text stringlengths 2 914 |
|---|
लसुन आयात अस्वाभाविक, भारततर्फ तस्करीको आशंका |
राजु चौधरी |
स्वदेशी उत्पादनमा उत्तारचढाव नआए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लसुनको आयात अस्वाभाविक देखिएको छ । भन्सार विभागको ५ वर्षयताको आयात तथ्यांकअनुसार वार्षिक औसतमा १ अर्ब १५ करोड रुपैयाँको लसुन आयात हुँदै आएको छ । तर गत साउनदेखि मंसिरसम्ममा ६ अर्ब १८ करोडको आयात भएपछि प्रश्न उब्जिएको हो । |
आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । |
ऐन बनेको ६ वर्षपछि उपभोक्ता अदालत गठन |
कान्तिपुर संवाददाता |
सरकारले ऐन जारी भएको ६ वर्षपछि काठमाडौं उपत्यकाका तीन जिल्ला कार्यक्षेत्र रहने गरी उपभोक्ता अदालत गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपभोक्ता अदालत गठनको निर्णय गरेको हो । |
पोखेडाँडामा धमाधम होमस्टे निर्माण |
वीरेन्द्र केसी |
परम्परागत माटोका घरको सामान्य स्वरूप परिवर्तन गरी सन्धिखर्क नगरपालिका–६ नरपानीस्थित पोखेडाँडाका बासिन्दाले धमाधम घरबास (होमस्टे) निर्माण गरिरहेका छन् । उनीहरूले कच्ची घरमा पाहुना राख्ने कोठा, सुधारिएको ओछ्यान, अलग्गै भान्सालगायतका पूर्वाधार निर्माण गरिरहेका छन् । |
कोशी हडतालले लगानी वातावरण प्रभावित भएको निजी क्षेत्रको गुनासो |
कान्तिपुर संवाददाता |
कोशी प्रदेशका विभिन्न जिल्लामा भइरहेको बन्द/हडतालले लगानीमैत्री वातावरण प्रभावित हुने निजी क्षेत्रले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बन्द/हडताल तत्काल रोक्न आग्रह गरेका हुन् । |
अमेरिकी डलरको भाउ घट्यो, अरु कुनको मूल्य कति ? |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । |
माघ २२, २०८१ |
नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने |
कान्तिपुर संवाददाता |
सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्याण्डमा सञ्चालन भइरहेको टु जी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टु जी सेवा बन्द गर्ने योजना रहेको जानकारी दिएको हो । |
नेपाल टेलिकमले सुरु गर्यो 'भ्वाइस ओभर वाइफाई' सेवा |
कान्तिपुर संवाददाता |
नेपाल टेलिकमले मंगलबार आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवाको औपचारिक उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो । |
पाथीभरा केबलकार विवाद : बन्द हडतालले लगानीमैत्री वातावरण बिथोलिने निजी क्षेत्रको धारणा |
कान्तिपुर संवाददाता |
नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणलाई लिएर भइरहेको बन्द हडतालले मुलुकको पूर्वाधार विकासका लगानीमैत्री वातावरण बिथोलिने बताएका छन् । केबलकार परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निजी क्षेत्रले बन्द हडतालका कार्यक्रम तत्काल रोक्नसमेत आग्रह गरेका छन् । |
एआई नियमन परिषद्, एआई केन्द्र, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने सरकारको प्रस्ताव |
सजना बराल |
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न सरकारले 'एआई नियमन परिषद्' गठनको प्रस्ताव अघि सारेको छ । परिषद्सँगै एआईसम्बन्धी मुख्य निकायका रूपमा ‘राष्ट्रिय एआई केन्द्र’ एवं एआईको अध्ययन, अनुसन्धान र विकासका लागि 'एआई एक्सिलेन्स सेन्टर' स्थापना गर्ने नीति सरकारले अवलम्बन गर्न खोजेको छ । |
नेप्से १४.०८ अंकले घट्यो, झण्डै ९ अर्बको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक १४.०८ अंकले घटेको छ । सोमबारको तुलनामा आज ०.५१ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय १५.९१ विन्दुमा ओर्लेको हो । |
सुनचाँदीको मूल्य बढ्यो |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ । |
ग्वार्को ओभरपासमा ठेकेदारले यसकारण रोके काम |
विमल खतिवडा |
कोटेश्वर–कलंकी सडक खण्ड भएर ओहोरदोहोर गर्नेहरू ग्वार्कोमा ट्राफिक जाममा नपरेको दिन हुँदैन । साँझ–बिहान त यो सडक छिचोल्नै हम्मेहम्मे पर्छ । जब ग्वार्कोमा ओभरपास निर्माण थालियो, त्यो दिनबाट यो स्थान अस्तव्यस्त बनेको हो । |
अमेरिकी डलरको भाउ उकालो लाग्यो |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । |
माघ २१, २०८१ |
नेप्से परिसूचक २.४१ अंकले बढ्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक २.४१ अंकले बढेको छ । आज शून्य दशमलव शून्य ८ प्रतिशतले बढेर २७३० विन्दुमा बन्द भएको छ । कुल ९७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३७ कम्पनीको मूल्य घट्यो । आज ८ कम्पनीको मूल्य स्थिर रह्यो । |
इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ |
एजेन्सी |
अमेरिकी 'सरकारी दक्षता विभाग'का निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । |
मल्लरानी गाउँपालिकाद्वारा किसानलाई उत्पादनका आधारमा अनुदान वितरण |
शमशेरविक्रम जीसी |
प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । |
सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् । सोमबार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका छन् । |
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन |
रासस |
गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । |
सामाजिक सञ्जाल प्लाटफर्महरूलाई नेपालमा सूचीकृत हुन सरकारको पुन: आग्रह |
कान्तिपुर संवाददाता |
फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न सरकारले पुन: सूचना जारी गरेको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ती तोक्न भनिएको छ । |
कृषिमा आधुनिकीकरण गर्न जरूरी छ : सञ्चारमन्त्री |
रासस |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् । |
काउली बिक्री नहुँदा किसान चिन्तित |
ज्योती श्रेष्ठ |
पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीममा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दा समेत बिक्री नभएर कुहिन थालेपछि उनी बिलखबन्दमा परेका छन् । |
काम छाडेर हिँडे ग्वार्को फ्लाइओभरका ठेकेदार |
विमल खतिवडा |
कोटेश्वर–कलंकी सडक खण्ड भएर ओहोरदोहोर गर्नेहरू ग्वार्कोमा ट्राफिक जाममा नपरेको दिन हुँदैन । साँझ–बिहान त यो सडक छिचोल्न हम्मेहम्मे पर्छ । जब ग्वार्कोमा फ्लाइओभर निर्माण थालियो, त्यो दिनबाट उक्त स्थान अस्तव्यस्त बनेको हो । |
अमेरिकी डलरको भाउ स्थिर, अरू कुनको कति ? |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । |
विदेशी मुद्रा सञ्चितिमा २९ महिनादेखि कीर्तिमान |
यज्ञ बञ्जाडे |
मुलुको विदेशी मुद्रा सञ्चितिले गएको २९ महिना (करिब साढे २ वर्ष) देखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । वृद्धिदरमा कमी आए पनि रेमिट्यान्स बढिरहेको, अघिल्ला महिनामा आयात अपेक्षित रूपमा बढ्न नसकेको, पर्यटनलगायत क्षेत्र विस्तार सुध्रिँदै गएकोलगायत कारण झन्डै साढे दुई वर्षदेखि विदेशी मुद्रा सञ्चितिले हरेक महिना कीर्तिमानी बनाउँदै आएको छ । |
लिपिङ खोलामा बन्न थाल्यो बेलिब्रिज |
अनिश तिवारी |
गत असोजको बाढीले बगाएको चीन जोड्ने तातोपानी नाकाको लिपिङ खोलामा आइतबारबाट बेलिब्रिज जडान सुरु गरिएको छ । दुवैपट्टिको भागमा शनिबारदेखि जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जनाए । |
प्राधिकरण विभाजन विधेयक संसद्मा, अब नियामक र सेवाप्रदायक बेग्लाबेग्लै |
सुरज कुँवर |
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नेसम्बन्धी दुई विधेयक सरकारले आइतबार प्रतिनिधिसभामा दर्ता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संसद्मा ‘नेपाल हवाई सेवा प्राधिकरण ऐन २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०८१’ दर्ता गराएका छन् । |
३२ संस्थालाई करोडौं कृषि अनुदान, धेरैबाट दुरुपयोग |
राजु चौधरी , मनोज पौडेल , घनश्याम गौतम , माधव अर्याल , रूपा गहतराज , पर्वत पोर्तेल , ज्योती श्रेष्ठ , रमेशकुमार पौडेल |
सरकारले ३२ संस्थालाई एक करोड रुपैयाँभन्दा बढी कृषि अनुदान दिएको छ । तर त्यो अनुदान कति प्रभावकारी छ, सदुपयोग भएको छ कि छैन, सरकार त्यति जानकार छैन । सर्वसाधारण उपभोक्ताले त्यसको लाभ लिएका छन् कि छैनन्, यसमा पनि सरकारलाई बेखबर जस्तै छ । |
माघ २०, २०८१ |
निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताएका छन् । महिला आर्थिक पत्रकार संघ फेजाले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताए । |
छ महिनामा पौने ३ खर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको छ महिनामा मात्र विदेशी मुद्रा (विनिमय) सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । योसँगै गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । |
छ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो |
कान्तिपुर संवाददाता |
चलु आर्थिक वर्षको पहिलो ६ महिनामा सात खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । |
औसत बजार भाउ ५.४१ प्रतिशत, तरकारी सबैभन्दा महँगो |
कान्तिपुर संवाददाता |
गत पुसमा औसत बजार भाउ (उपभोक्ता मुद्रास्फीति) ५.४१ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो भाउ ५.२६ प्रतिशत रहेको थियो । पछिल्ला केही महिनायता सामान्य दरमा भए पनि बजार मूल्य उकालो लागिरहेको छ । सोही क्रममा गत पुसमा ५.४१ प्रतिशत पुगेको हो । |
६९.८० अंकले बढ्यो नेप्से |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.