text
stringlengths
2
914
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ६‍.५४ अंकले बढेको नेप्से आज (मंगलबार) १.८६ अंकले बढेको हो । शून्य दशमलव शून्य ६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा बन्द भएको छ ।
फागुनमा एउटा बैंकको ब्याज बढ्दा एउटाको घट्यो, १८ को स्थिर
कान्तिपुर संवाददाता
फागुन महिनाका लागि एउटा बैंकले निक्षेपको ब्याज बढाउँदा एउटाले घटाएको छ भने १८ वटा बैंकको स्थिर छ । १८ वटा बैंकले फागुनका लागि पनि यही माघकै ब्याजदर स्थिर राखेपछि २० वटा वाणिज्य बैंकको औसत ब्याजदरमा भने परिवर्तन आएको छैन् ।
आज बजारबाट ६० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
करोडौं लगानीका शीत भण्डार रित्तै
वीरेन्द्र केसी
जिल्लामा निर्माण भएका शीत भण्डार यतिबेला खाली छन् । कृषि सामग्री भण्डारणका लागि बनाइएका जिल्लाका पाँचवटा शीत भण्डारमा ताला लगाइएको छ ।
सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो
कान्तिपुर संवाददाता
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला२ हजार ७ सय रुपैयाँले घटेको हो ।
पाल्पाको रानीमहलमा अन्तरप्रदेश समन्वय बैठक आज
माधव अर्याल
पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा हुन लागेको अन्तरप्रदेश समन्वय बैठकमा यस क्षेत्रको विकास निर्माणमा ध्यान दिन नागरिक समाजका अगुवाले आग्रह गरेका छन् ।
६ महिनामै राजस्व र भन्सार महानिर्देशकको सरुवा
ऋषिराम पौड्याल
मुलुकको राजस्व संकलनमा सबैभन्दा धेरै भूमिका रहेको आन्तरिक राजस्व र भन्सार विभागका दुई महानिर्देशकलाई सरकारले पाँच महिनामै सरुवा गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई महिनापछि गत भदौमा महानिर्देशक बनेका दुवै जनालाई पद सम्हालेको ६ महिनामै सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो । अर्थ सचिव रामप्रसाद घिमिरेलाई पनि सोमबारकै बैठकले राष्ट्रपति कार्यालयमा सरुवा गरेको हो ।
अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल-भारत सचिवस्तरीय सहमति
सीमा तामाङ
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत) अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको छ । नयाँ दिल्लीमा मंगलबार बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १२ औं बैठकले कम्पनी र सेयर संरचनाबारे सहमति गरेको हो ।
उद्योगको बिजुली काट्न सहमति माग्दै आयोगलाई प्राधिकरणको पत्र
कान्तिपुर संवाददाता
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले बक्यौता नउठेको भन्दै ती उद्योगमा बिजुली काट्न सहमति माग्दै विद्युत् नियमन आयोगलाई पत्र पठाएको छ । प्राधिकरणले बिजुली काट्नेबाहेक अन्य दबाब दिँदासमेत उद्योगीले बक्यौता नबुझाएको भन्दै सोमबार सहमति माग्दै आयोगमा पत्र पठाएको हो ।
निगमको जग्गा विवादको पेसी सरिरहँदा अनुदानको पाइप लाइन परियोजनामा ढिलाइ
कान्तिपुर संवाददाता
झापास्थित नेपाल आयल निगमको जग्गा विवादमा पेसी सरिरहँदा अनुदानको पाइप लाइन परियोजनामा ढिलाइ हुने देखिएको छ । बिजनेस टु बिजनेस (बीटुबी) सम्झौता भएको ५४ महिनाभित्रै निर्माण सक्ने लक्ष्य रहे पनि पेसी सरिरहँदा परियोजनाको काम रोकिएको छ ।
माघ २९, २०८१
सामाजिक सञ्जाल विधेयक संसद्‍बाट पारित गराएरै छोड्छौं : सञ्चारमन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्न सरकारले संसद‍्मा पेस गरेको विधेयक पारित गराएरै छोड्ने दाबी गरेका छन् । मंगलबार सुरक्षित इन्टरनेट दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सञ्जाल विधेयक संसद‍्बाट पारित हुने बताए ।
करोडौं लगानीका शीत भण्डार रित्तै
वीरेन्द्र केसी
जिल्लामा निर्माण भएका शीत भण्डार यतिबेला खाली छन् । कृषि सामग्री भण्डारणका लागि बनाइएका जिल्लाका पाँचवटा शीत भण्डारमा ताला लगाइएको छ ।
सरकारी वेबसाइट 'डिफेसमेन्ट'का घटना बढ्दै छन् : साइबर सुरक्षा केन्द्रका निर्देशक महर्जन
