text
stringlengths
2
914
कान्तिपुर संवाददाता
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको कोटा प्रणालीमा मनपरी
राजु चौधरी
सुनको कोटा र सिफारिस प्रणालीमा विकृति बढेपछि अब बिक्रीका आधारमा आयात खुलाउन गृहकार्य थालिएको छ । वाणिज्य बैंकले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ र नेपाल कला व्यवसायी संघको सिफारिसमा मात्रै गहना व्यवसायीले किन्न पाउँछन् ।
सामाजिक सञ्जालका ‘कन्टेन्ट क्रिएटर’को सामूहिक आवाज- ‘बोल्न दे सरकार’
सजना बराल
सरकारले हालै संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई लिएर संसद्देखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रतिनिधसभा बैठकमा बिहीबार विपक्षी दलका नेताहरूले सो विधेयक अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै यसलाई सच्याउन आग्रह गरे ।
९ वर्षसम्म अधुरै बारपाक सडक
कान्तिपुर संवाददाता
९ वर्षअघि सुरु भएको बारपाक जोड्ने सडकको अन्तिम दुई खण्डमा निर्माणको काम लामो समयदेखि अलपत्र बनेको छ । २०७५ भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको अन्तिम दुई खण्डको काम अलपत्र पर्दा धुलाम्मे बाटोले स्थानीय हैरानीमा छन् । यो सडक भएर बारपाकसहित धार्चे गाउँपालिका–४ लाप्राक, वडा–५ गुम्दासम्मका स्थानीय आउजाउ गर्दै आएका छन् ।
सिँचाइ विभागले सिफारिस नदिँदा सौर्य विद्युत् सर्वे अनुमतिपत्रमा ढिलाइ
सीमा तामाङ
प्रस्तावित सौर्य विद्युत् आयोजनाको सर्वेक्षण र निर्माण गरिने क्षेत्र सिँचाइयोग्य जमिन र निकुञ्ज तथा आरक्षण क्षेत्रभित्र नपर्ने सिफारिसपत्र जलस्रोत तथा सिँचाइ विभागले नदिएको ऊर्जा प्रवर्द्धकहरूले बताएका छन् । आयोजनाअनुसार विभागमा पत्र पठाएको महिना दिन बित्दासमेत पत्र नपाएको सौर्य ऊर्जा प्रवर्द्धकहरूको भनाइ छ ।
सुपर माछाखोलामा जुट्यो लगानी
कान्तिपुर संवाददाता
गोरखामा निर्माण हुने ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा ऋण लगानी गर्ने गरी नेपाल राष्ट्रिय वाणिज्य बैंक र बुढीगण्डकी हाइड्रोपावर कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका सीईओ देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।
राष्ट्रिय गौरवका आयोजनामा २५ दशमलव ७० प्रतिशत खर्च
रासस
सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।
माघ २४, २०८१
सुपर माछाखोलामा जुट्यो लगानी
कान्तिपुर संवाददाता
गोरखामा निर्माण हुने ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । उक्त आयोजनामा ऋण लगानी गर्ने गरी नेपाल राष्ट्रिय वाणिज्य बैंक र बुढीगण्डकी हाइड्रोपावर कम्पनीबीच बिहीबार सम्झौता भएको हो ।
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
कान्तिपुर संवाददाता
सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाउनु भएको हो ।
अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री पौडेलले घटाए १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख बजेट
कान्तिपुर संवाददाता
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब पौने २ खर्बले घटाएका हुन् ।
आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण : अर्थमन्त्री
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि प्राप्तिमा चुनौती रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । बिहीबार संसद‍्मा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले लक्षित आर्थिक वृद्धि प्राप्ति चुनौतीपूर्ण देखिएको बताएका हुन् ।
११.६४ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.८१ विन्दुमा बन्द भएको छ ।
रेल सञ्चालन तथा व्यवस्थापनमा आवश्यक जनशक्तिलाई तालिम दिन भारत तयार
कान्तिपुर संवाददाता
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे कन्टेन्ट क्रिएटरका कुरा सुन्नैपर्छ : सांसद श्रेष्ठ
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोध गरिरहेका युवा र कन्टेन्ट क्रिएटरहरूको आवाज सरकारले सुन्नुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा सुरु भएको विरोध र कन्टेन्ट क्रिएटरहरूको आपत्तीलाई तत्काल मनन गरिनुपर्ने धारणा राखेकी हुन् ।
सूचना प्रविधि क्षेत्रले देशलाई आर्थिक मन्दीबाट ट्र्याकमा ल्याउन सक्छ : क्यान महासंघ अध्यक्ष घिमिरे
कान्तिपुर संवाददाता
सूचना प्रविधि क्षेत्रले देशलाई आर्थिक मन्दीको अवस्थाबाट आर्थिक लयमा फर्काउन सक्ने सम्भावना रहेको कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताएकी छन् । आर्थिक मन्दी र युवा पलायनले देशलाई चुनौती दिइरहेका बेला अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आईटी क्षेत्रको प्रवर्द्धन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
