text
stringlengths
2
914
नियुक्तिमा किन चाहिन्छ ‘कुलिङ पिरियड’ ?
कुलचन्द्र न्यौपाने
राजनीतिक शक्तिसँग ‘लाइन’ मिलाएर जागिरे जीवनको अन्तिम समयमा संवैधानिक र राजनीतिक नियुक्ति खोज्ने प्रवृत्ति बढ्दै छ। पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी त्यस्ता भाग्यमानी प्रशासक हुन्, जसले राजीनामापछि दुई पटक आकर्षक नियुक्ति पाए ।
वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलसँग सहकार्य गर्छौं : भट्टराई
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले सुरु गरेको विकल्पको राजनीतिले कुनै पार्टी वा विचारलाई निषेध गर्ने उद्देश्य नरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला
रासस
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ ।
बुवा र दाइबाट पटक-पटक यौन दुर्व्यवहारमा परेकी १० वर्षीया बालिकाकाे उद्धार
नुमा थाम्सुहाङ
आफ्नै बुवा र ठूलो बुवाको छोरा (दाजु) बाट यौन दुर्व्यवहारमा परेकी ७ कक्षामा अध्ययनरत एक १० वर्षीया बालिकाको काठमाडाैं महानगरपालिकाले उद्धार गरेकाे छ । ती बालिकाले पुस ४ गते आफूमाथि भएकाे हिंसाबारे काठमाडौं महानगरपालिकाकाे उद्धारका लागि स्थापना गरिएको हट लाइन नम्बर ११८० मा सम्पर्क गरेर बताएकी थिइन् । त्यसलगत्तै महानगरले उनकाे उद्धार गरेकाे थियाे ।
प्रतिगामी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्नेछौँ : अध्यक्ष दाहाल
सन्जु पौडेल
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिका षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताएका छन् । इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्न खोजेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल विधेयक : ‘अधिकारको नियमन होइन, माध्यमको नियन्त्रण’
कान्तिपुर संवाददाता
प्रमुख राजनीतिक दलका सचेतकहरूले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरोकारवालाहरूसँग छलफल गरेरमात्रै पारित गर्ने प्रतिबद्धता जनाएका छन् । विधेयकका प्रस्तावित व्यवस्थाहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई नियन्त्रण गर्ने गरी ल्याइएको भन्दै आलोचना भइरहेका बेला दलका प्रमुख सचेतकहरूले विधेयकले माध्यमको नियन्त्रण गर्नुपर्ने, तर अधिकारको नियमन गर्न नहुने धारणा राखेका छन् ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
स्ववियु निर्वाचनदेखि ४१ करोड रुपैयाँ मूल्य बराबरका नेपाली सम्पदा नेपाल आउनेसम्मका समाचार बुधबार कान्तिपुरमा प्रकाशित भएका छन् । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएका छन्।
सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्नेमा प्रतिशोधको तरबार बनायो : सांसद गौतम
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कानुनको दुरुपयोग भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले सरकार नियन्त्रणमुखी काममा लागेको आरोप लगाइन् ।
अहिलेसम्मका भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरौँ : महामन्त्री थापा
नवीन पौडेल
कांग्रेस महामन्त्री गगन थापाले अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचार नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरणको अनुदान वितरणमा विभेद भयो : सांसद लामा
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरणको अनुदान वितरणको आधार र मापदण्ड बिना नै बाँडफाँट गरेको बताएकी छन् ।
सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न विधेयक ल्याइएको मन्त्री अधिकारीको दाबी
कान्तिपुर संवाददाता
सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि विधेयक ल्याइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताएका छन् ।
अध्यादेशबारे प्रतिपक्षी सांसदले आग्रह राखेर बोले : मन्त्री गुरुङ
कान्तिपुर संवाददाता
अध्यादेशमाथि छलफलका क्रममा सांसदहरूले आग्रह राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले ल्याएको विधेयकमाथि रचनात्मक छलफल गर्नुको सट्टा प्रतिपक्षका सांसदले भ्रमको खेती गरिरहेको बताए ।
प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत
कान्तिपुर संवाददाता
प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गरेका हुन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा चैत ७ मा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको जानकारी प्रतिनिधिसभाको बुधबारको बैठकमा जानकारी गराएका हुन् ।
सोचेअनुसारको काम गर्न सकेको छैन : मन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् ।
भिजिविलिटी कम भएपछि उडान प्रभावित
रासस
प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
सर्वोच्चले रिट खारेज गरिदिएपछि वीरगन्जको मुख्य सडक विस्तारको बाटो खुल्यो
शंकर आचार्य
सर्वोच्च अदालतमा विचाराधीन रहेको वीरगन्ज बजारको मुख्य सडक विस्तारको मुद्दा बुधबार छिनोफानो भएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले रिट निवेदकहरूको ५ वटै रिट खारेज गरी दिएपछि सडक विभाग हेटौंडा कार्यालयलाई वीरगन्जको मुख्य सडक २५/२५ मिटर दाँयाबायाँ चौडा गर्ने बाटो खुलेको हो ।
प्रतिनिधिसभामा गणपूरक संख्याबारे प्रश्न उठेपछि...
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक संख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक संख्या पुगेको यकिन भएको छ ।
४१ करोड रुपैयाँ मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्दै अमेरिका
सुदीप शिवाकोटी
४१ करोड रुपैयाँ मूल्यबराबरका २० वटा पुरातात्विक सम्पदा अमेरिकाले नेपाललाई फिर्ता गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न सांसदको आग्रह
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिएका छन् ।
जनप्रतिनिधिका लागि 'पब्लिक इस्यु रिसर्च सेन्टर' स्थापना गरियोस् : सचेतक बराल
कान्तिपुर संवाददाता
सरकारको नेतृत्व गरिरहेको एमाले सचेतक सुनिता बरालले जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउनका लागि पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गर्न माग गरेकी छन् ।
तारकेश्वर लोकतान्त्रिक चोकको जग्गाबारे रास्वपा र कांग्रेसबीच संसद्मा भनाभन
कान्तिपुर संवाददाता
काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले मिचेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराएका छन्। कांग्रेसका सांसदले भने उक्त विषय उठाएकामा आपत्ति जनाएका छन्।
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।
टीआरसी : आयोग गठनमा अलमल, प्रधानमन्त्रीले नियुक्त गरे सल्लाहकार
घनश्याम खड्का
पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा नियुक्त गरे । सांसद, मन्त्री र महान्यायाधिवक्ताजस्तो जिम्मेवारी सम्हालिसकेका खरेल यसअघि गठन हुन नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षको दाबेदार मानिएका थिए ।
सरकार अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
कान्तिपुर संवाददाता
मन्त्रीहरू बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे ११ बजेबाट सुरु भएको थियो।
बीपी राजमार्गको सिन्धुली खण्डमा स्थायी निर्माणका लागि ठेक्का आह्वान
कान्तिपुर संवाददाता
गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा स्थायी निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।
फाल्गुन २७, २०८१
सालक संरक्षणविद् पौडेललाई ५० हजार युरोको पुरस्कार
उपेन्द्रराज पाण्डेय
लामो समयदेखि सालक संरक्षणमा सक्रिय नेपाली संरक्षणविद् कुमार पौडेलले ५० हजार युरोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् । नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेलसहित ३ जनालाई 'फ्युचर फर नेचर' अवार्ड दिने घोषणा गरेको हो ।
राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै : सञ्चारमन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन् ।
समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तरक्रिया र जनप्रदर्शन गर्ने
कान्तिपुर संवाददाता
समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
जनताको आक्रोश नजरअन्दाज गर्न नमिल्ने कांग्रेस महामन्त्री थापाको भनाइ, निजी क्षेत्रले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नदिने गरेको मुख्यसचिव अर्यालको भनाइदेखि एन्फाका पूर्वअध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध मुद्दा हालेको सम्मका खबर आज चर्चामा रहे ।
संसद्‍मा उठ्यो सिरहामा भारतीयलाई नागरिकता दिइएको विषय
कान्तिपुर संवाददाता
सिरहाको नरहा गाउँपालिका-३ मा भारतीय नागरिकलाई नागरिकता दिइएको विषय संसद्‍मा उठेको छ । जसपा नेपालका सांसद राजकिशोर यादवले सिरहामा नागरिकता बेच्ने काम भएको भन्दै मंगलबार संसद्‍मा आपत्ति जनाएका हुन् ।
लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव
कान्तिपुर संवाददाता
जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका छन् । उनले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन जरुरी : प्रधानमन्त्री ओली
पर्वत पोर्तेल
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रविरोधी शक्ति सल्बलाइरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन जरुरी रहेको बताएका छन्।