content
stringlengths
20
64.1k
हात्तीमैत्री ‘सामूहिक खेती’ झापा। जंगली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन्। बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन्। मेचीनगर नगरपालिका वडा नं ४ को प्रधान...
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन गलेश्वर। पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो। एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम ...
झपक्कै फुल्यो आँप तुलसीपुर। यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा खुसी ल्याएको छ। “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर-७ प्रसेनीका किसान नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।” आँप धेरै फुले पनि यसलाई ज...
लुम्बिनी सरकारको प्रगति समीक्षाः योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को दोस्रो चौमासिक प्रगति समीक्षा आजदेखि सुरु भएको छ। लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षामा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता ...
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ जनाको मृत्यु दमौली।  तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ। चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। मुत्यु हुनेमा दश पुरुष, चार महिल...
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि भक्तपुर। प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ। नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठा...
बिर्तामोडमा कित्ताकाट खुला बनियानी। पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो। जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरल...
उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही कर्णाली। उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो। उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज...
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा कास्की। गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ। सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका ...
हटिया-ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे गलकाेट। निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो। गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन। डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ...
पूर्वी नवलपरासीमा बेवारिसे बम फेला नवलपरासी। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्। स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिक...
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा जुम्ला। जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ। यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ म...
गण्डकी प्रदेशमा चैत १५ गते सार्वजनिक बिदा पोखरा। गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन्। चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरे...
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्नेछ : अमरसिंह पुन {भिडियो} काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले ए...
बागलुङको चैते दसैँ मेलामा पाँच लाख धार्मिक पर्यटकले कालिका मन्दिर दर्शन गर्ने बागलुङ। चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसैँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभि...
पुल निर्माण हुने भएपछि स्थानीय खुसी भजनी। कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल। पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ। यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन्। लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक...
सैनामैनामा ५०२ औँ बोक्सी कुप्रथा उन्मुलन अभियान सम्पन्न भैरहवा । रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षिय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथा विरुद्धको राष्ट्रव्यापी सचेतनामुलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्...
राइनास नगरपालिकाले किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान दिने लमजुङ  । राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षकमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ । कम्तिमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसा...
जग्गाको कित्ताकाट खुलाउन पहल रसुवा। गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्। यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो। यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ। आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकि...
मोफसलका ‘आँखा बा’ चितवन। भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर-घर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन्। उनको एउटै चिन्ता छ- अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने। विगत ३९ वर्षदेखिको यो दैनिकी अहि...
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’ तुलसीपुर। राप्ती लोकमार्ग ठाउँ-ठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत...
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण कञ्चनपुर। कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ। म्युजियमभित्र उल्टो तस्बिर लिने (अपसाइड...
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५...
बैतडीको पाटन विमानस्थलमा एक वर्षदेखि हवाई सेवा बन्द बैतडी। बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। हवाई भाडा महँगो हुँद...
भैँसी गोठ बन्यो पर्यटकीय स्थल म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ। कुनै समय यहाँ भैँसीका गोठ थिए। समुदायको अगुवाइमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गरेसँगै पर्यटन व्यवस्थापनको नमुना बनेको छ। समुन्द्री सतहदेखि तीन हजार छ सय मिटरको उचाइमा अवस्थित खो...
गलकोट नगरपालिकाले थाल्यो बाँझो जग्गामा ओखर खेती बागलुङ । गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालि...
अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका...
मौलिकता संरक्षणसँगै स्वरोजगार म्याग्दी। आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयो...
अलग्गै खलिस्तान देश बनाउन खाेज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट काठमाडौं। भारतले खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ। पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायतमा भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिर...
मिथिलामा वासन्ती छठ पर्व सुरु महाेत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्...
बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो महोत्तरी। बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पदभार ग्रहण गरेको पहिलो दिनमा नै नगरको गाडी प्रयोग नगर्ने घोषणा गरे। तर केही समयपछि नै नगरको गाडीलाई एम्बुलेन्स बनाउने र आफ्नै निजी गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख क्षेत्...
मनाङमा एसईई दिने ५२ जना विद्यार्थी लमजुङ। शैक्षिक सत्र ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन्। मनाङमा छात्रा ३९ र छात्र २३ परीक्षामा सहभागी हुनेछन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्...
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्। पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे। “समृद्ध नेपाल, सुखी न...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत (भिडियो) काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्। विश्वासको मतका लागि भएको मतबिभाजनमा जम्कट्टेलको पक्षम...
सुकुम्वासीका छोराछोरीले पढ्ने नमूना विद्यालय दाङ । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्...
जुम्लामा आइतबार सार्वजनिक बिदा काठमाडौं। कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए। उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले ज...
काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा धेरै, मनाङमा सबैभन्दा कम काठमाडौं। जनगणना-२०७८ अनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। आज सार्वजनिक जनगणनाको अन्तिम नतिजाअनुसार काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ छ भने सबैभन्दा कम भने मनाङ जिल्लाको ५ हजार ६ सय ५८ छ। त्यस्...
सीमाक्षेत्रमा कोरोना संक्रमण दर बढ्यो बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। निर्देशनालयको तथ्याङ्कअन...
फेवाताल किनारका पुराना डुंगा व्यवस्थापन गर्न थालियो पोखरा । फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुंगा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी...
कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदम लिम्बूको मृत्यु विराटनगर। प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ। प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट...
मुगुमा भूकम्प काठमाडाैं। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको प...
नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण काठमाडौं। नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ। शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। चैत ७ र ८ गते भने शून्य स...
समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन् । लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको भन्दै...
एटीसीसँग अश्लिल शब्द बोल्ने हेलिकप्टर पाइलट निलम्वित काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हे...
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड बैतडी । चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो । यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लाग...
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय...
पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरान...
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभा...
यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा काठमाडौं । काठमाडौंको  कीर्तिपुरमा ट्राफिक प्रहरीले आज  (बिहिबार) विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई  कारवाही गरेको छ । उक्त चेकिङ्गमा १ सय १५  भन्दा बढी  सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठिक नभएका र ७ वटा लाईटहरु दुरु...
पचास करोड लागतमा नदी नियन्त्रण योजना सञ्चालन म्याग्दी । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्...
नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ। उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए। “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा...
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल भजनी। विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए। विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ। विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमा...
पहिलो पटक केन्द्रीय प्रशारण लाइन बरेङमा पुग्यो, बिजुली बलेपछि गाउँमा खुसीयाली बागलुङ । जिल्लाको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मंसिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पाल...
सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै जनकपुरधाम । विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरु लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन्। प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरुमा मोटरसाइकल ६८०, तीन पांग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरु लिलाम हुन ...
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै भेरीगङ्गा। कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ। विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय...
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी गण्डकी। आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ। यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो। होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजि...
रुपेन्देहीको तिलोत्तममा गुटखा बिक्री गर्न प्रतिबन्ध बुटवल। तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प...
डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटो मै बिरामीको हैरानी सुर्खेत। जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन् तर अस्पताल सम्म जान र आउन भने पाउदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ। दुइ मध्य एक एम्वुलेन्स वर्ष दिन अघि देखि सञ्चालनमा छैन। अर...
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्...
चितुवा बजार पसेपछि… कुश्मा। पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा पर्‍यो। चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका-४ भण्डारी टोलमा पुगे। पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो। त्यसपछि छेउमा अवस्थित ओमबहादुर रेग्मीको प...
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने लुम्बिनी । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि...
कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै झापा। कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ। ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु १२ करोड ५० लाख रकम अनुदान...
राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन बारा। सरकारको सामुदायिक शिक्षामा धेरै लगानी छ । तर, पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन । सरकारी विद्यालयहरु प्रभावकारी, आकर्षक हुनुपर्ने हो । राज्यले त्यतीका लगानी गर्ने शिक्षक र विद्यालयले पठन पद्धतीदेखि कक्षा कोठासम्मको सुधार गर्नुपर्ने ...
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ। महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक सं...
चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा बलेवा। आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ। असोजमा पर्ने नवरात्रमा जस्तै चै...
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजा...
चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन भोजपुर। काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन। लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ। विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ। न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्त...
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर गलकोट। काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन्। तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन। यसबारे अनुमान लगाउन मुश्किल पर्छ। मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आ...
तीन महिनापछि मृत भेटिएका सशस्त्र जवानकाे शव परिवारले बुझे लमजुङ। मर्स्याङ्दी नदीमा खसेर हराइ रहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन्। गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए। लमजुङको मर्स्य...
कस्तो रहला आज रातिको मौसम ? काठमाडौं । मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई ...
बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा महोत्तरी । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन । मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन । ब...
बजेट अभावमा अलपत्र कभर्ड हल गण्डकी। लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ। पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन। पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निरा...
दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव पाल्पा । व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका छन् । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाएका छन् । करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्...
अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण म्याग्दी । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात...
अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ गण्डकी। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन्। सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आ...
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय महोत्तरी। महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ। जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा ...
कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु काठमाडौं। कैलालीको जोशीपुरमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जोशीपुरका गाउँपालिकामा आफन्तको पास्नी भोज खाएर फर्किँदा भजनी- ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार सो दूघर्टनामा २८ जना घाइते भएका छ...
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई...
क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार दमौली। पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ। क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ। तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ। ...
असिनाले बाली नष्ट, किसान चिन्तित गलेश्वर। चैतको सुरुवातसँगै झन्डै ६ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन्। लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्त...
स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक कर्णाली। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्या...
पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण बैतडी। बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ।गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो। यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए। वडा न...
जग्गा कारोबार ठप्प पर्वत। पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ। जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन्। कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहे...
ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण फुङ्लिङ। ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ। फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो। जिल्लास्थित हिमाली संरक्षण मञ्च र ...
दाङको बंगलाचुली अस्पतालमा चिकित्सक अभाव दाङ । दाङको बंगलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बंगलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गर...
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन दोधारा चाँदनी। कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ। पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो। क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्ले...
स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन् घोराही। दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो। आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्‍याउने उ...
ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात बागलुङ। बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए। हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरे...
सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु बैतडी। सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ। यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ। ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन। गत तीन वर्षयता यहाँ एक हजार दुई सय...
घट्दै चिसो, बढ्दै पर्यटक गण्डकी। मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ। चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए। “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सा...
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहानदेखि केही स्थानमा निषेधाज्ञा लगाएकाे छ। कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने...
सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा तुलसीपुर। जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन्। दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन्। चार वर्षअघि तुलसीपुर आउँदा उनले थारू समुदायमा मात्र...
व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यकः मुख्यमन्त्री जम्कट्टेल मलेखु। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम...
भिरबाट लडेर युवकको ज्यान गयो सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप ...
जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छः मन्त्री खान राँझा । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् । जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पा...
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै म्याग्दी । निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ...
कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी, सात सय १३ पक्राउ महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई क...
प्रदेश नामकरण विरोधी प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हु...
बर्दिबास चौथो महोत्सव सुरु: पर्यटन पर्वद्धनमा टेवा पुग्ने बिस्वास महोत्तरी। महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ। ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उदघाटन भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्...
सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो ढोरपाटन। स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए। काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे। प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो...