text stringlengths 2 914 |
|---|
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा आधुनिक यन्त्रीकरणको माध्यमबाट मात्रै कृषि सफल हुने बताएका छन् । शुक्रबारबाट भृकुटीमण्डपमा सुरु सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो मेलामा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । |
७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो |
रासस |
चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । |
मौरीको गोला बिक्रीबाटै लाखौं कमाउँछन् किसान |
माधव अर्याल |
‘उत्पादित मह बिक्री गर्न बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । त्यसैले मह उत्पादन गर्नेभन्दा मौरीसहितको घार र गोला बिक्री गर्ने गरेको छु’, उनले भने । उनले न्यूनतम् १६ लाखदेखि अधिकतम् २९ लाखसम्म वार्षिक कारोबार गर्ने गरेको बताए । |
डेटिङ एपहरूले किन गुमाइरहेका छन् जेन जी प्रयोगकर्ता ? |
कान्तिपुर संवाददाता |
प्रेम सम्बन्ध र साथीसंगति खोज्ने प्रमुख माध्यमका रूपमा रहेका डेटिङ एपहरू अहिले आफ्ना प्लाटफर्ममा जेन जी र मिलेनियल्स पुस्तालाई टिकाइरहन संघर्ष गरिरहेको अध्ययनले देखाएको छ । |
लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर सडकमा फेरि टेण्डर आह्वान |
दुर्गालाल केसी |
लामो समयदेखि अलपत्र परेको घोराही–तुलसीपुर सडकमा फेरि टेण्डर आह्वान भएको छ । यसअघि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक पूरा नभई अलपत्र परेको थियो । |
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का |
कान्तिपुर संवाददाता |
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले बिहीवार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भ्रमणका क्रममा द्विपक्षीय हितका थुप्रै परियोजनाहरूबारे छलफल भएको बताए । |
तोलामा चार सयले बढ्यो सुनको मूल्य |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० ले बढेको हो । |
सात महिनामा सरकारी वित्त : पुँजीगत खर्चमा छैन सुधार |
यज्ञ बञ्जाडे |
नयाँ सरकार गठनपछि मुलुकमा राजनीतिक स्थायित्व हुने भएकाले आर्थिक विकासले प्राथमिकता पाउने, राजस्व संकलन र पुँजीगत खर्च बढ्ने दाबी सरकारले गरे पनि नतिजा सन्तोषजनक छैन । चालु आर्थिक वर्षका सात महिना (साउनदेखि माघसम्म) मा संकलित राजस्व, पुँजीगत खर्च, वैदेशिक सहायता तथा अनुदानलगायतको अवस्था हेर्दा सरकारले दाबी गरेअनुसार नतिजा दिन नसकेको विज्ञहरूको तर्क छ । |
कृषिप्रधान मुलुक मुख्य बालीमै परनिर्भर |
राजु चौधरी |
गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २ लाख ३१ हजार २ सय ४२ टन बढेको । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको छ । धान उत्पादनसँगै उत्पादकत्व पनि बढेको मन्त्रालयको दाबी छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.९८ टन थियो । यस वर्ष बढेर ४.१९ टन पुगेको छ । |
कहिले टुंगिएला पञ्चेश्वरको डीपीआर ? |
कान्तिपुर संवाददाता |
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वरलाई अगाडि बढाउनेबारे छलफल भएको छ । ‘इन्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहीबार समकक्षी पाटिलसँगको भेटघाटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिएर आयोजना अघि बढाउने सहमति भएको बताए । |
इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा |
कान्तिपुर संवाददाता |
ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । |
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ । |
फाल्गुन १, २०८१ |
उर्वर कालेगाउँका पौरखी किसान |
महेश केसी |
भेरी करीडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यात्रा गर्दा जाजरकोटको जिल्ला सदरमुकामदेखि थोरै पूर्वतर्फ एउटा सानो फाँट देखिन्छ, कालेगाउँ । भेरी नगरपालिका- १ मा पर्ने यो गाउँले यहाँको उर्वर माटोमा मिहिनेत गरिरहेका किसानका कारण बेग्लै परिचय पाएको हो । करिब २ सय घरधुरी रहेको कालेगाउँका करिब ७० प्रतिशत किसानले व्यावसायिक रूपमा नै तरकारी खेती गरिरहेका छन् । |
कहिले टुंगिएला पञ्चेश्वरको डीपीआर ? |
कान्तिपुर संवाददाता |
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वरलाई अगाडि बढाउनेबारे छलफल भएको छ । ‘इन्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहीबार समकक्षी पाटिलसँगको भेटघाटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिएर आयोजना अघि बढाउने सहमति भएको बताए । |
पञ्चेश्वर अगाडि बढाउनेबारे ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच छलफल |
कान्तिपुर संवाददाता |
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर बहुउदेश्यीय आयोजना अगाडि बढाउनेबारे छलफल भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका ऊर्जामन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग भेटवार्ता गरेका हुन् । |
प्रधानमन्त्री ओलीसँग कृषिमन्त्री अधिकारीको बैठक : रासायनिक मल अभाव हुन नदिइने |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराएका छन् । |
७.२६ अंकले घट्यो नेप्से, ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ७.२६ अंकले घटेको छ । शून्य दशमलव २७ प्रतिशतले घटेर २६७८.४७ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७.२६ अंकले घटेको थियो । |
नेपाल भारत पीईसी बैठक : युनिटको ८.१ भारुमा बिजुली आयात-निर्यात सहमति |
कान्तिपुर संवाददाता |
नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी– पीईसी) को १६ औं बैठकले आयातनिर्यात हुने बिजुलीको प्रतियुनिट दर ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तय गरेको हो । |
प्राधिकरणका सञ्चालक समिति सदस्य पराजुलीले दिए राजीनामा |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्य बलबहादुर पराजुलीले राजीनामा दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत पुस २ मा बलबहादुर पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । |
तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो । |
निक्षेपको औसत ब्याजदर स्थिर, एउटाको बढ्दा अर्कोको घट्यो |
कान्तिपुर संवाददाता |
फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर स्थिर रहने भएको छ । बुधबार बैंकहरूले प्रकाशन गरेको मासिक ब्याजदरले फागुनमा पनि माघकै बराबर निक्षेपको औसत ब्याजदर कायम हुने भएको हो । फागुनका लागि एउटा वाणिज्य बैंकले निक्षेपको ब्याज बढाउँदा अर्कोले घटाएको छ भने १८ बैंकको स्थिर छ । |
आयोजना थालेको आठ वर्षपछि छुट मुआब्जा वितरण |
दीपेन्द्र शाक्य |
नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरु भएको आठ वर्षपछि ४ सय परिवारलाई छुट मुआब्जा वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि छुट मुआब्जा वितरण थालेको हो । आयोजनाले ३० मिटर सडक खनेर १५ मिटरको मात्रै मुआब्जा पाएको भन्दै पाँच वर्षयता उनीहरू आन्दोलनरत थिए । |
चैनपुर-ताक्लाकोट सडकमा जस लिन हानथाप, काम सुस्त |
वसन्तप्रताप सिंह |
माघ पहिलो साता बझाङका नेता–कार्यकर्ताबीच सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खिचिएका तस्बिर राख्ने प्रतिस्पर्धा नै चल्यो । सुदूरपश्चिममा समृद्धिको मार्ग मानिने चैनपुर–ताक्लाकोट सडकमा आफ्नो पहलमा बजेट पार्न सफल भएको दाबीसहितका ज्ञापनपत्रका तस्बिर नेताले पोस्ट गरेपछि कार्यकर्ताले गुणगानसहितका ‘रिपोस्ट’ गर्ने क्रमले झन्डै साता दिन सामाजिक सञ्जालका भित्ता रंगिए । |
रिग्दी खोलामा हराउँदै गए असला |
रमेशकुमार पौडेल |
पहाडी भेग काउले र चन्डिभन्ज्याङलाई फन्को मार्दै त्रिशूलीमा मिसिने रिग्दी खोला असला माछाका लागि चर्चित छ । तर पछिल्लो समय खोलामा माछा हराउँदै गएपछि स्थानीय चिन्तित छन् । |
मुर्माटपमा बन्ने भयो रारा रिसोर्ट |
आरती पौडेल |
मुगुस्थित छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्सले निर्माण गर्न लागेको रारा रिसोर्टको शिलान्यास गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौंबाट डिजिटल माध्यमद्वारा उक्त रिसोर्टको शिलान्यास गरे । |
सौराहामा खाना महोत्सव |
कान्तिपुर संवाददाता |
पर्यटकीय क्षेत्र सौराहामा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर मंगलबारदेखि पाँचदिने फुड फेस्टिभल (खाना महोत्सव) गरिएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) सौराहाले १९ वर्षदेखि ‘भ्यालेन्टाइन्स डे’को अवसरमा फुड फेस्टिभल गर्दै आएको छ । बागमती प्रदेशका पर्यटनमन्त्री विमल ठकुरीले फेस्टिभल उद्घाटन गरे । |
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । |
माघ ३०, २०८१ |
‘निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनु पर्छ’ |
कान्तिपुर संवाददाता |
निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना गरेको ‘प्रस्तावित विद्युत् विधेयक २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । |
ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले मंगलबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । |
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन स्थगित |
कान्तिपुर संवाददाता |
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम र महासंघका प्रतिनिधीबीच बुधबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो । |
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन गर्ने |
कान्तिपुर संवाददाता |
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिने भएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले बुधबार चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । |
ग्यास उद्योगीको आन्दोलन स्थगित |
कान्तिपुर संवाददाता |
नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो । |
इन्टरनेटमा सुरक्षित रहन सचेतना आवश्यक रहेको विज्ञको भनाइ |
कान्तिपुर संवाददाता |
सुरक्षित इन्टरनेट दिवसका अवसरमा मंगबार सूचना प्रविधि विभाग र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगका विषयमा छलफल गरिएको थियो । हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभर मनाइने यो दिवस यसपटकक ‘टुगेदर फर अ बेटर इन्टरनेट’ नारासहित मनाएको थियो । |
सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ७१ करोडको कारोबार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.