text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेको छ । आज २ दशमलव ६२ प्रतिशतले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ । |
निस्दीको अदुवा र सिमी युरोपका भान्छामा |
माधव अर्याल |
निस्दी गाउँपालिका–५ गल्धाका किसानले उत्पादन गरेको अदुवा र सिमी युरोपका बजारमा निकासी भएको छ । दुई वर्ष अघिदेखि अदुवाका सुकेका चाना निकासी हुँदै आएको छ । यसवर्ष काँचो अदुवासमेत निकासी भएको हो । यसवर्ष थप अदुवाको चाना र सेतो सिमी निकासीको तयारी छ । |
मनकामनामा ४० वर्षदेखि फूल बेचिरहेकी नानीकुमारी |
हरिराम उप्रेती |
बारीभरि फुलेका लालुपाते टिप्न यतिखेर सहिदलखन–२ मनकामनाकी नानीकुमारी थापालाई भ्याइनभ्याइ छ । झिसमिसेमै बारी छिरेर नानीकुमारीले फूल टिपेर मनकामनाको बजार पठाउँछिन् । फूल बिक्री गर्न श्रीमान् एकराज थापालाई मनकामना बजार पठाउने र आफू गोडमेलमा लाग्ने उनको दैनिकी छ । |
पैसा धेरै भएपछि आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
सुनको मूल्य स्थिर, चाँदीको घट्यो |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ । |
सरकारले दियो ब्याज अनुदानको साढे ५ अर्ब, ऋणीले अझै पाउँदैनन् सस्तो ऋण |
कान्तिपुर संवाददाता |
सरकारले ब्याज अनुदानबापत करिब साढे ५ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकलाई भुक्तानी गरेको छ । सहुलियत कर्जामा ब्याज अनुदानबापत सरकारले तिर्नुपर्ने दायित्वमध्ये अहिले साढे ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले भुक्तानी दिएको हो । |
सार्वजनिक सेवा लिन बाधा नपुग्ने गरी राष्ट्रिय परिचयपत्र लागू गर्न सर्वोच्चको परमादेश |
ऋषिराम पौड्याल |
सर्वोच्च अदालतको पूर्ण इजालसले राष्ट्रिय परिचयपत्रको अभावमा नागरिकले सार्वजनिक सेवामा झन्झट बेहोर्नु नपर्ने व्यवस्था मिलाउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । |
आईएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल |
कान्तिपुर संवाददाता |
आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवासुविधा उपलब्ध हुने होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । |
टेन्डर नपर्दा दुई करोडका काठ कुहिँदै |
माधव अर्याल |
माथागढी गाउँपालिका–५ र ६ का विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा कालीगण्डकी विद्युत् प्रसारण लाइन बनाउँदा काटिएका काठ कुहिने अवस्थामा पुगेका छन् । दुई करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने काठ डिभिजन वन कार्यालयले पटक–पटक बिक्रीका लागि सूचना प्रकाशन गर्दासमेत टेन्डर नपरेपछि कुहिने अवस्था आएको हो । |
भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान |
कान्तिपुर संवाददाता |
भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । |
अर्गानिक वस्तुको व्यापारमा जमिरहेका अर्जुन |
डीबी बुढा |
तिला गाउँपालिका–१ का अर्जुन बुढा सात वर्षपहिले घरको तीन लाख रुपैयाँले अर्गानिक उत्पादनको खरिदबिक्री सुरु गर्दा अन्योलमा थिए । बाहिरबाट आउने खाद्यान्नले अर्गानिक कृषि वस्तुको व्यवसायमा असर पुर्याउनेदेखि किसानले समेत रैथानेबाली लगाउन छडिरहेको अवस्थाले उनलाई पिरोलिरहेको थियो । |
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । |
माघ १९, २०८१ |
भारतीय बजेट : ऊर्जा क्षेत्रका सरकारी संस्थाको बजेटमा उल्लेख्य वृद्धि |
कान्तिपुर संवाददाता |
भारतले सरकारी स्वामित्वका ऊर्जासम्बन्धी ९ संस्थाको बजेट करिब २१ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु ८६१ अर्ब ३८ करोड विनियोजन गरिएको छ । |
अमेरिकी सरकारी निकायको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासन प्रयत्नमा मस्क |
एजेन्सी |
अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले वरिष्ठ पदका सरकारी कर्मचारीहरूलाई कार्यालयको कम्प्युटर प्रणलीमा पहुँच रोकिदिएको पाइएको छ । रोयर्टसका अनुसार मस्कका सहयोगीहरूले अमेरिकी संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामति किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो । |
प्रणय दिवसमा ४ लाख २५ हजार गुलाब खपत हुने अनुमान |
कान्तिपुर संवाददाता |
यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) मा ४ लाख २५ हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । फ्लोरीकल्चर एसोसिएसनका अनुसार काठमाडौं उपत्यकाभित्र २ लाख ५५ हजार स्टिक र उपत्यका बाहिर १ लाख ७० हजार खपत हुनेछ । फेब्रुअरी ७ मा राेज डे मनाउँदै सुरु हुने 'भ्यालेनटाइन विक' फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाउँदै सकिनेछ । |
भारतद्वारा ७ सय करोड भारु अनुदानको घोषणा |
कान्तिपुर संवाददाता |
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । |
सदनमा नागरिक एपदेखि क्रिप्टोको चर्चा |
सजना बराल |
नागरिक एपदेखि क्रिप्टोकरेन्सीजस्ता सूचना प्रविधिसम्बन्धी विषयले शुक्रबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै राम्रै चर्चा पाए । |
पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया कहाँ पुग्यो, कति सम्भव ? |
राजु चौधरी |
२०६० कात्तिक २४ मा सरकारले एउटा निर्णय गर्यो– ‘नेपालभर चल्ने सवारीसाधनमा प्रयोग हुने पेट्रोलमा २०६० माघ १ देखि अनिवार्य १० प्रतिशत इथानोल समिश्रण गरी त्यसलाई वातावरणमैत्री इन्धनका रूपमा विकास गर्ने ।’ |
भूमिगत वितरण प्रणालीबाट पोखरामा विद्युत् आपूर्ति |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सकिएको क्षेत्रका ग्राहकलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको हो । |
ललितपुरमा रोयल टुलिप काठमाडौं होटल |
कान्तिपुर संवाददाता |
धेरैजसो तारे होटल काठमाडौं केन्द्रित छन् । यस्तो लाग्छ, पछिल्ला केही वर्षयता यस्ता होटल खोल्न प्रतिस्पर्धा नै छ । भक्तपुर र ललितपुरमा भने ठूला लगानीका होटल कमै निर्माण गरिएका छन् । |
भुक्तानी दिन नसक्दा पुल निर्माण अधुरै |
कान्तिपुर संवाददाता |
गएको मंसिर अन्तिम साता थलारा गाउँपालिका–१ का २५ वर्षीय टेक गिरी केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट घर फर्किंदै थिए । केदारस्युँ र थलारा गाउँपालिका जोड्ने सेती नदीको साँघु तर्दै गर्दा असन्तुलित भएर उनी नदीमा खसे । २३ दिनपछि डोटी जिल्लाको बोरीबगरमा उनको शव भेटियो । |
जीआईजेडको ६ मिलियन युरो सहयोग |
कान्तिपुर संवाददाता |
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयनपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था (जीआईजेड नेपाल) बीच सम्झौता भएको छ । |
माघ १८, २०८१ |
फेरि बढ्यो इन्धनको मूल्य |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ । |
९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी |
कान्तिपुर संवाददाता |
९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो । |
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति |
कान्तिपुर संवाददाता |
संघीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । |
भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । |
सुनचाँदीको मूल्य बढ्यो |
कान्तिपुर संवाददाता |
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ । |
तरकारीको मूल्य कालीमाटीमा घट्यो, सर्वसाधारणलाई पहिलेकै मूल्य |
राजु चौधरी |
उत्पादनको सिजनसँगै होलसेल बजारमा हरियो तरकारीको भाउ घटेको छ । एक महिनामा प्रायः सबै तरकारीको भाउ घटेको छ । तरकारीको मूल्य ७८ प्रतिशतसम्म घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । |
नयाँ स्टक एक्सचेन्जबारे बोर्डले थाल्यो छलफल, लाइसेन्सबारे निर्णय भएन |
यज्ञ बञ्जाडे |
विवादका कारण लामो समयसम्म स्थगित रहेको निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा छलफल भएको छ । गत मंगलबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेतृत्व सम्हालेपछि पहिलो पटक नयाँ स्टक एक्सचेन्जको विषयमा औपचारिक रूपमै छलफल भएको हो । |
सुन्तलाको उत्पादन घट्यो, बजार मूल्य बढ्यो |
प्रकाश बराल |
बागलुङको सिगानास्थित गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का यो वर्ष उत्साही बन्न सकेनन् । सोचे जति सुन्तला भित्र्याउन नपाएर उनी निराश भएका हुन् । बारीमा लगाएको २ सय २५ बिरुवाबाट उनले ६ लाख कमाउने योजना बनाएका थिए । तर कमाइ ५ लाखमा सीमित भयो । |
पुराना पुलमा ओभरलोडको भार |
नवीन पौडेल |
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको (ट्रस्ट ब्रिज) पुल पुस २५ मा भासियो । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भासिएको हो । |
नुवाकोटबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान |
कान्तिपुर संवाददाता |
नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान गरिएको छ । यतिबेला स्ट्रबेरी टिप्ने र बजारमा पुर्याउने काम भइरहेको ककनीका २८ वर्षीय छेसाङ तामाङले बताए । |
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.