text
stringlengths
2
914
लघुवित्तले पनि आधार दरमार्फत ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने
कान्तिपुर संवाददाता
लघुवित्त वित्तीय संस्थाले पनि ऋणको ब्याजदर आधार दरमार्फत निर्धारण गर्नुपर्ने भएको छ । मंगलबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले २०८२ जेठदेखि लघुवित्त वित्तीय संस्थाले पनि आधार दरमार्फत ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।
बैंकले प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा राख्न पाउने
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न पाउने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसअघि प्राथमिक पुँजीको १५ प्रतिशतसम्म विदेशी मुद्रा राख्न पाउने व्यवस्था थियो ।
बैंकले असल कर्जामा १ प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थाले असल कर्जामा एक प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
अब सवारी किन्न ६० प्रतिशत मात्र ऋण पाइने
कान्तिपुर संवाददाता
अब सबै प्रकारका विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत उक्त व्यवस्था गरेको हो ।
हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकायसम्बन्धी दुई विधेयक संसद्‌मा पेस
कान्तिपुर संवाददाता
नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई व्यवस्थित गर्न सरकारले दुई वटा विधेयक संसद्‌मा पेस गरेको छ ।
कुलमानलाई ऊर्जामन्त्री खड्काले फेरि सोधे २४ घण्टे स्पष्टीकरण
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै खड्काले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका हुन् ।
७.१३ अंकले बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेको छ । शून्य दशमलव २५ प्रतिशतले बढेर २७६५.८८ अंकमा बन्द भएको छ ।
कांग्रेस सांसद राणाको प्रश्न : ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सरकारको के योजना छ ?
कान्तिपुर संवाददाता
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसद्‍मा सरकारको जवाफ माग गरिएको छ ।
४ वर्षभित्र ६ खर्ब डलरभन्दा बढी लागतमा एआई पूर्वाधार बनाउने एप्पलको घोषणा
एजेन्सी
एप्पलले आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । ठूला अमेरिकी कम्पनीहरूले पहिले आफ्नै देशमा लगानी गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा साथ दिँदै एप्पलले यस्तो पूर्वाधार बनाउने बताएको हो । उक्त कारखानामा विशेषगरी एआई सर्भर उत्पादन गरिने कम्पनीको योजना छ ।
बुधबारको साटो आजै बजारबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज मंगलबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । यसका लागि राष्ट्र बैंकले साँझ पाँच बजे सञ्चालक समितिको बैठक डाकेको छ । उक्त बैठकबाट पारित भएपछि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
कान्तिपुर संवाददाता
स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।
खडेरीले सुक्दै वनस्पति उद्यानका जडिबुटी
डीबी बुढा
जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित धिताचौर वनस्पति उद्यानमा अनुसन्धानका लागि रोपिएका हजारौं वनस्पतिहरु खडेरीले सुकेका छन् ।
वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ
रासस
चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।
विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक
सजना बराल
डिजिटल प्रविधिका माध्यमबाट सरकारी सेवा प्रवाहलाई चुस्त, पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले विद्युतीय सुशासन (ई–गभर्नेन्स) ब्लुप्रिन्टको मस्यौदा तयार गरी राय–सुझावका लागि सार्वजनिक गरेको छ ।
लगानी जुट्न नसक्दा पश्चिम सेती प्रसारण लाइन निर्माण अनिश्चित
वसन्तप्रताप सिंह
लगानी जुटाउन नसक्दा पश्चिम सेती र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनसम्म पुर्‍याउन ४ सय केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माण अनिश्चित बनेको छ । चालु आर्थिक वर्षबाट निर्माण थाल्ने भनिएको पश्चिम सेती करिडोरको प्रसारण लाइन निर्माण सरकारले लगानी जुटाउन नसक्दा अनिश्चित बनेको हो ।
कर्णाली करिडोर कालोपत्र गर्न ४ अर्बको ठेक्का
तुलाराम पाण्डे
बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न ४ अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ ।
गोरखाका बिजुली नपुगेका साढे ४ सय घरधुरीमा सोलार
हरिराम उप्रेती
केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका ४ सय ६० घरधुरीमा सोलार जडान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत घरेलु सौर्य ऊर्जा प्रविधि जडान कार्यअन्तर्गत २०७६ बाट सुरु भएको सोलार जडानको काम बल्ल अन्तिम चरणमा पुगेको हो ।
फाल्गुन १२, २०८१
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
कान्तिपुर संवाददाता
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कान्तिपुरलाई बताए ।
नेप्सेको सीईओका लागि आवेदन खुल्यो, म्याद सात दिन
कान्तिपुर संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान भएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले सोमबार नेप्सेको सीईओका लागि आवेदन आह्वान गरेको हो ।
टेलिकमले भन्यो : डिजिटल कारोबारमा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्नू
कान्तिपुर संवाददाता
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्न अनुरोध गरेको छ । सुरक्षा जोखिमलाई औंल्याउँदै टेलिकमले सर्वसाधारणलाई मोबाइल डेटा प्रयोग गर्न भनेको हो । प्रयोगकर्ताले भने डेटा महँगो भएको प्रतिक्रिया दिएका छन् ।
वीरगन्ज नाकाबाट इन्धन आयातबाटै बाहिरियो १ खर्ब ४ अर्ब
शंकर आचार्य
प्रमुख स्थल नाका वीरगन्जबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म इन्धनको उच्च आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टितेलको आयातबाटै मात्रै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बाहिरीएको छ ।
सामान्य अंकले बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । पछिल्ला ६ कारोबार दिनयता नेप्से बढेको थियो । शून्य दशमलव १२ प्रतिशतले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको छ ।
एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले
कान्तिपुर संवाददाता
एसियाली विकास बैंक (एडीबी) का ११ औं अध्यक्षका मासातो कान्दाले सोमबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
सुटकेसको भन्सार तिरेर जुत्ता आयात : पौने ११ करोड राजस्व छली कसुरमा तीन जनाविरुद्ध मुद्दा
ऋषिराम पौड्याल
रसुवा भन्सारबाट सुटकेस र सिरक जाँचपास गराएर जुत्ता पैठारी गरेको अभियोगमा करिब पौने ११ करोड राजस्व छलीको मागदाबीसहित उच्च अदालत पाटनमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
भारत र चीनबाट पर्यटक भित्र्याउन पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
रासस
पर्यटकीय राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ ।
पाँच सयले बढ्यो सुनको मूल्य
कान्तिपुर संवाददाता
सुनचाँदीको मूल्य बढेको छ । सोमबारको सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।
पसगाउँमा पर्यटनसँगै भित्रियो विकास निर्माण
आश गुरुङ
कास्की सिमाना रुदी खोला तर्दै बगैंचाबाट नाकै ठोस्सिने झन्डै दुई घण्टाको उकालो चढेपछि पुगिने लमजुङको पसगाउँमा एक दशकअघिसम्म सडक पुगेको थिएन । लमजुङ सदरमुकाम बेंसीसहरबाट पश्चिममा पर्ने यो गाउँ सदरमुकामसँग सिधा सडक सम्पर्क हुन नसक्दा विकट थियो । पोखराबाट हिँडेर एक/डेढ दिनमा पसगाउँ पुग्थे ।
सडक पुगेपछि बजारसम्मको दूरी छोटियो
रासस
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्थ्यो ।
चक्रपथ विस्तारको डिजाइन गर्न कम्पनी छान्दै चीन
विमल खतिवडा
चक्रपथ दोस्रो खण्ड विस्तारको डिजाइनका लागि कम्पनी छनोट गर्न भन्दै चीन सरकारले बोलपत्र आह्वानको प्रक्रिया अघि बढाएको छ । डेढ महिनाभित्र डिजाइन गर्ने कम्पनीको टुंगो लाग्नेछ । त्यसपछि उक्त कम्पनीले डिजाइन थाल्नेछ । यसका लागि ६ देखि ८ महिना लाग्ने सडक विभागको अनुमान छ ।
राष्ट्रसंघको प्रतिबन्धमा परेकाको सेयर कारोबार रोक्न निर्देशन
कान्तिपुर संवाददाता
संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिएको हो ।
सार्वजनिक बसमा ‘टीटी’
पर्वत पोर्तेल
भारततिर रेलयात्रामा जानुभएको छ भने पक्कै ट्राभलिङ टिकट एक्जामिनर (टीटी) सँग जम्काभेट भएकै होला । पूर्वतिर आउनुभयो भने रेलमा जस्तै बसमा पनि टीटीसँग भेट हुन सक्छ । सार्वजनिक यातायातको पारदर्शिता बढाउन झापाको सगरमाथा यातायात कम्पनीले यात्रुलाई टिकट मात्रै दिँदैन, टिकट जाँच गर्न टीटी पनि खटाउने गरेको छ ।
तार मर्मत गर्न नसक्दा ‘ग्राभिटी रोपवे’ ६ महिनादेखि बन्द
प्रताप विष्ट
एक दशकअघि मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारको कपचेरी र घैराङडाँडा जोड्ने गरी बनेको नेपालकै पहिलो ‘ग्राभिटी रोपवे’ तार चुँडिँदा ६ महिनादेखि बन्द भएको छ । बिजुली तथा इन्धनबिना गुरुत्वाकर्षण शक्तिबाट चल्ने ‘ग्राभिटी रोपवे’ बन्द भएपछि स्थानीय समस्यामा छन् ।