text
stringlengths
2
914
गत साउनमा नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघसहितको बैठकले ग्यास कारोबार व्यवस्थित गर्न तीन निर्णय गर्‍यो । निर्णयमा भनिएको थियो- ग्यास विक्रेता प्रमाणीकरण मंसिर १ देखि अनिवार्य लागू गर्ने ।
४५ वर्षपछि विस्तार हुँदै बुटवल-गोरुसिंगे सडक
घनश्याम गौतम
५ वर्षपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे ५० किलोमिटर सडक विस्तार सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बुटवलदेखि गोरुसिंगे सडक विस्तारको भर्चुअल माध्यमबाट बुटवल–१३ जितगढीमा शिलान्यास गरे । शिलान्याससँगै विस्तारको काम सुरु भएको आयोजनाले जनाएको छ ।
माघ ११, २०८१
बिमा प्राधिकरणका अध्यक्षका लागि १२ जनाको आवेदन
कान्तिपुर संवाददाता
नेपाल बिमा प्राधिकरणको रिक्त रहेको अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ । यसअघिका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वत: निलम्बन भएका थिए ।
राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा पौने तीन अर्बभन्दा बढीको मागदाबीसहित ५६ वटा मुद्दा दायर
ऋषिराम पौड्याल
राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागले चालु वर्षको ६ महिनामा राजस्व २ अर्ब ८८ करोड ३६ लाख ८६ हजार ५ सय ६९ रुपैयाँको माग दाबीसहित विभिन्न जिल्ला र उच्च अदालतमा ५६ वटा मुद्दा दायर गरेको छ ।
बगाएको बीपी राजमार्ग बनाउन छैन बजेट
विमल खतिवडा
बीपी राजमार्गमा केही समस्या आउनसाथ सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशलाई खबर आइहाल्छ । गत असोजमा बाढीले उक्त राजमार्गको विभिन्न खण्डमा क्षति पुर्‍याएपछि सवारी आवागमन अस्तव्यस्त बनेसँगै उनलाई गुनासो सुनाउने बढेका छन् ।
साइबर अपराधका उजुरी मानवअधिकार आयोगमा आउन थाले : सचिव खरेल
कान्तिपुर संवाददाता
पछिल्लो समय राष्ट्रिय मानवअधिकार आयोगमा साइबर अपराधका उजुरीहरू आउन थालेको सचिव मुरारि प्रसाद खरेलले बताएका छन् । उनका अनुसार यस्ता उजुरीको संख्या बढ्दो र भयावह छ । आयोगले पहिला ‘अफलाइन’का विषय मात्रै हेर्ने गरेकोमा अब डिजिटल प्लाटफर्ममा भएका मानवअधिकार उल्लंघनका विषय पनि अनुगमन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
चितवन निकुञ्ज घुम्ने नेपाली घटे, विदेशी थोरै बढे
रमेशकुमार पौडेल
गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या तीन लाख नाघेको थियो । यो आर्थिक वर्षको अवस्था सन्तोषजनक छैन । आर्थिक वर्षको आधा अवधि सकिँदा गत वर्षको तुलनामा निकुञ्ज घुम्ने पर्यटकको संख्या घटेको पाइएको छ ।
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
धुलो र खाल्डाले बीपी राजमार्गमा सास्ती
ज्योती श्रेष्ठ
बनेपाबाट कर्मचारी लिएर मंगलटारको एक कार्यक्रमका लागि हिँडेका बनेपाका सरोज खत्री निर्धारित समयभन्दा दुई घण्टा ढिलो कार्यक्रममा पुगे । कारण थियो, बीपी राजमार्गस्थित नार्के–मंगलटार सडक खण्डमा गाडी बिग्रिएकाले बिहान ३ : ३० बजेदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा अवरुद्ध भयो ।
सडक सञ्जालमा जोडिँदै हिमाल पारीको लप्ची
केदार शिवाकोटी
चीनसँग सीमा जोडएको हिमालपारीको गाउँ लप्ची सडक सञ्जालमा जोडिने भएको छ । सरकारले उत्तर–दक्षिण लोकमार्गको स्रोत सुनिश्चत गरेसँगै लप्ची सडक सञ्जालमा जाडिन लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले लोकमार्गका लागि बहुवर्षीय ठेक्का लगाउन २० करोड रुपैयाँ स्रोत सुनिश्चत गरेको छ ।
अब राजस्व क्षमता र पूर्वाधारका आधारमा समपूरक तथा विशेष अनुदान
यज्ञ बञ्जाडे
अब संघीय सरकारले राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा प्रदेश र स्थानीय तहलाई समपूरक र विशेष अनुदान प्रदान गर्ने भएको छ । समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन समपूरक र विशेष अनुदान सम्बन्धमा नयाँ व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए ।
अमेरिकी डलरको भाउ बढ्यो, अरू कुनको मूल्य कति ?
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।
खाने तेलको गुणस्तर कस्तो, कहाँ छ समस्या ?
कान्तिपुर संवाददाता
भान्सामा नभई नहुने खाद्यवस्तु हो, तेल । मानव स्वास्थ्यका लागि पनि यो अत्यावश्यक छ । सर्वसाधारणले भान्सामा तोरी, भटमास, सूर्यमुखीलगायत तेल प्रयोग गर्छन् । सर्वसाधारणले दिनहुँ उपभोग गर्ने तेलको गुणस्तरमा भने सधैं प्रश्न उठ्ने गरेको छ- हामीले कस्तो तेल खाँदै छौं ? खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन र वितरण प्रक्रिया नमिल्दा गुणस्तरमा प्रश्न उठेको विज्ञहरूको राय छ ।
सुशासन आयोग बन्यो ई-गभर्नेन्स बोर्ड
सजना बराल
सार्वजनिक सेवा प्रवाह र सरकारी काम कारबाहीमा विद्युतीय प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै सरकारले दुई वर्षअघि स्थापना गरेको विद्युतीय सुशासन आयोग अब ‘ई–गभर्नेन्स बोर्ड’ मा परिणत भएको छ । बोर्डलाई डेटा एक्सचेन्ज प्लाटफर्म बनाउन सरकारले जिम्मेवारी थपिदिएको छ ।
१५ वित्तीय संस्थाका सीईओ राष्ट्र बैंकको कारबाहीमा
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात विकास बैंक र आठ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराएको हो ।
रेलमार्ग निर्माणको काम रोकियो
रासस
स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।
माघ १०, २०८१
सबै तहमा संघबाट अनुगमन सम्भव हुँदैन : पौडेल
कान्तिपुर संवाददाता
तेलको आपूर्ति कसरी नियमित गर्ने भन्नेमा आफूहरू सचेततापूर्वक लागेको र दसैं–तिहारमा तेलको खास अभाव हुने देखिएकाले त्यसबेला आपूर्तिलाई सहज बनाउने काम चुनौतीपूर्ण रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको दाबी । कान्तिपुरले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तर्क्रियामा पौडेलद्वारा व्यक्त विचार :
तेलको गुणस्तरमा सम्झौता गरेका छैनौं : दुगड
कान्तिपुर संवाददाता
तेल उत्पादनका क्रममा सम्झौता नगरेको र तेल उत्पादन गर्ने उपकरण नयाँ प्रविधियुक्त राखेको नेपाल वनस्पति घिउतेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बताएका छन् । कान्तिपुरले गत सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तर्क्रियामा उनले व्यक्त गरेका विचार :
उपभोक्तालाई मैले प्रयोग गरेको तेल मन्दविष त होइन भन्ने डर छ : तिमल्सिना
कान्तिपुर संवाददाता
मेरो भान्सामा आएको तेल कतै मन्दविष त होइन भन्ने डर उपभोक्तामा रहेको र होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, फास्टफुडलगायत ठाउँमा पटक–पटक एउटै तेलमा पकाएर दिनु सामान्य भइसक्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन् । कान्तिपुर दैनिकले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तरक्रियामा उनले व्यक्त गरेका विचार :
म्याद नाघ्न लागेका सामान पहाड र गाउँतिर पठाउने प्रवृत्ति छ : रिजाल
कान्तिपुर संवाददाता
अहिले खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन (ढुवानी र भण्डारण) र वितरणको समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले बताएका छन् । कान्तिपुर दैनिकले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तरक्रियामा उनले व्यक्त गरेका विचार :
तेल कति मात्रामा प्रयोग गर्ने हो, ध्यान दिनुपर्छ : भट्टराई
कान्तिपुर संवाददाता
कुन तेल प्रयोग गरौं भनेर सोध्नेहरू धेरै आउने गरेको र यहाँ गुणस्तर पनि सँगसँगै जोडिने भएकाले यो तेल खानू, त्यो नखानू भन्नु भन्दा पनि कति मात्रामा खाने भन्ने कुरा महत्त्वपूर्ण भएको पोषणविद् सुप्रिया भट्टराईले बताएकी छन् । कान्तिपुरले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तरक्रियामा उनले व्यक्त गरेका विचार :
परम्परागत खानपिनमा फर्किऊँ : डा. अनिल भट्टराई
कान्तिपुर संवाददाता
हामीले जति पनि मुटुको शल्यक्रिया गर्छौं, ती बिरामीको इतिहास हेर्दा धेरै मासु प्रयोग गर्ने, रातो मासु धेरै खाने, धेरै तारेको र भुटेको खाने गरेको भेटिएको मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले बताएका छन् । कान्तिपुरले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तर्क्रियामा उनले व्यक्त गरेका विचार :
आयोजना बैंकको व्यवस्थित र अद्यावधिक गरिँदै
कान्तिपुर संवाददाता
राष्ट्रिय योजना आयोगले आयोजना बैंकलाई व्यवस्थित र अद्यावधिक गर्न लागेको छ । समयसामयिक विषय वस्तुबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आयोजना बैंक व्यवस्थित र अद्यावधिक गर्न लागेको जानकारी दिएका हुन् ।
अब राजस्व क्षमताका आधारमा समपूरक अनुदान, अधिकतम सीमा घट्यो
कान्तिपुर संवाददाता
अब प्रदेश र स्थानीय तहले उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारको आधारमा समपूरक र विशेष अनुदान पाउने भएका छन् । समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारको आधारमा समपूरक अनुदान र विशेष अनुदानको व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए ।
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिने समपूरक अनुदानको अधिकतम सीमा घटाइयो
कान्तिपुर संवाददाता
सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गरेको छ । स्थानीय तह र प्रदेशमा सेवाको गुणस्तर वृद्धि गर्नेगरी कार्यविधि संशोधन गरिएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।
११.१० अंकले घट्यो नेप्से, ७ अर्ब ८५ करोडको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ११.१० अंकले घटेको छ । आज शून्य दशमलव ४१ प्रतिशतले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ ।
एकै पटक १५ वित्तीय संस्थाका सीईओ राष्ट्र बैंकको कारबाहीमा
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात वटा विकास बैंक र आठ वटा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही स्वरूप सचेत गराएको हो ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कान्तिपुर संवाददाता
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो ।
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
रासस
चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ ।
विदेशी नागरिकले अपार्टमेन्ट किन्न पाउने व्यवस्था कागजमै सीमित
सीमा तामाङ
सरकारले विदेशी नागरिकलाई लक्ष्य गरी ल्याएको ‘अपार्टमेन्ट’ खरिद गर्न पाउने योजना अलपत्र परेको छ । प्रचलित ऐन, कानुन संशोधन नगरी सरकारले बजेटमा व्यवस्था गर्दा कार्यान्वयन हुन नसकेको सरोकारवाला बताउँछन् ।
‘गुणस्तर र बजारीकरणबाट पर्यटनको विकास’
कान्तिपुर संवाददाता
आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटनको विकास, सेवाको गुणस्तर र बजारीकरणमा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिले राम्रो सेवा दिन सके मात्र पर्यटक आकर्षित हुने उनीहरूको भनाइ छ ।
गण्डकीको मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार
कान्तिपुर संवाददाता
शिक्षालाई प्रविधिमैत्री बनाएर अघि बढ्न सके शिक्षा, स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरोकारवालाले बताएका छन् । सरकारले हरेक क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले यसमा निजी क्षेत्रको समेत सहभागिता बढाउनुपर्ने उनीहरूको भनाइ छ ।
सरकारी सिमेन्ट उद्योग बन्द हुँदा निजीको मनमौजी