text
stringlengths
2
914
अध्ययन नसकिएका आयोजनामा बजेट नछुट्याइने
कान्तिपुर संवाददाता
सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वअध्ययन पूरा नभएका र दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश नगर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शनमा विभिन्न आठबुँदे निर्देशन जारी गरिएको छ ।
नदीजन्य ठेक्कामा जनप्रतिनिधिमै विवाद
शिव पुरी
गत वर्ष बृन्दावन नगरपालिका प्रमुख विनोदप्रसाद कुर्मीले मनोमानी ढंगले अमानतमा बागमती खोलामा नदीजन्य वस्तु उत्खनन गरेको भन्दै उपप्रमुख संगीता राम र वडाध्यक्षहरूले विरोध गरे । नगरप्रमुख कुर्मीले अमानतमा उत्खनन गर्न आदेश दिएपछि उपप्रमुख र वडाध्यक्षहरू उनीविरुद्ध खनिएका हुन् । यस पटक पनि वडाध्यक्षहरू उत्खननको विरोधमा छन् ।
घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को पनि निर्णय
कान्तिपुर संवाददाता
मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
रासस
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
फाल्गुन २१, २०८१
काठमाडौंबाट डाइभर्ट भएको जहाज पहिलोपटक भैरहवामा अवतरण
सुरज कुँवर
जहाज अवतरणका लागि मौसम प्रतिकूल भएपछि छेन्दुबाट आएको एयर चाइनाको जहाज बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेर भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको छ ।
हङकङ–काठमाडौं सातै दिन उडान गर्दै क्याथे
कान्तिपुर संवाददाता
नेपाललाई हङकङ हुँदै अस्ट्रेलिया र जापान लगायतका मुलुकसँग जोड्दै आएको क्याथे प्यासिफिक एयरलायन्सले सातै दिन उडान गर्ने भएको छ ।
'जतिसुकै स्पष्टीकरण बुझाउनु परोस्, एक घण्टा भए पनि काम गर्ने ताकत र ल्याकत राख्छु'
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई जतिसुकै स्पष्टीकरण बुझाउनु परे पनि एक घण्टा काम गर्ने ताकत र ल्याकत राख्ने बताएका छन् । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गतका वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् ।
थामिएन नेप्सेको गिरावट, २५ अंकले घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २५.१६ अंकले घटेर २ हजार ८ सय २१.२३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८८ प्रतिशतले घटेको हो । सोमबार र मंगलबार उच्च अंकले घटेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।
अनुशासित र यथार्थपरक बजेट बनाउन अर्थमन्त्री पौडेल १६ बुँदे निर्देशन
कान्तिपुर संवाददाता
आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक बजेट ल्याउने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन् । यर्थाथपरक बजेट आउँदा बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उनको भनाइ छ ।
विद्युतीय सवारीमा ६० प्रतिशत मात्र ऋण पाइने व्यवस्था लागू
कान्तिपुर संवाददाता
पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारीसाधन खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था कार्यान्वयनमा आएको छ ।
तरलता व्यवस्थापनका लागि आज ५० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
सुनचाँदीको मूल्य वृद्धि
रासस
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
सरकार र ग्यास उद्योगीबीच सहमति, रोकियो आन्दोलन
कान्तिपुर संवाददाता
सरकार र ग्यास उद्योगीबीच गरिएको पाँचबुँदे सहमतिसँगै आन्दोलन रोकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकमा ग्यास प्रतिसिलिन्डर ढुवानी कमिसन १२ रुपैयाँ ७५ पैसा बढाउनेलगायत ५ बुँदे सहमति भएको हो ।
सवारी तथा यातायात व्यवस्था विधेयक : लाइसेन्सको अवधि १० वर्ष, चालक बन्न आठ पासको प्रस्ताव
विमल खतिवडा , सीमा तामाङ
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि कम्तीमा आठ कक्षा पास हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । हाल लाइसेन्सका लागि सामान्य लेखपढ गर्न जान्ने भनिए पनि शैक्षिक योग्यता तोकिएको छैन । विधेयक जस्ताको तस्तै पास भए लाइसेन्सका लागि आठ कक्षा पास गरेकै हुनुपर्नेछ ।
ई-कमर्स विधेयक पारित, अब अनलाइन व्यापार गर्दा दर्ता अनिवार्य
जयसिंह महरा
विद्युतीय प्लाटफर्ममार्फत वस्तु वा सेवा खरिद वा बिक्री गर्ने प्रक्रिया कानुनसम्मत बनाउन ल्याइएको विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । विद्युतीय प्लाटफर्ममार्फत लामो समयदेखि वस्तु वा सेवा खरिद–बिक्री हुँदै आएको भए पनि हालसम्म कानुन थिएन ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
फाल्गुन २०, २०८१
चार्जिङ स्टेसन नहुँदा वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात घट्यो
शंकर आचार्य
सर्वाधिक सवारीसाधन आयात हुने नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा चार्जिङ स्टेसन नहुँदा यो नाकाबाट विद्युतीय कारको आयात घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्मको तुलनामा चालु आवको यसै अवधिमा यो नाकाबाट विद्युतीय कारको आयात ह्वात्तै घटेको छ ।
नागढुंगा सुरुङमार्गमा हट्यो स्थानीयको अवरोध
कान्तिपुर संवाददाता
सोमबारदेखि निर्माण ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम बुधबारबाट पुनः सुरु हुने भएको छ ।
सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
कान्तिपुर संवाददाता
सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हलमा सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरुबीच भएको बैठकमा ग्यास प्रतिसिलिण्डर ढुवानी कमिसन १२ रुपैयाँ बढाउने लगायत ५ बुँदे सहमति भएको हो ।
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन् ।
नेप्सेमा ३० अंकको गिरावट
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३०.३६ अंकले घटेर २ हजार ८ सय ४६.३० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.०५ प्रतिशतले घटेको हो । सोमबार १३ अंकले घटेको नेप्से मंगलबार करिब साढे ३० अंकले घटेको हो ।
स्वास्थ्य बिमासहित थप स्वास्थ्य कार्यक्रमका लागि ४ अर्ब रुपैयाँ निकासा
कान्तिपुर संवाददाता
अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
कान्तिपुर संवाददाता
सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैलेयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
क्वान्टम कम्प्युटिङमा लगानी बढाउँदै प्रविधि कम्पनी
सजना बराल
माइक्रोसफ्टले हालै मात्र ‘मेजोराना १’ नामक विश्वको पहिलो टोपोलोजिकल क्युबिट्समा आधारित क्वान्टम प्रोसेसर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो प्रविधिले क्वान्टम कम्प्युटिङको सम्भावनालाई अझै नजिक ल्याएको छ । २० वर्षदेखि यो प्रविधिको विकासका लागि मिहिनेत गरेको माइक्रोसफ्टले केही वर्षभित्र स्केलेबल क्वान्टम कम्प्युटर निर्माण गर्ने योजना रहेको जनाएको छ ।
मेलम्चीको मुहान सुरक्षित बनाउन छैन तयारी
विमल खतिवडा
काठमाडौं उपत्यकामा खानेपानीका लागि मुख्य स्रोत हो, मेलम्ची खानेपानी आयोजना । तर बर्खामा बाढीबाट मुहान असुरक्षित हुँदा मेलम्ची आयोजनाको पानी आपूर्ति बेलाबेलामा अवरुद्ध हुने गरेको छ । पछिल्लो समय २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रमा क्षति गरेको थियो, जसका कारण काठमाडौं उपत्यकामा नियमित पानी वितरण हुन सकेको छैन ।
नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयको फेरि अवरोध
कान्तिपुर संवाददाता
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयले पुनः अवरोध गरेका छन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोला दुवैतर्फ सोमबारदेखि सबै काम ठप्प छ । धादिङतर्फ सुरुङको मुख अगाडि रहेको ‘रोड साइड सर्भिस स्टेसन’ नजिकै घर भएका स्थानीयले क्षतिपूर्तिको माग राख्दै काम रोकेका हुन् । स्थानीयले काठमाडौंतर्फ आएर सुरुङ र बलम्बुस्थित किसिपिडीमा निर्माणाधीन फ्लाईओभरको काम ठप्प पारेका छन् ।
पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्राधिकरणको प्राथमिकतामा
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभर १५६ वटा पम्प स्टोरेज आयोजना पहिचान गरेको थियो । त्यसमध्ये ४२ हजार मेगावाटका ३३ वटा आयोजना छनोट र स्तरीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
म्याद सकिएको २१ महिनासम्म बनेन पान्तडी पुल
तुलाराम पाण्डे
कर्णाली राजमार्गको सेरी–पान्तडी जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माण सम्झौता सकिएको २१ महिना बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । पुल निर्माणको ठेक्का म्याद भने ठेकेदारले पहुँचको भरमा थप्दै आएका छन् ।
भुम्लुमा बनाइयो जडीबुटी प्रशोधन केन्द्र
ज्योती श्रेष्ठ
भुम्लु गाउँपालिका–८ स्थित डुम्रेमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले जडीबुटी प्रशोधन केन्द्रको संरचना तयार गरी प्रशोधनको नमुना अभ्यास सुरु गरेको हो । जडीबुटी प्रशोधन गरेर औषधीय सामग्री उत्पादन गर्ने, पालिकालाई जडीबुटी उत्पादनको हब बनाउने र किसानलाई जडीबुटी उत्पादनमा जोड्न प्रशोधन केन्द्र स्थापना गरिएको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले बताए ।
फाल्गुन १९, २०८१
प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँट गर्न जोड
कान्तिपुर संवाददाता
दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नु पर्ने बताएका हुन् ।
नेप्से दोहोरो अंकले घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १३.६२ अंकले घटेर २ हजार ८ सय ७६.६६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले घटेको हो ।
उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह