content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो। , यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो। , तर लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्।, सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ। , यो हिसाबले १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्। , यस्तै, १८ वर्ष माथिका ५६.९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्। , मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।, नेपालमा आधा जनसंख्याले लगाए कोरोना खोपको पहिलो डोज
रासस पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरू र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।, जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफिड), डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रूपमा काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरूले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन/अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरूका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। , प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरूपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसंघीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रूपमा उठाउन पनि विज्ञहरूले सुझाव दिएका छन्।, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले केही वर्षअघि सगरमाथाबाट संकलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरू पाइएको तथ्यहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औंल्याएको थियो।  , सो अवसरमा वन तथा वातावरण मन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरूको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी गराए।, उनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयास सँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। , नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका प्रविधि अन्वेषण शाखा प्रमुख वैज्ञानिक डा रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रूपमै खोजी हुनु आवश्यक भएको बताए।, साना तथा मझौला उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरुको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर सङ्कलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरूरी रहेको बताए।, कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु वेष्ट टू भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पङ्कज पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।, 'हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्यो'
सेतोपाटी संवाददाता नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।, यस्तै, काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।,  , नेपालमा एकैदिन एक हजार ४४६ लाई कोरोना संक्रमण
सेतोपाटी संवाददाता जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले चितवनमा सोमबारदेखि सुरू हुन लागेको रत्ननगर महोत्सवमा रोक लगाएको छ।, कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रत्ननगर महोत्सवलाई स्थगित गर्न निर्देशन दिइएको हो।, शनिबारदेखि सुरू भएको चितवन महोत्सवलाई भने बन्द गर्न दुई दिनको समय दिइएको छ।, आइतबार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले सोमबारभित्रमा सबै व्यवस्थापन मिलाएर मंगलबारदेखि पूर्णरूपमा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।, सोमबार बिहान ६ बजेदेखि २५ जनाभन्दा बढी उपस्थित भई कुनै पनि गतिविधि गर्न नपाइने निर्णय बैठकले गरेको छ।, रत्ननगर महोत्सवको सोमबार गृह मन्त्री बालकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम थियो। चितवन महोत्सवको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका थिए। , कोरोना संक्रमण बढ्दै जाँदा चितवनमा स्थानीय तहकै प्रवर्द्धनमा महोत्सव आयोजना गरेर भीड जम्मा गर्ने प्रतिस्पर्धा भएको भन्दै विरोध भइरहेको थियो।, सरकारले विद्यालय बन्द गर्दासमेत महोत्सव चलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि प्रशासन दबाबमा परेको थियो।, जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला पनि स्थगन गर्न निर्देशन दिएको छ। , बैठकले सरकारी कार्यालय, उद्योग, कलकारखाना, बैंक तथा वित्तीय संस्थाहरूलाई जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर सेवा दिन निर्देशन दिएको छ।, चितवनमा मेला-महोत्सव गर्न रोक, आजदेखि २५ जनाभन्दा बढी भेला हुन नपाइने
विवेक राई पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिरहेको छ। जसलाई लिएर नेपालमा संक्रमणको तेस्रो लहर आउनसक्छ भनिएको छ। , हुन पनि ओमिक्रोनकै कारण छिमेकी देश भारतमा दैनिक लाख बढी संक्रमितहरू भेटिएका छन्।, नेपालमा पनि गत मंगलबारदेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ।, सोमबार मात्र एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या अझै बढ्ने निश्चित छ। किनभने अघिल्लो भेरियन्टहरू भन्दा पनि बढी संक्रामक रहेको ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ। , ओमिक्रोन भेरियन्टले ल्याउनसक्ने जोखिमलाई नै मध्यनजर गरेर सरकारले विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। साथै २५ जनाभन्दा बढी मानिसहरू एकै ठाउँ भेला नगर्न भनेको छ।, तर ओमिक्रोन भेरियन्ट बढी संक्रामक भए पनि यसले जटिलता ल्याउनसक्ने सम्भावना कम रहेको अध्ययनहरूले देखाएको छ। अर्थात् यो भेरियन्ट अन्य भेरियन्टभन्दा कमजोर छ। यद्यपि रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धावृद्धाहरूमा यसको जोखिम कायमै रहन्छ। साथै यो बढी संक्रामक रहेका कारण धेरै मानिसहरू एकैचोटि संक्रमित हुँदा प्रतिशतको हिसाबले अस्पताल भर्ना हुने बिरामीहरूको संख्या बढ्नसक्छ। , स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता डाक्टर जागेश्वर गौतमले ओमिक्रोन घातक नभए पनि यसले छिटो संक्रमण सार्ने हुँदा धेरै मानिस संक्रमित हुँदा गम्भीर बिरामीको संख्या बढ्ने बताए।, ‘कमै मान्छे सिरियस हुँदा पनि संख्या ठूलो हुनजान्छ। त्यसैले भिडभाडजन्य गतिविधिलाई कम गर्नुपर्छ।’, यदि त्यसरी नै अस्पताल भर्ना हुने गम्भीर बिरामीहरू बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको चुस्त व्यवस्थापन हुनुपर्छ। किनकि दोस्रो लहर उत्कर्षमा पुग्दा आइसियू, भेन्टिलेटर र अक्सिजनको चरम अभाव भएको थियो। जसका कारण धेरैले मृत्युवरण गर्नुपरेको थियो। त्योबेला संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले नै पर्याप्त अक्सिजन पुर्याउन सकेको भए धेरै मानिसहरू बचाउन सकिने सुनाएका थिए। , तर सरकारले त्यो बेला पर्याप्त अक्सिजनको व्यवस्था गर्न सकेन। दर्जनौं निजी अस्पतालहरूले अक्सिजन अभावका कारण उपचार गर्न नसकिने भन्दै हातै उठाएका थिए। त्यो बेला दैनिक २० हजार अक्सिजन सिलिण्डर आवश्यक परेको अवस्थामा १० हजार मात्र पुर्याउन सकिएको थियो। जसका कारण संक्रमितहरू अक्सिजन नपाएर छट्पटिएका दृश्यहरू बाहिर आए। , तर यसपटक दोस्रो लहरकै स्थिति आउँछ वा आउँदैन भनेर अहिले भन्न सकिँदैन। सरकारले समेत कस्तो स्थिति आउँछ भनेर यकिन भन्न सकेको छैन।, पहिलेभन्दा कमजोर भाइरस रहेका कारण समस्या नआउँला कि भन्ने धेरैको आशा छ। तर यदि धेरै संक्रमित भएर अस्पताल भर्ना हुने बिरामी बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्था अहिले नै हुन जरूरी छ। , स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी यसपटक आइसियू, भेन्टिलेटर र अक्सिजन पुग्ने गरी तयारी अवस्थामा रहेको दाबी गर्छन्।, दोस्रो लहरको सिकाइले पनि बेलैमा स्रोत जुटाइएको भन्दै उनले भने, ‘अस्पतालका बेड, अक्सिजन र भेन्टिलेटरहरू जम्मा भएका छन् र सञ्चालन गर्ने गरी तालिम पनि दिएका छौं।’, दोस्रो लहरमा सबैभन्दा खड्किएको भनेकै अक्सिजन हो। कति अस्पतालले सरकारले अक्सिजन उपलब्ध गराएमा भुइँमै पनि बिरामीको उपचार गर्ने जनाएका थिए। हुन पनि त्यो बेला टेकु, टिचिङ अस्पतालले बेड नहुँदा संक्रमितलाई भुइँमै राखेर पनि उपचार गरेको थियो। तर अक्सिजन अभावकै कारण त्यो बेला धेरै अस्पतालहरूले उपचार क्षमता विस्तार गर्न सकेनन्। , यसपटक भने अक्सिजनको कुनै कमी नहुने अधिकारी दाबी गर्छन्।, ‘अहिले दैनिक ४० हजार अक्सिजन सिलिण्डर पुर्याउनसक्छौं। दर्जनौं अस्पतालहरूसँग आफ्नै अक्सिजन प्लान्ट छ। कन्सन्ट्रेटर पनि धेरै अस्पतालसँग छ,’ उनले भने, ‘लिक्विड अक्सिजन ट्यांक पनि १९ वटा छ। जम्मा ३२ वटाको योजना हो। बाँकी केही दिनमा आउँछ। ४७ वटा अस्पतालसँग आफ्नै प्लान्ट छ। आवश्यकताको आधारमा ८५ वटा सञ्चालन गर्न सक्छौं। त्यसैले चाहिने भन्दा धेरै छ।’, तर एउटा कुरा के हो भने दोस्रो लहरमा भन्दा आइसियू बेड लगायत स्रोतहरू अहिले दोब्बर संख्यामा छन्। दोस्रो लहरमा देशभर एक हजारको हारहारीमा आइसियू बेडहरू थिए। अहिले भने झन्डै २८ सय आइसियू बेड रहेका छन्।, मन्त्रालयका तथ्यांक अनुसार अहिले देशभर दुई हजार ७९७ आइसियू बेड, एक हजार ८ भेन्टिलेटर, ३ हजार ८४६ एचडियू बेड रहेका छन्। , यसैगरी, ८ हजार २०२ आइसोलेसन बेड, १३ हजार ९३९ अक्सिजन सिलिण्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। काठमाडौं उपत्यकाको हकमा भने २ हजार ४९४ आइसोलेसन बेड, ३ सय २४ एचडियू बेड, ४ सय ४५ आइसियू र २ सय ५४ भेन्टिलेटर छन्।, ओमिक्रोनले दोस्रो लहरकै स्थिति ल्याए कस्तो छ आइसियू, अक्सिजनको तयारी?
राजेश घिमिरे सडक बोर्ड ऐन २०५८ र सडक बोर्ड निर्देशिका ०६१ ले सार्वजनिक सडक ऐन २०३१ ले तोकेबमोजिम र नतोकिएको हकमा सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्रलाई राजमार्गको सीमा मानेको छ।, यी ऐन र निर्देशिकाबमोजिम चितवनमा पर्ने राष्ट्रिय राजमार्ग पूर्व-पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकको चौडाइ ५० मिटर हुनुपर्छ। तर कानूनमा उल्लेख भएअनुरूप राजमार्गमा सडकको अधिकार क्षेत्र (राइट अफ वे) कायम गर्न सकिएको छैन।, राइट अफ वे कायम गर्नमा कतै स्थानीय तह, कतै स्थानीयबासीले अवरोध गर्दै आएका छन्।, डिभिजन सडक कार्यालय स्रोतले राजमार्गका संरचना हटाउन भरतपुर महानगरपालिकाबाटै अवरोध हुन थालेको बताएको छ।, विशेषगरी नारायणगढ-मुग्लिन सडकमा राजमार्गको क्षेत्रमा बनेका संरचना हटाउन महानगरको अवरोध भएको स्रोतले बतायो। , ‘केही दिनअघि कार्यालयको टोली जिल्ला प्रशासनलाई पनि खबर गरेर उक्त सडकको सीमा कायम गर्नेगरी संरचना हटाउन गएको थियो तर काम अघि बढाउन नसकेर फर्कनुपर्‍यो,’ उक्त स्रोतले सेतोपाटीसँग भन्यो, ‘मेयरले नै यो काम अहिलेलाई रोक्नु भनेपछि प्रशासनको पनि सहयोग भएन। काम अघि बढ्नै पाएन।’, डिभिजन सडक कार्यालयको टोली नारायणगढ–मुग्लिन सडकको रामनगरदेखि मुग्लिनसम्म सडक सीमाका संरचना हटाउन गएको थियो। , रामनगरबाट काम सुरू गर्न खोज्दा सुरूमा स्थानीयले अवरोध गरेका थिए। , ‘स्थानीयको अवरोधपछि हामी प्रहरीले सहयोग गर्ला भनेर कुर्‍यौं तर प्रहरी आएन। बुझ्दै जाँदा महानगरले सहयोग नगर्नु भनेको थाहा भयो,’ एक कर्मचारीले भने।, रामनगरमा निजी घरदेखि पेट्रोल पम्पसम्म सडकको अधिकार क्षेत्रभित्र छन्। राजमार्गको केन्द्रदेखि दायाँ-बायाँ २५/२५ मिटरपछि पनि ६ मिटर छाडेरमात्रै संरचना बनाउनुपर्ने मापदण्ड छ। तर २५/२५ मिटर कायम गर्नै सडक कार्यालयलाई हम्मे भइरहेको छ। , ‘सडक ऐनले राजमार्गमा केन्द्रबाट दायाँ/बायाँ २५/२५ मिटर पछि पनि ६ मिटर छाडेरमात्रै संरचना बनाउन पाउने उल्लेख गरे पनि कतिपयसँग सडकको क्षेत्र भित्रैको जमिनको समेत लालपुर्जा रहेछ, उनीहरूले वर्षौंदेखि उक्त जमिनको कर तिर्दै आएको पनि देखियो,’ ती कर्मचारीले भने, ‘तर हामीले ऐन र निर्देशिका हेरेर काम गर्ने हो। काम गर्न जाँदा स्थानीय तह र प्रशासनबाटै असहयोग भएपछि अघि बढ्न सकिएन।’, महानगरका जनप्रतिनिधि स्थानीय तहको निर्वाचनको मुखमा मतदाताको चित्त दुखाउन चाहँदैनन्।, स्थायी संरचना हटाउन सहयोग गर्दा केही महिनापछि हुने निर्वाचनमा असर पर्ने भयले मेयरले असहयोग गरेको हुनसक्ने स्थानीयबासी बताउँछन्।, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने राजमार्ग विस्तारको काम रामनगरबाट सुरू गर्नु नै गलत भएको बताउँछिन्। , ‘राजमार्ग विस्तारमा महानगरले अवरोध गरेको भन्ने विषय सही होइन। हामीले त राजमार्ग विस्तार गर्न थाल्ने हो भने जिरो प्वाइन्टबाट सुरू गर भनेको मात्रै हो। कि मकवानपुरसँगको सीमाना लोथरबाट काम सुरू गर्नुपर्‍यो कि धादिङसँगको सीमाना मौवाखोलाबाट गर्नुपर्‍यो।’ , काम जिरो प्वाइन्टबाट सुरू नगरी रामनगरबाट सुरू गर्न खोज्दा किन त्यसो गर्न लागेको भनेर महानगरले चासो राखेको उनले बताइन्। , उनले रामनगरका बासिन्दाहरूसँग महानगरको प्रत्यक्ष सरोकार रहने भएकाले त्यहाँको राजमार्ग विस्तार गर्दा महानगरसँग समन्वय हुनुपर्ने बताइन्।, ‘हामीले काममा अवरोध गरेका होइनौं। किन बीचबाट काम सुरू गर्नुपर्‍यो भनेर ध्यानाकर्षणमात्रै गराएका हौं,’ उनले भनिन्।  , यो सडकअन्तर्गत दासढुंगाबाट मुग्लिनसम्मको क्षेत्रमा पनि दायाँ-बायाँ संरचना बनाएर पसल, रेष्टुरेन्ट सञ्चालन भएका छन्। ती सबैलाई राजमार्ग निर्माणका क्रममा मुआब्जा उपलब्ध गराइएको थियो। , ‘मुआब्जा लिएपछि छाडेर हिँडेका केही पुनः फर्किएर व्यवसाय गर्न थालेका छन्,’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले भने, ‘उनीहरूलाई फेरि पनि हटाउनुपर्ने भएको छ।’ , यो सडकमा वर्षौंअघि संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएका कतिपयले राजा महेन्द्रले राजमार्गको सुरक्षाका लागि भनेर आफूहरूलाई गाउँबाट ल्याएर राखेका कारण छाडेर नजाने अडान लिने गरेको खनालले सुनाए।, यो सडकमा पहाड, भिर, नदी पर्ने भएकाले कतै पनि २५/२५ मिटर विस्तार हुन सकेको छैन। करिब ९ देखि १५ मिटरमात्रै रहेको चौडाइ क्षेत्रमा पनि संरचना बनाएर साँघुरो पारिएको छ।, ‘सडकको सीमा कायम गर्ने दायित्व डिभिजन सडक कार्यालयको भए पनि काम गर्न खोज्दा विभिन्न समस्या आइरहेका कारण काममा ढिलाइ भइरहेको छ,’ खनालले भने, ‘हामी समस्याहरू पन्छाउँदै अवरोध हटाउनमा प्रयासरत छौं।’ , खनालले रामनगरमा राजमार्ग क्षेत्रमा बनेका स्थायी संरचना हटाउन लाग्दा स्थानीय तहले अवरोध गरेकोबारे बताउन चाहेनन्। , ‘काम गर्न सहज भइरहेको छैन। कसले कसरी असहयोग गर्‍यो भन्ने कुरा त विस्तारै खुलिहाल्ला नि,’ उनले भने।  , पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरसँग सीमा जोडिएको लोथर बजारले पनि सडकको सीमा मिचेको छ। यसबाहेक भरतपुर र अन्य बजारका केही घरको संरचना राजमार्गमा परेको देखिन्छ। हाल ६ लेन सडक विस्तार भइरहेको नारायणगढ-गोद्राङमा केही घर हटाउन डिभिजन सडक कार्यालयलाई हम्मे भइरहेको छ भने केही घरका बराण्डा, बार्तलीहरू हटाउनुपर्ने छ। , ‘भरतपुर महानगरसँगको समन्वयमा ती संरचना हटाएर सडकको सीमा कायम गर्ने प्रयास गर्दैछौं। केही समयमा यी काम सम्पन्न हुन्छन् भन्ने आशा छ,’ डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी खनालले भने।  , पूर्व-पश्चिम राजमार्गअन्तर्गत लोथर बजारमा सडकको अधिकार क्षेत्र कायम हुनेगरी संरचना हटाउन केही दिनमै सुरू गरिने उनले बताए। , भरतपुर विमानस्थल अगाडिका केही पुराना संरचना हटाउन भने महानगरको सहयोग आवश्यक रहेको खनालले बताए।  , पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिनदेखि मौवाखोलासम्मको सडकमा पनि सीमा कायम गर्नेक्रममा स्थानीयले बल मिच्याइँ गर्दै आएको डिभिजन सडक कार्यालयले बताएको छ।, ‘मुग्लिनमा सडककै जमिनमा नयाँ संरचना बनाएर व्यवसाय चलाउनेदेखि घर बनाएर भाडा लिने काम भइरहेको छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘अदालतले सडकको कार्य क्षेत्र हो, निजी संरचना बनाउन मिल्दैन भनेपछि पनि बल मिच्याइँ भइरहेको छ।’, चितवनमा पूर्व-पश्चिम राजमार्गको लोथरदेखि नारायणगढसम्मको ३६ किलोमिटर, मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर, पृथ्वी राजमार्गको मौवाखोलादेखि मुग्लिनसम्मको १८ किलोमिटर, आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको करिब तीन किलोमिटर सडक राष्ट्रिय राजमार्गभित्र पर्छन्।, यी राजमार्गमध्ये आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको खण्डमा सडकको केन्द्र भागदेखि दायाँ-बायाँ १५-१५ मिटर क्षेत्रलाई सीमा तोकिएको छ। अन्यमा २५-२५ मिटर तोकिएको छ।, यसबाहेक पूर्व-पश्चिम राजमार्गको हाकिम चोकदेखि माडीसम्मको सडकलाई हुलाकी राजमार्ग भनेर विस्तार गरिँदैछ। यो पनि राष्ट्रिय राजमार्गमा पर्छ।  , राजमार्गको सीमा कायम गर्न स्थानीयबासीदेखि स्थानीय तहसम्मको अवरोध
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ४१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६५५, ललितपुरमा ९०० र भक्तपुरमा ६३३ सक्रिय संक्रमित छन्। , नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।, काठमाडौं उपत्यकामा थपिए ८७६ संक्रमित, सक्रिय ४१८८
रासस अत्तरिया उद्योग वाणिज्य संघले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ।, उद्योग वाणिज्य संघले आज विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ।, कोभिड-१९ तीव्र रूपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले जारी विज्ञप्तिमा उल्लेख छ।, महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ। , सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित
नारायण खड्का अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव सोमबार नेपाल आइपुगेको छ। , अमेरिकाको सपना पछ्याउँदै  रूपक गैरकानुनी रूपमा हिँडेका थिए। त्यसैबीच उनी बिरामी परेपछि स्थानीय एजेन्टले घानाको एयरपोर्टमा छोडेका थिए। त्यहाँ रहेका नेपालीले उद्धार गरी अस्पताल पुर्‍याए,  तर उपचारको क्रममा उनले ज्यान गुमाए। , शव नेपाल आइपुगेपछि काठमाडौंबाट रूकुमस्थित घर ल्याउन थालिएको छ। रूकुमका युवा तारक केसीले शव लिएर आफू रूकुम आइरहेको बताए।, झन्डै डेढ महिना लामो प्रयासपछि शव नेपाल ल्याउन सम्भव भएको आफन्तले जानकारी दिएका छन्। , घानामा नेपाल सरकारको कुनै निकाय र नियोग नरहेको हुँदा शव घरसम्म ल्याउनका लागि निकै कठिनाइ भोग्नुपरेको उनीहरूले बताए। , ‘हामी मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगिसकेका छौं,’ एक आफन्तले भने, ‘छोरा पनि गयो सबै सम्पत्ति पनि रित्तियो।’, तारक केसीका अनुसार घानाबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म शव ल्याउन साढे १३ लाख रुपैयाँ बढी खर्च भएको छ।, शव ल्याउन लागेको खर्च रूपकलाई अमेरिका पठाउने रूकुमकै स्थानीय एजेन्टहरूले नै बेहोरेका थिए। , त्योबाहेक रूपक अमेरिका जानका लागि लागेको ४० लाख भएको खर्च पनि एजेन्टले दिने सहमति कायम भइसकेको स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। , ‘मरेर जाने त गए अब घर परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने हेतुका साथ सहमति गर्नु परेको हो,’ स्रोतले भन्यो, ‘हामी जुन पीडामा परेका छौं। त्यसको क्षतिपूर्ति अपुरणीय छ। तै पनि हामी बालबच्चाको भविष्यको लागि सम्झौता गर्न बाध्य भयौं।’, दाङका युवाको शव ल्याउन नसकेर पेरूमै अन्त्येष्टि , अमेरिका जानेक्रममा पेरूमा मृत्यु भएका दाङ तुलसीपुर उपमहानगरपालिका-३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको अन्त्येष्टि भने त्यहीँ नै गरिएको छ। , गैरकानुनी रूपमा अमेरिका जाँदै गरेका बोहराको साथीहरूसँगै पैदल हिँडिरहेको समयमा हृदयघातका कारण मंसिर २० गते मृत्यु भएको घर परिवारलाई सँगै रहेका अन्य नेपालीले खबर गरेका थिए। , मामा सुमन घलेले मृत्युपछि भान्जा साहिलको शव घर ल्याउन निकै प्रयास गर्दापनि कुनै उपाए नदेखिएपछि त्यहाँ रहेका नेपालीको सल्लाहमा पेरूमै अन्त्येष्टि गरिएको बताए। , ‘पेरूमा नेपाली दूतावास पनि नहुनु तथा भान्जा गैरकानुनी रूपमा अमेरिका जान खोजेको हुँदा कागजात बनाउन समेत अप्ठेरो हुने देखेर त्यहाँका नेपालीको सहयोगमा मृत्युको पाँच दिनपछि हामीले अन्त्येष्टि गर्न लगाएका थियौ,’ घलेले भने, ‘नेपाली दाजुभाइले अन्तेष्टि गर्दाको क्षण सामाजिक सञ्जालमा हामीलाई लाइभ देखाइदिनु भएको थियो।’, विद्युतिय शव दाहगृहमा भान्जा साहिलको अन्तिम संस्कार गरेपछि घर परिवारले हिन्दु धर्म परम्परा अनुसार गर्नुपर्ने १३ दिनको काजक्रियाको कार्य गरेको घलेले जानकारी दिए। , आफूहरूले नेपालबाट आवश्यक पर्ने जति सबै कागजातहरू पठाएपनि नेपाली दूतावास त्यहाँ नरहेको हुँदा शव ल्याउन सम्भव नभएको घलेले बताए। , ‘भान्जाको मृत्यु भएको ठाउँ दाङदेखि काठमाडौं जत्तिकै टाढा रहेछ,’ मामा सुमन घलेले भने, ‘न प्लेनले त्यो शव बोक्न माने र गाडीले नै। त्यसैले हामीले त्यहाँ रेरष्टुरा सञ्चालन गरिरहेका दुई नेपालीलाई प्लेनको आउने जाने भाडा खर्च बेहोरेनै भएपनि भान्जाको अन्तेष्टि गर्न लगाएका हौं।’ , भान्जाको अन्तेष्टिका लागि मात्रै डेढलाख जति नेपाली रूपैयाँ खर्च भएको मामा सुमनले जानकारी दिए।, मामा घलेले त्यसरी लाखौं खर्च गरेर, ज्यान जोखिममा पारेर अवैध तरिकाले कोहीपनि युवा-युवती अमेरिका नजान आग्रह गरे। , ‘आफूलाई परेपछि बल्ल पीडा के हो थाहा हुँदो रहेछ,’ घलेले भने, ‘त्यसरी अवैध बाटोबाट अमेरिका जान मुर्खता शिवाय अरू हैन रहेछ भन्ने मेरो बुझाई छ।’ , शव ल्याउन नपाएपनि कुरिअर मार्फत् अस्तु भने घरसम्म ल्याउनका लागि आँफुले त्यहाँका नेपाली दाजु भाइहरूलाई रकम पठाइसकेको घलेले बताए। , ‘सायद अब अस्तु केही दिनभित्रै आइपुग्छ होला,’ घलेले भने, ‘भान्जाको अस्तु आएपछि हामी त्यसलाई हिन्दु परम्परा अनुसार नदीमा लगेर सेलाउने छौं।’, सम्बन्धित समाचार:, अमेरिका जान हिँडेका रूपकको शव कुरिरहेकी श्रीमती, अमेरिका जाँदै गरेका तुलसीपुरका युवकको पेरुमा मृत्यु, घानाबाट डेढ महिनापछि आइपुग्यो रूकुम पश्चिमका रूपकको शव
सेतोपाटी संवाददाता देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ।  सुदूरपश्चिम, कर्णाली  तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। , बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। , प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।, हिमपात र वर्षाका कारण हुने चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । ,  , आज देशभर मौसम बदली‚ केही प्रदेशमा हिमपात र वर्षाको सम्भावना
रासस प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।, यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।, विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।, पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए। काठमाडौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।, सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ।, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। , यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ। यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन्।, आज ३०० औं पृथ्वीजयन्ती मनाइँदै
सेतोपाटी संवाददाता नेपाली सेनामा कार्यरत चालकले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले सैनिक प्रहरीसँग समन्वय गरी टिपर चालक ३७ वर्षीय दुर्गा श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, आइतबार राति सवा १० बजे काठमाडौं महानगरपालिका-१० बिजुलीबजार सडकखण्डमा एक टिपरले पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो। , ठक्करबाट कालीकोट पंचाल झरना गाउँपालिका-२ घर भई भक्तपुर व्यासी बस्ने २२ वर्षीय बिपिन कार्कीको मृत्यु भएको थियो। , सो खबर पाएपछि परिसरबाट विशेष टोली खटिएको थियो। त्यसक्रममा पेप्सीकोलाको खहरेबाट बा२ख ५१४५ नम्बरको टिपर लुकाएर राखेको अवस्थामा फेला परेको थियो। , चालक सिन्धुपाल्चोक सेलाङ-५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३७ वर्षीय दुर्गा श्रेष्ठलाई सैनिक प्रहरीसँग समन्वय गरी पक्राउ गरिएको हो। , उनी सैनिक भएको कुरा खुलेपछि प्रहरीले सैनिक प्रहरीसँग समन्वय गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। , ‘अनुसन्धान गर्दै जाँदा चालक सेनाको मान्छे भएको खुलेपछि हामीले सैनिक प्रहरीलाई अनुरोध गरेपछि उहाँहरूले हामीलाई बुझाएको हो,’ उनले भने, ‘उनी अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।’ , उनले पक्राउ परेका श्रेष्ठ सेनाको तल्लो पदका व्यक्ति भएको बताए पनि थप विवरण खुलाएनन्। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।, बिजुलीबजारमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका टिपर चालक सैनिक
विनोद सापकोटा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ।, कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रूत गतिमा अगाडि बढेको हो। होल्डिङ सेन्टरमा सोमबार भेटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।, मेचीनगरको दुवागडीस्थित हडिया खोलाको बगरमा चार बिगाहा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा एक हजार जनालाई अटाउन सकिन्छ। २२ वटा छुट्टाछुट्टै आरसिसी भवनका हरेक कोठा एट्याच बाथरुमसहितका निर्माण भएका छन्।, मेचीनगर-१४ का अध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार १४ वटामा क्वारेन्टिन हलमध्ये दुई वटा मेडिकल अधिकृत र स्वाथ्यकर्मीले आवासको रूपमा प्रयोग गर्नेछन्। २५ करोडको लागत रहेको होल्डिङ सेन्टर गएको असार ३ गते मात्रै हनुमान कन्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो।, पोखरेल भन्छन्, ‘यही गतिमा अन्य विकासका आयोजना पनि निर्माण हुने हो भने निकासा भएका र हुन बाँकी बजेट फ्रिज हुने सम्भावना नै हुँदैन।’, मेचीनगरले होल्डिङ सेन्टरका लागि जग्गा व्यवस्थापन गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो।, वडाअध्यक्ष पोखरेलले भने, ‘कहीँ जग्गा नभेटाएपछि हडिया खोलाको बगरमा होल्डिङ सेन्टरका लागि जग्गा चयन भएको हो।’, होल्डिङ सेन्टर बनेको जग्गा पनि नगरपालिकाको स्वामित्वमा रहेको छ। काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरमा बनाइएको मेची नगरको सूचना शाखाले जनाएको छ।, काँकडभिट्टाबाट १७ किलोमिटरको दुरीमा रहेको होल्डिङ सेन्टर पुग्न धाइजन हुँदै भित्री सडकबाट मानव बस्ती जानुपर्छ। त्यसपछि हडिया खोलाको बगरमै होल्डिङ सेन्टर निर्माण भएको छ।, सरकारले देशभरका ९ वटा नाकामा एउटै मापदण्डका होल्डिङ सेन्टर निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो। सेनाले देशैभरि हनुमान कन्ट्रक्सनलाई निर्माण ठेक्का दिएको छ। सेनाले नै निर्माणाधीन होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ।, कोरोनाको तेस्रो भेरियन्ट आएपछि सेनाले मेचीमा बनायो एक हजार क्षमताको होल्डिङ सेन्टर
खिलानाथ ढकाल नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा चलाउँदा कति क्षेत्रफल र स्थान प्रयोग गर्न पाउने भनी सम्झौतामा प्रस्ट सीमांकन नगरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।, यसरी क्षेत्रफल किटान नगरेर सम्बन्धित निकायले नै क्यान्टिन सञ्चालन गर्ने कम्पनीलाई बढी क्षेत्र ओगट्न प्रोत्साहन गरेको समितिले जनाएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो।, नारायणहिटी दरबारमा क्यान्टिन चलाउन ठेक्का पाएको व्यावसायिक समूह 'बतास ग्रुप' ले त्यहाँको सार्वजनिक जग्गा दुरूपयोग गरेको विषय चर्चामा आएपछि छानबिन समिति गठन गरिएको थियो।, समितिले सोमबार आफ्नो सातबुँदे निष्कर्ष र सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ।, समितिको पहिलो निष्कर्षमा भनिएको छ- 'क्यान्टिन सञ्चालन गर्दा प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको देखिएन। क्षेत्रफल र स्थान स्पष्ट सीमांकन नगरी क्यान्टिन सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ।', यति मात्र होइन, नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको छानबिन समितिको दोस्रो बुँदामा उल्लेख छ।, 'नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वारनजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्वस्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरू निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संवर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरेको देखिएन,' छानबिन समितिले भनेको छ।, सेतोपाटीले सोमबार नारायणहिटी दरबार क्षेत्रको क्यान्टिन निर्माण स्थलमा स्थलगत भ्रमण गरेको थियो। बतास ग्रुपले नयाँ संरचना निर्माण गरेको ठाउँ संग्रहालय विकास समितिको कार्यालयबाट सय मिटर दुरीमा छ। सबै निर्माण कार्य विकास समितिको नाकैमुनि भइरहेको प्रस्टै थाहा हुन्छ।, यसबाट पनि त्यहाँ भइरहेका प्रत्येक निर्माणबारे कार्यकारी निर्देशक दाहालसहित अन्य कर्मचारी अन्जान थिएनन्। सम्झौताविपरीत निर्माण भइरहेको थियो भने उनीहरूले तत्काल रोक्न सक्थे। यसले सार्वजनिक जग्गा दुरूपयोगमा उनीहरूको मिलेमतो देखिन्छ, जसलाई छानबिन समितिले पनि औंल्याएको छ।, यहाँनिर क्यान्टिन सञ्चालनको ठेक्का लगाउने प्रक्रिया कसरी सुरू भयो भन्ने हेर्नुपर्छ।, गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रालय मातहत राखिएको नारायणहिटी दरबार संग्रहालयलाई विकास समितिमा लैजाने निर्णय तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा भएको थियो। उनले २०७६ मंसिर २ गते यसलाई 'नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति' का रूपमा परिणत गरेका थिए।, यो निर्णयले नारायणहिटी दरबारका संरचनालाई व्यावसायिक प्रयोजनमा ल्याउन सजिलो हुँदै गयो।, विकास समितिमा रूपान्तरण गरेपछि नै भेषनारायण दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। उनी पुरातत्व विभागबाट रिटायर्ड सहसचिव हुन्।, दाहालको नियुक्तिपछि उनकै योजनाअनुसार मूलगेटनजिकै रहेको क्यान्टिनमा विकास समितिले आँखा गाडेको त्यहाँका कर्मचारी बताउँछन्।, 'गणतन्त्र स्थापनापछि कर्मचारीका लागि खाजा खाने भनेर महँगो खर्च गरेर क्यान्टिन बनाइयो तर क्यान्टिन प्रयोगमा आएको थिएन,' दरबारमा ३२ वर्षदेखि काम गर्दै आएका एक कर्मचारीले भने, 'यसलाई कसरी प्रयोगमा ल्याउने भनेर विकास समितिमा छलफल हुन थाल्यो।', नारायणहिटी दरबारका सम्बन्धमा २०६५ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले 'राष्ट्रिय हितमा प्रयोग गर्ने' बाहेक अर्को निर्णय भएको छैन। त्यहाँका संरचना व्यावसायिक प्रयोजनमा ल्याउने भनेर मन्त्रिपरिषदले कुनै निर्णय गरेको छैन।, 'मन्त्रिपरिषदले निर्णय नगरे पनि विकास समिति बनाएपछि आम्दानी बढाउने नाममा संरचनाहरू ठेक्का दिन छुट भयो,' ती कर्मचारीले सोमबार सेतोपाटीसँग भने।, यसरी विकास समितिको बोर्ड बैठकले नै प्रयोग नभएर बसेको क्यान्टिनलाई तत्कालै प्रयोगमा ल्याएर संग्रहालय घुम्न आउनेहरूका लागि चियाखाजा खाने व्यवस्थित ठाउँ बनाउन छलफल थाल्यो।, यसैअनुरूप २०७७ साउनमा यो संरचना भाडामा लगाउने भनी टेन्डर आह्वान गरियो।, पहिलो एक महिनाको अवधिमा कसैले टेन्डर भरेनन्। पन्ध्र दिन समय थपेपछि तीनवटा कम्पनी प्रतिस्पर्धामा आए। त्यसमध्ये विकास समितिले बतास ग्रुपसँग २०७७ पुसमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २ लाख २० हजार रूपैयाँ मासिक भाडा बुझाउनुपर्ने थियो।, यस सम्बन्धमा छानबिन समितिले एउटै परिवारभित्रका सेयर सदस्य रहेका तीनवटा फर्मका बोलपत्रदाताबीच आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम थोरै मात्र बढाएर ठेक्का पारिएको उल्लेख गरेको छ।, न्यूनतम मूल्यांकन रकम २ लाख २० हजार ४ सय ४० रूपैयाँ रहेकोमा त्योभन्दा १ हजार १ सय ७७ मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरिएको समितिले जनाएको छ।, समितिले आफ्नो निष्कर्षको पाँचौं बुँदामा भनेको छ, 'क्यान्टिन भाडामा लगाउन निर्धारित दर कायम गर्दा तत्कालीन बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दर स्वाभाविक मान्न सकिएन।', बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले यसअघि सेतोपाटीसँगको कुराकानीमा दोस्रोपटक टेन्डर खुल्दा 'साथीभाइले चलाएको र आफ्नो सेयर भएको कम्पनीलाई पनि टेन्डर हाल्न लगाएको' स्वीकार गरेका छन्।, उनका अनुसार क्यान्टिन चलाउन पहिलोचोटि टेन्डर आह्वान गरिँदा एउटै प्रस्ताव परेको थिएन। दोस्रो टेन्डर खुलाएपछि आफूले प्रस्ताव पेस गरेको बतासको भनाइ छ। त्यति बेला दुईवटा कम्पनीले मात्र टेन्डर हालेपछि दरबार संग्रहालयका कर्मचारीले नै 'दुईवटा मात्र टेन्डर पर्‍यो, मिलेमतो देखियो, अरूलाई पनि भन्नुपर्‍यो' भनेको बतासले दाबी गरेका छन्।, 'मैले अरू कसलाई टेन्डर हाल्न लगाउने!' उनले सेतोपाटीसँग भने, 'साथीभाइले चलाएको र मेरो पनि सेयर भएको कम्पनीले टेन्डर हालेको सत्य हो।', यसरी बतास ग्रुपसँग ठेक्का सम्झौता भएलगत्तै कोरोना महामारीको दोस्रो लहर सुरू भयो। देश लकडाउनमा गयो। बतासले नारायणहिटीमा काम गर्न पाएनन्।, जब दोस्रो लहर शान्त हुँदै गयो, नारायणहिटीको त्यो क्यान्टिन आसपास नयाँ संरचनाहरू निर्माण गर्न थालिए।, छानबिन समिति भन्छ, 'आधिकारिक निकायबाट नक्सापास नगरी, निर्माण स्वीकृती नलिई र मन्त्रालय तथा विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण भएको देखिन्छ। दोस्रो पक्षको रूपमा रहेको बी म्यानेजमेन्ट प्रालि (बतास ग्रुप) ले अनुमति पाएकोभन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिई नयाँ संरचनाहरू निर्माण गरेको देखिएकाले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट आवश्यक कारबाही हुनुपर्ने देखिन्छ।', समितिले यो पनि भनेको छ, 'सम्झौताविपरीत बी म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरिएको पाइएन। निर्माण कार्य तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन।', संग्रहालयका कर्मचारी भने सम्झौतामा किटान नगरिए पनि विकास समितिले क्यान्टिन वरिपरिका जग्गामा निर्माण कार्य गर्न मौखिक सहमति दिएको बताउँछन्।, उनका अनुसार क्यान्टिन वरिपरि सानो पार्क बनाउने, पर्खाल लगाउने लगायत काम गर्न मौखिक अनुमति दिइएको थियो।, यसबापत् संरचना तयार भएपछि प्रत्येक महिना प्रतिवर्गफुट १५ रूपैयाँ संग्रहालयलाई बुझाउने मौखिक सहमति भएको ती कर्मचारीको दाबी छ। 'यही सहमतिपछि बतासको बी म्यानेजमेन्ट कन्स्ट्रक्सन कम्पनीले संरचना बनाउन थालेको थियो,' उनले भने।, छानबिन समितिले आफ्नो निष्कर्षको चौथो बुँदामा यो विषय उल्लेख गरेको छ। कार्यकारी निर्देशक दाहालले समितिको निर्णय तथा आफूलाई प्राप्त अधिकारभन्दा बढी विषय समावेश गरी बतास ग्रुपसँग सम्झौता गरेको समितिले जनाएको छ, नारायणहिटी दरबार संग्रहालयमा भएको सार्वजनिक जग्गा अतिक्रमणबारे पर्यटनमन्त्री प्रेम आलेलाई सोमबार छानबिन समितिको प्रतिवेदन बुझाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहित ढुंगाना दरबारको सम्पत्ति 'राष्ट्रिय हित' मा मात्र हुने भनिएपछि यसबारे सरकारले कहिल्यै कुनै निर्णय नगरेकाले त्यसको 'परिभाषा ' खोजिनुपर्ने बताउँछन्।, 'राष्ट्रिय हित भनेको के हो, कसरी प्रयोग गर्ने भनिएको हो, त्यो परिभाषामा व्यावसायिक प्रयोजनको काम गर्न पाइन्छ कि पाइँदैन सबै खुलस्त हुनुपर्छ,' ढुंगानाले भने।, भाडामा लगाउनुअघि ती सबै विचार गर्दै मास्टरप्लान बनाउनुपर्नेमा त्यसो नगरिँदा अहिलेको विवाद उत्पन्न भएको उनको भनाइ छ।, 'संरचना केका लागि बनाउने, ती संरचना कसरी प्रयोग गर्ने भन्ने कुरा मौखिक वा लिखित सहमतिले मात्रै हुने कुरा होइन,' उनले भने, 'यो देशको सम्पत्ति भएकाले यसको जगेर्ना कसरी गर्न सकिन्छ भनेर दीर्घकालीन योजना बनाउनुपर्छ।', नारायणहिटी दरबारमा १४ रोपनी जग्गा मिचिएको छानबिन समितिको निष्कर्ष, दोषी को?
सेतोपाटी संवाददाता ललितपुर महानगरले आज (मंगलबार) बाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरू गर्ने भएको छ। , माघ २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ४४ हजार विद्यार्थीलाई समेट्ने महानगरले जनाएको छ। , महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थीलाई खोप लगाउने यो कार्यक्रमलाई सफल बनाउन अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए। ‘विद्यार्थीलाई खोप लगाउने कार्यक्रमलाई साझा जिम्मेवारीको रुपमा लिएर अघि बढ्न अनुरोध गर्छु, ’ उनले भने।, उनले खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना र कार्यान्वयन गर्न गराउन समेत उनले आग्रह गरे। , महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १ देखि ४ सम्मका विद्यालयमा, २८ गते वडा नं ५ देखि ८ सम्मका विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिनेछ।, त्यसैगरी २९ गते वडा नं ९ देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ। ३० गते वडा नं १५ का बाँकी विद्यालय र  वडा नं १६ देखि २१ सम्मका विद्यालयमा। यस्तै माघ दुई गते वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ।, महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो खोप कार्यक्रमले महानगरभित्रका ४४ हजार विद्यार्थीलाई समेट्ने जानकारी दिए। ‘यो खोप कार्यक्रमलाई सफल बनाउन शिक्षक, विद्यालय प्रमुखलगायत विद्यालय परिवारको भूमिका महत्वपूर्ण हुन्छ, साझा जिम्मेवारी सम्झेर यो कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु,’उनले भने।, उनले आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अभिभावकको भूमिका थप महत्वपूर्ण हुने प्रष्ट पारे। , महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्नेछ।  ‘प्राविधिक जनशक्ति व्यवस्थापन र सहजताका लागि यस्तो गरेका हौं,’ उनले भने।, खोप कार्यक्रम बिहान १०ः३० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। खोप कार्यक्रम शनिवार सञ्चालन हुनेछैन। खोप लगाउन जाँदा विद्यार्थीले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ। , पुस २६ गते बसेको महानगरीय खोप समन्वय समितिले बैठकको २७ गतेबाट खोप संचालन गर्ने निर्णण गरेको थियो। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन लगायत विभिन्न विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो। यसअघि जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो।, आजदेखि ललितपुरका विद्यार्थीलाई विद्यालयमै फाइजर खोप
सेतोपाटी संवाददाता काठमाडौंमा आजदेखि किशोर-किशोरीलाई  फाइजर खोप लगाइँदै छ।, जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार काठमाडौंमा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो। , भक्तपुरका किशोर-किशोरीलाई आइतबारदेखि नै फाइजर खोप दिन थालिए पनि ललितपुर र काठमाडौंमा मंगलबारदेखि खोप दिन सुरू गरिने भएको हो। , शिक्षा मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरे पनि खोप केन्द्रहरु भने विद्यालयमै निर्धारण गरिएको छ। जिल्लाभित्रका पालिकाले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका हुन्। आफ्नै विद्यालयमा गएर खोप लगाउन पनि सरकारले आग्रह गरेको छ।, काठमाडौँका करिब दुई लाख ७० हजार किशोर-किशोरीलाई फाइजर खोप लगाउने सरकारको लक्ष्य छ। सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लगाउन पनि आग्रह गरेको छ।, यसअघि  सरकारले देशका ५७ जिल्लाका किशोर-किशोरीलाई मोडर्नाको पहिलो खोप दिइसकेको छ।, काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडा भित्रका विद्यालयमा आजदेखि माघ १० गतेसम्म खोप लगाउन सकिने महानगरपालिकाले जानकारी दिएको छ।, २०६१ मंसिर देखि २०६६ मंसिर भित्र जन्मिएका विद्यार्थीले परिचय खुल्ने कागजपत्र बोकेर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आ-आफ्ना स्कुलमा गएर खोप लगाउन सक्ने  काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए। , काठमाडौंका विद्यार्थीलाई आजदेखि माघ १० सम्म फाइजर खोप
सेतोपाटी संवाददाता उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । , ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो । , सोमबार बेलुका भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको थियो। बुढाथोकी भुजेलकोमा पाहुना लाग्न आएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार गरेको देखिन्छ। , ८१ वर्षे वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारीतिर लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।, बुढाथोकीको घर लेटाङमै भए पनि उनी घरमा भन्दा अन्यत्रै बढी बस्ने गरेको स्थानीयले बताएको प्रहरी भनाइ छ । , सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।, पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।, पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
रासस लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । , पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थ्रु गर्न सफल भएको हो । केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक ब्रेक थ्रु गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए। ‘हामीले सुरूङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने। , यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ। उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान  भइरहेको आयोजनाले जनाएको छ । , त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्‍याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ। आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने, ‘हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ।, कूल आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ। आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो। आयोजनामा सबै गरेर ५०० कर्मचारी छन्।, विसं २०७५ मा निर्माण सम्पन्न नभएपछि निर्माणअवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माणमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । सो समयमा पनि निर्माण नसकिएपछि यही पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो । , उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी  प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ। आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा  आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।, लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु
नारायण खड्का चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ।, प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ।, राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचान गर्ने काम सुरू गर्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले जानकारी दिए। , खड्काका अनुसार त्यसबाहेक आसपासका सबै क्षेत्रमा बाघको खोजी हुनेछ। , बाघ पहिचानका लागि  क्यामेराको प्रयोगदेखि, चारो राख्ने जस्ता काम हुनेछ। त्यसरी बाघको पहिचान भएपछि मात्रै सुटरले बाघलाई डार्ट गर्नेछन्। , ‘क्यामेराबाट मात्रै पहिचान गर्न गाह्रो भए राँगो वा पाडो जंगलमा राखिने छ,’ खड्काले भने, ‘अनि बाघ आएपछि रूखमा लुकेर बस्ने सार्प सुटरले डार्ट गर्नेछन्।’, दुई हात्तीसहित नेपाली सेनाको टोली, डिभिजन वन कार्यालयको टोली, भेटनरी डाक्टरको टोली र सार्प सुटरको टोली जंगलमा खटिएको सूचना अधिकारी खड्काले जानकारी दिए। ‘बाघको पहिचान पछि सुट गरिने छ,’ उनले भने, ‘कति डोजको सुट हान्ने र  त्यसले कतिबेरसम्म बाघलाई बेहोस पार्छ भन्ने भेटनरी डाक्टर पनि सँगै हुनेछन्।’, चितवनबाट मुख्य गरि भेटनरी डाक्टर र सुटरसहित चार जनाको एक्सपर्ट टोली सोमबार बेलुका बाँके आइपुगेको हो।, बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीलाई बोलाइए पनि त्यहाँबाट टोली आउन ढिलाई भएकाले चितवनबाट बाघ पहिचान र नियन्त्रणको लागि टोली बोलाएको उनले बताए। सर्वसाधारण आतंकित भए पछि छिटो गरि प्राबिधिक टोली बोलाउन परेको खड्काले जानकारी दिए । , ‘हामी त सकभर भूगोल पनि थाहाँ पाउने, यसै क्षेत्रमा काम गरेका प्राविधिक टोली बर्दियाबाट बोलाउन चाहेका थियौं,’ खड्काले भने, ‘तर, बर्दिया निकुञ्ज क्षेत्रमा पनि यतिखेर पाटे बाघ ग्रामिण क्षेत्रमा प्रवेश गरेको सूचना पछि उहाँहरु उतै अलमलिने देखिएपछि  चितवनबाट बोलाउनुपरेको हो।’ , पुस २२ र २४ गते दुई दिनको अन्तरमा बाघले त्यसक्षेत्रमा घाँस, दाउराका लागि गएका दुई महिलाको ज्यान लिएको थियो । , भदौ यता मात्रै राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बाघको आक्रमणबाट चार जनाको ज्यान गएको छ। अन्य केहीलाई बाघले आक्रमण गरि घाइते बनाएको थियो। , गत भदौमा एक भारतीय नागरिकको बाघले ज्यान लिएपछि नियन्त्रणको प्रयास भएको थियो। त्यतिखेर क्यामेरामा चार वटा पाटेबाघ सँगै कैद भएका थिए।, त्यतिखेर पनि पाडो जंगलमा राखेर गरिएको बाघ नियन्त्रणको प्रयास विफल भएको थियो। , पूर्व-पश्चिम राजमार्गको बर्दिया निकुञ्ज भित्र बेलुकीदेखि बिहान उज्यालो नहुँदासम्म साइकल, मोटरसाइकलजस्ता साना सवारी साधनमा एक्लै यात्रा गर्न निकुञ्ज तथा प्रहरी प्रशासनले रोक लगाएको छ।, आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू
रासस रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।, दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।, जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् । ‘ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो, माझमा दशगजा छ, पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ’, ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्छन्, ‘सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ताकस्ता मान्छे आउँछन् हाम्रो प्रशासनले लेखा राख्न सकेजस्तो लाग्दैन ।’, सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे  दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र रायले बताए।, मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ।, ‘परार (२०७६ को अन्त्यतिर) पनि भारतबाट यता पस्ने हुरुरु बढेपछि सङ्क्रमण ह्वात्तै बढेको थियो’, सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज सम्झनुहुन्छ, ‘सङ्कटका बेला आफ्नो घर फर्कनेलाई रोक्ने कुरा त होइन, तर व्यवस्थित जाँचको चाँजो त मिलाउनै पर्ने हो।’ जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्नसक्ने इम्तियाजको चिन्ता छ। अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन।, भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो। नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताए।, ‘खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ, यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ’, प्रजिअ दाहालले भने, ‘हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं।’, भिठ्ठामोरचाहिँ टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।, नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन्।, भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ । यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।, सीमाक्षेत्रमा घर फर्कनेको लर्को
रासस खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ।, विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामा लगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो। , विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको छ।, तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए। , यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उनले बताए। , यस्तै, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौंलाई अनुमति प्रदान गरिएको हो।, कूल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। , विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ३७ करोड रुपैयाँ राजस्वसमेत संकलन गरेको छ।, यस्तै, विभागले देशका विभिन्न क्षेत्रको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ। , विभागका अनुसार वि.सं २०५२देखि हालसम्म देशभरका विभिन्न २२ शहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ।, विभागले प्रत्येक वर्ष एक सहरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ।, चालू आर्थिक वर्षमा विभागले बर्दियाको गुलरियामा भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो।, आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति
रासस मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ।, वन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौंको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरूढ फेला परेको हो ।, गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ। टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्षेत्रमा पाइने रैथाने चराको गणना गरेको हो । श्रेष्ठ नेतृत्वको टोलीमा रामचन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार, सत्यम पाठक र आयुशा पौडेललगायतका पक्षीप्रेमी तथा वन्यजन्तु फोटोग्राफरको सहभागिता थियो ।, टोलीले नेपाल पंक्षीविज्ञ संघ, वेटल्याण्ड इन्टरनेशनल, हिमालयन नेचुरल, जेडएसएल, नेपाल पक्षी संरक्षण सङ्घ, पोखरा पक्षी समाज, कोसीटप्पु वर्ड वाचिङक्याम्प प्रा.लि. र नर्थप्वाइन्ट मल प्रालिको संयुक्त सहकार्यमा पक्षी गणना गरेको हो।, प्रत्येक वर्ष जाडो छल्न मङ्गोलिया, साइबेरिया, तिब्वत र युरोपबाट जलपक्षी चरा नेपाल आउने गरेका छन् । विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनका कारण चराको बसाइँसराइमा पनि प्रभाव पारेको छ । बसाइँसराइ गरी नेपालका विभिन्न सिमसार तथा टतीय क्षेत्र, नदी किनारमा जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराको पछिल्लो अवस्थाका बारेमा अभिलेखीकरण गर्ने उद्देश्यले मनोहरा क्षेत्रमा चरा गणना गरिएको संयोजक श्रेष्ठले बताए।, तीन दिनसम्म चलेको गणना कार्यक्रममा कतिपय अघिल्ला वर्षमा देखिने गरेका चरा यस वर्ष नदेखिएको र कतिपय नयाँ प्रजातिका चरा पनि देखिएको श्रेष्ठको अनुभव छ। ‘चराको बासस्थान दैनिक जोखिममा पर्दै गएको छ । यस्तै अवस्था रहे यस वर्ष देखिएका चरा अर्को वर्ष नदेखिन सक्छ’, श्रेष्ठले भने।, बढ्दो हरित गृह उत्सर्जन, सहरीकरण र प्रदूषणका कारण पछिल्लो समय चराको बसाइँसराइ, आवतजावतमा परिवर्तन र असरहरू देखिँदै आएको टोलीमा संलग्न ख्यातिप्राप्त अर्का वन्यजन्तु फोटोग्राफर सुगम ताम्राकारले बताए। सरकारी निकायबाट अहिले देखिएको समस्या समाधानमा तत्परता देखाउनुपर्नेमा गणना कार्यमा सहभागी सदस्यले जोड दिएका छन्। यसका साथै स्थानीय तह र स्थानीय बासिन्दाको पनि आगन्तुक पानीचराको संरक्षण कार्यमा उत्तिकै भूमिका हुने सहभागीहरू बताउँछन्। जनचेतना अभावमा कतिपय स्थानीयवासीले आगन्तुक पानीचराको अवैध शिकार गर्ने, बासस्थानमा नोक्सान पुर्‍याउने आदि कार्य हुँदै आएकाले स्थानीयवासीमा यसबारे जनचेतना फैलाउन सके ठूलो टेवा पुग्ने उनीहरूको तर्क छ ।, मध्यपुरथिमिको बोडेस्थित मनोहरा नदीको तटीय क्षेत्र पछिल्लो समय मिनी कोसीटप्पुको नामले ख्याति कमाउँदै गए पनि स्थानीय तहले संरक्षणको नीति ल्याउन सकेको छैन । सोही क्षेत्रमा तीव्ररुपमा सहरीकरण वृद्धि भइरहेको छ । मध्यपुरथिमि नगरपालिकाले पनि त्यस क्षेत्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित सहरीकरण गर्ने उद्देश्यले जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।, मनोहरा क्षेत्रमा पक्षी पर्यटनको प्रचुर सम्भावना भए पनि बढ्दो सहरीकरणले यसलाई जोखिममा पारेको संयोजक श्रेष्ठले बताए। ‘नदी वरिपरि तीव्रगतिमा बढिरहेको सहरीकरण र यसले पारेको प्रदूषणका कारण माछा, भ्यागुतालगायत किराफट्याङ्ग्रा आदिको कमी हुन गई यसरी आवधिक बसाइँसराइ गरी आउने चरा ठूलो सङ्ख्यामा कमी आएको देखिन्छ’, उनले भने।, तटीय क्षेत्रमा मानवीय गतिविधि वृद्धिलगायत ठूलो समस्याका रूपमा रहेको बालुवालगायत नदीजन्य पैदावारको अवैध दोहनले पनि आगन्तुक पानीचराहरू ठूलो समस्यामा परेको उनले बताए। मनोहरा नदीमा दैनिक हुने गरेको बालुवाको चोरी निकासी, फोहर फाल्ने प्रवृत्ति, पानीको प्रदूषण, चराको बासस्थान नष्ट गर्ने प्रवृत्तिले गर्दा पनि पानीचराको बासस्थान जोखिममा परेको श्रेष्ठको भनाइ छ।, भक्तपुरमा गरूड भेटियो
रासस जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा  स्वास्थ्य मापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो।, जिल्लाभित्र कोभिड-१९ संक्रमितको संख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो।, सबै स्थानीय तहले आ-आफ्नो पालिकामा बृहत् रूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारी रूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।, कोभिड-१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पूर्वाधार, जनशक्ति र अक्सिजनको व्यवस्था गरी पूर्वतयारीको अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ।, प्रवाह हुने सरकारी सेवालाई खोप अभियानसँग जोड्न सरकारी कार्यालय एवं सार्वजनिक संस्थानले सेवाग्राहीले कोभिड–१९ विरूद्धको खोप लगाए–नलगाएको यकिन गर्न र खोप नलगाएको पाइएमा लगाउन अनुरोध गर्नुपर्ने जनाइएको छ।, जिल्लामा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सबै क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अनुरोध गरे।, जिल्लाभित्र कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण एवं न्यूनीकरण गर्न, जनजीवनलाई सामान्य तुल्याई राख्न, बढी भीड हुने गतिविधि नगर्न, भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न गराउन पनि अपिल गरिएको छ। , स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह
सेतोपाटी सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।, उनीहरूले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए। , सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।, यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। सोमबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको रिजालले जानकारी दिएका छन्।, स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए। कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा छन्।  , सर्लाहीका सिडिओ र एसपीलाई कोरोना संक्रमण
रञ्जिता अधिकारी कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरू नहुने भएका छन्। माघे संक्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो।, घोराही उपमहानगरपालिका-१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो। यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो। , बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए। , आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ। मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए। , यो मन्दिरमा भेडाको बली दिइने र  परेवा उडाइने गरिन्छ। अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैं खुला हुने अध्यक्ष बुढाले जानकारी दिए। , बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक दुइटा डुंगा सञ्चालनमा ल्याएको  छ।, एउटा डुंगामा चार जना बसेर सयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिए।, मन्दिर व्यवस्थापन समितिसँग पाँच वर्षे सम्झौता गरी तालमा आधुनिक खालको फाइबरको डुंगा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ। , प्रालिका अध्यक्ष जगत दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुंगा ल्याइएको बताए।, लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दथे।, यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरू भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो। यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको संख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो।, थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए।, रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो। लमही बजारबाट २५ किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन्। , दाङका धार्मिकस्थलहरूमा अघिल्ला वर्षहरूमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।, कोरोना भाइरस संक्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ।, नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरूरी रहेको भन्दै उनले मेला महोत्सवका कार्यक्रम नहुने बताए। भिडभाड हुने कार्यक्रम गर्ने समय छैन, त्यसैले सामाजिक दूरी कायम नहुने भएकाले माघीको मेला नलाग्ने जानकारी दिए। , जिल्लाका स्थानीय तहहरूले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरूद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन्।     , जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ। महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए।, माघी पर्वलाई सबैले सुरक्षित तरिकाले आफ्नो पारिवारिक भेटघाट गरेर मनाउन आग्रह गरेका छन्। यही पुस २७ र २८ गते घोराहीमा माघी महोत्सव सञ्चालन गर्ने योजना बनाएको थियो। रासस, कोरोनाका कारण माघी मेला स्थगित
शरद् शर्मा सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ।, साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रम बन्द गराएको छ।, सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ। , संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आमसर्वसाधारणमा देखिन थालेको छ।, संक्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरूमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो। , पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका संक्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ संक्रमित देखिएका छन्।, साथै, नेपालमा हाल सात हजार ८५५ सक्रिय संक्रमित पुगेका छन्। यसरी अहिले दैनिक संक्रमित हुनेको संख्या  बढिरहेको छ। , संक्रमण दर बढ्दै , संक्रमण दर पनि वृद्धि भएको छ। पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको संक्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा संक्रमण पुगेको छ।, यस्तै, पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा संक्रमण दर रहेको थियो।, यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल संक्रमण दर रहेको थियो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन। , मन्त्रालयका  सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए।, ‘बन्दाबन्दी बारेमा छलफल नै भएको छैन,’ उनले भने, ‘हामी अहिले संक्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छौं। अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौं।’, मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ।, उनका अनुसार मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिएको छ।, जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ।,  , ‘जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई त्यहाँ रहेको अस्पतालमा उपचार गर्न सकिन्छ। त्यो अवस्था हेरेर डिसिएमसीले ‘स्मार्ट लकडाउन’ गर्न सक्दछ,’ उनले भने, ‘संक्रमित संख्या र उपचार गर्नसक्ने क्षमता हेरेर ‘स्मार्ट लकडाउन’  गर्ने अधिकार दिइएको छ।’, मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ।, प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ।, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याइरहेको बताए। , स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पुर्‍याइएको छ।, मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ। बुस्टर डोज अग्रपंक्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो।  रासस,  , ‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’
सेतोपाटी संवाददाता काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोनाका कारण स्थगित भएको छ।, जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।, पछिल्लो समय कोभिड-१९ तीव्र रूपमा फैलिँदै गएको अवस्था हेरेर माघ महिनाभर लाग्ने मेलाका कार्यक्रम नगर्न तथा सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको छ।, मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई स्नान गर्न भने दिइने निर्णयमा उल्लेख छ। काभ्रेका १३ वटै स्थानीय तहलाई भिडभाड हुने कुनै पनि कार्यक्रमा नगर्न नगराउन अनुरोध गरिएको छ।, कोरोनाका कारण रोकियो पनौतीको बाह्रवर्षे मकर मेला
सेतोपाटी संवाददाता मोरङमा बञ्चरो प्रहार गरी पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। , सोमबार राति ७ बजे लेटाङ नगरपालिका-२ स्थित खोटाङ खोटेहाङ गाउँपालिका-४ बस्ने ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, उनको हत्या गरेको आरोपमा प्रहरीले घरधनी ८० वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको जनाएको छ। , प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार गएराति उनीहरूले सँगै बसेर मापसे गरेका थिए। त्यसैक्रममा उनीहरूबीच झडप भएको थियो। , झडप हुँदा भुजेलले बुढाथोकीको निधारमा बञ्चरोको पछाडिको भागले हिर्काएका थिए। प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो।  , शव पोष्टमार्टमको लागि धरानस्थित घोपा पठाइएको छ। उनीहरूबीच टाढाको सम्बन्ध रहेको र बुढाथोकी उनको घरमा आउजाउ गरिरहने गरेको प्रहरीले जनाएको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। ,  , मोरङमा पुरूषको हत्या आरोपमा ८० वर्षीय वृद्ध पक्राउ
विवेक राई हामी फेरि कोरोना संक्रमणसँग लड्नुपर्ने स्थितिमा छौं। विज्ञहरूकै भाषामा भन्दा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन 'बिजुली गतिमा' फैलिरहेको छ। बेलैमा तयारी गर्न चुक्यौं भने अर्को क्षति बेहोर्नुपर्ने स्थिति आउनसक्छ।, दुई वर्षअघि पहिलो लहर हामीले भगवान भरोसामै पार लगायौं। त्यसबाट पाठ नसिक्दा दोस्रो लहरमा ठूलो क्षति बेहोर्नुपर्‍यो। आज हामी पहिलो र दोस्रो लहरमा सरकारबाट भएका पाँच गल्तीबारे चर्चा गर्दैछौं। ती गल्ती दोहोर्‍याएनौं भने तेस्रो लहरको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।, १) क्वारेन्टिन र आइसोलेसन, सरकारले पहिलो र दोस्रो लहर चल्दा क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन गर्न सकेन। यसपटक पनि ठोस कार्ययोजना सरकारसँग छैन।, भारत र तेस्रो मुलुकबाट आउनेहरू सबैको कोरोना परीक्षण हुन सकेको छैन। भारतमा दैनिक लाखभन्दा बढी संक्रमितहरू भेटिएका छन्। पहिलो र दोस्रो लहरमा भारतबाट आएकाहरूलाई व्यवस्थित गर्न नसक्दा संक्रमण भयावह भएको थियो। यसपटक त्यही गल्ती दोहोरिँदैछ।, सरकारले सीमानाकाहरूमा हेल्थ डेस्क स्थापना गरे पनि शंकास्पद व्यक्तिहरूको मात्र परीक्षण गर्ने गरेको छ। बाँकीलाई निर्वाध घर जान दिइएको छ। हरेक प्रदेशमा हजार क्षमताको आइसोलेसन सेन्टर बनाउने भनेर सरकारले गत वैशाखमै घोषणा गरेको थियो। अहिलेसम्म त्यस्ता सेन्टर तयार भएका छैनन्।, 'केही ठाउँमा बनेको भन्ने जानकारी छ। केही ठाउँहरूको प्रगति आउँदै गरेको भन्ने छ,' स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले सेतोपाटीसँग भने।, भारतबाट आउनेका हकमा सीमानाकामा हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए। तर सबैको परीक्षण नगरिएको उनी स्वीकार गर्छन्।, 'मिल्दोजुल्दो लक्षण भएकाहरूको मात्र परीक्षण गरिएको छ,' उनले भने, 'परीक्षण गर्दा पोजेटिभ आएकाहरू आइसोलेसनमा जानुहुन्छ। आइसोलेसन छैन भने सम्बन्धित स्थानीय तहहरूको आइसोलेसनमा गएर बस्न भन्छौं। लक्षण नभएकालाई भने सिधै घरमा गएर क्वारेन्टिनमा बस्न भनेका छौं।', लक्षण नदेखिएका संक्रमितलाई निर्वाध घर जान दिँदा उनीहरूले धेरैलाई सार्ने सम्भावना हुन्छ। कम्तीमा सीमाबाटै व्यवस्थित रूपमा घर पुर्‍याउने र घरमा कडाइसाथ क्वारेन्टिन गर्न सके मात्र संक्रमण अरूमा सर्ने सम्भावना कम हुन्छ। सीमामा दुई-चार जनालाई परीक्षण गर्ने र आइसोलेट गर्ने कुराले संक्रमण नियन्त्रणमा उल्लेख्य प्रभाव पार्दैन।, यसका लागि सरकारले स्थानीय तहहरूलाई पूर्ण परिचालन गर्नुपर्ने विज्ञहरूको राय छ।, स्थानीय तहले जति बाहिरबाट आउने व्यक्तिहरूको निगरानी अरू निकायले गर्न सक्दैन। स्थानीय तहले नै बाहिरबाट आएका नागरिकलाई सकेसम्म सीमाबाटै व्यवस्थित रूपमा ल्याएर क्वारेन्टिनमा राख्नुपर्छ। नसके कम्तीमा बाहिरबाट आएका मानिसको कडा निगरानी गर्नुपर्छ। उनीहरूलाई निश्चित मापदण्ड पूरा नगरी समुदायमा घुलमिल हुन दिनुहुँदैन।, २) कन्ट्याक्ट ट्रेसिङ, अघिल्ला लहरहरूमा सरकारले कन्ट्याक्ट ट्रेसिङको महत्व बुझेर पनि चुस्त बनाउन सकेन। ओमिक्रोन भेरियन्ट पहिलेभन्दा छिटो फैलिने हुँदा कन्ट्याक्ट ट्रेसिङमा अलमल हुनासाथ यसले पक्रिने बिजुली गति भेट्न मुश्किल पर्छ।, यो जान्दाजान्दै सरकारले यसपालि पनि कन्ट्याक्ट ट्रेसिङमा जाँगर चलाएको छैन। यो काम व्यापक बनाउनासाथ परीक्षण संख्यामा ठूलो वृद्धि भइहाल्छ। अहिले दैनिक १२ हजार हारहारी मात्र परीक्षण हुँदै आएको छ। जबकि दैनिक ५० हजारभन्दा बढी परीक्षण गर्ने क्षमता सरकारसँग छ।, परीक्षण गरिएकाहरूमध्ये अधिकांश आफै शंका लागेर वा विदेश जानुपर्ने भएकाले परीक्षण गर्न गएका हुन्। सरकारले आफै खोजेर परीक्षण गरेको छैन। संक्रमण समुदायमा फैलिरहेकाले तेस्रो लहर नियन्त्रण गर्ने हो भने यो जरूरी छ।, सरकारले कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिएको छ। तर स्थानीय तहले कसरी कार्यान्वयन गरिरहेका छन् भनेर निगरानी भएको देखिँदैन।, 'परीक्षण, ट्रेसिङ र क्वारेन्टिन गर्ने जिम्मा स्थानीय तहको हो,' मन्त्रालयका सह-प्रवक्ता अधिकारीले भने, 'अरूका हकमा शंका लागेका व्यक्तिहरू सरकारी प्रयोगशालामा निशुल्क परीक्षण गराउन सक्नुहुन्छ। त्यसबाहेक परीक्षण गर्न चाहने जोसुकैले सरकारी र निजी प्रयोगशालामा शुल्क तिरेर परीक्षण गराउन सक्नुहुन्छ।', ३) खोप, सरकारले पछिल्लो समय दैनिक ५ लाख जनालाई खोप दिने योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन। आइतबार मात्रै ४५ हजार जनालाई खोप लगाइयो जुन निकै कम हो।, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कुल जनसंख्याको ३६.७ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन्। सरकारले असोज मसान्तभित्रै ३३ प्रतिशतलाई खोप लगाउने भनेको थियो।, ज-जसले खोप लगाएका छन्, उनीहरूले खोप पाएको धेरै भइसक्यो। यसले उनीहरूमा शरीरमा एन्टिबडी हराइसकेको हुनसक्ने विज्ञहरू बताउँछन्। त्यस्ता मानिसलाई जतिसक्दो चाँडो बुस्टर डोज लगाउनुपर्ने विज्ञहरूको जोड छ।, सरकारले माघ पहिलो सातादेखि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूलाई बुस्टर डोज दिने भनेको छ।, सरकारले खोप व्यवस्थापन पनि राम्ररी गर्न सकेको छैन। धेरै खोप स्टोरमा थन्किएको छ। लक्षित मानिससम्म खोप पुर्‍याउन सकिएको छैन। पछिल्लो समय सरकारले स्कुले बालबालिकालाई विद्यालयमै खोप दिने भने पनि प्रभावकारी छैन। अहिले पनि लाखौं बालबालिका खोपको पर्खाइमा छन्।, खोप लगाउने कार्यलाई थप बढाइने मन्त्रालयका सह-प्रवक्ता अधिकारी बताउँछन्।, ४) अस्पताल बेड र अक्सिजन, अघिल्ला लहरमा सरकार सबभन्दा बढी चुकेको यसैमा हो। सिकिस्त बिरामी हुँदा पनि अस्पतालमा बेड नपाउनु र मागअनुरूप अक्सिजन आपूर्ति नहुनुले धेरै जनाले ज्यान गुमाउनुपर्यो। कति बेड र अक्सिजन नपाएर कयौं दिन भुइँमा छट्पटिन बाध्य भए। यसपालि त्यो अवस्था आउन नदिन सरकारसँग तयारी गर्ने समय छ।, सह-प्रवक्ता अधिकारी बेड, अक्सिजन लगायत पूर्वाधार पुग्ने गरी तयारी अवस्थामा रहेको दाबी गर्छन्।, दोस्रो लहरको सिकाइका आधारमा अब आउने जोखिम अनुमान गर्दा पुग्ने गरी स्रोत व्यवस्थापन भएको दाबी गर्दै उनले भने, 'अस्पतालका बेड, अक्सिजन र भेन्टिलेटरहरू जम्मा भएका छन् र सञ्चालन गर्ने गरी तालिम पनि दिएका छौं।', दोस्रो लहरमा दैनिक २० हजार अक्सिजन सिलिन्डर माग भएकामा १० हजार मात्र पुर्‍याउन सकिएको थियो। त्यो बेला संक्रमितको उपचारमा खटिएका धेरै चिकित्सकले पर्याप्त अक्सिजन भएको भए धेरैको ज्यान जोगाउन सकिने बताएका थिए। अक्सिजन अभावकै कारण दर्जनभन्दा बढी अस्पतालले संक्रमितको उपचार गर्न नसकिने भन्दै हात उठाएका थिए।, 'अहिले दैनिक ४० हजार अक्सिजन सिलिन्डर आपूर्ति गर्न सक्छौं। दर्जनौं अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छ। कन्सन्ट्रेटर पनि धेरै अस्पतालसँग छ,' अधिकारीले भने, 'लिक्विड अक्सिजन ट्यांक पनि १९ वटा छ। जम्मा ३२ वटाको योजना हो। बाँकी केही दिनमा आउँछ।', उनका अनुसार अहिले ४७ वटा अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छ। आवश्यकताका आधारमा ८५ वटा सञ्चालन गर्न सकिन्छ।, त्यस्तै, दोस्रो लहरको तुलनामा आइसियू बेड लगायत स्रोतहरू दोब्बर संख्यामा छन्। यो सकारात्मक पक्ष हो।, दोस्रो लहरमा देशभर एक हजार हारहारी आइसियू बेड थिए। अहिले झन्डै २८ सय आइसियू बेड छन्। मन्त्रालयको तथ्यांकअनुसार देशभर २७९७ आइसियू बेड, १००८ भेन्टिलेटर र ३८४६ एचडियू बेड छन्।, यसैगरी ८२०२ आइसोलेसन बेड, १३९३९ अक्सिजन सिलिन्डर, ६९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। काठमाडौं उपत्यकाका हकमा २४९४ आइसोलेसन बेड, ३२४ एचडियू बेड, ४४५ आइसियू र २५४ भेन्टिलेटर छन्।, ५) प्रशासनिक व्यवस्थापन, प्रशासनिक व्यवस्थापनमा सरकारले यसपटक सक्दो आफूलाई प्रमाणित गरेर देखाउनुपर्छ।, तीन तहको सरकार व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण छ। यो अनुभव सह-प्रवक्ता अधिकारी आफैंले पनि बारम्बार भोगेका छन्। यसपटक पनि उल्लेख्य सुधार देखिन्छ भन्नेमा उनी त्यति आशावादी छैनन्।, 'अरू कसैले भोग्यो-भोगेन थाहा छैन तर प्रत्यक्ष मार भोग्ने मै हो,' त्यो बेलाको अनुभव सुनाउँदै उनले भने, 'माथिबाट गर भन्ने अनि तलबाट नगर्ने। फेरि तल भनेको कुरा माथि भन्यो भने माथिकाले तल काम गर्दैनन्, तिनीहरूको कुरा कसरी गर्ने भन्ने। त्यो मारमा म परेँ। त्यसको अझै समाधान भएको छैन।', तीन तह समन्वय गर्ने चुनौती स्वास्थ्य मन्त्रालय एक्लैले गर्न नसकिने भन्दै यसनिम्ति उच्चस्तरीय संयन्त्र प्रयोग गर्नुपर्ने उनको सुझाव छ।, 'हामीले समायोजनपछि सबै जनशक्ति तीन तहमा बाडेका छौं। २५ हजार जनशक्ति स्थानीय तहमा पठाएका छौं। यसमा स्वास्थ्य मन्त्रालयले कुनै हिसाबले काम लगाउन सक्दैन। छ हजार जनशक्ति प्रदेशमा पठाएका छौं। त्यो जनशक्तिलाई पनि स्वास्थ्यले प्रत्यक्ष निर्देशन र समन्वय गर्न सक्दैन,' उनले भने।, उनका अनुसार स्वास्थ्यसँग दरबन्दी भएको भनेको २५ सय जनशक्ति हो। त्यसैले तीनवटै तहको जनशक्ति समन्वय गर्ने संयन्त्र एउटै भयो भने स्वास्थ्यले गर्ने काम गुणात्मक रूपमा राम्रो हुने उनी बताउँछन्।, विगतमा भएका यी पाँच गल्ती सरकारले दोहोर्‍याएन भने आउँदै गरेको तेस्रो लहरलाई कम क्षतिमै पार लगाउन सकिने विज्ञहरू बताउँछन्। अहिले फैलिरहेको ओमिक्रोन भेरियन्ट बढी संक्रामक रहे पनि दोस्रो लहरको डेल्टा भेरियन्टजस्तो घातक छैन। संक्रमण भइहाले पनि जटिलता ल्याउने सम्भावना कम हुन्छ। तर संक्रमण धेरै गर्ने हुँदा प्रतिशतका आधारमा अस्पताल भर्ना हुनुपर्ने बिरामी संख्या बढ्नसक्छ।, सरकारले माथिका पाँच कुरामा चनाखो भएर आवश्यक स्रोतसाधन व्यवस्थापन गरेन भने फेरि अर्को भयावह स्थितिको साक्षी बन्नुको विकल्प हुन्न।, कोरोनाको पहिलो र दोस्रो लहरमा सरकारले गरेका ५ गल्ती, के ती गल्ती हामीले सुधार्‍यौं?
रासस नेपाली सेनाले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ। , सैनिक मुख्यालय जंगीअड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायममुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गरे।, उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो।, कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनीप्रति पुष्पगुच्छा अर्पण गरे। , वि.सं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। , आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। , दिव्योपदेशमा गृह नीति, परराष्ट्र नीति, अर्थ नीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र संग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन्।, राष्ट्र निर्माताको ‘३०० औं जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख/रचना प्रतियोगिता आयोजना गर्‍यो।, सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पुर्‍याएर विसर्जन गरियो।, सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरू भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हुँदै सोमबार हनुमानढोका आइपुगेको थियो।, प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रूपमा साथ मनाइँदै आएको छ।, सेनाले गर्‍यो जंगीअड्डामा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
सेतोपाटी संवाददाता मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।  , प्रहरीले थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो। , सोमबार साँझ ६ बजे पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको हो।, प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  ,  , मकवानपुरमा १८३ किलो गाँजासहित एक पक्राउ
सेतोपाटी संवाददाता लगालग मान्छेको ज्यान लिन थालेपछि बाँकेमा पहिचान गरी नरभक्षी बाघ नियन्त्रणमा लिन फेरि प्राविधिक टोली बोलाइएको छ।, गत भदौमा एक जना भारतीय नागरिकको ज्यान लिएपछि बाघ नियन्त्रणमा लिन भनेर बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली  पुगे पनि नियन्त्रणमा लिन सकेको थिएन।, बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जबाट बाघ नियन्त्रणका लागि प्राविधिक सहितको टोली बोलाइएको छ।, डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले आइतबार बेलुकासम्म प्राविधिक टोली बाँकेमा आइपुग्ने जानकारी दिए।, ‘बर्दियामा पनि बाँकेमा जस्तै बाघहरू देखिन थालेको हुँदा प्राविधिक टोली त्यतै अल्झिएको भन्ने कुरा आएको छ,’ खड्काले भने, ‘बर्दिया वा चितवन जहाँको टोली पहिला आइपुग्छ त्यसैले काम सुरू हुन्छ।’, प्रदेश तथा संघीय वन मन्त्रीसँगको समन्वयमा लगालग बाघले मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित बनेको हुँदा बाघ नियन्त्रणमा लिनको लागि सहयोग माग्नु परेको सूचना अधिकारी खड्काले जानकारी दिए।, ‘मानिसमाथि हमला गर्ने र ज्यान लिने बाघको पहिचान गर्ने यन्त्रसहित आउने प्राविधिक टोलीले डार्ट गरी बाघ नियन्त्रणमा लिन प्रयास हुने छ,’ उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीसँग ती सबै सामग्रीहरू उपलब्ध छन्।’, क्यामेरा ट्यापिङका आधारमा पुस २२ गते बच्चासहितको पोथी बाघले मानिसको ज्यान लिएको देखिए पनि पुस २४ गते भाले बाघले मानिसको ज्यान लिएको देखिएको भनेर प्राविधिक टोलीले दाबी गरेको सूचना अधिकारी खड्काले जानकारी दिए।, ‘मानिसमाथि आक्रमण गर्ने तथा ज्यान लिने बाघ एउटै नभइ फरक–फरक हुन् भन्ने छ,’ खड्काले भने, ‘ती बाघको पहिचानपछि मात्रै नियन्त्रणमा लिन प्रयास हुनेछ।’, स्थानीय सर्वसाधारण घाँस, दाउरा ल्याउन, पात टिप्न, बस्तुभाउ चराउन गएको समयमा बाघले आक्रमण गरी ज्यान लिने क्रम बढेको छ। स्थानीयलाई जीवनयापन गर्न साँझ-बिहान जंगल नगई हुँदैन। अर्कोतर्फ राज्यले जैविक विविधताका लागि बाघ संरक्षण अभियान चालेको छ। बाघको संख्या बढ्नु र मानिसको संख्या पनि बढेर वन पैदावारको आवश्यकता पनि बढ्दै जाने हुँदा वन गएको समयमा आक्रमण बढेको खड्काले तर्क गरे।, ‘पछिल्ला दुई घटना बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका सामुदायिक वनमा भएको पाइएको छ,’ उनले भने, ‘पुस २४ गतेको घटना झन्डै ७ किलोमिटर जति भित्र जंगलमा भएको देखियो।’, स्थानीय सर्वसाधारण ख्याल नै नगरी त्यति धेरैभित्र जंगलमा जानुले पनि जोखिम बढेको उनले तर्क गरे।, कमजोरी स्थानीयको समेत देखिएको हुँदा चेतना फैलाउन डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज जस्ता सरोकारवालाबाट स्थानीय रेडियोमार्फत सूचना प्रवाह सुरू गरेको खड्काले बताए।, ‘राज्यको नीतिअनुसार हामीले बाघको संख्या वृद्धि गरी जैविक विविधताको पनि संरक्षण गर्नुछ र अर्कोतर्फ स्थानीयलाई पनि जोगाउनु पर्ने चुनौती थपिएको छ,’ उनले भने, ‘बाघको संख्या पनि थपिनु र मानिस पनि उसको घर जंगलमा प्रवेश गर्न नछोड्नुले दुःखद घटना निम्तिएका हुन्।’, सर्वसाधारणमा यस्ता कुराबारे सचेतना फैलाउन सकेमा मानिसमाथि हुँदै आएका आक्रमणका घटनामा न्यूनिकरण हुन सक्ने उनले आशा व्यक्त गरे।, भदौ यता मात्रै दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा बाघको आक्रमणबाट चार जना स्थानीयको ज्यान गइसकेको छ। अन्य केहीमाथि बाघले आक्रमण गरेको भए पनि जोगिन सफल भएका छन्।, भदौदेखि नै बाघको निगरानी गर्न तथा बाघलाई राष्ट्रिय निकुञ्ज अन्तरगतको घना जंगल क्षेत्रमा भगाउन भनेर नेपाली सेनासहितको सुरक्षा टोली त्यसक्षेत्रमा खटिँदै आएको छ। बाघको निगरानी गर्न भनेर हात्तीबाट गस्ती हुँदै आएको छ। साथै झिसमिसे बेलुकादेखि बिहान घाम नझुल्किँदासम्म निकुञ्ज क्षेत्रको पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल, साइकलजस्ता साना सवारी साधनमा एक्लै यात्रा गर्न पनि प्रतिबन्ध लगाउँदै आइएको छ।, बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिन बोलाइयो प्राविधिक टोली
युनिक श्रेष्ठ ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ स्थित नागी सानो भीर पहरे-पाखा सामुदायिक वनमा अचेल चहलपहल हुन्छ। सामुदायिक वनभित्र पर्ने एउटा चट्टान खोप्न काठमाडौंदेखि मान्छे गएका छन्। केही स्थानीय पनि काममा जुटेका छन्।  , अनकन्टार ठाउँमा रहेको चट्टानमा बिस्तारै भगवान् गौतम बुद्धको अनुहारको आकार आउँदैछ।, जंगलको बीचमा रहेको चट्टानलाई बुद्धको मूर्तिमा बदल्ने काम गरिरहेका छन् मनकुमार तामाङले।, ओखलढुंगामै जन्मिएका मनकुमारलाई सानोमै काठमाडौं आएका थिए।, २०५८ सालतिर उनका बुवाआमाले गाउँ छोडेर काठमाडौंको बौद्धमा होटल चलाउन सुरू गरे। मनकुमार काठमाडौंमै हुर्किए, यतै पढे।  , सुरूमा भाडामा होटल सुरू गरेका मनकुमारको परिवारले अहिले गौशालाको तिलगंगा अस्पताल नजिकै आफ्नै भवनमा गौरी होटल चलाइरहेका छन्। ३१ वर्षीय मनकुमारले होटलको सबै व्यवस्थापन हेरिरहेका छन्।, अचेल मनकुमारको तन होटलको काममा व्यस्त भए पनि मन भने ओखलढुंगाको त्यही अनकन्टार चट्टानमा छ।, काठमाडौं आएपछि ओखलढुंगासँग मनकुमारको सम्पर्क टुटेको थियो। बाल्यकालमै गाउँ छोडेर आएका २४ वर्षको हुँदा मात्रै गाउँ फर्किएका थिए।, श्रीमती ग्याल्मूलाई उनले केहीदिनका लागि गाउँ जान्छु भनेका थिए। ग्याल्मूलाई पनि मनकुमार कति नै गाउँमा बस्लान् र भन्ने लागेको थियो। तर मनकुमार तीन महिनापछि मात्रै काठमाडौं फर्किए। त्यतिबेलै गाउँसँग सायद उनको माया बसेको।, ‘काठमाडौंमा हुर्किएको मान्छे। गाउँ जाँदा धेरै समय बस्नुहोला भन्ने लागेको थिएन। त्यहाँ यहाँको जस्तो सुविधा पनि छैन, गाह्रो मानेर छिट्टै फर्किनुहुन्छ भन्ने लागेको थियो,’ ग्याल्मूले भनिन्,‘तर उहाँ त तीन महिनापछि मात्रै फर्किनुभयो।’, ग्याल्मू र मनकुमारको प्रेम विवाह भएको हो। उनीहरूकी एक छोरी छन्।, मनकुमारले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका छन्। उनले इन्जिनियरको काम भने कहिल्यै गरेका छैनन्। यो बीचमा उनी पैसा कमाउन डेनमार्क पुगे। डेनमार्कमा धेरै टिक्न सकेनन्। दुई वर्षमै फर्किहाले।, विदेशमा पैसा कमाउने मनकुमारको सपना फिका भइसकेको थियो।, नेपाल आएर उनले आमा-बुवाले चलाइरहेको होटलमा सघाए, सँगसँगै विभिन्न ठाउँमा लगानी गर्न थाले। नेपालमै उनले राम्रै पैसा कमाए।, जंगलको चट्टानमा बुद्ध मूर्ति बनाउने सोच भने उनलाई गाउँकै एक जना पूजारी (लामा) बाजेको कुरा सुनेपछि आएको हो।, स्थानीय पञ्चे तामाङले एक रात सपनामा त्यो चट्टानमा बुद्धको मूर्ति देखेका रहेछन्। सपनामा बुद्ध देखेपछि उनी दैनिक त्यहाँ गएर ढोग्थे।, ‘बाजेले सपनामा त्यो ढुंगामा बुद्धको मूर्ति देख्नुभएको रहेछ। त्यसपछि उहाँले दैनिक गएर ढोग्न थाल्नुभयो,’ मनकुमारले सुनाए, ‘बाजेले पूजा गर्न थालेपछि स्थानीय स्तरमा त्यो ढुंगाको पनि चर्चा भयो।’, पूजारीको कुरा सुनेपछि धार्मिक आस्था भएका मनकुमारलाई लाग्यो,‘मैले पनि बुद्धको मूर्ति पो देख्छु कि!’, उनी त्यही चट्टान हेर्न ओखलढुंगा पुगे। चट्टानमा त्यस्तो केही देखेनन्।, केही दिनपछि उनले सामाजिक सञ्जालमा एउटा भिडिओ देखे। त्यो भिडिओ चीनको थियो।, उक्त भिडिओ ढुंगामा खोपेर बनाइएको बुद्धको विशाल मूर्तिबारे थियो। त्यही मूर्ति हेर्न हजारौं पर्यटक जाने गरेको उनले भिडिओ हेरेर थाहा पाए। भिडिओ हेरेपछि मनकुमारलाई लामा बाजेले चट्टानमा देखेको बुद्धको मूर्तिको याद आयो।, ‘भिडिओमा त्यस्तो देखेपछि मलाई पनि आफ्नो गाउँको लागि केही गर्न रहर लाग्यो। चीनमा मूर्ति बनेको ठाउँमा धेरै पर्यटक जाँदा रहेछन्। त्यसपछि लामा बाजेले देखेजस्तो बुद्धको मूर्ति बनाउने सोचेको थिएँ,’ उनले भने, ‘बुद्धको मूर्ति बनाए भने त्यो ठाउँ धार्मिक पर्यटकीय क्षेत्र बन्छ। त्यसले गर्दा विकास पनि हुन्छ भन्ने सोच आयो।’, मनकुमारले अहिले जहाँ बुद्धको मूर्ति खोप्न लगाइरहेका छन्, त्यो ठाउँलाई चिहान डाँडा भनिन्छ। गाउँमा कसैको मृत्यु भए त्यहाँ लगेर गाडिन्छ।, मनकुमारका दुबै पट्टीका हजुरबुवाहरूको शव पनि त्यही डाँडामा गाडिएको थियो।, 'आमा र बुवा दुबैतिरका हजुरबुवाहरू गाउँको हितमा काम गर्ने भनेर सोच्नुहुन्थ्यो। आफूहरूले गाउँको लागि केही गर्न सकिएन भनेर भन्नुहुन्थ्यो। उहाँहरू चाहि ब्रिटिस लाहुरे लिन आउँदा पनि गाउँको मायाले नै जानुभएन,' उनले भने, ‘फेरि गाउँमा सुविधा केही पनि छैन। जे-जति छ मान्छेहरू विदेश गएर कमाएपछि भएको छ। पर्यटकीय हिसाबले र युगौंसम्म बाजेहरूको नाममा चिनारी पनि हुन्छ भनेर मैले आफ्नै व्यक्तिगत तर्फबाट मूर्ति बनाउन सुरू गरेको हुँ।’, मनकुमारले त्यहाँ मूर्ति बनाउनुको अर्को कारण पनि छ। काठमाडौंमा आफूहरू सम्पन्न परिवारको रूपमा बसे पनि छोरी ठूली भएपछि गाउँ पठाउँदा भने गाह्रो अवस्था सिर्जना नहोस् भन्ने उनले चाहेका छन्।, ‘काठमाडौंमा एउटा घर होस्, गाडी होस् भन्ने चाहना मान्छेहरूको हुन्छ। जुन हामीले पूरा गरिसक्यौं। तर गाउँमा केही छैन भन्दाचाहिँ अलिकति नराम्रो लाग्छ,’ उनले भने, ‘मेरी छोरीलाई अमेरिका जाउँ भन्न सजिलो भए पनि गाउँ जाऔं भन्दा नाइँ भन्ने स्थिति नआओस् भनेर पनि हो मूर्ति बनाउन लागेको।’, मनकुमारले गत वर्ष मंसिरदेखि मूर्ति बनाउने काम सुरू गरेका थिए। कोरोनाभाइरस नियन्त्रण गरिएको लकडाउनले काम रोकियो।, तीन महिनाअघि फेरि काम सुरू भएको छ।, १२८ फिटको चट्टानमा ३२ फिटको बुद्धको मुर्ति बनिरहेको छ। अहिलेसम्म मूर्तिको काम ७० प्रतिशत सकिइसकेको छ। चट्टानमा बुद्धका आँखा, नाक, कान र टाउकोको गजुरको भाग निस्किइसकेको छ। मुर्ति बुद्धको काँधसम्मको बन्नेछ। मनकुमारले खुट्टासम्मै मूर्ति बनाउन चाहेका थिए। धेरै लगानी पर्ने भएपछि काँधसम्म मात्रै बनाउँदै छन्।, मूर्ति बनाउन मनकुमारले कसैको सहयोग लिएको छैन। आफ्नै ४५ लाख मूर्ति बनाइसक्ने उनको योजना छ। अहिलेसम्म ३२ लाख खर्च भइसकेको मनकुमारले जानकारी दिए।, मूर्ति कोर्न चाहिने मेसिनहरू किनिसकेको हुँदा अब मूर्तिकारलाई ज्याला दिनेमात्रै काम बाँकी रहेको उनले बताए।, अहिलकै अवस्थामा कठिन भए पनि त्यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि भने रिसोर्टहरू पनि खोल्न सकिने उनी बताउँछन्। त्यस्तै गाउँका युवाहरू विदेशिनुपर्ने बाध्यताबाट मुक्त हुने उनले बताए।, काठमाडौंको होटलमा बसे पनि मनकुमार मूर्तिको दैनिक अपडेट लिइरहन्छन्। कहिलेकाहीँ त उनी आफैं पनि त्यहाँ पुग्छन्।, ‘मूर्तिकारहरूले मलाई दैनिक अपडेट दिन्छन्। अब छिट्टै सकिन्छ,’ उनले भने।, यो मूर्ति बनाउन धेरै समय लगाउने पक्षमा पनि उनी छैनन्।, पुस अन्तिममा मूर्ति बनिसक्ने उनले बताए।, ‘ल्होसार वा बुद्ध जयन्तीमा उद्घाटन गर्ने योजना छ। यही महिनाको अन्तिमसम्म तयार भइसक्छ,’ उनले भने।, लाखौं खर्चेर अनकन्टार चट्टानमा बुद्धको मूर्ति खोप्दैछन् मनकुमार
सेतोपाटी संवाददाता निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो। , आगामी माघ १२ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न वितरण गरिएको हो।, राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन्।, आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो।, त्यसैगरी राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ।, निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस) बाट लागू हुने आयोगले जनाएको छ ।, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६१५ जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।, यस्तै नेपालमा धेरै समयपछि एकैदिन एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।, यस्तै नेपालमा अहिले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट २७ जना संक्रमित रहेको मन्त्रालयकी प्रवक्ता मिश्रले बताइन्।,  , काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ।  , आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता  सुनिता नेपालले जानकारी दिइन्।, ‘धेरै विद्यालयमा अहिले हिउँदे बिदा छ। त्यो हिउँदे बिदा माघ १५ सम्म पुर्‍याउनु भन्ने सिफारिस गरेका छौं,’ नेपालले भनिन्,‘कलेजहरूमा परीक्षालगायत कार्यक्रम सञ्चालन भइरहेको भए मापदण्ड पालना गर्न भनेका छौं।’, आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख रामप्रसाद थपलियाले बैठकले विभिन्न १३ वटा सिफारिस गरेको जानकारी दिए। , आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।, ‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ प्रवक्ता नेपालले भनिन्।, सहसचिव नेपालका अनुसार राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।, यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए  स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ। , त्यस्तै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम आयोजना नगर्न पनि समितिले सिफारिस गरेको छ।, व्यवस्थापन समिति बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार आफ्नो जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन पनि भनेको छ।  , नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिरहेको छ। , विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन सिफारिस
सेतोपाटी संवाददाता दैलेखका एकजना पुरुष हराएको ४१ दिनपछि शव फेला परेको छ।, दैलेखको दुल्लु नगरपालिका-७ का ३६ वर्षीय उपेन्द्रमान श्रेष्ठको आइतबार शव फेला परेको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनी मंसिर १४ गतेदेखि हराइरहेका थिए। श्रेष्ठका आफन्त र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दैलेखको गुराँस गाउँपालिका-२ जकत्रे खोलामा उनको शव फेला परेको हो।, सडकबाट करिब २०० मिटर तल खोलामा शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शव भएको ठाउँमा कर्णाली प्रदेश ०२ - ६६५८ नम्बरको मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ।, श्रेष्ठ मंसिर १४ गते दुल्लुबाट सुर्खेत जान भनि मोटरसाइलमा आएका थिए। , घटनाबारे थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, दैलेखमा हराएका व्यक्तिको ४१ दिनपछि शव फेला
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो।, काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो। सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ।, मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गरिएको थियो।, शनिबार र आइतबारको तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर बढ्दै गएको देखाएको छ। आइतबारको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका छन्।, अस्पतालहरूमा समेत कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भई भर्ना दर बढेको छ। अवस्था भयावह बन्दै गएपछि आइतथबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठक बस्यो।, बैठकले कोरोनाको सङ्क्रमणलाई रोक्ने ध्येयका साथ विभिन्न निर्णय गरेको छ।, केन्द्रका सहसचिव एवम् प्रवक्ता सुनिता नेपालका अनुसार बैठकले विभिन्न १३ निर्णय गरेको छ।, औषधि तथा औषधिजन्य सामग्रीमा तदारुकता सिसिएमसीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको छ। , उपचारलाई थप प्रभावकारी बनाउन तथा जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामान छिटोछरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ।, २५ जनाभन्दा बढी भेला हुन नपाउने सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।, सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ।, अर्को सूचना नभएसम्मका लागि सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न/नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ।, सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागू गर्ने व्यवसथा मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ।, यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ।, नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सकारात्मक देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न सम्बन्धित जिल्लास्थित समन्वय गर्ने र विगतमा भएको अभ्यासअनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चिताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाइने भएको छ।, यस्तै सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा अगाडि बढाइनेछ।, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ।, भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको छ।, हवाई यात्रुलाई खोप कार्ड सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाइने भएको छ।, आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ।, पूर्ण मात्रा खोप लगाएको र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायु सेवाले बोर्डिङ पास जारी गर्नेछ।, कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक सङ्क्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था लागू हुनेछ।, अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ।, त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधिपछि मात्र लागू गर्ने व्यवस्था मिलाइएको छ।, कोभिड–१९ सङ्क्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गरिने छ।, यस्तै ओमिक्रोन लगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूमार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप पहल गर्ने बैठकले निर्णय गरेको छ।, कोरोना संक्रमण बढेपछि सिसिएमसीले गरेका १३ निर्णयमा के छ?
एजेन्सी अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।, घटनामा परी ५ दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १३ जना गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।, १९ तले अपार्टमेन्ट भवनमा आगलागी आज बिहान सुरु भएको थियो।, आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए। , दोस्रो र तेस्रो तलाबाट आगलागी सुरु भएको र आगलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फायर डिपार्टमेन्टले जनाएको छ ।, अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो। पीडितहरु हरेक तलाको भर्‍याङमा भेटिएका थिए। कैयनलाई हृदयघात भएको थियो । मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ ।, यसैबीच  न्यू योर्कका मेयर एरिक यडम्सले घटनामा परि मृत्यु हुनेको सङ्ख्यालाई न्यूयोर्कमा ३० वर्षयताकै खराब भनेका छन्।, विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।, अमेरिकाको एउटा अपार्टमेन्टमा आगो लाग्दा निसासिएर बालबालिकासहित १९ को मृत्यु
एजेन्सी ब्राजिलको मिनस ग्यारेस राज्यमा एउटा विशाल चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा १० जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन्।, शनिबार भएको दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेको उपचार भइरहेको छ। पर्यटक सवार डुङ्गामाथि पहाड खसेको भिडिओ पछिल्लो समय भाइरल भइरहेको छ।, फर्नास लेकमा पर्यटकहरूले नौका सवारीको मजा लिइरहेको बेला चट्टानको एक भाग टुक्रिएर नौकाहरुमाथि खसेको भिडियोमा देख्न सकिन्छ। स्थानीय समयअनुसार यो दुर्घटना शनिबार बिहान करिब ११ बजे भएको हो। , मिनस ग्यारेस फायर डिपार्टमेन्टका कमाण्डर कर्नल एडगार्ड एस्तेभोले बेपत्ता व्यक्तिको खोजी भइरहेको बताएका छन्। उनले हालसम्म घटनास्थलमै ७ जना र थप ३ जनाको शव केही समयपछि पानीबाट निकालिएको जानकारी दिए। घटनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना गम्भीर घाइतेको उपचार जारी रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।, - Tão logo aconteceu o lamentável desastre em Capitólio/MG, a Marinha deslocou para a região equipe de socorro da Força., - Desde então a ,@marmilbr, vem atuando no resgate de vítimas e transporte de feridos para a Santa Casa local. ,pic.twitter.com/lDuF0jPK7T, — Jair M. Bolsonaro (@jairbolsonaro) ,January 8, 2022, यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले दुर्घटनाको भिडियो शेयर गर्दै नौसेनाले खोज र उद्धार प्रयासका लागि एक राहत दल तैनाथ गरेको बताएका छन्। , हेर्नुहोस् भिडिओ, Six dead, 20 missing after rock face collapses on boats at waterfall in ,#Brazil, ,https://t.co/K1Pxwo16zP, VIDEO ,pic.twitter.com/grGSGlysjp, — Anthony Boadle (@AnthonyBoadle) ,January 8, 2022,  , नौका बिहार गरिरहँदा विशाल चट्टान खस्यो, १० को मृत्यु २ बेपत्ता (भिडिओ)
सेतोपाटी संवाददाता बाँकेमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का २६ वर्षीय पंकज कुर्मी पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई वडा नं. २० मनिकापुरबाट कुर्मी पक्राउ परेका हुन्।, घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, कटुवा पेस्तोलसहित युवक पक्राउ
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।, हिजोको सिसिएमसीको सिफारिसले धेरैलाई अब लकडाउन हुन्छ वा हुँदैन भन्ने चासो छ। सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ। यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने/नगर्ने निर्णय लिने हो। विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो।, काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू निरन्तर छलफलमा छन्। अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श गरेर र जोखिम मूल्यांकन गरी थप निर्णय लिने भनिएको छ।, स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै अधिकारीले भने, 'तत्काल सबै क्षेत्र बन्द गर्ने कुरा हामीले गरेको छैन। पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन। मन्त्रालयले त्यसो भनेको पनि छैन।', उनले स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्‍यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने बताए।, 'तत्काल लकडाउनमा गइहाल्नपर्दैन। तर संक्रमण बढ्दै गयो र केही उपाय लागेन, स्वास्थ्य प्रणाली नै धरासायी भयो भन्ने अवस्था सिर्जना भयो भने त के विकल्प रहन्छ र?,' अधिकारीले भने।, यद्यपि संक्रमणलाई थप फैलिन नदिए अहिले भएका स्रोतले थेग्नसक्ने सहप्रक्वता अधिकारीको दाबी छ। उनले अहिले पनि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिने भन्दै एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले आइसियू बेडलगायत स्रोत साधनले पुग्ने बताए।, 'हामीले संक्रमण दरलाई यसरी तल राख्नुपर्‍यो ताकि अस्पतालको स्रोत साधनले पुग्न सकोस्,' अधिकारीले भने, 'महामारीमा संक्रमण जिरो बनाउँछु भन्ने त हुँदै हुँदैन तर एउटै समयमा धेरै मानिस बिरामी हुने अवस्थालाई कम गर्न सकिन्छ। त्यस्तो भयो भने हामीसँग भएका कुराले पुग्छ र गाह्रो हुने अवस्था हुँदैन।', अधिकारीका अनुसार कोभिड बिरामीको उपचारका लागि अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्। जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो। किनकी गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा आइसियू बेड थिए। त्यसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्ने मन्त्रालयको बुझाइ छ।, संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नु नपर्ने बताउँछन्। उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको भन्दै पहिले त्यो अवस्थाको निर्क्यौल गर्नुपर्ने जनाए।, अर्को कुरा अहिलेको अवस्था पहिलो र दोस्रो लहरको अवस्था नरहेको भन्दै अहिले धेरै मानिसहरूले खोप लगाएको भन्दै त्यसले पनि संक्रमण भइहाले पनि जटिलता हुनबाट धेरै जोगाउने पुनको बुझाइ छ। साथै अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूको अवस्था पनि सामान्य रहेको उल्लेख गर्दै उनी भन्छन्, 'अहिले पो ओमिक्रोन ओमिक्रोन भनेर परीक्षण गरेपछि देखियो। यो अगाडिदेखि नै फैलिरहेको थियो। तर जो ओमिक्रोन पुष्टि भएका संक्रमितहरू हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य सामान्य छ भन्ने कुरा आएको छ। पहिलो, दोस्रो लहरजस्तो भएको भए त्यस्तो हुँदैनथ्यो।', उनले भारत पनि राम्रो उदाहरण हुनसक्ने भन्दै अहिले भारतमा दैनिक लाखभन्दा बढी संक्रमितहरू भटिए पनि डेल्टा भेरियन्टले जस्तो अक्सिजन र अस्पताल नपाएर मृत्यु भएको भन्ने खबर नआएको बताए।, 'अचानक संक्रमण बढ्यो भन्दैमा तर्सिनेभन्दा पनि वास्ताविकता के हो भनेर बुझ्नुपर्छ,' पुनले भने, 'दक्षिण अफ्रिकाबाट सुरू भएको ओमिक्रोनले अहिलेसम्म कहाँ कस्तो प्रभाव पार्‍यो भनेर हेर्नुपर्छ। त्यसैले तर्सिएर लकडाउनमा गइहाल्नुपर्ने अवस्था देख्दिनँ।', तत्काल लकडाउन गर्नुपर्ने पक्षमा छैन स्वास्थ्य मन्त्रालय
मनोज सत्याल विश्वभर फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण नेपालमा पनि कोरोना संक्रमित संख्यामा व्यापक वृद्धि भएको छ। पछिल्ला दिनमा जुन दरमा संक्रमितहरू बढेका छन्, यसलाई तेस्रो लहरका रूपमा लिन सकिने विज्ञहरू बताउँछन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १८ गते आइतबार २१६ जनामा संक्रमण देखिएको थियो। त्यसको एक साताभित्रै आज आइतबार हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।, भाइरोलोजिस्ट बासुदेव पाण्डे नेपालमा समुदाय स्तरमै ओमिक्रोन भेरियन्ट फैलिरहेको बताउँछन्।, 'हाम्रो जाँच्ने क्षमता कम भएकाले मात्र ओमिक्रोन संक्रमितहरूको संख्या थोरै देखिएको हो,' पाण्डेले सेतोपाटीसँग भने, 'नेपालमा ओमिक्रोन समुदाय स्तरमा फैलिसकेको अवस्था छ।', कोरोनाको पहिलो र दोस्रो लहरका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेका पाण्डेले अब संख्या गन्नेभन्दा सरकारले रोकथाम र नियन्त्रणका लागि तत्काल काम थाल्नुपर्ने बताउँछन्।, 'संसारभरि ओमिक्रोनले अरू भेरियन्टलाई जित्दै गएको छ,' पाण्डेले भने, 'विदेशबाट नआएकालाई पनि ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यो भनेको भाइरस समुदायमा फैलिसकेको छ भन्ने हो। त्यसैले रोकथाम र नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ।', स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार ओमिक्रोन संक्रमितहरूलाई सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएका छन्।, 'विभिन्न देशबाट आएकामा मात्र ओमिक्रोन देखिएको छैन, विदेशबाट नआएकाहरू पनि संक्रमित हुनुहुन्छ,' अधिकारीले भने, 'धेरै संक्रमितलाई खासै गम्भीर असर देखिएको छैन। बाहिरबाट आउनुभएकाले संक्रमणको शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।', स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लोपटक कोरोना देखिएकामध्ये २२ प्रतिशत ओमिक्रोनबाट संक्रमित छन्। पुस महिनामा १ हजार १ सय ४६ पोजेटिभ संक्रमितबाट २२ प्रतिशतमा एसजेन नेगेटिभ भेटिएको थियो। यसरी एसजेन नेगटिभ पाइएकामध्ये २४ जनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको थियो।, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्लो तथ्यांकका आधारमा नेपालमा अहिले देखिएका बिरामीमध्ये २२ प्रतिशतमा ओमिक्रोन देखिएको भन्न मिल्ने बताउँछन्।, उनका अनुसार ओमिक्रोन भाइरस बिजुली गतिमा फैलिए पनि संक्रमितहरूमा जटिल अवस्था देखिएर अस्पताल भर्ना हुने चाप वा मृत्युदरमा उल्लेखनीय वृद्धि भएको छैन।, 'डेढ महिनायताका अध्ययन, अनुसन्धान र विभिन्न देशको ओमिक्रोन अनुभवलाई आधार मान्ने हो भने यो बिजुली गतिमा फैलिन सक्छ तर डेल्टाको तुलनामा कम घातक छ भन्ने साबित भइसकेको छ,' पुनले भने।, दोस्रो लहरपछि खोप लगाउनेको संख्या बढ्नु, धेरै जना पहिल्यै संक्रमित भइसकेको हुनु वा ओमिक्रोन भेरियन्टमा व्यापक म्युटेसन हुनु लगायत कारणले यो कम घातक हुन सक्ने उनको भनाइ छ। यसबारे वैज्ञानिक अनुसन्धान जारी छन्।, नेपालमा पछिल्लोपटक नयाँ वर्ष र क्रिसमस बेला भएका रमझम र भेटघाटपछि कोरोना संक्रमण विस्तार भएको देखिन्छ। तथ्यांकले पनि अंग्रेजी नयाँ वर्षलगत्तै कोरोना भाइरस संक्रमित संख्या उकालो लागेको देखाएको छ।, काठमाडौंको घट्टेकुलोमा घरमै आइसोलेसनमा बसिरहेका २७ वर्षीय एक संक्रमित नयाँ वर्षको पार्टीपछि आफू बिरामी परेको बताउँछन्।, 'मैले दुवै डोज खोप लगाएको थिएँ,' ती संक्रमितले भने, 'न्यू इयरमा धेरै ठाउँमा गइयो। भोलिपल्टबाट रूघा लाग्यो। चिसोले हो कि भन्ने भयो। त्यसपछि ज्वरो आयो। ज्वरो सय ड्रिगी नाघेपछि जचाउन जाँदा कोभिड देखियो।', सेतोपाटीले सम्पर्क गरेका ती संक्रमितले आफूलाई विगतमा कोभिड नभएको र पहिलोपटक संक्रमणको जोखिममा परेको बताए।, अरू के-के लक्षण देखिएका छन् भन्ने प्रश्नमा उनले भने, 'स्वाद/गन्ध हराउने भएको छैन। एक दिन ज्वरोले चेप्यो तर रूघा र खोकी लागिरहेको छ। श्वासप्रश्वासमा खासै समस्या छैन। थकान पनि त्यति साह्रो छैन।', सेतोपाटीले सम्पर्क गरेका अर्का संक्रमितले पनि पहिलो र दोस्रो लहरमा जस्तो जटिलता नदेखिएको बताए।, 'मलाई पहिलो लहरमा पनि कोभिड भयो। मेरो मुटुको रोग छ,' ४४ वर्षका ती संक्रमितले भने, 'दोस्रो लहरमा २० दिन आइसियूमा बसेँ। रेम्डेसिभिर औषधि नै चलाउनुपर्यो। यसपटक पनि सबै लक्षण छन्। तर थला पर्ने गरी बिरामी छैन। परिवारका मान्छेलाई जचाउन म आफैंले गाडी चलाएर अस्पताल लैजान सकेको छु।', टाउको दुख्ने, रूघाखोकी सबै लक्षण भए पनि पहिलाजस्तो चरम अवस्था नदेखिएको उनले बताए।, उनलाई माओवादी केन्द्रको सम्मेलनमा सहभागी भएपछि संक्रमण भयो कि भन्ने लाग्छ। त्यसपछि पनि धेरै भेटघाट भएको उनी बताउँछन्। 'खोप पनि लगाइसकेको थिएँ। यसपटक पहिलाको जस्तै जटिलता नआओस् भनेर सचेत छु,' उनले भने।, दोस्रो लहरमा संक्रमित भएका अर्का एक व्यक्तिले पनि आफूलाई यसपटक फेरि संक्रमण पुष्टि भएको सेतोपाटीलाई बताए।, 'दोस्रो लहरमा कोरोना लागेपछि म घरमै आइसोलेसनमा बसेँ,' ३४ वर्षीय ती व्यक्तिले भने, 'रूघाखोकी लागेपछि चिसोले होला भन्ने भयो। तातोपानी पिउने र पानीको बाफ लिने काम गरेँ। फेरि एक दिन बेस्कन ज्वरो आयो। सय डिग्री नाघेपछि जचाउँदा कोरोना देखियो। पोजेटिभ आएको दुई दिन मात्र भयो। अहिले न ज्वरो छ, न त टाउको दुख्छ। म त घरबाटै काम गरिराखेको छु।', ती संक्रमित व्यक्तिले आफूलाई कार्यालयबाटै कोभिड सरेको बताए।, 'कार्यालयमा एक जना साथी बिरामी पर्नुभएको थियो। त्यहीँबाट सरेको हुनसक्छ,' उनले भने, 'लक्षणहरू अहिले खासै केही नदेखिए पनि आइसोलेसनमा बसेको छु।', एक डोज पनि खोप नलगाएका ती व्यक्तिले अगाडि भने, 'कोभिड भएर निको भएका व्यक्तिहरूमा एन्टिबडी विकास हुन्छ भनेकाले मैले खोप लगाएको थिइनँ। अहिले सोच्दा त्यसै कारण पनि संक्रमणको शिकार भएँ कि भन्ने लागेको छ।', चिकित्सक र संक्रमितका भनाइ सुन्दा पछिल्लोपटक संक्रमित भएकाहरूमा विगतमा जस्तो लामो समय टाउको दुख्ने समस्या नरहेको देखिन्छ। संक्रमितहरूले स्वाद नहराएको र लामो समय ज्वरोको समस्या नभएको पनि बताएका छन्।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत नोभेम्बर महिनामा अफ्रिकी मुलुकहरूमा ओमिक्रोन पत्ता लाग्नेबित्तिकै यसलाई 'भेरियन्ट अफ कन्सर्न' भनेको थियो। लगत्तै नोभेम्बर २६ मा विश्वव्यापी चेतावनी जारी गरेको थियो।, डब्लुएचओले ओमिक्रोन दोस्रो लहरमा देखिएको डेल्टा भाइरसभन्दा तीन गुना बढी फैलिने क्षमताको भएको उल्लेख गरेको छ। बेलायतमा भएको अध्ययनले कोरोना खोप लगाएका व्यक्तिहरूलाई ओमिक्रोन भाइरस संक्रमण भएर लक्षण देखिएको अवस्थामा खोपको प्रभावकारिता डेल्टा भाइरसको तुलनामा घट्ने देखिएको छ।, नेपालमा पनि 'बिजुली गतिमा' फैलिँदै ओमिक्रोन
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले एक जना उपप्राध्यापकसहित चार जनालाई स्पष्टीकरण सोधेको छ।, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका उपप्राध्यापक चिरंवीवि काफ्ले, सोही क्याम्पसकी लेखा सहायक सावित्रा गौतम, चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जका मुख्य प्राविधिक सहायक सुजन गुरूङ र सामान्य प्रशासन महाशाखा कीर्तिपुरकी कार्यालय सहयोगी शर्मिला डंगोललाई स्पष्टीकरण सोधिएको त्रिविले सूचना निकालेर उल्लेख गरेको छ।, उनीहरू सम्बन्धित कार्यालयमा नआएकोले स्पष्टीकरण सोधिएको हो। उपप्राध्यापक काफ्लेले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म अध्ययन बिदा लिए पनि हालसम्म सम्पर्कमा आएका छैनन्।, गौतम भने बेतलवी बिदा माग गरेको र अस्वीकृत भएपछि सम्पर्कमा नरहेको त्रिविले जनाएको छ।, गुरूङले अध्ययन बिदाका लागि निवेदन दिए पनि कागजात नपुगेर स्वीकृत भएको थिएन।, त्रिविले उनीहरूलाई किन नहटाउने भन्दै ३५ दिनभित्र स्पष्टीकरण दिनसमेत आग्रह गरेको छ। यसअघि १५ दिने स्पष्टीकरण सोधिएकोमा गौतमले मात्रै स्पष्टीकरण दिएकी थिइन्।, त्रिविले सोध्यो उपप्राध्यापकसहित चार कर्मचारीलाई स्पष्टीकरण
सेतोपाटी संवाददाता दाङमा बस दुर्घटना हुँदा  नौ महिनाका एक शिशुको मृत्यु भएको  छ। दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन्। , भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परी मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए। , उक्त दुर्घटनामा परी सुर्खेतको छिन्चु नगरपालिका वडा नं. ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको  पूर्वाह गाउँपालिका वडा नं. ६ का ३४ वर्षीय रामविनायक कुर्मी, पर्साको वीरगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ३५ वर्षीय रतन शाही, भारत विहारका ४० वर्षीय सन्शात खातुन, सोही ठाउँका  एन्डिल आलक, बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका वडा नं. १८ की ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय धनबहादुर रावत, सोही ठाउँका  ५२ वर्षीय  गोरख रावत रहेको घाइते भएको प्रहरीले जानकारी दिएको छ। , बसमा कुल २० यात्रु सवार रहेका  थिए। घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा  परेको प्रहरीले जानकारी दिएको छ।  , बस सडकदेखि झन्डै २० मिटर जति तल खसेको छ। , प्रहरी निरीक्षक भट्टले दोलाई खोला पुल नजिकै रहेको खाल्डोको कारण बस दुर्घटना भएको बताए।, ‘राजमार्गमै त्यहाँ नजिकै खाडलहरू छन्,’ उनले भने, ‘जसले गर्दा पहिलो पटक आउने सवारी साधन थाहा नपाएर दुर्घटनामा परेको थुप्रै घटनाहरू छन्।’, यसअघि पनि उक्त क्षेत्रमा दुर्घटनाहरू भए पनि सडकका खाडल पुर्न कसैले ध्यान नदिएको उनले गुनासो गरे।, दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घाइते
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ।, सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो।, सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ।, मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।, ‘सिसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने हो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘आज भरैसम्म मन्त्रालयबाट सूचना जारी गर्छौं।’, वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ।, सिसीएमसीको सिफारिसअनुसार १५ दिन विद्यालय बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय
एजेन्सी अमेरिकामा क्र्यास ल्यान्डिङ भएको एउटा सानो जहाजमा रेल* ठोक्किएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सेसेना कम्पनीको उक्त जहाज आइतबार बिहान पाकोइमाबाट उडनासाथ क्र्यास ल्यान्डिङ गरिएको थियो। रेलवेको जक्सनमा क्र्यास ल्यान्डिङ भएको जहाजमा केहीबेरमै एउटा रेल आएर ठोक्किएको थियो।  , प्रहरी अधिकारीले  जहाजका पाइलटलाई तत्काल उद्धार गरेका थिए। पाइलटलाई  निकाल्नासाथ रेलले जहाजलाई ठक्कर दिएको थियो। रेलको ठक्करबाट जहाज टुक्रा-टुक्रा भएको थियो।, जहाजका चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने  रेलका कुनै पनि यात्रु घाइते भएका छैनन्।, लस एन्जलस प्रहरी डिपार्टमेन्टले घटनामा चालकलाई उद्धार गर्ने प्रहरीको भिडिओ राख्दै उनको तारिफ गरेको छ।, *सच्याइएको, अमेरिकामा जहाजसँग ठोक्कियो रेल!
रासस तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आए पनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ।, नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए।, नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरूप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए। , नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेस गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको जनाएको छ।, उनले भने, ‘मानुङकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो।’, उक्त जग्गाको लागि लागि रु चार अर्ब प्रस्ताव पेस गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उनले बताए। , योजना आयोगका पूर्वउपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञ सहितको टोली खटाएर अहिले मानुङ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।, ऐलानी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताए।, सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ।, उक्त प्रस्ताव प्रस्तुत गर्ने अवसरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ।, उनले भने, ‘यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन।’, यदि कानुनले बाधा पुग्दैन भने मानुङको विकास परियोजनामा लगानीकर्ताका रूपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उनले बताए। , पर्यटकीय गाउँ बनाउन युवा कस्सिए  , जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित दभुङलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न यहाँका युवा लागेका छन्।, पर्यटकीय सम्भावना रहेको चण्डीदेवी मन्दिर, पान्धारे बाराही मन्दिरलगायतका क्षेत्रको गुरूयोजना बनाएर विकास  गर्न युवा अघि बढेका हुन्।, सदरमुकाम दमौलीबाट छोटो दूरीमा रहेर पनि बत्तीमुनिको अँध्यारो बनेको भन्दै युवा जागरूक बनेको चण्डीदेवी अक्षयकोष समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए।, पान्धारे बाराही मन्दिरदेखि चण्डी मन्दिरसम्म पैदलमार्ग निर्माण गर्ने योजना अनुरूप प्रक्रिया अघि बढाइएको उनले बताए। पान्धारेको पानी लिफ्टिङ गरी चण्डी मन्दिरसम्म पुर्‍याइनेछ।, उनले भने, ‘गाउँका खोल्साखाल्सीमा रहेको झरनालाई प्रचारप्रसार गरी क्यानोनिङको रूपमा विकास गर्न लागिएको छ।’, अटुट रूपमा बगिरहने पानीको मूल रहेकोले पशुपंक्षी तथा माछापालन गरी व्यवसाय सञ्चालन गर्न सकिने पान्धारे बाराही मन्दिर संरक्षण समितिका सचिव बसन्तकुमार श्रेष्ठले बताए।, 'मानुङकोट डाँडामा बतासको लगानीमा निर्णय भएको छैन'
नारायण खड्का मामाघरबाट पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। , जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुवाङका १८ वर्षीय बसन्त खत्री र २३ वर्षीय खेमराज चौधरी पक्राउ परेका छन्। , स्थानीय गंगादेवी क्षत्रीको घरबाट शनिबार मध्यराति पाँच तोला सुनका गरगहना र ३९ हजार नगद चोरी भएको थियो। क्षत्री बसन्तकी मावली हजुरआमा हुन्। , सूचना आधारमा प्रहरीले आइतबार आफन्ती सबै २२ जना जतिलाई सोधपुछका लागि बोलाएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले सेतोपाटीलाई बताए। , सोधपुछका क्रममा बसन्त खत्रीको कुरा केही अस्पष्ट र शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि आशंका गर्दै निगरानी गर्न सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक भट्टले बताए।, बसन्तका क्रियाकलपा थप शंकास्पद देखिएपछि प्रहरीले फेरि आइतबार बेलुका उनलाई प्रहरीमा बोलायो। खानतलास गर्ने क्रममा उनको साथबाट मोबाइलमा प्रयोग हुने आठ वटा सीम कार्ड फेला परे। त्यसमध्ये बसन्तले एउटा सिमकार्ड तत्कालै चपाएर भाँचिदिए।, त्यसपछि प्रहरीले मावली हजुरआमाको गरगहना र नगद कहाँ छ ? भनेर सोधेपछि उनीहरूले लुकाएको ठाउँको बारेमा बताएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए। , ‘बसन्तले ३९ हजार रुपैयाँ वडा कार्यालय पछाडिको झुपडीमा लुकाएको कुरा खोले र खेमराजले ५ तोलाका गरगहना रामजानकी मन्दिरको पछाडि खाल्डो खनेर गाडेको कुरा खोले,’ प्रहरी निरीक्षक भट्टले भने, ‘उनीहरूले भनेकै ठाउँमा लगेर जाँदा नगद र सुनका गरगहना फेला परे।’, घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताए।, मामाघरबाट गरगहना र नगद चोरी गरेको आरोपमा नातिसहित दुई पक्राउ
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ।, महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो।, मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो।, भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आज आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदै छ।, महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो।, सहमतिपत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ।, सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी) को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिइन्।, देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाको भनाइ छ।, महानगर प्रमुख दाहालले भनिन्, ‘शिक्षामन्त्री ज्यूले राजधानी पछिको मेडिकल सिटी र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ।’, स्वयम् मन्त्री र सरोकारवालाले पनि भरतपुरलाई उपयुक्त ठानेका छन्।, महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो शिक्षाण अस्पताल हुने उनको भनाइ छ।, यसले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने उनी बताउँछिन्।, महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो।, स्वयम् प्रचण्डसमेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लागेको महानगर प्रमुख दाहालले जानकारी दिइन्।, भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, संघीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताइन्।, उनले भनिन्, ‘सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ।’, शिक्षा मन्त्रालयले विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो।, समितिका सदस्य शिक्षक महासंघका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए।, उनले भने, ‘अन्यत्र पनि नराम्रो छैन। सबै हिसाबले भरतपुर अरू राम्रो छ।’, समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ।, केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उनले जानकारी दिए। समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौंमा समेत जग्गा हेरेको थियो।, समितिले जग्गा हेर्नुपूर्व पेसागत सङ्घसङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए।, अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाइएको छ।, भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिए।, सबै हिसाबले भरतपुर उपयुक्त हुने उनी बताउँछन्। शिक्षा मन्त्रालयले सुरूमा ३०० शय्या र क्रमशः शय्या थप गर्दै लैजाने योजना बनाएको छ। अस्पतालसँगै व्यवस्थित कुरूवा घर बनाइँदै छ।, शिक्षक अस्पताल भरतपुरमा बनाउन प्रस्ताव
प्रशन्न पोखरेल एसएलसीलाई कुनै समय 'फलामे गेट' भनिन्थ्यो। अहिले एसएलसीको नाम बदलेर एसइई राखिएको छ, तै पनि यसलाई फलामे गेटकै रूपमा लिने मानसिकता बदलिएको छैन।, कुनै पनि परीक्षालाई स्वाभाविक रूपमा लिनुपर्नेमा राष्ट्रिय स्तरको एसइईले भने विद्यार्थी र अभिभावक दुवैको निम्ति मानसिक दबाब उत्पन्न गर्दै आएको छ। जुन घरमा एसइई दिने विद्यार्थी छन्, त्यो घर, उसको परिवार, नातागोता र छरछिमेकै लागि यो परीक्षा वर्षभरि नै चासोको विषय बन्छ।, यसपालि फेरि देशभरका कक्षा १० का विद्यार्थी एसइई भनिने माध्यमिक शिक्षा परीक्षाको तयारीमा छन्। विगतमा जस्तै फलामे गेट पार गर्नुपर्ने चुनौती आफ्नो ठाउँमा छँदैछ, त्यसमाथि केही चुनौतीहरू थपिएका छन्।, परीक्षा आउन अब जम्मा तीन महिना बाँकी छ। तर अधिकांश विद्यालयले पाठ्यक्रमअनुसार पूरा पढाइ भ्याएका छैनन्।, पछिल्लो कोरोना लकडाउन क्रममा अनलाइन कक्षा सञ्चालन गरेका सहरी क्षेत्रका विद्यालयले नै पाठ्यक्रम पूरा गर्न नसकेका बेला अनलाइन कक्षाधरि पढ्न नपाएका ग्रामीण विद्यार्थीको पठनपाठन झन् दुरूह अवस्थामा छ।, यति मात्र होइन, अघिल्लो वर्ष कक्षा ९ को पूरा साल अनलाइन पढाइले विद्यार्थीको आधारभूत स्तर खस्किएको छ। यसपालि पनि शैक्षिक वर्षको सुरूमा अनलाइन कक्षा र त्यसपछि कोरोना त्रासले भौतिक कक्षाहरू राम्ररी चल्न सकेका थिएनन्। यसले एसइईको फलामे गेट कसरी पार गर्ने भन्ने चिन्ता थपिएको छ।, यसबीच आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे विदा दिन सिफारिस गरेको छ। कोरोना संक्रमणको बढ्दो दरसँगै विदा अझै बढ्न सक्छ। यसले एसइईको तयारीमा रहेका विद्यार्थीको पढाइ थप खलबलिने भएको छ।, यसै सन्दर्भमा कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसइई परीक्षालाई पूर्ण रूपमा खारेज गरी कक्षा १२ मा मात्र यस किसिमको माध्यमिक परीक्षा लिने कि भन्ने बहस पनि सुरू भएको छ।, संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसइई खारेज गर्न पटकपटक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयनमा आउन सकेको छैन। जयपुरी घर्ती अध्यक्ष रहेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको २०७७ वैशाख र २०७८ पुसमा बसेको बैठकले एसइईको आवश्यकता नरहेकाले सधैंका लागि खारेज गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।, पुसको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले 'एसइई खारेज गर्नेबारे छलफलमै छौं' भनेका थिए। त्यति बेला समिति अध्यक्ष घर्तीले खारेज गर्न पुन: निर्देशन नै दिएकी थिइन्।, यसबीच कोरोना महामारी उत्कर्षमा पुगेपछि २०७६ मा सरकारले एसइई परीक्षा लिएको थिएन। २०७६ चैत ६ देखि हुनुपर्ने परीक्षा २०७७ जेठमा पनि गर्न सम्भव नदेखिएपछि मन्त्रिपरिषदले नै परीक्षा नलिने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेको र लकडाउन जारी रहेको भन्दै शिक्षा मन्त्रालयले आन्तरिक मूल्यांकनबाट परीक्षार्थी उत्तीर्ण गराउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित गरिएको थियो।, २०७७ जेठ १८ को मन्त्रिपरिषदले उक्त प्रस्ताव पारित गरेपछि चार लाख ८२ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकन गरिएको थियो।, त्यसपछि शैक्षिक सत्र २०७७ मा पनि कोरोना संक्रमणले छाडेन।, चैतमा हुने गरेको एसइई परीक्षा वैशाखसम्म पनि लिने अवस्था नदेखिएपछि २०७८ वैशाख २७ मा राष्ट्रिय परीक्षा बोर्डले नै एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। त्यस बेला एसइई जेठ १३ देखि र कक्षा १२ को परीक्षा जेठ २६ सम्म गर्ने तयारी थियो। एसइईका लागि ५ लाख १७ हजार विद्यार्थीले फारम भरेका थिए।, विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर २०७८ साउन २३ मा एसइई नतिजा प्रकाशित गर्दा ४ लाख ७४ हजार २७८ विद्यार्थी पास भएका थिए।, यसरी कोरोना संक्रमण देखिएपछि नेपालमा लगातार दुई वर्ष एसइई परीक्षा रोकिए।, यसपालि पनि एसइई नजिक आइरहेका बेला नेपालमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ। संसदीय समिति र शिक्षामन्त्रीले एसइई अब खारेज गर्नुपर्ने बताएको र कोरोना पनि बढ्दै गइरहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका कक्षा १० का विद्यार्थी अन्यौलमा छन्।, संसदीय समितिले कक्षा १० र ११ लाई स्थानीय तहबाटै परीक्षा लिने व्यवस्था गरिनुपर्ने र कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परीक्षा लिन सकिने बताइरहेको छ। संविधानले नै विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको छ। कक्षा १२ सम्मलाई विद्यालय तह भनिएको छ।, संसदीय समितिले एसइई खारेज गर्न पटकपटक निर्देशन दिए पनि त्यसअनुसार कानुन बनाउनेतर्फ सरकारले ध्यान दिएको छैन।, शिक्षा ऐन २०२८ को आठौं संशोधनले कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह भनेको छ। यही ऐनअनुसार पहिलेको एसएलसी रूपान्तरण गर्दै एसइई बनाइएको थियो।, शिक्षा ऐनको दफा २ को (छ) बुँदामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा भनेर कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई भनिएको छ। तर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० मै एसइई लिँदै आएको छ।, शिक्षाविद् विद्यानाथ कोइराला विद्यालय तह कक्षा १२ सम्मलाई मानेपछि कक्षा १० मा एसइई लिनुको औचित्य नहुने बताउँछन्।, 'ऐनले विद्यालय तह नै कक्षा १२ सम्म भएको परिभाषित गरेकाले कक्षा १० मा लिने एसइईको औचित्य छैन,' उनले सेतोपाटीसँग भने, 'माध्यमिक तह कक्षा १२ सम्म बनाइसकेपछि बीचमा किन राष्ट्रिय स्तरको परीक्षा लिने?', उनले कक्षा ११ र १२ लाई क्याम्पस तहबाट तल झार्दै विद्यालय तहमा गाभेको हो भने कक्षा १० मा एसईई गर्नु नपर्ने बताए।, 'विद्यालय तह पहिले कक्षा १० सम्म मात्रै थियो। त्यसलाई बढाएर ११ र १२ थप गरिएको हो भने कक्षा १२ मा परीक्षा नलिएर किन १० मै एसइई भनेर राखियो?' उनले प्रश्न गरे।, संसदीय समितिले पनि एसइई खारेज गर्न पोहोर र यो वर्ष निर्देशन दिएको उल्लेख गर्दै उनले भने, 'उनीहरूले पनि बुझेरै निर्देशन दिए त होलान्!', बरू कक्षा १० मा एसइईको विकल्पमा आन्तरिक परीक्षा लिन सकिने कोइरालाको भनाइ छ। त्यस्तो परीक्षा विद्यार्थी आफैंले गर्ने मूल्यांकन, अभिभावकले गर्ने र शिक्षकले गर्ने स्तरीय मूल्यांकन हुने उनले बताए।, 'गुणस्तर पुग्दैन, शिक्षकले आफूखुसी धेरै नम्बर दिन्छन् भन्ने लाग्यो भने स्तरीय परीक्षा लिए हुन्छ। विद्यार्थी स्वयंले गर्ने मूल्यांकन, अभिभावक र शिक्षकले गर्ने मूल्यांकन कक्षा १० मा गर्ने व्यवस्था गरौं,' उनले भने।, एसइईलाई हिजोको एसएलसीको लिगेसी भनेर मात्र बोक्न जरूरी नहुने उनले बताए।, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी परीक्षा लिने र पठनपाठनकै शैलीमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउँछन्।, 'हामीकहाँ वैकल्पिक विधिबाट पढ्ने अवस्था बलियो छैन। विद्यार्थी भौतिक रूपमा विद्यालय गएर पढ्नेबाहेक इन्टरनेट लगायतबाट पढ्ने व्यवस्था गर्न सरकारले यतिका समय पाउँदा पनि तयारी गरेन,' उनले भने, 'हिमाल र पहाडी भेगमा इन्टरनेट छैन। विद्यार्थीसँग पढ्नका लागि डिभाइस छैनन्।', गत वर्ष तीन/चार महिना विद्यालय गएर पढेकै भरमा विद्यार्थीले परीक्षा दिएको उनले बताए।, 'विद्यार्थीले कोर्सअनुसार २२० दिन पढ्नुपर्छ। विद्यालय शिक्षा कक्षा १२ सम्म स्थानीय तहमा गयो भने पनि संक्रमणकाल छ, भनेजति बजेट पनि छैन,' उनले भने, 'परीक्षा भनेको विद्यार्थीले कति सिके भन्ने मापन गर्ने हो। तर शिक्षण सिकाइ क्रियाकलाप नै पूरा भए पो नतिजा राम्रो आउँछ त!', कोरोना बढ्दै गए कम्तीमा १५ दिन विद्यालय बन्द गर्नुपर्छ भन्ने आफूहरूले अहिले माग गरिरहेको उनी बताउँछन्। 'भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्न सकिएन भने भर्चुअल माध्यमबाट भने पनि पढाउनुपर्छ,' उनले भने।, उनका अनुसार कोरोनाविरूद्ध विद्यार्थीलाई खोप लगाउनुपर्छ भने भर्चुअल पठनपाठन र परीक्षामा जोड दिनुपर्छ। 'विद्यार्थीको मूल्यांकन गर्न परीक्षा गर्नुपर्छ तर कसरी गर्ने भन्ने सरकारले तय गर्ने कुरा हुन्,' उनले भने, 'विद्यार्थी र अभिभावकले सहयोग गर्ने त हो।', एन-प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा कम विद्यार्थी भएका विद्यालयमा भन्दा पनि धेरै विद्यार्थी भएका विद्यालयलाई हेरेर कोरोना बेला कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने यकिन गरिनुपर्ने बताउँछन्।, 'एसइई वा जे नाममा भए पनि कक्षा १० मा परीक्षा त हुनुपर्छ,' उनले भने, 'कोरोना वा केही कारणले परीक्षा नगर्ने गर्न हुन्न। यसो गरे जथाभाबी नम्बर पठाए भन्ने अपजस पनि आउँछ, हामी यस्तो कुरा सुन्न चाहन्नौं।', उनले कक्षा ८, १० र १२ मा विद्यार्थीको मूल्यांकनका लागि स्तरीकृत परीक्षा लिने व्यवस्था अन्य देशमा पनि अभ्यासमा रहेको बताए।, 'एसइई खारेज गर्न हुन्न। सुधार गर्दै लैजाने भन्ने कुरा बहसको विषय हुन सक्छ,' उनले भने, 'कक्षा १० का विद्यार्थीको पनि मूल्यांकन गर्न परीक्षा त गर्नुपर्ला, एसइई वा जे नाम दिए पनि!', पछिल्लो समय राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०, ११ र १२ को परीक्षा लिने गर्छ।, बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपालि पनि एसइई गर्ने तयारी रहेको बताए। 'एसइई हुनुभन्दा तीन महिना अगाडिदेखि तयारी गर्नुपर्छ। कुन मोडलअनुसार परीक्षा लिने भन्ने छलफल बल्ल सुरू भएको छ,' उनले भने, 'एसइई खारेज गर्ने भन्ने छैन। केन्द्रले गरिरहेको परीक्षालाई बरू प्रदेश तथा स्थानीय तहमै अधिकार दिएर गर्ने पो हो कि भन्ने बहस चलेका छन्।', यो शैक्षिक सत्रका विद्यार्थीले चैत मसान्तसम्म पढ्न पाउने उनले बताए।, 'चैतसम्म त कक्षा नै चल्छ। वैशाखमा एसइई गर्ने तयारी छ,' उनले भने, 'गत वर्षहरूजस्तो आन्तरिक परीक्षा हुन्न, कोरोनाको अवस्था पनि हेरौं, एसइई हाउगुजीका रूपमा भन्दा पनि सामान्य परीक्षाका रूपमा लिनुपर्छ।', एसइई उत्तीर्णलाई अहिलेसम्म राष्ट्रिय परीक्षा बोर्डले नै सर्टिफिकेट दिइरहेको छ। यो संरचना तत्काल खलबल बनाउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वैद्यता लगायत अनेक प्रश्न उठ्ने र विद्यार्थीले दु:ख पाउन सक्ने उनले तर्क गरे।, 'एसइईलाई प्रदेश वा स्थानीय तहबाटै व्यवस्था गर्ने बहस पनि छ। विश्वसनीयता र स्तरीकरण लगायतका विषय पनि छन्,' उनले भने, 'परीक्षा व्यवस्थापन कसरी मिलाउने भन्ने टुंगिन बाँकी छ, अप्ठ्यारो नहुने गरी मिलाउँछौं।', उनले एसइई नै खारेज गर्नेभन्दा परीक्षा लिने मोडालिटीबारे बहस भइरहेको बताए।, 'एसइईको सान्दर्भिकता छ। यसलाई खारेज गर्ने होइन, नाम जे दिए पनि परीक्षा त गर्नुपर्ला,' उनले भने, 'हरेक कक्षाको अन्तिममा विद्यार्थी मूल्यांकन गर्न परीक्षा लिनुपर्छ, अहिलेभन्दा थप बलियो मूल्यांकन विधि अपनाउन सकिन्छ।', अब एसइई होला कि नहोला? सधैंलाई खारेज पो गर्ने कि!
मोइन उद्दिन प्राय: स्कुलमा शिक्षकहरूले एउटै तरिकाले पढाउने गर्छन्। त्यो हो - लेक्चर मेथोड। शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने। , यो विधि एकतर्फी हुने भएकाले हरेक विद्यार्थीले पाठबाट पाउने ज्ञान प्रभावकारी नहुन सक्छ। जो अलि चाँडै बुझ्छन् उनीहरूले त बुझ्छन्। अरू भने त्यसै अलमलमा पर्छन्। शिक्षकले 'बुझ्यौं?' भनेर प्रश्न गर्दा नबुझेका विद्यार्थीहरूले पनि जान्ने साथीहरूले हात उठाएको देखेर बुझे भन्छन्। तर पछि उनीहरूलाई त्यसबारे सोध्ने हो भने उनीहरूसँग उत्तर हुँदैन।, यसमा शिक्षकको सबैभन्दा ठूलो कमजोरी छ। एउटै तरिकाले सबै विद्यार्थीलाई पढाउन सकिन्न। सैद्धान्तिक मात्र नभई व्यवहारिक तरिकाले पढाउने हो भने लगभग सबै विद्यार्थीले बुझ्न सक्छन्। शिक्षक आफैंले ति कुरा नबुझ्दा वा नजान्दा विद्यार्थीहरूलाई मर्का परिरहेको हुन्छ।, शिक्षक भन्दा बढी त स्कुलको प्रसासनको जिम्मेवारी हो यस कमजोरीप्रति। आफ्ना शिक्षकको तालिममा लगानी नगरेकाले त्यस्तो हुन गएको हो। स्वयम् शिक्षकले पनि आफ्नो सिकाइको विकासका लागि मिहिनेत नगर्दा पनि हुन सक्छ। विद्यार्थी फेल हुँदा शिक्षकले पनि आफ्नो मूल्यांकन गर्नुपर्छ। हामी शिक्षकले पनि आफ्नो पढाउने तरिकाको बारेमा खोज-अनुसन्धान गर्ने, विभिन्न तालिम लिने काममा लगानी गर्नुपर्छ।, म आफैं एक शिक्षक भएको नाताले कक्षाकोठामा कसरी प्रभावकारी तरिकाले पढाउन सकिन्छ भनेर अभ्यास गरिरहेको हुन्छु। विद्यार्थीलाई राम्रो तरिकाले पढाउने उपायहरू यी हुन सक्छन्:, १. रन टु द बोर्ड (Run to the board), यदिआज विद्यार्थीहरूलाई हिज्जे (स्पेलिङ) सोध्नुछ भने बोर्डमा अथवा चार्ट पेपरमा सोध्नुपर्ने शब्दहरू लेख्ने। शब्द लेख्दा सही शब्द र गलत शब्द लेख्ने। त्यसपछि विद्यार्थीहरूकाे ग्रुप बनाउने। जस्तो: A र B। विद्यार्थी विभाजन गरिसकेपछि हरेक ग्रुपको १-१ जना विद्यार्थीलाई बोलाउने। अनि ति विद्यार्थीहरूलाई रेस गर्न लगाउने।, उद्धाहरण: शिक्षकले कालिज भनेर भन्यो भने, दुवैजना बोर्ड तर्फ अथवा चार्ट पेपर तर्फ दौडिन्छन्। जुन ग्रुपले सही उत्तर पहिला थाहा पाउँछन् उनीहरूको टिमले अंक पाउँछ। , यो गमेमा शिक्षक आफैंले प्रश्न बनाएर, आफ्नो विषयअनुसार प्रयोग गर्न सक्छन्।, २. वर्ल्ड टूर (World Tour), मानौं अंग्रेजी, गणित, नेपाली र सामाजिक विषयको १-१ जना विज्ञ छन्। ति विज्ञहरूलाई चारवटा कुनामा बस्न लगाइन्छ। बाँकी विद्यार्थीहरू ४-५ जनाको ग्रुपमा त्यहाँ जान्छन्। मानौं चारवटा ग्रुप बनायौं भने, पहिलो ग्रुप अंग्रेजीतिर जान्छन्, दोस्रो ग्रुप गणिततिर, तेस्रो नेपाली र चौथौं सामाजिकतिर। त्यहाँ गएका विद्यार्थीहरूले ति विषयका बारेमा सोध्छन् ति विज्ञलाई। केही समयपछि शिक्षकले संकेत दिएपछि ति ग्रुप अर्कोमा जान्छन्। यसरी आलोपालो गरेर सबै ग्रुपमा विद्यार्थीहरू जान्छन् र छोटो समयमा नै सबै विषयका ज्ञान हासिल गर्न सक्छन्। यसो गरेमा विज्ञ बन्ने विद्यार्थी पढेर तयारीका साथ आउँछन् र ग्रुपमा रहेका विद्यार्थीले आफूले नजानेका कुराहरू पनि सजिलै सिक्न सक्छन्।, विषय शिक्षकले आफू अनुकूल वर्ल्ड टूरलाई आयोजना गर्न सक्छन् कक्षाकोठामा। मानौं नेपाली विषयको काल पढाउनुछ भने १ जनाले वर्तमान कालको, अर्कोलाई भूतकालको, तेस्रोलाई भविष्यकालको र चौथोंलाई कालको प्रकारबारे विज्ञ बनाएर पनि गर्न सकिन्छ।, ३. ग्यालरी वाल्क (Gallery Walk), यो गराउने तरिका सजीलो छ। मानौं विद्यार्थीलाई विज्ञान विषयको विरूवा, घाम र पानीको बारेमा सोध्नुछ भने कक्षाको भित्तामा विरूवाको बारेमा चार्ट पेपरमा लेखेर, त्यसैगरी घाम र पानीको पनि लेखेर भित्तामा टास्ने। पछि सबै विद्यार्थीलाई ग्यालरी वाल्कमा हिँड्न र पढ्न लगाउने। पछि उनीहरूले घुमिसकेपछि शिक्षकले विद्यार्थीहरूलाई प्रश्न सोध्ने। यो गर्दा विद्यार्थीहरूले मनोरञ्जन लिनुको साथै घुमिफिरी रमाइलो तरिकाले पढ्न पाउँछन्। कक्षा बोरिङ हुँदैन र साथमा उनीहरूले रमाइलो तरिकाले सिक्छन्।, ४. गिभ वान, गेट मेंनी (Give one, Get many), हरेक विद्यार्थीले १-१ ओटा प्रश्न त्यसको उत्तरसहित तयार पार्छन् । मानौं, यो गमेमा १० जना छन्। हरेक विद्यार्थीले आफूसँग भएका प्रश्न अरूलाई दिन्छन् र बाँकी ९ जनासँग उनीहरूको प्रश्न र जवाफ लेख्छन्। त्यसो गर्दा हरेक विद्यार्थीले धेरै ज्ञान पाउन सक्छन्।, ५. प्रेस कन्फरेन्स (Press Conference), यसमा १ जना या भनौं तीन, चारजना विज्ञ हुन्छन्। मानौं, ति विज्ञहरूलाई अंग्रेजी विषयको टेन्सको बारेमा आउँछ भनें तिनीहरूलाई रिपोर्टरहरूले प्रश्न गर्छन्। अहिलेको लागि रिपोर्टर, विद्यार्थीहरू हुन्छन्। ति विद्यार्थीहरूले कक्षाकोठामा त्यो विषयको लागि चुनिएका विज्ञहरूलाई ति विषयसँग सम्बन्धित प्रश्नहरू सोध्छन् र विज्ञले जवाफ दिन्छन्।, ६. भित्री - बाहिर (Inside - out,), यसमा दुई ओटा समूह हुन्छन्। हरेकसँग प्रश्नहरू हुन्छ। पहिलो ग्रुप भित्री गोला भित्र हुन्छन् र अर्को बाहिर। भित्री गोला भित्र रहेकाले बाहिरी गोलामा रहेकाको 'फेस टू फेस भएर' बस्छन्। शिक्षकले म्युजिक बजाउँदा बाहिर गोलामा भएकाहरू घुम्छन् र म्युजिक बन्द हुना साथ आफू जहाँ पर्छन् त्यहाँको भित्री व्यक्तिसँग आफ्नो प्रश्न र अरूको प्रश्नलाई साटासाट गर्छन्। यसरी हरेक विद्यार्थीले रमाइलो तरिकाले एकअर्काबाट सिक्ने र जान्ने मौका पाउँछन्।, ७. एरोप्लेन (Aeroplane), कहिलेकाहीँ विद्यार्थीहरूलाई अल्छी लागिरहेको हुन्छ र बाहिर गएर पढ्ने भनिरहेका हुन्छन्। यस्तो बेलामा एरोप्लेन मेथोडबाट पढाउन सकिन्छ। यसमा के गरिन्छ भन्दा शिक्षकले विद्यार्थीहरूलाई प्रश्नहरू पेपरमा लेख्न लगाउँछन् र लेखिसकेपछि एकैचोटी सबैलाई उडाउन लगाउँछन्। हरेकले आफ्नो एरोप्लेनबाहेक कुनै अरूको उठाउँछन् र त्यसमा लेखिएको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ।, यी मेथोडको बारेमा जान्न मेरो युट्युब च्यानल ',Moin Uddin Show,' मा हेर्न सक्नुहुन्छ।, टिचर ट्रेनिङ : ,https://youtu.be/WnCdwGDFjC8, रन टू द बोर्ड : ,https://youtu.be/vext6lNBzGk, एरोप्लेन मेथोड : ,https://youtu.be/WXV-b0dkU1g, यी केही तरिकाहरू हुन् जुन अपनाएमा हरेक विद्यार्थीले एकअर्काबाट सजिलै खेलको माध्यमबाट मनोरञ्जनात्मक तरिकाले पढ्न सक्छन्। हामी शिक्षकले आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ र सिकेका कुरालाई तुरून्तै प्रयोगमा ल्याउन सकेमा मात्र प्रभावकारी हुन्छ। सिक्ने र प्रयोगमा ल्याउने कुरामा कन्जुस्याइँ हामी शिक्षकले कहिल्यै नगरौं। , (मोइन उद्दिन शिक्षक एवं शैक्षिक अभियन्ता हुन्।), कक्षाकोठामा राम्रो तरिकाले पढाउने उपायहरू
भगवती पाण्डे रूपन्देहीको महत्वाकांक्षी परियोजना मानिएको तिनाउ-दानव करिडोर निर्माण सुरू नगर्दै डिभिजन सडक कार्यालय बुटवलले बुटवल उपमहानगरपालिकालाई २०७६ फागुन ५ मा पत्र लेख्यो।, डिभिजन सडक कार्यालयले उपमहानगरपालिकालाई पठाएको पत्रमा लेखिएको थियो: तिनाउ-दानव कोरिडोर सडकको २५ मिटर दाँया र बाँया मुआब्जासम्बन्धी कुनै विवाद भए नभएको खुलाई पठाई दिनू।’, तत्कालीन डिभिजन प्रमुख मेघराज मरासिनीले हस्ताक्षर गरी पठाएको उक्त पत्रमा तिनाउ-दानव नदीको दुबैतर्फ करिब साढे ४ अर्बको बजेट लागतमा निर्माण हुन लागेको सडकको विस्तृत प्रतिवेदन, प्रारम्भिक वातावरणीय प्रतिवेदन सम्पन्न भइसकेकाले विस्तृत सर्वेक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिम तिनाउ पुलदेखि तिनाउतर्फको १५ किलोमिटर र दानव खण्डको १० किलोमिटर क्षेत्रमा प्रस्तावित सडकमा घर जग्गालगायत मुआब्जासम्बन्धी कुनै विवाद रहे नरहेको खुलाएर पठाउन भनिएको थियो।, डिभिजन सडक कार्यालयले बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा र सैनामैना नगरपालिकालाई पनि सोही व्यहोराको पत्राचार गरेको थियो।, बुटवल उपमहानगरपालिकाले २०७६ फागुन ८ गते नै तिनाउ-दानव करिडोर सडकको २५ मिटर दाँया र बाँया कुनै विवाद नभएको भन्दै डिभिजन सडक कार्यालयको उक्त पत्रको जवाफ पठाइदियो। उपमहानगरप्रमुख शिवराज सुवेदी आफैंले हस्ताक्षर गरी पठाएको उक्त जवाफी पत्रमा लेखिएको छ: तिनाउ-दानव करिडोरको लागि प्रस्तावित सडकमा उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र घरजग्गालगायत मुआब्जासम्बन्धी हालसम्म कुनै विवाद नरहेको व्यहोरा खुलाई पठाइएको छ। साथै सडक निर्माण कार्यको ठेक्कापट्टा भई निर्माण कार्य हुँदा उपमहानगरपालिकाबाट आवश्यक सम्पूर्ण सहयोग हुने व्यहोरासमेत जानकारी गराइन्छ।, गत वर्ष मंसिरमा तिनाउ-दानव करिडोर निर्माण सुरू गरिएपछि नै तिनाउ-दानव करिडोर पीडित संघर्ष समितिको नाममा निरन्तर आन्दोलन भइरहेका छन्।, सुरूका दिनमा भेला, छलफल र कोणसभा गरेका उनीहरूले पछिल्ला आन्दोलनलाई भने बुटवल उपमहानगरपालिका केन्द्रित गरेका छन्। उपमहानगरपालिकाले डिभिजन सडक कार्यालयलाई गलत सूचना दिएको संघर्ष समितिको आरोप छ।, बुटवललाई दाँयाबाँया पारेर बगेको तिनाउ र दानव नदी २० वर्ष पहिलेसम्म तिनाउको बगर नै ढाकिने गरि बग्ने गर्थ्यो। वर्षायाममा चुरेबाट झरेका खहरेहरू मिसिदै उर्लिएर बग्ने तिनाउ हिउँदमा बिस्तारै सुक्न थालेपछि खोलाको बगर अतिक्रमित हुने क्रम सुरू भयो। वर्षामा आउने भेलले बगाएको गेग्रान थुप्रिएर बनेको उकास क्षेत्रमा सुकुम्बासीको नाममा घर-टहरा बन्न थाले।, तिनाउ र दानव नदी आसपासको नदी उकास क्षेत्र अतिक्रमित भइरहेको अवस्थामा नेपाल सरकारले तिनाउतर्फ ३५ किलोमिटर र दानवतर्फ १५ किलोमिटर गरी ५० किलोमिटर डबल लेनको करिडोरको निर्माणको योजना अगाडि सारेको थियो।, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत समावेश गरिएको तिनाउ-दानव करिडोरलाई बुटवलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवारसम्म जोड्ने बाइपास सडकको रूपमा प्रयोग गर्न सकिने योजना सरकारको छ। सोहीअनुरूप ४ अर्ब १३ करोड लागतको यो आयोजनाको तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १० शिलान्यास गरेका थिए।, तिनाउ र दानव नदीको वारिपारि दुबैतर्फको किनारमा ग्रिनरी सहितको डबल लेनको सडक निर्माणपछि रूपन्देहीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सोहीअनुरूप पहिलो चरणमै तिनाउ करिडोरमा साढे ८ किलोमिटर सडक निर्माणका लागि किराँतेश्वर मैनाचुली अविसा जेभीसँग ५२ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।, त्यस्तै दानव करिडोरमा साढे ३ किलोमिटर सडक निर्माणका लागिलामा बानियाँ जेभीसँग १९ करोड ४२ लाखमा ठेक्का सम्झौता गरिएका अगाडि बढाइएको थियो। ठेक्का सम्झौता अनुसार ३६ महिनामा तिनाउ करिडोर र २७ महिनामा दानव करिडोर निर्माणको काम पूरा गर्नुपर्ने हुन्छ।, करिडोर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ र दानव नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने भन्दै अगाडि बढाइएको आयोजना शिलान्यास गरेपछि नै संघर्ष समितिको नाममा भइरहेका आन्दोलनले महत्वकांक्षी परियोजनाको निर्माण नै प्रभावित बनेको छ।, नदी किनारमा बसोबास गरिरहेकाले आफूहरूको उचित ठाउँमा व्यवस्थापन नगरेसम्म र क्षतिपूर्ति नदिएसम्म आयोजनाअघि बढ्न नदिने भन्दै आन्दोलन गरिरहेका छन्। आइतबार उपमहानगरपालिका कार्यालयमा धर्ना दिन पुगेका संघर्ष समितिका अध्यक्ष आत्मराम रानाले आफूहरूको उचित व्यवस्थापन र क्षतिपूर्ति नदिएसम्म आयोजना अगाडि बढ्न नदिने बताए।, चुरेको फेद भएर बग्ने तिनाउ नदीको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बुटवलका वडा नं. २, ३, ५, ६, ९, ११, १३, १७ र तिलोत्तमा नगरपालिकाको वडा नं. ३ सम्म तिनाउको पानी बग्ने स्थानसम्मै पुगेर घरटहरा निर्माण गरिएका छन्।, बुटवलका मैनाबगर, श्रीरामनगर, सुन्दरनगर, शौभाग्यनगर, पवित्रानगर, सत्यवती टोल, हात्तीसुड, प्रगतिगनर, मजुवा, टपमजुवा, दुर्गानगर, ध्रुवनगर, न्यु दुर्गानगर, युद्धनगर, बुद्धनगर, सिर्जनानगर, ताराटोल, पदमपुर, हरियाली टोल, रानीगन्ज तथा तिलोत्तमाको सीमानगरमा गरी बसोबास गरिरहेका १२ हजार बढी घरमा बसोबास गरिरहेकाहरू विस्थापित हुने अवस्था आएकाले आन्दोलन गर्नु परेको रानाले बताए।, करिडोरको डिपिआर तयार गर्दा पनि दुइटै नदीको उकास क्षेत्र अतिक्रमण गरी बसेका ७ सय ५ घर-टहरा हटाउनु पर्ने उल्लेख गरिएको थियो। करिडोर निर्माणका लागि आफ्नो क्षेत्रभित्र पर्ने नदीको क्षेत्राधिकार खाली गराउन बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाले आयोजनासँग लिखित प्रतिवद्धतासमेत गरेका थिए।, नदीको किनारसम्मै घरटहरा बनाई बस्ती बसेकाले सडक निर्माणको क्रममा घर-टहरा हटाउनु पर्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।, २०/२५ वर्षदेखि निरन्तर तिनाउको बगरमा बस्ती थपिँदै जाँदा पनि उनीहरूलाई अन्यत्र व्यवस्थित गर्नुको सट्टा उपमहानगरपालिका आफैंले बस्तीमा सडक, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधार बिस्तार गरिदिएर वैधानिकता दिएकाले अहिले आफैं समस्यामा परेको छ।, ०७७ असोजमा ठेक्का स्वीकृत भएको करिडोरको तिनाउतर्फ पुरानो बसपार्क पछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगर घाटसम्म र दानवपट्टि बेलबासको झोलुंगे पुलदेखि नयाँ गाउँको पुलसम्म पहिलो चराणको काम भइरहँदा स्थानीयको अवरोधले रोकिएको छ।, केही वर्ष पहिलेसम्म बुटवलबारे चर्चा हुने गर्थ्यो- विचारका हिसाबले राजनीतिक दलहरू अलग-अलग भए पनि विकासका मुद्दामा भने एक ठाउँमा हुन्छन्।, दश वर्षपहिले र अहिले बुटवलले भौतिक विकासमा जसरी प्रगति गरेको छ, यसलाई हेर्ने हो भने पनि नेतृत्वको दूरदर्शी योजना र राजनीतिक दलका बीचको सहकार्यका कारण नै सम्भव भएको मान्न सकिन्छ।, तर पछिल्ला वर्षमा भने रूपन्देहीमा थालिएका अधिकांश विकास आयोजना राजनीतिक दल बीचको अस्वस्थ प्रतिष्पर्धाको शिकार बनेका छन्। स्थानीय तहले अगाडि बढाउने सानातिना योजनासँगै प्रदेश र संघीय सरकारले अगाडि बढाएका गौरवका आयोजनाले पनि स्थानीयको अवरोध र विभिन्न मुद्दा-मामिला व्यहोर्दै आएका छन्।, तीन वर्षपहिले नै निर्माण सम्पन्न भइसक्नुपर्ने राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक स्थानीयको अवरोध र मुद्दा-मामिलाका कारण पटक-पटक अदालतसम्म पुग्यो। गत वर्ष सर्वोच्च अदालतले मुद्दा किनारा लगाएपछि बल्ल निर्माण सुरू गरिएको छ।, १२ वर्ष पहिले एसियाली विकास बैंकको अनुदानमा आएका खानेपानी, मैनाबगर अटोभिलेज र बुटवलको ल्यान्डफिल्ड परियोजना राजनीतिक दलका बीचको असमझदारीका कारण फिर्ता गए।, मझौला तथा एकीकृत शहरी वातावरणीय आयोजनाअन्तर्गत २०६७ देखि नै एसियाली विकास बैंकको ऋण अनुदानमा तीन वटै आयोजना अगाडि बढाइएको थियो। बुटवलका साविक वडाहरू ९ र १० का ६ हजारभन्दा बढी उपभोक्तालाई लक्षित गरिएको खानेपानी आयोजना २२ करोड ३७ लाख ७० हजार रुपैयाँ लागतको थियो।, त्यस्तै एडिबीकै अनुदानमा २२ करोडको अटोभिलेज र २८ करोडको ल्यान्डफिल्ड परियोजना निर्माणको ठेक्का सम्झौता गरिएको थियो। तर ठेक्का सम्झौतापछि आयोजना निर्माणको लागि भन्दै पटक-पटक म्याद थप गरिए पनि ठेक्का सम्झौता गरिएको १० वर्षपछि एडिबी यी आयोजनाबाटै फिर्ता गयो।, ७२ करोडभन्दा बढीका तीन वटा परियाजनाबाट नगरवासीले लाभ लिन नपाए पनि परियोजनाअन्तर्गत कार्यालय सञ्चालन र कन्सल्टेन्ट तलब भत्ताका लागि भने झन्डै २४ करोड खर्च भएको थियो। अहिले पनि बुटवलको खानेपानी, फोहोर व्यवस्थापन र अटोभिलेजको समस्या यथावत् नै छन्।, पछिल्लो पटक फेरि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको तिनाउ-दानव करिडोर पनि स्थानीयको नाममा सुरू गरिएको आन्दोलनले प्रभावित बन्न पुगेको छ।, बुटवलतर्फ तिनाउ करिडोरले सबैभन्दा धेरै क्षेत्र ओगटेको वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री तिनाउ-दानव करिडोर पीडित संघर्ष समितिका नाममा विपक्षी दलहरूले आन्दोलनलाई बढवा दिइरहेको बताउँछन्।, रूपन्देहीकै महत्वपूर्ण मानिएको तिनाउ-दानव करिडोरलाई प्रभावित पार्ने काममा विपक्षी दलहरूले भूमिका खेलेको उनको आरोप छ।, ‘नेकपा एमाले सरकारको पालोमा र विशेषगरि  पूर्वअर्थमन्त्री विष्णु पौडेलको पहलमा सुरू गरिएको परियोजनालाई विफल पार्न उहाँहरूले स्थानीयलाई प्रयोग गरिरहनुभएको छ,’ क्षेत्रीले सेतोपाटीसँग भने।, क्षेत्रीले संघर्ष समितिका हरेक आन्दोलनमा विपक्षी दलका नेताहरूको उपस्थिति र सम्बोधनले उनीहरूको नाममा भइरहेको आन्दोलनमा दलहरूको समेत सहभागिता रहेको पुष्टि गरेको दाबी गरे।, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले भने आफूहरूले विकासमा कहिल्यै पनि राजनीति नगर्ने तर जनताका समस्यामा भने सधैं साथमा रहने बताए।, तिनाउ-दानवमा करिडोर निर्माण आवश्यक भए पनि त्यसबाट विस्थापित हुनेहरूको यकिन तथ्यांक संकलन गरी उनीहरूको उचित व्यवस्थापन गरेपछि समस्या समाधान हुने पाण्डेको भनाइ छ।, ‘करिडोर निर्माणपछि कति बासिन्दा विस्थापित हुन्छन् भन्ने कुरा पहिले त उपमहानगरपालिकाले तथ्यांक संकलन गर्नुपर्‍यो, त्यसपछि उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगो हुनुपर्‍यो, वर्षौंदेखि बसोबास गरिरहेकाहरूको व्यवस्थापन नगरी हटाउन खोज्दा विरोध हुनु स्वभाविक हो,’ पाण्डेले भने।, लामो समयदेखि वातावरण र स्थानीय विकासका मुद्दामा कलम चलाउँदै आएका रूपन्देहीका पूर्वाधार क्षेत्रका जानकार युवराज कँडेल नदी किनारमा बसेका आफैं जोखिममा रहेको र उनीहरूको सुरक्षाको लागि पनि करिडोर निर्माण गरी त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताउँछन्।, नदी उकास क्षेत्र राज्यको सम्पत्ति भएकाले राज्यको सम्पत्तिमा बसेकालाई मानवीय हिसाबले अन्यत्र व्यवस्थापन गरिए पनि मुआब्जा भने दिन नहुनेको उनको भनाइ छ।, ‘सार्वजनिक सम्पत्ति ओगटेर बसेकालाई मुआब्जा दिँदै जाने हो भने नेपालमा कुनै पनि विकासका आयोजना निर्माण हुन सक्दैनन्, जनताले सार्वजनिक जग्गा ओगट्दै जाने र सरकारले मुआब्जा दिँदै जाने हो भने सार्वजनिक जग्गा कतै पनि खाली रहँदैन,’ कँडेलले भने।, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि नदी किनारका बस्तीलाई सुरक्षित गर्दै बुटवलको वातावरण संरक्षणका लागि तिनाउ-दानव करिडोर अगाडि सारिएकाले यसमा कसैले अवरोध नगर्न आग्रह गर्छन्। सुवेदीले नदी किनारमा बसोबास गरेकाहरू सधैंभरि बाढीको जोखिममा भइरहने र तिनाउको सौन्दर्यता पनि मासिँदै गएपछि बस्तीलाई व्यवस्थित गर्दै तिनाउको संरक्षणको लागि समेत यो परियोजना अगाडि सारिएको बताए।, ‘तिनाउ र दानव नदी किनारमा बसोबास गरिरहेकाहरूको व्यवस्थित बसोबासका लागि उपमहानगरपालिकाले ११ विगाहा जग्गा पहिचान गरी भूमि आयोगलाई सिफारिस गरिसकेको छ, भूमि आयोगले काम सुरू गरेपछि उहाँहरूलाई उपमहानगरपालिका आफैंले व्यवस्थापन गर्छ,’ सुवेदीले भने।, सुवेदीले नदी किनारमा बसोबास गरेकालाई मुआब्जा दिने नभई उनीहरूको व्यवस्थापनको जिम्मेवारी उपमहानगरपालिकाले लिने बताए। सुवेदीले करिडोर निर्माणका कारण प्रभावित हुनेहरूको व्यवस्थापनको लागि भूमि आयोगलाई जग्गा सिफारिस गरी पठाएको पत्र सार्वजनिक नगरी डिभिजन सडक कार्यालयलाई मुआब्जा दिन नपर्ने भनी पठाएको पत्र मात्र सार्वजनिक गरिएकाले स्थानीयहरू भ्रममा परेको उनको भनाइ छ।, करिडोरको पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयाँगाउँ पुलसम्मको काम सुरू गरिएको थियो। डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिलेसम्म बस्ती नभएको क्षेत्रमा करिब २० प्रतिशत काम सकिएको छ।, ‘स्थानीयको अवरोध नहुने हो भने चालु वर्षमै धेरै काम गर्न सकिन्छ, तर अवरोधका कारण आयोजना लम्बिने संकेत देखिएको छ,’ डिभिजन प्रमुख जयलाल मरासिनीले भने।, करिडोरको डिपिआर अनुसार तिनाउ नदी व्यवस्थापनका लागि दाँयाबाँया बहाव क्षेत्र निर्धारण गरी नदीको जगदेखि नै पर्खाल लगाइनेछ। पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र र त्यसको छेउमा ७-७ मिटरको दुई लेन कालोपत्रे सडक हुनेछ। सडकको बस्तीतर्फको छेउमा फुटपाथ बनाइनेछ।, नदीतर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ भने त्यसपछि मात्र १४ मिटरको दुई लेन सडक निर्माण हुनेछ। त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिने छ। दुबै नदीको वारि र पारिपट्टि ७ मिटर चौडाइको दुई लेन सडक कालोपत्रे र २ मिटरका दरले दुबैतर्फ फुटपाथ, नदीतर्फ १० मिटर हरियाली (ग्रिन बेल्ट) निर्माण गरिने डिपिआरमा उल्लेख छ।, स्थानीयको अवरोधले थलिँदै तिनाउ-दानव करिडोर
रोहित महतो १५ वर्ष पुरानो फुसको छाप्रोमा थोत्रो प्लास्टिकले छानो छ।, हावाहुरीले प्लास्टीक नउडाओस् भनेर त्यसमाथि परालको मुठा पनि ओछ्याइएको छ। कमजोर खम्बाले अडिएको उनको घर भत्किनै आँटेको छ।, यो घर हो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित मुसहरी टोलका ६० वर्षीय सुरजा सदाको।, वर्षातमा उनको घरभरि पानी जम्छ। दिनमा वर्षाबाट जोगिन उनका परिवार छिमेकीका घरमा पनि पुग्छन् तर रातमा भिजेर बस्नुपर्छ।, कतिपय छिमेकीको अवस्था पनि यस्तै दयनीय छ। सबै गरिब र विपन्न रहेको यो वस्तीमा कसैका ठूला घर पनि छैनन्। मजदुरी गरेर ल्याएको बोइन (अन्नबाली) र लत्ताकपडा भिज्छ। उनका श्रीमतीसँगै दुई छोराछोरी, बुहारी र पाँचजना नाती–नातिनी यो घरमा बस्छन्।, ‘वर्षायाममा हामी बुझ्ने मान्छे रातभर जागा बस्छौं, तर बालबच्चा रोइरहन्छन्,’ सुरजा सुनाउँछन्।, खुट्टामा न चप्पल छ न जिउ ढाक्न ज्याकेट छ। पातलो च्यादर ओढेर उनी कठ्याङिग्रँदै जाडो काटिरहेका छन्।, वर्षामा पानी जमिरहने भएकाले उनका घर यसै ओसिलो छ।, मुनि सबैजना पराल ओछ्याउँछन् र माथिबाट पुराना र च्यातिएका तीन वटा कम्बल ओढेर रात कटाउँछन्। १० वर्षअघि पञ्जाब कमाउन जाँदा उनले त्यहाँबाट तीन वटा कम्बल किनेर ल्याएका थिए। तीन वटै कम्बल पुरानो भएर च्यातिसकेका छन् भने केही मुसाले काटिदिएका छन्।, घरभित्र रहेको दुई वटा कोठा छुट्याउने बीचको टाट भत्किसकेकाले ९ जनाको परिवार एउटै कोठामा सुत्न बाध्य छन्। सुरजाका परिवार छिटो शीतलहर अन्त्य होस चाहन्छन्।, ५ वर्षदेखि भत्किनै लागेको घरमा वर्षाको पानी र हिँउदको शीतलहर खेपेका उनी अब थाकिसकेका छन्। , ‘शरीर कमजोर भएको छ, पहिले जतिको जाडो थेग्ने अवस्था छैन्। कुनै कुनै दिन लाग्छ जाडोले मरिहाल्छु,’ सुरजाले सुनाए, ‘बुढो भइसकेँ कहाँ कमाउन जाउँ? गाउँमा सधैं काम पनि पाइँदैन। गिरहत (खेतका मालिक) मा मजदुरी गरेर ल्याएको बोइन (अन्न) र केही पैसाले परिवार चलाउन मुस्किल छ। घर बनाउने, लत्ताकपडा किन्ने पैसा कहाँबाट ल्याउने?’, छोरो पनि यहाँ काम नपाएपछि मद्रास पुगेको उनले बताए। उनका छोरा विजयले त्यहाँ होटेलमा जुठाभाडा धुने काम गर्छन्। उनले कमाएर ल्याएको पैसा पहिलेको केही ऋण र छोराछोरी पाल्नमै खर्च हुने गरेको सुरजाले बताए।, हावाहुरीबाटै मञ्जु सदाको घर पनि खसेको छ। तर ऋणमा डुबेका कारण घर बनाउने उनको सामर्थ्य छैन। वर्षात भिजेरै काटेकी उनलाई जाडो कसरी काट्ने चिन्ताले सताएको छ। जाडो छल्न न बाक्लो लुगा छ न ओढ्ने।, ‘कुनै कुनै दिन जाडो बर्दास्त (खेप्न) गर्न नसकिने खालको हुन्छ। निदाउनै सकिन्न। आगो तापेर जेनतेन रात कट्छ। बिहान पनि आगोकै भर हुन्छ,’ उनले भनिन्, ‘५ वर्षअघि सैकडा ४ रूपैयाँ ब्याजमा दुई लाख ऋण काढेर श्रीमान विदेश जानुभएको थियो। तर काम चलेन। ६ महिनामै कम्पनी टुट्यो र फर्केर आउनुपर्‍यो। सधैं काम हुँदैन कहिलेकाहीँ काम मिल्छ। कमाएर पेट पाल्ने र त्यो बेलादेखिको ऋणको ब्याज तिर्ने गर्‍या छौं।’, भुइँमा पराल ओछ्याएर थोत्रो प्लाष्टिक मुनि आमाबुवा, श्रीमान र छोरागरि सातैजना उनीहरू एकै ठाउँ सुत्छन्।, ८० मुसहर परिवार रहेको यो टोलमा अधिकांशको अवस्था यस्तै छ। जाडोमा कठयाङ्ग्रिएर बसिरहेका यिनीहरूलाई लत्ता कपडासँगै आगो ताप्ने दाउरासम्म छैन।, स्थानीय भुण्टी सदाका अनुसार गाउँलेले जाडो छल्न अर्कैको खेतबाट चोरेर पराल ल्याउँछन्।, ‘ओछ्यान मुनि ओछ्याउन र आगो ताप्न साँझ परेपछि हामी महाजनको खेतबाट चोरेर पराल ल्याउँछौँ। कहीँ पक्रियो भने कुट्छ। जरीवाना गर्छ तर के गर्नु ज्यान त जोगाउनु पर्‍यो नि,’ उनले भनिन्।, जाडो र वर्षातमा झेल्नुपर्ने समस्या यिनीहरूको पुर्ख्यौली समस्या हुन्। यस्ता विपन्न परिवारलाई सरकारले कम्तीमा घर बनाएर लत्ता कपडाको व्यवस्था गरिदिनुपर्ने रानीवती सदा बताउँछिन्।, ‘मजदुरीमा पनि हामीलाई कम पैसा दिएर विभेद गर्छन्। सधैं काम पाउँदैनौं। सरकारले कि, रोजगारीको व्यवस्था गरिदिनुपर्‍यो कि त घर बनाई दिनुपर्‍यो,’ उनले भनिन्।, पुस्तौंदेखि यी समस्याका सामना प्रदेश २ का विपन्न तथा  मुसहर समुदायका लागि अहिलेसम्म न स्थानीय सरकारले केही गरेका छन् न त प्रदेश सरकारले नै।, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष श्याम यादवका अनुसार यस वडामा डेढ सय बढी मुसहर समुदाय छन्। तीमध्ये एकाधबाहेक सबैले मजदुरी गरेर पेट मात्र पाल्न सकेको उनको भनाई छ।, स्थानीय र प्रदेश सरकारको बेवास्ताले उनीहरुको अवस्था झनै कष्टकर बन्दै गएको उनले बताए।, ‘सबैका अवस्था कष्टकर छ। मेयर सा’बलाई हामीले उनीहरूको समस्याबारे पटक पटक भनेका छौं। तर उहाँले चासो देखाउनु भएन। जाडोमा उनीहरू लत्ताकपडा र दाउरा अभावमा दिनहुँ विरामी परिरहन्छन्,’ उनले भने, ‘जनता आवास कार्यक्रमबाट घर बनाउन फाइल लिएर धेरै पटक कार्यालयमा पुग्यौं त्यता पनि कुनै सुनुवाइ भएन। मैले मात्र के गर्न सक्छु र?’, गरिबी, बेरोजगारी, अशिक्षा र चेतना अभावले पुस्तैनी विपन्न बनिरहनु उनीहरूको नियती भइसकेको वडाध्यक्ष यादवको भनाई छ।, यस विषयमा कुरा गर्न खोज्दा मेयर योगेन्द्र परियार सम्पर्कमा आउन चाहेनन्।, प्रदेश २ सरकारले विपदका बेला वर्षेनी अन्तिम समयमा आएर झारा टार्ने काम गर्छ। सरकारले उपाय खोज्ने बेलासम्म कयौं व्यक्ति मृत्युको मुखमा पुगिसक्छन्।, ४ वर्षको अवधिमा प्रदेश सरकारले दिर्घकालिन समस्या समाधानतर्फ कुनै चासो देखाएको छैन।, प्रदेश २ मा जाडोले कठ्याङिग्रएर तीन वर्षमा २१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक छ। चालु आर्थिक वर्षमा सिरहा र पर्सामा गरि दुई जना महिला /पुरूषको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।, गत आर्थिक वर्षमा ३ जना महिला र ७ जना पुरूष गरि १० जनाको मृत्यु भएको तथ्यांक रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले बताए।, यद्यपी अन्य रोग लागेका तर लत्ताकपडा अभावमा जाडोकै कारणले मृत्यु भएको संख्या यो भन्दा तीन गुणा बढी हुन सक्ने अनुमान पनि कतिपयले लगाउने गरेका छन्।, ‘जाडोले मृत्यु भएका केहीमात्र रिर्पोटिङ प्रहरीमा आउँछ। गाउँमा धेरै त प्रहरीलाई भनेरै के हुन्छ भनेर मरिसकेपछि दाहसंस्कार गरिदिने चलन छ,’ एक प्रहरी अधिकृतले भने।, सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले विपन्न तथा मारमा परेका व्यक्तिको तथ्यांक संकलन गरि प्रदेश सरकारले दिर्घकालीन उपाय खोज्ने बताए।, ‘हामीकहाँ अहिले त्यस्ता परिवारको डाटा छैन। यस्ता समस्या समाधानका लागि सरकारले दिर्घकालीन उपाय खोज्छ। यसबारे एक चरण छलफल भएको छ। फेरि पनि हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ,’उनले भने।, अत्यधिक जाडो बढेपछि मात्र प्रदेश सरकारले न्यानो कपडा वितरणका लागि खरिद गरेको छ। लक्षित वर्गका लागि सरकारले १६ लाखको न्यानो कम्बल खरिद गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले जानकारी दिए।, ‘मैले मन्त्रालय सम्हालेको तीन महिनासम्म सचिव थिएनन्। त्यसैले हामीले समस्या समाधानका लागि पहिले केही गर्न सकेनौं,’ उनले भने, ‘अब गर्छौं।’, दाउरा वितरणको जिम्मेवारी उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयलाई दिइएको उनले जानकारी दिए। तर अहिलेसम्म दाउरा वितरण कार्य समेत सुरूबह भएको छैन।, ‘कुनै कुनै दिन लाग्छ जाडोले मरिहाल्छु’
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।, अहिले प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। रातिको समयमा देशभर आंशिकदेखि स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम् तापक्रम ७ दशमलब ६ र अधिकतम् तापक्रम १८ दशमलब २ डिग्री सेल्सियस रहेको छ। रासस, आज र भोलि वर्षा-हिमपातको सम्भावना
सेतोपाटी संवाददाता अप्टिमिष्ट क्लब अफ काठमाडौंले बहिरा राष्ट्रिय महासंघ नेपालको सहकार्यमा ‘साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता’ कार्यक्रम गरेको छ। , सन् २०१७ मा स्थापित अप्टिमिष्ट ईन्टरनेशनल नेपाल, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व वहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित सामाजिक काम गर्दै आइरहेको संस्था हो। , बोल्न र सुन्न सक्ने क्षमता भएका बालबालिकाले आफ्नो क्षमता बोलेर देखाउन सक्छन् तर बोल्न र सुन्न नसक्ने बालबालिकाले मनमा लागेका कुरा प्रस्तुत गर्न पाउनुपर्छ भन्ने उद्देश्यसहित प्रतियोगिताको विकास भएको कार्यक्रमकी निर्देशक रीना श्रेष्ठले बताइन्। , श्रेष्ठले पृथक काम गर्दा विभिन्न बाधा अवरोध आए पनि हरेक चुनौतीका बाबजुद कार्यक्रम आयोजना गरिएको भन्दै आगामी दिनमा अन्य जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्ने बताइन्।, कार्यक्रमका काठमाडौं महानगरपालिका -१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले फरक क्षमता भएका भाइबहिनीका लागि गरिएको यो कार्यक्रम निकै नै पृथक र पहिलो पटक यस्तो कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी भएको भन्दै यो कार्यक्रम सबै प्रदेश र जिल्लाहरुमा आयोजना गर्नुपर्ने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।, त्यसैगरी विद्यालयका प्रिन्सिपल उपेन्द्र पराजुलीले आफ्नो स्कूलका भाइबहिनीमा यति राम्रो प्रतिभा रहेछ भन्ने थाहा पाएर आफूलाई गर्व लागेको बताए। उनले यस किसिमको भाइबहिनीमा भएका क्षमता र कलालाई उजागर गर्ने प्रतियोगितालाई निरन्तरता दिईरहने बताए। , कामनपा शिक्षा विभागका स्कूल निरीक्षक मोती भट्टराई, बहिराहरुको राष्ट्रिय महासंघ नेपालका महासचिव सन्तोष के.सी, अप्टिमिष्ट ईन्टरनेशनल नेपालका कोषाध्यक्ष प्रकाश घिमिरे, अप्टिमिष्ट संगिनी क्लबका अध्यक्ष राधा बोहोरा, अप्टिमिष्ट ईन्टरनेशनल नेपालका राष्ट्रिय अध्यक्ष उदय निरौला, अप्टिमिष्ट क्लब अफ काठमाडौंका अध्यक्ष पृथ्वी राज थापालगायतले कार्यक्रमको सफलता तथा प्रतियोगी भाइबहिनीहरुलाई शुभकामना व्यक्त गरेका थिए। , कार्यक्रममा मूल्यांकनकर्ताका रूपमा बहिराहरुको केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख ऋषि राम देवकोटा, बहिराहरुको राष्ट्रिय महासंघ नेपालका महासचिव सन्तोष के.सी र बहिराहरुको केन्द्रिय माध्यमिक विद्यालयका शिक्षक कुल प्रसाद भट्टराई थिए। , ‘चुनौतीपूर्ण घडीमा आशावादी रहनू’ शीर्षकमा भएको साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगितामा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्सालका ६ जना विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए। , कार्यक्रममा प्रथम हुने कक्षा १० का रक्षा भँडेल, दोसरो हुने कक्षा ८ का सुजिना नेपाल र तेस्रो हुने कक्षा १० का विपना गुरुङ्गले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल तथा सहभागी प्रतियोगीहरुले प्रमाणपत्र तथा पुरस्कार पाएका थिए। , कार्यक्रमका काठमाडौं महानगरपालिका -१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गरेका थिए।, सांकेतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता सम्पन्न
सेतोपाटी संवाददाता प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।, कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने चेतन खटिक भनिने ३९ वर्षीय रामबहादुर खटिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।, उनको साथबाट स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ बरामद भएको छ।, उनको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारी उनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको बताए।, कपिलवस्तुबाट स्रोत नखुलेको ३२ लाखबढी रकमसहित एक पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ का २६ वर्षीय राकेश तामाङ छन्।, शनिबार दिउँसो मेचीनगर-६ बाट उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले तामाङलाई पक्राउ गरेको हो।, उनको साथबाट ब्राउनसुगर फेला परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको भट्टराईले बताए।, काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक पक्राउ
सबिना श्रेष्ठ 'तपाईं आजकल के गरिरहनुभएको छ?', नियात्रा लेखक जय छाङ्छालाई अहिले यो प्रश्न सोध्ने हो भने उनले दुइटा उत्तर दिन सक्छन्।, पहिलो, 'नियात्रा विधा परिचय भन्ने किताबको लेखन।' , अर्को, 'खजुर हुर्काइरहेको छु।', नियात्रा लेखकले त्यसैबारे किताब लेख्नु के नौलो कुरा भयो? दोस्रो उत्तर पो रोचक छ। , उनको जवाफले 'छक्क' परेका थिए अर्का लेखक नारायण वाग्ले। उनी छक्क मात्र परेनन्, छाङ्छाको दोस्रो उत्तरलाई आँखैले अनुभव गर्न गौशालास्थित नेपाल मानव धर्म सेवा समिति अगाडिको भिरालो पार्क समेत पुगे। त्यहीँ नै त हो छाङ्छाले चारवटा खजुर हुर्काइरहेको। , केही दिनअघि हामीले पनि उनलाई त्यहीँ भेटेका थियौं। उनका दुई छिमेकी साथीहरू पनि उनले रोपेको खजुरको बोट हेर्न आएका थिए।, वरिपरिका झारहरू उखेलेर, फोहोर सफा गरेपछि छाङ्छाले कुनातिर आगो बालेका थिए। त्यसबाट निस्किएको धुँवा अलि परैबाट पनि देखिन्थ्यो।, 'यसरी कसले आगो बालेर धुँवा बनाएको भनेको त तपाईं पो हो?', हाम्रो प्रश्नमा ६७ वर्षीय यी लेखक मुसुक्क हासेँ। हामीलाई पार्कतिरै बोलाए।, अनि भने, 'यो खजुर जहीँत्यहीँ पाइँदैन। साउदी, युएइ, बहराइन, कतार लगायत खाडी मुलुकतिर पाइन्छ। हुर्केला–नहुर्केला भनेर यहाँ परीक्षणका रूपमा रोपेको हुँ। त्यही भएकाले समयसमयमा गोडमेल र सरसफाइ गर्न आइरहन्छु। आफ्नै बच्चाजसरी हुर्काइरहेको छु।', छाङ्छाको खजुरप्रतिको लगावबारे बुझ्न उनले यसअघि लेखनबाहेक गरेको कामबारे थाहा पाउनुपर्छ।, उनी २०४२ सालदेखि २०६९ सालसम्म परराष्ट्रमा जागिरे थिए। जर्मन भाषा पढेर तीन सेमेस्टर पास गरेका उनले भाषाकै कारण राजा वीरेन्द्रको भ्रमण हुँदा जर्मनी जान पाए।, त्यसअघि जापानी भाषा पनि पढेका उनलाई साथीहरूले 'जापान त एसिया नै त हो, के सिकिरहेको? बरू युरोपेली भाषा पढ' भनेर उक्साएपछि उनले त्यस समयमा कम मान्छेले पढेको जर्मन भाषा पढे। त्यस बेला अरू साथीहरूजसरी नै गाइड बन्छु भन्ने मात्र सोचेका थिए। तर परराष्ट्रमा काम लाग्यो। , जर्मनीपछि उनी अस्ट्रेलिया पुगे। पहिले कथा, निबन्ध अनि कहिलेकाहीँ कविता लेख्ने छाङ्छाको परिचय साथीहरूमाझ साहित्यकारका रूपमा बनिसकेको थियो।, परराष्ट्रबाट विभिन्न देश डुल्न थालेपछि साथीहरूले उनलाई भने, 'तेरो अरू केही कोशेली चाहिन्न। बरू तँ त लेख्ने, हात चलाउने मान्छे, हामी जान नपाएको ठाउँबारे लेखेर ल्याइदे न। हामीलाई पनि त्यो ठाउँबारे थाहा होस् न।', योपटक फेरि साथीहरूको कुराले छाङ्छा उक्सिए। अनि नियात्रा लेखनमा कस्सिए। सुरूमा उनले 'कंगारूको देशमा हराउँदा' शीर्षकमा लेखे जुन गोरखापत्रमा छापियो। २०५२ सालमा उनले नियात्राको पहिलो कृति नै लेखे, 'कंगारूको देशदेखि आइफेल टावरसम्म।', परराष्ट्रको जागिरक्रममा छाङ्छा जर्मनी र अस्ट्रेलियासँगै अमेरिका, भारत, कतार लगायत विभिन्न देश पुगे। तीन वर्ष कतारमा काम गरेर फर्किएको समयमा उनले कोशेलीका रूपमा खजुर ल्याएका थिए। त्यति बेला खजुरको बिरूवा हुर्काउने होस उनलाई भएन। पछि साथीहरू पनि विदेश भ्रमण गरेर फर्किँदा खजुर कोशेलीका रूपमा उनलाई दिन्थे। , उनले खाएर गमलामा फाल्दा तिनले उम्रिने संकेत देखाए। अनि उनले साथीहरूसँग थप खजुर मगाए। कुनै खाएर त कुनै छोडाएर गमलामा रोपे। उम्रिन खोजेपछि उनले करेसाबारीमा पनि फाले। बारीमा त भरर उम्रियो।, एक-डेढ वर्षमा गमला र करेसाबारीमा केही खजुरका बोट भए। ती हुर्किरहेको देख्दा छाङ्छा रमाउँथे। तर आफ्नो सानो बारीमा हुर्काउनु पर्दा तिनलाई सास्ती दिएजस्तो महसुस गर्न थाले। न चाहिनेजति जमिन थियो, न पुग्दो हावापानी। एकदम दुःख दिएजस्तो महसुस गर्न थालेपछि उनले तिनलाई सार्वजनिक जमिनमा सार्ने योजना बनाए।, अनि हरेक दिन बिहान मर्निङ वाक गर्दै पुग्ने पशुपति क्षेत्रतिर ठाउँ खोज्न थाले। बागमती किनारै किनार हिँडे, उपयुक्त ठाउँ भेटेनन्। छ महिनाअघि मात्र गौशालाको यो ठाउँ फेला पारेका हुन्।, छाङ्छाले त्यहाँका एक पसलेलाई एकदिन आएर सोधे, 'एउटा अनौठो खालको बिरूवा छ, यहाँ रोप्न पाइन्छ होला?', पसलेले बिरूवाबारे जानकारी लिएपछि उनलाई हिम्मत दिइहाले, 'भइहाल्छ नि सर, मेरो पसलको ठ्याक्कै अगाडि रोप्नुस्। कसैले केही गरेछ भने म बेहोरूँला।', आफ्नो घरमा ठाउँ नभएर कति बिरूवालाई त्यसै फालेका छाङ्छालाई आड मिलिहाल्यो। एउटा बिरूवा तिनै पसलेले रहर गरेर घरमा उमार्छु भने। चारवटा भने यता सारे। असार मासको समयमा पानी परिरहेको थियो। त्यो बिरूवा सार्ने उपयुक्त समय। उनले सारे, गोडमेल गरे, अलिअलि मल हाले। , वरिपरि झार हप्तादिनमा उम्रिन्थ्यो। त्यही भएकाले बेलाबेलामा आएर उखेल्थे।, छाङ्छालाई यहाँ यो बोट रोप्न पाउनु सान्दर्भिक पनि लाग्छ। धेरैजसो विदेश गएर त्रिभुवन विमानस्थलबाट फर्किँदा कति मान्छेहरू यहाँबाट पनि हिँड्छन्। रूख अलि ठूलो भए उनीहरूले देख्न पाउँछन्। खाडी मुलुकमा पुगेका धेरैले त खजुरको बोट चिनिहाल्छन्। अनि त्यस्तो ठाउँमा पाइने खजुर यहाँ देख्दा उनीहरू पनि 'छक्क' पर्दा हुन्।  , यो बिरूवालाई घाम पर्ने ठाउँ चाहिन्छ। यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ। विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी पनि चाहिँदैन। झन् गौशालामा त भिरालो ठाउँ पाएको छ। चाहिएको पानी सोसिहाल्छ, नचाहिएको जमेर बस्दैन।, छाङ्छाले बिरूवामा सेतो चुना पनि छर्किएका छन्। यसले कीराबाट त जोगाउँछ नै, परैबाट बिरूवा चिन्न सहयोग पनि गरेको छ। , 'यसले बिरूवालाई केन्द्रित पनि गरेको छ,' उनले भने, 'खजुरबारे साथीभाइले सोध्यो भने त्यही रेखा लगाएको ठाउँमै त हो भन्न पनि भयो।', उनले अगाडि भने, 'यस्तो खालको रूख मैले यता देखेको छैन। यो ठूलो भयो भने एउटा ऐतिहासिक जस्तो पनि हुन्छ। भोलि कसले रोप्यो भनेर सोध्न पनि सक्छ। खजुरको बोट देखेको छैनस् भने मानव सेवा आश्रमको ठीकअगाडि हेर्न जा न भन्ने पनि होलान्। फल्यो भने झन् राम्रो। सबैले खान पाउँछन्।' , खजुर रोप्दा रमाइलो अनि सन्तुष्टिसँगै समाज र प्रकृतिलाई पनि केही गरेजस्तो अनुभव गरिरहेका छन् छाङ्छा। अनुभवसँगै उनले यसका विशेषताबारे जानकारी संकलन गरेका छन्।, उनका अनुसार खजुरमा प्रोटिन धेरै हुन्छ। अरबी मुलुकतिर ब्रत सुरू गर्दा वा तोड्दा खाइन्छ। यसले आफ्नो शरीरको शक्ति कायम राख्न मद्दत गर्छ भन्ने धारणा छ। करिब ७५ फिटसम्म अग्लो हुनसक्ने यसका दसवटा रूखलाई कतारको मरूभूमिमा काँडेतार लगाएर 'काटेमा सजाय गरिने' सूचनासमेत राखिएको छाङ्छा बताउँछन्। , जसरी सल्लाको रूख भएको ठाउँमा पानी हुँदैन, मरूभूमिमा बढी उम्रने खजुर भएको ठाउँमा पनि पानी हुँदैन। कतिपयले यस्तो बिरूवा यहाँ रोप्दा पर्यावरण र यहाँका अन्य बोटबिरूवालाई असर पुर्‍याउने हो कि भन्ने शंका पनि गरेका छन्।, तर उनी भन्छन्, 'यो मरूभूमिमा फल्ने हो तर यसले मरूभूमि नै बोकेर ल्याउने होइन। अलि टाढाको पानी लग्ला तर पानी धेरै नचाहिने भएकाले आवश्यक मात्र लिन्छ।', यी खजुर हुर्किएर राम्रा भए भने भविष्यमा थप बिरूवा घरमा उमारेर नर्सरी खोल्ने उनको सोच छ।, खजुर हुर्काउनुबाहेक हामीले सुरूमा भनेजस्तै उनी 'नियात्रा विधा परिचय' भनेर नियात्रा साहित्यको छुटै विधा हो भनेर किताब लेखिरहेका छन्।, जागिरक्रममा भारत बस्दा उनी घुम्न पाकिस्तान र भुटान गएका थिए। भुटानलाई सांग्रिलाको देश पनि भनिन्छ। त्यही देशको यात्रा सन्दर्भमा उनले 'सांग्रिलाको किनारतिर' भन्ने किताबको पनि तयारी गरिरहेका छन्।, छाङ्छाका अनुसार कतिपय मान्छेमा नियात्रा र निबन्ध एउटै हो भन्ने गलत धारणा छ। तर उनी तिनमा आनकातान फरक भएको बताउँछन्, 'निबन्ध भनेको एउटा कोठामा बसेर कल्पना गरेर पनि लेख्न सकिन्छ। नियात्रामा भने गति चाहिन्छ। नहिँडीकन लेख्न सकिन्न। यही नै मूल भेद हो।', यात्रा गर्नुलाई उनी आविष्कार पनि मान्छन्। यसले ज्ञान ढाउनुका साथै नयाँ समाजबारे बताउँछ जुन एक प्रकारको खुसी पनि हो। र यो खुसी किनेर पनि पाउँन नसकिने उनी बताउँछन्। , 'तपाईं जति तल बस्नुहुन्छ, त्यति तलको मात्र थाहा हुन्छ। जति माथि उक्लिनुहुन्छ, त्यति नै टाढाको देख्नुहुन्छ। जस्तो शिवपुरीमा चढ्यो भने नुवाकोट सबै देख्नुहुन्छ। यताबाट त नुवाकोट त के पशुपति पनि देख्नुहुन्न,' उनले भने, 'यात्राले मानिसलाई स्वस्थ र सक्रिय बनाउँछ।', छाङ्छाले नियात्राकै संग्रहहरू 'कंगारूको देशदेखि आइफेल टावरसम्म' बाहेक 'चाँप फुल्ने पहाड मुन्तिर', 'बादल रूँदाको जुरिच', 'बिँब्लेटो आकाशको धरातलतिर', 'दोहाको सिधा उडान' र 'पैदलै काठमाडौंका चुलीहरू' किताब लेखेका छन्। यसमध्ये दोहाको सिधा उडान मदन पुरस्कारको छोटो सूचीमा परेको थियो भने साझा पुरस्कार जित्न सफल भएको थियो। , जागिर क्रममा विदेशका धेरै ठाउँ पुगे पनि नेपालका धेरै स्थान पुग्न नपाएजस्तो छाङ्छालाई लाग्छ। काठमाडौं उपत्यकाका धेरै ठाउँ भने खुट्टैले हिँडेर भ्याएका छन्। पैदलै काठमाडौंका चुलीहरू किताब त्यसैको परिणाम हो। आफ्नो घर पुरानो बानेश्वरदेखि लगनखेल, न्युरोड लगायत ठाउँ जानपरे सवारीसाधन भन्दा हिँड्नै सहज र रमाइलो मान्छन् छाङ्छा।, 'हतार नभए बस चढ्दिनँ। समय छ भने हिँड्नै रूचाउँछु। यसले स्वास्थ्यलाई पनि राम्रो गर्छ। नहिँडेको भए त म भुँडे पनि हुन्थेँ होला है,' यसो भन्दै उनी हाँस्न थाले।, यसबाहेक हरेक बिहान ७ बजेतिर घरबाट हिँड्दै पशुपतितिर पुग्नु त छँदैछ। फर्किँदा खजुरका बोट कस्ता भए भनेर हेर्ने बहाना पनि हुन्छ। यी बोट संरक्षण गर्न र नभाँच्न वरिपरिका मान्छेलाई सम्झाएका छन्। कसैले बिगार्न खोज्यो भने 'हप्काउन' पनि भनेका छन्। , 'यहाँ खजुर रोपेको छु भनेर सबैलाई भनेको छैन। उखेलेर लग्लान् भनेर पनि केहीलाई मात्र जानकारी दिएको हुँ,' उनले भने।, 'अब सेतोपाटीमा यसबारे स्टोरी नै आएपछि त धेरैलाई थाहा हुन्छ, लगे भने?', हाम्रो प्रश्नमा उत्तर दिँदै उनले भने, 'लाँदैनन् होला। तर लगी नै हाले भने पनि के लाग्छ र! लगे पनि पानी पर्ने मोसममा लग्नुपर्‍यो। अहिले लगेर त बचाउनै गाह्रो हुन्छ। तर यहीँ राम्रो भयो भने फल दिन्छ। सबैले चाख्न पाउँछन् नि!', गौशालामा ४ वटा खजुर हुर्काइरहेका लेखक
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।, मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते छन्।, भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।, बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक छ।, बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका थिए।, मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए।, नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित छन्। यसअघि पनि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ।, बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन्। उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन्।, यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ।, गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ।, बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ।, गोठालो गएका व्यक्तिमाथि बाघको आक्रमण, अवस्था गम्भीर
सेतोपाटी संवाददाता हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार उक्त प्रणालीले हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। , प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु/कुहिरो लागेको छ।, महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। , सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। , आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।, २०७८ पुस २६ गते (सोमबार), दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, २०७८ पुस २७ गते (मंगलबार), दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : देशभर आंशिक बदली रहने छ। , मंगलबारसम्म देशभर वर्षाको सम्भावना
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।, भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन्।, सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।, ‘स्वास्थ्य मन्त्रालयको प्राविधिक मार्गदर्शन र सिसीएमसीको निर्देशनअनुसार हामी अगाडि बढ्छौं। कोरोना संक्रमण पछिल्लो समय बढेको छ,’ उनले भने, ‘जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना भएको देखिन्न।’, उनले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उनले बताए।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक/दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक गर्ने बताए।, कोरोना संक्रमणको अवस्था हेरेर उपत्यकाभित्रका सिडिओले कदम चाल्ने
रासस शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ।, एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।, हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले बताए।, ‘यस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्,’ उनले भने।, अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्।, निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए।, हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ।, हुम्लामा भारी हिमपात
एजेन्सी भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। , भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्।, यो अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो। यो संख्या पछिल्लो ६ महिनाकै ठूलो हो। , केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय संक्रमितको संख्या बढेर ४ लाख ७२ हजार १ सय ६९ पुगेको छ।, पछिल्लो २४ घन्टामा ४० हजार ८ सय ९५ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घन्टामा थप २८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।  , महाराष्ट्रको मुम्बई महानगरमा मात्र शनिबार २० हजार भन्दा बढी संक्रमित फेला परेका छन्। यहाँ पछिल्लो २४ घन्टाको तथ्याङ्क अनुसार २० हजार ३ सय १८ जनामा कोरोना संक्रमण फेला परेको छ।, यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले भोलि सोमबारदेखि कडा प्रतिवन्ध लागू गर्ने भएको छ। बिहान ५ बजेदेखि राति ११ बजेसम्म ५ एकै ठाउँमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ। यस्तै सार्वजनिक स्थानमा ५ जनाभन्दा बढीको समूह बनाएर हिँडडुल गर्न नपाउने भएको छ।, यस्तै राजधानी नयाँ दिल्लीमा शनिबार २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। , दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार दिल्लीमा हरेक दिन कोरोनामा नयाँ संक्रमित २० प्रतिशतले बढिरहेका छन्। दिल्लीमा पछिल्लो मे ५ पछि सर्वाधिक संक्रमित शनिबार फेला परेका हुन्।, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।, भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ हजार ७१ पुगेको छ । भारतका २६ राज्यमा फैलिइसकेको ओमिक्रोनबाट पछिल्लो २४ घन्टामा ४९५ जना संक्रमित भएका छन्। , तीव्र रूपमा फैलँदै भारतमा कोरोना, एकै दिन थपिए १ लाख ४१ हजार
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, आज बिहान जिप दुर्घटनामा परेको हो।, दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए।, सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।, तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, शनिबार राति पौने १० बजे कलंकी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ। , दुर्घटना हुँदा मोटरसाइकल चालक बझाङ घर भई ललितपुरको भैंसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ।, त्यस्तै मोटरसाइकलमै सवार बझाङ घर भई ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बम घाइते छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।    , टिपरसहित धादिङ घर भएका चालक चन्द्रविर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। ,  , कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते
सेतोपाटी संवाददाता अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आइतबार विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ।, आइतबार नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन्। केही विद्यार्थी घाइतेसमेत भएका छन्। , विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए।, उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन्। अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ। , नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो।, तर आइतबार पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।, हेर्नुस तस्बिरहरू:, जबरजस्ती कक्षा चलाउँदा नोबेल मेडिकल कलेजमा तोडफोड
गोपालप्रसाद बराल/रासस फेरि रेल चल्ने चर्चा चल्यो। शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो। , ‘अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन्। , ‘कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला’, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भने। शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले फेब्रुअरी १० देखि सेवा सञ्चालन गरिने बताए।, ‘सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्ष प्राविधिक भारतबाट झिकाइएका छन्’, महाप्रबन्धक झाले भने। यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिदैन। जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ। कुर्था नजिकको बस्तीकी सले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा/सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग गरिन्।, रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित् हुने र बौरिने गरेको साहको भनाइ छ। ‘कि कहुँ, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल’ (के भनौं, परार नै रेल चल्ने कुरा थियो, तर, कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुनेकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भनिन्, ‘अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल।’ (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौला कि रेल चल्यो)। , भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ। कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को विजलपुरा स्टेसनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ। लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागेपनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ।, राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताउँछन्। धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ। राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ। लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन्।, त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन्। यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ। तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन्। उमेरले ८० वर्ष टेक्दै गरेका भङ्गाहा–४ पलार बस्तीका चौठी बाँतरले  पनि रेल चल्ने कुरा चलेपछि बुढ्याइँले गाँजेको शरीर फूर्तिलो बन्ने बताए। विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने घिटघिटो नै बनेको बाँतरले बताए।, विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङहा, महोत्तरी)  रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा–५ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवलाई सम्झना ताजै छ। ‘हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली’, (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यौ, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष (करिब) जनकपुर गइएको छैन) उनले भनिन्।, अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ। यसैबीच रेल्वे ट्र्याकका १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन्। चोरी भएका क्लिप र नट भारतीयपक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासोभने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ। ‘रेल्वेको सम्पति केही सङ्ख्याका रेल्वे कर्मचारी र सुरक्षाकर्मीले मात्र संरक्षण गर्न सक्दैनन्, आम जनताको चासो हुनपर्छ’, उनको भनाइ छ। पहिले जयनगर, जनकपुरहुँदै विजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो। , विसं १९९४ सालमा नेपालका वनका काठ बोगी (रेलका मालसामान राख्ने डब्बा) भारत लाने उद्देश्यले सुरू भएको यो रेल कालान्तरमा यात्रु सेवामा परिणत भएको थियो। महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ। रेल चले आवतजावतको सुविधाको कुरामात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आश छ। ‘रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ’, लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भने, ‘यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ।’ कुर्थाबाट ५/६ किलोमिटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश सगाँलेका छन्।  , ‘रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)’, भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भने, ‘मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत’ (तर, लाग्दैछ जीवन यसै आशैआशमा भुण्डिदैछ)। तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरेपनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुझिने यादवको भनाइ छ। ‘रेल विभागका हाकिमले दुई/तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो’, भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भने, ‘कति सुन्नु त्यो उधारो कुरा...! रेल सञ्चालन भएपछि बुझौला, ए अब चलेछ।’ तर यी गुनासाबीच रेल चलेपछि आफूहरूको दिन राम्रा आउने आशभने साहको मरेको छैन। , भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ विजलपुरास्टेशनसम्म ) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ। , कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ। अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा पनि चाँडै सुरू हुने महाप्रबन्धक झाको भनाइ छ।    , यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दूरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ। गत भदौमा बर्दिबास (पुरानो बर्दिबास गाविस क्षेत्र) को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ। तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा (हाल भङगाहा नपा–४) किसाननगर (हाल बर्दिबास–६ र ७) र धनुषाको बेङ्गाडावर (हाल मिथिला नपा–९ र १०) पर्छ। महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गतवर्षमै जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो।, अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्वद्धपक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इष्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो। यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो।, बढ्यो रेल चढ्ने रहर
रासस नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्द्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ। , सेफ्स एशोसिएसन अफ नेपालको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन्।, कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताए। ‘नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ’, उनले भने।, अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवर्द्धन गर्न सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरु राख्नुपर्ने दबाब दिने उनको भनाइ थियो । , विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ। फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दाबढीलाई होटल तालिम प्रदान गरिसकिएको बताए।, एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ। कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिए।, एशोसिएसनको तथ्याङ्कअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।, एशोसिएसनको अध्यक्षमा लामा, एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।, दुई वर्षे कार्यकाल रहेको एशोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित भए।, यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ भए।, कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्था र एशोसिएसनका पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो।, ‘नेपाली खानालाई विश्वमा चिनाउँ’
सेतोपाटी संवाददाता जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको छ। उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत परिवर्तन गरिएको छ। ‘सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएको पाइएको छ’, उनले भने, ‘मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदुषण हुने गरेको छ।’, मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर चालकलाई सम्झाइबुझाइ पठाउने गरिएको सिंहको भनाइ छ। सम्झाउने र कारवाही गर्ने काम सँगसँगै थालिएको छ। कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ।, ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। , आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , अमरेन्द्रबहादुर सिंहको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखाबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा भएको छ। सिंहको ठाउँमा उमाप्रसाद चतुरबेदीको सरूवा भएको हो। , उनी कञ्चनपुरका प्रमुख थिए। उनको ठाउँमा श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी इन्टेलिजेन्स शाखाबाट सरूवा गरिएको छ। , गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका अरूण पौडेललाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौं मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ। , अर्जुन प्रसाद तिमिल्सीनाको काठमाडौं उपत्यका प्रहरी शिक्षालयबाट जिल्ला प्रहरी कार्यालय सिरहामा सरूवा भएको हो। सिरहामा रहेका हिराबहादुर पाण्डे विवादमा तानिएपछि उनको सरूवा गरिएको थियो। पछि उनलाई निलम्बन गरिएको छ। , उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरूवा गरिएको छ। , यस्तै काभ्रेका प्रमुख भुपेन्द्रबहादुर खत्रीको प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल काठमाडौंमा सरूवा भएको छ। उनको ठाउँमा काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत चक्रराज जोशीको सरूवा भएको हो। , महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रज्वल महर्जनको पूर्वी नवलपरासीमा सरूवा भएको छ। उनको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरका सिद्धिबिक्रम शाहको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, हेर्नुहोस् सूची:, नेपाल प्रहरीका ३४ एसपीको सरूवा (सूचीसहित)
राजु अधिकारी ‘नमस्कार, हामी नोबेल मेडिकल कलेज, विराटनगरका विद्यार्थी,’ आइतबार बिहान अस्पतालको गेटैमा भेटिएका एक हुल विद्यार्थीको भीडबाट अघि सरेर एक जना विद्यार्थीले भने ‘ऐनमा भएकै कुरा माग्दा पनि किन कलेजले जे भन्यो त्यही मान्नुपर्ने?’, उनी रोकिएनन्।, थपे, ‘चिकित्सा शिक्षा पढ्ने सोच बनाउनु नै यति ठूलो अपराध हो? जसका लागि हामीलाई नोबेलले २१ लाख जरिवाना र साढे पाँच वर्ष कैद सजाय सुनाएको छ!  के हामी यो देशका नागरिक होइनौं? हाम्रो मर्म कसले बुझ्ने?’, चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे चार लाखभन्दा बढी रकम आफूहरूसित असुल्ने नोबेलको कदमको विरोधमा उत्रिएका विद्यार्थी आयोगको नियमभन्दा बाहिर कोही जानै नहुने बताइरहेका छन्। त्यसैले घरबाट धाउन सक्नेहरू, डेरामा बस्न खोज्नेहरू होस्टलमा बस्न मानिरहेका छैनन्। तर, होस्टल अनिवार्य भन्दै आएको नोबेलले अतिरिक्त शुल्क पनि नछाड्ने र पैसा पनि असुल्ने नीति लिएपछि विद्यार्थीले त्यसको तुलना जेलसँग गरेका हुन्।, कलेजले अहिले मागेको साढे चार लाख बढी रुपैयाँ तिर्दै जाने हो भने पढाइ पूरा होउन्जेले २१ लाख पुग्ने उनीहरूको भनाइ छ।, पूर्वसहमति विपरीत आइतबार नोबेल प्रशासनले अधिकांश विद्यार्थीलाई बाहिरै राखेर कक्षा चलाउँदै गर्दा विरोधका लागि यी विद्यार्थी गेटमा भेला भएका थिए। बिहीबार मोरङ प्रशासनसँगको छलफलमा नोबेलले दुई बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामा अतिरिक्त शुल्क नलिने र दोस्रो बुँदामा विवाद साम्य नभएसम्म कक्षा नचलाउने उल्लेख थियो।, प्रशासनका अघि यस्तो सहमतिमा हस्ताक्षर गरेर फर्केको नोबेलले शुक्रबारबाटै विद्यार्थीलाई अतिरिक्त शुल्कका लागि फेरि ताकेता सुरू गरेको थियो।, ‘बिहीबार प्रशासनको रोहबरमा भएको छलफलमा कुनै अतिरिक्त शुल्क नलिने भनेको नोबेलले शुक्रबार फोन गरेर ताकेता गरेको छ,’ एमबिबिएस प्रथम वर्षमा छोरी भर्ना गराएका विराटनगरका एक अभिभावकले भने, ‘हाकाहाकी उता जे सहमति भए पनि हुँदै गर्छ, तपाईंहरूले पैसा नबुझाउने भए तपाईंको विद्यार्थीले कक्षामा प्रवेश पाउने छैन भन्छ। यो त सिधा डकैती भएन?’,  शुक्रबार मात्रै बुबाको फोनमा यस्तो धम्की सुनेकी उनकी छोरी आइतबार साथीहरूले बोलाएपछि कलेज पुगिन्। जहाँ कलेजले एक सय जनामध्ये करिब २० जनालाई धमाधम पढाइरहेको थियो। उनीहरूले त्यसो गर्न नपाइने भन्दै विरोध सुरू गरे। एकैछिनमा विभिन्न विद्यार्थी संगठनका विद्यार्थी पनि नोबेल परिसर पुगे। उनीहरूले कक्षा रोक्न वा सबैलाई प्रवेश दिन माग गरे। तर, एक्कासी विद्यार्थी समूहमाथि ढुंगा प्रहार भएपछि झडप सुरू भइहाल्यो।, ‘हामी विद्यार्थीहरूलाई विभेद गर्न पाइन्न भन्दै सम्झाउँदै थियौं,’ विद्यार्थी नेता निर्मल भण्डारीले भने, ‘एक्कासी सुरक्षा गार्डको दिशाबाट ढुंगा हानियो। दुई जना विद्यार्थी घाइते भए।’, नोबेल परिसरमा गएको साता पनि यस्तै झडप भएको थियो।, सरकारलाई अतिरिक्त शुल्क नलिने जवाफ दिने तर त्यो शुल्क नबुझाउने विद्यार्थीलाई कक्षामा प्रवेशै नदिने नोबेल मेडिकल कलेजको अड्डीले बारम्बार तनाव उत्पन्न गराउँदै आएको छ। यतिबेला पनि नोबेल परिसर तनावग्रस्त नै छ।, नोबेल अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माले केही दिनअघि मात्रै टेलिभिजनहरूलाई अन्तर्वार्ता दिने क्रममा अतिरिक्त शुल्क नलिइएको र नियमले पाउने मात्रै लिइएको दाबी गरेका थिए। सरकारसँग र सार्वजनिक रूपमा एउटा कुरा भन्ने तर विद्यार्थी र अभिभावकसँग अर्कै व्यवहार गर्ने उनको र कलेजको दोहोरो शैलीको मारमा अभिभावक र विद्यार्थी परेका छन्।, विद्यार्थी र अभिभावक कति त्रस्त छन् भने उनीहरू सार्वजनिक रूपमा नोबेलविरूद्ध बोल्नै मान्दैनन्।, ‘मैले सञ्चय कोषको रकम निकालेर र ऋण काढेर छोरीलाई एमबिबिएस भर्ना गराएको छु,’ सरकारी कर्मचारी रहेका ती अभिभावकले भने, ‘नोबेल सञ्चालकको दादागिरी र सिधा डकैती शैली गर्दा राज्य केही गर्दैन भने भोलि मेरी छोरीको भविष्य र पढाइमा तल माथि गर्दैनन् भन्ने के ग्यारेन्टी छ?’, सेतोपाटीसँग लामो कुराकानी गर्दा उनलाई अन्य अभिभावकले तारान्तार फोन गरिरहेका थिए। भर्खरै कलेजले फोन गरेर धम्क्याएको सुनाइरहेका थिए।, ‘पैसा तिरेर नानीहरू पढाउन खोज्दा यति दुःख पाइँदो रहेछ,’ उनी फोनमा भन्दै थिए, ‘सरकारलाई मेडिकल माफियाले फनफनी पार्दा रहेछन्।’, उनले भनिरहेको दृश्य आइतबार दिउँसो नोबेल परिसरमा व्यवहारतः प्रमाणित हुँदैथियो। प्रशासनसँग गरेको सहमति लत्याएर नोबेलले अतिरिक्त पैसा बुझाउनेलाई कक्षामा पढाउँदै थियो। अरू विद्यार्थी सदाझैं बाहिर आन्दोलनमै थिए।, १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा साढे ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। यसपटक नोबेलमा एक सय जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन्। विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेक कुनै पनि शुल्क नबुझाउने अडानमा छन्।, नोबेलले  एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विद्यार्थीले बताएका छन्। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको हो। चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो। पाँच वर्षे कोर्षको प्रथम वर्षबापतको  १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन्।,  , नोबेलका विद्यार्थीको प्रश्न: हामीलाई २१ लाख जरिवाना र साढे पाँच वर्ष कैद सजाय किन?
सेतोपाटी संवाददाता भारतमा कोरोना तिव्र रूपमा बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वतयारी थालेको छ।, शनिबार मात्रै भारतमा डेढ लाख हाराहारीमा कोरोना संक्रमित थपिएपछि नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै नगरपालिकाले पूर्वतयारीको कामलाई तिब्रता दिएको हो।, तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बिहान बसेको बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको छ।, बैठकमा नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले केउलानीमा यसअघि नै निर्माण गरेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्न स्वास्थ्यशाखालाई निर्देशनसमेत दिएका छन्।, कतिपय पालिकाले यसअघि निर्माण गरेका अस्थायी कोरोना अस्पताल तथा आईसोलेसन सेन्टर हटाए पनि तिलोत्तमा नगरपालिकाले भने केउलानीमा निर्माण गरेको एक सय बेडको अक्सिजन सेवासहितको अस्पताललाई यथावत राखेको छ।, बैठकमा ओमिक्रोन भाईरसको बारेमा स्वास्थ्य विज्ञद्धारा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवम् सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण गर्ने, नगरक्षेत्रभित्र कोरोना जोखिमको आँकलन गर्न विभिन्न स्थानहरुमा नमूना संकलन तथा परीक्षणको व्यवस्था गर्ने निर्णय पनि सिसिएमसीको बैठकले गरेको छ।, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिको पहिचान, परीक्षण गरी संक्रमण देखिए होम आइसोलेसनमा बस्न अनुरोध गर्ने, सचेतनामुलक, प्रतिरोधात्मक एवं स्वास्थ्य प्रवर्द्धनात्मक उपाय अवलम्बन गर्न अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ।, विभिन्न राजनीतिक दलका नगरस्तरीय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत सहभागि बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ परिपालना गराउने निर्णय गरेको नगरप्रवक्ता सुरेन्द्र श्रीले ,सेतोपाटी,लाई जानकारी दिए।, भारतमा कोरोना बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीमा थालियो पूर्वतयारी
सेतोपाटी संवाददाता दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  , शनिबार राति पौने ७ बजे घोरही उपमहानगरपालिका-११ बुकालीडाँडा नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, तीन जना सवार रा २ प १८४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका-१० बस्ने ५३ वर्षीय पदम बस्नेतको मृत्यु भएको हो। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।    , सुरूमा मोटरसाइकल एकै दिशामा जाँदै गरेको लु अ प १२५६ नम्बरको जिपलाई ओभरटेक गर्ने क्रममा ठोक्किएको थियो। त्यसपछि अनियन्त्रित भई विपरित दिशाबाट आँउदै गरेको ना ७ ख ५३१२ नम्वरको टिपरसँग पनि ठोकिएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परी घाइते भएका ४६ वर्षीय मदन बस्नेत उपचारपछि डिस्चार्ज भइसकेका छन्। त्यस्तै ४६ वर्षीय टेकबहादुर बस्नेतको उपचारको लागि बाँकेस्थित कोहलपुर पठाइएको छ।  , प्रहरी नायब उपरीक्षक रिजालका अनुसार जिप चालक र टिपर चालकलाई नियन्त्रणमा लिइएको छ।, प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। , दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा उपचार गराउन भन्दै धामी-झाँक्रीकोमा लगेकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ। , सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको नागार्जुन नगरपालिका-१स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा बालिकाको मृत्यु भएको हो। , बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको छ। , ‘बालिकाको हिजो बिहान मृत्यु भएको हो। उनको शरीरमा दामहरू पनि देखिएका छन्,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘हामीले एक महिलालाई नियन्त्रणमा लिइसकेका छौं।’, उनका अनुसार बालिका बिरामी थिइन्। कसैबाट झारफुक केन्द्रको बारेमा थाहा पाएर बालिकालाई २१ दिनअघि आमाले त्यहाँ लगेकी थिइन्। , ठकुरीले छोरीको उपचार गराउने भन्दै बालिकालाई छाडेर जान भनेपछि आमाले त्यहीँ छाडेर गएकी थिइन्। , शनिबार बिहान बालिका बेहोस भएको भन्ने जानकारी परिवारलाई गराइएको थियो। त्यसपछि बालिकाको उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। , अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरी उपरीक्षक मैनालीले बताए।, घटनाबारे आमाले प्रहरीलाई जानकारी गराएपछि उमा शाही ठकुरीलाई नियन्त्रणमा लिएको थियो। उनले त्यस ठाउँमा एक टहरा भाडामा लिएर झारफुक केन्द्र सञ्चालन गर्दै आएकी थिइन्। , उनीसँगै अरू भक्तजनहरू पनि बस्ने गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। उनलाई सबैले 'माता' भनेर सम्बोधन गर्थे। , उनीमाथि थप अनुसन्धान गर्न कर्तव्य ज्यान मुद्धामा म्याद थप गर्न काठमाडौं सरकारी वकिल कार्यालय लगिएको छ। , बालिकाको मृत्यु के-कसरी भएको हो भन्ने पोष्टमार्टमबाट थाहा पाइने प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।, काठमाडौंमा 'माता' को झारफुक केन्द्रमा उपचार गराउन लैजाँदा १४ वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता लागुऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। , जिल्ला अदालत कास्कीले लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। , उनलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो।  , ‘उनीमाथि थप अनुसन्धान गर्न २१ गतेदेखि लागु हुने गरी १७ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ थापाले भने। , प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका-८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो। , उनीसँगै पोखरा-२१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका हुन्। , उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो। , जाल्पारोडमा ब्राउनसुगर खरिद-बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। , टोलीले उनीहरूलाई बाटोमा फेला परी चेकजाँच गर्दा ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो। त्यसबारे उनीहरूमाथि सोधपुछ गरी प्रहरी सभागृहस्थितमा रहेको सुस्मिताको कोठामा पुगेको थियो। , त्यहाँ लुकाएर राखेको थप १२.५० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ। प्रहरीले उनीहरूबाट एउटा डिजटल तराजु, ३८ हजार ३५० रुपैयाँ, ५ वटा मोबाइल र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ। , प्रहरीले यसमा लाउरेको संलग्नता के कस्तो हो भन्नेबारे खुलाएको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। , लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए। , उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्। , र्‍यापर लाउरेसहित चार जनाबाट बरामद भएको ब्राउनसुगर।,  , र्‍यापर लाउरेसहित चार जनालाई थप दुई साता हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। , आँधिखोला गाउँपालिका वडा नम्बर १ कालिखर्क जंगलमा भरूवा बन्दुकको छर्राले लागेर सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। , उनको मृत्युपछि भागेका छ जना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबारसम्म सबै जना आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।, आँधिखोला गाउँपालिका-१ बस्ने २७ वर्षीय भीमबहादुर सुनार (सूर्य), १८ वर्षीय सुनिल बिक, २४ वर्षीय रेवत पौडेल (दिनेश) र ३७  वर्षीय धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। , यस्तै २४ वर्षीय खुमनारायण अधिकारी र २८ वर्षीय साजन कामीलाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको हो। उनलाई गत शुक्रबार पक्राउ गरी शनिबार स्याङ्जा पुर्‍याइएको हो। , प्रहरीका अनुसार उनीहरू सातै जना मंगलबार राति १० बजे कालिखर्क जंगलमा कुखुरा मार्न गएका थिए। उनीहरू त्यसैगरी पहिले पनि जाने गर्थे।, ‘उनीहरू एउटै गाउँका हुन्। रमाइलो गर्ने अनि बेलुकीपख कुखुरा मार्न जाने योजना बनाएका रहेछन्,’ प्रहरी नायब उपरीक्षक अधिकारीले भने, ‘उनीहरूले भरूवा बन्दुक लिएर गएका थिए। त्यसैक्रममा बन्दुक अचानक पड्किएर विकको मृत्यु भएको भनेका छन्।’, बन्दुक पड्किएर गोलीको छर्रा विकको नाइटो मुनी लागेको उनले बताए। यद्यपि बन्दुक कसले चलाएको थियो भन्ने खुलिइनसकेको उनले बताए।, बन्दुकको छर्राले लागेर विकको मृत्यु भएपछि साथीहरू उनलाई त्यहीँ छाडेर भागेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।, घटनाबारे ती साथीहरूले कसैलाई पनि जानकारी गराएनन्। तर भोलिपल्ट रातिसम्म पनि नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरी विकको खोजी गरेको थियो। , तर रात परेपछि उनी त्यो दिन पनि भेटेनन्। त्यसको भोलिपल्ट बिहीबार बिहान ७ बजे जंगलमा उनको शव फेला परेको थियो। , शव फेला परेपछि प्रहरीले गाउँबाट मृतकका साथीहरू भागेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको खोजी गरी नियन्त्रणमा लिएको हो। , प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट एउटा एक नाले भरूवा बन्दुक, दुई ग्राम बारूद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाइको बट्टा बरामद गरेको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्धामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।, आइतबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गर्न अनुमति लिने काम भइरहेको प्रहरीले जनाएको छ।, वन कुखुरा मार्न जाँदा बन्दुकको छर्राले लागेर साथीको मृत्यु, छ जना पक्राउ
राजेश घिमिरे कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुन नदिन सबै स्थानीय तहलाई पत्रचार गरेको केही दिन भयो।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोधार्थ दिएर सबै स्थानीय तह, सबै जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई पठाएको पत्रमा ओमिक्रोन नेपालमा भित्रिइसकेकाले सतर्क रहन र पूर्वतयारीका साथ रहन निर्देशन दिँदै भीडभाड हुन नदिन, जोखिमका क्षेत्रहरू  पत्ता लगाई एन्टिजिन परीक्षण गर्न, सीमामा कडाइ गर्न भनेको थियो।, त्यसयता नेपालमा हरेक दिन कोरोना संक्रमित थपिइराखेका छन्। गत शुक्रबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी ‘विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका कारणले अत्याधिक मात्रामा कोभिड-१९ का केसहरू बढ्न सक्ने सम्भावना रहेकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ’ भनेको थियो। विज्ञप्तिमा अन्य भेरिएन्टजस्तै यो भेरिएन्टबाट बच्नका लागि पनि जनस्वास्थ्य मापदण्डको पालना (सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने तथा दुई मिटरको भौतिक दूरी कायम गर्ने) गर्न अनुरोध गरिएको थियो।, यी तथ्य र चेतावनीको खिल्ली उडाउँदै चितवनमा मेला महोत्सवहरू आयोजना गर्न थालिएका छन्। कोरोना महामारीको खतरा बढ्दै जाँदा ठूलो संख्यामा मान्छेको भीड जम्मा गर्नेगरी चितवनमा महोत्सवहरू सुरू हुन थालेका छन्। स्थानीय तहले ती महोत्सवको प्रवर्द्धन गरेका छन् भने प्रशासनले सहयोग गरेका छन्।, उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आइतबारदेखि नारायणी नदी किनारमा चितवन महोत्सव हुन थालेको छ। यो महोत्सवलाई भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले प्रवर्द्धन गरेका छन्। आयोजकले महोत्सवमा सहभागी बन्न आह्वान गर्दै जिल्लाका सञ्चारमाध्यमबाट प्रचार-प्रसार गरिरहेको छ।, महोत्सवको पूर्वसन्ध्यामा नारायणगढ क्षेत्रमा निकालिएको झाँकीमा ठूलो संख्यामा मान्छे उपस्थित थिए। यहाँ जम्मा भएको भीडले जनस्वास्थ्यको मापदण्ड पालना गरेको थिएन। सहभागीमध्ये धेरैले मास्कको प्रयोग गरेको देखिए पनि भौतिक दूरी कायम हुन नसक्दा संक्रमण फैलन खतरा देखिन्थ्यो। , महोत्सव उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ल्याउन लागिएको थियो। तर कोरोना संक्रमण पुष्टी भएपछि उनी आउने कार्यक्रम स्थगित भयो। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले महोत्सवको उद्घाटन गरे।, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतले खतराको चेतावनी दिँदा पनि महोत्सव गर्नु गतल हुने भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले कोरोना संक्रमण बढ्दै जाँदा स्थानीय तह र प्रशासनकै सहयोगमा महोत्सव हुनु जनताको स्वास्थ्य माथिको खेलबाड भएको भन्दै विरोध गरेका छन्।, चितवनकै रत्ननगर उद्योग वाणिज्य संघले मंगलबारदेखि पूर्वी चितवनको टिकौली चौरमा रत्ननगर महोत्सवको आयोजना गर्दैछ। महोत्सव गर्नका लागि भनेर उक्त स्थानमा संरचना निर्माणको काम धमाधम भइरहेको छ। रत्ननगर नगरपालिका यो महोत्सवको संरक्षक हो।, चितवन महोत्सव र रत्ननगर महोत्सव फरक-फरक वर्षमा गर्ने पुरानो चलन रहे पनि यसपटक एकै वर्षमा एउटै समयमा यी दुई महोत्सव आयोजना गरिँदैछ।, पूर्वी चितवनको राप्ती नगरपालिकामा दस दिनदेखि चलेको गड्यौली महोत्सव शनिबारमात्रै सकिएको छ। त्यसअघि कालिका नगरपालिकामा पदमपुर महोत्सव भएको थियो।, स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा आइतबारसम्म कोरोना संक्रमित ८२ जना छन्। उनीहरूमध्ये ७ जनाको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार पछिल्ला दिनमा चितवनमा परीक्षण गरिएका मध्ये २ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ।, ‘मन्त्रालयले दिएको निर्देशनअनुसार जिल्लाका अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राख्न थालिएको छ। भरतपुर अस्पतालले आज बैठक बसेर आवश्यक तयारी सुरू गरेको छ। अन्य अस्पतालमा पनि तयारी सुरू भएका छन्,’ तिवारीले भने।, यसअघि मन्त्रालयले संक्रमण बढ्न सक्ने भएकाले सतर्क रहन पत्र पठाएको केही दिनमा अस्पतालका बेडहरू बिरामीले भरिएको भन्दै तिवारीले यसपटक पनि त्यस्तै हुन सक्ने भएकाले सतर्कता अपनाउन थालिएको बताए। , जिल्लामा भइरहेका मेला, महोत्सवले कोरोना संक्रमणको जोखिम थप बढाउने उनले बताए।, ‘हामीले सतर्क रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छौं। सरकारले जारी गरेको निर्देशिकाअनुसार हामीले अहिले गर्न सकिने यही नै हो,’ उनले भने, ‘महोत्सवमा भीड नगर भनेर जति भने पनि मान्छेले मान्दैनन्। भीडले जोखिम बढाउने देखिन्छ।’, उनले यो अवस्थामा महोत्सव सञ्चालन गरेर भीड जम्मा गर्न नहुने भए पनि  उपल्लो तहले निर्देशन नदिँदा सम्म ‘झ्याप्पै बन्द गर’ भन्न नमिल्ने बताए।, ‘अहिले सक्रिय संक्रमितको संख्या एक सयभन्दा कम छ। बढेर ५ सय देखि एक हजार पुग्यो र अस्पतालमा उपचारमा समस्या देखिन थाल्यो भने बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने।, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले अप्ठेरो लागि-लागि महोत्सवमा सहभागी हुनुपरेको बताए।, 'चितवन महोत्सव उद्योग वाणिज्य संघसँग भरतपुर नगरपालिका, जिविस पनि मिलेर आयोजना गर्ने पुरोनो चलन हो। यसपालि महोत्सवको निर्णय गर्दा कोरोना संक्रमण खासै नभएकाले जिसस पनि प्रवर्द्धक बन्यो। तर सुरू हुने बेलामा महामारी फैलिने अवस्था देखिँदैछ,' उनले भने, 'म पनि आज अप्ठेरो मानी-मानी उद्घाटनस्थल पुगेर फर्किएँ। यो मजबुरी भयो।', उनले जिल्ला तहले चाहेर पनि महोत्सव रोक्न नसक्ने भएकाले संघीय र प्रदेश सरकारले चासो दिनुपर्ने बताए।, 'स्वास्थ्य कार्यालयले जनस्वास्थ्यका मापदण्ड पूरा गर्नु भनेको छ। आयोजकले पनि मास्क र स्यानिटाइजर लगाऊ भनेको छ तर यत्तिले अब पुग्दैन,' उनले भने, 'महोत्सवमार्फत कोरोना संक्रमण फैलिन नदिन संघीय सरकारको चासो पुग्नुपर्‍यो।', कोरोना संक्रमण बढिरहँदा चितवनमा स्थानीय तहबीच भीड जम्मा गर्ने ‘प्रतिष्पर्धा’
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण सुरू गरिएको हो।, ललितपुरको उत्तर-पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ। सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ। स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालु आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख र नहर निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको थियो।, कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वर भूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वर जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन्। सामूहिक खेती गरेर उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हामी सबै मिलेर सामूहिक खेती गरौं, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु।’, तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन्। उनले भनिन्, ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ, त्यसका आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाईंहरू सक्रिय हुनुहोस्।’, संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूहरूले भनेको समाजवाद हाम्रै सीप र परीश्रमबाट आउने भएकाले त्यसका लागि  निरन्तर सिर्जनशील काम गर्नुपर्ने बताइन्।, कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र सम्वर्द्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्नुहोला।’, आज शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैंसेपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ। यस प्रणालीबाट करिब दुई हजार घरधुरी एवं सात हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ। खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए। उनीहरूले ऐतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए।, ऊर्जा मन्त्रीले गरिन् खोकना राजकुलो मुहान निर्माणको शिलान्यास
सेतोपाटी संवाददाता हनुमानढोका दरबार क्षेत्रको कृष्ण मन्दिरमा एक साताअघि एउटा मल्लकालीन शिलालेख तोडफोड गरेर टुक्राटुक्रा पारिएको अवस्थामा फेला पर्‍यो। चौबीसै घन्टा सुरक्षा पहरामा रहने विश्व सम्पदा क्षेत्रको यस्तो ऐतिहासिक महत्वको अभिलेख तोडफोड गरिएकोमा सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरे।, महानगरीय प्रहरी वृत्त जनसेवाले कृष्ण मन्दिरको त्यो शिलालेख फुटाएको आरोपमा एक जना महिलालाई शुक्रबार पक्राउ गरेको छ। सिसिटिभी फुटेजका आधारमा पक्राउ परेकी ती महिला मनमाया श्रेष्ठ हुन्। उनको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले बताएका छन्।, यसबारे प्रहरीले अनुसन्धान गरेर थप विवरण सार्वजनिक गर्ला नै, तर विश्व सम्पदा क्षेत्रका महत्वपूर्ण शिलालेख र संरचनाहरूको संरक्षणमा देखिएको सुरक्षा चुकलाई यो घटनाले उजागर गरेको छ।, तोडफोड गरेर टुक्राटुक्रा पारिएको यो शिलालेख कति महत्वपूर्ण छ भन्ने यसमा उल्लिखित विवरणले बुझाउँछ।, यो स्टोरीमा हामी उक्त शिलालेखमा के–कस्ता विवरण कुँदिएका छन् र अब यसलाई कसरी पुनर्स्थापना गरिँदैछ भन्नेबारे चर्चा गर्नेछौं।, यो आजभन्दा ३७३ वर्ष पुरानो शिलालेख हो। काठमाडौंका राजा प्रताप मल्लले विक्रम सम्बत् १७०५ मा आफ्नो दरबारअगाडि कृष्ण मन्दिर बनाउन लगाएर यो शिलालेख स्थापना गराएका थिए।, हनुमानढोका दरबार क्षेत्रको यो कृष्ण मन्दिर आठकुने शैलीमा बनेको छ जसलाई स्थानीयहरू ‘च्यासिंदेग’ भन्छन्। नेपाल भाषामा च्यास भनेको आठ हो।, हनुमानढोका दरबार परिसरमा रहेको कृष्ण मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यो मन्दिर हनुमानढोका दरबारको मूलढोकाबाट सिधा अगाडि सडकपारि अलि उचाइमा छ। राजा प्रताप मल्लले पाटनको देखासिकी यो मन्दिर बनाउन लगाएका हुन्। पाटनका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबारअगाडि विक्रम सम्बत् १६९३ मा कृष्ण मन्दिर बनाएका थिए।, यो मन्दिर निर्माण र शिलालेखका सम्बन्धमा इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा विस्तृत वर्णन गरेका छन्।, किताबमा उल्लेख भएअनुसार प्रताप मल्लको प्रारम्भिक राज्यकालमा पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। सिद्धिनरसिंह नाताले प्रताप मल्लका काका पर्थे। तर उनीहरूबीच मिल्ती थिएन।, ‘सिद्धिनरसिंह एक धर्मात्मा राजा थिए। उनका धार्मिक गतिविधिबाट दुनियाँ प्रभावित थिए। मानिसहरू उनलाई श्रद्धाको दृष्टिले हेर्थे। यो कुराले उनका भारदारहरू भित्रभित्रै जलेका थिए,’ गौतमवज्र लेख्छन्, ‘विक्रम सम्बत् १६९३ मा राजा सिद्धिनरसिंहले पाटनमा धूमधामसँग कोटिहोम गरी आफ्नो दरबारअगाडि कृष्ण मन्दिर स्थापना गरेका थिए। पाटनका राजा कोटिहोमको काममा लागिरहेको अवसर पारी राजा प्रताप मल्लले पाटनमा हमला गरेका थिए।’, प्रताप मल्लले त्यति बेला पाटनमा हमला गर्दा केही हातहतियार कब्जा त गरे तर त्योभन्दा बढ्ता उपलब्धि हात पार्न सकेनन्। एक किसिमले भन्दा पाटनमाथिको हमला काठमाडौंका निम्ति पराजय नै थियो। यसबाट राजनीतिक रूपमा प्रताप मल्ललाई कुनै लाभ भएन।, राजनीतिक लाभ मात्र नभएको होइन, बिनाकारण पाटनमाथि हमला गर्नुलाई काठमाडौं राज्यभित्र सकारात्मक रूपमा नलिइएको इतिहासकार गौतमवज्र आफ्नो किताबमा उल्लेख गर्छन्।, उनका अनुसार, अर्काले गरेको धार्मिक काम बिगार्न खोजेको भन्दै प्रताप मल्लको बदनामी भएको थियो।, ‘यसैको प्रतिक्रियास्वरूप राजा सिद्धिनरसिंहले जस्तै आफ्नो दरबारको प्रांगणमा राजा प्रताप मल्लले कृष्ण मन्दिर बनाएको देखिन्छ,’ गौतमवज्र लेख्छन्।, यो त भयो काठमाडौंको कृष्ण मन्दिर निर्माणसँग जोडिएको कथा।, अब हामी चर्चा गरौं, कृष्ण मन्दिरमा प्रताप मल्लले राखेको उक्त शिलालेखमा कुँदिएको विषयवस्तुबारे।, चित्रकार हरिप्रसाद शर्माले बनाएको राजा प्रताप मल्लको पोट्रेट।, गौतमवज्रको ‘हनुमानढोका राजदबार’ किताबअनुसार शिलालेखमा प्रताप मल्लले आफ्ना दुई दिवंगत रानीहरू रूपमती र राजमतीको सम्झना गरेका छन्।, राजा प्रताप मल्लका धेरै रानी थिए। तीमध्ये रूपमती बिहारकी राजकुमारी हुन् भने राजमती कर्नाटक देशकी राजकुमारी हुन्। बिहार र कर्नाटकका राजकुमारीसँगको विवाह सम्बन्धलाई लिएर प्रताप मल्ललाई ठूलो गर्व थियो। उनले अनेक अभिलेखमा आफ्ना दुई रानीहरूसँगको सम्बन्धबारे उल्लेख गरेका छन्। यी दुवै रानीको विक्रम सम्बत् १७०५ भन्दा अगाडि नै मृत्यु भइसकेको थियो। त्यति बेला राजा प्रताप मल्ल २६ वर्षका मात्र थिए।, ‘जवानीमै दुई रानीको असामयिक मृत्युले राजा प्रताप मल्ललाई मनमा ठूलो चोट लागेको थियो,’ गौतमवज्र लेख्छन्, ‘कृष्ण मन्दिरमा रहेको उनको अभिलेखमा उनै दुई रानीको सम्झनामा त्यो मन्दिर निर्माण गराएको कुरा लेखिएको छ।’, उक्त अभिलेखअनुसार मन्दिरभित्र उनले स्थापना गरेका तीन मूर्तिमध्ये बीचको कृष्णको मूर्ति आफ्नै स्वरूपमा र दायाँबायाँ रहेका रूक्मिणी र सत्यभामाको मूर्ति भने तिनै दुई रानीको स्वरूपमा बनाउन लगाएका थिए।, आफूले निकै गर्व गरेको यी दुई रानीसँग जन्मजन्मान्तर कहिल्यै विछोड नहोस् भन्ने इच्छाले प्रताप मल्लले तीनै जनाको मूर्ति बनाउन लगाएको गौतमवज्रको भनाइ छ।, उनका अनुसार लौहलेप गरिएको यो शिलालेखले मल्लकालीन प्रस्तरकलाको पनि परिचय दिन्छ। यसमा प्रताप मल्लले आफ्ना दुई रानी रूपमती र राजमतीको वंशावली पनि सगर्व लेखाएका छन्। आफूले जितेका विभिन्न देश र युद्धको वर्णन गरिएकाले ऐतिहासिक दृष्टिले पनि यो अभिलेख महत्वपूर्ण रहेको गौतमवज्र बताउँछन्।, काठमाडौंको कृष्ण मन्दिरभित्र रहेको कृष्ण, रूक्मिणी र सत्यभामाको मूर्ति। तस्बिर: नारायण महर्जन/सेतोपाटी, वरिपरि मयूर, फूलका लहरा लगायत कलाकृतिले भरिएको शिलालेखमा ३६ पंक्तिको अभिलेख कुँदिएको छ। अभिलेखको माथिल्लो भाग संस्कृतमा र तल्लो भाग नेवारी भाषामा छ। आफ्ना दुई रानीलाई रूक्मिणी र सत्यभामाका रूपमा मूर्ति स्थापना गरेको कुरा उनले दुइटै भाषामा लेखाएका छन् भने कृष्णका रूपमा आफूलाई प्रस्तुत गरेको विवरण संस्कृत भाषामा मात्र छ।, ‘हाम्रो यता आफ्नो प्रतिकृतिका रूपमा देउताको मूर्ति बनाउने चलन दुर्लभ छ। राजा प्रताप मल्लले स्थापना गरेको कृष्णको यो मूर्तिबाहेक अर्को यस्तो उदाहरण दुइटै मात्र देखापरेका छन्,’ गौतमवज्र लेख्छन्।, उनका अनुसार लिच्छवि कालका शक्तिशाली राजा विष्णुगुप्तले पशुपतिको बागमतीपारि रामचन्द्र भनी भगवान विष्णुको विशाल मूर्ति बनाउन लगाएका थिए। यो मूर्ति राजा विष्णुगुप्तकै स्वरूपसँग मिल्दोजुल्दो थियो।, त्यस्तै, भक्तपुरका राजा यक्ष मल्लले विक्रम सम्बत् १५२४ मा आफ्ना दिवंगत छोरा राजमल्ल देवको सम्झनामा उनकै सालिकका रूपमा ऋषिकेशको मूर्ति बनाउन लगाएका थिए। त्रिपुरसुन्दरीको अभिलेखमा यो कुरा वर्णन गरिएको छ।, यसबाहेक विष्णुको मूर्ति बनाउँदा त्यसको अगाडि भक्त गरूडका रूपमा आफ्नै सालिक बनाउने परम्परा खुब चलेको गौतमवज्र उल्लेख गर्छन्।, राजा प्रताप मल्लले शिखर शैलीमा निर्माण गराएको काठमाडौंको कृष्ण मन्दिर पाँच तह पेटी बनाएर त्यसमाथि मन्दिर उठाइएको छ। मन्दिरको द्वार दरबारको मूलढोकातिर फर्केको छ। पाँच तह पेटीको बीचमा मन्दिरको ढोकासम्म पुग्ने सिँढी छ। मन्दिरभित्र पस्ने मूलद्वारको दायाँपट्टि प्रताप मल्लको शिलालेख भित्तामा अड्याइएको थियो जुन एक साताअघिको तोडफोडमा टुक्राटुक्रा भयो।, पाँच तह पेटीको बीचमा कृष्ण मन्दिरको ढोकासम्म पुग्ने सिँढी। तस्बिर: नारायण महर्जन/सेतोपाटी, अहिले शिलालेखका टुक्रा हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयको संरक्षणमा छ। यसलाई जोडेर पुरानै ठाउँमा पुनर्स्थापना गरिने कार्यालय प्रमुख सन्दीप खनालले बताए।, ‘चोइटिएका सबै भाग हामीले संकलन गरिसकेका छौं,’ उनले शुक्रबार सेतोपाटीसँग भने, ‘कुनै पनि भाग हराएको छैन। अभिलेख कुँदिएको खण्डमा हानि–नोक्सानी नभएकाले जोड्न सकिन्छ।’, फुटिसकेको शिलालेख कसरी जोड्न सकिन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘ढुंगाको धुलोलाई रसायनमा घोलेर जोड्ने विधि हुन्छ। हामी त्यही विधि प्रयोग गरेर शिलालेख जोड्दैछौं।’, यसबारे विज्ञहरूसँग सरसल्लाह भइरहेको र शिलालेख जोडिसकेपछि पुरानै ठाउँमा राखिने उनले बताए।, राजा प्रताप मल्लले आफ्ना दुई रानीहरू रूपमती र राजमतीको सम्झनामा राखेको यो शिलालेख तपाईंहरूले अहिलेसम्म पढ्नुभएको छैन भने अब पुनर्स्थापनापछि पढ्न जानू है!, यसमा उल्लिखित पौने चार सय वर्ष पुरानो मल्लकालीन इतिहासले तपाईंलाई रोमाञ्चित बनाउनेछ।, हनुमानढोका दरबार क्षेत्रमा रहेको काल भैरव र पछाडि कृष्ण मन्दिर। तस्बिर: नारायण महर्जन/सेतोपाटी,  , हनुमानढोकामा तोडफोड गरिएको शिलालेखमा आफ्ना दुई रानीको सम्झना छाडेका थिए राजा प्रताप मल्लले
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो। , गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार हजारको आँकडा पार गरेको हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्। , काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्। , यसअघि शनिबार ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ,  , नेपालमा कोरोना संक्रमित असोज १ यताकै सर्वाधिक
रासस कञ्चनपुरमा कोरोनाविरूद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ।, स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ। जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४००  छ।, कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन्।, यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन्। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ।, खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत  छ।, बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरूद्धको भेरोसेल खोप लगाइएको छ।, ‘माघ महिनादेखि नियमित रूपमा अन्य खोपजस्तै कोरोनाविरूद्धको खोप लगाउने तयारी भइरहेको छ’, अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको छवटै दिन पालिकामार्फत् खोप लगाउनका लागि योजना बनाउँदैछौं।’, कोरोनाविरूद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए।, ‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाइसकिएका छौं,’ उनले भने,‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ।’ , भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरूद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ। दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ। , कञ्चनपुरमा खोप लगाउनेको संख्या एक लाख ९७ हजार बढी
सेतोपाटी संवाददाता विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय आठ दिनसम्म बन्द गरेको छ।  , तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि संक्रमणको चेनब्रेक गर्नका लागि उपमहानगरभरिका सबै विद्यालय आठ दिन बन्द गर्ने निर्णय भएको बताएको छ। , मेयर घनश्याम पाण्डेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा तीव्र रूपमा संक्रमण फैलिएको हुँदा त्यो नियन्त्रण गर्न विद्यालय बन्द गर्नुपरेको सेतोपाटीलाई बताए। , तुलसीपुरको सेन्टर मावि, गुरु जजुर नमूना मावि, अश्वारामा मावि समेत गरी तीन विद्यालयका शिक्षक र विद्यार्थीमा संक्रमण देखिएपछि ती विद्यालय बन्द अवस्थामा छन्। , भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्न तथा आन्तरिक परीक्षासमेत स्थगित गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। संक्रमणको अवस्था हेरेर माघ ४ गतेपछि मात्रै विद्यालय सञ्चाल गर्न आग्रह गरिएको छ। , शून्य अवस्थामा झरेको कोरोना संक्रमण दर तीन अवधिको अवधिमा तुलसीपुर क्षेत्रमा मात्रै ८४ जना पुगेको छ।, तुलसीपुरका विद्यालय आठ दिनसम्म बन्द
सेतोपाटी संवाददाता नेपालमा थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ। , 'पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको छ,' विज्ञप्तिमा भनिएको छ। , मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।, साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ , पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ।, गत मंगलबारदेखि नेपालमा क्रमिक रूपमा संक्रमितको संख्या वृद्धि भइरहेको छ।, बिहीबार मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो। , विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न सुझाएका छन्।, नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि
सेतोपाटी संवाददाता काठमाडौं, बसन्तपुरको हनुमानढोकास्थित शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार मनमाया श्रेष्ठ नामकी महिलालाई पक्राउ गरिएको हो।, उनलाई सिसिटिभी फुटेजको आधारमा बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।, श्रेष्ठको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिए। , यसबारे विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ।, हनुमानढोकाको शिलालेख तोडफोड गरेको आरोपमा एक महिला पक्राउ
दिपकजंग शाही कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्।, सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।, प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो।, प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो।, आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो।, उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।, भिडिओ सार्वजनिक भएपछि प्रहरीले आफ्नो प्रतिवेदन तयार पारी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो।, पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा भएको कुलपूजामा उनीहरूले यस्तो व्यवहार गरेका थिए।, यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका हुन्।, तीन जनामध्ये दुई जनाले महिलामाथि शारीरिक रूपमा झम्टिनुका साथै आफ्नो पैताला पालैपालो चटाएका थिए।, सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन्।, उनले प्रहरीसँगको सोधपुछका क्रममा पनि आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन्।, प्रहरीसँगको बयानमा ती पुरूषहरूले पनि आफ्नो शरीरमा देउता चढेपछि महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकार गरेका थिए ।, एक-एक लाख धरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष
सेतोपाटी संवाददाता श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। , सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९ बजेको समयमा श्रीमती रामकलीलाई टाउकोमा रड प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए। , गम्भीर अवस्थाकी रामकलीको सल्यानमा उपचार सम्भव नभएपछि छोरा हेमराजले राति नै आमालाई थप उपचार लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याएपछि पुस १९ गते बिहानमात्रै प्रहरीलाई खबर गरेका थिए। , हेमराजको सूचनापछि पुगेको प्रहरीले सोही दिन लोकबहादुरलाई पक्राउ गरेको थियो। , डिएसपी खड्काका अनुसार रामकलीको उपचार कोहलपुरमा पनि सम्भव भएन। रड प्रहारबाट ब्रेन ह्यामरेजको अवस्थामा पुगेकी अचेत रामकलीको घर ल्याई पुर्‍याएलगत्तै मृत्यु भएको थियो। , मदिराले मातेका लोकबहादुरले सामान्य विवादमा छोरा हेमराजमाथि पनि उक्त दिन आक्रमण गरेको डिएसपी खड्काले जानकारी दिए । , प्रहरी थुनामा रहेका लोकबहादुरसँग घटनाबारे सोधपुछको क्रम चलिरहेको प्रहरीले जानकारी दिएको छ।, श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
रासस अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन्। , बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो।, ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।, पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्याएर चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए। उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।, पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।  , अदालतबाट २६ लाख जरिवाना ठहर भएका राजेन्द्रकुमार श्रेष्ठ पक्राउ
रासस चाँदी जस्तै टल्किने हिमालहरू। चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरूआत हुन्छ।, बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएजस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ। , यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो।, ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो। धेरैको जनजीवन प्रभावित हुन पुग्यो। मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौंरी गोठ सर्ने क्रममा हिमपहिरामा परे।, तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत् दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन।, ओढारमा बसेको छ दिनमा मात्र उनीहरू आफैं हिँडेर गाउँ आइपुगे। समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको यांमा बस्ती भने हिमपातसँगै अहिले सम्पर्कबिच्छेद बनेको छ। , चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ यांमामा हिमपात भएसँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए।, सदरमुकाम फुङ्लिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत् तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको यांमा पुगिन्छ। जिल्लाकै उच्च तथा दुर्गम बस्ती यांमामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो। , एघार घरका करिब ४० जनाको स्थायी बसोबास  रहेको यहाँको मुख्य पेसा पशुपालन हो।, उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन। सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा यांमा क्षेत्रमा  चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बीमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए।, चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौंरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  यांमा समुदायले याक गोठ छाड्न सकेको छैन। , चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु  एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीयबासी बताउँछन्।, छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० सयमा बिक्री हुने गरेको यांमाका फिम्जो शेर्पाले बताए।, यांमा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो। करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ। यसबाट आर्थिक संकटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ। , विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन।, विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो। यहाँ अहिलेसम्म स्वास्थ्यचौकी स्थापना भएको छैन। यहाँका मानिस बिरामी भएमा जंगलमा भएको जडिबुटी नै औषधोपचारको स्रोत रहिआएको छ।, यहाँ अहिले बिजुली बत्तीसमेत छैन। परिषदले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन। त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ। , यांमा गाउँमा सञ्चारको पहुँच सहज छैन। सञ्चार आदानप्रदान गर्नुपर्‍यो भने खोला तरेर दुई घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि  गत साता बाक्लो हिमपात भएसंँगै यांमा समुदाय सम्पर्कमा आउन नसकेको  ताम्लिङ शेर्पाले बताए।, हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्लिङ झरेका थिए।, ताम्लिङले भने, ‘मेरा छोराबुहारी यांमामै छन्। एक याक गोठ छ। ७० वटा याक छन्। अहिलेसम्म फोन सम्पर्क भएको छैन।’ , उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए। , लामो समयसम्म फोन सम्पर्कमा नआउँदा यांमा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका—६ घुन्साका सेराप शेर्पाले बताए। , उनले भने, ‘मेरो पनि ससुराली यांमा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन।’, यांमा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए।, उनले भने, ‘यांमा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर  हिउँ पर्ने समयमा  याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ।’, वरिपरि हिमालले घेरेको र यांमा खोलाको किनार खोंचमा रहेको यांमामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीयबासी ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए। , सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ। देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि यांमा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गरे। , यांमाकै  छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए।, भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैंं मनमा पीडा हुने गरेको ताम्लिङ  बताउँछन्।, छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडा उनी व्यक्त गर्छन्। , बर्खामा यांमा–ओलाङ्चुङगोला आवतजावत  पनि बन्द हुन्छ। पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले यांमा जान सकिँदैन।, यांमा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा  यांमासँग सम्पर्क टुट्ने  गर्छ। यांमा गाउँदेखि एक/डेढ घण्टा टाढा डाँडा-डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ। स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहज रूपले गर्न पाइँदैन। , थोरै परिवार र कम जनसङ्ख्याको बस्ती भएकाले यांमामा सञ्चारको पहुँच पुर्‍याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।,  , यांमालाई हिउँले दिएको पीडा!
सेतोपाटी संवाददाता नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।, यस्तै, काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।,  ,  , एकैदिन थपिए झण्डै एक हजार कोरोना संक्रमित
सेतोपाटी संवाददाता चक्रपथ सडक नागरिकमैत्री बनाउन माग गर्दै शनिबार र्‍याली तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने भएको छ। कलंकी-कोटेश्वर सडक खण्डलाई पुनः निमार्ण गरी मानवमैत्री बनाउने माग गर्दै रिङरोड नागरिक सरोकार समितिले कार्यक्रम गर्ने भएको हो। , कलंकी-कोटेश्वर खण्डमा जस्तै गम्भीर त्रुटी कलंकी-चाबहिल-कोटेश्वर-चक्रपथ खण्ड विस्तारमा नदोहोरियोस् भन्ने आफूहरूको माग रहेको साइकल अभियान्ता रत्न श्रेष्ठ बताउँछन्। , 'उपत्यकाका कुनै सडक नागरिकमैत्री छैनन्। कतै फुटपाथ नै छैन। भएको फुटपाथमा पनि विभिन्न भौतिक सामग्रीहरू राखिएका छन्। सडकमा शारीरिक अशक्तता भएका व्यक्तिमैत्री सडक निमार्ण हुन सकेको छैन। अब कलंकी-चाबहिल-चक्रपथ सडक विस्तार गर्दा ध्यान पुगोस् भन्ने माग हामीले राखेका छौँ,’ साइकल अभियान्ता श्रेष्ठले सेतोपाटीसँग भने। , ह्विलचियर अभियान्ता भोजराज श्रेष्ठ पनि सरकारले हरेक पूर्वाधार निमार्ण गर्दा विश्व्यापी डिजाइनको मापदण्डअनुसार अघि बढाउनुपर्ने बताउँछन्।, 'हामीले सरोकार समितिका तर्फबाट सरकारी निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सहरी विकास मन्त्री समक्ष चक्रपथलाई नागरिकमैत्री बनाइयोस् भनेर ज्ञापनपत्र बुझाएका छौँ। तर उहाँहरूले खासै चासो देखाएको पाएका छैनौँ,’ उनले भने। , नागरिकमैत्री चक्रपथ निमार्णका लागि शनिबार नागरिक सरोकार यात्रा आयोजना गर्न लागिएको हो। दिउँसो १ः३० बजे महाराजगञ्ज, नारायणगोपाल चोकस्थित भाटभटेनी अगाडि भेला भई २ः०० देखि र्‍याली कार्यक्रम सुरु गरिने भएको छ। र्‍याली शंखपार्कमा पुगेर चित्रकला कविता वाचन, ह्विलचियर नृत्य, गीत-संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफल गरिने आयोजकले जनाएको छ।, चक्रपथ सडक नागरिकमैत्री बनाउन माग गर्दै भोलि र्‍याली
विवेक राई पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र गतिले फैलिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ। बिहीबार भारतमा एकैदिन १ लाख १६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ।, भारतसँग खुला सीमा रहेका कारण नेपालमा पनि संक्रमण भित्रिने निश्चित छ। किनभने यसअघि पहिलो र दोस्रो लहर पनि भारतमै संक्रमण व्यापक भएपछि भित्रिएको थियो।, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला पनि नेपालमा अब संक्रमितको संख्या बढ्दै जाने बताउँछन्। उनले अहिले भारतमा जुन हिसाबले संक्रमण तीव्र फैलिरहेको छ, त्यसको असर दुई सातापछि नेपालमा देखिन थाल्ने बताए।, 'भारतमा केसहरू बढेको छ। त्यसैले नेपालमा पनि दुई-तीन हप्तामा संक्रमण धेरै नै बढ्न सक्छ,' उनले भने।, सरकारको पछिल्लो तथ्यांकअनुसार पनि नेपालमा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। जुन दुई महिनायताकै धेरै हो। गत कत्तिक २३ गते ५ सय ३३ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या ५ सय मूनि थियो। गत मंगलबारदेखि भने संक्रमण पुनः उकालो लाग्न थालेको छ।, यो संख्या अझ बढ्दै जाने विज्ञहरू बताउँछन्। यसअघि रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका भाइरोलोजिस्ट डाक्टर वासुदेव पाण्डेले पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेका कारण अबको दुई हप्तापछि नेपालमा संक्रमण बढ्न थाल्ने जनाए।, 'भारतसँग नेपाललाई छुट्याउन सकिँदैन। भारतमा संक्रमण आएपछि नेपालमा पनि संक्रमण बढ्छ,' पाण्डेले भने।, संक्रमण बढे पनि आत्तिनु नपर्ने विज्ञहरू बताउँछन्। भारतकै अवस्थालाई आधार मानेर नेपालमा पनि त्यहीँ स्थिति आउँछ भनेर बुझ्नु नहुने उल्लेख गर्दै डाक्टर बास्तोलाले भने, 'भारतमा केसहरू बढेको छ। तर त्यहाँ कतिले खोप लगाएको भन्ने स्पष्ट आँकडा आएको छैन। खालि संक्रमितहरूको संख्या मात्र भनिएको देखिन्छ। तर नेपालमा खोप लगाएको संख्या अलिकति राम्रो छ। त्यसले पनि संक्रमण रोकथामलाई सघाउ पुर्‍याउँछ।', स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ३६ प्रतिशत मानिसले पूर्ण खोप लगाएका छन्।, अर्को कुरा अहिले फैलिरहेको ओमिक्रोन भेरियन्टले संक्रमितलाई सिकिस्त बनाउने दर न्यून रहेको अध्ययनहरूले देखाएका छन्। संक्रमित बढे पनि सिकिस्त हुने बिरामीको संख्या नबढ्न सक्ने डाक्टर बास्तोलाको बुझाइ छ।, अहिलेको अवस्थामा खोप नै प्रभावकारी रहेको उल्लेख गर्दै उनले भने, 'संक्रमितहरूको संख्या बढ्छ। तर कति मानिसहरू सिकिस्त हुन्छ भन्ने कुरा हो। अहिले हेर्दा पनि अस्पतालहरूमा बिरामीको संख्या बढेको देखिँदैन।', संक्रमण बढे पनि अब पहिलेको जस्तै लकडाउन वा निषेधाज्ञा गर्नु पर्ने अवस्था नआउने विज्ञहरूले बताएका छन्। लकडाउन गर्ने/नगर्ने अवस्था संक्रमणको असर कस्तो देखिन्छ भन्ने कुराले निर्क्यौल गर्ने उनीहरूको भनाइ छ।, 'लकडाउन गर्ने कुरा पहिले संक्रमणको असर कस्तो देखिन्छ भन्ने कुराले निर्धारण गर्ने हो। यदि केसहरू मात्र बढ्यो तर सिकिस्त हुने दर बढेन भने आत्तिहाल्नुपर्ने अवस्था हुँदैन,' डाक्टर बाँस्तोला भन्छन्, 'त्यसैले कस्ता किसिमका बिरामी बढ्छन् भन्ने कुरा हो। यदि सिकिस्त बिरामीको संख्या बढ्दै गयो र अस्पतालहरूमा बेड चाप बढ्न थालेको अवस्थामा लकडाउनको रणनीति अपनाउन सकिन्छ भन्ने कुरा हो।', बाँस्तोलाले पछिल्लो समय क्रमिक रूपमा संक्रमण बढ्न थालेको र केही दिनमा यो संख्या बढ्ने भन्दै तत्काललाई मुख्य दुईटा कुरामा ध्यान दिनुपर्ने जोड दिए। पहिलो कुरा जतिसक्दो चाँडो खोप लगाउने र दोस्रो भनेको जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने उनको भनाइ छ।, कस्तो छ सरकारको तयारी?, भारतपछि नेपालमा पनि कोरोना संक्रमण दर बढ्ने देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथाम र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी ढंगबाट अघि बढाइएको जनाएको छ। मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले संक्रमण बढ्ने कुरालाई मध्यनजर गर्दै सबै नाकाहरूमा निगरानी बढाएको जानकारी दिइन्।, 'अहिले सबै नाकाहरूमा तुरून्त एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ। हवाइ नाकाहरूमा पनि शंकास्पद मानिसहरूको व्यवस्थापन गरिरहेका छौं,' मिश्राले भनिन्।, अबको दुई सातामा संक्रमण बढ्न थाल्ने देखिएसँगै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन गरिएको र सीमा क्षेत्रका जिल्लाहरूलाई होल्डिङ सेन्टरको व्यवस्थापन गर्न भनिएको प्रवक्ता मिश्रा बताउँछिन्। साथै खोप लगाउने कार्य अझ बढाउनलाई काम भइरहेको उनले बताइन्।, मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। प्रवक्ता मिश्राले भनिन्, 'अहिले अस्पतालहरूको स्रोतहरूको अवस्था कस्तो छ भनेर हेरिरहेका छौं। खालि भएका अक्सिजन सिलिन्डरहरू भरेर राख्न निर्देशन भइसकेको छ। अक्सिजन प्लान्टहरू बिग्रिएको छ भने मर्मत गर्न भनेका छौं। साथै कोभिडको केन्द्रीय अस्पताल र हब अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं।', लकडाउनको कुरामा भने संक्रमणको जोखिम हेरेर निर्देशिकाका आधारमा सिसिएमसीले निर्णय लिने मिश्राले जनाइन्। उनले यसको अधिकार नै जिल्ला स्तरका डिसिसिएमसी र केन्द्रीय स्तरमा सिसिएमसीलाई दिइएको भन्दै संक्रमणको असर हेरेर उक्त निकायहरूले नै निर्णय लिने बताइन्।, भारतमा फेरि एकैदिन लाख नाघे कोरोना संक्रमित, नेपालमा कस्तो छ सरकारको तयारी?
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक राखेको छ।, शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ।, बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे प्रिजेन्टेसन प्रस्तुत गरिएको छ भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे प्रस्तुति दिइएको छ।, पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण बढ्न थालेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा थप २४ जनामा ओमिक्रोनको संक्रमण  पुष्टि भएको जानकारी दिएको छ।, छिमेकी भारतमा बिहीबार एकैदिन १ लाख १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भारतमा तीव्र भएसँगै नेपालका नाकाहरूमा पनि निगरानी बढाउनु पर्ने भएको छ।  , कोरोना बढ्न थालेपछि सिंहदरबारमा सिसिएमसिसीको बैठक
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा २६८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ सक्रिय संक्रमित छन्।, नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार २७२जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।,  ,  , काठमाडौं उपत्यकामा थपिए ३६९ संक्रमित
सेतोपाटी संवाददाता गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सिंहदरबारलगायत ठाउँमा भीडभाड नगर्न आग्रह गरेको छ।, अत्यावश्यक नभई अहिले राष्ट्रिय परिचय पत्र नबनाउन पनि विभागले आग्रह गरेको छ।, ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न विभागले आग्रह गरेको हो।, मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो।, राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएपछि सिंहदरबार, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत ठाउँमा पछिल्लो समय भीडभाड बढेको छ।, विभागका निर्देशक ललितकुमार बस्नेतले आइतबारदेखि काठमाडौंका स्थानीय तहबाट पनि सेवा दिएर भीड कम गर्न लागिएको बताए।, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड भएको हुनाले आइतबारदेखि काठमाडौंका पालिकास्तरबाट नै दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्दैछौं। पालिकास्तरबाटै सेवा दिन लागिएकाले जिल्ला प्रशासन काठमाडौंमा भीडभाड गर्न जरूरी छैन,’ उनले भने।, सेवाग्राहीलाई सम्भव भएसम्म आफ्नै जिल्लाबाट सेवा लिन पनि विभागले आग्रह गरेको छ।, ‘राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोले भीडभाड बढेको हो। राहदानी बनाउनेले मात्रै अहिले परिचय पत्र लिए हुन्छ,’ उनले भने, ‘अरूका हकमा पछि टोली वडा-वडामै आउँछ। वडामै टोली आउने भएकाले अत्यावश्यक नभएकाहरूले राष्ट्रिय परिचय पत्र बनाउन अहिले भीडभाड गरिरहनु पर्दैन।’ , ७७ जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट लाइभ इनरोलमेन्टको काम भइरहेको उनले बताए।, ‘अहिले भीडभाड देखिनुको कारण विद्युतीय राहदानी लागू भएर हो। मानिसहरू विद्युतीय राहदानी बनाउन काठमाडौं आए, राष्ट्रिय परिचय पत्र बनाउन फेरि जिल्ला जानु नपरोस् भनेर हामीले २५ स्टेशनबाट सेवा दिएको हो,’ बस्नेतले भने।, राहदानी विभागमा १० स्टेशन, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ९ वटा, ललितपुर जिल्ला प्रशासनमा ५ वटा स्टेशनहरू थप गरिएको छ।, ‘अन्यत्र भीडभाड भएन। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अझै पनि भीड भएकाले आइतबारदेखि पालिका तहबाटै सेवा दिन लागेका छौं,’ उनले भने, ‘अब काठमाडौं प्रशासनमा भीडभाड गर्न जरूरी छैन।’, पहिले ७७ जिल्लाबाटै राहदानी लिन सकिन्थ्यो। तर सबै जिल्ला प्रशासन कार्यालयहरूमा विद्युतीय राहदानीको आवेदन लिने सेवा सुरू नहुँदा काठमाडौंमा भीडभाड भएको छ।, यो पनि पढ्नुस्: , सहरमा लाइन बस्न थपियो एउटा अर्को कारण, आइतबारदेखि काठमाडौंका पालिकाबाटै राष्ट्रिय परिचय पत्रको सेवा लिन पाइने
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको छ लाख रुपैयाँ बराबरको सामान बरामद गर्‍यो।, शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयहरूले भन्सार छलेर ल्याइएको सामान सो बराबरको सामान एकैदिन बरामद गरे।, रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार भन्सार चोरी पैठारी नियन्त्रण अभियान अनुसारको कारबाहीमा शुक्रबार उक्त परिमाणको सामग्री बरामद भएको हो।, केसीका अनुसार अस्थायी प्रहरी पोस्ट बसपार्क भैरहवाले सिद्धार्थनगर नगरपालिका-३ बाट २ लाख ५० हजार रुपैयाँ बराबरको ११७ जोर जुत्ता बरामद गरेको छ।, यस्तै, जिल्ला प्रहरी कार्यालयको टोलीले मायादेवी गाउँपालिका-७ गरकट्टीबाट २ लाख ४९ हजार बराबरको चिनी बरामद गरेको छ।, भारतबाट आइरहेका लु३प ६६५८, लु३८प ९१८७ र लु४प १७७१ नम्बरका मोटरसाइकल चेकजाँच गर्दा उक्त बराबरको चिनी बरामद भएको केसीले बताए।, यसैगरी, इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाको टोलीले ६० हजार रुपैयाँ बराबरको चिनी र प्लाष्टिकको कुर्सी बरामद गरेको छ।, प्रहरी चौकी दुवेथुमुवाको टोलीले सम्मरीमाई गाउँपालिका-३ वनगावाबाट ५० हजार मूल्य बराबरको स्वीटर, ज्याकेट, तन्ना, सिरकलगायत सामान बरामद गरेको केसीले बताए।, बरामद सामान शुक्रबार रुपन्देही भन्सार कार्यालयमा बुझाइएको छ।, रुपन्देही प्रहरीले अपराध अनुसन्धानका सिलसिलामा भन्सार चोरी पैठारीलाई प्राथमिकता दिएर कारबाही गरिरहेको छ। भन्सार चोरी पैठारीमा संगठित रूपमा मानिसहरूको संलग्नता रहेको पाइएपछि यसतर्फ कारबाही तीव्र पारिएको केसीले बताए।, केसीका अनुसार वैशाखयता आठ महिनामा ७ करोड ९८ लाख ५४ हजार ५१० रुपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरिएको छ। तथ्यांकको हिसाबले यो एक महिनामा सरदर एक करोडको हिसाबले भन्सार चोरी पैठारीबाट संकलन गरिएको राजश्व हो।, ‘भन्सार छली भनेको तस्करी हो, तस्करीले समाजमा गुण्डागर्दीसँगै विभिन्न किसिमका अपराध गराएको हुन्छ, त्यसैले हामीले अपराध न्यूनीकरण गर्ने सन्दर्भमा भन्सार चोरी तस्करीमाथि कारबाही गरिरहेका हौं,’ केसीले भने।, रुपन्देही जिल्ला विभिन्न अपराधका कारण चुनौतीपूर्ण मानिन्छ। यसको प्रमुख कारण खुला सीमा नाका र त्यहाँबाट हुने चोरी तस्करीले सुरक्षामा दिने गरेको चुनौती हो।, नेपाल प्रहरीले पुस महिनामा सार्वजनिक गरेको तथ्यांकमा भन्सार छलीबाट उल्लेख्य मात्रामा राजश्व संकलन भएको देखिएको छ।, आर्थिक वर्ष २०७८/७९ को पाँच महिना (मंसिर)को कार्यप्रगति सार्वजनिक गर्दै प्रहरीले शतप्रतिशत राजश्व संकलन वृद्धिको तथ्यांक सार्वजनिक गरेको थियो।, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सो कार्यप्रगतिमध्ये प्रहरी कारबाहीबाट मात्रै २ अर्ब २० करोड ६० लाख ८७२ रुपैयाँ राजश्व संकलन भएको छ। यो प्रहरी प्रधान कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएको तथ्यांक हो।, गत आर्थिक वर्ष २०७७/७८ मा जम्मा १ अर्ब ६ करोड ८१ लाख २९ हजार ५५१ संकलन भएको थियो। गत आर्थिक वर्षको तुलनामा यो वर्षको पाँच महिनामा १०६.७४ प्रतिशतले राजश्व संकलन वृद्धि भएको कुँवरले जानकारी दिए।, राजश्व संकन गरिएको क्षेत्रमध्ये सबैभन्दा बढी सुन बरामदमा छ। त्यसैगरी, चाँदी बरामद, ट्राफिक कारबाही, अवैध मुद्रा, भन्सार छली बरामद, काठ, अदालती फैसला कार्यान्वयन र मास्क नलगाएबापत जरिवनाबाट सो बराबरको राजश्व संकलन भएको कुँवरले जानकारी दिए।, चालु आर्थिक वर्षमा प्रहरीलाई चालु र पुँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजन भएको भारलाई राजश्व संकलन सहायताको आधारमा मूल्यांकन गर्दा पहिलो पाँच महिनामा कुल रकमको ५.४२ प्रतिशत योगदान प्रहरी कारबाहीबाट भएको कुँवरले बताए।, कुँवरका अनुसार भन्सार चोरी पैठारी, सुन तस्करीलगायतमा प्रहरीको कारबाही केन्द्रित छ।, रूपन्देहीमा वैशाखयता भन्सार छलीबाट ८ करोड राजश्व संकलन
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित एनआइसी बैंकबाट १६ लाख रकम डाँका मारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तले चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोक घर भई ललितपुरको धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछाप घर भई ललितपुरको ढोलाहिटी प्रगतिमार्ग बस्ने २४ वर्षीय शक्तिराज पौडेल र भक्तपुरको देउराली बस्ने २७ वर्षीय अनिश खड्कालाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक मैनालीका अनुसार प्रदीप खत्री यस घटनाका मुख्य योजनाकार हुन्। उनी काठमाडौं महानगर-३१ बानेश्वरको युनिग्लोब कलेज अगाडि एनआइसी एशिया बैंकको कलेक्टर थिए। , गत आइतबार अपरान्ह ४ बजे उनले काठमाडौंको वडा नम्बर १० कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ८५ हजार ४२४ रुपैयाँ गरी जम्मा १६ लाख ३० हजार ४२४ रुपैयाँ संकलन गरेका थिए। , उनले सो रकम बैंकमा दाखिल गर्न जानेक्रममा लुटपाट भएको भन्दै बैंकलाई जानकारी गराएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , सो जानकारी बैंकका सूचना अधिकारीले प्रहरी वृत्त बानेश्वरलाई दिएपछि प्रहरी टोली खटिएको थियो। , यस सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा खत्रीमाथि नै शंका गरी अनुसन्धान थालिएको थियो।  , उनीमाथि सोधपुछ गर्दा आफ्नै योजनामा सबै घटना भएको बताए। , प्रदीपले घटनाबारे बताएपछि उनकै सहयोगमा प्रहरीले बाँकीलाई पनि पक्राउ गरेको हो। , प्रहरीले उनीहरूबाट जम्मा १३ लाख ४६ हजार रुपैयाँ बरामद गरेको छ। डाँका मारेको रकममध्ये दुई लाख ८४ हजार ४२४ रुपैयाँ भने उनीहरूले खर्च गरिसकेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , पक्राउ परेका बिमल  र प्रदीपले तीन-तीन लाख भाग लगाएका थिए। शक्तिको भागमा ६ लाख ३० हजार ४२४ रुपैयाँ र अनिशको भागमा चार लाख रुपैयाँ परेको प्रहरीले जनाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। , एनआइसी बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख लुटपाटको नाटक!
नारायण खड्का बैतडीबाट अपहरणमा परेका भनिएका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार गरिएको छ।, बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई बताए।, ‘उहाँलाई हामीले राप्ती नदी किनारबाट उद्धार गरेका हौं,’ एसपी अधिकारीले भने, ‘उहाँको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा थियो।’, उद्धारपछि प्रहरीले अवस्थीलाई भेरी अस्पताल पुर्‍याएको थियो। एसपी अधिकारीले त्यहाँको उपचारपछि न्यानो कपडा किनिदिएर अवस्थीलाई प्रहरीले सुरिक्षत राखेको जानकारी दिए।, ‘उहाँ अहिले हाम्रै साथमा हुनुहुन्छ र अवस्था सामान्ने छ,’ एसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’, अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसँग बताएका छन्।,  ‘आधा घन्टा मात्रै तेरो सयम छ अन्तिम इच्छा भए भन्नू भनेर उनीहरूले राप्तीमा धकेली दिए। म पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएँ,’ अवस्थीको भनाइ उद्धत गर्दै एसपी अधिकारीले भने।, त्यही बीचमा अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा आफूलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेको लेखेका छन्। जहाँ उनले आफ्नो जीवन रक्षाको लागि याचना समेत गरेका छन्।, अवस्थीले फेसबुकमा लेखेपछि उनका आफन्तले प्रहरी प्रशासन गुहारेका थिए। गृह मन्त्रालयसम्म कुरा पुगेपछि प्रहरी उनको खोजीमा लागेको थियो।, ‘अपहरणमा परेका भनिएका पीडितलाई हामीले राति धेरै कुरा सोधिसकेका छैनौं,’ एसपी अधिकारीले भने, ‘आज उहाँको अवस्था सामान्य देखिए थप अनुसन्धान हुने छ।’, अवस्थीले आफूलाई अपहरण गर्नेहरू करिब ६ जनाको संख्यामा रहेको बताएका छन्।, ‘उहाँले दुई जनाको नामै भन्नुभएको छ,’ एसपी अधिकारीले भने, ‘हामी उनीहरूको खोजीमा छौं र सँगै राखेर कुरा गरेपछि तथ्य खुल्ने छ।’, बैतडीबाट ‘अपहरण’मा परेका शिक्षकको राप्ती किनारबाट उद्धार
सेतोपाटी संवाददाता सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा दुहबी नगरपालिका-११ तनमुनाका २८ वर्षीय जितनारायण उराव र त्रियुगा नगरपालिका-५ का ३१ वर्षीय दिलीप दुलाल छन्।, प्रहरीका अनुसार शुक्रबार अपराह्न सुनसरी दुहबी नगरपालिका-१० बुद्ध चोकस्थित इनरुवा-दुहबी सडकखण्डमा बा५ख ४८३९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को७प ३८५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।, सो क्रममा मोटरसाइकलमा सवार जितनारायण घाइते भएका थिए। उनको विराट नर्सिङ होममा उपचारको क्रममा बेलुका मृत्यु भएको थियो।, मोटरसाइकलमा रंगेली नगरपालिका-९ का ३० वर्षीय भीमप्रसाद उरावको सोही अस्पतालमा उपचार भइरहेको छ।, यसैगरी, शुक्रबार अपराह्न उदयपुर त्रियुगा नगरपालिका-४ बगाहामा गाइघाटबाट जलजले जाँदै गरेको प्र२-०१-००३ प ८४९१ नम्बरको मोटरसाइकल र स१ख ७२१ नम्बरको टिपर ठक्किँदा दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ।, टिपरसँग मोटरसाइकल ठोक्किँदा त्रियुगा नगरपालिका-५ का ३२ वर्षीय प्रभुनारायण चौधरी र पछाडी सवार दुलाल घाइते भएका थिए।, दुलालको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रहेका चौधरीको उपचार भइरहेको छ।, टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, सवारी दुर्घटनामा सुनसरी र उदयपुरमा दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता लिंकन युनिभर्सिटी कलेज मलेसियाको सम्बन्धन लिएर नेपालमा संचालित विभिन्न ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह यहीँ माघ १५ गते गोदावरी ललितपुरमा आयोजना हुने भएको छ।, लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) ले शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी दीक्षान्त समारोह बारे जानकारी गराएको हो।, समारोह विहान १० बजेदेखि सनराइज सम्मेलन केन्द्रमा शुरु हुने र यस पटक १५ सय बढी विद्यार्थीहरू दीक्षित हुने लुक्यानका अध्यक्ष रेश्ता झाले पत्रकार सम्मेलनमा जानकारी दिए।, पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार समारोहमा विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा विभिन्न शिक्षणसंस्थाका प्रतिनिधिहरू गरी ३ हजार भन्दा बढीको सहभागिता रहनेछ।, भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनमा जोडिनु भएका लिंकन युनिभर्सिटी कलेज मलेसियाका अध्यक्ष प्राध्यापक डाक्टर अमिया भौमिकले युनिभर्सिटीको विशेषाताहरूबारे जानकारी दिए।, लिंकन युनिभर्सिटी कलेजलाई विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन नेपालमा संचालित ११ वटा शिक्षण संस्थाहरूको ठूलो भूमिका रहेका उनले बताए।, प्राध्यापक डाक्टर भौमिका अनुसार लिंकन युनिभर्सिटी कलेज हाल गुणस्तरीय शिक्षाका लागि विश्वमै ३५ औं स्थानमा रहेको छ।, हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका शैक्षिक पाठ्क्रमहरू संचालन गरिरहेको लुक्यानका सचिव लक्ष्मण पोख्रेलले जानकारी दिए।, लुक्यानकाका कोषाध्यक्ष भेषराज आचार्यले ओम्रिकोन भाइरसको सङ्क्रमण बढेर भौतिक उपस्थितिबीच दीक्षान्त समारोह गर्न नसकिएमा भर्चुअल माध्यमबाट भएपनि गरिने जानकारी दिए।, लिंकन युनिभर्सिटीको सम्बन्धनमा नेपालमा संचालित शिक्षण संस्थाका विद्यार्थीको दीक्षान्त माघ १५ मा