text
stringlengths
2
914
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले मंगलबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत् क्षेत्र अन्योलमा : इप्पान अध्यक्ष कार्की
कान्तिपुर संवाददाता
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको बताएका छन्।
हाइड्रोपावरको आईपीओ निस्कासन रोक्नु दुःखद : कार्यकारी निर्देशक घिसिङ
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आइपिओ रोकिनु दुखद भएको बताएका छन् ।
सुपारी आयात खुलाइयो, नयाँ उद्योगलाई पनि अनुमति
राजु चौधरी
नयाँ खुलेका उद्योगलाई पनि आयात अनुमति दिन सरकारले तस्करी हुने सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । गत बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गर्न अनुमति दिने भएको हो ।
फाल्गुन ५, २०८१
जापानदेखि अमेरिकासम्म कर्णालीको मह
कृष्णप्रसाद गौतम
गत वर्ष चार क्विन्टल मह बिक्री गरेका जाजरकोटको नलगाड नगरपालिका–४ सिलालका पहलसिंह रावलले यसपालि साढे ४ क्विन्टल मह निकालिसके । भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका उनले मह उत्पादनबाट बर्सेनि आम्दानी बढाइरहेका छन् । बारीमा उनले १ सय हाराहारी मौरीघार पालेका छन् ।
फागुनभित्रै डेनमार्कको मुद्रा सटही गर्न राष्ट्र बैंकको निर्देशन
कान्तिपुर संवाददाता
सन् २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रीय बैंकले खारेज गरेका त्यहाँको मुद्रा आफूसँग भए सटही गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
२९.८७ अंकले बढ्यो नेप्से, १० अर्ब रुपैयाँ कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २९.८७ अंकले बढेको छ । आज एक दशमलव १० प्रतिशतले बढेर २७२७.९१ विन्दुमा बन्द भएको हो ।
बिमा प्राधिकरण अध्यक्षका लागि पाँच जना ‘सर्टलिष्ट’
कान्तिपुर संवाददाता
नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि परेको आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनौट गरिएको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले परेका १२ जना आवेदकमध्ये पाँच जनालाई ‘सर्टलिष्ट’गरेको हो ।
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
कान्तिपुर संवाददाता
सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मर्मतका लागि माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत् उत्पादन बन्द
आश गुरुङ
लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको मर्मतका लागि विद्युत् उत्पादन बन्द गरिएको छ ।
माघमा घट्यो घरजग्गा कारोबार
सीमा तामाङ
चालु आर्थिक वर्षको पुसको तुलनामा माघमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व घटेको छ । पुसको तुलनामा माघमा कारोबार ६.१, कित्ताकाट ०.८ र राजस्व ८.९३ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
आईपीओ जारी गर्ने विद्युत् प्राधिकरणको तयारी
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए (एए) प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक डबल ए प्लस रेटिङ पाएको छ ।
सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन
रासस
ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
फाल्गुन ४, २०८१
नेपाल विद्युत् प्राधिकरणलाई ‘डबल ए प्लस’
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए (एए) प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको हो ।
१९.५६ अंकले बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेको छ । शून्य दशमलव ७३ प्रतिशतले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ ।
रामपुर महोत्सवमा ८ करोड रुपैयाँको कारोबार
माधव अर्याल
पाल्पाको रामपुर नगरपालिकास्थित रामतुल्सी खेलमैदानमा सञ्चालन भएको रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलामा ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।
चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात
रासस
चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा १२ बिघामा लगाइएको गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको हो ।
माग बढेपछि फस्टाउँदै बेतका सामग्री बनाउने उद्योग
कमल पन्थी
बर्दियाको राजापुर नगरपालिकामा बेत ऊद्योग फस्टाउँदै गएका छन् । राम्रो आम्दानी हुन थालेपछि व्यवसायी यसको बजार विस्तारमा लागिपरेका छन् ।
आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
घट्यो सुनको मूल्य
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ले घटेको हो ।
दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया
सजना बराल
नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर–जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई चन्द्रमामा बनाइएको ‘एथेना’ नामक बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
लुम्बिनीमा १५ खर्बको दोस्रो आवधिक योजना
घनश्याम गौतम
लुम्बिनी प्रदेश योजना आयोगले झन्डै १५ खर्ब लागतको महत्त्वाकांक्षी दोस्रो आवधिक योजना पारित गरेको छ । दाङको देउखुरीमा शनिबार बसेको प्रदेश विकास परिषद् बैठकले योजना आयोगले तयार गरेको दोस्रो आवधिक योजना पारित गरेको हो ।
घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व संकलन
कान्तिपुर संवाददाता
देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।
२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती सरकार
सजना बराल
बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल फाइल यातायात कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण भएको छ ।
फाल्गुन ३, २०८१
पेट्रोलको भाउ बढ्यो, डिजेल/मट्टीतेल लिटरमा ४ रुपैयाँ घट्यो
कान्तिपुर संवाददाता
नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।
काठमाडौंमा फागुन ४ देखि ६ सम्म 'सहायक उपकरण मेकाथन' हुने
कान्तिपुर संवाददाता
अपांगता भएका व्यक्तिको दैनिकी सहज बनाउने 'सहायक उपकरण' वा 'एसिस्टिभ टेक्नोलोजी'बारे जानकारी दिने उद्देश्यले काठमाडौमा फागुन ४ देखि ६ सम्म मेकाथन हुँदै छ । कार्यक्रममा सहायक उपकरण निर्माणसम्बन्धी प्रतिस्पर्धा र यस विषयमा विज्ञ एवं सरोकारवालासँग छलफल गर्न लागिएको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ ।
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।
गाउँका प्राविधिक हर्कबहादुर र अमरसिंह
डीबी बुढा
जिल्लाको पातारासी गाउँपालिका–६ का अमरसिंह विष्ट र हर्कबहादुर बुढालाई उर्थु गाउँका किसानहरुको स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।
साँगा-धुलिखेल सडक विस्तार, दुई वर्षमा ३८ प्रतिशत मात्र
ज्योती श्रेष्ठ
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड विस्तार दुई वर्षमा ३८ प्रतिशत मात्रै काम भएको छ । तीन वर्षभित्र पूरा हुने गरी दुई वर्षअघि सडक बिस्तार कार्य थालिएको थियो । दुई वर्षमा जम्मा ३८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएकाले समयमै निर्माण सकिनेमा शंका बढेको छ ।
राजस्व हिनामिनाका प्रतिवादीलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
कान्तिपुर संवाददाता
मालपोत कार्यालयमा संकलित राजस्व हिनामिना गरेको अभियोग लागेका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । जिल्ला मालपोत कार्यालय, पर्साका तत्कालीन प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मालाई सफाइ दिने गरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेको भन्दै बदरको माग गरी अख्तियारले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
फाल्गुन २, २०८१
कृषिमा यन्त्रीकरण आजको आवश्यकता : मन्त्री अधिकारी
कान्तिपुर संवाददाता