content
stringlengths
20
64.1k
अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्...
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून बैतडी। सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ। प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मा...
पूर्ण खोप सुनिश्चित घोषणा गर्ने विराटनगर महानगरको तयारी विराटनगर। विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ। पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित आज छलफल गरेको छ। विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्...
कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण दोधारा चाँदनी । पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ । रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण...
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ– मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् । नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथ...
अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो चितवन। पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो। सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्ती...
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव दोधारा चाँदनी। कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ। लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ। एशियाली विकास बैंक (एडिबी)को ऋण सह...
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भादगाउँ। मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लाग्नुभएको हो। जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने पर...
चैते धानखेती घट्दै गण्डकी। गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए। चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिर...
सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने गोलबजार। सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ। किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि म...
गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त खोटाङ। चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो। ‘राई इज कि...
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा बेनी। म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगंगा गाउँपालिकाको वडा नं १ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मंगलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मंषलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको...
पञ्चपुरीका तत्कालीन प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा सुर्खेत ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चाल...
जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन, दुईवटा टिप्पर र एक जेसीभी प्रहरी नियन्त्रणमा सिरहा। अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्वर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेक...
मधेश सरकारबाट एमाले बाहिरियो जनकपुरधाम। मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्...
सेती प्रादेशिक अस्पतालमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण धनगढी । सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ। प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि ...
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन तनहुँ।  जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ। अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन। तीन/चार वर्षदेख...
बन्दीपुर अस्पतालमा जनशक्ति अभावले भिडियो एक्स-रे मेसिन प्रयोगविहीन तनहुँ । जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स(रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको ...
पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही वीरगञ्ज। बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ। अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता...
उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा रामपुर। उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन्। यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्। रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु ...
दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण खाेताङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ। बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ द...
डाइभर्सनकाे कामले सिद्धबाबा सडक क्षेत्र मंगलबारदेखि अवरुद्ध हुने भैैरहवा। बुटवल पाल्पा सिद्धवावा सडक मंगलवारदेखि अबरुद्ध हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुइ पटक दिउसो र राति सड...
नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने तयारीमा कामपा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ । यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको छ । अहिले कामपाको १४ विभागीय र ...
दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रा...
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ सप्तरी। मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन्। सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो। मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन्। ...
शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ। जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ता...
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून दोधारा चाँदनी। कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी...
कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला ताप्लेजुङ। चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन्। कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ। ...
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै दोधारा चाँदनी। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ। सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। जिल्लामा मलेरीयाको उच्च ...
काेशी नामाकरण विरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन काठमाडौँ। पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ। अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै ...
रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने रसुवा। रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ। यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ। यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। रसुवा जिल्ला अस्पतालका मेडि...
सुन्दरबजार नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । आयआर्जनका स्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नगरक्षेत्रका विपन्न ...
लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै लुम्बिनी। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु...
वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर कावासोती। चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ। यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौर...
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ सुर्खेत। उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन्। बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भ...
हेटौँडाबाट-कुलेखानी-काठमाडौँ सडक मर्मतका लागि बन्द बागमती। हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन्। चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन्। थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरो...
कोशी प्रदेशका पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन बनियानी । कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक स...
लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए । विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति प...
काभ्रेमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ। तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। परीक्षणपछि हाल उनी घर...
हुम्ला अस्पतालमा बिरामी बढ्दै, औषधि अभाव हुम्ला। सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए। “जिल्ला अस्पता...
अधिकांश अभिभावकको रोजाइमा ‘रामतुलसी’, सामुदायिक विद्यालयमा अब्बल बन्दै पाल्पा । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ । रामतुलसी नमुना माध्यमिक विद्यालय भने अहिले...
भरत तालमा पर्यटकको घुँइचो सर्लाही। सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ। संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक ...
फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते पाँचथर। पाँचथरको फिदिम नगरपालिकास्थित कान्छी दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो । द...
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन ढाेरपाटन। ताराखोला गाउँपालिका-५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्। म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गा...
सप्तरीमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते सप्तरी। सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन्। शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो। दुर्घटनामा सुनसरी इनरुवा नगरपा...
एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द बारा । आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका ...
पाँच दिनकी सुत्केरीले दिइन् एसईई परीक्षा मुगु । हिमाली जिल्ला मुगुमा एक साुमदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसईई परीक्षा दिएकी छन् ।  उनले आजबाट सुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । त्यसरी परीक्षा दिनेमा छाँयानाथ रारा नगरपालिका–१३ मा रहेको प्रकाश मावि लु...
पहिलो दिनको एसइई शान्तिपूर्ण भक्तपुर । आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । बाराको एक परीक्षा ...
न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली सिरहा। प्रेमको मायाजालमा फसेकी एक प्रसूति  महिला  अहिले न्यायको खोजीमा भाैँतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई  प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि  दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरह...
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट बनियानी। घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ। कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम...
इलाम कारागारबाट थुनुवा फरार मङ्गलबारे। इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्। झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन्। इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ। बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थ...
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ धनुषा। स्रोत नखुलेको नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह ...
चर्चामा ऐतिहासिक ओदानडाँडा, ओदान हेर्न आउनेको संख्या बढ्यो बागलुङ । ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ । आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर...
दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन (तस्बिरहरु) सिरहा। मधेस प्रदेशमा दाइजाे प्रथासँगै महिला हिंसाको घटनामा कमि आएकाे छैन । बढ्दो दाइजाे प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजाे नदिएकै निहुँमा मधेशमा महिलाकाे हत्यासम्म हुने गरेको छ। बढ्दो दाइजाे र महिला हि...
इलाम साहित्य महोत्सव हुने मङ्गलबारे। इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ। ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ। इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन ह...
तीन जिल्लाको संगमस्थल पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल बागलुङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको संगमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चिसो ह...
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै गण्डकी। माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन्। आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्...
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते दमौली। तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको विवरण खुल्न बाँकी रहेको ...
मेची नदीको वर्षेनी हुने बाढी र कटानको क्षति रोक्न बजेट अभाव झापा । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर...
भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो खोटाङ। क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि विगत सात महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गर...
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी लुम्बिनी। आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्। नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन्। लुम्बिनी प्...
२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान भक्तपुर। नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ। पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जना...
६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै चितवन। ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा ना...
खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी खोटाङ। खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन्। कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीबार र...
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ बैतडी। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले ...
मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या पाँचथर। जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ। दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ। इलामको माई खोला क्षेत्र तथा ...
यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला जनकपुरधाम। जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो। यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले। त्यही फोरममा संगठित थिए मिथिलाबिहा...
‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने कार्की तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै...
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ। निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभ...
तुलसीपुर उपमहानगरबाट बजेट माग्ने तर काम गर्न नदिने प्रवृत्ति बढ्दै दाङ । तुलसीपुर उपमहानगरपालिका बाट बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ ।  पहिले विकासका लागि बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्। “पहिले बजेट चाहियो...
बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे। हाल उनको दिनचर्या फेरिएको छ। पहिला जस्तो उनले नाचगान गर्नुहुन्न। परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन्। “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका न...
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम पर्वत। पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ। पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन्। पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँम...
जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता जनकपुरधाम। क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ती कैदीबन्दी उभिएर खाना खान बाध्य भएका छन्। २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन्। कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु...
गहुँ खेतीमा रगिन गरिँदै टीकापुर। कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन्।बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो। बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर ...
पर्यटकको रोजाइ बन्दै पटिहानी भरतपुर। वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो। चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिंगे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन्। निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो। सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्...
बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा थापा बागमती । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन् । आज बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरी बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रे...
भ्रष्टाचार न्युनिकरण गर्न कुच्चो उपहार मुगु । मुगुमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएको भन्दै त्यसको न्युनिकरणका लागि ११ बुँदे मागसहित ज्ञापन पत्र र कुच्चो उपहार दिइएको छ । वास नेपालका लागि  मुगु जिल्ला स्तरमा आवद्ध युवा युवतीहरूको आयोजनामा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायालाई  ज्ञापन पत...
बागमती प्रदेश सरकारको प्रवक्तामा गंगानारायण श्रेष्ठ हेटौंडा। बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पाएका छन्। प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्...
गोलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाई कारबाही गर्न माग सिरहा । गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ। गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोबिल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रक...
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ। कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त न...
चैतेदशैँमा दर्शनार्थीको घुइँचो बैतडी। चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भग...
भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी(राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९...
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै खलङ्गा। दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ। केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ। जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो। ...
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित ...
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित गलकोट। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै ...
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो भरतपुर। चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो। चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भार...
बसाइँसराइले रितिदै जैमिनीका गाउँ बलेवा। दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ। सोही वर्ष जैमिनी-९ पैञ्युथन्थापको पिप्ले...
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का पूर्...
‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न काठमाडौं । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा आज आयोजित विशेष समारो...
भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु दार्चुला । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ । सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी ...
ओलीले गरे गुल्मीमा सडक उद्घाटन गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नारासँगै विकासको अभियान सुरु भएको बताएका छन्। उनले यो अभियानसँगै ग्रामीण क्षेत्रमा विकासका कामले गति लिएको धारणा व्यक्त गरे। गुल्मीको छत्रकोट गाउँपालिका–४ अन्तर्गत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँच...
बालकको शव पोखरीमा भेटिएपछि पोखरी व्यवस्थापनमा चासो पोखरा। गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए। उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो। उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्...
नगरप्रमुख श्रेष्ठमाथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार सिरहा। सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र...
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे वालिङ। वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो। गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो। बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थ...
आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह दाङ। घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ। कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन्। यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको...
बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी काठमाडौँ। निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ। सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइ भएको कारण द...
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै कञ्चनपुर। सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ। नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो। अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर...
तनहुँका सरकारी विद्यालयमा पढाउने परिवारलाई निः शुल्क स्वास्थ्य बीमा तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिव...
च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ।  हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे ...
पहिलेको गाउँ, अहिलेको बजार अक्षते बागलुङ । अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खास...