text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको आठ महिनामा ११ अर्ब १२ करोड ४० लाख रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै साउनदेखि फागुनसम्म १७.४३ प्रतिशत पुँजीगत खर्च गरेको जानकारी दिएको हो । |
७.६६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ७.६६ अंकले घटेको छ । शून्य दशमलव २८ प्रतिशतले घटेर २६९७.०४ विन्दुमा बन्द भएको छ । |
सुरु भयो छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान, १२८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा आइपुग्यो |
दीपक परियार |
चीनको सिचुआन एयरलाइन्सले मंगलबारदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । सिचुआन प्रान्तको सहयोगमा १ सय २८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । उक्त जहाज मंगलबार नै पोखराबाट १ सय २६ नेपाली यात्रु लिएर छेङ्दुका लागि उडेको छ । |
हरेक नेपालीको थाप्लोमा झन्डै ९१ हजार रुपैयाँ ऋण |
कान्तिपुर संवाददाता |
गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो । |
तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ नाघ्यो |
कान्तिपुर संवाददाता |
गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । |
संस्थागत सामाजिक उत्तरदायित्वको रकम कुन कुन क्षेत्रमा खर्च गर्न पाइँदैन ? |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गतको रकम कम्पनीको ब्रान्ड प्रवर्धन तथा बजार विस्तार गर्न, बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोगलगायतमा खर्च गर्न नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । |
सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि |
रासस |
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । |
बीपी राजमार्गको डालाबेसीदेखि चार सयबेसी खण्डमा ठेक्का आह्वान |
कान्तिपुर संवाददाता |
बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ८.५ किलोमिटर खण्डमा मंगलबार ठेक्का आह्वान गरिएको छ । जसको निर्माण अवधि दुई वर्षको हुने सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । बाढीले क्षति गरेको ६ महिनापछि यस खण्डमा स्थायी रुपमा सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । |
नेपालका साढे ३ लाख स्मार्टफोनमा ई–सिम |
सजना बराल |
नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या अढाई वर्षमा साढे तीन लाख पुगेको छ । नेपाल टेलिकमको १ लाख ८५ हजार र एनसेलको १ लाख ५० हजार पुगेको कम्पनीहरूले जनाएका छन् । नेपालमा २०७९ भदौ ३१ देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको थियो । |
बाढीले क्षतिग्रस्त सडकको ठेक्कामा ढिलाइ |
विमल खतिवडा |
ललितपुरदेखि हेटौंडा बजार जोड्ने पुरानो सडकमध्ये एक हो, कान्ति राजमार्ग । यस सडकमा गत असोजमा आएको बाढीका कारण ठूलो क्षति भयो । ललितपुर–हेटौंडा जोड्ने बगुवाको पुल आधा बग्यो । ललितपुरतर्फ मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक ठप्प भयो । |
दुई दिनमा ५२ अर्बले घट्यो लगानीकर्ताको सम्पत्ति |
कान्तिपुर संवाददाता |
आइतबार करिब साढे २१ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घट्यो । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से १०.५४ अंकले घट्दा २ हजार ७ सय ४.७० बिन्दुमा ओर्लिएको छ । यो ०.३७ प्रतिशतको गिरावट हो । |
मध्यभोटेकोशी र खिम्ती प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । |
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर |
रासस |
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । |
चैत्र ४, २०८१ |
प्रदेश र पालिकालाई डेढ खर्ब रुपैयाँ समानीकरण अनुदान दिन वित्त आयोगको सिफारिस |
कान्तिपुर संवाददाता |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारलाई आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र पालिकालाई वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४९ अर्ब ६२ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड रुपैयाँ र पालिकालाई ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउन आयोगले सिफारिस गरेको हो । |
स्टार्टअप कर्जा : व्यावसायिक परियोजना प्रस्तुत गर्न छुटेकालाई चैत १२ भित्र सम्पर्क गर्न आग्रह |
कान्तिपुर संवाददाता |
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि छनोट परेका उद्यमीहरुले व्यावसायिक परियोजना प्रस्तुतिका लागि आगामी चैत १२ भित्र सम्पर्क गर्न आग्रह गरेको छ । प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै आगामी चैत १३, १४ र १५ भित्र व्यवसायिक परियोजना प्रस्तुतिका लागि छुटेका प्रस्तावकलाई समय दिइने जनाएको छ । |
१० महिनामा सकिएला त सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम ? |
विमल खतिवडा |
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालेको २६ महिना वित्यो । तर, अहिलेसम्म निर्माण प्रगति ४३ प्रतिशत मात्र छ । अबको १० महिना भित्र ५७ प्रतिशत काम सक्नु पर्ने छ । अहिले भइरहेको निर्माण गति हेर्दा उक्त समयभित्र काम सकिने छाँट देखिँदैन । |
पोखरामा ‘फेवा नववर्ष महोत्सव’ |
कान्तिपुर संवाददाता |
नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखरा नेपालको आयोजनामा चैत ३० देखि वैशाख १ सम्म २०औं फेवा नव वर्ष महोत्सव हुने भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरी काम अगाडि बढाएको जानकारी दिएको हो । |
चैते धान लगाउने किसानलाई ७५ प्रतिशत अनुदान |
नवीन पौडेल |
७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीमा चैते (हिउँदे) धान खेतीतर्फ किसान आकर्षित भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा दुई-तीन वर्षयता चैते धान लगाउने किसानको संख्या बढ्दो छ । असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । |
१०.१४ अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक १०.१४ अंकले घटेको छ । शून्य दशमलव ३७ प्रतिशतले घटेर २७०४.७० विन्दुमा बन्द भएको छ । |
८ महिनामा निक्षेप ४.९० र कर्जा ६.१२ प्रतिशत बढ्यो |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) वाणिज्य बैंकहरुमा दुई खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत असारको तुलनामा यो ४.९० प्रतिशतको वृद्धि हो । गत असार मसान्तमा बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । |
स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि दुई वर्षदेखि विशेषज्ञ खोजेको खोज्यै प्राधिकरण |
कान्तिपुर संवाददाता |
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि समिति गठन गर्न भन्दै इच्छुक चार्टर्ड एकाउन्टेन्टबाट आशयपत्र दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । |
बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गर्नुहोस् : गभर्नर अधिकारी |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् । |
बजेट छुट्याउँदा फ्रिज भयो, अहिले पैसा नहुँदा अलपत्र |
अवधेशकुमार झा |
मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष छँदा उनको विशेष योजना थियो, संग्रहालय निर्माण । गाउँपालिकाको वडा नम्बर–४ कोइलाडीस्थित आफ्नो घरभन्दा दुई सय मिटर पर वडा कार्यालय छेउमा उनले संग्रहालय निर्माणका लागि खाल्डो भएको जग्गामा माटो पुरेर संग्रहालय निर्माणको योजना बनाएका थिए । |
टिकेन नेप्सेको वृद्धि, झन्डै साढे २१ अंकले घट्यो |
कान्तिपुर संवाददाता |
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.६३ अंकले घटेको छ । गत बिहीबारको तुलनामा ०.७९ प्रतिशतले घटेपछि समग्र नेप्से दुई हजार सात सय १४.८५ अंकमा ओर्लिएको छ । |
पूरा भइसकेका मागलाई लिएर नागढुंगा सुरुङमार्गको काममा अवरोध |
विमल खतिवडा |
निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । |
चैत्र ३, २०८१ |
ऊर्जामन्त्रीले बनाएको समितिलाई काम नगर्न सर्वोच्चको अन्तरिम आदेश |
कान्तिपुर संवाददाता |
डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको बक्यौता निर्क्योल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंसिर २ मा गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई काम गर्न रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता खडानन्द कँडेलले मंसिर १३ मा दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । |
१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा ४ कम्पनीको आवेदन |
कान्तिपुर संवाददाता |
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले पुनः आहृवान गरेको ठेक्कामा ४ कम्पनीले आवेदन दिएका छन् । सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का गत माघ ६ मा पुनः ठेक्का आहृवान गरेको थियो । |
भारतबाट १२ घण्टा मात्र बिजुली आए पनि जनतालाई लोडसेडिङ हुँदैन : प्राधिकरण |
कान्तिपुर संवाददाता |
भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न पाइए पनि जनताको घरमा लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आन्तरिक माग पुर्याउन भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा अर्थात् हरेक दिन बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै ल्याउन पाइन्छ । |
मंगलबारदेखि पोखरा–छेन्दु नियमित उडान |
रासस |
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । |
उपलब्ध स्रोतलाई ख्याल गरी बजेटमा कार्यक्रमको पेस गर्न अर्थमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा आइतबार अर्थमन्त्री पौडेलले स्रोत ख्याल गरेर आयोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् । |
राजस्व उठाएर खर्च धान्न सकस पर्यो : अर्थमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । |
मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.