content
stringlengths
20
64.1k
महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित धनगढी । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेको हो । सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरे...
काठमाडौँ महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानुनी सेवा दिने काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्...
डा. रुइत जन्मभूमि फर्किँदा ताप्लेजुङ। आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। “आफू जन्मे–हुर्केको ठाउँ...
‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’ टक्सार। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्ने। कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उनले पाएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराए। विगत दुई वर्षदेखि दे...
दुई करोड बराबरको जग्गादान गोलबजार।  सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ। उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन्। सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा...
पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी मुगु। छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने। पिठ्युमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन्। सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन्। जहा...
एम्लबर सभाहल किराँत संग्राहलयको काम अन्तिम चरणमा भोजपुर। किराँत राईहरुको बाहुल्यता रहेको भोजपुरमा संग्रालयसहितको यलम्बर सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। किराँत राईहरुको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको हो। कोश...
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु काठमाडाैं। काठमाडाैंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ। पछाडि सवार १ जना घाइते भएकी छिन्। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन्। गम्भीर घाइते भएका उनको काठमाडाैं मेडिकल कलेज सिनामंगलमा मृत्यु...
मिथिलामा तीन दिन होली महोत्तरी। मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ। मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल...
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो चितवन। जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुर...
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा तुलसीपुर। दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको...
लोप हुँदै होली गीत : जोगिरा सर…सरररररररर… धनुषा। ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै ...
तराई मधेसका जिल्लामा सार्वजनिक बिदा काठमाडौं। आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको हाे। रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ।
आज तराई मधेसमा होली, एक आपसमा रंग दलेर मनाइँदै काठमाडौं। तराई-मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई-मधेशमा होली पर्व मनाइँदैछ। पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ...
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरी छोडियो काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई आज दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई आज बेलुका ५ बजेपछि सम्...
पोखरामा रङसँगै रमाए विदेशी पर्यटक कास्की । डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन् । उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अन...
पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला, शव नजिकै विस्फोटक पदार्थ भेटियाे बैतडी । पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ । मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन र...
वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन काठमाडौँ । हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । आज साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र ...
‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू जनकपुरधाम आइपुगे जनकपुर। मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाम आइपुगेका छन्। भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू पूर्णिमाका दिन सोमबार जनकपुरधाम आइपुगेका हुन्। मंगलबार जनकपुरधामको अन्तरगृह परिक्...
बाख्रापालक किसान भन्दछन् : ‘साइलेज मेसिन’ चाहियो घोराही। घोराही उपमहानगरपालिका-२ का गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। बीस लाख लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आएका उनलाई अहिले घाँसको समस्या भएको छ। परम्परागत रूपमा थोरै बाख्रा...
काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ काठमाडौँ। होली पर्वलाई मध्यनजर गरी आज काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ। आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो। काठमाडौँका विभिन्न ६८ ठाउँमा...
पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी मुगु। सोरु गाउँपालिका-९ स्थित विजय माध्यमिक विद्यालय कालैमा अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन्। शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्नु परेको छ। उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत ७८ जना...
मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी सप्तरी। एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाइँदै आएको होली पर्व शुरू भएसँगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ। जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ ...
ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण दमाैली। तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सवस्टेशन निर्माण अघि बढाइएको छ। विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो। विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना ...
दार्चुलामा ग्यास लिक भएर एक रेष्टुरेन्टमा आगलागी दार्चुला। दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ। जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो। शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रि...
मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली दाेधारा चाँदनी। हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ। होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ। विभिन्न देव...
विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन खोटाङ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ। ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप...
अख्तियारमा कर्णालीका ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरी सुर्खेत।  कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजूरी अख्तियारमा पठ...
तोरी खेती प्रवर्द्धन कार्यक्रमले रावाबेँसीमा लहलह तोरी खोटाङ। तोरी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि खोटाङको रावाबेँसी गाउँपालिकाका खेतबारीमा लहलह तोरी फूलेको छ। खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गरेपछि किसानका खेत र बारीमा लहलह तोरी फूलाइएक...
हिमपात भएपछि किसान खुसी मनाङ। हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन्। ङिस्याङ गाउँपालिका-१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए। “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्‍यो...