कान्तिपुर संवाददाता
नेपालमा साइबर सुरक्षाका चुनौतीमध्ये ह्याकरहरूले सरकारी वेबसाइट डिफेसमेन्ट गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले बताएका छन् । मंगलबार सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिंकले आयोजना गरेको कार्यक्रममा महर्जनले सरकारी वेबसाइट ‘डिफेसमेन्ट’ प्रमुख समस्याको रूपमा देखिएको उल्लेख गरेका हुन् ।
अर्थ सचिव उपाध्यायले कार्यभार सम्हाले
कान्तिपुर संवाददाता
अर्थ सचिव घनश्याम उपाध्यायले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्ले उपाध्यायलाई अर्थ सचिव बनाउने निर्णय गरेसँगै मंगलबार उनले कार्यभार सम्हालेका हुन् । मन्त्रालयको सचिवमा उपाध्यायलाई स्वागत गरिएको छ ।
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
कान्तिपुर संवाददाता
सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ ।
लगातार ओरालो लागेको नेप्से आज ६.५४ अंकले बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ६.५४ अंकले बढेको छ । पछिल्लो पाँच कारोबार दिन यता घटेको नेप्से आज शून्य दशमलव २४ प्रतिशतले बढेको हो ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
कान्तिपुर संवाददाता
सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नयाँ स्टक एक्सचेन्ज लाइसेन्समा बोर्डले थाल्यो काम
यज्ञ बञ्जाडे
निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा नेपाल धितोपत्र बोर्डले थप काम थालेको छ । राष्ट्र बैंकका सञ्चालक एवं पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि धितोपत्र बोर्ड सञ्चालक समितिले प्रतिवेदन कार्यान्वयन कार्ययोजना समितिलाई निर्देशन दिएको छ ।
आईएनजीओका परियोजना एकद्वार प्रणालीमा लैजान गृहकार्य
मातृका दाहाल
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) बाट परिचालन हुने सबै खर्चलाई एकद्वार प्रणालीमा जोड्न सरकारले गृहकार्य थालेको छ । विदेशबाट आईएनजीओमार्फत भित्रिएको अनुदान राष्ट्रिय हित, प्राथमिकता र आवश्यकताभन्दा बाहिर गएर ‘निहित स्वार्थ’ मा खर्च भएपछि यसलाई रोक्न भन्दै सरकारले एकद्वार प्रणालीमा जोड्ने प्रयास थालेको हो ।
कोरोला नाकासम्म ३३ केभीए प्रसारण लाइन
नारायण शर्मा
नेपाल विद्युत् प्राधिकरणले चीन सिमानाको कोरोलासम्म ३३ केभीए क्षमताको विद्युत् प्रसारण लाइन विस्तार सुरु गरेको छ । अहिलेकै गतिमा काम भए आउँदो भदौभित्र कोरोला नाकासम्म पूर्ण क्षमताको बिजुली पुग्ने प्राधिकरणको भनाइ छ । कोरोला नाका समुद्री सतहबाट झन्डै ४६ सय मिटर अग्लो स्थानमा छ ।
निगमको अमलेखगन्ज डिपोले बाँड्न थाल्यो पाइप लाइनको पेट्रोल
राजु चौधरी
पेट्रोल र मट्टितेलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण थालिएको छ । दुई पटक गरी साढे १५ हजार किलोलिटर पेट्रोल र १ पटक १ हजार किलोलिटर मट्टितेल आयात गरेर परीक्षण गरेको आयल निगमले सोमाबरदेखि औपचारिक बिक्रीवितरण थालेको हो ।
३ महिनापछि बन्यो लिपिङ बेलिब्रिज
अनिश तिवारी
गत असोजमा बाढीले बगाएको तातोपानी नाकाको लिपिङ बजार जोड्ने बेलिब्रिज सोमबारबाट सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा ६ दिन–रात गरेर ४५ दशमलव ७२ मिटर लामो लिपिङखोला बेलिब्रिज आइतबार साँझ तयार गरिएको हो । सेनाका नम्बर २६ बाहिनीपति सहायक रथी अशोक गुरुङले सोमबार २८ टन भारवहन क्षमताको बेलिब्रिजको उद्घाटन गरे ।
माघ २८, २०८१
सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि दबाब दिन प्रमुख दलका सचेतक भेट्दै इप्पान
कान्तिपुर संवाददाता
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकलाई भेटेर सर्वोच्च अदालतको फैसला पुनर्विचारका लागि ध्यानाकर्षण गरेको छ ।
दोहोरो अंकले घट्यो नेप्से, ७ अर्बको सेयर कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ ।
प्रणय दिवस : कुन वर्ष कति गुलाफ खपत भयो ?
कान्तिपुर संवाददाता
फेब्रुअरी ७ मा रोज डे मनाउँदै सुरु भएको ‘भ्यालेनटाइन्स विक’ फेब्रुअरी १४ मा ‘भ्यालेनटाइन्स डे’ मनाउँदै सकिनेछ । यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन्स डे) मा ४ लाख २५ हजार स्टिक गुलाफ खपत हुने अनुमान गरिएको छ ।
सुन तोलाकै १ लाख ६९ हजार ६ सय रुपैयाँ
कान्तिपुर संवाददाता
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
पेरिसमा सुरु भयो विश्व एआई एक्सन सम्मेलन, चर्चामा डिपसिक
एजेन्सी
फ्रान्सको राजधानी पेरिसमा आजदेखि विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सुरु भएको छ । दुई दिने यस सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभेलपर, विज्ञ लगायतको सहभागीता रहनेछ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सह-अध्यक्षका रूपमा उपस्थित छन् ।
युवालाई नेपालमै रोक्ने व्यावसायिक योजना बनाउँदै विद्यार्थी
दुर्गालाल केसी
युवाहरू विदेसिने क्रम बढेको कुराले सबैलाई चिन्तित बनाएको छ । नेपालमा केही छैन भन्दै पासपोर्ट लिन लाइन लागिरहेका युवाहरुको भिड देख्दा देशै खाली हुन लाग्यो भन्दै धेरैले चिन्ता व्यक्त गर्छन् । काम गर्ने मुख्य जनशक्ति युवाहरु दैनिक बाहिरिरहेको अवस्थाको चिन्ता गर्दै बस्ने कि केही उपाय पनि खोज्ने? यस्तै उपायको खोजी गरेका छन् घोराहीका केही युवा विद्यार्थीहरुले ।
गाईघाट–दिक्तेल सडकमा नयाँ ठेक्का
डम्बरसिं राई
३० वर्षअघि निर्माण सुरु गरेर अलपत्र परेको गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) मा फेरि निर्माणको प्रक्रिया बढाइएको छ । विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर अलपत्र पारेपछि त्यसलाई तोडेर नयाँ ठेक्कामार्फत काम सुरु गर्ने चरणमा पुगेको हो ।
बुढीगण्डकी डुबान क्षेत्रको १६ किलोमिटर सडक स्तरोन्नतिमा अन्योल
हरिराम उप्रेती
बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने पुष्पलाल (मध्यपहाडी) सडक कालोपत्रको काम अलपत्र परेको छ । मध्यपहाडी सडकअन्तर्गत बुढीगण्डकी डुबानमा पर्ने धादिङको १६ किलोमिटर र गोरखातर्फको पाँच सय मिटर सडकको काम अघि बढ्न नसकेको हो ।
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
माघ २७, २०८१
राष्ट्रिय सभामा पेस भयो सामाजिक सञ्जाल विधेयक
कान्तिपुर संवाददाता
सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन विधेयक तयार गरिएको बताए ।
धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
कान्तिपुर संवाददाता