text stringlengths 2 914 |
|---|
सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । |
२१.६३ अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक २१.६३ अंकले घटेको छ । शून्य दशमलव ७९ प्रतिशतले घटे२७१४.८५ विन्दुमा बन्द भएको छ । |
अध्ययन कृषि प्राविधिक, इलम स्ट्रबेरीखेती |
रासस |
पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । |
सुनचाँदीको मूल्यमा सामान्य गिरावट |
रासस |
अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । |
नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध, काम ठप्प |
कान्तिपुर संवाददाता |
निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीयले ठप्प पारेका छन् । खानेपानी लगायतका माग अघि सार्दै चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माणको काममा अवरोध गरेका हुन् । |
बजारबाट फेरि ४० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता धेरै भएपछि व्यवस्थापनका लागि राष्ट बैंकले सातामा दुई दिन आइतबार र बुधबार लगातार बजारबाट पैसा झिकिरहेको छ । |
नेप्सेको सीईओमा पहिलो चरणमा पाँच जना छनोट |
कान्तिपुर संवाददाता |
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पहिलो चरणमा ५ जना छनोट भएका छन् । जसअनुसार चुडामणि चापागाईं, नारदकुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् । |
सात महिनामा १२ लाख स्मार्टफोन, ३० लाख चार्जर आयात |
कान्तिपुर संवाददाता |
नेपालमा चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मोबाइल फोन चार्जर आयात संख्या स्मार्टफोनको तुलनामा डेढ गुणा बढी देखिएको छ । साउनदेखि माघभित्र ३० लाख २ हजार ८ सय ५९ थान मोबाइल चार्जर आयात हुँदा स्मार्टफोन आयात संख्या १२ लाख २९ हजार ९ सय ५७ थान रहेको भन्सार विभागको तथ्यांक छ । |
आईएमएफको विस्तारित कर्जाको पौने ६ अर्ब नेपाललाई |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराउँदै आएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको पाँचौं किस्ता दिने भएको छ । यसअनुसार अब नेपालले चार करोड १८ लाख अमेरिकी डलर बराबर (करिब पाँच अर्ब ८१ करोड रुपैयाँ) भुक्तानी पाउनेछ । गत शुक्रबार बसेको आईएमएफको कार्यकारी बैठकले पाँचौं किस्ता भुक्तानी दिने निर्णय गरेको हो । |
हिमाल उक्लिँदै तराईका बाली |
कृष्णप्रसाद गौतम , तुलाराम पाण्डे |
सिमकोट गाउँपालिका–७ की सीता रोकायाको भान्सामा टमाटर, मूला, हरियो साग, काउली, केराउलगायत तरकारी पाक्छ । सिमकोट बजारमा रोकाया होटल सञ्चालन गरिरहेकी उनी ग्राहकलाई ताजा तरकारी खुवाउन सक्छिन् । ‘एक त जहाजको उडानै नहुने, उडान भए पनि सामान मात्रै ल्याउन नमान्ने,’ उनले भनिन्, ‘नेपालगन्ज र सुर्खेतमा ५० रुपैयाँमा किन्नुपर्ने तरकारी १ सय २० सम्म भाडा तिरेर ल्याउनुपर्ने बाध्यता थियो । कहिले त हप्ता/दस दिनमा पनि तरकारी नआउने अवस्था थियो ।’ |
महाकालीले भत्काएको गाइडबन्ड बनाउन छैन सुरसार |
भवानी भट्ट |
महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको ६ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी पुलको पहुँचमार्ग भत्काएर बस्तीमै पस्ने जोखिम बढेको छ । |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । |
चैत्र २, २०८१ |
आठ महिनामा घरजग्गा कारोबारबाट २९ अर्ब राजस्व |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा कारोबारबाट २८ अर्ब ८३ करोड १ लाख ९१ हजार रुपैयाँ राजस्व उठेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ३ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बढी राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । |
इन्धनको मूल्य घट्यो |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४/४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । |
वीरगञ्ज भन्सारद्वारा ८ महिनामा एक खर्ब ९ अर्ब राजस्व संकलन |
शंकर आचार्य |
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । |
कहिले बनिसक्छ नागढुंगा–मुग्लिन सडक ? |
विमल खतिवडा |
नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइएको छ । तर बर्खा नजिकिएसँगै निर्माणको गति भने सुस्त छ । यो सडक खण्ड भएर दैनिक करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । यो खण्डको स्तरोन्नति विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएर थालिएको हो । |
ट्रम्पको कर नीतिप्रति टेस्लाले जनायो चिन्ता |
कान्तिपुर संवाददाता |
अर्बपति इलन मस्कको विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला’ले अमेरिकी सरकारलाई पत्र लेखेर ट्रम्पका व्यापार महशुलहरूले कार उद्योगमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकै दक्षता विभाग हाँकिरहेका मस्कको कम्पनीले यस्तो पत्र लेख्नुलाई रोचक मानिएको छ । |
कोदोको पिठोबाट गाउँमै बिस्कुट |
रासस |
यहाँको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका हुन्। ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताए। |
सालझन्डी-ढोरपाटन सडक स्तरोन्नति : कञ्चन खोला-खुर्सानी खण्डको प्रगति साढे चार वर्षमा ३५ प्रतिशत मात्र |
विमल खतिवडा |
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत पाल्पा खण्डको कञ्चन खोला–खुर्सानी सडकको ठेक्का भएको साढे चार वर्ष भयो, अझै प्रगति सोचेअनुसार छैन । १३ किलोमिटर सडक कालोपत्र तहमा स्तरोन्नति गर्नुपर्नेमा अहिलेसम्म प्रगति ३५ प्रतिशत मात्र छ । |
ग्वार्को ओभरपासमा ‘एमएसई वाल’ को प्यानल झिकेर फेरि राखियो |
कान्तिपुर संवाददाता |
ग्वार्को ओभरपासको सातदोबाटोतर्फ राखिएको मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वालको प्यानल झिकिएको छ । ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि राख्न थालिएको छ । पहिला र्याम्पमा राखिएको प्यानलमा ग्याप देखिएपछि सुधार गरेर राखिएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । |
सुनको मूल्य तोलाकै पौने दुई लाख |
कान्तिपुर संवाददाता |
सुनको मूल्य तोलामै पौने दुई लाख रुपैयाँ पुगेको छ । छापावाला सुनको मूल्य शुक्रबार तोलामै चार हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार सार्वजनिक बिदा भएकाले त्यतिमै कारोबार भयो । |
चैत्र १, २०८१ |
विद्युत् नियमन आयोगकी सदस्य भट्टराईद्वारा शपथग्रहण |
कान्तिपुर संवाददाता |
विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज मन्त्रालयमा शपथग्रहण गरेकी हुन् । |
नीति तथा कार्यक्रमका लागि तयारी थालियो |
कान्तिपुर संवाददाता |
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेका छन् । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको छ । |
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला चार हजार रुपैयाँले बढ्यो |
कान्तिपुर संवाददाता |
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । |
आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली |
सीमा तामाङ |
नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पुर्याउन भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाइने भएको छ । अहिले दैनिक २० घण्टा बिजुली आयात गर्दै आए पनि आइतबारदेखि १२ घण्टा मात्रै बिजुली आयात गर्न पाइने भएको हो । |
साताको सेयर : सेयर बजारमा जलविद्युत्को प्रभुत्व बढ्यो, वित्तीय र बिमाको घट्यो |
कान्तिपुर संवाददाता |
यो साता सेयर कारोबारमा जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । साताको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा करिब ३० प्रतिशत हुनुले यसको पुष्टि गर्छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता चार दिन मात्र सेयर बजार खुल्यो । |
ठेक्का तोडिएको २१ महिनापछि मुडे-चरिकोट सडक निर्माणमा फर्कियो पुरानै कम्पनी |
केदार शिवाकोटी |
लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत मुडे–चरिकोट खण्डको ठेक्का तोडिएको एक वर्षपछि पुरानै निर्माण कम्पनी काममा फर्किएको छ । लामोसाँघु–जिरी सडक सुधार आयोजनाले मुडे–चरिकोट सडक आठ वर्षदेखि अलपत्र पारेपछि गत चैतमा ठेक्का तोडेर कालोसूचीमा राखेको थियो । |
बीपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणको ठेक्का लाग्यो |
विमल खतिवडा |
बाढीले क्षति पुर्याएको ६ महिनापछि बीपी राजमार्गको सिन्धुली खण्ड निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । ३० दिनको समय तोकेर बुधबार ठेक्का आह्वान गरिएको हो । पाँच किलोमिटरको खण्डमा दुई लेन सडक बनाइनेछ । |
फाल्गुन २९, २०८१ |
कर्णालीका सबै पालिकामा डिपो राखेर रैथाने उत्पादन किन्दै खाद्य |
कृष्णप्रसाद गौतम |
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका सबै पालिकामा खाद्य बिक्री डिपो स्थापनाको तयारी गरेको छ । अब खाद्यले कर्णालीका सबै पालिकामा उत्पादित कृषि उपजसमेत खरिद गर्नेछ । यसका लागि कर्णालीका ७९ मध्ये ४० पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापनसम्बन्धी समझदारी (एमओयू) गरिएको छ । |
बर्दियामा चैते धानको रोपाइँ सुरु |
कमल पन्थी |
यसवर्ष बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धानको रोपाइँ सुरु भएको छ । चैते धान फागुन अन्तिम सातादेखि रोपाइँ हुने गर्छ र जेठ अन्तिम साताबाट भित्राउन सुरु गरिन्छ । |
किसानलाई माहुरीको घार |
डम्बरसिं राई |
केपिलासगढी गाउँपालिकाका किसानलाई माहुरीको घार वितरण गरिएको छ । |
दूरसञ्चारमा ‘सब्स्क्रिप्सन मोडल’बारे नियामक र सेवा प्रदायकको फरक मत |
सजना बराल |
दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानीमा संकुचन देखिन थालेपछि व्यावसायिक स्थिरताका लागि ‘सब्स्क्रिप्सन मोडल’ अपनाउने विषयमा सेवा प्रदायक र नियामकबीच मतभेद देखिएको छ । सेवा प्रदायकले ‘सब्स्क्रिप्सन मोडल’ आवश्यक र उपयुक्त हुने बताइरहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अहिले नै यो मोडल ‘माटो सुहाउँदो’ नभएको र यस्ता ‘प्रोडक्ट’ ल्याउनुअघि अनिवार्य महसुल दर स्वीकृत गर्न निर्देशनसमेत दिएको छ । |
उद्योगको औसत क्षमता उपयोग घट्यो |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.