text
stringlengths
2
914
दूरसञ्चार कानुन संशोधन गरिछाड्ने सञ्चारमन्त्री गुरुङको प्रतिबद्धता
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यमान दूरसञ्चार ऐन २०५३ लाई संशोधन गरी समयसांपेक्ष बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । पटक-पटक संशोधन गरेकाले नियमावली ऐनभन्दाविपरीत भइसकेको उल्लेख गर्दै उनले अब नियमावली होइन, ऐन नै संशोधन गर्ने दाबी गरेका हुन् ।
क्रेटमै ३५ रूपैयाँले घट्यो अण्डाको मूल्य
कान्तिपुर संवाददाता
अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको हो । यो मूल्य शुक्रबारदेखि लागू हुनेछ ।
नेपाल मेकाथनमा थ्रीडी प्रिन्टिङ प्रविधिबाट बनाइयो ६ वटा ‘एसिस्टिभ टेक्नोलोजी’
कान्तिपुर संवाददाता
नेपालमा सहायक प्रविधि वा एसिस्टिभ टेक्नोलोजीको अभाव कम गर्न भन्दै यो साता आयोजित ‘नेपाल मेकाथन’ कार्यक्रममा थ्रीडी प्रिन्टिङ प्रविधिबाट सहायक उपकरणहरू तयार गरिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्ति, अकुपेसनल थेरापिस्ट, डिजिटल फ्याब्रिकेसन विशेषज्ञ तथा इन्जिनियरिङका विद्यार्थीको समूहले ६ वटा एसिस्टिभ डिभाइसका नमुना बनाएका हुन् ।
जलस्रोत विधेयकको दफा १७ टुंगिएन, समितिबाट अरु सबै दफा पारित
कान्तिपुर संवाददाता
जलस्रोत विधेयकको दफा १७ बाहेकका सबै दफा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले विधेयकको १७ बाहेक सबै दफा पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए ।
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐन सरकारको प्राथमिकतामा’
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐन सरकारको प्राथमिकतामा रहेको बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाइ आदानप्रदान कार्यक्रममा उनले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्थालाई प्राथमिकतामा राखेको जनाए।
सामान्य अंकले बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३‍.१४ अंकले बढेको छ । शून्य दशमलव ११ प्रतिशतले बढेर २७४३.७४ विन्दुमा बन्द भएको छ ।
सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यात
कान्तिपुर संवाददाता
मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो ।
४०० केभी लप्सीफेदी सबस्टेसन पुसभित्र सक्ने लक्ष्य
कान्तिपुर संवाददाता
काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सी फेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।
जापानदेखि अमेरिकासम्म कर्णालीको मह
कृष्णप्रसाद गौतम
गत वर्ष चार क्विन्टल मह बिक्री गरेका जाजरकोटको नलगाड नगरपालिका–४ सिलालका पहलसिंह रावलले यसपालि साढे ४ क्विन्टल मह निकालिसके । भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका उनले मह उत्पादनबाट बर्सेनि आम्दानी बढाइरहेका छन् । बारीमा उनले १ सय हाराहारी मौरीघार पालेका छन् ।
सहकारी ठगीका उजुरी बढे, साढे दुई वर्षमा २४२ मुद्दा दर्ता
यज्ञ बञ्जाडे
सहकारी संस्थाका सञ्चालक र उच्च पदाधिकारीले रकम अपचलन गर्ने क्रम बढेसँगै हरेक वर्ष सहकारी ठगीका मुद्दा बढ्दै गएका छन् । गृह मन्त्रालयको तंथ्याकअनुसार आर्थिक वर्ष २०७९/८० मा सहकारी ठगीका ९३ वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर १ सय १ पुगेको छ ।
सुनको मूल्य तोलामा ५ सयले बढ्यो
कान्तिपुर संवाददाता
बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ५ सय बढेको छ । यस्तै चाँदीमा भने १० रुपैयाँ बढेको छ ।
कहिल्यै नसुध्रिएका राजमार्गका होटल
राजु चौधरी
राजमार्गका होटल–रेस्टुराँ व्यवसायीले चर्को मूल्य असुल्नु कुनै नौलो विषय रहेन । दसैं–तिहारलगायत चाडपर्वमा दिनकै एक लाखभन्दा बढी यात्रु उपत्यका बाहिरिँदा यात्रु हतारमा हुन्छन् । उजुरी गर्दैनन् । त्यसको मौकामा व्यवसायीले चर्को मूल्य लिन्छन् । म्याद नाघेका सामान पनि बिक्री गर्छन् । चाडबाड सकिएपछि व्यवसायी र व्यवसायमा सुधार आउनुपर्ने हो । तर सरकारी अनुगमनले राजमार्गका होटल, रेस्टुराँको अवस्था सधैं उस्तै रहेको देखाउँछ । म्याद नाघेका सामान र एमआरपीभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको अनुगमनले भेटिएको छ ।
फागुन १५ भित्र सौर्य ऊर्जासम्बद्ध ६३ कम्पनीको पीपीए अघि बढ्ला ?
कान्तिपुर संवाददाता
विद्युत् विकास विभागले ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८ संशोधन गरी कम्पनीहरूले सर्भे लाइसेन्स लिन वडा वा पालिकाबाट मात्रै सिफारिस ल्याए पुग्ने व्यवस्था गरेको छ । यसअघि प्रस्तावित सौर्य विद्युत् आयोजना सिँचाइयोग्य जमिनभित्र नपर्ने भनी सिँचाइ विभाग वा प्रदेश सरकारबाट सिफारिस ल्याउनुपर्थ्यो ।
मझगाउँ विमानस्थलको काम सुस्त
कान्तिपुर संवाददाता
तीन वर्षअघि निर्माण सुरु भएको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको काम सुस्त गतिमा चलिरहेको छ । धावनमार्ग निर्माणका लागि आवश्यक जमिन खाली नहुँदा निर्माणले गति लिन नसकेको हो ।
यो आर्थिक वर्षमा पौने दुई खर्बले बढ्यो सार्वजनिक ऋण
यज्ञ बञ्जाडे
चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघम्म) मा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले बढेको छ । यससँगै गत माघ मसान्तसम्म यस्तो ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि
कान्तिपुर संवाददाता
नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण बिहीबार सुरु हुँदै छ । काठमाडौंस्थित भृकृटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा विभिन्न मुलुकका तीन सयभन्दा बढी ब्रान्डका १ सय ५० भन्दा बढी स्टल रहनेछन् ।
फाल्गुन ७, २०८१
आगामी वर्षको बजेट सिलिङ १९ खर्ब
यज्ञ बञ्जाडे
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ करिब १९ खर्ब रुपैयाँ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले बजेट सिलिङ तोकेको हो ।
सरकारी संयन्त्रबाट इजरायल जान थाले केयरगिभर
होम कार्की
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा पहिलो चरणमा छानिएका एक हजार जनालाई पठाउन सुरु भएको छ । सोमबार २ पुरुष र ११ महिला गरी १३ जना इजरायल उडेका छन् ।
बाढीले क्षतिग्रस्त सडक बनाउन १९ अर्बको स्रोत सहमति
विमल खतिवडा
गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएका सडक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् ।
किसानलाई ब्याज अनुदान दिन बैंक र नगरपालिकाबीच सम्झौता
डम्बरसिं राई
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ब्याज अनुदान दिन नगरपालिका र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ ।
देवयानी इन्टरनेसनलद्वारा शैक्षिक सामग्री वितरण
कान्तिपुर संवाददाता
नेपालमा अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेसनल नेपाल प्रालिले शैक्षिक सामग्री वितरण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय उद्घाटन
कान्तिपुर संवाददाता
राष्ट्रिय वाणिज्य बैंकको पोखरामा गण्डकी प्रादेशिक कार्यालय र पृथ्वीचोकको नवनिर्मित भवन उद्घाटन भएको छ ।
हुर्किएन हिउँदे मकै
लक्ष्मी साह
किसानले डीएपी र पोटास हाल्न नपाएपछि हिउँदे मकै बाली सप्रिन सकेको छैन । डीएपी र पोटास नपाउने समस्या तीन महिनादेखि छ ।
फाल्गुन ६, २०८१
मुआब्जाबाटै ३ महिनामा ५ करोड राजस्व संकलन
दीपेन्द्र शाक्य
विभिन्न जलविद्युत् आयोजनाको मुआब्जा वितरणबाट संखुवासभामा तीन महिनामा ५ करोडभन्दा बढी राजस्व संकलन भएको छ । अरुण तेस्रो प्रवेश मार्ग र तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरणबाट ५ करोड १३ लाख ६ हजार राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।
एक हजार केयरगिभर उड्दैछन् इजरायल
हाेम कार्की
दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)मा पहिलो चरणमा छानिएका एक हजार जनामध्ये १३ जना सोमबार श्रम गन्तव्य इजरायलका लागि उडेका छन् । प्यालेस्टाईनी समूह हमाससँग द्वन्द्व सुरु भएपछि इजरायल जाने नेपाली कामदारको प्रक्रिया रोकिएको थियो ।
आगामी बजेट १९ खर्ब हाराहारीको हुने
कान्तिपुर संवाददाता
आगामी आर्थिक वर्ष २०८२/८३ मा वार्षिक बजेट करिब १९ खर्ब हाराहारीको हुने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पेस गरेको छ । जसमा आगामी वर्षको बजेट करिब १९ खर्बको सीमाभित्र रहेर बनाउन आयोगले सुझाएको छ ।
बाढीपहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थको सहमति
कान्तिपुर संवाददाता
गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।
लगातार तेस्रो दिन बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १२.६८ अंकले बढेको छ । नेप्से आइतबार १९.५६ र सोमबार २९.६७ अंकले बढेको थियो । आज शून्य दशमलव ४६ प्रतिशतले बढेर २७४०.५९ विन्दुमा बन्द भएको हो ।
जगदुल्लाको ठेक्का प्रक्रिया म मन्त्री नहुँदै सुरु, नोटरी नगर्दा रद्द : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जामन्त्री दीपक खड्काले आफू मन्त्रालयमा नजाँदै जगदुल्ला आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको र यसअघि पनि रद्द गरिएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काले १०६ मेगावाटको जलविद्युत् आयोजनाको ठेक्का पछिल्लो पटक नोटरी नगर्दा रद्द भएको जनाए ।
ठूला आयोजनाका लागि लगानी मोडालिटी तयार : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अलपत्र परेका ठूला आयोजनाको विकास गर्न सर्वसाधारण र निजी क्षेत्रलाई साथमा मोडालिटी तयार गरेको बताएका छन् ।
‘भारतबाट ४२५ मेगावाट ल्याउँदा कुलमान देवता हुनुभयो’
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आठ वर्षअघि भारतबाट बिजुली ल्याउँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ 'देवता' भएको बताएका छन् । त्यसबेला लोडसेडिङ अन्त्य गर्न ४२५ मेगावाट बिजुलीको आवश्यकता रहेकामा घिसिङले त्यो पूरा गरेको उनको भनाइ थियो ।
कुलमानले सरकारलाई टेरेनन् : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् ।
२२ दिनका लागि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता