text stringlengths 2 914 |
|---|
धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको हो । |
इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता |
रासस |
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । |
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा बने दुई हजार घर |
प्रताप विष्ट |
जनता आवास कार्यक्रम अन्तर्गत् मकवानपुर र चितवनमा १४ वर्षको अवधिमा २ हजार ७ वटा घर निर्माण भएका छन् । |
चिया पर्यटन प्रवर्द्धन र टेष्टिङका लागि महोत्सव |
कान्तिपुर संवाददाता |
पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिॅदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न महोत्सव आयोजना गरिने भएको छ । |
ऐन बनेको १८ वर्षमा पनि गठन भएन सिन्डिकेट नियन्त्रण बोर्ड |
राजु चौधरी |
वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानबीच स्वच्छ प्रतिस्पर्धा गराउन सरकारले २०६३ मा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन जारी गर्यो । स्वच्छ प्रतिस्पर्धाबाट उत्पादक वा वितरकको व्यावसायिक क्षमता विकास गर्ने, एकाधिकार तथा नियन्त्रित व्यापारिक अभ्यासलाई नियन्त्रण गरी उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्नु यसको उद्देश्य थियो । |
ब्याज अनुदान र सहुलियत कृषि कर्जाको सीमा घटाइँदै |
यज्ञ बञ्जाडे |
उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालित सहुलियत कर्जामा ब्याज अनुदानको सीमा घटाउन लागिएको छ । हाल यो कार्यक्रमअन्तर्गत सरकारले महिला ऋणीलाई ६ र पुरुष ऋणीलाई ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । अब उक्त सीमा करिब आधाले घटाउन लागिएको स्रोतले बताएको छ । |
सल्यानमा महोत्सवस्थलमा आगलागी, तीन करोड बढीको क्षति |
विप्लव महर्जन |
सल्यानमा माघ १८ गतेदेखि सञ्चालिक सांस्कृतिक महोत्सव स्थलमा भिषण आगलागी भएको छ । शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवस्थलमा शनिबार राति ११ बजेतिर आगलागी भएको हो। |
केबलकारले पहिचान र ऐतिहासिकता प्रवर्द्धन गर्छ : ढकाल |
कान्तिपुर संवाददाता |
पाथीभरामा निर्माण हुने केबलकारले पहिचानको प्रवर्द्धन गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बताएका छन् । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका उनले काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई वर्षअघि पाथीभरा केबलकारमा आईएमई समूहको प्रवेशसँगै आयाजना निर्माणले गति लिन थालेको जनाए । |
अल्लोका कोट बेच्न गाउँ-गाउँ |
भवानी भट्ट |
एउटा हातमा कोटको गाँठो छ । काँधमा कोटकै झोला । बिहानदेखि दिनभरि बजार र गाउँतिर डुलिरहन्छन् । जुम्लाको सिँजा गाउँपालिका–२ अगस्तीबाडाका लक्ष्मण जैसी १२ वर्षदेखि यसैगरी जुम्ली अल्लोका कोट बिक्री गर्न गाउँ–गाउँ पुगिरहेका छन् । |
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : दोस्रो र तेस्रो चरणको काममा ढिलाइ |
कृष्णप्रसाद गौतम |
तोकिएको समयभन्दा झन्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि सरकारले आर्थिक वर्ष २०८४/८५ सम्मका लागि म्याद थपेको छ । |
‘सरकारी आयोजना समयमै नबन्नु दुःखद’ |
कान्तिपुर संवाददाता |
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी आयोजना समयमै सम्पन्न नहुनु दुःखद भएको बताएका छन् । पूर्वाधार विकासका लागि सरकारले वैकल्पिक वित्तबारे नीतिगत व्यवस्था गर्न लागेको उनले जनाए । |
क्यान इन्फोटेकमा कम्पनीका छुट र अफर |
कान्तिपुर संवाददाता |
भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ मा अवलोकनकर्ताको आकर्षणलाई हेरेर विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाले आफ्ना ब्रान्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्टलगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । |
रिग्दी खोलामा देखिन छाडे असला माछा |
रासस |
इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेका छन् । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् । |
यस्तो छ विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ । |
माघ २६, २०८१ |
किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ |
कान्तिपुर संवाददाता |
किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीकै प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा अनभिज्ञता प्रस्तुत गरेका हुन् । |
इलन मस्कको दक्षता विभागविरुद्ध अमेरिकी राज्यहरूले दायर गरे मुद्दा |
एजेन्सी |
अर्बपति इलन मस्कले नेतृत्व गरेको ट्रम्प प्रशासनको ‘डज’ भनिने सरकारी दक्षता विभागलाई संघीय भुक्तानी प्रणालीमा पहुँच प्रतिबन्धको माग गर्दै झण्डै दुई दर्जन अमेरिकी राज्य सरकारहरूले अदालतमा मुद्दा दायर गरेका छन् । मस्क र उनका सहयोगीहरूलाई अमेरिकाको अर्थ मन्त्रालयका डिजिटल प्रणालीमा पहुँच प्राप्त गर्ने कुनै अधिकार नभएको भन्दै हालसम्म १९ राज्यहरूले अदालतमा मुद्दा दर्ता गरेका हुन् । |
विदेशको भिसा त्यागेर गाउँमै च्याउखेती, मासिक ९० हजार कमाइ |
कमल पन्थी |
०७४ सालमा मलेसियामा रोजगारीका बाँसगढी नगरपालिका–३ महादेवाका रविनकुमार थारु काठमाडौं पुगे । सबै प्रक्रिया पूरा गरिसकेपछि भिसा आउन समय लाग्ने भयो । घर आएर फेरि जानलाई खर्च धेरै हुने । |
नेपालगन्ज महोत्सवमा ६ करोड बढीको कारोबार |
रुपा गहतराज |
नेपालगन्जमा सञ्चालन भएको प्रादेशिक महोत्सव–२०८१ मा ६ करोडको कारोबार भएको छ । महोत्सवको तथ्यांक समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आकलन गरिएको छ । |
स्टार्टअप प्रवर्द्धनका लागि नयाँ दिल्लीमा महाकुम्भ, नेपालका स्टार्टअपलाई सहभागी हुन आग्रह |
कान्तिपुर संवाददाता |
भारतको नयाँ दिल्लीमा आगामी अप्रिलमा हुन लागेको स्टार्टअप महाकुम्भमा सहभागी भई नयाँ अवसरहरू खोजी गर्न आग्रह गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले ‘भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके) २०२५’ को दोस्रो संस्करणको तयारीस्वरूप शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपाल र भारत सरकारका प्रतिनिधिहरूले भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देश राम्रो बजार भएको उल्लेख गरेका थिए । |
भरतपुरमा डेरी प्रदर्शनी |
कान्तिपुर संवाददाता |
भरतपुरमा पहिलो राष्ट्रिय डेरी एक्स्पो सुरु भएको छ । भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा शुक्रबार सुरु भएको प्रदर्शनीको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे । |
बाढीले क्षतिग्रस्त क्वालिटी रिसोर्ट साढे ४ महिनापछि सञ्चालनमा |
राजकुमार कार्की |
मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोज १० मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका सञ्चालक वीरेन्द्र पोखरेलले बताए । |
क्यान इन्फोटेकमा थरीथरी ल्यापटप |
कान्तिपुर संवाददाता |
भृकुटीमण्डपमा ३० औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ मेला चलिरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघको ) ले आयोजना गरेको मेलामा विभिन्न प्रविधिमा आधारित उपकरण, कम्प्युटर, रोबोटिक्सलगायतका स्टल राखिएका छन् । |
तीस किलोको खुकुरी ! |
रासस |
एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार हजार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् । उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । |
ग्वार्को ओभरपासमा ठेकेदारले थाले रोकिएको काम |
विमल खतिवडा |
ग्वार्को ओभरपासको काम महिना दिनपछि पुनः सुरु भएको छ । पटक–पटक म्याद थप्दा पनि ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको थियो । ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले काम ठप्प पारेका थिए । |
बन्द हुँदै काभ्रेका नेपाली कागज उद्योग |
ज्योती श्रेष्ठ |
अड्डा–अदालतलगायत सरकारी कामकाजमा प्रयोग हुँदै आएको नेपाली कागजको बजार नपउँला व्यवसाय नै संकटमा पुगेको छ । लाखौंको लगानी गरेर उद्योग सञ्चालन गरेका व्यवसायीले नेपाली कागजको बजार राम्रो नभएपछि उद्योग नै बन्द गर्नुपरेको बताएका छन् । बजार नभएपछि उद्योग बन्द गरेको सिन्धुली घर भई बनेपा नगरपालिका–१० स्थित रेशममार्गमा नेपाली हाते कागजको व्यवसाय गर्दै आएका हरिकुमार मगरले बताए । डेढ वर्षयता उनको उद्योग बन्द छ । |
इमेज सहकारीका एक लाखमुनिका बचतकर्ताको रकम फिर्ता सुरु |
प्रकाश बराल |
इमेज बचत तथा ऋण सहकारी संस्थाका १ लाख रुपैयाँभन्दा कम बचत गर्ने पीडितले रकम फिर्ता पाउन थालेका छन् । मुद्दाको समय लम्बिने र मजदुरी गरेर कमाएको रकम राखेकाहरू बचत फिर्ता नपाएर पीडित भएपछि कानुन व्यवसायी राम शर्मा तथा सहकारीपीडित संघर्ष समिति गलकोटकी संयोजक मञ्जु शर्मा चालिसेको अगुवाइमा १ लाख रुपैयाँभन्दा कम रकमका बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको हो । |
दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग |
कान्तिपुर संवाददाता |
दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो । |
माघ २५, २०८१ |
रोल्पामा करोडौंका पर्यटकीय संरचना प्रयोगविहीन |
काशीराम डाँगी |
रोल्पा सदरमुकाम लिबाङनजिकै सातदोबाटोमा रोल्पा नगरपालिकाको लगानीमा भ्यु टावर निर्माण गरिएको छ । नगरपालिकाले करिब ६ करोडको लगानीमा २०७८ मा टावर निर्माण सकिएको थियो । टावरसँगै नगरकै लगानीमा सामुदायिक वनको समेत जग्गामा ढुंगे बगैंचा (रक गार्डेन) निर्माण गरियो । त्यसैको छेउमा बाल उद्यान निर्माण पनि भएको छ । |
नेपालको नागरिक एप र भारतको आधार कार्डलाई इन्टिग्रेट गर्नेबारे सोच्दै छौं : भारतीय राजदूत श्रीवास्तव |
कान्तिपुर संवाददाता |
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको नागरिक एप र भारतको आधार कार्डलाई इन्टरअपरेबल अर्थात् एकअर्काको देशमा चल्ने गरी जोड्ने प्रयास भइरहेको बताएका छन् । |
अनुदानको मल गोदाममा थन्कियो, किसानले पाएनन् |
लक्ष्मी साह |
बाराको कलैयामा रहेको कृषि सामग्री संस्थानको गोदाममा अनुदानको मल भरिभराउ छ । तर किसानले भने हिउँदे बालीका लागि मल पाउन सकेका छैनन् । जसका कारण तीन महिनाअघि लगाइएको मकै समय अनुसार सप्रिन पाएको छैन । |
भरतपुरमा सुरु भयो पहिलो डेरी एक्स्पो |
रमेशकुमार पौडेल |
भरतपुरमा आज शुक्रबारबाट पहिलो राष्ट्रिय डेरी एक्स्पो (प्रदर्शनी) सुरु भएको छ । चितवन उद्योग संघको भरतपुर दूरसञ्चार रोडमा रहेको प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा आयोजित उक्त प्रदर्शनीको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे । |
सामाजिक सञ्जाल विधेयकविरुद्व ‘बोल्न दे सरकार’ ह्यासट्याग अभियान घोषणा |
सजना बराल |
सामाजिक सञ्जाललाई मर्यादित र सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको विधेयकविरुद्ध सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले आवाज उठाइरहेका छन् । केही दिनयता ‘बोल्न दे सरकार’ अभियान नै चलाएर उनीहरूले विधेयकको विरोध गर्दै आएका हुन् । |
सुनको मूल्य घट्यो |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.