content
stringlengths
20
64.1k
बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी बेदकोट। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छन्। प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छन्, उनी। विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताए। “परिवारको आर...
धमाधम हटाइँदै अव्यवस्थित तार काठमाडाैं। काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो। तार व्यवस्थापनका...
ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिका-७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्ष...
आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन माग गण्डकी। आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो। समितिद्वारा मंगलबार आयोजित पत...
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न वाग्मती सभ्यता समिति ललितपुर। धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन्। उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्...
बेनी-जोमसोम सडक अवरुद्ध म्याग्दी। बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवा...
इस्कोनको ४३औं जगन्नाथ रथयात्रा काठमाडाैंमा काठमाडाैं। पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, इस्कोन संस्थापक, आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपदले विश्वव्यापी रूपमा अमेरिकाको सन् फ्रान्सि्को बाट सुरुवात भएको उक्त जगन्नाथ रथयात्रा नेपालमा...
कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा महेन्द्रनगर धनुषा। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट वि...
मधेसको जनसङ्ख्या सात लाख बढ्यो महोत्तरी । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो । य...
null
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन्। यही जेठको १ गते समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि आज मंगलबार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका ह...
सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यसअघि मुख...
४५ वर्षभन्दा अगाडि लेखिएको पुस्तक विमोचन भक्तपुर । ४५ वर्ष भन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिह...
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार ...
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्। माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केही दिनयता भइरहेको नागरिकताविहीन स...
सरकारले नागरिकता नदिएको भन्दै मोरङका निरजकुमारद्वारा माइतीघरमा आत्मदाहको प्रयास काठमाडौं । एक युवकले आत्मदाहको प्रयास गरेका छन् । माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केही दिनयता भइरहेको नागरिकताविह...
नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्य...
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’ लुम्बिनी। “पसलमा राखिएका हस्तकलाका सामग्रीहरु बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्छन्, “वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।” व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसक...
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ...
भरतपुर महानगर प्रमुख दाहालद्वारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन चितवन । भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको छ । जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख...
धवलागिरि गाउँपालिकाले सुरु गर्‍यो ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्...
गण्डकी सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने पोखरा। गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने...
पर्यटन प्रवर्द्धन गर्न राइनासमा साइकल ट्रेल निर्माण लमजुङ। लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो। वडा नं. ९ र १० लाई जोड्ने गरी निमार्ण गरि...
चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य! चितवन। तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ। तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपाल...
झोलुंगे पुलले फेरियो दैनिकी ढोरपाटन। पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुंगे पुल बनेको छ। त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ। तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको ...
धनकुटामा रोजगार मेला हुँदै धनकुटा। धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ। नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो। नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएक...
हात्तीवांग र हपनीमा अझै पुगेन विद्युत मुग्लिन। तपाईलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन्। किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ। तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन्। इच्छाकामना गाउँपालिकाको वडा नं १ र २...
म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ। मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो। तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मंगलाका प्राविधिक...
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो पाल्पा। नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो। सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रह...
रुकुम (पूर्व) मा भूमे पर्वको रौनक रुकुम (पूर्व)। रुकुम(पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो। भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भूमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरि सार्वजनिक बिदा दिएको छ। यो बिदा स्थानीय तह स्थ...
प्यूठानमा दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत ...
सहकारीका बचतकर्ताको बीस करोड बढी रकम ठगी दोधारा चाँदनी । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्...
पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’ अन्नपूर्ण (कास्की)। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ । माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्द...
null
जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा धुवाँ देखिएपछि जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७...
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ । आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना ग...
यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ । जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै ग...
यसरी भइरहेको छ तिनाउ नदीको दोहन रुपन्देही। तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि...
असार २ देखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी काठमाडौं । सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले आफ्ना माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन...
सामुन्द्रिक तट सम्झाउने नारायणी किनार चितवन। आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो। एक जना भन्दै थिए, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ।” सँगै रहेका अर्का व्यक्तिले थपे, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो।” उनीहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिक...
हाइमास्ट तथा सडक बत्तिबाट बेथान र मन्थली झिलिमिली काठमाडौँ। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा हाइमास्ट र सडकम...
स्टील उद्योगमा सरकारी नीतिको असर : राजश्व घट्दो, जोखिममा श्रमिक भैरहवा। स्टील उद्योगमा सरकारले गरेकाे व्यवस्थाले उपभोक्ता मारमा परेका छन्। सीमित उद्योगीलाई फाइदा पुग्ने गरी स्पञ्ज आइरन तथा विलेट्स आयात गर्दा लाग्ने भन्सार महसुल एवं अन्तशुल्क दरले स्टील रोलिङ उद्योगमा असर पुगेको हो। नेपाल सरकारको आर्थिक विधेयक २०८० मार्...
धारा र चापाकलबाट पनि आउन छोडेपछि ट्यांकरबाट पानी वितरण जलेश्वर। जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्यांकरबाट पानी वित...
साना व्यापारमा रमाउँदै हरवाचरवा महिला सप्तरी। कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ। केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उनको अब भन्ने त्यो दुःखको दिन गएको छ। पुँजीका आभावमा आर्थिक उन्नति ग...
सूर्यविनायक-धुलिखेल सडकः पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र काभ्रे। पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लग...
बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए रत्ननगर।  जिल्लामा लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्। चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्। चितवन जिल्ला दुग्ध उ...
सूर्यविनायक–धुलिखेल सडक : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र काभ्रे। पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर ल...
यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने प्रक्षेपण काठमाडाैं। यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मान...
वीरगञ्जमा नाला सफा गर्दा ठूलो मात्रा बन्दुकका गोली फेला परे वीरगञ्ज। वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन्। वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन्। आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक को...
दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’ नवलपुर। लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ। देवचुली नगरपालिका-१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन्। जेठको अन्तिम हुँदा पनि पा...
गर्मी बढेपछि रामपुरका विद्यालय बन्द पाल्पा। अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ। रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो। रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असा...
उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण उदयपुर। यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ । ...
नारामै सीमित ‘एक घर एक धारा’ देउखुरी। घोराही–१ की शर्मिला बुढाले पानीको जोहो गर्दागर्दै बिहान बित्ने गर्छ । घर नजिकै पानीको सुविधा नभएका कारण पानीका लागि दिनमा एक घण्टाको समय लाग्ने गरेको उनले बताए । गाउँले सबैको पानी खाने एउटा मात्र जरुवा छ । चैत, वैशाख र जेठ महिनामा पानीको समस्या धेरै हुने गरेको उनले बताइन् । सुक्खा ...
सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार जुम्ला। सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ। सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् स...
बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्वत। जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्। संघ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन्। खानेपानीको...
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु दोधारा चाँदनी। भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमब...
विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्य...
नर्सरी सञ्चालन गरेका माओवादी नेता कार्कीलाई बिरुवा बिक्री नभएपछि पिरलो गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्। उनले भने , “बाहिरी जिल्लाब...
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली मुग्लिन। चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान्छन्। यो अवस्था सिर्जना गर...
कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति काठमाडौँ। कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ। पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ। ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ...
खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ गलेश्वर। खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानल...
सुदूरपश्चिममा आज आम हड्ताल सुदूरपश्चिम। सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ। गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो। विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनि...
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु मान्म। कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीक...
यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार दमाैली। तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ। व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो। जथाभ...
बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ काठमाडौं । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्र...
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद तानसेन । पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा ...
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् । मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सह...
पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’ कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए ...
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने ! काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दु...
चालक नै लागुऔषध सेवन गर्न थालेपछि रुपन्देही ट्राफिकको लापसे चेकजाँच भैरहवा। चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ । सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको...
१२ बर्ष पछि नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान सोलुखम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो। य...
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै नेपालगञ्ज। अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् । दैलेखका माधव आचार्यलाई क...
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी, विकास निर्माणको काम प्रभावित सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो। नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ। नगरपालिकमा राज...
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’ ढोरपाटन। काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँ...
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको हो । यस्तै, उपकुलपति सिफारिसका लागि सर्च कम...
विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली गल्याङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको ...
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं...
गर्मी बढेपछि वीरेन्द्रनगरका सामुदायिक विद्यालय बन्द हुने सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालय एक साताका लागि बन्द भएकोमा  शुक्रबारदेखि सामुदायिक विद्यालय पनि असार १ गतेसम्म बन्द हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शुक...
कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला ...
गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्...
भारतले दिने मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने ललितपुर। भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ। नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भार...
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी गलकोट। जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्। कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला ...
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभि...
गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल सुदूरपश्चिम । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा आज ...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश प्रम...
केयुका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो । काभ्रेपलाञ्चोक...
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो । आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्...
नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस काठमाडौँ । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र ...
गर्मीले सुर्खेतका नीजि विद्यालय जेठ ३० सम्म बन्द सुर्खेत । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन्  । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका...
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु ...
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, शेरा खेतमा रोपाइँ सम्पन्न जुम्ला। यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जा...
दिक्तेल रुपाकोट मझुवागढी नगरले गर्‍यो नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ ...
पाँच दिन तातो हावा यथावत् काठमाडाैं। देशका तराईका भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यू...
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। पैसठ्ठी शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो। वीरेन्द्रनगर र चिंगान दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अ...
मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ काठमाडौँ। मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ। बुधबारबाट राजधानीमा सुरु कार्यशालाले पुरुषप्रधान फिल्म क्षेत्रमा मधेशका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको स...
जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, अन्य तीनजना घाइते स्याङ्जा। जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्य...
उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने वीरगन्ज महानगरको तयारी वीरगन्ज। वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ। महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी ...
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ काठमाडौं । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी ग...
बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छ : सांसद काठमाडौं । विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शङ्का रहेको धारणा सांसदहरुले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग लिनुहुने सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिँदै प...