text stringlengths 2 914 |
|---|
राजविराज-भारदह सडकमा ३० महिनामा १५ प्रतिशत मात्र काम |
अवधेशकुमार झा |
सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बहानामा निर्माणमा गति दिन नसक्दा सडक निर्माण अलपत्र परेको हो । समयमा सडक नबन्दा आवतजावतमै समस्या भएको छ । |
अधिकांश विदेशी मुद्राको विनिमयदरमा वृद्धि |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । |
फाल्गुन ११, २०८१ |
तार मर्मत गर्न नसक्दा ‘ग्राभिटी रोपवे’ ६ महिनादेखि बन्द |
प्रताप विष्ट |
एक दशकअघि मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारको कपचेरी र घैराङडाँडा जोड्ने गरी बनेको नेपालकै पहिलो ‘ग्राभिटी रोपवे’ तार चुँडिँदा ६ महिनादेखि बन्द भएको छ । बिजुली तथा इन्धनबिना गुरुत्वाकर्षण शक्तिबाट चल्ने ‘ग्राभिटी रोपवे’ बन्द भएपछि स्थानीय समस्यामा छन् । |
निगमको न्यारोबडी दमाममा बिग्रियो, १ सय २५ यात्रु होटलमा |
सुरज कुँवर |
नेपाल वायुसेवा निगमको न्यारोबडी विमान शनिबारदेखि साउदी अरबको दमामस्थित किङ फाहद इन्टरनेसनल एयरपोर्टमा थन्किएको छ । |
नेप्सेको सीईओ छान्न समिति गठन |
कान्तिपुर संवाददाता |
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको छ । |
चीनमा मासु निर्यातका लागि पशुचौपायालाई रोगमुक्त बनाइँदै |
प्रकाश बराल |
चीनमा मासु निर्यात गर्ने लक्ष्यले बागलुङलाई पशुचौपायामा लाग्ने ‘रोगमुक्त’ जिल्ला बनाउने अभियान थालिएको छ । त्यसका लागि एक दशकदेखि ‘रोगमुक्त’ जिल्ला बनाउन नियमित खोप अभियानसमेत चलाइएको छ । |
प्राधिकरणको सञ्चालक समिति सदस्यमा पराजुली नै नियुक्त |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्यमा बलबहादुर पराजुलीलाई फेरि नियुक्त गरेका छन् । गत माघ २४ मा व्यक्तिगत कार्यव्यस्तता देखाएर पराजुलीले राजीनामा दिएका थिए । |
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेको छ । शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो । |
सामाजिक सञ्जालमा मन्त्री खड्काविरुद्ध बोल्ने कर्मचारीको जिम्मेवारी खोस्न प्राधिकरणलाई मन्त्रालयको ताकेता |
कान्तिपुर संवाददाता |
ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले मन्त्रालय र मन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै जिम्मेवारीबाट हटाउन ताकेता गरेको छ । |
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाा झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
सुनको मूल्य बढ्यो |
रासस |
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ । |
कर्णालीको व्यवस्थित विकासका लागि ‘आयोजना बैंक’ |
कृष्णप्रसाद गौतम |
कर्णाली प्रदेश सरकारले विकास निर्माण आयोजनाको व्यवस्थित निर्माणका लागि ‘आयोजना बैंक’ को अवधारणा अघि सारेको छ । |
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द |
रासस |
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । |
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद: उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई आयोगको पत्र |
सीमा तामाङ |
विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई उद्योगमा बिजुली नकाट्न निर्देशन दिएको छ । उद्योगीले बक्यौता नबुझाएको भन्दै बिजुली काट्न सहमतिका लागि प्राधिकरणले गत माघ २८ मा आयोगलाई पत्र पठाएको थियो । विद्युत् लाइन काट्नेबाहेक वैकल्पिक कारबाही गर्न निर्देश गर्दै आयोगले प्राधिकरणलाई फेरि पत्र पठाएको हो । |
भेप मालिक नभेटिएपछि गाडीधनीलाई अभियोग |
ऋषिराम पौड्याल |
मुस्ताङको कोरोला नाकाबाट भित्रिएको १९ हजार थान विद्युतीय चुरोट (भेप) का मुख्य अभियुक्त पत्ता लगाउन नसकेपछि गाडी मालिक र कार्यालय सहयोगीविरुद्ध मुद्दा चलाइएको छ । गत पुसमा मुस्ताङबाट बरामद भेप चोरी पैठारी गर्ने मुख्य अभियुक्त पहिचान गर्न नसकेपछि राजस्व अनुसन्धान विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । |
वीरगन्ज हुँदै मोटरसाइकलका पार्टपुर्जा आयात तीव्र |
शंकर आचार्य |
वीरगन्ज नाकाबाट अनएसेम्बल्ड (तयार नगरिएको) मोटरसाइकलको आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा अनएसेम्बल्ड मोटरसाइकल आयात करिब तीन गुणाले बढेको हो । |
फाल्गुन १०, २०८१ |
बेंगलुरुमा गुगलको सबैभन्दा ठूलो 'अफिस क्याम्पस' |
एजेन्सी |
गुगलले आफ्नो सबैभन्दा ठूलो कार्यालय भारतमा स्थापना गरेको छ । यसै साता बुधबार बेंगलुरुस्थित महादेवपुरमा उद्घाटन गरिएको यो 'अफिस क्याम्पस' वा कार्यालयको नाम ‘अनन्त’ राखिएको छ । गुगलको भारतमा यो चौथो कार्यालय हो । यहाँबाट गुगल सर्च, म्याप्स, एआई, एन्ड्रोइड, गुगल पे, क्लाउड लगायत विभिन्न एप्पलिकेसनका लागि कार्य हुने कम्पनीले जनाएको छ । |
वीरगन्ज नाकाबाट मोटरसाइकल पार्टपुर्जाको आयात तीन गुनाले बढ्यो |
शंकर आचार्य |
वीरगन्ज नाकाबाट अनएसेम्बल्ड (तयार नगरिएको) मोटरसाइकलको आयात ह्वात्तै बढेको छ । |
मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास |
मनोज बडू |
दार्चुलाको मार्मामा २८.३०४ मेगावाट क्षमताकाे मध्य चमेलिया जलविद्युत् आयाेजनाकाे शिलान्याश गरिएकाे छ । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिबार शिलान्यास भएको हाे । |
कोदो खेतीलाई प्रोत्साहन गर्न पालिकाद्वारा खेती अनुदान र उत्पादन अनुदान |
प्रताप विष्ट |
मकवानपुरका दुई गाउँपालिकाले रैथाने बाली कोदो खेतीलाई उत्पादनमा अनुदान र खेती प्रोत्सााहन अनुदान दिएकाले कोदो खेतीको विस्तार हुँदै गएको छ । |
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरू |
रासस |
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् । |
डेटा सेन्टर र क्लाउड सेवाप्रदायकको सूचीकरण अनिवार्य |
सजना बराल |
अब देशभरका डाटा सेन्टर र क्लाउड सेवा प्रदायक अनिवार्य रूपमा सूचना प्रविधि विभागमा सूचीकृत हुनुपर्ने भएको छ । सरकारले हालै जारी डेटा सेन्टर सञ्चालनसम्बन्धी निर्देशिकाले यस्तो व्यवस्था गरेको हो । |
अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । |
फाल्गुन ९, २०८१ |
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो |
रासस |
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । |
एक तोला सुनको मूल्य एक लाख ७० हजार |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ । |
वीरगन्जबाट तीन महिनामा भित्रियो ८ अर्ब ६० करोडको धान |
शंकर आचार्य |
वीरगन्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको धान आयात भएको छ । चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको २२ करोड ६२ लाख किलो धान आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ । यसबाट ६६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । |
१५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा |
राजु चौधरी |
स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ । |
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले लियो गति |
कान्तिपुर संवाददाता |
काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिएको छ । सबस्टेसन निर्माण आगामी पुस (डिसेम्बर २०२५) भित्र सक्ने लक्ष्य लिएर काम भइरहेको छ । |
धनाढ्यहरूका गन्तव्य यूएई र सिंगापुर |
सजना बराल |
पछिल्ला वर्षमा विश्वका धनाढ्य सिंगापुर र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत देशमा बसाइँ सर्ने क्रम बढेको छ । हालै सार्वजनिक एक प्रतिवेदनले न्यून करको सुविधा र राजनीतिक स्थिरता, अत्याधुनिक पूर्वाधारजस्ता कारणले यी देश धनाढ्यलाई आकर्षित गर्न सक्षम भएको जनाएको छ । |
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । |
फाल्गुन ८, २०८१ |
एप्पलले ल्यायो एआई फिचरसहितको बजेट फोन 'आइफोन १६ ई' |
कान्तिपुर संवाददाता |
बजार हल्लाविपरीत एप्पलले एसई मोडलको सट्टा १६ ई शृंखलाको नयाँ आइफोन सार्वजनिक गरेको छ । बहुप्रतीक्षित बुधबारको कार्यक्रममा कम्पनीले बजेट फोनअन्तर्गतको पुरानो एसई भर्सनलाई अन्त्य गर्दै बिलकुल नयाँ आइफोन शृंखला बजारमा ल्याएको हो । किफायती मूल्यको यस स्मार्टफोनमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि 'एप्पल इन्टेलिजेन्स' समावेश छ । |
दक्षिण एसियाका गभर्नरहरुको बैठक नेपालमा |
कान्तिपुर संवाददाता |
दक्षिण एसियाका केन्द्रीय बैंकका गभर्नरको बैठक काठमाडौंमा सम्पन्न भएको छ । दक्षिण एसिया क्षेत्रीय वित्तीय समावेशीकरण पहल (एसएआरएफएलएल)को नेतृत्वहरुको छैटौं बैठक (राउण्ट टेबल) बिहीबार काठमाडौंमा सम्पन्न भएको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.