text
stringlengths
2
914
माघ १७, २०८१
सामूहिक प्याज खेती गर्दै नवलपुरका किसान
नवीन पौडेल
पूर्वी नवलपरासीका किसानले सामूहिक प्याज खेती गर्न थालेका छन् । जिल्लाको कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकामा १५ वटा किसान समूहले सामूहिक प्याज खेती गरेका छन् ।
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
रासस
नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
अर्थतन्त्रका समस्या सरकारले किस्ता-किस्तामा समाधान गरिरहेको छ : उपप्रधानमन्त्री पौडैल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई किस्ता-किस्तामा समाधान गरी रहेको बताएका छन् ।
एआईले मानिसलाई निकम्मा बनाउन सक्दैन : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विज्ञान र प्रविधिको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उचित उपयोग गर्नुपर्ने बताएका छन् । एआईले मानिसलाई निकम्मा बनाउँछ भन्नेमा सत्यता नरहेकामा पनि उनले जोड दिएका छन् ।
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।
चौथो पटक म्याद थप्दा पनि बनिसकेन संसद् भवन
विमल खतिवडा , तस्बिर : अंगद ढकाल
सिंहदरबार परिसरको एक छेउको १ सय ७२ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबै मन्त्रालय यहीँ वरपर छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म दिनदिनै ओहोरदोहोर गरिरहेका हुन्छन् । पाँच तलासम्मका भवन ठडिइसकेकाले निर्माणाधीन संसद् भवनमा सायदै मात्र सरोकारवाला निकायका आँखा नपुग्लान् ।
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
रासस
बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
सहकारी प्राधिकरणले काम थाल्यो, कहिले पाउँछन् पीडितले पैसा ?
यज्ञ बञ्जाडे
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमनका लागि स्थापना गर्ने भनिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले औपचारिक काम थालेसँगै बचतकर्ताले कहिले पैसा फिर्ता पाउँछन् भन्ने प्रश्न उठेको छ । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले गत पुसमा अध्यादेश जारी गरेको थियो ।
बेलडाँडीमा गुड उत्पादन गर्न भ्याइनभ्याइ
भवानी भट्ट
कतै उखु तौलिँदै छ, कतै पेलिँदै छ । उखु पेलेर आएको जुसलाई ठूल्ठूला कराहीमा उमालिन्छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिका–२ चौवन्नीमा रहेको एउटा गुड उद्योगमा हिजोआज यस्तै व्यस्तता छ ।
उखु खेतीमा फर्किए रामपुरका युवा
माधव अर्याल
रामपुर नगरपालिका–५ मटेरीका सुरज गौतमले १५ रोपनीमा उखु खेती गरेका छन् । सानो छँदा लेकबेंसीका बस्तीका बारीमा उखु खेती देखेका गौतमले केही वर्षयता मासिँदै गएको भेटाए । उखु खेती गर्दा धेरै दुःख गर्नु पर्दैन । तर पनि किन छाडे, उखु खेती भन्ने उनमा भयो । ‘मलाई उखु खेती किन गर्न छाडे भन्ने जिज्ञासा लाग्यो,’ उनले भने, ‘त्यसपछि अध्ययन गर्दै जाँदा आफैंलाई खेती गर्न मन लाग्यो ।’
चेपाङ गाउँमा ‘कृषि एम्बुलेन्स’
रमेशकुमार पौडेल
हपनीका ५० वर्षीय मुनाराम चेपाङ टर्च बालेर बिहान सबेरै तरकारी मिलाउँदै थिए । एम्बुलेन्स गाउँको उपल्लो भेगबाट झर्दै थियो । त्यसैले उनी हतारमा थिए । क्रेटमा राखेका थिए टमाटर अनि बोरामा थिए हरियो केराउका कोसा र रायको राम्रो साग । यी तरकारी उनी त्यही एम्बुलेन्समा लोड गर्दै थिए । घाम नझुल्कँदै उनको गाउँ आइपुग्ने एम्बुलेन्स बिरामी बोक्ने हैन कि फलफूल तरकारी बोक्ने ‘कृषि एम्बुलेन्स’ हो ।
कांग्रेसले गर्‍यो 'स्टार्टअप र साना तथा मझौला सम्मेलन’
कान्तिपुर संवाददाता
सत्तारूढ दल कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार कांग्रेसले सम्मेलन गरेको हो ।
माघ १६, २०८१
मुकेश अम्बानीले एनभिडियासँग मिलेर विश्वकै ठूलो डेटा सेन्टर बनाउने
एजेन्सी
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष एवं भारतीय खर्बपती मुकेश अम्बानीले विश्वकै ठूलो एआई डेटा सेन्टर निर्माण गर्ने भएका छन् ।‍ अमेरिकी चिप निर्माता एनभिडियासँगको साझेदारीमा अम्बानीले गुजरातको जामनगरमा विशाल डेटा सेन्टर बनाउन लागेको ब्लुमबर्गले जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा भारतको प्रवेशलाई यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने अनुमान गरिएको छ ।
‘सरकारको ‘सपोर्ट बिना’ स्टार्टअपले गति लिन सक्दैन’
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सपोर्ट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ थियो ।
‘ब्रेक थ्रु’ पछि पनि सुरुङ सञ्चालन हुन १ देखि ३ वर्ष
विमल खतिवडा
हामीलाई लाग्न सक्छ, सुरुङको ‘ब्रेक थ्रु’ भइसकेपछि सञ्चालनमा आउन धेरै समय लाग्दैन । तर विज्ञ भन्छन्, ‘ब्रेक थ्रु’ भनेको प्रारम्भिक निर्माण मात्र हो । त्यसपछि गर्नुपर्ने काम धेरै हुन्छ । यसको एउटा उदाहरण हो– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना । यो सुरुङको ‘ब्रेक थ्रु’ गत वैशाख ३ मा भएको हो । अहिलेसम्म सुरुङभित्रको काम सकिएको छैन, जसले सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
उत्पादन नबढ्दा गहुँमा पनि भारतकै भर
