text
stringlengths
2
914
रासस
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।
बजारमा महँगो भएपछि उपभोक्तालाई खाद्य कम्पनीले दियो चिनीमा अनुदान
डीबी बुढा
जिल्ला सदरमुकाम खलंगामा महँगीबाट उपभोक्तालाई राहत दिलाउन खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ ।
सात महिनामा साढे १४ हजार बढीले गरे निकुञ्ज अवलोकन
कमल पन्थी
पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको माघसम्म आन्तरिक र विदेशी गरी साढे १४ हजार बढीले बर्दिया निकुञ्जको अवलोकन गरेका छन् ।
टरिगाउँ विमानस्थललाई एक करोड बजेट
रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
सेयर बजारमा पाँच महिनायताकै उच्च वृद्धि
कान्तिपुर संवाददाता
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेको छ । गत बिहीबारको तुलनामा २.६७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८ सय ९०.२८ बिन्दुमा उक्लेको छ । आइतबारको वृद्धि पछिल्लो पाँच महिनायताकै उच्च हो ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ सबस्टेसन
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ सबस्टेसन निर्माण गरिरहेको हो । यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।
६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो ।
कर्णालीवासीको ‘घर बिमा’ गर्दै प्रदेश सरकार
कृष्णप्रसाद गौतम
कर्णाली प्रदेश सरकारले ‘घर बिमा’ कार्यक्रम सुरु गर्ने भएको छ । गत मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि—२०८१ स्वीकृत गरेको हो ।
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
ग्यास उद्योगीले उठाएनन् पीडीओ
राजु चौधरी
ढुवानी कमिसन बढाउन माग गर्दै ग्यास उद्योगी आन्दोलनमा उत्रिएका छन् । आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै उनीहरूले आइतबार ग्यासको प्रोडक्ट डेलिभरी अडर (पीडीओ) नै उठाएनन् ।
फाल्गुन १८, २०८१
अर्थतन्त्र सुधारबारे पूर्वअर्थ सचिवहरुसँग छलफल, प्रतिफल नदिने आयोजनामा निर्मम हुन सुझाव
कान्तिपुर संवाददाता
प्रतिफल निदिने आयोजनाहरुमा निर्मतापूर्वक बजेट कटौती गर्न पूर्व अर्थसचिवहरुले सुझाएका छन् । अर्थतन्त्रको सुधारबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा पूर्व अर्थसचिवहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन र वित्तीय संघीयतालाई प्रभावकारी बनाउन सुझाब दिएका हुन् ।
नेप्सेको सीईओका लागि आवेदन दिने म्याद सात दिन थप
कान्तिपुर संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने म्याम थप सात दिन थपिएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले आइतबारदेखि सात दिन म्याद थपेको हो ।
नेप्सेमा सवा १४ अर्बको कारोबार, ७५ अंकको वृद्धि
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेर २ हजार ८ सय ९०.२८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.६७ प्रतिशतले बढेको हो । गत बिहीबार ४९ अंकले बढेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति दोहोर्‍याएको हो ।
बजारबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
वीरगञ्ज नाकाबाट सात महिनामा ८ अर्ब ६८ करोडको धान–चामल आयात
रासस
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।
नेपाल लिटरेचर फेस्टिभल : ‘बैंकिङ क्षेत्र डराउनुपर्ने अवस्थामा छैन’
कान्तिपुर संवाददाता
नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताले पत्रकार यज्ञ बञ्जाडेसँगको संवादमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् ।
डेढ वर्षदेखि संसदीय समितिमै थन्कियो विद्युत् विधेयक
सीमा तामाङ
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा एक वर्षदेखि विद्युत् विधेयक अड्किएको छ । विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापार प्रवर्धन गर्न ल्याइएको विधेयक डेढ वर्षपहिले छलफलका लागि पठाइए पनि समितिले हालसम्म काम सुरु गरेको छैन ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ ।
फाल्गुन १७, २०८१
नेप्लिज मार्केटिङ एसोसिएसनले 'एआई समिट' गर्दै
कान्तिपुर संवाददाता
बजार व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे विमर्श गर्नका लागि काठमाडौंमा सम्मेलन हुन लागेको छ । विभिन्न देशका विज्ञसमेतको सहभागितामा नेपाली बजार व्यवस्थापनमा एआईको प्रवर्द्धन गर्नका लागि समिट गर्न लागिएको हो ।
विद्युत् आपूर्ति सुधार्न उपत्यकामा ६ वटा सबस्टेसन निर्माणाधीन
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।
अलैंची उत्पादन घट्यो, मूल्य वृद्धिले आम्दानी बढ्यो
आनन्द गौतम
दिनानुदिन माग बढिरहँदा उत्पादनमा भएको कमीका कारण अघिल्लो वर्षको जति अलैंची निर्यात हुन सकेको छैन । तर नगद भने बढी भित्रिएको छ । नेपालमा उत्पादित ९८ प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ ।
म्याग्दीका तीन खोलामा ११ जलविद्युत् आयोजना बन्दै, ३९० मेगावाट बिजुली थपिने
घनश्याम खड्का
म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ३ सय ९० मेगावाट बिजुली थपिनेछ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट मात्र पाँच वर्षमा ४ वटा आयोजनाले १ सय ११ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् ।
सौर्य ऊर्जासम्बन्धी ६३ कम्पनीलाई पीपीएका लागि दुई महिना थप
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले सोलार ऊर्जा प्रवर्द्धकका लागि सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) लिएर विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया अघि बढाउन दुई महिना समय थप गरेको छ ।
सिस्नेरी सडक पुनर्निर्माणलाई ठेक्का आह्वान
प्रताप विष्ट
गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिम खोलाको पुल र सिस्नेरी सडक पुनर्निर्माण बर्खा अगाडि नै हुने भएको छ । आयोजनाको ड्याममुनिको सिम खोलामा बेलिब्रिज हालिने भएको छ । यसका लागि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सोमबार ठेक्का आह्वान गरेको छ ।
बाढीले क्षतिग्रस्त पुल बनाउन २ अर्ब स्रोत सहमति
विमल खतिवडा
गत असोजमा आएको बाढीले क्षति पुर्‍याएका पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले करिब २ अर्ब बराबरको स्रोत सहमति दिएको छ । बाढीले विभिन्न जिल्ला जोड्ने पक्की पुल बगाएकाले स्थायी रूपमै निर्माण गर्न १ अर्ब ९० करोड १० लाख रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ ।
फाल्गुन १६, २०८१
डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो
कान्तिपुर संवाददाता
नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि भाउ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगन्जको राजस्व असुलीमा सुधारको संकेत
शंकर आचार्य
आय कर र अन्तःशुल्क असुली बढेपछि आन्तरिक राजस्व कार्यालय वीरगन्जको समग्र राजस्व असुलीमा सकारात्मक सुधार आएको छ । चालु आर्थिक वर्षको बुधबारसम्म कार्यालयले लक्ष्यभन्दा करिब २ प्रतिशत बढी राजस्व असुली गरेको हो ।
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
रासस
जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
१.५ अर्ब डलरको क्रिप्टो चोरीमा लाजारस समूह संलग्न रहेको एफबीआईको दाबी
कान्तिपुर संवाददाता
अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले १.५ अर्ब डलरको क्रिप्टो चोरीको घटनामा उत्तर कोरियाली ह्याकिङ समूह ‘लाजारस’ संलग्न रहेको बताएको छ । केही दिनअघि मात्रै क्रिप्टो विनिमय प्लाटफर्म ‘बाइबिट’ बाट चार लाख इथेरियम चोरी भएको र त्यसको मूल्य करिब डेढ अर्ब डलर रहेको बाइबिटले जनाएको थियो ।
छ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड रुपैयाँ
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो ।
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य
रासस
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।
साइबर ओलम्पियाडमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर पहिलो
कान्तिपुर संवाददाता