बढ्यो सुनचाँदीको मूल्य
रासस
स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० ले बढेर एक लाख ६८ हजार ५०० कायम भएको छ ।
झाडी फाँडेर सुन्तला बगान
रासस
कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैँचा बनाउने सोच आयो ।
यूएसएआईडीले फिर्ता बोलायो कर्मचारी
यज्ञ बञ्जाडे
अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले विश्वभर कार्यरत आफ्ना कर्मचारी फिर्ता बोलाएको छ । यूएसएआईडीले हालै सूचना जारी गरेर आफूले प्रत्यक्ष रूपमा नियुक्त गरेका अमेरिकी नागरिकलाई स्वदेश फर्किन निर्देशन जारी गरेको हो । यूएसएआईडीले आफ्नो वेबसाइटमा सूचना जारी गरेरै कर्मचारीलाई फिर्ता बोलाएको हो ।
८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
रासस
जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
९० हजार टन गहुँ आयात गर्न ५८ कम्पनी इच्छुक
कान्तिपुर संवाददाता
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा देखाएका छन् । व्यापारिक प्रयोजनका लागि माघ १४ मा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवेदन खुलाएपछि ती कम्पनीले आयातका लागि आवेदन दिएका हुन् ।
तीन रुपैयाँ किलोमै बिकेन काउली
ज्योती श्रेष्ठ
पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दासमेत बिक्री नभएर कुहिन थालेपछि उनी बिखलबन्दमा छन् ।
७ करोडमा बन्यो खुम्बु जोड्ने पुल
भानुभक्त निरौला
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जोड्ने दुधकोशी नदीमाथि पक्की पुल बनेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।
बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को वर्ष दायित्व सार्न नपाइने
यज्ञ बञ्जाडे
अर्थ मन्त्रालयले वार्षिक विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को आर्थिक वर्षमा भुक्तानी दिने गरी दायित्व सार्न नपाइने व्यवस्था गरेको छ । यही माघ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक खर्चलाई व्यवस्थित गर्न मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०८१ मा उक्त व्यवस्था गरिएको छ ।
भेरी लिफ्ट खानेपानीलाई जग्गा भोगाधिकारको अनुमति
तृप्ति शाही
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयनमा ल्याइरहेको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजनाले जग्गा भोगाधिकारको अनुमति पाएको छ । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट बन्न लागेको भेरी लिफ्टिङ खानेपानी आयोजना वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरिरहेको छ ।
अमेरिकी डलरको १४० रुपैयाँ नाघ्यो, अरु कुनको मूल्य कति ?
रासस
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।
माघ २३, २०८१
७ करोडमा तयार भयो खुम्बु जोड्ने पुल
भानुभक्त निरौला
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जोड्ने दुधकोशी नदीमाथि पक्की पुल बनेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।
अस्ट्रेलियाले प्रतिबन्ध गर्‍यो 'डीपसीक'
एजेन्सी
अस्ट्रेलियाले सबै सरकारी कार्यालयका डिभाइस र प्रणालीहरूमा डीपसीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । यस चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै अस्ट्रेलियाले एपमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
नेप्से ४.४५ अंकले घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.१६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा ओर्लेको छ ।
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् ।
ठेक्का म्याद सकिएको साढे ३ वर्षसम्म शीत भण्डार निर्माण अधुरै
अवधेशकुमार झा
निर्माण समपन्न हुनुपर्ने अवधि सकिएको साढे ३ वर्ष बितिसक्दा पनि सप्तरीको राजविराज–१५ मा निर्माणाधीन शीत भण्डार अझै निर्माण हुन सकेको छैन । सरकारी निकायले काम गरेको भुक्तानी नदिएका कारण ठेकेदार कम्पनीले काम रोकेपछि चार वर्षदेखि शीत भण्डारको काम अलपत्र परेको हो ।
माहुरीपालनले फेरिँदै चेपाङ बस्ती
प्रताप विष्ट
मौरीपालनको आम्दानीबाट गाँउमा २५ लाख खर्चेर घर बनाए । तीन छोराछोरीलाई पढाइरहेका छन् भने भण्डारा, लोथर र हेटौंडा बजार आउजाउ गर्न मोटरसाइकल पनि किनेका छन् । गाउँमा उनी सामाजिक काम पनि गर्छन् ।
किसानलाई उखु कटान आदेश पाउन गाह्रो
लक्ष्मी साह
बाराका रिलायन्स चिनी मिलले उखु कटान आदेश दिन नसक्दा किसान चिन्तामा परेका छन् । अहिले हिउँदको बेलामा उखु खेतमा पानी सुक्दा मुसाले नोक्सानी गर्नेसँगै घामले सुकेर तौलमा कमी हुन सक्ने भयले किसानलाई मिलसम्म उखु पुर्‍याउन हतारो छ । तर मिलले किसानलाई चाहे जति कटान आदेश (चलान पुर्जी) नदिएपछि किसानको उखु खेतमै थन्किएको छ ।