्याधिक गर्मी बढेपछि रौतहटका विद्यालय एक साताका लागि बन्द रौतहट। अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएकाे छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट विद्यालय बन्द गरेका हुन्।
साे समन्वय इकाइ प्रमुख रामविनय क... |
मुग्लिन-मलेखु सडकखण्ड स्तरोन्नति भरतपुर। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो।
उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको ... |
गर्मीले सिराहाकाे जनजीवन कष्टकर, लाहानमा आजबाट विद्यालय बन्द सिरहा। पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहासहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ।
करिव एकसातादेखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो।
एक सातादेखि लगातार... |
बालविवाह रोक्न विवाह अगाडि १२ पास गर्नेलाई २० हजार हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहाद... |
कोशी प्रदेश : बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो विराटनगर . कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सदनमा पेश गरेका थिए । बुधबार चार जना र आज २९ ज... |
चक्कु प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा एक जना पक्राउ कपिलवस्तु । बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको अभियोगमा रुपन्देही कंचन गाउँपालिका(२ बगही बस्ने २२ वर्षीय मोहन थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोहनले उनीहरूकै घरमा गई च... |
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चि... |
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या चन्द्रौटा। कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ। बाणगंगा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो।
बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहाद... |
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या गुल्मी। गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।
कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ ।
“तीन वर्षमा कफीले फल दिन्छ, तर ग... |
१९ वर्षदेखि चर्चामै सीमित उत्तरगंगा जलाशययुक्त आयोजना गलकोट। बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ। सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यालाई विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य तथा वायुलगायत नवीकरणीय ऊर्... |
मुगुका ज्येष्ठ नागरिकले अस्पतालमा पाएनन् छुट मुगु। ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ। २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसंख्याको १०.२१ प्रतिशत छन्। सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ। तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन्।... |
अत्यधिक गर्मीले जनजीवन प्रभावित : घर बाहिर निस्कनै मुस्किल, बिरामी बढे धनुषा। धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो ।
जनकपुरधामसहित तराई(मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सि... |
बलेवा विमानस्थल : जहाज चढ्न पाइने टुंगो छैन ढोरपाटन। बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो।
धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०... |
६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै खोटाङ। खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन निर्माणका लागि ६ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण थालेको ८ वर्ष वित्दा पनि भवन अधुरै छ।
विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणक... |
झापामा गर्मी बढेपछि विद्यालय बन्द झापा। झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन्।
कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनक... |
महोत्तरीकी एक उपप्रमुखमाथि हातपातकाे प्रयास, कार्यकक्षमा कुटिए उपमेयरका श्रीमान महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ। गाैशाला वडा न.२ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथी कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो।
धर्म... |
आज विश्व दूध दिवस मनाइँदै काठमाडाैं। आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकार... |
सुदूरपश्चिम प्रदेशः दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि सुदूरपश्चिम। पछिल्लो दश वर्षमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या एक लाख ४२ हजार दुई सय ६६ ले वृद्धि भएको छ ।
विसं २०६८ मा भएको राष्ट्रिय जनगणनामा २५ लाख ५२ हजार पाँच सय १७ जनसङ्ख्या रहेको यो प्रदेशको जनसङ्ख्या २०७८ मङ्सिरमा भएको जनगणनाको नतिजाअनुसार २६ लाख ९४ ह... |
युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको उनलाई पक्राउ गरिएको हो ।
रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले ब... |
रोजगार मेला सम्पन्न काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा मङ्गलबार र बुधबार आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागित... |
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले मन्त... |
कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मलाले दिइन् राजीनामा विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् ।
विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन... |
कर्णालीका स्थानीय तहलाई झण्डै २७ अर्ब बजेट सुर्खेत । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।
जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तह... |
गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर पोखरा । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ ।
काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर नि... |
‘राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’ जानकी। बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ। यस अवधिमा उनी दुईपटक मात्र घर आए। यही बीचमा उनका दुई छोरा जन्मिएका छन्। सुत्केरी हुँदा सुनारले श्रीमान्को माया र साथ पाइनन्। सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमान्लाई... |
आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक धनगढी। धनगढी उपमहानगरपालिकाले सार्वजनिक नालामाथि ग्राभेल सडक निर्माण गरेको छ। धनगढी–३ स्थित केदार टोलदेखि संघम टोल हुँदै जनता मावि विशालनगर जोडेने नालालाई उपमहानगरले सडकको मान्यता दिएको हो। तर, उप महानगरपालिकाका कर्मचारी र वडाका जनप्रतिनिधिले भने नालाको दायाँ बाय... |
वर्षौंपछि हात लाग्यो पुर्जा रामपुर। रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो। हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैंकबाट ऋण झिक्न नपाउँदा उनका धेरै योजना र इच्छा विलीन हुन पुगे।
घरघडेरी किनेको करिब ३८ वर्षपछि हातमा पुर्जा पाउँदा उनी ढंग छन्। पाल्पा रामपुर नगरप... |
मेलम्चीको पानी काठमाडौँ पठाइयो सिन्धुपाल्चोक। मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार... |
स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला काठमाडौं। काठमाडौंको नयाँबजारस्थित एक स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला परेपछि त्यसक्षेत्र तनावग्रस्त भएको छ।
इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेपछि अभिभावकहरुले स्कूलका विरुद्ध नारावाजी गर्दै प्रर्दशनमा उत्रिएका छन्।
धादि... |
गौधाम टिकाउनै समस्या, चरन क्षेत्रको अभाव स्याङ्जा । गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवम् आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् ।
गोठाला खर्च, गाईका लागि घाँस, पराल,... |
पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण काभ्रे। काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ। सोमबार संसद्मा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.