text stringlengths 2 914 |
|---|
मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १६.१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । |
७ महिनामा ९ खर्ब रेमिट्यान्स, ७.३ प्रतिशतले बढ्यो |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । |
भैरहवा भन्सारको राजस्व असुली ७ महिनामा ५३ अर्ब १७ करोड |
माधव ढुंगाना |
मुलुकको दोस्रो ठूलो भन्सारका रुपमा रहेको भैरहवा भन्सार कार्यालयले चालु आवको सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । |
'मुलुकमै रोजगारी सिर्जना गर्न सम्भव छ' |
कान्तिपुर संवाददाता |
मुलुकभित्रै रोजगारी सिर्जना गर्न सरकार, निजी क्षेत्रलगायत एकजुट भएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को पहिलो सत्र 'आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्द्धन' मा वक्ताहरूले यस्तो बताएका हुन् । |
आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा |
कान्तिपुर संवाददाता |
बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले आगामी दशक (सन् २०२५–२०३५) लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’को उद्घाटन सत्रमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी प्रवर्द्धन दशक घोषणा गरे। |
दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक २०.६८ अंकले घटेको छ । आज शून्य दशमलव ७४ प्रतिशतले घटेर २७५१.४२ विन्दुमा बन्द भएको छ। |
सरकारले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने भाष्य बदल्नुपर्छ : वाग्ले |
कान्तिपुर संवाददाता |
काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले सरकारले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने भाष्य अब बदल्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् । |
मस्कको विरोधमा आफ्ना टेस्ला गाडीमा अन्य ब्रान्डको लोगो टाँस्दै अमेरिकी प्रयोगकर्ता |
कान्तिपुर संवाददाता |
अमेरिकी सडकहरूमा अहिले टेस्लाजस्तै देखिने गाडीहरू टोयोटा, अडी, माज्दा लगायत विभिन्न ब्रान्डका लोगोसहित गुडेका भेटिन्छन् । खासमा ती गाडी टेस्ला नै भए पनि कयौँ टेस्ला-धनीहरूले आफ्नो गाडीको लोगोमाथि अन्य ब्रान्डको लोगो टाँस्ने क्रम बाक्लिएको हो । |
'सरकारी श्रेणीविहीनले २४ हजार तलब बुझ्दा श्रमिकको १७ हजार ३ सयमात्रै किन?' |
कान्तिपुर संवाददाता |
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडाले अहिले १७ हजार ३ सय रुपैयाँ तलबमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न नसक्ने बताएका छन् । |
श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । |
उत्पादकत्व कम हुँदा श्रमिकको तलब बढेन : अध्यक्ष ढकाल |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादकत्व कम हुँदा श्रमिकले उचित पारिश्रमिक नपाइरहेको बताएका छन्। |
१० वर्षपछि वैदेशिक रोजगारीमा जानै नपर्ने अवस्था सिर्जना हुन्छ : खतिवडा |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री आर्थिक एवं विकास सल्लाहकार युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै खतिवडाले आगामी दशक रोजगार दशकका रुपमा मनाइरहेको जनाए। |
पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु |
कान्तिपुर संवाददाता |
आन्तरिक रोजगारी सिर्जनाको लागि नीति र कानुनमा सुधार गर्न भन्दै नीतिगत सुझाव लिन काठमाडौंमा पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ । |
२ सय ८३ मेगावाटको अपर तमोर आयोजनाको उत्खनन टीबीएम मेसिनबाट गरिने |
आनन्द गौतम |
फक्ताङलुङ गाउँपालिकामा निजी क्षेत्रको लगानीबाट निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाको २ सय ८३ मेगावाटको अपर तमोर आयोजनाको उत्खनन टीबीएम मेसिनबाट गरिने भएको छ । फक्ताङलुङ गाउँपालिकाको समन्वयमा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । छलफलमा राजनीतिक दलका पालिका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतको सहभागिता थियो । |
अर्बौंको व्यापार हुने तातोपानी नाकामा पूर्वाधारकै अभाव |
राजु चौधरी |
रसुवापछि चीनसँगको मुख्य व्यापारिक तातोपानी नाकामा व्यापारका लागि पूर्वाधार तगारो बनेको छ । वैदेशिक व्यापारको प्रबल सम्भावना रहे पनि पर्याप्त भौतिक पूर्वाधार तथा प्रक्रियागत समस्या रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । द्विपक्षीय व्यापार प्रवाहलाई सहज बनाउने प्रयास भए पनि समस्या कायमै रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । |
प्रोत्साहन गर्नुको साटो निरुत्साहित र दण्डित गर्न खोजियो : घिसिङ |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित र दण्डित गर्न खोजेको बताएका छन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत ‘तपाईंलाई किन नहटाउने’ भनेर सोधेको तीनदिने स्पष्टीकरणले आफू मर्माहत भएको घिसिङले उल्लेख गरेका छन् । |
नौ वर्षदेखि अधुरै कालीगण्डकी पुल |
नारायण शर्मा |
निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल ९ वर्षदेखि अधुरै छ । ठेकेदार सम्पर्कविहीन भएपछि पक्की पुलको काम अलपत्र परेको हो । |
३९ अर्ब लागतमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गरिँदै |
कान्तिपुर संवाददाता |
लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता भएको हो । |
एफवन सफ्टको प्रेसिडेन्टमा ठकुरी |
कान्तिपुर संवाददाता |
एफवन सफ्ट कम्पनीमा नेतृत्व परिवर्तन भएको छ । वर्तमान प्रेसिडेन्ट विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गरेका हुन् । |
फाल्गुन २५, २०८१ |
'प्रोत्साहित हुनुपर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयासबाट मर्माहत छु' |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई प्रोत्साहित गर्नको साटो निरुत्साहित र दण्डित गर्न खोजिएको बताएका छन् । |
कुलमान भन्छन् : मैले के-के काम गरिनँ र हटाउन खोजेको ? |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन खोज्नुका कारण ऊर्जा मन्त्रालयलाई नै सोधेका छन् । घिसिङले आइतबार मन्त्रालयमा सफाई पेस गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै उल्टै प्रश्न गरेका हुन् । |
सेवा शुल्क पुनः प्राप्तिको मागसहित होटल र्याडिसनमा श्रमिकको आन्दोलन |
कान्तिपुर संवाददाता |
लाजिम्पाटस्थित र्याडिसन होटलमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारका लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताए । |
नेप्से सीईओका लागि १० जनाको आवेदन |
कान्तिपुर संवाददाता |
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । |
४६.३३ अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ४६.३३ अंकले घटेको छ । आज एक दशमलव ६४ प्रतिशतले घटेर २७७२.१० विन्दुमा बन्द भएको छ । गत सोमबारयता नेप्से क्रमश: घट्दै आएको छ । |
खानेपानी र संघीय मामिला मन्त्रालयसँग नयाँ बजेट निर्माणसम्बन्धी छलफल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि ३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न निर्देशन दिएका छन् । |
ट्रम्पको नीतिले विश्वबजारमा हलचल ल्यायो : अर्थविद् पौडेल |
कान्तिपुर संवाददाता |
अर्थविद् विश्व पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला निर्णयले विश्वबजारमा हलचल नै ल्याएको बताएका छन् । ट्रम्प विश्व व्यापारको सन्दर्भमा पनि विगतमा अमेरिकाले नै सुरु गरेको अन्तर्राष्ट्रिय नियम र मान्यताविपरीत जान खोजेको उनको विश्लेषण छ । |
बजारबाट आज फेरि २५ अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
सुर्खेतमा तारा एयरको उडान बन्द |
रासस |
तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । |
हस्तकलाले मूल्य नपाउँदा व्यवसायी निराश |
रासस |
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन् । पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट छैनन् । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउँछन्। |
१० महिनामा दोब्बरभन्दा धेरै पुगे टुजी प्रयोगकर्ता |
सजना बराल |
पछिल्लो १० महिनामा टुजी इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या दोब्बरभन्दा धेरैले बढेको छ । गत वैशाखमा १४ लाख ७१ हजारले टुजी चलाउने गरेकामा माघमा आइपुग्दा देशभर ३२ लाख ६५ हजारभन्दा धेरैले यस्तो सेवा लिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालमा इन्टरनेट सेवा प्रविधि फोरजी र फाइबर (एफटीटीएच) मा रूपान्तरण भइरहे पनि टुजी प्रयोगकर्ताको संख्या आश्चर्यजनक रूपमा बढिरहेको प्राधिकरणको तथ्यांकले देखाउँछ । |
प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पुनरावलोकन : संघ र प्रदेशको रोयल्टी घट्यो, स्थानीय तहको बढ्यो |
यज्ञ बञ्जाडे |
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी नेपाल सरकार (संघ), सम्बन्धित प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिने विद्यमान व्यवस्था परिमार्जन भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले रोयल्टी बाँडफाँटको सीमा परिमार्जन गरेर कार्यान्वयनका लागि अर्थ मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको छ । उक्त सिफारिस मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । |
काबेली–३ को उत्पादन चैत पहिलो सातादेखि |
कान्तिपुर संवाददाता |
२१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत् परियोजनाको उत्पादन चैत पहिलो साताभित्रै सुरु हुने भएको छ । सिरिजंघा गाउँपालिकामा उत्पादन गर्न लागिएको परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । |
बर्खामा क्षति पुगेका संरचना मर्मतलाई छैन बजेट |
हरिराम उप्रेती |
गएको बर्खामा क्षति पुर्याएको सडक, कुलो र बाँध पुनर्निर्माण तथा मर्मत नहुँदा झनै जोखिम बढेको छ । सात महिनादेखि भासिएर जोखिमपूर्ण बनेको सडकको पहिरो नियन्त्रणको काम अझै अघि बढेको छैन । बजेट अभावका कारण बर्खाको बेला क्षति भएका संरचना मर्मत र पुनर्निर्माणको काम अघि बढाउन नसकिएको सरोकारवाला कार्यालयको भनाइ छ । |
बुटवलमा प्रसारण लाइनको मोनोपोल विस्तार तीव्र |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.