text
stringlengths
2
914
काठमाडौँको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरले 'नेशनल साईबर ओलम्पियाड २०८१' मा पहिलो स्थान हासिल गरेको छ । प्लस टू संस्करणको प्रतियोगितामा काठमाडौँ मोडल कलेजले दोस्रो र चौथो स्थान हासिल गर्‍यो भने कलेज अफ बिजनेस म्यानेजमेन्ट तेस्रो भएको थियो ।
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर कावेली
आनन्द गौतम
सिरिजंगा गाउँपालिकामा निर्माण भएको १२ मेगावाट क्षमताको सुपर काबेली जलविद्युत आयोजनाको बिजुली बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
बैंकभन्दा बढी ब्याज हुँदा पनि किन बिक्दैन वैदेशिक रोजगार बचतपत्र ?
यज्ञ बञ्जाडे
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेकोमा ५ करोड १६ लाख रुपैयाँको मात्र बिक्री भयो । उक्त बचतपत्रमा सरकारले ९ प्रतिशत ब्याज प्रदान गरेको थियो, जुन सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा बढी हो ।
‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन’
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले सोधेको दुईबुँदे स्पष्टीकरणको जवाफ पेस गरेका छन् ।
स्मार्ट टेलिकम व्यवस्थापनको भाका सारेको सार्‍यै प्राधिकरण
सजना बराल
लाइसेन्स खारेज भएको दुई वर्ष हुन लाग्दा पनि स्मार्ट टेलिकम व्यवस्थापनसम्बन्धी ठोस प्रक्रिया अघि बढाउन नसकेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पीडितलाई फेरि अर्को भाका दिएको छ । स्मार्ट टेलिकम खारेज भएर सरकारको नियन्त्रणमा आएपछि आफूहरू निरन्तर मर्कामा परेको भन्दै प्राधिकरण घेराउ गर्न पुगेकाहरूको समूहलाई नेतृत्वले अबको एक सातापछि समस्या टुंगो लगाउने आश्वासन दिएको हो ।
फाल्गुन १५, २०८१
सरकारले थाल्यो बजेट लेखन, संयोजकमा नेपाल
कान्तिपुर संवाददाता
सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन थालेको छ । यसका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
निगमले यात्रुसँग माफी माग्यो, तीन विमान ‘ग्राउन्डेड’ घटनामा छानबिन गर्ने
सुरज कुँवर
एक सातायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा नेपाल वायुसेवा निगमले क्षमा याचना गरेको छ । निगमका तीनवटा जहाज 'ग्राउन्डेड' भई सयौं यात्रु अलपत्र परेको घटनामा छानबिन गर्न समिति बनाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
नेप्से २८ सय अंकमाथि, ११ अर्ब ३९ करोड रुपैयाँ कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । आज एक दशमलव ७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको छ ।
गोस्वारा आरोपमा मलाई कारबाही गर्न मिल्दैन : घिसिङ
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरणमा कसुर यकिन नगरी गोस्वारा आरोपमा कारबाही गर्न नमिल्ने बताएका छन् ।
राष्ट्र बैंकको नीतिले विद्युतीय सवारी साधनमा नकारात्मक प्रभाव : नाडा
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा घटाउँदा व्यवसायीहरूलाई ठूलो मर्का परेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिबीच भेट
कान्तिपुर संवाददाता
नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का लागि आएका जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् ।
साढे ८ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्यो
कान्तिपुर संवाददाता
सरकारले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । चालु आर्थिक वर्ष आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको छ ।
अब मस्यौरा र ‘रोल्ड ओट्स’ का लागि पनि मापदण्ड
राजु चौधरी
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्य खाद्य वस्तुकै जसरी अब मस्यौरा र ‘रोल्ड ओट्स’ को पनि गुणस्तर मापदण्ड तोक्ने तयारी गरेको छ । बजारमा हुने अनुगमनलाई प्रभावकारी बनाउन विभागले गुणस्तर मापदण्ड तोक्न लागेको हो ।
स्मार्ट टेलिकम पीडितहरू प्राधिकरणसामू धर्नामा
कान्तिपुर संवाददाता
स्मार्ट टेलिकमको टावर राखेका घरधनी, रिचार्ज कार्ड विक्रेता र प्रयोगकर्ताहरूले 'संयुक्त पीडित समूह' बनाएर नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना सुरू गरेका छन् ।
कुलेखानी ड्याममुनिको सिमखोलामा बेलिब्रिज राखिने
प्रताप विष्ट
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज बन्ने भएको छ ।
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द
ज्योती श्रेष्ठ
जिल्लास्थित अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरेर धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरिएको जानकारी गराएको छ ।
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
रासस
मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।
झण्डै दोब्बरले बढ्यो वीरगञ्ज नाका हुँदै निर्यात
रासस
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।
राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको खाता रोक्का राख्न निर्देशन
कान्तिपुर संवाददाता
अब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाहरूले पनि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै ती संस्थाहरूलाई पनि संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थासँग कारोबार नगर्न, यसअघि कारोबार गरिएको भए खाता रोक्न निर्देशन दिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
फाल्गुन १४, २०८१
पाँच वर्षदेखि दुग्ध किसानलाई भुक्तानीमा कन्जुस्याइँ
राजु चौधरी
कोभिड–१९ ले समग्र बजार अस्तव्यस्त बनाउँदा डेरी क्षेत्रमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्‍यो । दुग्ध बजारमा असन्तुलन आयो । दुग्ध पदार्थको खपत पनि घट्यो । २०७६ चैत ११ देखि कोभिडको पहिलो लहरमा लकडाउन हुँदा करिब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो ।
एकैपटक निगमका तीन जहाज ग्राउन्डेड हुँदा २ हजार यात्रु अलपत्र
सुरज कुँवर
यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेका बेला नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ भएका छन् ।
म्याग्दीका तीन खोलामा ११ विद्युत् आयोजना बन्दै, क्षमता ३९० मेगावाट बिजुली
घनश्याम खड्का
म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारणमा ३ सय ९० मेगावाट बिजुली थपिनेछ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट मात्र पाँच वर्षमा ४ वटा आयोजनाले १ सय ११ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् ।
८८ लाख लागतमा कैलाश गाउँपालिकाद्वारा जीपलाइन निर्माण
प्रताप विष्ट
मकवानपुरको कैलाश गाउँपालिकाले पर्यटक आकर्षित गर्नका लागि जीपलाइन निर्माण गरेको छ । पालिकाले जीपलाइन निर्माणमा ८८ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
निगमका जहाज चीन, काठमाडौं र दिल्लीमा थन्किँदा ८१२ यात्रु अलपत्र
सुरज कुँवर
दुई न्यरोबडी चीन र काठमाडौं अनि एक वाइडबडी दिल्लीमा ‘उडान अयोग्य’ हुँदा टिकट खरिद गरेर विमानस्थल पुगेका सयौं यात्रु स्वदेश–विदेशमा अलपत्र परेका छन् । निगमले समेत मंगलबार करोडौं रुपैयाँको आम्दानी गुमाउनुपरेको छ ।
सुन आयातको ‘प्रिमियम चार्ज’ बढ्दा मूल्यमा कीर्तिमान
राजु चौधरी
वाणिज्य बैंकहरूले आयात लागत बढाउँदा पहेंलो धातुका रूपमा चिनिएको सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबारको तुलनामा मंगलबार मूल्य सामान्य घटेको छ । तर बैंकले प्रिमियम चार्ज बढाउँदा र विनिमय दरका कारण स्थानीय बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।
बैंकको नाफा वृद्धि र कर्जा विस्तारमा जोड
यज्ञ बञ्जाडे
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने र विद्युतीय सवारी खरिदलाई निरुत्साहित गर्ने खालको नीतिगत व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा मंगलबार बैंक तथा वित्तीय संस्थाले असल कर्जामा एक प्रतिशत मात्र नोक्सानी व्यवस्था गर्नुपर्ने, प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (नन डेलिभरेबल फरवार्ड) आफूसँग राखेर विदेशमा लगानी गर्न पाउनेलगायत व्यवस्था गरिएको छ ।
प्राधिकरणका कार्यकारीलाई ऊर्जामन्त्रीको प्रश्न- ‘भारत भ्रमण र महसुलमा सहमति कसको अनुमतिमा ?
सीमा तामाङ
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को स्पष्टीकरण सोधेका छन् । गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका हुन् ।
फाल्गुन १३, २०८१
३ वटा टावरले रोकियो कर्णालीमा १३२ केभी प्रसारण लाइन विस्तार
कृष्णप्रसाद गौतम , तृप्ति शाही
कर्णाली प्रदेशमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको काम ३ वटा टावरका कारण रोकिएको छ । बाँकेको बैजनाथ गाउँपालिका-१ बानियाँभारमा हाईटेन्सन टावर निर्माणका लागि स्थानीयले जग्गा नदिएपछि विद्युत् लाइन विस्तारको काम लामो समयदेखि अलपत्र परेको हो ।
ऊर्जामन्त्री खड्का र सचिव आचार्यसँग म्याण्डेट लिएर बिजुलीको नयाँ दर तय : प्राधिकरण
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबीचको विद्युत् आदान–प्रदान समितिको बैठकले १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आयात–निर्यात गरिने विद्युत्‌को नयाँ दर तय गर्ने विषयमा ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्यसँग छलफल गरी म्याण्डेट लिइएकाे जनाएकाे छ ।
निगमका जहाज चीन, काठमाडौं र दिल्लीमा थन्किँदा ८ सय १२ यात्रु अलपत्र
सुरज कुँवर
दुई न्यरोबडी चीन र काठमाडौंमा र एक वाइडबडी दिल्लीमा ‘उडान अयोग्य’ हुँदा निगमले मंगलबार करोडौं रुपैयाँको आम्दानी गुमाउनु परेको छ भने टिकट खरिद गरेर विमानस्थल पुगेका सयौं यात्रु स्वदेश/विदेशमा अलपत्र परेका छन् ।