text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । |
वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड |
कान्तिपुर संवाददाता |
भन्सारका समस्या कम गर्न बजार अनुगमन र आयकरको मापदण्डलाई दरिलो बनाउन जरुरी भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। |
नेकपा एसले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेकपा एसले जनसरोकारका सवालमा चैत २ गते ६ सम्म मातहतका कमिटीहरूमा छलफल गर्ने भएको छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भूसालले बताए । |
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । |
जलवायु परिवर्तनले नेपाली जनतालाई गम्भीर असर गरेको छ : वनमन्त्री शाही |
कान्तिपुर संवाददाता |
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले गर्दा नेपालको विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनतालाई फरक–फरक जनतालाई गम्भीर असर परेको बताएका छन् । |
नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुका कारण यी पनि : सहकारीको अनियमितता र गैससको अपारदर्शिता |
मातृका दाहाल |
सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध नियन्त्रणका लागि संरचनागत व्यवस्था गरिएको लामो समय भइसक्दा तिनको प्रभावकारी कार्यान्वयनमा सरकार उदासीन देखिँदै आएको छ । सम्पत्ति शुद्धीकरणविरुद्ध नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धताअनुसार पनि सरकारले काम गर्न सकेको छैन । |
बजेट अभावले रोकियो गैंडा गणना |
रासस |
हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । |
समाजवादी मोर्चा बैठक : शनिबार बुद्धिजीवीसँग छलफल, चैत १५ मा विरोध प्रदर्शन गर्ने |
कान्तिपुर संवाददाता |
समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने भएको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो। |
पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक छ : कोइराला |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोमा आक्रोस व्यक्त गरेका छन् । उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताए । |
सगरमाथा चढ्ने बाटो बनाउन ‘आइसफल डाक्टर’ आधारशिविरतिर |
भानुभक्त निरौला |
हिमाल आरोहणको मुख्य सिजन वसन्त ऋतु सुरु भएसँगै सगरमाथा चढ्ने बाटो बनाउन ‘आइसफल डाक्टर’को टोली आधार शिविरतर्फ प्रस्थान गरेको छ । बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न टोली सगरमाथा आधार शिविर पठाएको हो । |
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन |
कान्तिपुर संवाददाता |
नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । |
आज तराईका जिल्लाहरूमा होली मनाइँदै |
कान्तिपुर संवाददाता |
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। |
मौसम पूर्वानुमान : पहाडमा मेघगर्जन र चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना |
कान्तिपुर संवाददाता |
पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ। |
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउँदै सरकार |
मातृका दाहाल |
विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेकै बेला सरकार भने पूर्वविशिष्ट पदाधिकारीलाई राज्य ढुकुटीबाट ‘कुस्त सुविधा’ दिने कानुन बनाउन अग्रसर भएको छ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आ... |
विदेशी पर्यटकलाई अढाई गुणा बढी हवाई भाडा, सर्वोच्चको प्रश्न |
सुरज कुँवर |
सर्वोच्च अदालतले विदेशी नागरिकका लागि फरक हवाई भाडा दर लागू गरेको सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ । फरक भाडा दरका कारण समग्र पर्यटन क्षेत्रबारे विश्वभरमै नराम्रो सन्देश गएको भन्दै पर्यटन व्यवसायीले त्यसलाई हटाउन माग गर्दै आएका छन् । |
पुरुष फुटबलमा महिला प्रशिक्षक |
हिमेश |
चन्द्रा भण्डारीले चालेको एउटा सानो पाइला । तर तिनलाई थाहा नहुन सक्छ, नेपाली फुटबलमा यसको महत्त्व कति धेरै हुने हो भनेर । नेपालमै मात्र कहाँ हो र ? विश्व फुटबलमै प्रशिक्षकमा पुरुषको दबदबा छ । पुरुष फुटबलमा महिला प्रशिक्षक ? यो त सोच्नै गाह्रो कुरा भयो । चन्द्राले यही काम गरेकी छन् । पुरुष फुटबलमा चन्द्राले एक प्रकारले ह... |
अब विधेयकको अग्रिम सूची संसद्लाई बुझाउनुपर्ने |
राजेश मिश्र |
सरकारलाई विधेयकको सूची अग्रिम रूपमै संघीय संसद्मा पठाउनुपर्ने भएको छ । एक वर्षभरि पारित गराइनुपर्ने विधेयक प्राथमिकता निर्धारणसहित कार्यतालिका बनाएर प्रत्येक वर्ष असारभित्र संसद्लाई उपलब्ध गराउनुपर्ने भएको हो । |
विद्यालयको खाजामा विद्यार्थीले फलाएको च्याउ |
हरिराम उप्रेती |
सहिद लखन गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालयले दिउँसोको खाजामा च्याउ खुवाउँछ । त्यो च्याउ विद्यार्थीकै सहभागितामा विद्यालयमै उत्पादन गरिन्छ । |
फाल्गुन २९, २०८१ |
मकुना मरेपछि सौराहामा 'गोविन्दे'को 'राज' |
रमेशकुमार पौडेल |
दाह्रा नहुने जंगली भाले हात्ती मकुना सौराहाको टोलटोलमा छिर्दा कुनै दु:खद घटना हुने डर थिएन । मान्छेलाई आक्रमण नगरेको उक्त हात्ती माघ २३ मा जंगलभित्र निकुञ्ज कर्मचारीले चलाएको गोली लागेर मर्यो । मकुनाको मृत्युपछि पनि सौराहामा जंगली भाले हात्तीको डर कायमै छ । यो साता जंगली हात्तीले आक्रमण गर्दा सौराहामा एक जनाको मृत्यु ... |
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित |
कान्तिपुर संवाददाता |
एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । |
सर्वोच्चको प्रश्न : आन्तरिक उडानको भाडादर किन डलरमा ? |
सुरज कुँवर |
तत्कालीन शाही नेपाल वायुसेवा निगमले २०२७ सालमा माउन्टेन फ्लाइटबाट सुरु गरेको ‘डलर’ हवाई भाडामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवा कम्पनीले स्वदेशी र विदेशी नागरिकका लागि दुई प्रकारका भाडादर लागू गरेका छन् । वायुसेवा कम्पनीले नेपाली नागरिकलाई लिने हवाई भाडाको तुलनाम... |
महिना दिनदेखि अलपत्र ‘यमगज’ |
शिव पुरी |
रौतहटको चन्द्रनिगाहपुर चोकबाट करिब २ किलोमिटर उत्तर लागेपछि आदर्श सामुदायिक वनको नर्सरी आउँछ। यही नर्सरी छेउमा पर्सा राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको हात्ती ‘यमगज’ अलपत्र छ। ऊ राम्रोसँग हिँड्न सक्दैन। घाइते छ। |
आज उल्लासपूर्वक होली पर्व मनाइँदै |
कान्तिपुर संवाददाता |
रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ । एक अर्कामा अबीर दलेर होली पर्व मनाइन्छ । |
नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ |
रासस |
नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । |
जनमत र उन्मुक्ति पार्टीबीच एकता तयारी |
गंगा बीसी |
मधेश र पश्चिम तराईमा गत आम निर्वाचनबाट उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेका छन् । दुवै दलका नेताले आगामी निर्वाचनमा तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने लक्ष्यका साथ छिट्टै पार्टी एकता गर्ने जनाएका हुन् । |
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन ल्याउँछौं: कानुनमन्त्री चौरसिया |
कान्तिपुर संवाददाता |
सरकारले अग्रिम जमानतको व्यवस्था गर्ने कानुन तयार गर्न लागेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताएका छन् । कुन–कुन मुद्दामा अग्रिम जमानत लिने व्यवस्था गर्ने हो, त्यस विषयमा छलफल भइरहेको उनको भनाइ छ । यो कानुनले विशेषगरी उद्योगी व्यवसायीले राहत पाउने उनले जनाए । |
न्यायालयको मुद्दा फर्स्योट ११ प्रतिशत वृद्धि |
घनश्याम खड्का |
न्यायालयमा मुद्दा फर्स्योटको दर आर्थिक वर्ष २०८०/८१ मा ११.३६ प्रतिशतले बढेर ५८.२४ प्रतिशत पुगेको छ । सर्वोच्च र मातहतका अदालत तथा न्यायाधिकरणमा नयाँ र पुराना गरी ३ लाख ८८ हजार ३ सय ५७ मुद्दा रहेकामा २ लाख २६ हजार १ सय ८५ मुद्दा फर्स्योट गरिएका हुन् । |
कफीमा कला बनाउने प्रतिस्पर्धा |
रमेशकुमार पौडेल |
कफीको मगमा कलात्मक सिर्जना गर्दै गरेका बारिस्टा । किसान, व्यवसायी अनि कफी सप सञ्चालकको जमघट । नारायणगढमा बुधबारदेखि सुरु भएको ‘चितवन लाटे आर्ट प्रतियोगिता’को दृश्य हो, यो । नारायणगढको कफी ओ क्लक प्रालि र भरतपुरको हिमालयन चियाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा देशभरका ४६ बारिस्टा सहभागी छन् । |
अमेरिकी अनुदानका साढे ४५ अर्बका ३४ कार्यक्रम रद्द |
यज्ञ बञ्जाडे , बुद्धिसागर मरासिनी |
नेपालमा अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम खारेज भएका छन् । यससँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत नेपालमा सञ्चालित ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर (बुधबारको विनमय दरअनुसार ४५ अर्ब ४३ करोड रुपैयाँ) का यी कार्यक्रम खारेज भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन् । |
फाल्गुन २८, २०८१ |
पहिचानको मुद्दा बोकेर जनमत र उन्मुक्तिबीच पार्टी एकताको तयारी |
गंगा बीसी |
गत आमनिर्वाचनमा मधेश र पश्चिम तराईमा उदाएका नयाँ राजनीतिक शक्ति जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने करिब निश्चित भएको छ । मधेश केन्द्रित दलबीच सहकार्यको प्रयास भइरहेका बेला मधेश र पश्चिम तराईबाट प्रतिनिधित्व गर्ने जनमत र उन्मुक्तिबीच एकता हुन लागेको हो । |
कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न 'कुलिङ पिरियड' राख्नुपर्छ |
कान्तिपुर संवाददाता |
प्रशासनका जानकार एवं पूर्व प्रशासक काशीराज दाहाल अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति दिँदा स्वार्थको खेल हुने विषयमा स्पष्ट देखिन्छन्। उनकै नेतृत्वमा गठन भएको प्रशासनिक सुधार सुझाव समितिले दस वर्ष अघिनै दुई वर्षभन्दा बढी ‘कुलिङ पिरियड’ हुनुपर्ने सुझाव सरकारलाई दिएको थियो। |
उपत्यकासहित ठाउँठाउँमा वर्षा |
रासस |
काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । |
विपिन जोशीको रिहाइको पहल गरिदिन इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.