राजु चौधरी
स्वदेशी उत्पादनले तीन महिना मात्रै पुगेपछि सरकारले भारतबाट २ लाख टन गहुँ आयात गर्ने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९० हजार टन, उद्योग विभागले १ लाख टन र साल्ट ट्रेडिङले १० हजार टन आयात गर्ने भएको हो ।
चिसापानी-मंगलसेन सडक ५८ वर्षमा पूरा हुने आस
मेनुका ढुंगाना
अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडकको अवधारणा ल्याएर २०२४ चैत २४ मा सोही बाटोबाट सदरमुकाम मंगलसेनसम्म जिप बोकेर पुर्‍याए । करिब ५७ वर्षअघि तराईसँग जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति पनि बनेका भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्‍याएका थिए ।
सडक सञ्जालमा जोडियो खाँदबारी–किमाथांका
दीपेन्द्र शाक्य
भोटखोला गाउँपालिका–२ लिंगमका पेंङनुर्बु भोटेलाई खाँदबारीबाट घर पुग्न ३ दिन हिँड्न पर्थ्यो । सोमबार खाँदबारी–किमाथांकासम्म सडकको ट्र्याक खोल्ने काम सकिएको घोषणा हुँदा उनी निकै खुसी देखिन्थे । ‘भोटखोलावासीलाई सदरमुकाम खाँदबारीबाट घरसम्म पुग्न कम्तीमा ३ दिन हिँड्नै पर्थ्यो,’ उनले भने, ‘अब गाडी चढेर घरसम्म पुग्न सजिलो हुने भयो ।’
अमेरिकी डलरको भाउ आज पनि बढ्यो, अरु कुनको कति ?
रासस
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ ।
सुन्तला बेचेरै बर्सेनि ४० लाख आम्दानी
प्रकाश बराल
१९९७ सालमा हजुरबाले रोपेका ५ वटा सुन्तलाका बोट थिए । निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले २०३३ सालमा बारीमा २५ वटा बिरुवा थपे । त्यसले ५ वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर चिया र नुनतेल किन्ने पैसा आयो ।
माघ १५, २०८१
स्वच्छ ऊर्जा रूपान्तरणका लागि सातबुँदे घोषणापत्र
कान्तिपुर संवाददाता
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ । सम्मेलनले दिगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताका लागि सातबुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गरेको हो ।
उखु किसानको १२ करोड रुपैयाँ तत्काल भुक्तानी दिन पालिकाद्वारा पत्राचार
नवीन पौडेल
इन्दिरा सुगर मिलले समयमै उखु किसानको बक्यौता रकम नदिएपछि प्रतापपुर गाउँपालिकाले तत्काल भुक्तानी दिन पत्राचार गरेको छ ।
लाइसेन्स नलिई सामाजिक सञ्जाल चलाएमा सरकारले प्लाटफर्म बन्द गरिदिने
कान्तिपुर संवाददाता
नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । सोमबार राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ ।
कमलबजार–दैलेख ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो
तुलाराम पाण्डे
गाउँमा विद्युत् बाल्न पाउनुपर्ने माग राख्दै अछामतर्फका स्थानीयले अवरुद्ध गरेको विद्युत् विस्तारको काम सोमबारदेखि सुचारु भएको छ । अछामका स्थानीयको मागअनुसार विद्युत‍्का पोल, तार र टान्सफर्मर गाउँमा पुगेपछि स्थानीयले लाइन तान्ने काम सुचारु गर्न दिएका हुन् ।
२४.५० अंकले बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २४.५० अंकले बढेको छ । आज शून्य दशमलव ९३ प्रतिशतले बढेर नेप्से २६५७.७७ विन्दुमा बन्द भएको हो ।
शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । मन्त्री खड्काले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, निर्यात र प्रवर्द्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको मार्गमा सरकार अघि बढिरहेको बताए ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
कान्तिपुर संवाददाता
स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।
गुगलदेखि मेटासम्मले नेपालमा तिरे साढे ४१ करोड कर
सजना बराल
माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।
रातारात चर्चित बन्दै चिनियाँ च्याटबट ‘डिपसिक एआई’
कान्तिपुर संवाददाता
अमेरिकामा यति बेला चिनियाँ एआई स्टार्टअप कम्पनी ‘डिपसिक’ को चर्चा यति धेरै छ, यसले अमेरिकी प्रविधि कम्पनीहरूको सेयर बजार नै प्रभावित पारिरहेको छ । उन्नत एआई मोडलहरू विकास गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टारगेट’ नामक डेटा सेन्टर परियोजना स्थापना गर्ने घोषणा गरिरहँदा प्रयोगकर्ताहरू भने चिनियाँ च्याटबट डाउनलोड गर्नतिर लागेका छन् ।
ट्रम्पको आदेशले एमसीए नेपालका कार्यक्रम प्रभावित नहुने
यज्ञ बञ्जाडे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल कार्यक्रम प्रभावित नहुने भएको छ ।
सम्पत्ति शुद्धीकरणविरुद्धको कारबाही प्रभावकारी नहुँदा 'ग्रे लिस्ट’ को जोखिम
ऋषिराम पौड्याल
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी पालना हुन नसक्दा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स –एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा पर्ने जोखिम उच्च देखिएको सरोकारवालाले बताएका छन् ।
त्रिभुवन विमानस्थल ८ घण्टा बन्द हुने
सुरज कुँवर
पूर्वाधार विस्तारका कारण गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि १६ घण्टा सञ्चालन हुने भएको छ । यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्नेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य