content
stringlengths
20
64.1k
नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ । “प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेष...
सिराहा छुवाछुत प्रकरण : जाहेरी दर्तागरी अनुसन्धान अगाडी बढाउन दलित आयोगको निर्देशन सिराहा । सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा दलित समुदायमाथि भएको छुवाछुत घटनाको जाहेरी दर्तागरी अनुसन्धान अगाडी बढाउनको लागि राष्ट्रिय दलित आयोगले निर्देशन गरेको छ। घटनाको सत्य तथ्य छानविनका लागी...
कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको भन्दै निषेधित क्षेत्र घोषणा विराटनगर । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुनथालेपछि सुरक्षामा ...
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल...
चुरेबस्तीमा खानेपानी अभाव, स्थानीय समस्यामा दोधारा चाँदनी। कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन्। यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए। “यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार/पाँच वर्ष भयो अहिलेसम्म बन्न सके...
सटर भाडा महंगो र कर बढेपछि धमाधम व्यवसाय बन्द हुँदै भैरहवा । एक वर्षदेखि सिद्धार्थनगर गल्लामण्डी क्षेत्रमा चियानास्तको पसल गर्दै आएका मोहम्मद समिम अहिले पसल सार्दैमा व्यस्त छन् । ५० हजार अग्रिम बुझाएर एक वर्षअघि पसल सुचारु गरेका उनले १५ हजारका दरले भाडा दिने सहमतिअनुसार व्यवसाय गर्दै आएका थिए । पसलको आम्दानीबाट जसो तसो...
ढोरपाटनमा बस पुग्यो, पर्यटकलाई सहज बागलुङ । यसैसाता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन ...
पूर्वाधार निर्माणमा लापरबाही : दश महिनामा १० प्रतिशत काम गलकोट। बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ। नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ। गलकोट नगरपालिका–६ मजुवाफाँटमा नगरपालिकाले व्य...
बैतडीमा दुई मिनेटमा दुई भूकम्प बैतडी। बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन्। बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो। दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी द...
कृष्णपुर नगरपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि पाँच स्थान तोकियो कञ्चनपुर । कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्क...
दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् । उनका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूम...
बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ धनकुटा। जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन्। डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन्। अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात...
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण सुर्खेत। सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाए...
इलाममा कोरोनाविरुद्धको बुस्टर खोप मङ्गलबारे। सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो। चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने ...
खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने गण्डकी। पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ। पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो। लामो स...
बेनी नगरको उत्कृष्ट लोगो बनाउनेलाई रु २५ हजार पुरस्कार गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५ हजार दिने भएको छ । नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो । लोगो निर्माण ग...
बेनी-जोमसोम-कोरोला सडक खण्डः कालोपत्र जारी मुस्ताङ। बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ। गौरी– पार्वती\कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो। मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझ...
बालिका बलात्कार प्रयास गरेको अभियोगमा अछामबाट दुई जना पक्राउ धनगढी । अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ । जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ...
पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’ ढोरपाटन। तल गलकोटमाथि घुम्टे लेक। बीचमा छ टेउवा। तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ। विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ। एक हजार नौँ सय ८०...
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा आमरण अनसन पोखरा। स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरमा आमरण अनसन सुरु गरेका छन्। निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आमरण अनसन बसेका हुन्। निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्...
एपीएफ अस्पतालमा ९२ शैयाको श्वासप्रश्वास ‘ट्रिटमेन्ट फ्यासिलिटी’ काठमाडौं। विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण भएको ‘सेभर एक्यूट रेस्पेरेटरी इन्फेक्सन ट्रिटमेन्ट फ्यासिलिटी’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ। बलम्बूस्थित एपीएफ अस्पताल परिसरभित्र संगठनले ९२ शैयाको ‘ट्रिटमेन्ट फ्यासिलिटि’ निर्माण गरेको थियो। ‘ट...
कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै सुर्खेत। कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ। पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पू¥याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ। कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा ब...
मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’को काम सुरु तनहुँ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ। अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध निर्माण थालिएको हो। नदी...
विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण ढल्केबर। केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन्। गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भ...
सिरहा छुवाछुत घटना : मानव अधिकार आयोगकाे साेधपुछ सुरु सिरहा। भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानविन गर्न आएकाे राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा अनुसन्धान सुरु गरेकाे छ। गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएकाे घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न ...
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो। देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँ...
नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौती बढेको छ : महामन्त्री थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आज यहाँ आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था ...
कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको सहभागिता कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । उक्त प्रदर्शनमा...
नाट्टाको कार्यालयमा लगाइएको ताला खुल्यो काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही दिनदेखि लागेको तालाबन्दी खोलेको छ । नाट्टा कार्यसमितिको निर्णयबमोजिम स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खुलाइएको हो । तालाबन्दी खोलेर दैनिक प्रश...
नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ कावासोती । पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड(गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ अन्डर पास तयार हुने आयो...
वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै काठमाडौं । वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी छ तलामा निर्माण भएको उक्त ...
बाँकेका द्वन्द्व पीडितले गरे न्याय नपाएको गुनासो नेपालगञ्ज । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ ...
नदी क्षेत्र खुम्चँदै आवास क्षेत्र बढ्दै महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसारक्षेत्र खुम्चने र आवासक्षेत्र बढ्दो क्रममा देखिएको छ। बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो तथ्याङ्क देखाएको हो। पछिल्लो सात वर्षमा नज्ञदी, खोल्...
पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै कास्की। पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो। ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ। सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट ...
चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो चितवन। स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ। जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला ताेडन सुरु गरेको हो । चितवन प्रहरीका  डीएसपी तथा प्र...
बान्द्रेगाउँमा खानेपानीको हाहाकार ढोरपाटन।  जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ। डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ। गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे। व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका स...
धातुजन्य किला ठोक्दा पाथीभराका बोटबिरुवा नासिँदै ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स-साना साइनबोर्ड राख्ने क्रम बढेको छ । साइनबोर्ड राख्ने क्रम बढ्दाे छ । पदमार्ग आस...
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा धनगढी। कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो। पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरि...
संरक्षण नहुँदा गिद्ध संकटमा बैतडी। बैतडीसहित सुदूरपहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन्। बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन्। यहाँको पाटन नगरपालिका-८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै वडा नं ३, ४...
बसाइँ सरेर आउने परिवारलाई सम्मान, निःशुल्क स्वास्थ्य मङ्गलबारे। बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ। आज वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो। इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनीहरुलाई फूलमालासहित सम...
दार्चुलामा १९ वर्षीया युवती बलात्कृत धनगढी । दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई युवतीमाथि करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले गत शुक्रबार राति १९ वर्षीया युवतीमाथि घरमै पस...
देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना कर्णाली। देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो। मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ। नागरिकको समग्र पक्षका विषयमा व्यक्त हु...
काठमाडौंमा वर्षा जारी काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाश...
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला कावासोती । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिका गिद्ध मृत फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते ...
७ महिनादेखि मिल नचल्दा मुगुवासी समस्यामा मुगु। मुगुको सोरु गाउपालिका–९ सिड्डी गाउँमा निर्माण भएको कुटानी पिसानी मिल अलपत्र अवस्थामा परेको छ। ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसि) मुगुको आयोजनामा क्याप्स कर्णाली कार्यक्रमअन्तर्गत रहेका पानीबाट सञ्चालन हुने कुटानी पिसानी र तेल प्रशोधन गर्ने लाखौ मुल्यका खत्याड गाउँप...
बागमती मन्त्रिपरिषदद्वारा प्रशासकीय भवन बनाउन वातावरण मूल्याङ्कनका लागि अनुमति मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ। उक्त स्थानमा एक सय ९६ कित्ताका ५४ बिघा जग...
सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग खोटाङ। कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ। जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम...
धनुषामा आँप उत्पादन बढ्ने अनुमान जनकपुरधाम। हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ। चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमा...
रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन मङ्गलबारे। इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ। गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताए। उनले ‘ब...
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना ढोरपाटन। चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका-२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे। विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए। घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो। एक वर्षमै विश्वभर महामारीका रुपमा कोभिड-...
भोलि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा धनगढी। राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जनाएको छ। पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक स...
संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छः प्रदेश प्रमुख गुरुङ गण्डकी। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन्। पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्...
गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार काठमाडौं। गुल्मीको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो। लोगो निर...
निर्माण सम्झौताको अढाई वर्षपछि बिजुलीको खम्बा सार्न सुरसार कञ्चनपुर । विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ । महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई लक्ष्य गरी मझगाउ...
दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन्। विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो। गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक...
बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प खोटाङ। प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ। गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार...
एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति गण्डकी। औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ। केही बीचैमा अलपत्र परेका छन्। कुनै घोषणमा मात्र सीमित छन्। जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ। लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ। गण्डकी प्रदेशमा २५ औद्योगिक ग्राम स्थापनाको घोषणा भएको वर्षौँ बितिसक्यो।...
‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित सुर्खेत। पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्। आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्। नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित...
अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन् । आज यहाँ नेपाल राष्ट्रिय कर्मचारी संङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मच...
जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा रणनीति योजना सोलुखुम्बु। सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीति ढङ्गले काम गर्ने भएको छ। जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर...
सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई महेन्द्रनगर। नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन्। नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएक...
लागुऔषधको कारोबारमा युवतीको प्रयोग बढ्दै झापा। इलामको चुलाचुली गाउँपालिका–१ की ३४ वर्षीया मञ्जु चापागाईँलाई शुक्रबार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले जाँच गर्‍यो। उनले चलाएको स्कुटरबाट १६ ग्राम आठ सय मिलीग्राम खैरो रङको लिसाइलो पदार्थ बरामद भयो । बरामद भएको लिसाइलो पदार्थ लागुऔषध ब्रा...
काठमाडौं उपत्यकामा वर्षा काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
महोत्तरीको बर्दिबासमा जग्गा वर्गीकरणपछि कित्ताकाट गर्ने निर्णय महोत्तरी । महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट  प्रक्रियालाई अगाडी वढाइने निर्णय गरिएको छ । लामो समयदेखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको वेला बर्दिबास नगरपालिकाले विभिन्न १० सिर्षकमा रहेर जग्गा वर्गिकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो । व्यवस...
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन्। ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन्। अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढ...
ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा भारतीय दर्शनार्थीको घुइँचो दोधारा चाँदनी। भारत उत्तराखण्डमा पूर्णागिरि मेला सुरु भएपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा भारतीय दशनार्थाीको घुइँचो लागेको छ। किंवदन्तीअनुसार पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्षा पूरा ह...
१० गिद्धलाई प्रकृतिमा छाडिँदै मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को जटायु रेस्टुरेण्टमा राखिएका १० गिद्धलाई भोलि प्रकृतिमा छाडिने भएको छ । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा राखिएका गिद्धलाई प्रकृतिमा छाडिने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन...
श्री एयरलाइन्सलाई उडान अनुमति काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ। भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घट...
पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ। यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो। अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी सा...
पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरल...
बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’ दोधारा चाँदनी।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिए। “यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बे...
लमजुङका धनमान घलेले पाए ६९ वर्षको उमेरमा नागरिकता लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ५ उपल्लो पाचोकका वृद्ध धनमान घलेले ६९ वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट अशक्त अवस्थाका वृद्ध घलेलाई बुधबार उनकै घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी ...
खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी सिमकोट। हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएकोे छ। गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएकोे हो। सबै वडामा एक हजार एक सय ९७ क्विन्टल नुुन ढुवा...
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले ताप्लेजुङ। पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन्। सिर...
कर्णालीको रैथाने कृषि उत्पादनको माग बढ्दो सुर्खेत। कर्णालीमा उत्पादन हुने रैथाने बालीको माग अत्यधिक बढेको छ।  प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादन समेत बढेको छ। यहाँ उत्पादन हुने रैथाने बाली बाहिरी जिल्लामा भारी मात्रामा माग बढेको सरोकारवालाहरू बताउँछन्। कर्णाल...
माउले छावाको वास्तै नगर्दा… चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ। बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नु...
अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सर्लाहीको बलरा नगरपालिका– ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमा...
पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी? गण्डकी। राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन्। गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनी सधैँ चिनिए। अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै ...
राष्ट्रपतिका गाउँलेले मनाए खुसियाली तनहुँ । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उनको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर खुसियाली मनाएका हुन् । “यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले ...
बेमौसमी हिमपातले किसान खुशी लमजुङ । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेको छ। प्राकृतिक रूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो। तर, यसपटक समय सकिएपछि हिमपात भएको छ। यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको हो। समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । तल्लो मना...
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिबास महोत्सव हुने महोत्तरी। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सव आयोजना हुने भएको छ। आउँदो ३–११ चैतसम्म  हुने महोत्सवमा नगरभित्रका  प्राचीन महत्व बोकेका धार्मिक देवालयहरुको तस्बिर र क्याप्सनसहितका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसमेत देखाइने...
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवास महोत्सव हुने महोत्तरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सव आयोजना हुने भएको छ । आउँदो ३–११ चैतसम्म  हुने महोत्सवमा नगरभित्रका  प्राचीन महत्व बोकेका धार्मिक देवालयहरुको तस्बिर र क्याप्सनसहितका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसमेत देखाइ...
वयस्क भाले गैँडा मृत फेला नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ। निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद...
ढोरपाटन पुगे नौ हजार पर्यटक गलकाेट। यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप ...
महिला विमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् । ओलीले ट्विट गर्दै लेखे...
धनगढीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार धनगढी । कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना...
टाउकोमा चोट लागेको अवस्थामा बुटवलमा पुरुषको शव फेला बुटवल । रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । टाउकोमा चोट लागेको अवस्थामा पुरुषको शव फेला परेको हो । सैनामैना नगरपालिका–२ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पुरुषसँग हिजो सँगै रहेका ३ जनालाई नियन्त्...
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात मुस्ताङ । यस वर्षको हिउँदेयाम सकिनै लाग्दा मुस्ताङ पहिलो हिमपात भएको छ । गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो । हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् । जिल्लाको लोमान्थाङ, लोघेक...
मन्त्रीकै घरमा चोरी! अर्घाखाँची। लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकु...
मोटरसाइकल र स्कुटर ठोक्किँदा हेटौंडामा दुई जनाको मृत्यु, दुई घाइते हेटौंडा । हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप दुईजना घाइते भएका छन् । हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा...
कोशी प्रदेशको मन्त्रालयको नाम परिवर्तन विराटनगर । कोशी प्रदेशको सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत ...
बागलुङको तमान गाउँमा खेतीयोग्य जमिन वर्गीकरण गरिँदै बागलुङ । छरिएका बस्ती । भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्वर भूमि । जहाँ आलु, भाँगो र सिमीहरु लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचा...
रौता क्षेत्रका ‘होमस्टे’ मा स्थानीय खानाको आकर्षण, पर्यटक आगमनमा वृद्धि उदयपुर । जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जातजातिहरुसँग सम्बन्धित खानाका परिकारप्रति आकर्षण बढ्दै गएको छ । एक वर्षदेखि रौता क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका मौलिक खानाप्रति पनि आकर्षण बढेको हो । रौ...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नर्सिङ अध्यापन अनुमति दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो । आयोगको फागुन १४ गते बसेको...
अब विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने दैलेख । दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो । अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँद...
हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी हुम्ला । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए । कैलाश एयरको हेलिकोप्ट...
उपल्लो मुस्ताङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए । मार्फामा रहेका घरपझोङ गाउँप...
राजापुरका थारु समुदायको होलिका पर्व: नयाँ आगो भित्र्याउने परम्परा (फोटो फिचर) बर्दिया। फागु पूर्णिमाको साँझ बर्दिया जिल्लाको राजापुरमा डंगौरा थारु समुदायले होलिका दहन पर्व मनाउँछन्। थारु समुदायले यस पर्वमा नयाँ आगो प्रज्वलन गर्ने र प्रत्येक घरपरिवारले नयाँ आगोलाई आ-आफ्नो चुल्होमा स्वागत गर्ने चलन छ। विगतमा, आगो बनाउन ग...
धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र धनकुटा। धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ। धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम...
रामपुरका किसानलाई आलु स्याहार्ने चटारो पाल्पा । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् ...