text
stringlengths
2
914
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ ।
माघ १४, २०८१
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थाल्यो काम
कान्तिपुर संवाददाता
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमनका लागि स्थापना गर्ने भनिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले औपचारिक रूपमा काम थालेको छ ।
विद्युत्‌को बजार सुनिश्चित छ, जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : उर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्‌को बजार सुनिश्चित भएको भन्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ‘रेमिट हाइड्रो लिमिटेड’ ले ताप्लेजुङको घुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको घुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा मन्त्री खड्काले उत्पादित जलविद्युत्‌को बजार सुनिश्चित रहेको बताएका हुन् ।
बिमा कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै विभाग स्थापना गर्न निर्देशन
कान्तिपुर संवाददाता
बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै विभाग स्थापना गर्न निर्देशन दिएका छन् । बिमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बिमा प्राधिकरणमा छुट्टै विभाग स्थापना गरिसकेको र अब कम्पनीले पनि यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न अध्यक्ष दहालले निर्देशन दिएका हुन् ।
अमेरिकी अनुदानका कार्यक्रम स्थगित गर्न अर्थ मन्त्रालयको निर्देशन
कान्तिपुर संवाददाता
अमेरिकी अनुदानमा सञ्चालनमा रहेका कार्यक्रमहरू स्थगित गर्न अर्थ मन्त्रालयले सरोकारवालाहरुलाई निर्देशन दिएको छ । सम्बन्धित सबै सरोकारवालाहरुलाई उक्त निर्देशन जारी भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए ।
सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट' बाट नेपाल तत्काल निस्कन सक्ने ठाउँ छ : गभर्नर अधिकारी
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन
कान्तिपुर संवाददाता
सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ ।
नेप्से १०.६१ अंकले घट्यो, झण्डै ९ अर्बको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १०.६१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३३.३२ विन्दुमा उक्लेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको छ ।
काठमाडौं विमानस्थल शनिबारदेखि ८ घन्टामात्र बन्द हुने
सुरज कुँवर
पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार (१९, माघ) देखि राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने भएको छ ।
पाल्पा रामपुर नगरपालिकाका युवा फर्किए उखु खेतीमा
माधव अर्याल
रामपुर नगरपालिका–५ मटेरीका युवा सुरज गौतमले १५ रोपनी बारीमा उखु खेती गरेका छन् । सानो छँदा लेक र बेँसीका बस्तीका बारीमा उखु खेती देखेका गौतमले केही वर्षयता मासिँदै गएको भेटाए । उखु खेती गर्दा धेरै दुःख गर्नु पर्दैन । तर पनि किन छाडे, उखु खेती भन्ने उनमा भयो ।
सुनको मूल्यमा सामान्य गिरावट
कान्तिपुर संवाददाता
सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कैद सजायको प्रस्तावसहित समितिले पारित गर्‍यो ई-कमर्स विधेयक
सजना बराल
ई–कमर्स व्यवसायीहरूले आफ्ना दायित्व पूरा नगरे वा दायित्व उल्लंघन हुने काम गरे कसुरको मात्रा हेरी ६ महिनादेखि ३ वर्षसम्म कैद सजायको प्रस्तावसहित विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको छ ।
निकुञ्ज र आरक्ष क्षेत्रका २० हजार मेगावाटका विद्युत् आयोजनाको भविष्य अन्योलमा
कान्तिपुर संवाददाता
सरकारले तेस्रो लगानी सम्मेलनका अवसरमा अध्यादेशमार्फत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ संशोधनलाई सर्वोच्च अदालतले माघ २ मा खारेज गरेसँगै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, आरक्ष, मध्यवर्ती क्षेत्र र यसका सिमानामा रहेका आयोजनाको भविष्य अन्योलमा परेको छ ।
लार्के जोड्ने सडकको पाङसिङसम्म खुल्यो ट्र्याक
हरिराम उप्रेती
चीन सीमा क्षेत्र लार्के जोड्ने सडकको चुमनुब्री गाउँपालिका–३ पाङसिङसम्म ट्र्याक खुलेको छ । बेनीघाट–आरुघाट लार्के सडकअन्तर्गत हावाडाँडाबाट काम सुरु गरेको नेपाली सेनाले ३६ किलोमिटर ट्र्याक खोलिसकेको छ ।
पर्वतारोहीलाई सरकारले सामाजिक सुरक्षाको व्यवस्था गर्छ : पर्यटनमन्त्री पाण्डे
रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।
घुन्सा खोला जलविद्युत्‌का लागि जुट्यो लगानी
रासस
वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।
‘वित्तीय क्षेत्रका समस्या पहिचान गर्न निर्देशन’
कान्तिपुर संवाददाता
नेपालको बैंकिङ क्षेत्रका वास्तविक समस्या पहिचान गर्न नीति निर्माताहरूले सरोकारवालालाई आग्रह गरेका छन् । ब्याजदर धेरै तल झरिसक्दा पनि लामो समयदेखि कर्जा माग बढ्न नसकेको, खराब कर्जा बढिरहेको, नाफा घटेकोलगायत समस्याका कारण बैंक तथा वित्तीय संस्था दबाबमा रहेको बेला उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलगायतले वित्तीय क्षेत्रको वास्तविक समस्या पत्ता लगाउन राष्ट्र बैंक, बिमा प्राधिकरण, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतलाई निर्देशनसमेत दिए ।
अमेरिकी डलरको भाउ स्थिर, अरु कुनको मूल्य कति ?
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ ।
माघ १३, २०८१
सुरुङ मार्ग ‘ब्रेक थ्रु’ : अब कहिले आउला त संचालनमा ?
विमल खतिवडा
सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’पछि अब यो कहिले संचालनमा आउला त भन्ने कौतूहल बढेको छ । ‘ब्रेक थ्रु’ को मतलव निर्माणको सबै काम सकियो भन्ने होइन । मुख्य सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटरमात्रै बाँकी राखिएमा सो काम मात्रै शुक्रबार पूरा भएको हो ।
वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
पछिल्ला महिनाहरुमा वित्तीय क्षेत्रमा देखिएको समस्याको समाधान खोज्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न उनले निर्देशन दिएका हुन् ।
नेप्से परिसूचक १०.४१ अंकले घटयो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १०.४१ अंकले घटेको । आज शून्य दशमलव ३९ प्रतिशतले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको छ ।
नेपालबाट पौने २ अर्बको छुर्पी निर्यात, कुन-कुन मुलुकमा पुग्छ ?
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको हो ।
सरकारी कार्यालयका कम्प्युटरमा कुनै पनि गेम इन्स्टल नगर्न र नखेल्न साइबर सुरक्षा केन्द्रको सुझाव
कान्तिपुर संवाददाता
साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई कार्यालयका डिभाइसमा गेम इन्स्टल नगर्न र नखेल्न भनिएको हो ।
सरकारले ल्याएका अध्यादेशप्रति निजी क्षेत्र सकारात्मक छ : उपप्रधानमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशको बचाउ गर्दै सरकारले अध्यादेशका माध्यमबाट कानून संशोधन गरेर अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न चाहेको बताएका छन् ।
राष्ट्र बैंकले आज फेरि ४० अर्ब झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
उपलब्धिबिनै ६ वर्षदेखि चलिरहेको पानीजहाज कार्यालय
विमल खतिवडा
२०७५ फागुन २ को दिउँसो ललितपुरको एकान्तकुनामा तामझाम थियो । त्यो तामझाम अरू केहीका लागि थिएन, नेपाल पानीजहाज कार्यालय उद्घाटनको थियो । उद्घाटनमा थिए, प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।
मुगु कर्णाली र किमाथांका अरुण : संसदीय समितिले बोलायो ऊर्जामन्त्री र सचिव
कान्तिपुर संवाददाता
मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् आयोजनामा वित्तीय साझेदारीका लागि अघि बढाइएको प्रक्रियाविरुद्ध परेको उजुरीका आधारमा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले ऊर्जामन्त्री दीपक खड्का, ऊर्जा सचिव सुरेश आचार्य लगायतलाई आगामी बुधबार बैठकमा बोलाएको छ ।
सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु
भवानी भट्ट
दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका लागि भारत सरकारले ठेक्का पक्रिया अघि बढाएको छ । भारतको परराष्ट्र मन्त्रालयले एक महिनाको समय तोकेर जनवरी ४ मा ठेक्का आह्वान गरेको हो ।
माघ १२, २०८१
६ महिनामा १ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ३७ करोड ९० लाख ६६ हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २२ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात घटेको भन्सार विभागले जनाएको छ ।
आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ ।
विमानस्थलछेउ खुल्यो चारतारे ‘बेस्ट वेस्टर्न प्लस’
विवेक पोख्रेल
अमेरिकी ब्रान्डसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई छेउ पारेर काठमाडौंको पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा आएको छ । ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथको मन्दिरनजिकै रहेको यो होटल विमानस्थल र धार्मिक एवं पर्यटकीय स्थल गौशालाबाट नजिक पर्छ ।
राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा ५६ मुद्दा दायर
ऋषिराम पौड्याल
राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागले चालु वर्षको ६ महिनामा राजस्व २ अर्ब ८८ करोड ३६ लाख ८६ हजार ५ सय ६९ रुपैयाँको मागदाबीसहित विभिन्न जिल्ला र उच्च अदालतमा ५६ वटा मुद्दा दायर गरेको छ ।
अझै गरिएन ग्यास विक्रेता प्रमाणीकरण
राजु चौधरी