content
stringlengths
20
64.1k
काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको संकट सुर्खेत। “इनार खन्यो पानी आउँदैन। बोरिङ खन्ने पैसा छैन। दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ। अरू स्रोत छैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो ...
कञ्चनपुर लागूऔषधको अखडा : ११ महिनामा २५५ जना पक्राउ महेन्द्रनगर। कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्। पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन्...
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध किमाथांका। सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथा...
सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा धनगढी। सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ। सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो। हिजो मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकार...
पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय बिमान अवतरण हुँदै पोखरा। व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ। चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो। विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको ...
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो । सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्रा...
बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव ताप्लेजुङ । बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ । नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश ...
बझाङ दुर्घटना : सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको...
पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकल...
अस्पतालको गेट नजिकै बेवारिसे फेला परेको शिशु आफन्तलाई जिम्मा लगाइयो सिरहा। सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फाले...
कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ वेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन्। वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउँछन्। “गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै न...
आँरुखर्कवासीको बिलौना : सरकार फेरियो, समस्या फेरिएन सुर्खेत।  सुर्खेतको चिंगाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क। हरियाली डाँडापाँखाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ। उनीहरू एकाबिहानै हातमुख नधोएरै लस्करै लागेर बृद्धबृद्धादेखि युवा र बालबालिका करिब दुई...
थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’ नौबिसे। काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसक...
बागमतीका मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन सिन्धुली। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन । जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेको बाग्मती प्रदेशका मन्त्री...
गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जना...
मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन् फुङ्लिङ। गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्। सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो। चार जनाम...
लुम्बिनीमा विश्व याेग दिवस (फाेटाेफिचर) भैरहवा। विश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम  भएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी, पतंजली नेपालका प्रमुख लगायतकाे उपस्थितिमा साे य...
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता जानकी। बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो। उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदाय...
धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद गाेरखा। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ। मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन्। धर्मशालामा व्यव...
दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुर...
कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति दमाैली। तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन्। कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन्। कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण...
ध्वजे डाँडामा २२ देशको झन्डा धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले प...
कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु भएका परिवारलाई एक लाख राहत विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्याल...
तनहुँमा पहिरोले पुरिएर एकको मृत्यु, दुई जना घाइते तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ ब...
रोपाइँ गर्ने बेला खडेरी : सुक्न थाल्यो धानको ब्याड लुम्बिनी । एक महिनादेखि परेको खडेरीले किसानले रोपाइँ गर्न पाएका छैनन् । खडेरीका कारण चर्को गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् । मल, बीउ अभाव झेल्दै आएक...
बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइ...
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ। प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए। घर रहेको स्था...
बाढी पहिरोको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितकाे टाेली निरीक्षणमा (तस्वीरहरू) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ठूलाे जनधनकाे क्षति पुर्‍याउँदै आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी...
ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी काठमाडौँ। जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ। ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन्। लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी...
पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना महोत्तरी। पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। एक्कासी ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्। `सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भ...
पहिरोबाट बच्न अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन्। सधै बस्दै आएको याक्सा (गोठ) नजिकै अविरल वर्षासँगै पहिरो गएपछि...
जीवन निर्वाहको मुख्य आधार हाटबजार बुटवल। बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ। बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन्। सोह्र वर्षको कलिलो उमेरमा उनको ...
अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ। स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ...
पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता फुङ्लिङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय त...
पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता फुङ्लिङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय त...
कर्णाली नदीमा जीप खस्यो सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ। हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए। जीपमा चालक...
बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय रत्ननगर। उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन्। जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्त...
मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण दमौली। तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ। यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो। यसअगाडी वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो। राष्ट्रिय मिर्गौला उपचार क...
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन्। पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए। उनका अनुसार सुरेशका बाबु ...
सङ्खुवासभाको हेवा खोला बाढीपहिरो बेपत्ताको पहिचान खुल्यो सङ्खुवासभा। सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदु...
पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक पोखरा। पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन्। बलिउड चलचित्र ‘आदिपुरुष’ को संबादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो। पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारवाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। ‘दक्षिण भारतीय चल...
लमजुङको पहिरोले मनाङ यात्रा सकस मनाङ। शनिबार यहाँ वर्षा हुँदा डुम्रे-बेँसीशहर-चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ। बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेँसीशहर–चामे सडक...
अब निसेलढोरमै स्वास्थ्य सेवा, स्थानीय हर्षित ढोरपाटन। “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भनिन्। विकका चार छोराछोरी छन्। उनीहरु विर...
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी फुङ्लिङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको...
‘स्मार्ट’ बत्तीले झलमल पोखरा पाेखरा। पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमार्स्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ। ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमार्स्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको का...
गौसंरक्षण केन्द्रको घाँसे मैदान उजाडिँदै, हरियाली बनाउन श्रमदान तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार बिहानैदेखि सर्वसाधारणको भीड थियो। कसैले हातमा कुटो, कोदाली त कसैले खन्ती, गैँची बोकेका थिए। किशोर-किशोरी, युवा-युवतीदेखि वृद्ध-वृद्धासम्मको भीड बिहानैदेखि बाक्लिएको थियो। उनीहरु ग...
अपडेट : पाँचथरको हेवाखोला बाढीमा बेपत्ता सबैको पहिचान पाँचथर। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्ष...
मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर-परिवारलाई निःशुल्क विद्युत मिटर वितरण सिरहा। नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिरहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवार...
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा झापा। हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिन...
बीस महिनाको काम चार महिनामै ! म्याग्दी। ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्...
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो : १७ जना सम्पर्कविहीन किमाथांका। सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको ज...
पाँचथरको बाढीमा ५ जना बेपत्ता, ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पाँचथर। अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्। एक जनाको भने उद्धार गरिएको छ। हेवा खोलामा आएको बाढीमा परी उनीहरु बेपत्ता भएका हुन्। बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ-७ का दि...
ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा ताप्लेजुङ। अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए। उनका अनुसार सोही क्षेत्रका डिल्ली से...
आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालीन बन्द हुने! काठमाडौं। आजदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो। बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जि...
सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकी छन् । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आ...
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब  ६० करोडको बजेट मनहरी। हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड  ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज  आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे...
हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्ने हेटौँडा । हेटौँडाका जनप्रतिनिधिहरुले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन्  । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घोषणा गरेका...
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित बाँके। दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आकलन गरेका छन् । बाँके...
अझै बनेन दोदा नदीमा पक्की पुल कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ। निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले स...
सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन वालिङ। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ। बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। चापाकोट-४ ...
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगाम...
पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा तानसेन । पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् । विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाक...
लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोडको बजेट ल्यायो (पूर्णपाठ) लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन्। कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८...
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड (पूर्णपाठ) सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन्। उनल...
बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ। शुक्रबार बागमति प्रदेश सभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले ६२ अर्व बढिको बजेट प्रस्तुत गरेका हुन्। कुल विन...
गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट (पूर्णपाठ) गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ। शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन्। जस अन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख...
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठ) सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका छन्। उनले चालुतर्फ ९ अर्ब २० लाख २४ ह...
कर्णालीको बजेटमा यस्ता छन् शहरी विकासका योजना सुर्खेत ।  कर्णाली प्रदेशका सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा शहरी विकास योजनालाई समेटिएको हो । बजेटमा विपन्नको ...
विद्यालय पुग्न साढे दुई घण्टा पैदल ! बलेवा । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् । कक्षा ६ मा पढ्ने दाजु रोशन पुनसँगै उनी विद्यालय पुग्छन् ...
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण तुलसीपुर। लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। लुम्बिनीम...
वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले एम्बुलेन्स फुटाए, नगरपालिकाले गुपचुपमै मिलायो सुर्खेत। १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा स‌ंगठन वाईसीएल  जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बु...
ताप्लेजुङमा बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित ताप्लेजुङ। अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्।...
डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा सुरु भक्तपुर। भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ। केदारनाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेवा सुरु...
पानी नपरेपछि ब्याडमै सुक्न थाल्यो धानको बीउ पाल्पा। खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन्। असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिए...
मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै सिन्धुपाल्चोक। विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए। बाढीले क...
आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधान छुट्ने, नियम नमाने कारबाही काठमाडौं। काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुट्ने भएका छन्। काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ...
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ । बुधबारमात्रै पाँच जना एजेन्ट पक्राउ गरेको प...
भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कु...
विद्युत् व्यापारका लागि तयार हुनुस् : ऊर्जामन्त्री बस्नेत काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् । उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २१औँ वार्षि...
मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ । आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र प...
उच्च तापक्रमका कारण करोडौँको ड्रायगन कुहियो पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । तीन पटक (लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट ज...
चर्को खडेरीले सुके पानीका मुहान गलेश्वर। चर्को खरेडीले म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन्। यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन्। पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोल...
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन गण्डकी। शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ। गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ। उत्तरप...
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन गण्डकी। शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ। गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ। उत्तरप...
ड्रागन खेती : बजार खोज्दै कृषक पथरी। पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ। विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन्। ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदे...
मुगुको सोरुमा खाद्यान्न संकट मुगु। मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आइन्। बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन्। “घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन्, “गाउँमा भोकमरी ...
गर्मीले दैनिक जनजीवन कष्टकर टिकापुर। कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ। कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ। रिक्सा चालक माया ...
मौलिकता गुमाउँदै घान्द्रुक गण्डकी। विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शंकरमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे। गाउँको तल विद्यालय थियो। उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरु को हुन्, किन आएका हुन्? कसैलाई पत्तो थिएन। पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए। उतिबेला...
औषधि पसल सञ्चालक नौ भारतीय पक्राउ दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो। दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्र...
झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन बनियानी । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय...
पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ– मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताएका छन् । पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उ...
बागमती प्रदेश युवा सम्मेलन हेटौँडामा हुँदै हेटौँडा। बागमती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौँडामा प्रदेश युवा सम्मेलन हुने भएको छ। सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रदेश युवा परिषद्ले सम्मेलनबारे जानकारी गराएको हो। बागमती प्रदेश युवा परिषद्का ...
सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्याल...
प्रधानमन्त्रीद्वारा दैलेखको ग्यास उत्खनन क्षेत्रको निरीक्षण काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका थिए । निरीक्षणअघि...
अर्थतन्त्रलाई गति दिन लागिपरेको छु : प्रधानमन्त्री दाहाल दैलख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टा...
किर्ते कागजातका आधारमा नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ पाँचथर । किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् । गंगाप्र...
धमाधम हटाइदै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री लम्की। कैलालीको विभिन्न ठाउँमा राखिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री धमाधम हटाउन थालिएका छन्। सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र, कञ्चनपुरले जिल्लाको लम्की, चिसापानी, टीकापुर, बौनिया, सुखड्, साढेपानी, धनगढी, ...
हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुंगा र खर ढोरपाटन। रातोमाटो र सेतो कमिरोले पोतिएका घर। कतै ढुंगाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर। ढुंगाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो। अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन्। अझ घरका झ्य...
कैलाली जिल्ला कारागार भित्रै लागुऔषधको कारोबार (भिडियाे) काठमाडौं। कैलालीस्थित जिल्ला कारागारमा लागुऔषधको सेवन, कारोवार, कुटाकुट भएको भिडियो बाहिरिएको छ। जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको, लागुऔषध सेवन गरिएको र मदिरा बिक्री वितरण गरिएको तास खेलिएको जस्ता अनैतिक गतिविधि भएको भिडियो सा...
मादी गाउँपालिकाले घोडा किन्नका लागि अनुदान दिने कास्की। कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ । हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले जानकारी दिए। “अहिले दररेट माग गर्ने काम ...