text
stringlengths
2
914
लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : सांसद विष्ट
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए ।
दाहाललाई राप्रपाको चेतावनी : भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राजाको नामले सदन तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् ।
पूर्व अध्यक्ष थापाद्वारा एन्फा महासचिवविरुद्ध मुद्दा
कान्तिपुर संवाददाता
पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।
नेता बदल्न नखोज्या हो र ? बलबुताले भ्याएको भए मै दलको नेता हुन्थेँ : गगन थापा
कान्तिपुर संवाददाता
कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाप्रति आफ्नो पार्टी पूर्ण प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार विशेष समयमा सम्बोधन गर्दै थापाले सबै मिलेर ल्याएको लोकतन्त्र जोगाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन : महामन्त्री थापा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन्।
सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्यो : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
सरकारको शासकीय शैलीका कारण राजावादी सक्रिय भए : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् ।
संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस निम्ति उनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताए ।
सरकारलाई दाहालको चेतावनी : अहंकार र घमण्ड नदेखाउनूस्, थप मूल्य चुकाउन देश तयार छैन
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएको बताएका हुन् ।
प्रतिनिधिसभा बैठक : लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राखेका छन् । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन् : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आफ्नो सरकार पनि षड्यन्त्रपूर्वक हटाइएको बताएका हुन् ।
उपत्यकामा 'सेप्टिक ट्यांंक' अभियान चलाऔं : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । सहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुरका नगर प्रमुख र उपप्रमुखसँग छलफल गरेका हुन् ।
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा
रासस
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी क्षेत्रले दिँदैन : मुख्यसचिव अर्याल
कान्तिपुर संवाददाता
मुख्यसचिव एकनारायण अर्यालले निजी क्षेत्रले श्रमिकका लागि सरकारले निर्धारण गरेको न्यूनतम ज्याला नदिने गरेको बताएका छन् । सरकारले तोकेको ज्याला निजी क्षेत्रले दिएको भए आज मानिसहरू खाडी मुलुकमा नजाने समेत उनले जनाए । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ को दोस्रो दिन अर्यालले यस्तो बताएका हुन् ।
बाबुराम भट्टराईको फेसबुक पेज ह्याक !
कान्तिपुर संवाददाता
नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । करिब १५ लाख फलोअर भएको डा. बाबुराम भट्टराई नाम गरेको फेसबुक पेज मंगलबार ह्याक भएको हो ।
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् ।
प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिकारीहरूलाई पूर्ण रूपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् ।
साना तथा मझौला उद्योगलाई आवश्यक पुँजी पाउनै सकस : ज्ञवाली
कान्तिपुर संवाददाता
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले साना तथा मझौला उद्योगलाई आवश्यक पुँजी सहज रुपमा पाउनै सकस भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को दोस्रो दिनमा ज्ञवालीले 'नेपालमा लगानी, उत्पादन र उत्पादन अभिवृद्धि' विषयमा यस्तो बताएका हुन्।
आधा बाटो नहिँड्दै किन थाक्यो माओवादी ?
गंगा बीसी
पूर्वी नेपालको झापाबाट माओवादी केन्द्रको ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ बारा पुगेर शनिबार अचानक स्थगित भयो । चैत १२ मा कञ्चनपुर पुगेर समापन गर्ने कार्यतालिका भएपनि शनिबार बारामा घरदैलो र सभापछि अनिश्चितकालका लागि अभियान रोकियो ।
श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन नहुँदा श्रमिकहरू ठगिए
कान्तिपुर संवाददाता
सरकारले श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरू आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको आवाज सरोकार पक्षहरूले उठाएका छन् । उनीहरूले दूतावासबाट दिइनुपर्ने सेवालाई सहज र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।
हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको जिम्मा अब प्रदेश सरकारको : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त
कान्तिपुर संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।
रुस-युक्रेन युद्धमा मारिए रोल्पाका बुढाथोकी
काशीराम डाँगी
अवैध रूपमा रुस पुगेर सेनामा कार्यरत रोल्पाका एक अर्का युवाले ज्यान गुमाएका छन् । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमा कसला गाउँका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको फागुन २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेर ज्यान गएको हो ।
फाल्गुन २६, २०८१
राजावादीको प्रदर्शनले मन मुटु केही हल्लिएको छैन : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सिंहदरबारमा सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूको प्रश्न 'राजावादीको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?' को जवाफमा दाहाले सरकारी रबैयाका कारण उनीहरूले प्रदर्शन गरेको बताएका हुन् ।
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न जनमतले बनायो कार्यदल
कान्तिपुर संवाददाता
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनमा सुवेदी नेतृत्वको प्यानल विजयी
कान्तिपुर संवाददाता
संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा रेणुका सुवेदी निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा सुवेदी नेतृत्वको प्यानल विजयी भएको हो ।
सीमा क्षेत्रको राजस्व चुहावट प्रमुख चुनौती : प्रहरी महानिरीक्षक कुँवर
शिव पुरी
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावट र छलीका घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् । रौतहटको सदरमुकाम गौरमा सोमबार जिल्ला प्रहरी कार्यालय भवन उद्‍घाटनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावटको घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका हुन् ।
राजावादीको प्रदर्शनबारे देउवाले भने : कुनै अद्भुत प्रदर्शन भएको छैन
कान्तिपुर संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनलाई केही नभएको भन्दै त्यसैका कारण आत्तिनुपर्ने अवस्था नआएको प्रतिक्रिया दिएका छन् । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
सोमबार कान्तिपुरमा काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारीदेखि विदेशी मुद्रा सञ्चितिमा फेरि रेकर्ड कायम भएकोसम्मका समाचार प्रकाशित भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।
पूर्वराजालक्षित नेपालको टिप्पणी : इतिहासको रथ पछाडि फर्किन सक्दैन
कान्तिपुर संवाददाता
नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको बताएका छन् । सोमबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने बताएका हुन् ।
काठमाडौंका यी क्षेत्रमा २ महिनाका लागि निषेधाज्ञा [सूचीसहित]
कान्तिपुर संवाददाता
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
मंगलबार माओवादी अध्यक्ष दाहालले संसद्‍मा सम्बोधन गर्ने
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।