text
stringlengths
2
914
बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडकखण्डमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा तोकिएको छ ।
फाल्गुन २४, २०८१
फाप्लु एयरपोर्टमा ‘रिफ्युलिङ सेन्टर’ बनाइँदै
भानुभक्त निरौला
मन्थली विमानस्थलको विकल्पका रूपमा लुक्ला जाने आधार एयरपोर्टका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन केन्द्र ‘रिफ्युलिङ सेन्टर’ राखिने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जान लुक्लाका लागि मन्थलीबाट उडान हुँदै आएको छ । मौसम बिग्रँदा पर्यटकीय पूर्वाधारको अभावमा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरोकारवालाले फाप्लु विमानस्थललाई आधार एयरपोर्ट बनाउने पहल थालेका हुन् ।
एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्ष र ठेकेदार दोषी ठहर
सजना बराल
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन दुई अध्यक्ष र ठेकेदार कम्पनी दोषी ठहर भएका छन् । विशेष अदालतले प्राधिकरणका दुई पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल तथा ठेकेदार कम्पनी नूमेरा (एम) एसडीएन बर्हाद मलेसिया, नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुर र जोइन्ट भेन्चरमा काम गरेको ओएसआई कन्सल्टिङ प्रालि (इन्डिया) लाई दोषी ठहर गरेको हो ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरिँदै
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न फागुन २६ र २७ मा काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ ।
बीपी राजमार्गमा स्थायी निर्माणका लागि आगामी साता ठेक्का लगाइँदै
विमल खतिवडा
गत असोजमा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्ग स्थायी रूपमा निर्माण गर्ने गरी आगामी साता ठेक्का आह्वान गरिने भएको छ । त्यसका लागि सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । स्थायी निर्माणका लागि ठेक्का गर्नुअघि नै अस्थायी मर्मतको काम भने थालिसकिएको छ ।
व्यापारीको दबाबमा सरुवा हुन्छन् वाणिज्यका महानिर्देशक
राजु चौधरी
वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय गरिरहेका व्यवसायीको मुनाफाविरुद्ध उभिएपछि सरकारले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई सरुवा गरेको छ । वस्तु बिक्रीका आधारमा ४२ प्रतिशत मुनाफा हुनुपर्ने ‘लबिइङ’ गर्दै आएका व्यवसायीलाई साथ नदिएपछि पौडेलको सरुवा गरिएको हो ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा तोकिएको छ।
फाल्गुन २३, २०८१
श्रमिकले सेवा शुल्क पुनःप्राप्ति गर्नुपर्नेमा जोड
कान्तिपुर संवाददाता
श्रमिकहरुका हितविपरीत सर्वोच्च अदालतले खारेज गरेको सेवा शुल्क विधायिकाबाट कानुन बनाई पुनःप्राप्ति गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
आगामी बजेटबारे दुई मन्त्रालयसँग छलफल
कान्तिपुर संवाददाता
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ ।
१० हजार ५ सय टन डीएपी वितरण, युरिया अनिश्चित
शंकर आचार्य
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले फागुन लागेयता १० हजार ५ सय टन डीएपी मल वितरण गरेको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार दुई महिनायता दुई कन्साइन्मेन्टमा गरी १९ हजार टन डीएपी मल भित्रिएको थियो । त्यसमध्ये १० हजार ५ सय टन पठाइएको हो ।
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा साइबर जोखिम न्यूनीकरणका लागि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन गरेको छ ।
साढे १२ करोड लगानीमा वाटर पार्क
अजित तिवारी
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा साढे १२ करोड रुपैयाँ लगानीमा मधेश प्रदेशकै ठूलो वाटरपार्क निर्माण गरिएको छ । जनकपुरबाट ढल्केवर जाने सिक्स लेन सडकसंगै रहेको वन्डर ल्यान्ड वाटरपार्क शुक्रबारदेखि सञ्चालनमा आउँदै छ ।
एमडीएमएस भ्रष्टाचार प्रकरण : दुई पूर्वअध्यक्ष र ठेक्का पाएको कम्पनी दोषी ठहर
कान्तिपुर संवाददाता
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आशिंक भ्रष्टाचार भएको फैसला सुनाएको छ । अदालतले एमडीएमएस खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा प्राधिकरणका दुई पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित तीन विदेशी कम्पनी (जेभी)लाई दोषी ठहर गरेको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा हलचल
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गरेका प्रायः सबै निर्णयले विश्व अर्थतन्त्रलाई नै तरंगित बनाएको छ । जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै सेयर बजारमा पनि देखिएको छ ।
लकडाउनमा फुरेको नयाँ सोचले बनायो उद्यमी
भवानी भट्ट
दोधारा चाँदनी नगरपालिका–३ का गजेन्द्र भट्ट बुटवलमा इलेक्ट्रिकल ओभरसियर अध्ययन गरिररहेका थिए । कोरोना संक्रमणका कारण देशभर लकडाउन सुरु भएपछि उनी घर फर्किए । विद्युतीय सामान मर्मतमा रुचि राख्ने उनले लकडाउनमा गाउँभरिबाट बिग्रेका एलईडी बल्ब (चिम) र टर्चलगायत संकलन गरेर आफैंले मर्मत गरे । कतिपय बेला त बिग्रेका चिम किनेर पनि बनाउँथे ।
मूल्य अन्तर हुँदा बढ्यो लसुन तस्करी
पर्वत पोर्तेल
चीनबाट आयात हुने लसुनको मूल्य नेपालमा अकासिएपछि यसको तस्करी तीव्र बढेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायत सीमा नाका लसुन तस्करीका मुख्य रुट हुन् । नेपालमा लसुनको मूल्य प्रतिकिलो करिब ४ सय रुपैयाँ पुगेको छ । जब कि भारतमा प्रतिकिलो ४५० रुपैयाँभन्दा बढी छ ।
आईएमई ग्रुपको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालन
कान्तिपुर संवाददाता
आईएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ताम्रपत्र अनावरण गर्दै उद्योगको उद्घाटन गरे ।
गभर्नर छान्न सिफारिस समिति गठन
कान्तिपुर संवाददाता
सरकारले नयाँ गभर्नर छान्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आउँदो चैत २५ मा कार्यकाल सकिँदै छ । सोही कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो ।
फाल्गुन २२, २०८१
सुदूरपश्चिममा भन्सार राजस्व बर्सेनि घट्दै
अर्जुन शाह
सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरस्थित भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
सफाइ पेस गर्न भन्दै कुलमानलाई ऊर्जा मन्त्रालयले पठायो पत्र
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई 'तपाईंको नियुक्ति रद्द किन नगर्ने' भन्दै सफाइ पेस गर्न पत्र पठाएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न माैका दिने गरी स्पष्टीकरण साेध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो ।
अलिबाबाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल, सेयर मूल्यमा वृद्धि
कान्तिपुर संवाददाता
प्रख्यात चिनियाँ ई-कमर्स कम्पनी ‘अलिबाबा ग्रुप’ले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेपछि बिहीबार कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ । अलिबाबाले 'क्यू डब्लू क्यू- ३२बी' मोडल सार्वजनिक गर्नासाथ हङकङमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेर १ सय ४०.५ हङकङ डलर प्रतिशेयर पुगेको छ । डिपसिकको उदयसँगै जागृत भएको चिनियाँ प्रविधि कम्पनीहरूको उत्साहलाई अलिबाबाको एआई मोडलले थप विस्तार गरेको छ ।
भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे
सुरज कुँवर
भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट उडेका थिए । भैरहवामा अलपत्र परेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो (लुम्बिनी) न्यरोबडीले दिउँसो साढे ३ बजे उडाएको निगमका एक उपनिर्देशकले जानकारी दिए ।
सामान्य अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.७० अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौतालाई नाफा देखाई राजस्व तिरेर घिसिङले अपराध गरे : ऊर्जामन्त्री
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौतालाई नाफा देखाइ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई राजस्व तिरेर अपराध गरेको बताएका छन् ।
निजी लगानीमा हस्तक्षेप हुँदा व्यवसायी चिन्तामा छन् : अध्यक्ष ढकाल
कान्तिपुर संवाददाता
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी लगानीमा हस्तक्षेप हुँदा व्यवसायी चिन्तामा परेको बताएका छन् ।
को बन्दैछ नयाँ गभर्नर ? के-के चाहिन्छ योग्यता ?
न्युज एजेन्सी नेपाल
नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै बुधबवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो ।
मोतिहारी-अमलेखगन्ज पाइपलाइनबाट ६ महिनामा भित्रियो २५ हजार ५०० किलोलिटर पेट्रोलियम
शंकर आचार्य
नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ६ महिनायता डिजेलसँगै २५ हजार ५ सय किलोलिटर पेट्रोल र मट्टितेलसमेत भित्र्याएको छ ।
खाद्य वीरगन्ज शाखाले बन्द गर्‍यो धान खरिद
शंकर आचार्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिद बन्द गरेको छ । केन्द्रबाटै धान खरिद गर्ने पत्र आएसँगै फागुन २० देखि धान खरिद बन्द गरिएको शाखाका सूचना अधिकृत समिर दाहालले जानकारी दिए ।
महोत्तरीमा कागज कारखाना सञ्चालन
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा महोत्तरीमा स्थापित कागज कारखाना आजदेखि सञ्चालनमा आएको छ ।
साउदी सरकारको सहयोगमा महोत्तरीमा व्यावसायिक प्रशिक्षण केन्द्र बन्ने
कान्तिपुर संवाददाता
साउदी सरकारको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा सीपयुक्त जनशक्ति उत्पादन गर्न महोत्तरीमा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको छ ।
‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ पर्यटनमन्त्री पाण्डेलाई
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्मनीमा अवार्ड पाएका छन् । जर्मनीको बर्लिनमा बुधबार उनलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ बाट सम्मान गरिएको हो ।