सप्तरीमा डिजे बन्द गर्न माग सप्तरी। सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन्। राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे। पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका ...
झापामा मह प्रशोधन उद्योग सञ्चालनमा दमक। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ। मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो। सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्च...
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै कञ्चनपुर। पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो। यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका ...
जुगल हिमालको फेदमा किशोरीलाई पर्वतारोहण तालिम मेलम्ची। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छजना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन्। विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गर...
लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ काठमाडौं । लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले पक्राउ गरिएको हो । ...
फेवाताल डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु कास्की । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो । अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत...
जनताको पहुँचमा इन्टरनेट पुर्‍याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ आज आयोजित कार्...
आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया भजनी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्स...
फेवातालमा डुंगा दुर्घटनामा परेका १० जना उद्धार काठमाडौं । पोखराको फेवातालमा डुङ्गा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले जिबितै उद्धार गरेको छ । शनिबार दिउसो अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिँदा त्यसमा रहेका १० जना व्यक्ती तालमा डुबेका थिए । तालमा डुङ्गा र कायाक डुबे लगत्तै फेवाताल रेस्...
दुर्गा प्रसाईको आन्दोलनमा ‘राजतन्त्र मुर्दावाद’को नारा लागेपछि… काठमाडौं । दुर्गा प्रसाईले संचालन गरेको ‘राष्ट्र बचाउ अभियान’ले बानेश्वर संसद भवन अगाडी गरेको ‘राजतन्त्र मुर्दावाद’ को नारा लागेको छ । प्रदर्शनकारी राजतन्त्र मुर्दावाद भन्दै नारा लगाएका हुन । उक्त नारालागे पछि प्रदर्शनकारी एकछिन अलमलमा परेका थिए । बानेश्वर...
धनुषामा ८ महिना भित्र ६४५ फरार अभियुक्त पक्राउ जनकपुर। धनुषा प्रहरीले  गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प...
मर्दी हिमाल पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याइँदै कास्की । जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन...
आँबुखैरेनीमा हाटबजार सञ्चालन तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो । उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले स...
रारा जाँंदै हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, अब सुविधासम्पन्न रिसोर्टमा बस्न पाइन्छ काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा वि...
लमजुङमान नौ दिने पदमार्ग पहिचान: हनी हन्टिङ, झरना, गुफादेखि भेडिगोठसम्म लमजुङ। दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ। पदमार्गमा भीडीगोठहरु भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ। मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भीडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्...
रारा जाँदै हुनुहुन्छ? चिन्ता नगर्नुहोस् काठमाडौं। मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ। धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो। मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेक...
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण काठमाडौं। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ। आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्...
सर्लाहीमा सर्प सल्बलाउन थाले सर्लाही। मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन्। गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ। बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई आज उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उ...
छ लेन सडकले फेरियो धनगढीको मुहार अत्तरिया। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो। धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो। छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ। धनगढीमा प्रवेश गर्ने मुख्य सड...
ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु ललितपुर । ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला शशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धि...
पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रण लिएको चितुवा मर्‍यो काठमाडौं । पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए । तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा ...
दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण लमजुङ । जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपम...
पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थि...
महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै महोत्तरी। ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो । बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध ...
पर्वतका होम–स्टेमा पर्यटकको चहलपहल बढ्दै पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम–स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम–स्टे सञ्चालनमा छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होम–स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले ...
विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ। भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम...
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम काठमाडाैं। पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पश...
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या काठमाडौं। चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन्। सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन्। लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो ...
स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ । यही फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा...
सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन प्रहरीको अनुरोध काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपम...
चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न न...
तरकारीको उत्पादन संगै भाउ पनि घट्यो पथरी। लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो। यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन्। टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन्। अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन्।...
विनयी त्रिवेणीका बासिन्दालाई पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा कावासोती । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध...
रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी भैरहवा। रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ। फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्याेट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्याेट भएको हो। जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस ...
भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : आठ वर्षमा ५९ प्रतिशत सुर्खेत। निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आय...
सूर्यमुखीको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दै भरतपुर। चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ। तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ। चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद ...
विरोध शैली परिवर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने धनगढी। चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायी...
हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु बारा। हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा- १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्। दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जा...
भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौंः मुख्यमन्त्री शर्मा सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोख...
जन्ती बोकेको बस दुर्घटना एकको मृत्यु, ४० घाइते पोखरिया। पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान ...
कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७९\०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उनले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी केन्द्रित हुनुपर्ने बताए। लुम्...
एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ चितवन । भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्...
कर नबुझाउनेलाई कारबाही वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ। बाँकी बक्यौता उठाउने तयारी सुरु गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ गरी करदातामाथि कारबाही प्रक्रिया सुरु भएको कार्यालयले जनाएको...
चारलेन सडक निर्माणमा ढिलासुस्ती राँझा। चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ। सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन्। विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आ...
स्वादका लागि चर्चित बागलुङको आलु बागलुङ । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै ...
झापाका मकै बालीमा अमेरिकी फौजी कीरा देखियो झापा । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूल...
सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन...
भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण, कित्ताकाट खुला चितवन। भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ। महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ। महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको ...
रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाइ कारबाही भैरहवा ।  प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी...
विराटनगर महानगरले केबल तारको व्यवस्थापन गर्दै मोरङ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक...
भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो खोटाङ। राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ। कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन्। जिल्लाका १० वटै स्थानीय तहले सबै प्रक्रिया पूरा गरी भूमि आयोगलाई उनीह...
महोत्तरीमा डढेलोले सखाप हुँदै वन महोत्तरी। मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स-साना बिरुवा नष्ट हुन थालेका छन्। यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ। बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजना...
ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा गण्डकी। कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ। भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ...
नारायणीमा हाम फालेका युवकको १ किमी तलबाट जीवितै उद्धार चितवन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ । खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिबितै उद्धार गरेको हो । हाम फालेको जनाकारी पाए लगत्तै नाराय...
बाग्मती प्रदेशले हातिको आक्रमणमा निधन भएका परिवारलाई १–१ लाख राहत दिने हेटौडा । बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहत दिन भएको छ । आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उनका अनुसार जंगली हात्तीक...
जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी लघुवित्तपीडितहरुको आन्दोलन उदयपुर । लघुवितिय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना दिएका छन् । जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरू...
अति विपन्न परिवारका बेरोजगारलाई शुक्लाफाँटा नगरपालिकाले दियो रोजगारी कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीकी माया दमाईं चार दिनअघि देखि सडक खन्ने कार्यमा लागेकी छन् । आर्थिक विपन्नताका कारण परिवारको खर्च धान्न निकै असहज भएका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाबाट उनले सय दिन बराबरको रोजगारी पा...
किन सुस्तायो भाइरल तनहुँसुर ? प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो। बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पु...
एक घण्टा आरन चलाएर औजार बनाएको ज्याला एक माना चामल मुगु । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिर...
बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइए...
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुरु काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो।...
मुगुमा पावर हाउस बनेकाे दुई दशक नाघ्याे तर बत्ति बलेन् मुगु। जिल्लाको मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना एक दशक बढि  बिति सक्दा पनि हालसम्म बल्न सकेको छैन। २०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको करिब २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हालसम्म सञ्...
सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ। १२औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक...
नुवाकोटमा ग्यास सिलिन्डर पड्किँदा आगलागी नुवाकोट। नुवाकोटस्थित बेलकोटगढी नगरपालिका-८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ। बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँ...
अझै चुनौती बन्दै बालविवाह बलेवा । बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चु...
कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पारेका छन् । कामु प्रधानन्यायाधीशसँग संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिको आज भएको भेटमा उहाँले न्यायालयको ...
रुकुम(पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा रुकुम(पूर्व) । रुकुम(पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको...
पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ बारा। पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूला...
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’ कञ्चनपुर। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्छन्। पक्की घरमा बस्छन्। खेत जोत्नका लागि उनीसँग पावर टिलर छ। सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ। यी सबै सम्पत्ति उनले व्यावसायिक तरकारी खेतीबाट जोडेका हुन्। डेढ दशक अघिदेखि व्याव...
‘अफ्रिकन स्वाइन फिवर’ले मरे दुई हजार आठ सयबढी बंगुर चितवन। ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बंगुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बंगुर मरेका हुन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौप...