text stringlengths 2 914 |
|---|
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । |
चैत्र ७, २०८१ |
वित्तीय क्षेत्रमा लैंगिक समानताका लागि 'रिङ द बेल’ |
कान्तिपुर संवाददाता |
नेपालमा महिलाको आर्थिक समावेशीकरणको आवश्यकता औंल्याउँदै यसमा सबै पक्षको सहकार्य जरुरी रहेको नेपालका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेकोले बताएकी छन् । वित्तीय क्षेत्रमा लैंगिक समानताका लागि 'रिङ द बेल’ कार्यक्रममा उनले महिला साक्षरतामा नेपालले प्रगति हासिल गरे पनि वित्तीय समावेशीकरणमा अझै पहल आवश्यक रहेको धारणा राखिन् । |
लगानी जुटाउन देश विदेशमा अभियान चलाउन महासंघको सुझाव |
कान्तिपुर संवाददाता |
मुलुकमा लगानी भित्र्याउन स्वदेश तथा विदेशमा व्यापक रुपमा लगानी अभियान चलाउनुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव दिँदै महासंघले लगानीको स्रोत जुटाउन नेपालमा लगानी अभियान (इन्भेष्टमेन्ट इन नेपाल क्याम्पेन) नामक कार्यक्रम स्वदेश तथा विदेशमा सञ्चालन गर्न सुझाएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेस गरेका छन् । |
उद्योगलाई नियमित बिजुली आपूर्ति गर्न परिसंघको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग परिसंघले उद्योगहरुमा लोडसेडिङ गरिएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगहरुमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढेको परिसंघले जनाएको छ । |
औद्योगिक क्षेत्रमा बिजुलीको समस्या समाधान गर्न महासंघको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित-अघोषित लोडसेडिङले औद्योगिक उत्पादन घटेको जनाएको छ । देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको जनाएको छ । |
डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा श्रेष्ठ दोहोरिए |
कान्तिपुर संवाददाता |
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन् । बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत रुपमा पुन: अध्यक्षमा चयन गरेको हो । सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ यसअघि पनि अध्यक्ष थिए । |
नेपालको १२६ मुलुकसँग घाटाको व्यापार, ३४ सँग नाफा |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको ८ महिनामा नेपालले ३४ मुलुकसँग नाफामा र १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ८ महिनाको आयातनिर्यातको तथ्यांकले भारत, चीन, अर्जेन्टिना, युक्रेनलगायत मुलुकसँग घाटामा व्यापार गरेको देखाएको हो । |
८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्यो |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो । |
१२.३८ अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक १२.३८ अंकले घटेको छ । शून्य दशमलव ४६ प्रतिशतले घटेर २६६९.७६ विन्दुमा बन्द भएको छ । |
सुनको मूल्य स्थिर, चाँदीको घट्यो |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । |
मन्त्रालयगत बजेट सिलिङ : घट्यो कि बढ्यो? |
विमल खतिवडा |
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विकासे मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार र सहरी विकासको बजेट सीमा (सिलिङ) घटाइएको छ । तर विकासे मन्त्रालयअन्तर्गतकै ऊर्जा र खानेपानीको भने बढाइएको छ। |
औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ |
सीमा तामाङ , पर्वत पोर्तेल , शंकर आचार्य |
भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि मुलुकका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । पछिल्लो समय वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नेपाल विद्युत् प्राधिकरणले १२ घण्टासम्म बिजुली कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । यसले उद्योगको उत्पादनसमेत ५० प्रतिशतसम्म कटौती गर्नुपरेको उनीहरूको गुनासो छ । |
मालवाहक रेल विराटनगर ल्याउने बाटो खुल्यो |
कान्तिपुर संवाददाता |
झन्डै १३ वर्षदेखि अवरुद्ध रहेको विराटनगर–कटहरी कार्गो रेलमार्ग निर्माण कार्य अन्ततः अघि बढ्ने संकेत देखिएको छ । सर्वोच्च अदालतले कटहरी–१ का केही किसानले दायर गरेको मुद्दा खारेज गरेपछि अब रेलमार्ग निर्माणको बाटो खुलेको हो । |
थामिएन नेप्सेको घट्ने क्रम, चार दिनमा ५४ अंकले घट्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब १४.८८ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा यो ०.५५ प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ८२.१५ बिन्दुमा ओलिएको छ । पछिल्ला चार कारोबार दिनमा नेप्से लगातार ओरोलो लागेको छ । गत साता बिहीबारबाहेक बाँकी सबै कारोबार दिन नेप्से घटेको थियो । |
चैत्र ६, २०८१ |
श्रम, भौतिक, सहरीको बजेट सिलिङ घट्यो, ऊर्जा र खानेपानी मन्त्रालयको बढ्यो |
विमल खतिवडा |
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विकासे मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार र सहरी विकासको बजेट सीमा (सिलिङ) घटाइएको छ । तर विकासे मन्त्रालयअन्तर्गतकै ऊर्जा र खानेपानीको भने बढाइएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले गत फागुन पहिलो साता अर्थ मन्त्रालयमा पेस गरेको ‘राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा उल्लिखित मन्त्रालयमा बजेटको सीमा हेरफेर गरिएको हो । |
भारतीय मालवाहक रेल विराटनगर ल्याउने बाटो खुल्यो, तर किसानका पीडा उस्तै |
पर्वत पोर्तेल |
झन्डै १३ वर्षदेखि अवरुद्ध रहेको विराटनगर– कटहरी कार्गो रेलमार्ग निर्माण कार्य अन्ततः अघि बढ्ने संकेत देखिएको छ । सर्वोच्च अदालतले कटहरी–१ का केही किसानले दायर गरेको मुद्दा खारेज गरेपछि अब रेलमार्ग निर्माणको बाटो खुलेको हो । |
राजस्व विभागले पत्ता लगाउँला त २५ करोड अवैध विदेशी मुद्राको मालिक ? |
ऋषिराम पौडेल |
सोमबार राति रसुवा जान लागेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको विदेश मुद्रा बरामदको घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका जिम्मा राजस्व अनुसन्धान विभागलाई दिएको छ । तर के राजस्वले यतिका धेरै विदेश मुद्राको मालिक पत्ता लगाउँला ? विभागले उच्च अदालत पाटनबाट म्यादन लिएर विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा अनुसन्धान अघि बढाएको छ । |
किसानलाई अब बिनाधितो २ लाखसम्म ऋण |
कान्तिपुर संवाददाता |
जयपति कृषि फर्म र डीभी एक्सलेसले एनआईएमबीएस बैंकमार्फत कामधेनु डेरीका एक सय किसानलाई बिनाधितो २ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । |
पोखरामा ‘वाडा अटो सो’ हुँदै |
दीपक परियार |
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) को आयोजना चैत १४ देखि १७ सम्म पोखरामा ‘पहिलो वाडा अटो सो २०२५’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको प्रस्तुतिमा गण्डकी प्रदेशमै पहिलोपल्ट पोखराको अमरसिंहचौरमा अटो सो हुने भएको हो । |
‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न बिमकलाई प्राधिकरणको निर्देशन |
कान्तिपुर संवाददाता |
नेपाल बिमा प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बिमा कम्पनीलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न निर्देशन दिएको छ । |
१४.८८ अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । शून्य दशमलव ५५ प्रतिशतले घटेर २६८२.१५ विन्दुमा बन्द भएको छ । |
आज फेरि २५ अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । |
नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल |
रासस |
सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो । |
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायी सक्रिय |
दीपक परियार |
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पर्यटन व्यवसायीले सक्रियता देखाएका छन्। पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को सक्रियतामा चीनको सिचुआन एयरलाइन्सले मंगलबारदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको हो। |
हवाई टिकट लगायत पर्यटन क्षेत्रमा लगाइएको भ्याट गलपासो बनेको व्यवसायीको गुनासो |
कान्तिपुर संवाददाता |
हवाई टिकट लगायतमा गत आर्थिक वर्षदेखि लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) नेपालको पर्यटन उद्योगका लागि गल्पासोसरह भएको व्यवसायीहरूले गुनासो गरेका छन्। |
सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि |
रासस |
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा ८००ले बढेर एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। |
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो |
रासस |
जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । ३६ किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । |
टिकटकको अमेरिकी स्वामित्व ५० अर्ब डलर अनुमान |
सजना बराल |
भिडियो शेयरिङ प्लाटफर्म टिकटकका लागि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले थप गरिदिएको समयसीमा सकिन दुई हप्ता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । |
सुनको मूल्यमा कीर्तिमान |
कान्तिपुर संवाददाता |
सुनको मूल्यमा आन्तरिक र बाह्य दुवै बजारमा नयाँ कीर्तिमान कायम भएको छ । आन्तरिक बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । |
सार्वजनिक ऋण पौने २७ खर्ब नाघ्यो |
यज्ञ बञ्जाडे |
चालु आर्थिक वर्षको आठ महिनामा सार्वजनिक ऋण दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको छ । योसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । |
नेप्से फेरि २७ सयमुनि, १२ उपसमूहमा गिरावट |
कान्तिपुर संवाददाता |
मंगलबार ७.६६ अंकले घटेसँगै समग्र नेप्से परिसूचक २ हजार ७ सय अंकभन्दा तल झरेको छ । सोमबारको तुलनामा ०.२८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९७.०४ अंकमा ओर्लेर बन्द भएको छ । यो करिब एक महिनाअघिको अवस्था हो । यसअघि फागुन ४ मा नेप्से २ हजार ६ सय ९८.०३ अंकमा थियो । त्यसयता बढेर गत फागुन २० मा नेप्से २ हजार ८ सय ४६.३० सम्म पुगेको थियो । |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । |
चैत्र ५, २०८१ |
सहरी मन्त्रालयको पुँजीगत खर्च १७.४३ प्रतिशत मात्रै |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.