text
stringlengths
2
914
माओवादीका उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र संस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता सिटौलाले भने : कहाँ चुक्यौं, निर्मम समीक्षा गरौं
कान्तिपुर संवाददाता
कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले परिवर्तनकारी शक्तिले देशलाई अगाडि बढाउन साझा नीति बनाएर काम गर्न नसक्दाको परिणाम पुनर्उत्थानवादी र प्रतिगमनकारी शक्ति सडकमा बलियो गरी आउन थालेको बताएका छन् ।
संक्रमणकालीन आयोगमा तीन दलबीच भागबन्डाको तयारी
कुलचन्द्र न्यौपाने
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटा आयोगका पदाधिकारी नियुक्तिमा कांग्रेस, एमाले र माओवादीबीच भागबन्डाको तयारी गरिएको छ । संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रियालाई तत्काल अघि बढाउन सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा तीन दलबीच भागबन्डा गरिएको हो ।
पूर्वविशिष्टलाई सुविधा बढाउने गरी विधेयक ल्याउने तयारीमा रहेको गृह मन्त्रालय चौतर्फी विरोधपछि पछि हट्यो
कुलचन्द्र न्यौपाने
पूर्वविशिष्ट पदाधिकारीलाई सेवा र सुविधा बढाउने गरी विधेयक ल्याउन लागेको गृह मन्त्रालय सर्वत्र विरोधपछि रोकिएको छ ।
पूर्वपदाधिकारी तथा विशिष्टलाई दिने सुविधाबारे अन्तिम निर्णय गर्ने अधिकार संसद्को : गृहमन्त्री
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीहरूलाई राज्यले दिने सेवा सुविधाका बारेमा निर्णय गर्ने अन्तिम अधिकार संसद्मा मात्रै रहेको बताएका छन् ।
चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला
कान्तिपुर संवाददाता
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्।
प्रधानमन्त्री ओली र देउवासँग दाहालको संवाद, भने- 'गणतन्त्रवादीहरु एक हुनुपर्छ'
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् । संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका छन् ।
सचिव बढुवामा न्याय माग्दै अदालत पुगिन् मिश्रा : सरकारसँग सर्वोच्चले माग्यो कारण
कान्तिपुर संवाददाता
सचिव बढुवामा अन्याय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले सर्वोच्च अदालतमा दिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
सांसद डाँगीको प्रश्न- डिजिटल कारोबार नि:शुल्क बनाउने प्रतिबद्धता किन कार्यान्वयन भएन?
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले सरकारले डिजिटल कारोबारलाई नि:शुल्क बनाउने प्रतिबद्धता पूरा नगरेको बताएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमै प्रतिबद्धता जनाएपनि त्यसको कार्यान्वयन नगरेको बताइन्।
हेमोफिलिया रोगीलाई नि:शुल्क उपचारसम्बन्धी कानुन कार्यान्वयन गरियोस् : सांसद गौतम
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले हेमोफिलियाको नि:शुल्क उपचारसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।
चैत्र ३, २०८१
सरकारको उच्च प्राथमिकतामा रहेको सगरमाथा संवाद समयमै समापन गर्छौं : मुख्यसचिव अर्याल
कान्तिपुर संवाददाता
सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकारको उच्च प्राथमिकतामा रहेको ‘सगरमाथा संवाद-२०२५’ समयमै सम्पन्न गर्ने बताएका छन् ।
सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा बुच्चे भयो : सांसद पन्त
कान्तिपुर संवाददाता
सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले सक्रिय राजनन्त्रका पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको र लोकतन्त्र हराएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पन्तले लोकतन्त्रको पक्षमा बोल्नेहरूलाई राजतन्त्रले जेलमा हालेर लोकतन्त्र मासेको बताए ।
मुख्यमन्त्री सिंहले भने - ‘गजेन्द्रनारायण अस्पतालको अवस्था दयनीय रहेछ’
अवधेशकुमार झा
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजस्थित संघीय सरकार मातहतको गजेन्द्रनारायण सिंह अस्पतालको सेवा प्रवाहको अवस्था दयनीय रहेको बताएका छन् । निजी अस्पतालहरुको अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले आइतबार दिउँसो गृह जिल्ला आएर अनुगमन गरेका थिए ।
केयूमा यथाशीघ्र उपकुलपति नियुक्ति गर्न नेपाल प्राध्यापक संघको माग
कान्तिपुर संवाददाता
देशभरका प्राध्यापकहरूको साझा संस्था नेपाल प्राध्यापक संघले योग्यता, वरिष्ठता र कार्य क्षमताको आधारमा काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति लगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।
कांग्रेस-कम्युनिस्ट संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव
विद्यानन्द राम
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।
फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइन : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले कसैको तस्बिर जलाउँदैमा पक्राउ गर्न नहुने बताएका छन् । हेटौंडामा आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले राप्रपा नेतालाई पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री दाहालले लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्।
लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन चैत ८ देखि
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन चैत्र ८ र ९ गते हुने भएको छ। महाधिवेशनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक माधवप्रसाद चम्लागाईले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए।
पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाएको आरोपमा राप्रपा नेता पक्राउ
प्रताप विष्ट
हेटौंडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभामा स्वीकृत
रासस
प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।
राजस्व संकलन ठेक्कामा लगाउने काम बन्द गर्न स्थानीय तहलाई सञ्चारमन्त्री गुरुङको आग्रह
रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व संकलन आफैले गर्न आग्रह गरेका छन्। आज विज्ञापन बोर्डले गरेको विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा उनले होर्डिङ बोर्डमार्फत व्यापक राजस्व चुहावट भएको उल्लेख गर्दै राजस्व संकलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गरी आफैँले राजस्व संकलन गर्न स्थानीय तहलाई आग्रह गरे।
स्ववियु निर्वाचन : कुन क्याम्पसमा के हुँदैछ ?
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र ४ सयभन्दा बढी सामुदायिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । ६२ मध्ये १४ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध र स्थगित बनेको केन्द्रीय निर्वाचन अनुगमन समितिले जनाएको छ ।
केएसएलका निर्देशक संग्रौलामाथि दुर्व्यवहारको आरोप : छानबिन समिति गठन
कान्तिपुर संवाददाता
काठमाडौं स्कुल अफ ल (केएसएल) मा अध्ययनरत विधार्थीले आफूमाथि दुर्व्यवहार भएको, मौखिक दुर्व्यवहार गरिएको र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप लगाएका छन् । २४ फागुनमा केएसएलकी एक विद्यार्थीले तीन महिनाअघि आफूले कलेजमा यौन दुर्व्यवहार गरिएको घटनाबारे उजुरी दर्ता गराएकी थिइन् ।
सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्थाविरुद्धमा लागे : सांसद सुवेदी
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु असफल सिद्ध भइसकेको टिप्पणी गरेकी छन् ।
१२ नेपाली महिला ग्रेट हिमालयन ट्रेलको सयदिने पदयात्रामा
सुरज कुँवर
निकै कठिन तर विश्वभर चर्चित ट्रेकिङ रुट ग्रेट हिमालयन ट्रेल (जीएचटी) को सयदिने पदयात्राका लागि १२ नेपाली महिला शुक्रबार काठमाडौंमा जम्मा भएर ताप्लेजुङतर्फ लागेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सिन्धुपाल्चोक पाँचपोखरी थाङपालकी पर्वतारोही माया गुरुङको नेतृत्वमा १२ महिलालाई उनीहरूका परिवारजनले शुक्रबार बौद्ध स्तूपाबाट बिदाइ गरेका हुन् ।
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
कान्तिपुर संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिए स्वास्थ्य बीमा कोष बलियो बन्ने बताएका छन् ।
पीडितको बचत फिर्ता गराउन सहकारी र पदाधिकारीको सम्पत्ति रोक्का गर्न सांसद सुवालको माग
कान्तिपुर संवाददाता
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बौ रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
संविधानले राजतन्त्र चिन्दैन, संसद्‍मा यसबारे छलफल गर्न पाइँदैन : सांसद पन्त
कान्तिपुर संवाददाता
एमाले सांसद रघुजी पन्तले संसद्‍भित्र राजतन्त्रका विषयमा छलफल गर्न नपाइने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसात गरेकाले राजतन्त्र नचिन्ने बताएका हुन्।
डेमोक्रेसी इज अ हाइवे, ब्याकगियर लगाइँदैन : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आइतबार आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाहीन धैर्य र सक्रियता नभई योजनाबद्ध सक्रियता, धैयपूर्वक अघि बढिरहेको आशाका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरेका हुन् ।
'नो केबलकार समूह' र सरकारी प्रतिनिधिबीच वार्ता हुँदै
आनन्द गौतम
'नो केबलकार समूह' र सरकारी वार्ता टोलीबीच आइतबार वार्ता हुने भएको छ । सरकारी वार्ता टोलीले बोलाएको दुई दिनपछि आन्दोलनरत समूह वार्ताका लागि जान लागेको हो ।
पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरुको असन्तुष्टि
रासस
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन् ।
पुँजीगत खर्चमा छैन सुधार
यज्ञ बञ्जाडे
गत साउनदेखि फागुनसम्ममा सरकारले ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत मात्र हो । गत वर्षको आठ महिनामा सरकारले ८१ अर्ब २१ करोड अर्थात् वार्षिक लक्ष्यको २६.८९ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।
आजको मौसम : यी ५ प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
रासस
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।
सुपारीजस्तै ‘चाम्रो’ सरकार
राजु चौधरी